नेकपाभित्रकाे विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन

2020-08-14

काठमाडौं - नेकपाभित्रकाे विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको छ। यसअघि विवाद मिलाउन लगातार छलफलमा सहभागी महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा कार्यदलमा छन्। यस्तै कार्यदलमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीम रावल र पम्फा भुसाललाई पनि राखिएको एक नेताले बताए।

कार्यदलमा ओली निकटबाट पौडेल र पोखरेल छन् भने प्रचण्ड निकटबाट शर्मा र भुसाल, वरिष्ठ नेता माधवकुमार नेपाल निकटबाट पाण्डे र रावललाई राखिएको छ।

पार्टी विवाद समाधान गर्न बिहीबारदेखि अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले लगातार छलफल गरिरहेका छन्। शुक्रबारको बालुवाटार छलफलमा ओली र प्रचण्डसहित महासचिव पौडेल, प्रदेश नम्बर पाँचका मुख्यमन्त्री पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कार्यदललाई समय नतोकिए पनि प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टीको सिनारियो के हुन्छ हेर्नुस् भनेकाले कार्यदलले आफ्नो कार्य छिट्टै पूरा गर्ने बताइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ