इटालियन सिरिएको उपाधि युभेन्टसले जित्यो

2020-07-27

काठमाडौं - इटालियन सिरि ए फुटबलको उपाधि युभेन्टसले जितेको छ। आइतबार राति भएको आफ्नो ३६ औं खेलमा साम्पडोरियालाई २-० गोलअन्तरले पराजित गर्दै युभेन्टसले उपाधि जितेको हो। दुई खेलअघि नै उपाधि जित्ने क्रममा युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डो र फेडेरिको बेर्नान्डेस्कीले गोल गरे।

पहिलो हाफको अन्तिम समयमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। उनकै गोलमा युभेन्टसले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो। खेलको ६७औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्टसलाई २-० गोलको जित दिलाए।

युभेन्टसले यो जितसँगै दुई खेल अघि नै इटालियन सिरि ए को उपाधि जितेको हो। लगातार नवौं पटक उपाधि जित्ने क्रममा युभेन्टसले ३६ खेलबाट ८३ अंक बनाएको छ। पराजित साम्पडोरिया भने समान खेलबाट ४१ अंक बनाउँदै लिगको १५ औं स्थानमा छ।

लिगको दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३६ खेलबाट ७६ अंक हुँदा तेस्रो स्थानमा रहेको एटलान्टाको ३६ खेलबाट ७५ अंक छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ