पार्टी सदस्यको जिम्मा पार्टीले लिनुपर्छ : मेटमणि चौधरी

2020-08-29

दिवाकर पोख्रेल, देउखुरी, भदौ - नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रिय सदस्य मेटमणि चौधरीले पार्टी सदस्यको जिम्मा पार्टीले लिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का लमही नगरपालिका वडा नम्बर ६ का पार्टी अध्यक्ष राजेन्द्र विक्रम शाहको निधन भएको १३ औं दिनको दिन आयोजित श्रन्दान्जली कार्यक्रममा केन्द्रिय सदस्य चौधरीले पार्टी सदस्य र उनको परिवार पार्टी परीवारकै भएको हुँदा  परिवारको व्यवस्थापनमा पार्टीले ध्यान दिनुपर्ने बताउनु भएको हो ।
संघीय साँसद समेत रहनु भएका केन्द्रिय सदस्य चौधरीले भन्नुभयो, हाम्रा पार्टी सदस्यको दुःखद निधन हुँदा परिवारमा पर्न गएको क्षेती कर्ही कतैबाट पनि पुर्ती त नहोला तर परिवारका सदस्यहरुको व्यवस्थापन पार्टीले गर्नुपर्छ ।

यस्तै कार्यक्रममा अर्का केन्द्रिय सदस्य इन्द्रजित थारुले बर्गसंघर्षको आन्दोलनमा पार्टीका आम कार्यकर्ता देखि नेपाली जनताको महत्वपूर्ण भूमिका रहेको भन्दै उच्च प्रशशा गर्नुभयो । प्रदेश साँसद समेत रहनुभएका केन्द्रिय सदस्य थारुले पाटीका वडाअध्यक्षको जिम्मेबारी कार्यक्षेत्रको हिसावले महत्वपुर्ण जिम्मेबारी भएको भन्दै स्वर्गिय शाहले अतेन्तै लगनसिलताका साथ जिम्मेबारी निभाएको बताउनुभयो ।

यस्तै कार्यक्रममा पार्टीका प्रदेश सचिवालय सदस्य रेवति रमण शर्माले स्वर्गिय शाहले देखेको सपना पूरा गर्न एक भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रदेश साँसद समेत रहनु भएका शर्माले हरेक दुख शुखमा स्वर्गिय शाहले पु¥याउनु भएको योगदानको चर्चा गर्नुभयो ।


पार्टीका नगर अध्यक्ष कुलवहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पार्टी नगर सचिव बसन्त शर्मा विक्रान्तले गर्नुभएको थियो । कार्यक्रममा स्विर्गय शाहको परिवारबाट रङगध्वज शाहले स्वर्गीय शाहको जीवनी प्रस्तुत गर्दै रोल्पामा गासस प्रमुख भएर काम गरेका निडर, यथार्थ व्यत्तित्व भएको बताउनु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लमही नगरपालिका वडा नम्बर ६ का पार्टी अध्यक्ष शाहको भदौ १ गते हृदयघातका कारण निधन भएको थियो । रोल्पा जन्मिएर २०६६ सालमा दाङ देउखुरी झर्नुभएका शाह कम्युनिष्ट आन्दोलनको संलग्न हुनुहुन्थेयो । उहाँका श्रीमती र दुइ छोरा हुनुहुन्छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ