बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधी

2020-08-24

काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले हराउँदै जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। रोमाञ्चक फाइनलमा बायर्नका लागि खेलको ५९औँ मिनेटमा कोम्यानले गोल गरे।

दुवै टिमले पहिलो हाफदेखि नै केही राम्रा अवसरहरु खेर फाले। खेलको अन्तिम सयमसम्म आक्रामक बनिरहेको पिएसजीले गोल भने गर्न सकेन। बायर्न म्युनिकको यो छैटौँ च्याम्पियन्स लिग उपाधि हो। समूह चरणदेखि नै अपराजित रहँदै आएको बायर्नले ११ खेलमा ४३ गोल गर्दै उत्कृष्ट बन्यो।

यो सिजन बुन्डेस लिगा र जर्मन कपको उपाधि जितेर बढेको बायर्न म्युनिकका लागि च्याम्पियन्स लिग यो सिजनमा तेस्रो उपाधि हो।

यो सँगै च्याम्पियन्स लिग उपाधिमा बायर्न म्युनिकले इंग्लिस क्लब लिभरपुलसँग बराबरी गरेको छ। गएको सिजनको उपाधि जितेको लिभरपुलले पनि समान ६ पटक च्याम्पियन्स लिग जितेको छ। यी दुईभन्दा अघि इटालियन क्लब एसि मिलानले ७ पटक र स्पेनिस क्लब रियल मड्रिडले १३ पटक उपाधि जितेका छन्।

Bayern Munich Beats PSG 1-0 To Cap Off Historical Champions League Final

Champions League final Highlights: Bayern Munich win 6th title - India Today




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ