सन्दीप क्यारेबियन लिग खेल्न बिहीबार जाने

2020-07-29

काठमाडौं - सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न बिहीबार वेस्ट इन्डिजतर्फ प्रस्थान गर्ने भएका छन्।

कोरोना भाइरसका कारण हवाइ सेवा बन्द हुँदा सन्दीपले सिपिएल खेल्ने अन्याेल रहँदै आएको थियो। तर लामो प्रक्रियापछि सन्दीपले कोरियन चार्टर फ्लाइटबाट सिपिएल खेल्न जाने भएका हुन्। उनी अमेरिका हुँदै वेस्ट इन्डिज अगस्ट १ तारिखमा पुग्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन्।

सरकारले गएको हप्ता लकडाउन अन्त्य भएको घोषणा गर्दै अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको थियो। योसँगै सिपिएल खेल्न जाने तयारीमा रहेका सन्दीप समस्यामा परेका थिए। वेस्ट इन्डिज गएपछि सन्दीप १४ दिन क्वारेन्टाइनमा बस्ने छन्। त्यसतर्फ प्रस्थान गर्नका लागि सन्दीपले पिसीआर परिक्षण गरिसकेका छन्।

सन्दीपले तेस्रो पटक सिपिएल खेल्दै छन्। उनी 'जमैका तलावाज' क्लबमा झण्डै एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्धित भएका थिए।

सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुँदैछ। प्रतियोगितामा जमैका तलावाजसँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुयना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स गरी ६ टिम छन्। सिपिएलको फाइनल १० सेप्टेम्बरमा ब्रायन लारा क्रिकेट एकेडेमीमा हुनेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ