लक्ष्मी ईक्विटी फण्डको एक अर्बको ईकाईको बिक्री खुल्यो, २६ गतेसम्म आवेदन गर्न पाइने

2017-05-06

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोषको १० करोड ईकाई सर्बसाधारणका लागि शुक्रबारदेखि बिक्री खुला गरेको छ । लक्ष्मी भ्यालु फण्ड १ संचालन गरिरहेको लक्ष्मी क्यापिटलले दोस्रो योजना अन्तर्गत लक्ष्मी ईक्विटी फण्ड बिक्रीमा ल्याएको हो ।

लक्ष्मी ईक्विटी फण्डमा बैशाख २२ गतेदेखि २६ गतेसम्म चार कार्य दिनसम्म आबेदन लिने र तोकिएको चार कार्य दिनमा सबै ईकाई बिक्री नभएमा जेठ पाँच गतेसम्म बिक्री अवधि बढ्न सक्नेगरी अवधि तोकिएको छ ।

सर्बसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० इकाईदेखि एक करोड ईकाईसम्मका लागि आबेदन गर्न सक्नेछन् ।

लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखाहरुबाट आबेदन पत्र प्राप्त गरी माग गरे बराबरको रकम बुझाएर पेश गर्न सकिनेछ । यस बाहेक आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र तीनका शाखा कार्यालयबाट समेत फण्डको ईकाईमा आवेदन गर्न सकिनेछ ।

लक्ष्मी क्यापिटलले ईकाई बिक्रीबाट प्राप्त हुने अधिकांश रकम सेयर बजारमै परिचालन गर्नेछ । यस्ता कोषहरुको उपस्थितिबाट नेपालको सेयर बजारलाई स्थायित्वमा आड मिलेको छ ।

सेयर बजारमा आफै जोखिम बहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने तथा नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्न यस्ता सामुहिक लगानी कोषहरु उपयुक्त माध्यम हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ