स्थायी कमिटी बस्नु अघि ओली र प्रचण्डबीच छलफल हुँदै

2020-07-28

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच भेट हुने भएकाे छ। पार्टीमा जारी विवाद समाधानका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुन लागेकाे हाे।

ओलीसँगकाे छलफलका प्रचण्ड बालुवाटार जाँदै छन्। बालुवाटार जानुअघि प्रचण्डले बहुमत सचिवालय सदस्य र केही स्थायी कमिटी सदस्यसँग आगामी रणनीतिबारे अनाैपचारिक छलफल गरेका थिए।

नेकपाकाे स्थायी कमिटी बैठक बिहान ११ बजेका लागि डाकिएकाे छ। साउन ६ गते स्थायी कमिटी बैठक स्थगित भएयता दुई अध्यक्षले एक पटकमात्र छलफल गरेका छन्। साउन ९ गते १ घण्टा छलफल भएपनि कुनै सहमति निस्कन सकेको थिएन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ