लकडाउनले बैंकहरुको विद्युतीय कारोबार बढ्यो

2020-08-25

काठमाडौं - नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको अवधिमा बैंकमार्फत् हुने विद्युतीय भुक्तानी बढेको छ। बैंकिङ कारोबारका लागि बैंकका कार्यालयमै पुग्नु पर्ने वाध्यता कम गर्न विद्युतीय भुक्तानीमा प्रोत्साहन गर्दा एटीएम, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ बढेको हो।

नेपाल सरकारले पहिलो चरणमा चैत ११ गतेदेखि असार २ गतेसम्म लकडाउन गरेको थियो। असार मसान्तसम्ममा बैंकहरुले एटीएममार्फत् ५४ अर्ब ७६ करोड रुपैयाँको भुक्तानी गरेका छन्। चैतको तुलनामा असारमा दोब्बरले भुक्तानी बढेको हो। एटीएममार्फत् ६३ लाख २ हजार वटा कारोबार भएका छन्।

कनेक्ट आइपीएसमार्फत् लकडाउनकै अवधिमा दोब्बरले भुक्तानी बढेको छ। असार मसान्तसम्ममा ५१ अर्ब ३० करोड रुपैयाँको भुक्तानी भएको हो। एक बैंकबाट अर्को बैंकमा हुने प्रत्यक्ष कारोबार 'आरटिजीएस' मार्फत् ११४ खर्ब रुपैयाँको भुक्तानी भएको छ।

लकडाउन अवधिभर बैंकहरुले अन्तर बैंक एटीएम प्रयोग गर्दा पैसा नलाग्ने व्यवस्था गरेका थिए। साथै विद्युतीय कारोबारमा प्रोत्साहन गर्न पैसा नलाग्ने व्यवस्था गरेका थिए। बैंकमा भीडभाड कम गर्न बैंकहरुले आफ्ना ग्राहकहरुलाई डिजिटल कारोबारका लागि प्राेत्साहन गर्दै आएका थिए।

विद्युतीय कारोबारका लागि बैंकहरुले आफ्नो वेबसाइटमार्फत् अनलाइन प्रणालीबाट आवेदन दिन मिल्ने व्यवस्था गरेका छन्। यसले ग्राहकहरुलाई बैंकका शाखासम्म पुगेर लाम बस्नु पर्ने बाध्यतालाई निराकरण गरेको छ। अर्कोतर्फ बैंकहरुमा हुने कागजी कारोबारलाई विस्तारै न्यूनीकरण गर्दै लगेको छ। चेकमार्फत् हुने भुक्तानी अहिले मोबाइलमार्फत् सजिलै अर्को खातामा भुक्तानी गर्न सकिन्छ। यसले नोटको कारोबारलाई कमी ल्याउँदै लगेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ