2020-08-08 |
एजेन्सी - भारत केरलाको कोझीकोड विमानस्थलमा शुक्रबार साँझ भएको एयर इण्डिया विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ। विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर ३५ फिट गहिरो स्थानमा खसेको थियो। दुर्घटनामा १ सय ६० जना घाइते भएका छन्।
एयर इण्डियाको उद्धार फ्लाइट एएक्सबी–१३४४ दुबईबाट फर्कंदै थियो। विमानमा १२८ पुरुष, ४६ महिला, १० बालबालिका, ६ चालक दलका सदस्य गरी १९० जना सवार थिए।
अविरल वर्षाका कारण २ पटकसम्म विमान अवतरण गर्ने प्रयास असफल भएकोमा तेस्रो पटकको अवतरणका क्रममा रनवेबाट चिप्लिएको हो। विमान दुई टुक्रा भए पनि आगो भने नलागेको जनाइएको छ।
घाइतेहरुको उद्धार गरी तत्काल अस्पताल लगिएकोमा करिब २५ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।
नागरिक उड्डयमन्त्री हरदीपसिंह पुरीले ट्वीट गर्दै घटनाको अनुसन्धान गर्न २ सदस्यीय समिति गठन गरिएको जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहले पनि ट्वीटमार्फत् घटनाप्रति दुःख व्यक्त गरेका छन्।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...