सचिवालय बैठकमा कुनै पनि सहमति भएको छैन :प्रचण्डको सचिवालय

2020-07-19

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा कुनै पनि सहमति नभएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले स्षष्ट पारेको छ। शनिबार राती प्रचण्ड सचिवालयकी गंगा दाहालले फेसबुकमा स्टाटस अपडेट गर्दै अध्यक्षद्वयबीच कुनै पनि सहमति नभएको स्पष्ट पारेकी हुन्।

पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरुमा छलफल भएको कुनैपनि विषयमा सहमति नभएको गंगा दाहालले लेखेकी छन्। पार्टीको महाधिवेशन लगायतका विषयहरु छलफलकै क्रममा रहेकाले भ्रममा नपर्न समेत प्रचण्ड सचिवालयले स्पष्ट पारेको छ।

'आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु(महाधिवेशन लगायतका)मा छलफल भएतापनि कुनैपनि विषयमा सहमति भएको छैन,' प्रचण्ड सचिवालयकी गंगा दाहालले फेसबुकमा लेखेकी छन्, 'सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं।'




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ