काठमाडाैं । नेपाली महिला क्रिकेटका स्टार हुन् ज्योति पाण्डे । राम्रो अवसर आएको अवस्थामा आफूलाई सबैभन्दा मनपर्ने खेल छोड्ने दिन धेरै टाढा नरहेको बताउँदै आएकी ज्योतीले अन्ततः राष्ट्रिय टिमबाट सन्यास लिएकी छन् ।
प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् । उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् ।
अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेकी थिइन् ...
काठमाडौँ । एक दिवसीय क्रिकेट विश्वकपमा न्युजिल्याण्डले नेदरल्याण्डलाई ३२३ रनको लक्ष्य दिएको छ ।
भारतको हैदरावादमा भएको छैटौँ खेलमा नेदरल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो ।
टस हारेर ब्याटिङ गरेको न्युजिल्याण्डले ७ विकेटको क्षतिमा ३२२ रन बनायो । न्युजिल्याण्डका लागि विल योङ, रचिन रविन्द्र र क्याप्टेन टम लाथमले अर्धशतक प्रहार गरे ।
योङले ७०, रविन्द्रले ५१ र लाथमले ५३ रन प्रहार गरे ।
नेदरल्याण्डका लागि आर्यन दत्त, पाउल भान मेकेरेन र रेइलोव भान डेर मेरवेले दुई, दुई विकेट लिए ।
...फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन् । पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।
एमबाप्पेको ह्याट्रिकले अतिरिक्त समयको खेल बराबरीमा टुंगिएको सुनिश्चित गरे पनि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४ –२ ले हराएको थियो ।
...अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनेल मेस्सीले खेलकुदको सबैभन्दा ठूलो पुरस्कार जित्ने आफ्नो जीवनकालको महत्वाकांक्षालाई महसुस गरेपनि आफ्नो देशका लागि खेलिरहन जारी राख्ने बाचा गरेका छन् ।
आइतबार कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि अर्जेन्टिनाको टेलिभिजनमा ३५ वर्षीय खेलाडीले भने, ‘म विश्व च्याम्पियनका रूपमा अझै केही खेलहरू अनुभव गरिरहन चाहन्छु ।’
‘मेरो करियरमा हरेक उपाधि जित्न पाउँदा म भाग्यमानी थिएँ, यसैको मात्रै अभाव थियो । म यसलाई त्यहाँ (अर्जेन्टिना) मा लैजान चाहन्छु र सबैसँग यसको खुसी बाँड्न चाहन्छु,’ उनले भने ।
मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमा ...
किलियान एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । आइतबार राति अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै उनले विश्वकपको फाइनलमा आफ्नो गोल संख्या चार पुर्याएका हुन् ।
यसअघि सन् २०१८ को फाइनलमा गोल गरेका एम्बाप्पेले आजको खेलमा ८० औँ, ८१ औँ र ११८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।
...विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो अवसर हो । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले यो अवार्ड जितेका थिए ।
विश्वकपमा आठ गोल गर्दै किलियान एम्बाप्पेले गोल्डन बुट जितेका छन् । फाइनल खेलमा उनले ह्याट्रिक समेत गरेका थिए । उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डन ग्लोबको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते । उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेलअवधिमा फ्रान्सका थुप्रै प्रयास ...
काठमाडौं - सन्दीप लामिछाने र करण केसीको सानदार बलिङमा नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानविरुद्ध ७ विकेटको जित निकालेको छ।
ओमानले दिएको १२१ रनको सामान्य लक्ष्य नेपालले १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। यस जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गरे। उनी ४६ बलमा ४ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे। ज्ञानेन्द्रको यो कीर्तिमानी अर्धशतक हो।
ज्ञानेन्द्र नेपालबाट ओडिआईमा चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। ज्ञानेन्द्रपछि ओडिआईमा रोहित कुमार पौडेलले ...
काठमाडौं - पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो-२०२० फुटबलको सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन्। आइतबार सम्पन्न युरोकपमा सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट जितेका हुन्।
प्रिक्वार्टरफाइनलमा बेल्जियमसँग १–० ले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो। ४ वटा मात्रै खेल खेलेका रोनाल्डोले ५ गोल र १ असिस्ट गरेका थिए। चार संस्करणको युरोकप खेलेका रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन्। रोनाल्डोले हंगेरीविरुद्ध २, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध २ गोल गरेका थिए। रोनाल्डोले अन्तर्राष्ट्रिय प्रतियोगितामा अली देइको १०९ गोलको रेकर्डसँग पनि बराबरी गरेका छन्।
युरोकपको उपाधि भने इटालीले जितेको छ। ...
एजेन्सी - इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउंदै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो ।
५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।
लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ ...
काठमाडाैं - कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले पराजित गर्दै उपाधि हात पारेको हो।
अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो ।
अर्जेन्टिनाले खेलको पहिलो हाफमा एक गोल गरेको थियो, जुन उपाधि रक्षाका लागि पर्याप्त बन्यो।
एन्जल डी मारियाले २२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।
दोस्रो हाफमा दुवै टिमले थप गोल गर्न नसक्दा खेल १-० कै अवस्थामा ...
एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार परिमार्जन गर्दै जारी गरेको नयाँ ढाँचाअनुसार नेपालले चीनमा आयोजना हुने एसियन कप–२०२३ कप छनोटका लागि सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ । एएफसीले जारी गरेको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ ।
विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले ८ खेलबाट ६ अंक जोडेर चौंथो स्थानमा रहेको थियो । चौथो स्थानमा रहँदै लिगका खेल समापन गर्दा नेपालको कतार विश्वकप यात्रा समाप्त भएको हो ।
परिमार्जन गरेको मापदण्डअनुसार यसअघि छनोटको चौंथो स्थानमा ...
काठमाडौं - स्पानिस कोपा डेल रेको फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जितेको हो ।
जितका लागि कप्तान मेसीले दुई गोल गरे भने एन्टोनी ग्रीज्मन र फ्रेन्की डे जोङले एक-एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको बार्सिलोनाले १२ मिनेटभित्र चार गोल गरेको थियो ।
खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै फ्रेन्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
६८ औं मिनेटमा मेस्सीले ...
पोखरा - आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४–० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।
यसअघि निर्धारित र थपिएको ३० मिनेटको खेल बराबरीमा टुंगिएको थियो ।
...काठमाडौं - थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाल र बंगलादेशबीच खेल सुरु भएको छ। दशरथ रंगशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको हो।
नेपालले ४-५-१ को फर्मेसनमा खेल्न लागेको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कीर्गिस्तानको यु-२३ टिमसँग खेलेको सुरुवाती एघार नै बंगलादेशविरुद्धको खेलमा पनि मैदानमा उतारेका छन्।
कप्तान किरण चेम्जोङसँगै रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान, अन्जन विष्ट र अभिषेक रिजाल छन्।
नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्जोक राई र त्रिदेव गुरुङले डेब्यु गरेका छन्। ...
काठमाडौं - म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रुमलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको हो।
सिटीको जितमा इल्के गुन्डगनले दुई गोल गर्दा जोआओ क्यानसेलो, रियाद महरेज र रहिम स्टर्लिङले गोल गरे। खेलको पहिलो हाफसम्म चार गोल गरेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको छैटौं मिनेटमा नै गुन्डगनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता बनाएका थिए। २० औं मिनेटमा क्यानसेलोले गोल गर्दै सिटीलाई २–० गोलको अग्रता ...
काठमाडौं - जारी सिजनमा निकै खराब प्रदर्शन गरिरहेको आर्सनलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा निकोलस पेपे, बुकायो साका र एलेक्सन्ड्रे लेकाजेटले गोल गरे। साउह्याम्पटनका स्टुआर्ट अर्मस्ट्रङले गोल गरे। खेलको तेस्रो मिनेटमा नै स्टुआर्टले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए। साउथह्याम्पटनको यो अग्रता धेरै बेर टिक्न सकेन। खेलको आठौं मिनेटमा नै पेपेले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरी दिलाए।
खेलको ३९ औं मिनेटमा साकाले गोल गर्दा आर्सनलले पहिलो हाफसम्म २–१ गोलको अग्रता लियो। ७२ औं ...
काठमाडौं - इंग्लिस चेल्सीको मुख्य प्रशिक्षकमा थोमस टुचेल नियुक्त भएका छन्। चेल्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्वप्रशिक्षक टुचेललाई नियुक्त गरेको हो।
चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको एक दिनपछि टुचेललाई १८ महिनाको लागि नियुक्त गरेको हो। तर चेल्सीले सम्झौता बढाउन सक्ने समेत उल्लेख गरेको छ। लाम्पार्डलाई पनि चेल्सीले नियुक्त गरेको १८ महिनामा हटाएको थियो। टुचेललाई नियुक्ती गरेसँगै चेल्सीले २००३ पछि ११ औं प्रशिक्षक फेरेको छ।
मुख्य प्रशिक्षकमा नियुक्त भएका टुचेलले लाम्पार्डप्रति आफ्नो सधैं सम्मान रहँने भन्दै चेल्सीको प्रशिक्षक बन्दा निकै उत्साहित भएको बताएका छन्।
पिएसजीलाई दुई ...
काठमाडौं - बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पानिस सुपर कप फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा दश खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।
बिल्बाओका लागस ओस्कार डे मार्कोस, असियर भिलालिब्रे र एनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रिजमनले गरे ।
बिल्बाओले दुई पटक पछि परेर पनि उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो ।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई ...
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा टि–१० क्रिकेट लिग खेल्ने भएका छन्। बुधबार राति भएको ड्राफ्टबाट तीन फरक टिमले सोमपाल, करण र कुशललाई अनुबन्धित गरेका हुन्।
सोमपाललाई मराठा अरेवियन्सले अनुबन्धित गर्दा पुने डेभिल्सले करणलाई र कुशललाई टिम अबुधाबीले अनुबन्धित गरेका हुन्। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा सोमपालको यो दोस्रो पटक हो। यसअघि सोमपालले ग्लोबल टि–२० क्यानाडा लिग खेलेका थिए। करण र कुशल भने अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पहिलो पटक अनुबन्धित भएका हुन्।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट ...
काठमाडौं - फुटबल जगतका बादशाह डिएगो म्याराडोनाको बिहीबार निधन भएको छ। अर्जेन्टिनाका राष्ट्रिय टिमका पूर्व मिडफिल्डर तथा म्यानेजर म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएकाे बिबिसीले जनाएकाे छ। केही दिनअघि मात्र उनको ब्रेन ब्लड क्लटको सर्जरी गरिएको थियो। त्यसपछि उनको अल्कोहल डिपेन्डेन्सीको उपचार भइरहेको बताइएको थियो।
म्याराडोनाको कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो। ४ सिजनको विश्वकप खेलेका म्याराडोनाले अर्जेन्टिनाका तर्फबाट ३४ गोल गरेका थिए। उनले विश्वकपका ९१ खेल खेलेका थिए। म्याराडोनाले बार्सिलोना र नापोली क्लबका लागि पनि खेलेका थिए।
सन् १९९१ मा लागुपदार्थ सेवन गरेको भन्दै ...
काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो पटक फाइनलमा प्रवेश गरेको दिल्ली क्यापिटल्स मंगलबार राति (आज) मुम्बई इन्डियन्ससँग फाइनल उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।
जारी आइपिएलमा दिल्ली कमजोर टिम नभए पनि मुम्बईसँग लगातार तीन खेलमा पराजित भएको छ। प्ले अफको पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो। तर दिल्ली पनि दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै फाइनलमा उपाधिका लागि मुम्बईसँगको भेट पक्का गरेको हो।
जारी आइपिएलमा दिल्ली यस्तो टिम हो, जुन दुई सय रन माथिको लक्ष्य तोड्न पनि सक्छ। नराम्ररी पराजित ...
काठमाडौं - दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा पुगेको छ। आइतबार राति भएको प्लेअफको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो।
दिल्लीले इतिहास रच्दै पहिलो पटक फाइनल प्रवेश गरेको हो। अब आइपिएलको उपाधिको लागि दिल्लीले मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। १९० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो।
हैदरावादका लागि केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गरे। उनले ४५ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ...
एजेन्सी - इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
अब ५ नोभेम्बरमा हुने पहिलो क्वालिफायरमा उसले मुम्बई इन्डियन्सको सामना गर्नेछ । उता, हारका बावजुद बैंग्लुरुले प्लेअफमा स्थान बनाउन सफल भएको छ । बैंग्लुरु तेस्रो स्थानमा रहेको छ ।
अबुधाबीमा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले १५३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।
दिल्लीलाई जीत दिलाउन अजिंका रहाने ...
काठमाडौं - सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा हैदराबादले चेन्नाई सुपर किंग्सलाई ७ रनले पराजित गरेको हो।
१६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाएपछि हैदराबादले रोमाञ्चक जित निकालेको हो। चेन्नाईका लागि कप्तान महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले ७२ रनको साझेदारी गरे पनि हारबाट जोगाउन सकेन। जडेजाले ३५ बलमा ५० रन बनाए। त्यस्तै, कप्तान धोनीले अविजित ४७ रन बनाउँदा फाफ डु प्लेसिसले २२ र साम कुरनले १५ रन ...
काठमाडौं - युरोपियन फुटबलको प्रशासकीय निकाय (युइएफए) ले दिने वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जर्मन क्लब बायर्न म्युनिकका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जितेका छन्। उनले इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रायन र बायर्नकै गोलकिपर म्यानुअल नोयरलाई पछि पारेका हुन्।
लेवान्डोस्कीले गएको सिजन बायर्न म्युनिकबाट ४७ खेलमा ५५ गोल गरेर युरोपको सर्वाधिक गोलकर्ता बनेका थिए। च्याम्पियन्स लिगमा सर्वाधिक १५ गोल उनकै नाममा रह्यो। बायर्नकै गोलकिपर नोयर पनि वर्षको तीन उपाधिमा टिमका लागि महत्वपूर्ण थिए। यस्तै डि ब्रायनले गएको सिजन प्रिमियर लिगमा २० असिस्ट र १३ गोल गरेका ...
काठमाडौं - युइएफए च्याम्पियन्स लिग समूह चरणमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीले समूह चरणमा नै प्रतिस्पर्धा गर्ने भएका छन्। रोनाल्डोको टिम युभेन्टस र मेस्सीको टिम बार्सिलोनासँगै समूह ‘जी’ मा डायनामो किभ र फेरेनबारोसे छन्।
सन् २०२०–२१ को च्याम्पियन्स लिगका लागि युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएमा आबद्ध देशका विभिन्न ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको हो। जसमा गएको सिजनको विजेता बायर्न म्युनिक, एथ्लेटिको मड्रिड, लोकोमोटिभ मस्को र साल्सबर्ग जस्ता टिम रहेको समूह ‘ए’लाई पनि कठिन मानिएको छ।
गएको सिजन फाइनलमा पिएसजीलाई हराउँदै बायर्न म्युनिकले च्याम्पियन्स लिग उपाधि जितेको ...
काठमाडौं - कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा दोस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा कोलकाताले राजस्थानलाई ३७ रनले पराजित गरेको हो।
१७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो। राजस्थानका लागि टोम कुरनले अविजित ५४ जस बटलरले २१ र राहुल टेवाटियाले १४ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन्। राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम मवी, कमलेस नगरकोटी, वरुण चक्रवर्तीले समान २–२ विकेट लिए।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारित ...
काठमाडौं - रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बैंग्लोरले डिफेन्डिङ च्याम्पियन मुम्बईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको हो। २०२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।
सुपर ओभरमा जानुअघि मुम्बईका लागि इशान किशनले उत्कृष्ट प्रदर्शन गर्दै ५८ बलमा ९ छक्का र २ चौका प्रहार गर्दै ९९ रन बनाए। त्यस्तै कइरन ...
काठमाडौं - राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कीर्तिमानी जित दर्ता गरेको छ। आइतबार राति भएको खेलमा राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई चार विकेटले पराजित गरेको हो।
शारजाह क्रिकेट मैदानमा भएको खेलमा २२४ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले ३ बल बाँकी छँदै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। राजस्थानको रोमाञ्चक जितमा सन्जु सामसन, राहुल तेवाटिया, कस्तान स्टिभ स्मिथ र जोफ्रा आर्चरले उत्कृष्ट ब्याटिङ गरे। ४२ बलमा सात छक्का र चार चौक्का प्रहार गरेको सन्जुले ८५ रन बनाउँदा राहुलले ३१ ब्लमा ५३ र २७ बलको सामना ...
काठमाडौं - सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग हैदराबाद ७ विकेटले पराजित भएको हो।
अबुधावीको शिख जायद क्रिकेट मैदानमा १४३ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको कोलकत्ताले १८ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो। कोलकत्ताको भने यो दोस्रो खेलमा पहिलो जित हो।
कोलकत्ताको जितमा शुबमन गिलले अविजित ७० रन बनाए। त्यस्तै, इयोन मोर्गनले अविजित ४२ रन बनाउँदा नितिस रानाले २६ रनको योगदान दिए।
टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा चार विकेटको क्षतिमा १४२ ...
काठमाडौं - दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चेन्नाईले १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको थियो। तर निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३१ रनमात्रै बनाएपछि दिल्लीले चेन्नाईमाथि फराकिलो जित दर्ता गरेको हो। चेन्नाईका लागि फाफ डु प्लेसिसले ४३, केदार जाधवले २६, कप्तान महेन्द्रसिंह धोनीले १५, सेन वाटसनले १४, रविन्द्र जडेजाले १२ र मुरली विजयले १० रनमात्रै बनाए।
चेन्नाईलाई सस्तैमा समेट्न कागिसो ...
काठमाडौं - लिभरपुलले इएफएल कप फुटबलको तेस्रो चरणको खेलमा फराकिलो जित दर्ता गरेको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले लिंकन सिटीलाई ७–२ गोलअन्तरले पराजित गरेको हो।
लिभरपुलको फराकिलो जितमा टाकुमी मिनामिनो र कर्टिस जोन्सले समान २–२ गोल गरे। त्यस्तै, जद्रान शकिरी, मार्को ग्रुजिक र डिभोक ओरिगीले समान १–१ गोल गरे। यता लिंकनका टायो इडुन र लेविस मोन्टस्माले गोल फर्काए।
खेलको नवौं मिनेटमा शाकिरीको गोलबाट अग्रता लिएको लिभरपुलका लागि १८औं मिनेटमा मिनामिनोले गोल गर्दै २–० को अग्रता दिलाए। ३२औं र ३६औं मिनेटमा कर्टिसले गोल गर्दै लिभरपुललाई पहिलो हाफसम्म ...
काठमाडौं - किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा फराकिलो जित निकालेको छ। बिहीबार राति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले पराजित गरेको हो।
२०७ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको बैंग्लोरले खराब प्रदर्शन गर्दै १७ ओभरमा अलआउट हुँदै १०९ रनमात्रै बनाउन सक्यो। चार रन हुँदा तेस्रो विकेटको रुपमा कप्तान विराट कोहलीलाई गुमाएको बैंग्लोरले राम्रो खेल्न सकेन। बैंग्लोरका वासिङटन सुन्दरले ३०, एबी डि भिलियर्सले २८, आरोन फिन्चले २० र सिभम दुबेले १२ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न सकेनन्। खराब ...
काठमाडौं - जर्मन क्लब बायर्न म्युनिकले युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ। स्पेनिस क्लब सेभियालाई २–१ गोलअन्तरले पराजित गर्दै बायर्नले सुपर कपको उपाधि जितेको हो।
बायर्नलाई उपाधि दिलाउन लियोन गोरेट्जका र जाभी मार्टिनेजले गोल गरे। यता, सेभियाका लागि लुकास ओकाम्पसले गोल गरे। सुरुवाती अग्रता भने सेभियाले लिएको थियो। खेलको १३औं मिनेटमा नै लुकासले पेनाल्टीबाट गोल गर्दै सेभियालाई १–० गोलको अग्रता दिलाए। तर खेलको ३४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोरेट्जकाले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याए।
पहिलो हाफसम्म १–१ गोलको बराबरीमा खेल सकिएको थियो। निर्धारित ९० ...
काठमाडौं - राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ। मंगलबार राति भएको खेलमा राजस्थानले चेन्नाई सुपर किंग्सलाई १६ रनले पराजित गरेको हो।
शारजाह क्रिकेट मैदानमा २१७ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ६ विकेटको क्षतिमा २०० रन मात्रै बनाउन सक्यो। चेन्नाईका लागि फाफ डु प्लेसिसले ३७ बलमा ७ छक्का र १ चौका प्रहार गर्दै ७२ रन बनाए। त्यस्तै, सेन वाटसनले ३३, कप्तान महेन्द्रसिंह धोनीले अविजित २९, केदार जाधवले २२ र मुरली विजयले २१ रन बनाए। बलिङतर्फ राजस्थानका राहुल तेवातियाले ...
काठमाडौं - दिल्ली क्यापिटल्सले इडियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा दिल्लीले किंग्स इलाभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १५८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि १३ रन चाहिएको थियो। क्रिजमा थिए मयंक अग्रवाल। अन्तिम ओभरको सुरुवाती तीन बलमा छक्का, दुई र चौका प्रहार गर्दै मयंकले दिल्लीको स्कोरसँग बराबरी गरे। अब पञ्जाबलाई जितको लागि ३ बलमा ...
काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा चेन्नाईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको हो।
युएईको अबुधाबीमा शनिबारदेखि सुरु भएको उद्घाटन खेलमा मुम्बईमाथि चेन्नाईले सहज जित निकालेको हो। १६३ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। चेन्नाईको जितमा आम्बती रायुडु र फाफ् डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गरे। आम्बतीले ४८ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७१ रन बनाए। फाफ् डु प्लेसिसले अविजित ५८ ...
काठमाडौं - जापानी खेलाडी नाओमी ओसाकाले युएस ओपन टेनिसको उपाधि जितेकी छिन्।
आइतबार बिहान भएको फाइनलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै युएस ओपन टेनिसको उपाधि जितेकी हुन्। योसँगै उनले तेस्रो पटक ग्राण्डस्लाम उपाधि जितेकी हुन्। पहिलो सेट १-६ ले गुमाएकी उनले बाँकी दुई ६-३ र ६-३ को सेटमा जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारिन्।
२२ वर्षीय ओसाकाले फाइनलमा पुगेपछि सबै ग्राण्डस्लाम जित्ने रेकर्ड पनि राखेकी छिन्। ओसाकाले सन् २०१८ को युएस ओपन टेनिसको उपाधि जितेकी थिइन्। त्यस्तै, सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको पनि उपाधि जितेकी ...
काठमाडौं - ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको उपाधि चौथो पटक जितेको छ। बिहीबार राति भएको फाइनलमा सेन्ट लुसिया जुक्सलाई आठ विकेटले पराजित गर्दै ट्रिनबागोले सिपिएलको उपाधि जितेको हो।
ब्रायन लारा क्रिकेट मैदानमा भएको फाइनलमा १५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ट्रिनबागोले १८.१ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। ट्रिनबागोको जितमा लेन्डल सिमोन्सले विष्फोटक ब्याटिङ गरे। उनले ४९ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै अविजित ८४ रन बनाए। त्यस्तै, डारेन ब्राभोले अविजित ५८ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ...
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट पुरुष टिमका खेलाडीले एक वर्षदेखि रोकिएको तलब पाएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट रकम आएसँगै खेलाडीहरुले एक वर्षको तलब एकमुष्ट पाएका हुन्।
क्यानले राष्ट्रिय टिममा रहेका खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार रुपैयाँ बढी रकम पाएको विज्ञप्तीमार्फत जनाएको छ। क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार रुपैयाँ वृद्धि गर्न आइसिसी सहमत भएको हो।
राष्ट्रिय टिमका खेलाडीलाई तीन श्रेणीमा विभाजन गरेर त्यहीअनुसार तलब दिइएको हो। जसमा ए श्रेणीका खेलाडीले ४५ हजार, बी श्रेणीका खेलाडीले ३५ हजार र सी श्रेणीका खेलाडीले मासिक ...
काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको फाइनलमा उपाधिका लागि ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्सबीच प्रतिस्पर्धा हुने भएको छ।
बुधबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा सेन्ट लुसियाले गुयाना अमेजन वारियर्सलाई १० विकेटले पराजित गर्दै फाइनलमा ट्रिनबागोसँगको भेट पक्का गरेको हो। ट्रिनबागोले भने पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाजलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो।
५५ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको सेन्ट लुसियाले ४.३ ओभरमै विना विकेट लक्ष्य भेटायो। टस हारेर पहिले ब्याटिङ गरेको गुयाना अमेजन वारियर्स खराब खेल्दै ५५ रनमै समेटिएको थियो।
त्यस्तै, ...
काठमाडौं - सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ। मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको फराकिलो हार ब्यहोर्दै जमैका तलावाज सिपिएल क्रिकेटबाट बाहिरिएको हो।
खराब ब्याटिङ जमैकाको मुख्य हारको कारण बन्यो। १०८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ट्रिनबागो नाइट राइडर्सले १५ ओभरमा मात्र १ विकेटको क्षतिमा लक्ष्य भेटायो।
ट्रिनबागो नाइट राइडर्सको जितमा लेन्डल सिमोन्स र टियोन वेबस्टरले उत्कृष्ट ब्याटिङ गरे। सिमोन्सले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अविजित ५४ रन बनाए। ...
काठमाडौं - अस्ट्रेलियामाथि लगातार दोस्रो जित निकाल्दै इंग्ल्यान्डले एक खेलअघि नै टि–२० क्रिकेट सिरिज जितेको छ। आइतबार राति साउथह्याम्पटनमा भएको दोस्रो खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो।
१५८ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो। इंग्ल्यान्डको जितमा जस बटलर नायक सावित भए। उनले अविजित ७७ रन बनाए। ५४ बेलको सामना गरेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। डेविड मलनले ४२ रन बनाउँदा मोइन अलीले १३ रन बनाए। बलिङतर्फ एस्टन एगरले दुई विकेट लिए।
यसअघि टस जितेर ...
काठमाडौं - सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सेमिफाइनलमा ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। बारबाडोस ट्रिडेन्ट्ससँग आफ्नो नवौं खेलमा पराजित भएसँगै जमैकाले सेमिफाइनलमा ट्रिनबागोसँग खेल्ने भएको हो।
ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा बारबाडोससँग जमैका तलावाजले ७ विकेटको हार ब्यहोर्न पुग्यो। टस जितेर पहिले ब्याटिङ गरेको जमैका तलावाजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६१ रन बनाएको थियो। उसका लागि जर्मिन ब्लाकवोल्डले ७४ र आन्द्रे रसेलले ५४ रन बनाए।
१६२ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको बारबाडोसले १८.२ ओभरमा ३ विकेटको ...
काठमाडौं - स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी आउँदो सिजन पनि बार्सिलोनामा नै रहने भएका छन्। क्लब छाड्न लामो संघर्षमा असफल भएपछि उन पुनः एक सिजन बार्सिलोनामा रहने भएका हुन्।
‘म अहिले सबै परिस्थितिमा खुसी छैन। म क्लब छाड्न नै चाहिरहेको थिएँ। तर मलाई कुनै पनि हालतमा क्लब छाडेर जान दिइएन। म अब बार्सिलोनामा नै रहन्छु किनभने आफू हुर्किएको क्लबसँग कुनै पनि किसिमको मुद्दा मामिला गर्न चाहन्नँ’ उनले भनेका छन्।
‘अहिले मैले जुन १० मा नै क्लबलाई आफूले छाड्न चाहेको बताउनुपर्ने थियो भनिएको छ। तर त्यो मेला ...
काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमाइका तलावाजले सातौँ खेल हारेको छ। यसअघि तीन जित र तीन हार भएको तलावाज मंगलबार राति ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो।
पहिले टस जितेर तलावाजले फिल्डिङ रोजे पनि सोचेजस्तो किफायति बलिङ गर्न सकेन। न त सुरुवातमा सम्हालिएको ब्याटिङ नै गर्न सक्यो। पहिले ब्याटिङ गरेको नाइट राइडर्सले पूरा २० ओभर खेल्दै ४ विकेट जाँदा १ सय ८४ रन बनाएको थियो। जहाँ सन्दीपले ४ ओभरमा २० रन खर्चेर १ विकेट ...
एजेन्सी - आर्सनलले प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै कम्युनिटी सिल्डको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।
खेलको १२ औँ मिनेटमा आउबामेयाङले उत्कृष्ट गोलको मद्दतले एफए कप विजेता आर्सनललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा लिभरपुलका सब्सटिट्युट टाकुमी मिनामिनोले बराबरी गोल फर्काए ।
निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गयो । लिभरपुलका स्ट्राइकर रिहान ब्रिउस्टरको प्रहार पोस्टमा लागेपछि आउबेमियाङले विजयी गोल गर्दै आर्सनललाई ५–४ को जीत दिलाए ।
लिभरपुलले लगातार दोस्रो पटक पेनाल्टीमा उपाधि गुमाएको हो । सन् २०१९ मा म्यान्चेस्टर सिटी विजयी बनेको हो ।
आर्सनलले कम्युनिटी ...
एजेन्सी - पाकिस्तानसँगको तीन खेलको टेस्ट क्रिकेट सिरिज घरेलु टोली इंग्ल्यान्डले जितेको छ। वर्षा बाधक बनेको अन्तिम खेल बराबरीमा टुंगिएसँगै सिरिज इंग्ल्यान्डले जितेको हो।
तेस्रो टेस्ट खेलको अन्तिम दिन पाकिस्तानले आफ्नो दोस्रो इनिङमा ४ विकेटको क्षतिमा १८७ रन बनाउँदा खेल सकियो। यसअघि आफ्नो पहिलो इनिङमा पाकिस्तानले २७३ रन बनाएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले आफ्नो पहिलो इनिङमा ८ विकेटको क्षतिमा ५८३ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो।
इंग्ल्यान्डका लागि ज्याक क्रवली र जस बटलरले टिमलाई उकासेका थिए। क्रवलीले दोहोरो शतक बनाए। उनले २६७ रन ...
काठमाडौं - स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाड्न चाहेका छन्। मेस्सीले बुरोफ्याक्स मार्फत आफूले क्लब छाड्न चाहेको र त्यसका लागि वातावरण बनाउन बार्सिलोना ब्यवस्थापनलाई आग्रह गरेका हुन्।
स्पेनमा व्यापारिक सरसल्लाहका लागि बुरोफ्याक्स विशेष प्रचलनमा छ, जसको मान्यता अदालतमा समेत प्रमाणका रुपमा स्थापित हुन सक्छ। मेस्सीको आग्रहपछि बार्सिलोना ब्यबस्थापनको आकस्मिक बैठक बसेको थियो। जसमा केही पदाधिकारीले अध्यक्ष जोसेप मारिया बर्टामेउले राजीनामा दिनुपर्ने तर्क अघि सारेका थिए।
तर बर्टामेउको राजीनामा विषयमा कुनै निर्णय भएको छैन। जसका कारण मेस्सीलाई बार्सिलोनामा राख्न सकिने भनिएको अन्तिम आश क्लबसँग देखिँदैन। बार्सिलोना ...
काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले हराउँदै जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। रोमाञ्चक फाइनलमा बायर्नका लागि खेलको ५९औँ मिनेटमा कोम्यानले गोल गरे।
दुवै टिमले पहिलो हाफदेखि नै केही राम्रा अवसरहरु खेर फाले। खेलको अन्तिम सयमसम्म आक्रामक बनिरहेको पिएसजीले गोल भने गर्न सकेन। बायर्न म्युनिकको यो छैटौँ च्याम्पियन्स लिग उपाधि हो। समूह चरणदेखि नै अपराजित रहँदै आएको बायर्नले ११ खेलमा ४३ गोल गर्दै उत्कृष्ट बन्यो।
यो सिजन बुन्डेस लिगा र जर्मन कपको उपाधि जितेर बढेको बायर्न म्युनिकका लागि च्याम्पियन्स ...
काठमाडौं - क्यारेविन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाजले लगातार दोस्रो हार ब्यहोरेको छ। आइतबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्ससँग तलावाज १४ रनले पराजित भएको हो।
११९ रनको सामान्य चुनौती पछ्याउँदै गरेको तलावाजको ब्याटिङ अहिलेसम्मकै खराब रह्यो। निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०४ रनमात्रै बनाएपछि अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो। ओपनर चाडविक वाल्टन र ग्लेन फिलिप्स शून्यमै आउट भएपछि टिम दबाबमा आएको थियो।
४ रन हुँदा ३ विकेट गुमाएको तलावाजका लागि आन्द्रे रसेलले अविजित ५२ रन बनाए पनि टिमले जित्न ...
नयाँ दिल्ली - भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका धोनीले सबै फर्म्याटमा गरी अहिलेसम्म भारतका लागि ३ सय ३२ वटा खेल खेलेका छन् भने त्यसमध्ये १ सय ७८ वटा खेल जितेका छन्।
धाेनीसँगै अर्का खेलाडी सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घाेषणा गरेका छन्। रैनाले ट्विटरमा सन्यासकाे घाेषणा गरेका हुन्। रैना र धोनी निकट सम्बन्ध भएका खेलाडी हुन्।
काठमाडौं - जर्मन क्लब बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। स्पेनिस क्लब बार्सिलोनालाई ८–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै बायर्न सेमिफाइनलमा पुगेको हो।
पोर्चुगलमा भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोना बायर्नसामु सुरुवातमै दबाबमा आएको थियो। बायर्नको जितमा थोमस मुलरले दुई गोल गर्दा फिलिपे कौटिन्होले पनि दुई गोल नै गर्न सफल भए। त्यस्तै, इभान पेरिसिक, सर्ज गिनाब्री, जोसुआ किमिच र रोबर्ट लेवान्डोस्कीले समान १–१ गोल गरे।
खेलको चौथो मिनेटमा नै मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। तर यो अग्रता लामो समयसम्म टिक्न सकेन। बायर्नका डविड ...
काठमाडौं - जर्मन क्लब बायर्न म्युनिक र स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन्। बायर्नले इंग्लिस क्लब चेल्सीलाई र बार्सिलोनाले इटालियन क्लब नापोलीलाई हराएका हुन्।
शनिबार राति अन्तिम १६ को दोस्रो लेग खेल्नुअघि नै बायर्न चेल्सीविरुद्ध पहिलो लेगको ३-० को बलियो अग्रतामा थियो। दोस्रो लेगको खेल ४–१ हुँदा बायर्नले समग्रमा ७–१ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
बायर्नको जितमा लेवान्डोस्कीले दुई गोल गरे। पेरेसिक र टोलिसोले एक–एक गोल गरे। चेल्सीका लागि अब्राहमले एकमात्र गोल गरे। बायर्नले अब क्वार्टरफाइनलमा बार्सिलोनासँग खेल्नेछ।
शनिबार राति नै भएको खेलमा बार्सिलोनाले ...
काठमाडौं - स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग अन्तिम १६ बाट बाहिरिएका छन्।
शुक्रबार राति भएको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा मड्रिड इंग्लिस क्लब सिटीसँग पराजित भयो भने फ्रेन्च क्लब लायोनविरुद्ध समग्रमा बराबरीका बाबजुद अवे गोलका कारण युभेन्टस बाहिरिन पुग्यो।
रियल मड्रिडविरुद्ध खेलको नवौँ मिनेटमा नै स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। २८ औँ मिनेटमा बेन्जेमाले उत्कृष्ट हेडिङ गोलमार्फत् खेल बराबरी गरे। तर पहिलो गोलमा जस्तै डिफेन्डर भारानको कमजोरीको फाइदा लिँदै सिटीका जिससले दोस्रो गोल गरे।
पहिलो लेगमा रियल मड्रिडकै मैदानमा २–१ ले ...
एजेन्सी - चेल्सीलाई हराउँदै आर्सनलले एफए कपको उपाधि जित्न सफल भएको छ । २–१ गोलको अन्तरले जीत हासिल गर्दै आर्सनलले कीर्तिमानी १४ औँ पटक उपाधि हात पारेको हो ।
क्रिस्टियन पुलिसिचको गोलको मद्दतले चेल्सीले खेलको शुरुवातमा नै अग्रता लिएको थियो । तर, खेलको २८ औँ मिनेटमा आउबामेयाङले पेनाल्टीमार्फत खेल बरबारी गरे ।
दोस्रो हाफको ६७ औँ मिनेटमा आउबामेयाङले अर्को गोल थप्दै आर्सनलको जीत सुनिश्चित गरे । सेजार एज्पीलिकुएटा र पुलिसिचलाई घाइते हुँदै गुमाएको चेल्सीले खेलको ७३ औँ मिनेटमा माटेओ कोभाचिचलाई पनि दोस्रो पहेँलो कार्ड खाएपछि गुमाउनु परेको ...
काठमाडौं - सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न बिहीबार वेस्ट इन्डिजतर्फ प्रस्थान गर्ने भएका छन्।
कोरोना भाइरसका कारण हवाइ सेवा बन्द हुँदा सन्दीपले सिपिएल खेल्ने अन्याेल रहँदै आएको थियो। तर लामो प्रक्रियापछि सन्दीपले कोरियन चार्टर फ्लाइटबाट सिपिएल खेल्न जाने भएका हुन्। उनी अमेरिका हुँदै वेस्ट इन्डिज अगस्ट १ तारिखमा पुग्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन्।
सरकारले गएको हप्ता लकडाउन अन्त्य भएको घोषणा गर्दै अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको थियो। योसँगै सिपिएल खेल्न जाने तयारीमा रहेका सन्दीप समस्यामा परेका ...
काठमाडौं - इटालियन सिरि ए फुटबलको उपाधि युभेन्टसले जितेको छ। आइतबार राति भएको आफ्नो ३६ औं खेलमा साम्पडोरियालाई २-० गोलअन्तरले पराजित गर्दै युभेन्टसले उपाधि जितेको हो। दुई खेलअघि नै उपाधि जित्ने क्रममा युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डो र फेडेरिको बेर्नान्डेस्कीले गोल गरे।
पहिलो हाफको अन्तिम समयमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। उनकै गोलमा युभेन्टसले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो। खेलको ६७औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्टसलाई २-० गोलको जित दिलाए।
युभेन्टसले यो जितसँगै दुई खेल अघि नै इटालियन सिरि ए को उपाधि जितेको हो। लगातार ...
काठमाडौं - स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ। लिगमा एक खेल बाँकी छँदै दोस्रो स्थानको बार्सिलोनाभन्दा सात अंकले अघि रहेर रियल मड्रिडले उपाधि जितेको हो।
बिहीबार राति भएको खेलमा रियल मड्रिडले भिलारियललाई २-१ ले हराउँदा बार्सिलोना ओसासुनासँग २-१ गोलले नै पराजित भयो। ३७ खेल सकिँदा रियल मड्रिडको ८६ अंक छ भने बार्सिलोनाको ७९ अंक छ। रियल मड्रिडका लागि दुवै गोल करिम बेन्जेमाले गरे। लिगमा बेन्जेमाको २१ गोल पुगेको छ। ओसासुनाविरूद्ध फ्रिकिक गोल गरेका बार्सिलोना कप्तान मेस्सीको लिगमा २३ गोल छ।
अब अन्तिम खेलमा आइतबार राति ...
काठमाडौं - बायर्न म्युनिखले जर्मन कपको उपाधि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।
बायर्न म्युनिख यसअघि बुण्डेसलिगा च्याम्पियन समेत बनिसकेको छ।
खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा सर्जी जीनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पहिलो हाफमा बायर्नलाई सोही अग्रतालाई कायम राख्यो ।
५९औं मिनेटमा लेवान्डोस्कीले बायर्नका ...
काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको रियल मड्रिडले बार्सिलोनासँग चार अंकको अग्रता बनाएको छ।
बिहीबार राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई १–० गोलअन्तरले पराजित गर्दै दोस्रो स्थानमा रहेको बार्सिलोनासँग चार अंकको अग्रता बनाएको हो। रियल मड्रिडलाई जित दिलाउन कप्तान सर्जियो रामोसले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको रियललाई दोस्रो हाफमा भने रोक्न सकेन। खेलको ७८औं मिनेटमा गेटाफेका खेलाडीले डिबक्सभित्र फउल गरेपछि रियलले पेनाल्टी पाएको थियो। पेनाल्टीबाट गोल गर्दै रामोसले रियललाई १–० गोलको जित दिलाए।
यो जितसँगै रियल मड्रिडले ३३ खेलबाट ७४ अंक बनाएको हो। ...
काठमाडौं - एफए कप फुटबलको सेमिफाइनलमा म्यान्चेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा गर्दा म्यान्चेस्टर युनाइटेडले चेल्सीसँग खेल्ने भएका छन्।
आइतबार राति भएका खेलमा म्यान्चेस्टर सिटीले न्युक्यास्टललाई, आर्सनलले सेफिल्ड युनाइटेड र चेल्सीले लेष्टर सिटीलाई पराजित गर्दै एफए कपको सेमिफाइनलमा पुगेका हुन्। म्यान्चेस्टर युनाइटेड भने यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो।
सिटीले न्यु क्यास्टललाई २-० गोलअन्तरले पराजित गर्ने क्रममा खेलको ३७औं मिनेटमा केभिन डि ब्रुयनले गोल गरेका थिए। त्यस्तै, रहिम स्टर्लिङले खेलको ६८औं मिनेटमा गोल गरे।
यता, आर्सनलको जितमा भने निकोलस पेपे र ड्यानी सेबालोसले गोल गरे। सेफिल्डका लागि भने डेविड म्याकगोल्ड्रिकले गोल ...
काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा सेल्टा भिगोले बार्सिलोनालाई २–२ गोलको बराबरीमा रोकेको हो। उपाधि दौडमा रहेको बार्सिलानालाई यो बराबरीले ठूलो धक्का लागेको छ। यता, रियल मड्रिडलाई भने उपाधि जित्न निकै फाइदा पुग्ने भएको छ।
बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गर्दा पनि जिताउन सकेनन्। सेल्टा भिगोका लागि भने फेडर स्मलोभ र लागो आसपासले गोल गरे।
खेलको २०औं मिनेटमा स्वारेजले हेडर गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा एक ...
काठमाडौं - म्यान्चेस्टर युनाइटेड नर्विच सिटीलाई पराजित गर्दै एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार एफए कपको छैटौं राउण्डको खेलमा नर्विच सिटीलाई थप गरिएको अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो। म्यान्चेस्टर युनाइटेडको जितमा ओडियन इघालो र ह्यारी मागुइरले गोल गरे। यता, नर्विच सिटीका लागि टोड कान्टवेलले गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको युनाइटेडले खेलको ५१औं मिनेटमा इघालोको गोलबाट अग्रता लिएको थियो। खेलको ७५औं मिनेटमा कान्टवेलले गोल गर्दै नर्विच सिटीलाई १–१ गोलको बराबरी दिलाए। खेलको ८९औं मिनेटमा टिम क्लोजले रातो ...
एजेन्सी - लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गरेसँगै लिभरपुलले उपाधि आफ्नो पोल्टामा पारेको हो।
चेल्सीले सिटीलाई पराजित गर्ने क्रममा क्रिस्टियन पुलिसिक र विलियनले गोल गरे। यता, म्यान्चेस्टर सिटीका लागि केभिन डे ब्रुयनले गोल गरे। खेलको ३६औं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई पहिलो हाफसम्म १-० गोलको अग्रता दिलाए।
खेलको ५५औं मिनेटमा ब्रुयनले गोल गर्दै म्यान्चेस्टर सिटीलाई १-१ गोलको बराबरी दिलाए। खेलको ७७औं मिनेटमा फर्नान्डिन्होले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो। ...
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले जित हात पारेको छ। मंगलबार राति भएको खेलमा टोटनह्यामले वेष्टह्यामलाई २–० गोलअन्तरले पराजित गरेको हो। टोटनह्यामको जितमा एक गोल ह्यारी केनले गरे। एक गोल भने टोटनह्यामले उपहार स्वरुप पाएको थियो।
खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा रोक्न सकेको वेष्टह्यामले खेलको ६४औं मिनेटमा आत्मघाती गोल गर्न पुग्यो। वेष्टह्यामका मिडफिल्डर टोमस सउसिकले बचाउन खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगे। योसँगै टोटनह्यामले १–० गोलको अग्रता बनाएको थियो।
खेलको ८२औं मिनेटमा केनले गोल गरेपछि टोटनह्यामले वेष्टह्याममाथि २–० गोलको जित निकालेको हो। यो जितसँगै लिगको सातौं ...
काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना फेरि शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा घरेलु टिम बार्सिलोनाले एथ्लेटिको बिलबाओलाई १-० गोलअन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा इभान राकिटिकले गोल गरे। उनकै एक मात्र गोलमा बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो।
पहिलो हाफसम्म गोल रहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफको ७१औं मिनेटमा गोल गर्न सफल भयो। लियोनल मेस्सीको पासमा उनले गोल गरेका थिए। मेस्सीको यो सिजन मात्रै १५औं एसिष्ट हो।
मंगलबार राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई १–० गोलले पराजित गरेको ...
काठमाडौं - बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेस लिगाको उपाधि जितेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा वेडर ब्रेमेनलाई १-० ले पराजित गर्दै बायर्नले दुई खेल अगावै यस सिजन उपाधि पक्का गरेको हो ।
युरोपका शिर्ष पाँच लिगमा लगातार आठ पटक लिग जित्ने बायर्न दोस्रो टिम बनेको छ । यसअघि इटलीको युभेन्ट्सले सन् २०११-१२ देखि २०१८-१९ सम्म लगातार आठ पट सिरी ए जितेको थियो ।
व्रेमेनलाई उसैको मदानमा पराजित गर्दै रोवर्टो लेवान्डोस्कीले पहिलो हाफमा एक गोल गरे । उनले ४३औं मनेटमा गरेको गोल नै उपाधि ...
काठमाडौं - खेल मिलेमतो (म्याच फिक्सिङ) गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एक फिजियोथेरापिस्ट, एक प्रशिक्षक तथा पूर्व खेलाडी र ४ खेलाडीले सर्वोच्चबाट मंगलबार सफाइ पाएका छन् ।
नेपाली फुटबलमा पहिलो पटक खेल मिलेमतो (म्याच फिक्सिङ) को आरोप लागेर आफ्नो खेल जीवनको उत्कृष्ट समय गुमाएका खेलाडी सागर थापाले सामाजिक संजालमा प्रश्न गरेका छन्- ‘मैले खेल गुमाउनु परेको ६ वर्ष कसले फिर्ता गर्छ?’
न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले यसअघि विशेष अदालतले गरेको फैसला नै सदर गर्दै सफाइ दिएको हो।
राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह ...
पोखरा - १८ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई ४—३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
खेलको ९० मिनेटमा दुबै टोलिले गोल गर्न सकेका थिएनन् । खेलमा अतिरिक्त ३० मिनेट थपिएको थियो । थप गरिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।
टाईब्रेकरमा पुलिसका तेज तामाङ र अजित भण्डारीको प्रहार बिफल हुँदा पुलिस आठौँ पटक उपाधि जित्नबाट बञ्चित भएको हो ।
उपाधिसँगै मनाङले १० ...
काठमाण्डाै - एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५।३ ओभरमा पूरा गर्दा कुशल मल्लले उत्कृष्ट पारी खेले ।
पारस खड्कासँग ओपनिङ आएका कुशलले १८ बलमा ५ चौका र २ छक्कासहित ३६ रनको नट आउट पारी खेले । यसैगरी पवन शर्राफ २७ रनमा अविजित रहे । उनले १० बल सामना गर्दै ३ छक्का र २ चौका प्रहार गरे ।
नेपालले एक ...
काठमाडौं - प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले लगातार तेस्रो पटक काराबाओ कप (लिग कप) को उपाधि जितेको छ । आइतबार राति वेम्लीमा भएको फाइनलमा एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै सिटीले उपाधिमा ह्याट्रिक गरेको हो ।
पछिल्लो पाँच वर्षमा सिटीको यो चौथो उपाधि हो । सर्वाधिक उपाधि जित्नेमा सिटी दोस्रो स्थानमा छ । लिभरपुलले ८ र सिटीले ७ पटक उपाधि जितेका छन् ।
सिटीको जितमा सर्जियो अगुएरो र रोड्रीले गोल गरे । एस्टन भिल्लाका लागि मबवाना समताले एक गोल फर्काए ।
प्रिमियर लिगको साविक विजेतासमेत रहेको सिटीले लिगमा ...
काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ ।
आईतबार राति घरेलु मैदानमा भएको खेलमा रियले बार्सिलोनालाई २–० ले हराएको हो ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि रियलले दोस्रो हाफमा दुई गोल गर्यो । रियलको जितमा भिनिसियस जुनियर र मारियानो डियाले एक(एक गोल गरे ।
खेलको ७१ औं मिनेटमा भिनसियल जुनियरले प्रहार गरेको बल बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो । यस्तै, वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मारियानोले इन्जुरी टाइमको ...
काठमाडौँ - थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बैङ्ककस्थित टेर्डथाइ क्रिकेट मैदानमा आइतबार भएको खेलमा हङकङसँग नेपाल ४३ रनले पराजित भएको हो ।
एक सय ५५ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरको खेलमा १९ औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै एक सय ११ रनमात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यसअतिरिक्त कुशल मल्लले १९, अविनाश बोहराले १२ र आरिफ शेखले १० रनको योगदान गरे ।
यसअघि पहिला ब्याटिङ गर्दै ...
काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा इबरलाई ५–० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। अर्को खेलमा रियल मड्रिड लेभान्टेसँग १–० ले पराजित हुँदा बार्सिलोनालाई फाइदा पुगेको हो।
शीर्ष स्थानमा रहेको बार्सिलोनाको २५ खेलमा ५५ अंक रहेको छ भने दोस्रोमा रहेको रियल मड्रिडको २५ खेलमा ५३ अंक रहेको छ।
इबरविरुद्ध बार्सिलोना कप्तान लियोनल मेस्सीले खेलको ४० मिनेटमा नै ह्याट्रिक पूरा गरेका थिए। उनले १४औँ, ३७औँ र ४०औँ मिनेटमा गोल गरेका हुन्। पहिलो हाफ ३–० मा सकिएको खेलमा दोस्रो हाफमा दुई गोल भएको थियो।
भर्खरै ...
काठमाडौं - सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि पहिलो पटक मछिन्द्र क्लबले जितेको छ। दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मनाङलाई १–० गोलले पराजित गर्दै मछिन्द्र क्लबले पहिलो पटक लिगको उपाधि चुमेको हो। विजेता बनेको मछिन्द्रले ट्रफिसँगै ५० लाख नगद जितेको छ। यता, उपविजेतामा चित्त बुझाएको आर्मीले ३५ लाख पाएको छ।
तेस्रो स्थान हाशिल गर्न सफल मनाङ मस्र्याङ्दी क्लबले २५ लाख नगद पाउँदा चौथो टिम बनेको थ्रीस्टारले १५ लाख र पाँचौ हुन सफल पुलिस क्लबले ७ लाख नगद पाएको छ।
लिगको विधागत उत्कृष्ट गोलकिपरमा मनाङका ...
काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग टु– अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ।
३६ रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित हात पारेको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्यमै आउट भएका थिए।
तर तेस्रो र चौथो नम्बरमा आएका पारस खड्का र दीपेन्द्रसिंह ऐरीले नेपाललाई जित दिलाए। पारस २० र दीपेन्द्र १५ रनमा अविजित रहे।
योसँगै नेपालले विश्व कीर्तिमानी जित हात पार्न भने चुक्यो। यदि नेपालले ४.१ ओभरमा लक्ष्य भेटाएको ...
काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानसँग नेपाल ८ विकेटले पराजित भएको छ। २५० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४७.२ ओभरमा मात्र २ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो। ओमानको जितमा कप्तान जिसान मकसोद र अकिब लियासले १६७ रनको साँझेदारी गर्दै जित दिलाए।
अकिबले सर्वाधिक १०९ रन बनाए। उनले शतक बनाउने क्रममा १०८ बलमा १२ चौका र १ छक्का प्रहार गरे।
उनकै उत्कृष्ट प्रदर्शन ओमानले यो सिरिजमा दोस्रो पटक जित हात पारेको हो। उनले ३७ रन बनाउँदा करण केसीको बलमा आरिफ शेखले क्याच छुटाए। ...
काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई २५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए। कप्तान ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाए।
ओपनिङमा आएका कप्तान ज्ञानेन्द्रले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ रनको साँझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। तर सुवास २२ रनमा आउट भए।
त्यसपछि ब्याटिङ गर्न आएका पारस खड्कासँग ...
दिवाकर पोख्रेल
देउखुरी, माघ । लमही नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नगर क्षेत्रका सामुदायिक र संस्थागत गरि कुल २५ विद्यालयको सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहआयोजक रोजि बड्स बालबाटिका माध्यमिक विद्यालय प्रधानाध्यापक राजु यादवले जानकारी दिनुभयो ।
लमही नगरपालिका आयोजनामा शुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिवल, कवडी, एथ्लेटिक्स लगायतका खेलहरु समावेश हुनेछ । प्रतियोगिताको उद्घाटन प्रदेश पाँचका प्रदेश साँसद रेवतिरमण शर्माले गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दे प्रदेश साँसद शर्माले खेल क्षेत्रले सबैलाई अनुशासित बनाउन मद्धत गर्ने ...
काठमाडौं - स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । मड्रिड डर्बी फाइनलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ट्रफी उचालेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । जसमा रियल ४–१ ले विजयी भयो । अतिरिक्त समयको २५ औं मिनेटमा रियलका फेडेरिक भेलभर्डले रातो कार्ड पाएका थिए ।
साउदी अरेबियाको किङ् अब्दुल्लाह सिटीमा भएको फाइनलमा रियलका लागि पेनाल्टी सुटआउटमा डानी कार्भाहल, लुका मोडरिच, रोड्रिगो र कप्तान सर्गियो रामोसले गोल गरे ।
एट्लेटिकोका लागि तेस्रो नम्बरमा ...
काठमाडौं - सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र विभागीय टिम नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
दशरथ रंगशालामा बुधबार भएको खेलमा च्यासलले पुलिससँग २–२ गोलको बराबरी खेलेको हो। च्यासलका लागि सन्तोष साहुखलले २ गोल गरे। यता, पुलिसका लागि निरकुमार राई र सुमन लामाले गोल गरे।
खेलको पाँचौ मिनेटमा निरकुमारले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए। तर खेलको १८औं मिनेटमा सन्तोषले गोल गर्दै च्यासललाई १–१ गोलको बराबरीमा ल्याए। उनले बराबरी गोल मात्रै गरेनन् ए डिभिजन लिगमा १०० गोलको कीर्तिमान कायम पनि गरे।
खेलको ...
एजेन्सी - भारतीय क्रिकेटर इरफान पठानले क्रिकेटका सबै फर्मेटबाट अवकास लिने घोषणा गरेका छन्। १२ डिसेम्बर २००३ मा पहिलो पटक भारतीय क्रिकेट टोलीका लागि खेलेका पठानले शनिबार एक पत्रकार सम्मेलनमा यो घोषणा गरेक हुन्।
सन्यासकाे घोषणा गर्दै उनले सचिन तेन्दुलकर र सौरभ गांगुली जस्ता उत्कृष्ट खेलाडीहरुसँग खेल्ने अवसर पाएकोमा खुसी व्यक्त गरे। उनले आफ्ना प्रशंसकहरु र पूर्व साथीहरुलाई धन्यवाद पनि दिए।
'मैले पहिले सन्यासकाे घोषणा गरिन किनकि म जम्मु कश्मीरकाे लागि क्रिकेट खेल्दै थिएँ। मैले उनीहरुलाई प्रशिक्षण पनि दिइरहेको थिएँ। अब म ३५ बर्षको भएँ। म खेलबाट ...
काठमाडाैं - १३औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप रु चार लाख पुरस्कार पाउने भएका छन्।
यो उनीहरुले सरकारबाट पाउने रु नौ लाखभन्दा बाहेकको पुरस्कार रकम हो। १३औं सागमा नेपालका एक महिला तथा दुई पुरुष बक्सरले स्वर्ण पदक जितेका थिए।
नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले रु एक लाख ५० हजार, नेपाल बक्सिङ सङ्घका मुख्य प्रशिक्षक प्रकाश थापामगरले रु एक लाख, नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले रु एक लाख तथा नेपाल बक्सिङ सङ्घका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनही रु ५० हजार ...
काठमाडौ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबारबाट सुरु हुने नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि कतार एयरवेजसँग मुख्य प्रायोजन सम्झौता गरेको छ ।
बिहीबार एन्फा मुख्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका नेपाल कन्ट्री म्यानेजर मोहम्मद इलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यो सम्झौतापछि प्रतियोगिताको नाम ‘कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग’ हुनेछ। एक वर्षका लागि भएको सम्झौता अनुसार कतार एयेयरवेजले एन्फालाई प्रायोजनस्वरूप १ लाख ५० हजार अमेरिकी डलर दिनेछ। कतार एयरवेजले पहिलो किस्ताबापत ९० हजार अमेरिकी डलर र दोस्रो ...
एजेन्सी - बार्सिलोनाले मालोर्कालाई पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा ह्याट्रिक गर्दै मेस्सीले मालोर्का बिरुद्ध बारसिलोनालाइ ५–२ को जित दिलाए । यो संगै ला लिगामा मेस्सीको ३५ औं ह्याट्रिक पुगेको छ ।
ला लिगामा सर्वाधिक ह्याट्रिक गर्नेमा मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोको ३४ ह्याट्रिक रहेको छ ।
घरेलु मैदान नोउ कयाम्पमा खेलअघि मेस्सीले केही दिनअघि मात्र जितेको छैटौं बालोन डे ओर अवार्ड देखाएका थिए । त्यसपछि उनले ह्याट्रिक नै गरिदिए ।
खेलको सातौं मिनेटमै एन्टोनी ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो ...
काठमाडौं - बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीले छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा मेस्सी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो। यसका लागि उनले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पारे।
मेसीले यसअघि सन् २००९, १०, ११, १२ र २०१५ मा यस अवार्ड जितेका थिए । रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।
यस्तै, महिलातर्फ अमेरिकी खेलाडी मेगन रापोनी उत्कृष्ट घोषित भएकी छन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपरको अवार्ड जिते ...
काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद सागमा आयोजकले नेपालले शानदार शुरुवात गरेको छ । दोस्रो दिन सोमबार छिनोफानो भएको २४ मध्ये नेपालले सर्वाधिक १५ स्वर्ण जित्यो । नेपालले रजत पदक जित्दै दिनको शुरुवात गरेपनि स्वर्ण जित्दै अन्त्य गर्यो ।
साग इतिहासमा नेपाललाई सर्वाधिक स्वर्ण दिलाएका तेक्वान्दो र करातेको खेलहरु सोमबारबाटै शुरु भएकोले नेपालले पहिलो दिन धेरै स्वर्ण आफनो पक्षमा पार्न सफल भएको हो । तेक्वान्दो र करातेमा नेपालले समान ७ स्वर्ण जित्दा ट्रायथलनमा १ स्वर्ण जित्यो ।
हेर्नुहोस् अहिलेसम्म १३औँ सागमा नेपाललाई स्वर्ण दिलाउने खेलाडी
कराते (एकल काता) ...
पोखरा - अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ ।
पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।
अञ्जलीको कीर्तिमानी बलिङ
नेपालको शानदार जितमा बलर अञ्जली चन्दको कीर्तिमानी बलिङ रहृयो । खेलको छैटौं ओभरमा बलिङमा आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन् ।
नवौं ओभरमा पनि दुई ...
काठमाडौं - १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको छ। पहिलो सेट २५-९ ले जितेको नेपालले त्यसपछि लगातार बंगलादेशलाई दबाबमा राख्दै खेल जितेको हो।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपालले दोस्रो सेट पनि २५-९ ले नै जित्यो। साथै सुरुवात केही प्रतिस्पर्धात्मक देखिएको तेस्रो सेटमा २५–११ ले हराउँदै नेपालले पहिलो खेल जितेको हो।
सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल खेल चार दिन अघि नै सुरु भएको हो।
महिला भलिबलमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र भारत ...
काठमाडौं - इंग्लिस क्लब टोटेनहम च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
मंगलबार राति भएको खेलमा टोटेनहमले ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। टोटेनहमको जितमा ह्यारी केनले २ गोल गरे।
त्यस्तै, डेली अली र सर्ज अउरिएरले समान १–१ गोल गरे। यता, ओलम्पियाकोसका लागि अल अरबी र बोर्गेस सेमेदोले गोल गरे।
अरबीले खेलको छैटौं मिनेटमा नै गोल गर्दै ओलपिम्याकोसलाई अग्रता दिलाएका थिए। खेलेको १९औं मिनेटमा सेमेदोले गोल गरेपछि ओलम्पियाकोस २–० गोलको अग्रतामा पुग्यो।
तर अलीले अतिरिक्त समयमा गोल गरेपछि पहिलो हाफसम्म टोटेनहमका ...
काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले सर्वियाको रेड स्टार बेलग्रेडलाई पराजित गरेको छ। मंगलबार राति भएको समूह ‘बी’को खेलमा बायर्नले रेल स्टार बेलग्रेडलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
बायर्नको यो फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिकसहित ४ गोल गरे। त्यस्तै, लियोन गोरेटज्का र कोरेन्टिन टोलिसोको नाममा समान १–१ गोल रह्यो।
खेलको १४औं मिनेटमा लियोनको गोलबाट बायर्नले अग्रता लिएको थियो। खेलको ५३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई २–० गोलको अग्रता दिलाए। त्यसपछि उनले ६० र ६४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। ...
काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ।
मंगलबार राति समूह ‘डी’को खेलमा पाउल डिबेलाको एकमात्र निर्णायक गोलमा युभेन्टसले एथ्लेटिको मड्रिडलाई १–० गोलअन्तरले पराजित गरेको हो।
पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै डिबेलाले युभेन्टसलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा यो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो।
च्याम्पियन्स लिगको अन्तिम १६ मा यसअघि नै पुगिसकेको युभेन्टसले ५ खेलबाट १३ अंक बनाएको छ। समान खेल खेलेको एथ्लेटिको मड्रिडको भने ७ अंक रहेको छ।
...काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन्। मंगलबार राति भएको समूह ‘ए’को खेलमा रियलले आफ्नो अग्रता जोगाउन नसक्दा बराबरीमा खेल सकाएको हो।
रियलका लागि करिम बेन्जिमाले २ गोल गरे। पीएसजीका लागि केलियन एमबाप्पे र पाब्लो सरावियाले गोल गरे। खेलेको १७औं र ७९औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–० गोलको अग्रता दिलाएका थिए। तर खेलको ८१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–१ गोलको स्थितिमा ल्याए।
८३औं मिनेटमा सरावियाले गोल गरेपछि रियलसँग पीएसजीले २–२ गोलको ...
काठमाडौं - लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा साडियो माने र रोबेर्टो फिर्मिन्होले गोल गरे। क्रिस्टल प्यालेसका लागि विलफ्राइड जाहाले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा २ गोल गर्दा १ गोल खान पुगेको थियो। खेलको ४९औं मिनेटमा मानेको गोलबाट लिभरपुलले अग्रता बनायो।
खेलको ८२औं मिनेटमा जाहाको गोलबाट क्रिस्टलले १–१ गोलको बराबर्री बनाएको थियो। तर ८५औं मिनेटमा फिर्मिन्होले गोल गरेपछि लिभरपुल २–१ गोलले विजयी भएको हो।
जितसँगै ...
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले वेस्ट ह्यामलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा वेस्ट ह्यामलाई टोटेनहमले ३–२ गोलअन्तरले पराजित गरेको हो। टोटेनहमको जितमा सन हेयुङ मिन, लुकास मउरा र ह्यारी केनले गोल गरे।
यता, वेस्ट ह्यामका लागि मिचेल एन्टोनियो र एन्जेलो ओग्बोनले गोल गरे। खेलको ३६औं मिनेटमा सन हेयुङ मिन र ४३औं मिनेटमा लुकासले गोल गर्दै टोटेनहमलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाएका थिए।
खेलको ४९औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमलाई ३–० गोलको अग्रतामा पुरर्याए। खेलको ७३औं मिनेटमा एन्टोनियो र खेलको अतिरिक्त समयमा ...
काठमाडौं - इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ। शनिबार राति भएको खेलमा एटलान्टालाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
युभेन्टसको जितमा गोन्जालो हिगुइनले २ गोल गर्दा पाउल डिबेलाले १ गोल गरे। एटलान्टाका लागि रोविन गोसेन्सले गोल गरेका थिए।
खेलको ५६औं मिनेटमा रोविनले गोल गर्दै एटलान्टाका लागि अग्रता दिलाए। खेलको ७४औं मिनेटमा हिगुइनले गोल गर्दै युभेन्टसलाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ८२औं मिनेटमा उनले नै गोल गर्दै युभेन्टसलाई २–१ गोलको अग्रता दिलाए। क्रिष्टियानो रोनाल्डो विना नै मैदानमा उत्रिएको युभेन्टसका लागि खेलको अतिरिक्त समयमा डिबेलाले गोल गर्दै ३–१ ...
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका ४ खेलाडीलाई अनुशासनहीन गतिविधि गरेको भन्दै अखिल नेपाल फुटबल संघ(एन्फा) ले टिमबाट बर्खास्त गरेको छ। फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङका साथै डिफेन्डर दीनेश राजवंशीलाई बर्खास्त गरेको हो।
एन्फा प्रवक्ता किरण राईले उनीहरुलाई बर्खास्त गरेको पुष्टि गरेका छन्। विश्वकप छनोटमा कुवेतसँगको खेलका लागि टिममा रहेका उनीहरू गएराती व्यवस्थापनलाई जानकारी नदिई डिस्को गएको पाइएको थियो। विश्वकप छनोटको महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेे खेलाडीहरु रातभर ठमेलको डिस्कोमा रहेपछि उनीहरु कारबाहीमा परेका हुन्।
नेपाली टिम विश्वकप छनोटको खेलका लागि आज नै भुटान ...
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका ४ खेलाडीलाई अनुशासनहीन गतिविधि गरेको भन्दै अखिल नेपाल फुटबल संघ(एन्फा) ले टिमबाट बर्खास्त गरेको छ। फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङका साथै डिफेन्डर दीनेश राजवंशीलाई बर्खास्त गरेको हो।
एन्फा प्रवक्ता किरण राईले उनीहरुलाई बर्खास्त गरेको पुष्टि गरेका छन्। विश्वकप छनोटमा कुवेतसँगको खेलका लागि टिममा रहेका उनीहरू गएराती व्यवस्थापनलाई जानकारी नदिई डिस्को गएको पाइएको थियो। विश्वकप छनोटको महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेे खेलाडीहरु रातभर ठमेलको डिस्कोमा रहेपछि उनीहरु कारबाहीमा परेका हुन्।
नेपाली टिम विश्वकप छनोटको खेलका लागि आज नै भुटान ...
स्पेन - स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडले आ-आफ्ना खेलमा प्रभावशाली जित निकालेका छन्। साविक विजेता बार्सिलोनाले सेल्टा भिगोलाई ४-१ ले हराउँदा रियल मड्रिडले एआइबारमाथि ४-० को एकपक्षीय जित निकाल्यो।
घरेलु मैदानमा भएको खेलमा साविक विजेता बार्सिलोनालाई जिताउने क्रममा कप्तान मेसीले ह्याट्रिक गरे। खेलको २३औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सेल्टा भिगोका लागि लुकास ओलाजाले ४२औं मिनेटमा गोल गर्दा खेल बराबरी भएको थियो। पहिलो हाफको अतिरिक्त समयमा मेसीले अर्काे गोल गर्दा। खेल २-१ ...
काठमाडौं - इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्धको एकदिवसीय खेलमा नेपाल ५ विकेटले विजयी भएको छ। एमसिसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७.३ ओभरमा ५ विकेट जाँदा पूरा गरेको हो।
नेपालको जितमा बिनोद भण्डारीले अविजित ५२ रन बनाए। ६४ बल खेलेका उनले ३ चौका र २ छक्का हाने। यस्तै पवन सर्राफले २५ बलमा अविजित ३८ रन बनाए। ओपनिङमा आएका इशान पाण्डेले ३ बलमा ४ रन साथै कप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा १० रन बनाए।
यस्तै शरद भेषावकरले ४९ बलमा २४ रन, दिपेन्द्र सिंह ऐरीले ३९ ...
काठमाडौं - पहिलो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतलाई बंगलादेशले पराजित गरेको छ । दिल्लीमा आइतबार राति भएको खेलमा भारतलाई बंगलादेशले सात विकेटले पराजित गरेको हो । उसकै भूमिमा भारतलाई बंगलादेशले टी–२० क्रिकेटमा पराजित गरेको यो पहिलोपटक हो ।
१४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । बंगलादेशका लागि मुश्फिक्युर रहिमले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए । उनले ४३ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतमा अविजित ६० रन बनाए । त्यस्तै, सौम्या सरकारले ३९, मोहम्मद ...
काठमाडौ - नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले पनि टी १० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमको कप्तानी छोडेको एक सातापछि नै उनले विदेशी लिग खेल्ने पक्का भएको हो । १० वर्ष नेपाली टिमको कप्तानी गरेका पारस पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका हुन् । टी-२० र एकदिवसीय क्रिकेटमा सतक बनाउने एक्लो नेपाली खेलाडी पारसले करियरमा अर्को फड्को मारेका छन् ।
यूएईमा अर्को महिना हुने टी १० मा पारस अवुधावी टिमबाट खेल्ने छन् । योसँग पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो ...
काठमाडौं - विश्व फुटबल महासंघ (फिफा)को नयाँ वरीयतामा नेपाल ६ स्थान खस्किएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान तल झर्दै एक सय ६७औं स्थानमा पुगेको हो। अघिल्लो महिना नेपाल एक सय ६१औं स्थानमा थियो। नेपालले समग्रमा नौ सय ८८ अंक पाएको छ।
सन् २०२२ मा कतारमा आयोजना हुने एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा कमजोर प्रदर्शन गरेका कारण नेपाल वरीयतामा खस्किएको हो। हालै नेपाल अस्ट्रेलियासँग ५–० र जोर्डनसँगको खेलमा ३–० गोलले पराजित भएको थियो। त्यसैको असर वरीयतामा देखिएको छ। दक्षिण एसियामा नेपाल ...
काठमाडौं - स्टार क्रिकेटर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ र टी–१० लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । इंग्ल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टबाट सन्दीपलाई बुधबार राति बिर्मिङहाम फोनिक्सले अनुबन्धित गरेको हो । सन्दीपलाई फोनिक्सले एक लाख पाउण्डमा आफ्नो टिमा अनुबन्धित गरेको हो । योसँगै सन्दीपले करिब एक करोड ४६ लाख नेपाली रुपैयाँ पाउने छन् ।
१०० बलको ‘द हन्ड्रेड’ प्रतियोगिता क्रिकेट दुनियाँकै पहिलो नयाँ अवधारणामा खेलाउन लागिएको प्रतियोगिता हो । डबल राउण्ड रोविनको आधारमा हुने यो प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ ।
त्यस्तै, ...
काठमाडौं - विश्वकप फुटबल २०२० तथा एसियाकप फुटबल २०२३ छनोटको समूह ‘बी’ अन्तर्गत मंगलबार 'अवे' खेलमा नेपाल जोर्डनसंग पराजित भएको छ । दोस्रो हाफमा सम्हालिन नसक्दा नेपाल जोर्डनसँग ३-० गोलले पराजित हुन पुग्यो ।
अम्मान रंगशालामा पहिलो हाफमा बलियो चुनौती दिएको नेपालले ५६औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल खाएको हो। जोर्डनका फेरस सेलबेइहले टोलीलाई पहिलो अग्रता दिल्याएका हुन्। अहमद अल-अर्सनले ७८औं मिनेट तथा खेल सकिन २ मिनेट बाँकी रहँदा बहा फैसलले अर्को गोल थपेपछि नेपाल ३-० गोलले पराजित भएको हो।
यसअघि विश्वकप छनोटअन्तर्गत नै सन् २०११ मा ...
काठमाडौं - मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ ले पराजित गरेको छ । यो खेलमा स्टार खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो अग्युरो थिएनन् ।
पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाले एक गोल उपहार पाएको थियो । दोस्रो हाफमा अरु तीन गोल थप्दा भने एक गोल खायो ।
२० मिनेटमा लुकासले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । २७ औं मिनेटमा इक्वेडरका स्पिनोजाले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाको अग्रता दोब्बर भयो । ३२ औं मिनेटमा पनि पेनाल्टीबाट लिएनार्दोले अर्को एक गोल थपेपछि पहिलो हाफसम्म अर्जेन्टिना ३–० ले अघि रह्यो ...
ओमानमा भइरहेको पाँच देश सम्मिलित ट्वान्टी २० प्रतियोगिताको तेस्रो खेलमा नेपाल बुधबार पराजित भएको छ । आयरल्याण्डसँग भएको खेलमा नेपाल १३ रनले पराजित भएको हो। आयरल्याण्डले ८ विकेटको क्षतिमा नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो।
प्रतियोगितामा नेपालका सन्दीप लामिछाने र अभिनाश बोहोराले दुई(दुई विकेट लिएका थिए भने ललित नारायण राजवंशी र करण केसीले १(१ विकेट लिएका थिए ।
नेपालले पहिलो खेल हङकङसँग र दोस्रो नेदरल्यान्ड्ससँग खेलेको थियो।
...मस्कट - ओमानमा जारी पेन्टागुलर टी–२० सिरिजमा आयरल्यान्डले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन जोडेको हो।
नेपालका लागि सन्दीप लामिछाने र अविनाश बोहराले २/२ विकेट लिए। सन्दीपले ओपनर केभिन ओब्रायनलाई ५ रनमै रोके। त्यस्तै करण केसी तथा ललितनारायण राजवंशीको नाममा पनि १/१ विकेट रह्यो।
आयरल्यान्डका लागि ओपनर पउल स्टर्लिङले सर्वाधिक ५९ रन जोडे । उनले ४७ बलमा २ छक्का र ६ छक्का हिर्काए।
...क्यानबेरा (अस्ट्रेलिया) - विश्वकप छनोट फुटबलमा बिहीबार नेपालले आफूभन्दा निकै प्रभावशाली प्रतिद्वन्द्वी अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। उक्त छनोट खेल अस्ट्रेलियाको राजधानी शहर क्यानबेरास्थित जियो रंगशालामा खेलिने छ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे (स्थानीय समय अनुसार राति ८ बजे) सुरु हुनेछ।
सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि नेपाली टोलीले खेल्न लागेको यो तेस्रो छनोट खेल हो। यसअघि खेलिएका दुईवटा छनोट खेलमा नेपाली टोलीले मिश्रित नतिजा निकालेको छ। कुवेतसँग उसैको घरेलु मैदानमा खेलिएको पहिलो छनोट खेलमा नेपाल ७—० गोलको फराकिलो अन्तरले पराजित भएको थियो। त्यसपछि नेपाली ...
क्यानबेरा (अस्ट्रेलिया): विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार अस्ट्रेलियाको राजधानी शहर क्यानबेरा पुगेको छ। सिड्नीमा करिब एक साता लामो अभ्यासपछि राष्ट्रिय फुटबल टोली मंगलबार दिउँसो सडक मार्ग हुँदै करिब चार घन्टाको यात्रा गरी क्यानबेरा पुगेको हो।
नेपाली टोलीले बिहीबार (असोज २३ गते) आफुभन्दा निकै बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग उसैको घरेलु मैदानमा विश्वकपको छनोट खेल खेल्ने कार्यक्रम छ। असोज १६ गते नै अस्ट्रेलिया आइपुगेको राष्ट्रिय टोलीले सिड्नीस्थित ‘सिड्नी एकेडेमी अफ स्पोर्ट एन्ड रिक्रिएसन’ मा ६ दिन अभ्यास गरेको थियो।
राष्ट्रिय टोलीलाई सिड्नीमा अभ्यासका लागि सम्पूर्ण ...
काठमाडौ - पाँच देश सम्मिलित टी–२० क्रिकेट शृङखलाको आफ्नो दोस्रो खेलमा नेपालले जित हात पारेको छ । जितका लागि नेपालले नेदरल्याण्डलाई चार विकेटले हरायो ।
नेपालको खेलमा करण केसी नायक बने । अन्तिम ओभरमा दुई छक्का र एक चौका हान्दै उनले नेपाललाई जिताए । अन्तिम ओभरमा १७ रन आवश्यक हुदाँ करण केसी र सोमपाल कामी क्रिजमा रहेका थिए । नेपालले गुमाउन लागेको खेलमा करणले नै फर्काएका हुन् । आजको खेलमा करणले चार विकेट पनि लिएका थिए ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई एक सय ३३ ...
काठमाडौं - यु १८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराउँदै भारतले उपाधि जितेको छ। तीन रातो कार्ड देखाइएको तनावपूर्ण खेलमा इन्जुरी समयमा गोल गर्दै भारतले उपाधि जितेको हो। त्यसअघि पहिलो हाफमा दुवै टिमले एक–एक गोल गरेका थिए।
हल्चोक मैदानमा भएको खेलको दोस्रो मिनेटमा नै बिक्रम प्रतापको गोलमार्फत भारतले अग्रता बनाएको थियो। ३८ औँ मिनेटमा बंगलादेशका यासिनले गोल फर्काउँदै खेल बराबरी गरेका थिए।
खेलको २३ औँ मिनेटमा भारतीय खेलाडीमाथि फोउल हुँदा मैदानमा तनावको स्थिति सिर्जना भएको थियो। दुवै टिमका खेलाडीहरु धकेलाधकेल गरिरहँदा रेफ्रिलाई अवस्था साम्य पार्न केही समय लाग्यो। ...
पारस खड्काको विस्फोटक शतककाे मद्दतले नेपालले नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ ।
त्रिकाेणात्मक सिरिज अन्तर्गत घरेलु टोली सिंंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले ४ ओभर बाँकी छदै लक्ष्य पूरा गरेको थियो । ९ रन हुँदा इशान पाण्डे आउट भएपछि क्रिजमा आएका आरिफ शेखले कप्तान पारसलाई गतिलो साथ दिए । पारसले २९ बलमा अर्धशतक बनाएका थिए ।
आक्रामक पारी खेलेका पारसले ९ छक्का र ७ चौका प्रहार गरे । कप्तान खड्का ५२ बलमा १०६ रनमा नट आउट रहे । आरिफ शेखले ३८ बलमा नट आउट ३९ ...
काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष २०१९ का लागि दिने उत्कृष्ट खेलाडीको अवार्ड क्रिष्टियानो रोनाल्डो र भर्जिल भ्यान डाइकलाई पछि पार्दै लियोनल मेस्सीले जितेका छन्। मेस्सीले कीर्तिमानी छैटौंपटक फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन्।
सोमबार राति घोषणा भएको अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडीमा बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका मेस्सीले युभेन्टसबाट खेल्ने पोर्चुगलका रोनाल्डो र लिभरपुलबाट खेल्ने नेदरल्यान्डका भ्यान डाइकलाई पछि पारेका हुन्। गएको सिजन ला-लिगाको उपाधि जितेका मेस्सी युरोपियन प्रतिस्पर्धामा सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
गएको वर्षका विजेता स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोडरिक भने यस ...
काठमाडौं - सिंगापुरमा हुने त्रिकोणात्मक टी२० क्रिकेट सिरिज र ओमनमा हुने टी२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपालले घोषणा गरेको टिममा ईशान पाण्डे र कुशल मल्ल दुई नयाँ अनुहार छन्। ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र बसन्त रेग्मी टिममा परेका छैनन्। ज्ञानेन्द्रले घरायसी कामका कारण आफू नखेल्ने बताएका थिए। यसैले उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिइएको छ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट नेपालले १५ सदस्सीय टोलीको घोषणा गरेको हो। आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन्।
यस्तै नेपालले भर्खरै ...
जमैका - क्याराबिन प्रिमियर लिग(सीपीएल) अन्तर्गत आइतबारको खेलमा सन्दीप लामिछानेले ब्याटिङ राम्रो र बलिङ समान्य प्रदर्शन गरेका छन् । आइतबार राति(नेपाली समय सोमबार बिहान) सन्दीप आवद्ध टोली बार्बाडोज ट्रिडेन्सले जमैका टेलवाशसँग प्रतिस्पर्धा गरेको थियो । बलिङमा केही महंगो सावित भए पनि एक मेडनसहित एक विकेट लिन सफल भए। यस खेलमा सन्दीपले ब्याटिङमा पनि आफ्नो क्षमता देखाए।
५औं ओभरमा बलिङ सुरुवात गरेका सन्दीपले १ चौकासहित ८ रन दिए। १०औं ओभर सन्दीपका लागि सबैभन्दा महंगो बन्यो । २ छक्कासहित १५ रन दिए। १३औं ओभरमा पनि उनले २ छक्कासहित ...
काठमाडौं - श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले दोस्रो हार व्यहोरेको छ। पहिलो खेलमा श्रीलंकासँग हारेको नेपाल आइतबार भएको खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको हो। टस हारी पहिलो ब्याटिङ गरेको नेपालले बंगलादेशलाई २६२ रनको विजय लक्ष्य दिएको थियो।
नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २६१ रन बनाएको थियो। नेपालका लागि ओपनर पवन सर्राफ र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। उनको योगदान जितका लागि पर्याप्त भएन। सर्राफले १११ बलको सामना गर्दै १ छक्का र ८ चौकासहित सर्वाधिक ८१ रन बनाएकाा थिए। त्यस्तै आक्रामक ...
काठमाडौं - श्रीलंकाका जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आइतबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’मा रहेको नेपाललाई अघिल्लो चरणमा पुग्न बंगलादेशसँगको खेल निकै महत्वपूर्ण छ ।
पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग डकवर्थ एन्ड लेविस नियमका आधारमा पाँच विकेटले पराजित भएको थियो । टेस्ट राष्ट्र बंगलादेश पनि नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । बंगलादेशले पहिलो खेलमा यूएईमाथि सहज जित निकालेको छ । त्यसैले पनि बंगलादेशको मनोबल उच्च छ । नेपाल र बंगलादेशबीच यसअघि उमेर समूहमा पाँच पटक प्रतिस्पर्धा भएको छ । चार खेलमा बंगलादेश ...
काठमाडौं - साविक विजेता बार्सिलोना स्पेनिस लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा पराजित भएको छ । शुक्रबार राति बिल्बाओका लागि घरेलु मैदानमा भएको खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित भएको हो ।
बिल्बाओका लागि अरित्ज अडुरिजले निर्णायक गोल गरे ।
खेलको ८९ औं मिनेटमा बिल्बाओका अडुरिजले गोल गर्दै ३ अंक दिलाए ।
...काठमाडौं - ग्लोबल टी–ट्वीन्टी क्यानडा लिग क्रिकेटको उपाधि नेपालका फास्ट बलर सोमपाल कामी आवद्ध टोलीले जितेको छ। सोमपालको टोली विनिपेग हक्सले आइतबार भएको खेलमा भान्कुभर नाइट्सलाई सुपर ओभरमा हराउँदै उपाधि जितेको हो।
भान्कुभर नाइट्सले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङ गर्दै विनिपेग हक्सले २० ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो। १९३ रनको लक्ष्य पछ्याएको भान्कुभर नाइट्सले २० ओभरमा ६ विकेट गुमाएर १९२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा भान्कुभर नाइट्सले दिएको १० रनको लक्ष्य विनिपेग हक्सले ४ बलमा पूरा ...
काठमाडौं - क्यानडामा भइरहेको ग्लोबल टी-२० क्रिकेटमा नेपालका बलर सोमपाल कामी सम्मिलित टिम विन्निपिग हक्स फाइनलमा पुगेको छ। दोस्रो क्वालिफायरमा हक्सले ब्राम्पटन वुल्भ्सलाई ७ विकेटले हराएको हो।
टस जितेर ब्याटिङ रोजेको वुल्भ्सले निर्धारित २० ओभरमा ७ विकेट जाँदा दुई सय रन बनाएको थियो। २ सय १ रनको लक्ष्य पछ्याएको हक्सले अन्तिम दुई ओभरमा २७ रन खाँचो थियो। हक्सले १९ औँ ओभरमा १४ रन र अन्तिम ओभरमा १३ रन बनाउँदै खेल जितेको हो।
हक्सका लागि जेपी डुमिनीले ३४ बलमा ५० रन र साइमन अन्वरले २३ बलमा ५२ रन ...
काठमाडौं - जर्मन क्लब बायर्न म्युनिखले मैत्रीपूर्ण खेलमा एफसी रोट्याग एगर्नलाई २३-० ले हराएको छ। बायर्नको जितमा पाँच खेलाडीले ह्याट्रिक पूरा गरेका छन्।
खेलको छैठौँ मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट अग्रता बनाएको बायर्नले त्यसपछि पनि लगातार गोल गरिरह्यो। पहिलो हाफमा ११ गोल गरेको बायर्नले दोस्रो हाफमा १२ गोल गरेको हो।
एकतर्फी खेलमा रोबर्ट लेवान्डोस्की, थोमस मुलर, वेकएरे वेरिड र लियोन गोर्तेज्काले ह्याट्रिक गरे। टोलिसोले चार गोल गरे। यस्तै सान्चेजले दुई, लियोन डाजाकुले एक, सरप्रित सिंहले एक र नोलेनबर्गरले एक गोल गरे। ७३ औँ मिनेटमा एक गोल आत्मघाती ...
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन्। आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्थानमा थिए।
उक्त वरीयतामा पारस विश्व क्रिकेटका थुप्रै स्थापित नामहरुभन्दा अगाडि छन्। उनी न्युजिल्यान्डका चर्चित खेलाडी कोलिन डी ग्रान्डहोम, इङ्ल्यान्डका डेभिड विली, जोए रुट, बेन स्टोक्स र मोइन अली, पाकिस्तानका इमाद वसिम, श्रीलंकाका इसुरु उडना, दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेलजस्ता खेलाडीभन्दा अगाडि ...
एजेन्सी - अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार गत महिना सम्पन्न कोपा अमेरिका प्रतियोगितापछि विवादास्पद अभिव्यक्ति दिएका कारण उनीमाथि प्रतिबन्ध लागेको हो। दक्षिण अकेरिकी फुटबल फेडेरेशनले मेसीमाथि प्रतिबन्धसँगै ५० हजार अमेरिकी डरल जरीवानासमेत तोकेको छ।
मेसीले सेमिफाइनल खेलमा अर्जेन्टिना ब्राजिलसँग २-० ले पराजित भएपछि रेफ्रीले भ्रष्टाचार गरी ब्राजिललाई जिताउन भूमिका खेलेको आरोप लगाएका थिए। आफ्नो टोलीले पेनाल्टीको दुई अवसर पाउँदा पनि रेफ्रीले नदिएपछि पराजित हुनु परेको दाबी गरेका थिए।
तेस्रो स्थानका लागि चिलीविरुद्धको खेलपछि पनि मेसीले यही अभिव्यक्ति ...
काठमाडौ - नेपालले सिंगापुरसँग लज्जापद हार बेहोरेको छ । योसँगै नेपालको टी–२० विश्वकप सपना अधुरै रहृयो । आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ । त्योसँगै नेपालको टि २० विश्वकप खेल्ने सपना पनि तुहिएको छ। नेपाललाई पराजित गर्दै सिंगापुर असोजमा हुने ग्लोबल छनौटमा पुगेको हो। ग्लोबल छनौटमा १४ टोलीको प्रतिस्पर्धा हुनेछ। त्यसको शीर्ष ६ टोली २०२० मा हुने टि २० विश्वकप खेल्नेछन्।
सिंगापुरले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १ सय ९ ...
काठमाडौं - सिंगापुरमा नेपाली क्रिकेट टिमले दोहोरो पीडा भोग्नु परेको छ । आयोजक सिंगापुरसँग ८२ रनले हारेपछि नेपाल टी(२० विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेन । यो नेपाली टोलीका लागि ठूलो झड्का थियो । अर्को झड्का त्यसबेला लाग्यो, जब उपविजेताको पदक खोसियो । आयोजकले सुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई मेडल लगाइदियो ।
सुरुमा अविनाश बोहोरा गए, त्यसपछि कप्तान पारस खड्का । अरुले पालैपालो उपविजेताको मेडल लगाए । त्यसपछि विजेता सिंगापुरका खेलाडीहरुलाई मेडल दिइयो । सिंगापुरका खेलाडीहरुले ट्रफी उचाले । जब नेपाललाई उपविजेताको ट्रफी दिने बेला ...
काठमाडौं - आइसिसी टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा कुवेतलाई नेपालले ७ विकेटले पराजित गरेको छ।
१४२ रनको लक्ष्य दिएको कुवेतलाई नेपालले ३ विकेटको क्षतिमा १५.५ ओभरमा आफ्नो लक्ष्य पूरा गरेको हो।
४२ बलमा कप्तान पारस खड्काले ६८ रनको योगदान दिएका थिए। उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गरे। १३ बलमा २ चौका, १ छक्का प्रहार गरी ज्ञानेन्द्र मल्ल आउट भएका थिए। शरद भेषावकरले ३० बलमा नटआउट ३८ रन जोडे।
यसअघि, निर्धारित २० ओभरको खेलमा कुवेतले ९ विकेट गुमाएर १४१ रन बनाएको थियो।
सिंगापुरको इण्डियन ...
भोजपुर - भोजपुरको पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रंगशाला’ निर्माण सुरु भएको छ। अल्ट्रा धाविका राईको सम्मानमा निर्माणाधीन रंगशालाको कामले गति लिएको गाउँपालिकाले जनाएको छ। राई पौवादुङ्माकै सानोदुम्माकी हुन्। नेपाललाई विश्वमाझ चिनाएकी मीरा राईको योगदानको कदर गर्दै उनको सम्मान रंगशालाको निर्माणको काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए। उनका अनुसार प्रदेश सरकार, गाउँपालिका र विभिन्न दातृ निकायको सहयोगमा रंगशाला निर्माणको काम धमाधम भइरहेको छ।
निर्माणाधीन रंगशाला अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को मापदण्ड अनुसारकै ९० मिटर लम्बाइ र ४५ मिटरको चौडाइ रहने गाउँपालिकाले जनाएको ...
काठमाडौं - सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले टस जितेर बलिङ रोजे पहिले ब्याटिङ गरेको कुवेतले नेपाललाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ ।
कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो । कुवेतका लागि कप्तान मोहमद काषिफले सर्वाधिक ४९ रन बनाए । त्यसैगरी आदनन् इन्द्रेस २५ र मोहमद अस्लामले २३ रन बनाए। ९औं विकेट गुमेपछि कुवेतले १० बलमा २९ रन जोड्न सफल भयो । कप्तान काषिफले ३६ बलमा ४ छक्का र २ ...
काठमाडौं - टी-२० विश्वकप छनोटको एसिया छनोटको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । विस्फोटक ब्याटिंग गरेका उनले २१ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाएका हुन् । आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे ।
यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ ...
टोकियो - प्रिसिजन टुरअन्तर्गत मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब चेल्सीले स्पेनिस महारथी बार्सिलोनालाई पराजित गरेको छ । जापानको टोकियोमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा चेल्सीले बार्सिलोनालाई २–१ गोलले हरायो । बार्सिलोनाले भर्खरमात्र टोलीमा अनुबन्ध भएका चर्चित खेलाडी एन्टोइन ग्रिजम्यान र डी जोङलाई मैदानमा उतारेको थियो । खेलमा सुरुआती अग्रता चेल्सीले लिएको थियो ।
टमी अब्राहमले ३४औं मिनेटमा गोल गर्दै चेल्सीको उत्साह थपेका थिए । दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गरे । ८१औं मिनेटमा चेल्सीका रोस बार्केलीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले डीबक्स छेउ ...
काठमाडौं - सिंगापुरमा आयोजना भइरहेको टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कमजोर आँकिएको कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यहोर्यो ।
प्रतियोगिताको मुख्य दावेदार मानिएको नेपाललाई पहिलो खेलमै झट्का लागेको हो । ६ जना बलर खेलाएको नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो ।
ओपनिङमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरे पनि उनीहरु दुवै आउट भएपछि नेपालको ब्याटिङ धरासायी बन्यो । नेपालले केवल १२२ रनको स्कोर बनाएर कतारलाई १ सय २३ रनको ...
काठमाडौँ - विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले कतारलाई १ सय २३ रनको विजयलक्ष्य पेस गरेको छ । सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको मध्यम योगफल खडा गरेको हो ।
१० वर्षपछि पहिलोपल्ट कतारसँग खेलेको नेपाली टोलीका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । उनीहरुले ४९ रनको साझेदारी गरेका थिए ।
छैटौँ ओभरको अन्तिम बलमा पारस २८ रनको स्कोरमा आउट भए । उनले १७ बलमा ४ चौका र १ छक्का ...
काठमाडौँ - निर्धारित ५० ओभरको खेलमा बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
इंग्ल्याण्डले सुपर ओभर र निर्धारित ५० ओभरमा २२ चौका र २ छक्का प्रहार गरेको थियो भने न्यूजिल्याण्डले १४ चौका र २ छक्का प्रहार गरेको थियो । निर्धारित ५० ओभर र सुपर ओभर पनि बराबरी भएपछि बढी बाउण्ड्री हानेका आधारमा इंग्ल्याण्ड विश्वविजेता बनेको हो ।
न्यूजिल्याण्डले दिएको २४२ रन पछ्याउने क्रममा इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४१ रन बनाएपछि खेल टाइ भएको ...
काठमाडौं - नेपालले मलेसियासँगको २ खेलको मैत्रिपूर्ण टी-२० क्रिकेट शृंखलामा कब्जा जमाएको छ। शनिबार र आइतबार खेलिएका दुवै खेलमा जित हात पार्दै नेपालले शृंखला 'क्लिनस्विप' गरेको हो।
मलेसियाविरुद्धको दोस्रो खेलमा नेपालले आइतबार मलेसियालाई ६ रनले पराजित गर्दै शृंखलामा कब्जा जमाएको हो।
विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरेपछि नेपालले मलेसियालाई १ सय ७४ रनको लक्ष्य दिएको थियो। मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनाउन सकेपछि नेपाल ६ रनले विजयी भयो।
नेपालले ६ विकेटको क्षतिमा १ सय ७३ रनको योगफल खडा गर्दा विनोद भण्डारीले महत्वपूर्ण ...
लन्डन - विश्वकपको क्रिकेटको १२औं संस्करण उत्तरार्धमा पुगेको छ । फाइनलमा पुग्ने दुवै टोलीको टुंगो लागिसकेको छ । लिग चरणसम्म अधिकांश क्रिकेट विश्लेषकको अनुमान अनुरूप नै अगाडि बढेको जारी विश्वकपको सेमिफाइनल खेल भने अप्रत्याशित बन्न पुग्यो । विश्वकप सुरु हुनुअघि अधिकांशले भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र आयोजक इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने अनुमान गरेका थिए । भयो पनि त्यस्तै ।
लिग चरणमा भारत पहिलो, अस्ट्रेलिया दोस्रो, इङ्ल्यान्ड तेस्रो र न्युजिल्यान्ड चौथो हुँदै सेमिफाइनलमा पुगे । तर, सेमिफाइनलको नतिजा भने धेरैका लागि अप्रत्याशित बन्न पुग्यो । लिग चरणमा उत्कृष्ट प्रदर्शन ...
काठमाडौं - इंग्ल्यान्डमा जारी १२औं विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनल खेलमा भारतलाई १८ रनले पछि पार्दै न्युजिल्याण्डले जित हात पारेको छ।
२सय ४० रनको लक्ष्य पछ्याएको भारत २सय २१ रनमा अलआउट भयो।
यससँगै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
सुरुवातदेखि नै खराब प्रदर्शनी गरेको भारत विश्वकपबाट आउट भएको छ।
भारतका लागि रविन्द्र जेडेजाले ५९ बलमा ७७ रन बनाए। यस क्रममा उनले ४ चौका र ४ छक्का हिर्काए। त्यस्तै, भारतका लागि धोनीले ७२ बलमा ५० रनको योगदान दिए। उनले १ चौका र एक छक्का हिर्काए।
रिसभ पन्त र हार्दिक पाण्डेयले समान ...
काठमाडौं - नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।
मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालको सुरुवात राम्रो थियो । लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए ।
३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए ...
काठमाडौं - मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा अहिले नेपाल र हङकङबीच खेल भइरहेको छ।
मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेपछि हङकङ ब्याटिङका लागि मैदानमा उत्रिएको छ। हङकङले शून्य रनको अवस्थामै २ विकेट गुमाउँदै फितलो सुरुवात गरेको छ। हङकङका नसरुल्ला राना र राहुल शर्मा शून्य रनमा पेवेलियन फर्किएका छन्।
नेपालका लागि दुवै विकेट सागर ढकालले लिएका हुन्। नसरुल्ला स्लिपमा क्याच आउट हुँदा शर्मालाई भने हरि चौहानले स्टम्पिङ गरेका थिए।
नेपालले सोमबार भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय ...
काठमाडौं- युरोपेली च्याम्पियन नेदरल्यान्डलाई पराजित गर्दै अमेरिकाले चौथो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको छ। दोस्रो हाफमा ८ मिनेटको अन्तरमा गरेका २ गोलको मद्दतले अमेरिका च्याम्पियन बनको हो।
पहिलो हाफको खेलमा कडा टक्कर दिएको नेदरल्यान्डले गोलरहित बराबरीको अवस्थालाई दोस्रो हाफमा कायम राख्न नसक्दा गोल खान पुगेको थियो।
दोस्रो हाफमा नेदरल्यान्डकी डिफेन्डर स्टेफनी भान डेर ग्राग्टले अमेरिकी फरवार्ड एलेक्स मोर्गनलाई डिबक्स एरियाभित्र लडाएपछि अमेरिकाले पेनाल्टी प्राप्त गर्यो। भिडियो एसिसटेन्ट रेफ्री (भिएआर)को सहयोगमा प्राप्त पेनाल्टीलाई मेगान रापिनोले गोलको दिशा दिएकी थिइन्।
प्रतियोगितामा मेगानको यो छैटौं गोल थियो। उनले सर्वाधिक ...
काठमाडौं - ब्राजिलले १२ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको छ। घरेलु मैदानमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले नवौं पटक कोपा अमेरिकाको उपाधि जितेको हो।
सन् २०१६ को ओलम्पिकमा पुरष फुटबलतर्फ स्वर्ण पदक जितेपछि ब्राजिलको यो नै पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।
ब्राजिलका लागि खेलको १५ मिनेटमा सोसा सोअर्सले सुरुवाती अग्रता दिलाए। पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा पेरुले बराबरी गोल फर्कायो। ब्राजिलका गाब्रियल जिससले फउल गरेपछि प्राप्त पेनाल्टीमा पेरुका पौलो गुएररेरोले गोल गर्दै पेरुको आशा पर्काए।
पौलोको गोलको खुसी पेरुले ४ मिनेटसम्म मात्र मनाउन ...
काठमाडौं - भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। इंग्ल्यान्डको बर्मिंघममा भएको खेलमा एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत विश्वकपको अन्तिम ४ मा पुगेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा ३ सय १४ रनको योगफल तयार गर्यो। उसका लागि रोहित शर्मा नायक बने। उनले आसन्न प्रतियोगितामा चौथो शतक प्रहार गरे। ९२ बलको सामना गरेका उनले १ सय ४ रनको पारी खेले। रोहितको पारीमा ७ चौका र ५ छक्का सामेल थियो।
योसँगै उनी एकै विश्वकपमा ४ शतक लगाउने पहिलो भारतीय ब्याट्सम्यान बनेका छन्। ...
एजेन्सी - घरेलु टोली ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुस र रोबर्टो फिर्मिनोले गोल गरे ।
खेलको १९ औं मिनेटमा ब्राजिलका लागि जेसुसले गोल गर्दै अग्रता दिलाए । मिडफिल्डबाट कप्तान ड्यानी आल्भेसले उत्कृष्ट बल नियन्त्रण गर्दै फिर्मिनोलाई दिएको पासमा जेसुसले गोल गरेका थिए ।
दोस्रो हाफको सुरुवात देखिनै अर्जेन्टिनाले ब्राजिललाई दबाबमा राखेको थियो । तर, गोल भने गर्न सकेन । ब्राजिलले ७१ औं ...
काठमाडौं - एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १६औं संस्करण मंगलबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुँदैछ। खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र संघसंस्थालाई यसपटक विभिन्न नौ विधामा अवार्ड प्रदान गरिँदै छ।
यस वर्षदेखि एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ। अवार्डका लागि एसएमएस भोटिङका आधारमा चयन गरिने पिपल्स च्वाइस विधाको मनोनयनमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन्।
वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका ...
काठमाडौं - इंग्ल्यान्डमा जारी १२औं आइसिसी विश्वकप क्रिकेटमा भारतले वेस्टइन्डिजमाथि फराकिलो जित निकालेको छ।
म्यान्चेस्टरमा भएको खेलमा भारत वेस्टइन्डिजमाथि १ सय २५ रनको फराकिलो जित निकाल्न सफल भएको हो।
सेमिफाइनलमा स्थान बनाउन दुवै टोलीका लागि महत्वपूर्ण मानिएको खेलमा वेस्टइन्डिजले कमजोर प्रदर्शन गर्दा भारत सेमिफाइनल नजिक पुगेको छ।
समूह चरणका ३ खेल खेल्न बाँकी रहँदा भारत ६ खेलमा ११ अंकसिहत अपराजित छ र उ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। इंग्ल्यान्ड, बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी रहेको भारतका लागि सेमिफाइनलमा पुग्न अब यी ३ टोलीमध्ये एकलाई पराजित गरे पुग्छ।
क्रिकेटमा बिरलै ...
काठमाडौं - नेपाली खेलकुदमा पछिल्लो समय चर्चाको शिखरमा रहेका खेलाडी हुन्, सन्दीप लामिछाने। उनी नेपाली खेलकुदको ‘रोल मोडल’ पनि हुन्। नेपाली खेलकुदमा केही गर्न सकिन्न भन्नेका लागि एउटा गतिलो उत्तर हो, सन्दीप। विश्व क्रिकेट जगत्मा सन्दीपको उपस्थितिले नेपाली खेलकुद जगत्लाई धेरै आशावादी बनाएको छ। जतिबेला सन्दीपलाई कसैले चिन्दैन थियो, त्यही बेला उनको मनमा एउटा प्रश्न थियो, नेपालको राष्ट्रिय टोलीमा प्रवेश पाउन के गर्नुपर्छ ? यही एउटा प्रश्न उनी कस्ता छन् भनेर प्रस्ट पार्छ।
त्यही प्रश्नले उनलाई चितवनको ट्रेनिङ सेन्टरमा पुर्यायो, त्यसपछि के भयो, त्यो त अब ...
काठमाडौं - विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो ।
३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो ।
पाकिस्तानले ४० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन मात्रै बनाएपछि ८९ रनले हार ब्यहोरेको हो । पाकिस्तानका लागि फखर जमानले ६२ रन बनाए । त्यस्तै, बाबर अजामले ४८ रन बनाउँदा इमाद वासिमले अविजित ४६ र शादब खानले ...
काठमाडौं - कोपा अमेरिकामा अर्जेन्टिनाले खराब सुरुवात गरेको छ। शनिबार राति भएको ग्रुप 'बी'अन्तर्गतको पहिलो खेलमा अर्जेन्टिना कोलम्बियासँग २-० गोल अन्तरले पराजित भएको हो।
पहिलो हाफमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। अर्जेन्टाइन स्टार लियोनल मेस्सीको टिममाथि दबाब बढीरहेका बेला कोलम्बियाले खेलमा अग्रता लिएको थियो। खेलको ७१ मिनेटमा रोगर मार्टिनेजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए।
बराबरी गोल फर्काउन उद्दत मेस्सी नेतृत्वको टोली अर्जेन्टिनालाई त्यतिबेला थप भार थपियो, जतिबेला डुभान जापाटाले कोलम्बियाको लागि दोस्रो गोल गरे।
मेस्सी, सर्जियो अग्युरो, एन्जल डी मारियालगायत स्टार खेलाडीले भरिपूर्ण ...
पोर्चुगल - युरोपियन युनियन फुटबल एशोसिएसनले पहिलो पटक आयोजना गरेको नेशनल लिगको उपाधि पोर्चुगलले जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा नेदरल्याण्ड्सलाई १–० ले पराजित गरी उपाधि हात पारेको हो।
पोर्चुगलको प्याट्रोस्थित स्टेडिओ दो ड्रागो रंगशालामा भएको खेलमा पोर्चुगलले नतिजा आफ्नो पक्षमा पारेको हो । रोनाल्डो कप्तानीको पोर्चुगलको जितका लागि गोनकालो गुएडेसले ६० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । सेमिफाइनलमा स्वीटजरल्याण्डविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।
नेदरल्याण्ड्सले पोर्चुगलमाथि निकै दबाब बनाए पनि गोल गर्न भने सकेन । पोर्चुगलको बलियो डिफेन्सले ...
एजेन्सी - शिखर धवनले शतक तथा कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतक बनाएपछि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार राति भएको खेलमा भारतले साविक विजेता अस्ट्रेलियालाई ३६ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । लन्डनको दी ओभल क्रिकेट मैदानमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।
अस्ट्रेलियाका लागि पुछारका ब्याट्सम्यान एलेक्स क्यारीले आक्रामक ब्याटिङ गरेपछि खेल निकै रोचक बनेको थियो । क्यारीले अविजित ५५ रन बनाए । उनले ३५ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।भारतले दिएको ३५३ रनको विशाल लक्ष्य पछ्याएको ...
काठमाडौं - आइसिसी क्रिकेट विश्वकप २०१९ मा लगातार तेस्रो जित हात पारेर न्युजिल्यान्ड शीर्ष स्थानमा कायम छ। न्युजिल्यान्डले शनिबार भएको तेस्रो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्यो। जारी विश्वकपमा अफगानिस्तानको भने यो लगातार तेस्रो हार हो।
पहिले ब्याटिङ गरेको अफगानिस्तान ४१.१ ओभरमा १७२ रनमै अलआउट भयो। अफगानिस्तानका लागि हस्मातुल्लाह शाहिदीले सबैभन्दा बढी ५९ रन जोडे। बलिङमा न्युजिल्यान्डका जेम्स नीशमले ५ विकेट लिए। लकी फर्ग्युसनको नाममा ४ विकेट रह्र्यो।
१७३ रनको लक्ष्य न्युजिल्यान्डले ३२.१ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। मार्टिन गुपटिल पहिलो बलमै अफ्ताब आलामको बलमा आउट ...
काठमाडौ - इंग्ल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड्स युइएफए नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा इंग्ल्यान्डमाथि नेदरल्यान्डले ३-१ गोलको जित हात पारेको हो।
खेलमा अग्रता भने इंग्ल्यान्डले लिएको थियो। ३२ मिनेटमा मार्कोस रास्फोडले गोल गरेर अग्रता दिलाए। उनले पेनाल्टीमा गोल गरेका थिए। रास्फोडमाथि नेदरल्यान्ड्सका डे लिटले फाल गरेपछि पेनाल्टीको अवसर दिइएको थियो।
खेल सकिन १७ मिनेट बाँकी छदा उनै लिटले बराबरी गोल फर्काउन सफल भए। ७३ मिनेटमा कर्नर बलमा उनले हेडमार्फत गोल गरेका थिए।
निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपियो। ९७ मिनेटमा ...
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका उमेश पटवाल नियुक्त भएका छन्। एक वर्षअघि राष्ट्रिय क्रिकेट टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका पटवालले अब जगत टमटाको स्थान लिनेछन्। स्रोतका अनुसार पटवालले मासिक ७ हजार डलर पारिश्रमिक पाउनेछन् । यो रकम आईसीसीले दिनेछ ।
पटवालसँग आझ साँझ सम्झौता हुँदैछ। होटल क्राउन प्लाजा नक्सालमा हुने कार्यक्रममा पटवालसँग एक वर्षका लागि सम्झौता हुने स्रोतले बताएको छ। मासिक ७ हजार डलर (७ लाख ८२ हजार रुपैयाँ) हुने सम्झौता जुन १० तारिकदेखि एक वर्षका लागि हुनेछ। उनको पारिश्रमिक अन्तर्राष्ट्रिय ...
काठमाडौं - इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो । चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले दुई गोल गरे । त्यस्तै, ओलिभर जेरुड र पेड्रो रोड्रिगेजले समान १–१ गोल गरे । यता, आर्सनलका लागि एलेक्स इओबीले एक गोल गर्न सफल भए ।
फाइनल खेलको पहिलो हाफसम्ममा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा चेल्सीले चार गोल ठोक्दा आर्सनलले एक गोल मात्रै गर्न सफल भयो । ४९ औं ...
काठमाडौं - विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज बिहिबारबाट सुरु हुँदैछ ।
इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपको उद्घाटन खेल आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ ।
लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ ।
आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
४६ दिनसम्म चल्ने प्रतियोगितामा ४८ खेल हुनेछन् ।
लण्डन - विश्वकपको उपाधि दाबेदार भारतले अभ्यास खेलमा लजास्पद पराजय हार व्यहोरेको छ । शनिबार भएको पहिलो अभ्यास खेलमा न्यूजिल्याण्डसँग ६ विकेटको पराजय भोगेको हो । इङ्ल्याण्डको लण्डनमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ ब्याटिङ गरेको भारत ३९.२ ओभरमा सबै विकेट गुमाई १७९ रनमा सकेटियो । १८० रनको लक्ष्य न्यूजिल्याण्ड ३७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
भारतविरुद्ध सहज जित हात पार्ने क्रममा न्यूजिल्याण्डलागि रोस ट्रेलर र कप्तान केन विलियमसनले अर्धशतकीय पारी खेले ट्रेलर ७१ र विलियमसनल ७६ रन ...
काठमाडौं - नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्वका चर्चित क्रिकेट लिगहरूमा एकपछि अर्को छलाङ मारिरहेका छन् । सन्दीप बुधबार मात्र क्यारेबियन प्रिमियर लिग (सीपीएल) टीट्वेन्टी क्रिकेटमा महँगो रकममा अनुबन्ध भएका छन् ।
लिगका लागि ड्राफ्टमा रहेका सन्दीपलाई बुधबार अबेर बार्बाडस ट्राइडेन्ट्सले अनुबन्ध गरेको हो । सन्दीप लगातार दोस्रो वर्ष सीपीएलमा छनोट भएका हुन् । उनले अघिल्लो सिजन सेन्टकिट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । त्यति बेला उनले पाँच खेलमा सात विकेट लिएका थिए ।
गत वर्ष ६ हजार अमेरिकी डलरमा अनुबन्ध भएका सन्दीप यसपटक निकै महँगो रकममा ...
दोहा - सन् २०२२ मा कतारमा आयोजना हुने विश्व कप फुटबलमा ३२ टोलीको मात्र सहभागिता रहने विश्व फुटबल महासंघ (फिफा)ले जनाएको छ । फिफाले यसअघि कतार विश्वकपदेखि नै सहभागी संख्या ३२ बाट बढाएर ४८ बनाउने विषयमा छलफल र तयारी गरिरहेको थियो । गल्फ राष्ट्रबीच देखिएको आन्तरिक टकरावका कारण सहभागी संख्या बढाउन गाह्रो भएको फिफाले जनाएको छ ।
‘मध्यपूर्वी गल्फ क्षेत्रमा अहिले राजनीतिक परिस्थिति बिग्रिएको छ । कतारले मात्र ४८ टोली र समर्थकको चाप धान्न नसक्ने देखिन्छ । त्यसैले फिफा ३२ टोलीलाई नै निरन्तरता दिने निर्णयमा पुगेको ...
इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि उचालेको छ ।
चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्न सफल भयो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ ।
टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । उनले २५ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए ...
काठमाडौं - भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइलनमा पुगेको छ। शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो।
विशाखापाटनको क्रिकेट रंगशालामा भएको खेलमा चेन्नईले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो।, चेन्नईले १९ ओभरमा ४ विकेट गुमाएर १५१ बनाउँदै जित हात पार्यो।
अनुभवी टोली चेन्नईका अगाडी युवा टोलीले भरिएको दिल्लीका ब्याट्सम्यान निरीह देखिए। ...
नयाँ दिल्ली - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बुधबार भएकाे खेलमा सनराइजर्स हैदराबादलाई पाखा लगाउँदै दिल्ली क्यापिटल्सले दाेस्राे क्वालिफायरमा स्थान सुरक्षित गरेकाे छ। हैदराबादलाई २ विकेटले पराजित गर्दै दिल्लीले चेन्नई सुरपकिंग्ससँगकाे भिडन्त पक्का गरेकाे हाे।
टस हारेर पहिले ब्याटिङ गरेकाे हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएकाे थियाे। हैदराबादका लागि मार्टिन गुप्तिलले सर्वाधिक ३६ तथा मनिश पाण्डेले ३० रनकाे याेगदान दिए। दिल्लीका केमाे पाैलले ३ तथा इशान्त शर्माले २ विकेट हात पारे।
जीतका लागि १ सय ६३ रनकाे लक्ष पाएकाे दिल्लीले अन्तिम ...
काठमाडौं - आफू र साथमा रहेको समूहको क्षमतामाथि विश्वास एवम् विपक्षीको अवस्थाबारे समझ रहेमा अप्ठ्यारै भए पनि सजिलोसँग पार गर्न सकिन्छ, यसलाई पछिल्लोपटक आत्मसाथ गरेर देखाएको छ लिभरपुलले । इंग्लिस क्लब लिभरपुलले असम्भव देखेको र स्वयम् टिम नै अप्ठ्यारोमा रहेका बेला पनि विश्वास नगुमाइ र विपक्षीलाई कमजोर नदेखी ऐतिहासिक सफलता हात पारेको छ । उसले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा सबैले सम्झने उत्कृष्ट पुनरागमन गरेको छ, दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई हराएर ।
घरेलु मैदानमा भएको पहिलो लेगमा ३–० को जित निकालेको लियोनल मेस्सी कप्तानीको स्पेनिस च्याम्पियन ...
काठमाडौं - इन्डियन प्रिमिएर लिग(आईपीएल)को १२औं संस्करणमा लिग चरणका खेल सकिएको छ। आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्स ९ विकेटले पराजित गर्यो। कोलकाताले हार्दा सनराइजर्स हैदराबाद प्लेअफमा स्थान पाएको छ। यसअघि नै तीन टोलीले प्लेअफमा स्थान सुरक्षित गरिसकेका थिए।
घरेलु मैदानमा मुम्बईले टस जितेर पहिले बलिङ राजेको थियो। पहिले ब्याटिङ गरेको कालकाताले २० ओभरमा ७ विकेट गुमाएर १३३ रन मात्रै बनायो। १३४ रनको लक्ष्य मुम्बईले १६.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
अघिल्ला खेलमा आक्रामक ब्याटिङ गरेका कोलकाताका ब्याट्सम्यानहरु जित्नै पर्ने खेलमा ...
काठमाडौं - इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटलले शानदार जित दर्ता गरेको छ। आफ्नै मैदानमा राजसंस्थान रोयललाई २३ बल बाँकी हुँदा दिल्लीले ५ विकेटले पराजित गरेको हो।
नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी भएको दिल्लीले लिग चरणको अन्तिम खेलमा उनलाई भने टिममा समावेश गरेको थिएन। दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा ११५ रनको लक्ष्य पेश गरेको थियो।
राजस्थानको चुनौतीलाई दिल्लीले २३ बल बाँकी हुँदै १६.१ ओभरमा पाँच विकेटको जित दर्ता गरेको हो। ११५ रनको लक्ष्य ...
काठमाडौं - आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर समूह चरणबाट बाहिरिएको छ। वर्षाले प्रभावित खेलमा बैंग्लोर र राजस्थान रोयल्सबीचको खेलमा नतिजा नआएपछि दुवै टिमले १-१ अंक बाडे।
अंक बाडेसँगै अघिल्लो चरण पुग्न जित हात पार्नुपर्ने बाध्यतामा रहेको बैंग्लोर बाहिरिएकाे हाे।
लगातार वर्षा भएपछि खेल ५ ओभरमा घटाइएको थियो। पहिले ब्याटिङ गरेको बैंग्लोरले ७ विकेटको क्षतिमा ६२ रन जोड्यो।
उसका लागि कप्तान विराट कोहलीले सबैभन्दा बढी २५ रन जोडे। कोहलीलाई राजस्थानका श्रेयस गोपालले दोस्रो ओभरको चौथो बलमा आउट गरेका थिए। लगत्तै अर्को बलमा गोपालले एबी डिभिलियर्सलाई १० रनमा आउट गरे। ...
काठमाडौं - इन्डियन प्रिमियर लिग(आईपीएल)मा आतबार राति भएको खेलमा कोलकाताका लागि आन्द्रे रसेलले अलराउण्डर प्रदर्शन गरेका छन् । मुम्बई इन्डियन्समाथि ३४ रनको जित निकाल्ने क्रममा ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा रसेल अब्बल सावित भए । मुम्बईमाथि कोकाताले २० ओभरमा २ विकेट मात्रै गुमाएर २३२ रनको बिशाल स्कोर खडा गरेको थियो । २३३ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाउन सक्यो ।
कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा भएको खेलमा मुम्बईले टस जितर पलिले फिल्डिङ रोजेको थियो । सुरुमा ब्याटिमा आएका कोलकाताका ओपनरले ...
काठमाडौं - इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा दिल्ली क्यापिटल विजयी भएको छ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)माथि दिल्लीले १६ रनकाे जित निकाल्दै दिल्ली आईपीएलको शीर्ष स्थानमा पुगेको छ ।
दिल्लीको जितका लागि अमित मिश्रा र कासिगो रबड्डाले उत्कृष्ट बलिङ गरे । मिश्रा र रबड्डाले दुईदुई विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीका लागि शिखर धवन र श्रेयश अयरले अर्धशतक बनाए। अयरले ३७ बलमा ५२ रन बनाए भने धवनले समान ३७ बलमै ५० रन बनाए । अन्य ब्याट्सम्यानले मध्यम स्तरको ब्याटिङ गरे। दिल्लीले ...
काठमाडौं - इन्डियन प्रिमियर लिग(आईपीएल) को शुक्रबार रातिको खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सले मुम्बई इन्डियनसँग लजास्पद हार व्यहोरेको छ । महेन्द्रसिंह धोनीको टोली चेन्नई रोहित शर्माको कप्तानीमा रहेको मुम्बईसँग ४६ रनले पराजित भएको हो।
नियमित कप्तान धोनीबिनै घरेलु मैदानमा खेलेको चेन्नईले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १५५ रन बनायो । १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा १०९ रन बनाउँदा सबै विकेट गुमाई पराजित भयो।
स्वास्थ्य समस्याका कारण धोनीले आराम लिएपछि सुरेश रैनाको कप्तानीमा मैदान ...
नेपालगन्ज - दुई वर्षपछि गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार आयोजित भव्य समारोहका बीच आठौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा कार्यकारी समितिका संयोजक केशवकुमार विष्टले गण्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं संस्करणको आयोजनाका लागि झन्डा हस्तान्तरण गरेका थिए ।
हरेक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको सातौं संस्करण २०७३ पुसमा पूर्वाञ्चलमा आयोजना भएको थियो । सातौंकै समापनमा प्रदेश ५ ले आठौं राष्ट्रिय प्रतियोगिताको जिम्मेवारी ...
काठमाडौं - इन्डियन प्रिमियर लिग(आईपीएल)मा सोमबार राति भएको खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले सानदार जित निकालेको छ । राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
जयपुर मैदानमा भएको खेलमा दिल्लीले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । १९२ रनको लक्ष्य दिल्लीले १९.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितका लागि रिशब पन्तले फिस्फोटक ब्याटिङ गरे । जम्मा ३६ ...
एजेन्सी - इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष टोली चेन्नई सुपर किंग्सलाई १ रनले हराएको छ । बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा आइतबार राति भएको रोमाञ्चक खेलमा बैंगलोरले दिएको एक ६२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो ।
चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ८४ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए । अम्बाती रायडुले २९, रविन्द्र जडेजाले ११ रन बनाए । ...
काठमाडौं - इन्डियन प्रिमियर लिग आईपीएलको शनिबार रातिको खेलमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल विजयी भएको छ । किंग्स ११ पञ्जाबलाई ५ विकेटको हराउँदै दिल्लीले प्रतियोगितामा छैटौं जित निकालेको हो ।
दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा दिल्लीले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनायो । १६४ रनको लक्ष्य पाएको दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित्यो ।
दिल्लीको जितका लागि कप्तान श्रेयस अयरले नटआउट रहँदै ५८ रन ...
काठमाडौं - इन्डियन प्रिमियर लिग(आईपीएल)मा शनिबार राति भएको पञ्जाबविरुद्धको खेल नेपालका लेग स्पीनर सन्दीप लामिछानेका लागि निकै रोचक रह्यो। क्रिजमा क्रिकेट दुनियाँकै आइकन क्रिस गेल र बलिङमा नेपालका १८ वर्षीय क्रिकेटर सन्दीप लामिछाने उभिएको देख्दा विषेश गरी नेपाली क्रिकेटप्रेमीका लागि यो निकै रोमाञ्चक क्षण बन्यो। युनिभर्सल बोसको उपमा पाएका क्रिस गेलसँगको सन्दीपको भेट तनाबपूर्ण र ऐतिहासिक रह्यो।
यस सिजनको सुरुका २ खेलपछि लगातारमा ४ खेलमा खेल्ने मौका पाएका सन्दीपले सबै खेलमा विकेट लिए पनि महंगो बलिङ गरे। त्यसपछिका ३ खेलमा सन्दीप टोलीमा परेनन्। स्पीनरमैत्री मानिएको कोट्ला ...
काठमाडौं - इन्डियन प्रिमियर लिग(आईपीएल)को बिहीबार राति भएको खेलमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले नमिठो हार व्यहोरेको छ । अवे मैदानमा पछिल्ला तीन खेल लगातार जितेको दिल्ली बिहीबार आफ्नै मैदानमा मुम्बई इन्डियन्ससँग ४० रनले पराजित भएको हो ।
दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा मुम्बईले टस जितेर पहहिले ब्याटिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो । १६९ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सक्यो ।
यस खेलमा पनि ...
काठमाडौं - युएईसँग अंक तालिकामा पछि परेपछि नेपालको यू–१९ विश्वकप खेल्ने सपना अधुरै रहेको छ।
युएईले बिहीबार आफ्नो अन्तिम खेलमा ओमानलाई पराजित गरेसँगै नेपाल विश्वकपमा छनोट हुन असफल भएको हो। जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै युएई १० अंकका साथ विश्वकपमा छनोट भएको छ।
६ टोली सहभागी प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुने प्रावधान छ।
वर्षाले खेल बिथोलिएपछि दोस्रो खेलमा नेपाल डिएल म्याथडका आधारमा युएईसँग एक रनले पराजित भएको थियो। उक्त पराजयपछि अंक तालिकामा नेपाल पछि परेको हो।
नेपालको ...
काठमाडौं - आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता अन्तर्गत मंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले हराएको छ । २ सय ३० रनको लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा ७९ रनमा अलआउट भएपछि नेपालले सानदार जित हात पारेको हो।
ओमानका लागि अमनप्रित सिरहाले १३ रन र जिल तन्नाले नटआउट १३ रन बटुले। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा नेपालका पवन सर्राफले ३ विकेट लिए। प्रतिश जिसी र सूर्य तामाङले २-२ विकेट लिए। कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीको ...
काठमाडौं - आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता नेपालले सानदार जित हात पारेको छ। आफ्नो तेस्रो खेलमा नेपालले सोमबार आयोजक मलेसियामाथि ८ विकेटको जित हात पारेको छ।
मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा ओपनर रित गौतमले ४५ बलमा ५ चौकाको मद्दतमा नटआउट ३९ रन जोडे। आसिफ शेख २६ रनमा आउट भएपछि मैदान छिरेका कप्तान रोहित पौडेलले पहिलो बलमै छक्का प्रहार गर्दा नेपालले लक्ष्य पार गरेको थियो। नेपालका लागि पवन सर्राफले १४ बलमा १९ रन जोडे।
त्यसअघि मलेसिया ३३.५ ...
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दैं अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती सम्पन्न प्रतियोगिताको ३० औं खेलमा १५ ओभर खेल्दा १०० रन बनाउँदै २ विकेटको अवस्थामा रहेको हैदरावादले अन्तिम १६ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार ब्यहोरेको हो ।
हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाउन सफल भएको थियो ।
१ सय ५६ रनको लक्ष्यसहति जवाफी ...
काठमाडौँ - आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपाल एक रनले पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल यूएईसँग डकवर्थ एण्ड लुइसको नियमका आधारमा पराजित भएको हो ।
किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २ सय ४७ रन बनाएको थियो । नेपालले सुरुवात राम्रो गर्न सकेन । २२ रन हुँदा नेपालका ओपनर पवन सराफ ब्यक्तिगत १२ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि रित गौतम र आसिफ शेखले ४७ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।
तर आसिफ २७ रनमा ...
काठमाण्डाै - नेपालले यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरु गरेको छ । शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हरायो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो । नेपालको पारीमा कप्तान रोहित कुमार पौडेल शतक बनाउनबाट ५ रनले चुके । १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए ।
उनीहरुले तेस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गर्न सफल भए । ...
काठमाडौं - १२औं संस्करणको आइपिएल क्रिकेटमा वेस्ट इन्डिजका तीव्र गतिका बलर जोसेफ अलजारीले 'ड्रिम डेब्यू' गर्दै विश्व क्रिकेटको ध्यान खिँचेका छन्।
मुम्बई इन्डियन्सका लागि शनिबार डेब्यू गरेका उनले ३.४ ओभरमा ६ विकेट लिएर कीर्तिमानी बलिङ गरेका हुन्। अलजारीको उत्कृष्ट बलिङसँगै मुम्बईले सनराइजर्स हैदरावादलाई उसैको घरेलु मैदानमा ४० रनले पराजित गर्न सफल भयो।
पहिले ब्याटिङ गरेको मुम्बईले समान्य योगफल तयार गरेको थियो। मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रनमा मात्र जोड्न सक्यो। लगातार विकेट गुमाएको मुम्बईका लागि छैटौं नम्बरमा ब्याटिङ गरेका केइरन पोलार्डले २६ बलमा ...
काठमाडौं - नेपाल सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबल छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ।
म्यानमारमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको हो। शनिबार भएको खेलमा नेपाललाई भारतले ३–१ गोलले हरायो। हारसँगै नेपालले यहि महिना विराटनगरमा भएको साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा भारतसँग हारेको बदला लिन पनि चुक्यो।
भारतले खेलको छैटौं मिनेटमा अग्रता लियो। नेपालकी पुनम जर्घामगरले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेकी थिइन्। नेपालले लगत्तै गोल फर्काएर खेललाई १–१ को स्थितिमा ल्यायो। सातौं मिनेटमा सावित्रा भण्डारीको पासमा कप्तान निरु थापाले ...
एजेन्सी - नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा अर्को हार खेपेको छ । बिहीबार राति भएको खेलमा दिल्ली सनराइजर्स हैदरावादसँग पाँच विकेटले पराजित भएकाे हाे ।
फिरोज कोट्ला स्टेडियममा दिल्लीले दिएको एक सय ३० रनको लक्ष्य पाएको हैदरावादले १८.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । हैदरावादको जितमा जोनी बेर्सस्टोले ४८ रन बनाए । मोहमद नाबीले अविजित १७ र विजय शंकरले १६ तथा डेभिड वार्नर, दिपक होडा र मनिस पाण्डेले समान १०–१० रन बनाए ।
बलिङमा दिल्लीका सन्दीप ...
चेन्नई - इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। सन् २००८ देखि सुरु भएको आईपीएलको यो १२औं संस्करण हो। प्रतियोगिताको उदघाटन खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ।
महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्स आईपीएलको साविक विजेता टोली हो। चेन्नईले यसअघि सन् २०१० र सन् २०११ मा पनि उपाधि जितेको थियो। प्रतियोगिताको पहिलो खेल चेन्नईमै खेलिने छ। उद्घाटन खेलमा चेन्नईको प्रतिद्वन्द्वी बैंगलोरको कप्तान भने विराट कोहली हुन्।
प्रतियोगिताको पहिलो दिन एक खेलमात्र हुनेछ भने दोस्रो दिन आइतबार कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद ...
विराटनगर - नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) वुमन्स च्याम्पियनसिपमा फेरि उपविजेतामै सीमित भएको छ। शुक्रबार भएको फाइनलमा साविक विजेता भारतसँग ३-१ गोलले पराजित भएसँगै नेपाल उपविजेतामै सीमित बनेको हो।
नेपाललाई पराजित गरेको भारत साफ वुमन्स च्याम्पियनसिपको पाँचौं संस्करणसम्म एक्लो विजेता बनेको छ।
यसअघि भएका चारवटै संस्करणको उपाधि भारतले नै जितेको थियो। भारत साफ वुमन्स च्याम्पियनसिपको प्रत्येक संस्करणमा नेपालको उपाधि यात्रामा अवरोध बन्दै आइरहेको छ।
सन् २०१० बाट सुरु भएको प्रतियोगिताको सुरुआती तीनसहित यसपटक फाइनलमा भारतको अवरोधको सामना गरेको नेपाल
सन् २०१६ मा सेमिफाइनलमै भारतसँग पराजित भएको थियो। भारतसँगको ...
दिवाकर पोख्रेल
देउखुरी, फाुगन । पूर्व युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाइलीलले लमहीको क्रिक्रेट मैदान निर्माणको लागि रकम अभाव नहुने बताउन्ु भएको छ । लमही क्रिक्रेट मैदानलाई स्थानीइ समुदाय र नगरविकासले महत्वका साथ लिएर सकृयता देखाएको भन्दै संघीय सरकारबाट पूर्ण सहयोग गर्न आफुले पहल गर्ने बताउनुभयो । देउखुरी क्रिक्रेट क्लवले लमहीको निर्माणधिन क्रिक्रेट मैदानमा आयोजना गरेको छलफल कार्यक्रममा पुवर्जमन्त्री सेपाइलीलले लमहीमा निर्माण भइरहेको क्रिक्रेट मैदानमा क्रिक्रेट क्लव र नगरवकिास समितिको भूमिका प्रशशा योग्य रहेको बताउनुभएको हो ।
यहाँहरुले यति काम गर्नुभएको छ, यो धेरै ...
काठमाडौं - पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले मंगलबार विराटनगरको सहिद रंगशालामा भएको उद्घाटन खेलमा भुटानमाथि ३–० गोलको जित निकालेको हो।
नेपालका लागि मन्जली कुमारी योन्जन, सावित्रा भण्डारी र कप्तान निरु थापामगरले १–१ गोल गरे।
पहिलो हाफ सकिदा नेपालले २–० गोलको अग्रता दिलाएको थियो। मन्जलीले खेलको १३ र सावित्राले १६ मिनेटमा गरे। यद्यपी नेपालले पहिलो हाफमा पाएका आधा दर्जन अवसरलाई भने सदुपयोग भने गर्न सकेन।
दोस्रो हाफमा निरु थापाले एक गोल थपिन्। निरुले खेलको ५४ मिनेटमा सावित्राले डिबक्समा हेडमार्फत दिएको पासमा गोल ...
चण्डीगढ - भारतविरुद्धको चौथो एकदिवसीय खेलमा अस्ट्रेलियाले रोमाञ्चक जित हात पारेको छ। अस्ट्रेलियाले घरेलु टिम भारतविरुद्ध ४ विकेटको जित निकाल्दै सिरिज २–२ को बराबरी गरेको छ।
भारतले दिएको ३ सय ५९ रनको लक्ष्य अस्ट्रेलियले १३ बल बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्यो। अस्ट्रेलियाका लागि पिटर ह्यान्डकमले १ सय १७ रन जोड्दा अस्टन टर्नरले ४३ बलमा ५ चौका र ६ छक्काको मद्दतमा नटआउट ८४ रन जोडे। बलिङमा भारतका जसप्रित बुमराहले ३ विकेट लिए।
त्यसअघि भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले १ सय ४३ र रोहित शर्माले ९५ ...
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पारस खड्कासहित ४ खेलाडीलाई पछि पार्दै युवा क्रिकेटर सन्दीप लामिछानेले वर्ष खेलाडीकाे उपाधि हात पारेका छन्।
नेपालका क्रिकेट खेलाडीहरुको संस्था क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले मंगलबार प्रदान गरेकाे एनसिसिएस-सिप्यान क्रिकेट अवार्डको पुरुषतर्फ लामिछाने उत्कृष्ट खेलाडी घाेषित भएका हुन्। साे विधामा लामिछानेसहित कप्तान खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामी थिए।
महिलातर्फ भने सीता रानामगर उत्कृष्ट घाेषित भइन्। उनले इन्दु बर्मा, करुणा भण्डारी, रुबिना क्षेत्री बेलबासी र सरिता मगरलाई पछि पारेकी हुन्।
इमर्जिङ खेलाडीको मनोनयनमा परेका अभिनास बोहरा, कविता कुँवर, ललितनारायण ...
काठमाडौँ - आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ बाट पुरुष फुटबल टोली छनोट भएको छ । बीस सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ ।
समितिका अनुसार सर्लाहीका अरुण ब्लोन, महोत्तरीका सागर सुस्लिङ, पर्साका सुनिल राउत कुर्मी, सर्लाहीका रामहरि पौडेल, महोत्तरीका अम्बरबहादुर स्याङ्बो र सन्तोष राई, सिरहाका अनिल माझी, सप्तरीका सुशीलकुमार यादव, धनुषाका सद्दम मन्सुर छनोट भएका छन् ।
त्यसैगरी पर्साका कृष्ण शाक्य, महोत्तरीका नीरबहादुर आले र खड्गबहादुर बलमपाकी, सिरहाका राकेश सिंह, सप्तरीका उज्ज्वलसिंह सेवा, रौतहटका रोशन पहरी, बाराका कृष्णकान्त ...
काठमाडौं - नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् ।
गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए । पाँच हजार अमेरिकी डलरमा सो क्लबमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पाँच खेलमा सात विकेट लिन सफल भएका थिए ।
सन्दीप हाल पाकिस्तान सुपरलिगका लागि युएईमा छन् । सन्दीपले अहिलेसम्म ...
एजेन्सी - स्पेनिस ला लिगाको शनिबार रातिको खेलमा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ । सेभिल्लालाई उसकै घरेलु मैदानमा ४–२ ले पराजित गर्ने क्रममा कप्तान लियोनल मेसी नायक बने ।
पहिलो हाफमा २–१ ले पछि परेको अवस्थामा खेल उल्ट्याउँदै सानदार जित दिलाउन मेसी सफल भए । खेलको २२ औं मिनेटमा जेसुस नाभासको गोलबाट सेभिल्लाले खेलमा अग्रता बनाएको थियो । तर चार मिनेटपछि २६ मिनेटमा नै बार्सिलोनाका लागि मेसीले गोल गरी खेललाई बराबरीमा पुर्याए । तर ४२ औं मिनेटमा अर्जेन्टिनी खेलाडी गाबरियल मार्काडोले गोल गरेपछि सेभिल्लाले बार्सिलोनालाई पुन ...
एजेन्सी - नेपाली बलर सन्दीप लामिछाने सहभागी मेल्बर्न स्टार्स, अस्ट्रेलियाको चर्चित व्यावसायिक क्रिकेट प्रतियोगिता बिग ब्याश लिगको उपविजेता बनेको छ।
मेल्बर्न सहरका दुई क्लबबीच खेलिएको ुमेल्बर्न डर्बीु फाइनलमा मेल्बर्न स्टार्सलाई मेल्बर्न रेनिगेड्सले १३ रनले पराजित गरेको हो।
फाइनलमा सन्दीपले विकेट लिन नसकेपनि उनको कसिलो बलिङले विपक्षी ब्याट्सम्यानहरूलाई केही बाँध्न मद्दत पुगेको थियो।
चार ओभर बलिङ गर्ने क्रममा ४ रनको औसतमा उनले १६ रनमात्र दिए। समग्रमा उनले प्रतियोगिताभरि ११ विकेट लिन सफल भएका छन्।
टस जितेर पहिलो बलिङ रोजेको मेल्बर्न स्टार्सले प्रतिद्वन्द्वीलाई १ सय ४५ रनमा रोकेको थियो। रेनिगेड्सलाई शुरुवातदेखि ...
धनगढी - शरद भेषावकरको टोली महेन्द्रनगर यूनाइटेडले रुस्लान धनगढी प्रिमियर लिगमा पहिलो जित हात पार्दै झिनो प्लेअफ सम्भावना कायमै राखेको छ।
महेन्द्रनगरले आइतबार सम्पन्न खेलमा सिवाइसी अत्तरियालाई ७ विकेटले पराजित गर्दै प्ले अफ सम्भावना जीवितै राखेको हो।
५ खेलबाट महेन्द्रनगरको ४ अंकसहित चौथो स्थानमा उक्लिएको छ। अब उसले शीर्ष चारभित्र रहन अन्य टोलीको नतिजा कुर्नुपर्ने भएको छ। अत्तरियासँगै रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्सको पनि ४-४ अंक छ।
ओसिलो मैदानका कारण खेल समयमै सुरु हुन नसकेपछि ६ ओभरमा छोट्याइएको थियो। अत्तरियाले टस जितेर ब्याटिङ गर्दै दिएको ५५ रनको लक्ष्य ...
काठमाडौँ - नेपालका क्रिकेट कप्तान पारस खड्का टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अलराउन्डरहरूको वरीयताक्रममा ४०औँ स्थानमा उक्लिएका छन्। क्रिकेटको कुनै पनि वरियताक्रममा शीर्षस्थ ४० भित्र पर्ने खड्का पहिलो नेपाली खेलाडी हुन्।
टी-२० अन्तर्राष्ट्रिय टोली र खेलाडीहरूको नयाँ वरीयता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सोमवार प्रकाशित गरेको हो। वरीयतामा नेपालका सोमपाल कामी र वसन्त रेग्मी बलरहरूमध्ये संयुक्त रूपमा ७०औँ स्थानमा छन्।
खड्काको वर्चस्व
यूएईविरुद्धको टी-२० शृङ्खलामा २(१ ले विजयी भएपछि खड्काको वरीयतामा सुधार आएको हो। खड्काको अहिले ७६ रेटिङ अङ्क छ जुन उनले प्राप्त गरेको अहिलेसम्मकै माथिल्लो अङ्क हो। ब्याट्सम्यानहरूको ...
काठमाडौं - साविकको उपविजेता काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । सोमबार फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा घरेलु टोली धनगढी स्टार्सलाई ४ रनले पराजित गर्दै काठमाडौंले विजयी सुरुवात गरेको हो ।
धनगढीले दिएको १ सय ३२ रनको लक्ष्य काठमाडौंले ६ विकेट गुमाएर भेट्टाएको थियो । अन्तिम ओभरमा काठमाडौंलाई जितका लागि ८ रन आवश्यक रहँदा खेल रोमाञ्चक बनेको थियो । धनगढीका विदेशी खेलाडी यूएईका आमिर हायातको पहिलो बलमा मेहबुब आलमले एक रन लिए । दोस्रो बलमा क्रिजमा आएका विक्रम भुषालले ...
काठमाडौँ - क्रिकेट कप्तान पारस खड्काले युएई प्रस्थान गर्नुअघि भनेका थिए, ‘यसपटकको यात्रा स्मरणीय र ऐतिहासिक हुनेछ ।’ नेपालले युएईको भूमिमा ऐतिहासिक प्रदर्शन मात्र गरेन, दुवै हातमा लड्डु भनेझैँ एकदिवसीय र टी–२० सिरिज जितेर कीर्तिमान रच्यो । क्रिकेट संसारमा शक्तिशाली राष्ट्रहरूले पनि सिरिज जित्न वर्षाैं लगाएको इतिहास छ । तर, नेपालले एकदिवीय मान्यता पाएको एक वर्ष पनि नबित्दै अद्भूत सफलता प्राप्त गर्यो ।
कप्तान पारसका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा नेपालको यो सफलता एउटा कदम मात्र हो । योभन्दा अझ ठूलो सफलता हात पार्न बाँकी छ । ...
काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले नेपाललाई समावेश गरेर पछिल्लो टी–ट्वान्टीे वरियता सार्वजनिक गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको वरियतामा नेपाल १४ औँ स्थानमा रहेको छ । नेपालभन्दापछि युएई, हङकङ, ओमन र आयरल्यान्ड रहेका छन् । हिजोसम्म बरियतामै नभएको नेपालले ४ वटा टीमलाई पछि पार्दै १४ औँ नम्बरमा आफ्नो स्थान बनाएको हो ।
नेपालभन्दा अघि १३ औँ स्थानमा नेदरल्यान्ड, १२ औं स्थानमा जिम्वाब्बे, ११ औँ स्थानमा स्कटल्यान्ड रहेका छन् । बरियताको पहिलो नम्बरमा पाकिस्तान रहेको छ । दोस्रो नम्बरमा भारत, तेस्रोमा अफ्रिका, चौथोमा इङल्यान्ड, पाँचौँ ...
काठमाडौं - नेपालले यूएईविरुद्धको टी–२० सिरीज पनि जितेको छ । आइतबार भएको अन्तिम टी–२० खेलमा १४ रनको जित हात पार्दै नेपालले शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको हो । १० ओभरमा छाेट्याइएकाे खेलमा नेपालले ८ विकेट गुमाउँदै १०४ रन बनाएकाे थियाे । जवाफमा यूएईले १० ओभरमा ८ विकेट गुमाउँदै ९० रन मात्र बनायाे ।
नेपालको जितका लागि करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए।
टस जितेर फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले आठ विकेटको क्षतिमा १०५ रनको चुनौती दिएको थियो। नेपालबो ब्याटिङमा कप्तान पारस खड्का र सन्दीप ...
काठमाडौँ - युएईमा भइरहेको एएफसी एसियन कप च्याम्पियन्स फुटबलको उपाधि कतारले जितेको छ । युएईको जायद स्पोर्टस सिटी स्टेडियममा भएको उपाधि भिडन्तमा कतारले एसियाको पावर हाउस जापानलाई ३–१ ले स्तब्ध बनाउँदै उपाधि उचालेको हो ।
कतारलाई जिताउने क्रममा खेलको १२ औँ मिनेटमा अक्रम अफिफको सहयोगमा अलमोएज अलीले पहिललो गोल गरे । त्यसपछि खेलको २७ औँ मिनेटमा कतारले हतिम अब्देलाजिजले अर्को गोल थपे । उनले अक्रम अफिफकै पासमा गोल गर्दै खेललाई २–० मा पुर्याए ।
पहिलो हाफमा २–० को अग्रता बनाएको कतारले दोस्रो हाफमा एक गोल थप्यो । ...
काठमाडौं - नेपाल यूएईसँग नेपाल २१ रनले पराजित भएको छ । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा सन्दीप जोराले अर्धशतकीय पारी खेलेर जित दिलाउन खोजेको प्रयास निरर्थक रह्यो । उनी ५३ रनमा अविजित रहे ।
१५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो ।
नेपालको लागि सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाए । अन्य खेलाडीले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
पहिलो बलमै ओपनर प्रदीप ऐरीलाई शून्य रनमा गुमाएको नेपालले त्यसपछि ५० रन नपुग्दै ...
काठमाडौं - यूएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ । दुबईमा चलिरहेको पहिलो टी-२० म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।
यूएईका लागि शैमन अन्वारले उत्कृष्ट ब्याटिङ गरे । उनले ३८ बलमा ५९ रन बनाए । त्यस्तै मोहम्मद बुटाले २० रन बनाए । युएईका मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रनमा आउट भए । यसअघि घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट भए ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान दुई-दुई विकेट ...
काठमाडौं - धुर्मुस–सुन्तली फाउन्डेसनले बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । चितवनको भरतपुर महानगरपालिकाले दिएको जग्गामा रंगशाला निर्माण हुन लागेको हो । उक्त रंगशालाको थ्रिडी डिजाइन सार्वजनिक भएको छ ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।
२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने ...
काठमाडौं - पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ ।
गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।
यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।
यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
कप्तान खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । ...
दुबई - नेपाली टिमका कप्तान पारस खड्काले यूएईविरुद्धको अन्तिम एक दिवसीय क्रिकेटमा शतक प्रहार गरेका छन् ।
९६ बलको सामना गरेका पारसले १३ चौका र १ छक्कासहित शतक प्रहार गरेका हुन् । यो सँगै खड्का एक दिवसीय क्रिकेटमा शतक बनाउने नेपालको पहिलो ब्याट्सम्यान समेत भएका छन् ।
...दुबई - युएईविरुद्धको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ । दुबईमा भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
११४ रनको लक्ष्य पछ्याएको यूएईले पनि गतिलो सुरुआत भने गर्न सकेको थिएन । टिमको स्कोर ५ हुँदा अस्फाक अहमदलाई करण केसीले पहिलो विकेटको रुपमा आउट गरेका थिए ।
चिराग सुरीलाई सोमपाल कामीले आउट गर्दा यूएईको स्कोर १२ रन थियो । ३५ रन हुँदा शाइमान अनवरलाई गुमाएको यूएईमाथि नेपालले केही दबाब दिएको थियो । चौथो ...
काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट गत वर्ष मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो एकदिवसीय शृंखला नेदरल्यान्ड्सविरुद्ध खेल्यो। साँघुरा पूर्वाधारलाई अधिकतम प्रयोग गर्दै पाएको सफलता जति सदुपयोग गरेको थियो, नेपाली टोलीले नेदरल्यान्ड्सको घरेलु मैदानमा त्यो सफलता प्राप्त गर्न निकै संघर्ष गर्नुपर्यो। पहिलो खेलमा ५५ रनको झट्का बेहोरे पनि दोस्रो खेलमा भने रोमाञ्चक १ रनको जित निकाल्दै शृंखला बराबरीमा टुङ्ग्याउँदा नेपालको लक्ष्य अधुरो बनेको थियो। त्यही अधुरो लक्ष्यलाई साकार पार्न नेपाल शुक्रबारबाट संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने दोस्रो एकदिवसीय शृंखलामा विजयी नतिजाको पर्खाइमा हुनेछ।
तीन ...
काठमाडौँ - संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय तथा टी–ट्वान्टी सिरिजका लागि आइतबार १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले युएईसँग हुने एक दिवसीय र टि–ट्वान्टी सिरिजका लागि तीन वैकल्पिक खेलाडीसहित १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
यही माघ ११ गतेदेखि २० गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, ...
काठमाडौं - लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा इल्बारलाई पराजित गरेको छ । आइतबार राति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले इल्बारलाई ३–० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गर्दा कप्तान लियोनल मेस्सीले एक गोल गरे ।
मेस्सीले ला लिगामा चार सय गोल पनि पूरा गरेका छन् । इल्बारलाई पराजित गर्ने क्रममा उनलेृ चार सय गोल पूरा गरेका हुन् । खेलको १९औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको ...
म्याड्रिड - स्पेनिस ला लिगा फुटबलको सोमबार बिहान खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले जित हात पारेको छ भने चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडले घरेलु मैदानमा नमीठो पराजय भोगेको छ । बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २—१ गोलले हरायो भने जारी सिजनको घरेलु लिगमा गतिलो प्रदर्शन गर्न नसकिरहेको रियल घरेलु मैदानमै रियल सोसिएडाडसँग २—० गोलले स्तब्ध बन्यो ।
बार्सिलोनाको जितमा अर्जेन्टिनी स्टार लियोनल मेसी र उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजले एक÷एक गोलको योगदान गरे । खेल सुरु भएको २०औं मिनेटमा मेसीले टोलीका लागि पहिलो गोल गरे । ला लिगामा मेसीले ...
काठमाडौं - बंगालादेशमा जारी बंगलादेश प्रिमियर लिग –बीपीएल) मा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले धमाका मच्चाएका छन् ।
बिग ब्यास लिगको मध्यबाटै बीपीएलमा हानिएका सन्दिपले आइतबार सिलेट सिक्सर्सबाट कोमिला भिक्टोरियन्सविरुदको डेब्यु खेलमै २ विकेट लिएका हुन् ।
सन्दीपले सोयब मलिक र एनामुललाई आउट गराएका हुन् । ४ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर २ विकेट लिएका हुन् । तर समग्र खेलमा भने उनी सम्मिलित टिकले पराजय बेहोरेको छ । टस हारेर खराब ब्यटिङ गरेको सिलेट सिक्सर्स ३ विकेटले पराजित भएको छ ।
...काठमाडौं - नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगको आफ्नो तेश्रो खेलमा पनि २ विकेट लिएका छन् । मेलबर्न स्टार्सबाट लिग खेलिरहेका सन्दीपले बिहीबार सिड्नी सिक्सर्सको २ विकेट लिए ।
चार ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर दुई विकेट लिएका हुन् । डेब्यू खेलमा दुई विकेट लिएका उनले दोस्रो खेलमा पनि तीन विकेट लिएका थिए ।
लिगको तीन चरणको खेल चलिरहँदा सन्दीप कुल ७ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । सिड्नी थन्डरका ड्यानियल साम्सले ६ र एडिलेड स्ट्राइकर्सका रासिद खानले ५ ...
एजेन्सी - सन्दीप लामिछानेले बिग ब्यास लिगमा आफ्नो दोस्रो खेलमा पनि शानदार प्रदर्शन गरेका छन् । हाल मेलबर्न स्टार्ससँग आबद्ध रहेका सन्दीपले होबार्ट हरिकेन्सबिरुद्ध ३ विकेट लिन सफल भएका हुन् ।
४ ओभर बलिङ गर्दै सन्दीपले मात्र २४ रन खर्चेर ३ विकेट लिएका हुन् । यस क्रममा उनले ९ डट बल दिएका थिए । उनले म्याथ्यु वेड, बेन म्याकडर्मोट र एलेक्स डुलानलाई आफ्नो शिकार बनाए ।
पहिलो खेलमा सन्दीपले दुई विकेट लिएका थिए ।
...काठमाडौं - नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियन लिग बिगब्यासमा पनि धमकेदार सुरूआत गरेका छन् । मेल्बर्न स्टार क्लबमा अनुबन्धित सन्दीपले शुक्रबार भएको सिड्नी थन्डरविरूद्धको खेलमा दुई विकेट लिए ।
आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा थन्डरका कप्तान सेन वाट्सनलाई २२ रनमा आउट पारे । सोही ओभरको अन्तिम बलमा सन्दीपले क्यालम फर्गसनलाई १५ रनमा ‘कट एण्ड बोल्ड’ गरे । सन्दीपले पहिलो ओभरमा ३ रनमात्रै खर्चेर २ विकेट लिए ।
इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेको वर्षदिन नपुग्दै सन्दीपले खेलेको बिगब्यास विश्वचर्चित अर्को लिग ...
काठमाडौँ - एभरेष्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रियट्सले उचालेको छ । फाइनल खेलमा भैरहवा ग्याडियटर्सलाई १४ रनले पराजित गर्दैैै ललितपुरले उपाधि उचालेको हो ।
ललितपुरले दिएकाे एक सय ५६ रनको लक्ष्य पछ्याएको भैरहवाले ९ विकेटको क्षतिमा एक सय ४१ रनमा राेकियाे । यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे ललितपुरले १९.१ अाेभरमा अलअाउट हुँदै रन एक सय ५५ रन जोडेको थियाे ।
ललितपुरका लागि बलिङतर्फ ललितराजवंशीले सर्वाधिक ३ विकेट लिए । ४ अाेभर बलिङ गरेका ललितले जम्मा १७ रन खर्चिए । यस्तै याेगन्द्ररसिंह कार्कीले र पवन सफारले समान ...
काठमाडौं - राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेटको उपाधिका लागि शनिबार ललितपुर प्याट्रियर्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बाट सुरु हुनेछ।
ललितपुरले प्रतियोगिताको यात्रा हारबाट सुरु गरेको थियो। पहिलो खेलमा ललितपुर विराटनगर वारियर्ससँग पराजित भएको थियो। त्यसपछि बाँकी खेलमा भने ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो।
लिगको शीर्ष स्थानमा रहँदै क्लालिफायर्समा प्रवेश गरेको ललितपुरले फाइनल प्रवेश गर्न काठमाडौं किङ्स इलाभेनलाई पराजित गरेको थियो। ललितपुरले जारी इपिइलमा एकनासको प्रदर्शन गरिरहेको छ। ललितपुर गत ...
काठमाडौं - विराटनगर वारियर्सका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ। चितवनले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि तेस्रो क्रममा आएका हायातले प्रहार गरेको छक्काबाट अख्तरको गाडीको सिसा फुटेको हो।
पारस खड्का नेतृत्वको विराटनगरले खेल भने जित्न सकेन । चितवन टाइगर्सले विराटनगरलाई ५ रनले पराजित गरेको हो।
चितवनले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १ सय ९६ रन जोड्दा विराटनगर पूरै ओभरमा ८ विकेटको क्षतिमा मात्र १ सय ९१ रनमै समेटियो ...
काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ। एन्फाले यसअघि उपाध्यक्ष कृष्णबहादुर थापाको संयोजकत्वमा स्तर निर्धारण समिति गठन गरेको थियो।
सो समितिले प्रतियोगितालाई व्यवस्थित गर्ने भन्दै मोफसलका २३ प्रतियोगिताका लागि दुई समूहमा वर्गीकरण गर्ने मापदण्ड तयार पारेको छ। सो समितिले तयार पारेको प्रतिवेदन बुधबार विजय घलेको नेतृत्वमा रहेको प्रतियोगिता समितिलाई बुझाएको छ। प्रतियोगिता समितिले बिहीबार मोफसलमा आयोजना हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको एन्फा प्रवक्ता किरण राईले बताए।
थापा नेतृत्वको स्तर निर्धारण समितिले बुझाएको प्रतिवेदनका आधारमा एन्फाले मोफसलमा हुने ...
काठमाडौँ - क्रोएसिया र रियल मड्रिड स्टार मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ओर २०१८ जित्न सफल भएका छन् । बालोन डि’ओर जित्ने क्रममा मोड्रिचले बार्सिलोनाका अर्जेनटाइन स्ट्राइकर लियोनेल मेसी र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको १० वर्ष लामो दबदबा पनि तोडेका छन् ।
क्रोएसियालाई रसिया विश्वकपको फाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेलेका यही वर्ष फिफा वर्ष खेलाडी घोषित मोड्रिचलाई फ्रान्सको चर्चित म्यागेजिनले यो वर्षको बालोन डि’ओरको उपाधि पनि प्रदान गरेको हो ।
३३ वर्षीय मोड्रिच रियल मड्रिडले लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्दा प्ले मेकरको भूमिकामा ...
काठमाडौँ - युएईमा चलिरहेको क्रिकेटको नयाँ संस्करण टी–१० लिगमा कमेन्टेटरले सन्दीप लामिछानेको प्रशंसा गरिरहेका थिए । विश्वचर्चित कमेन्टेटरको प्रशंसाका लायक बनेका सन्दीपले केबल १८ वर्षको उमेरमै विश्वका नामुद क्रिकेटरहरूसँग खेलिसकेका छन् । यतिवेला उनलाई विश्वमै ख्यातिप्राप्त टी–२० र टी–१० लिग खेल्न भ्याई–नभ्याई छ ।
उनी यतिसम्म व्यस्त छन् कि उनले घरेलु टी–२० एभरेस्ट प्रिमियर लिगमा समेत खेल्न नभ्याउने भएका छन् । उनी ललितपुर पेट्रियट्सबाट दुई खेल मात्र खेलेर बिग ब्यास खेल्न अस्ट्रेलिया जानेछन् । उनले यो वर्ष मात्र पाँचवटा लिग खेलिसकेका छन् । अरू चार लिग ...
काठमाडौं - युनाइटेड अरब इमिरेट्स (युएई) जारी क्रिकेटको सबैभन्दा छोटो स्वरूपको प्रतियोगिता टी–१० क्रिकेट लिग अन्तर्गतको अाफ्नो तेस्रो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले २ विकेट लिन सफल भएका छन् । वर्षाका कारण खेल भने नतिजाविहीन बन्न पुग्यो ।
आइतबार राति सन्दीप आवद्ध टोली केरला किंग्सले न्युजल्याण्डका ब्रेन्डन म्याक्लुमको कप्तानीमा रहेको राजपुतसँग प्रतिस्पर्धा गरेको थियो ।
२ ओभर बलिङ गर्दा सन्दीपले २३ रन खर्चिएर २ विकेट लिन सफल भए । यस खेलमा सन्दीपले राजपुतका दुई आक्रामक ब्याट्म्यानलाई पेभिलियन फर्काउन सफल भए । पहिलो ओभर मै अफगानिस्तानका मोहमद ...
काठमाडाैं - नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि केरला किंग्सले राजपुत्ससँग अंक बाँडेको छ । युएईमा जारी टि–१० क्रिकेट लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा वर्षा भएपछि केरलाले राजपुतसँग अंक बाँडेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजपुत्सले नौ ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन बनाउँदा वर्षा भएको थियो ।
लौरिई इभान्सले राजपुत्सका लागि ३८ रन बनाएका थिए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई विकेट लिन सफल भए । उनले पहिलो ओभरमा नै मोहम्मद शाहजादलाई एक रनमा आउट गराएको थिए ।
त्यस्तै, आफ्नो दोस्रो तथा अन्तिम ...
नेपाली स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पक्का भएको छ । दिल्लीले नयाँ सिजनका आइपिएलका लागि रिटेन (पुन : अनुबन्ध) गरेको लिस्टमा सन्दीपसमेत रहेका छन् । गत सिजनको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा किनेको थियो । उनले अन्तिम तीन खेलमा अवसर पाउँदा सनसनीपूर्ण प्रदर्शन गरेका थिए । यस सिजनमा पनि सन्दीपको पारिश्रमिक २० लाख भारुभन्दा कम हुँदैन ।
यस सिजनमा अक्सन नहुने
यसपटक आइपिएलमा मेगा अक्सन हुँदैन । आइपिएलले सहभागी फेन्चाइज क्लबहरूलाई खेलाडी राख्ने र रिलिज गर्ने अधिकार दिएको छ । यसै नियमअनुरूप दिल्लीले सन्दीपलगायत अन्य खेलाडीलाई पनि ...
काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय सन्दीप लामिछाने र सोमपाल कामी पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् । अागामी फेब्रुअरी १७ देखि हुने पाकिस्तान सुपर लिग (पीएसएल) हुँदैछ ।
पाकिस्तान सुपर लिगले अक्सनका लागि आइतबार सार्वजनिक गरेको खेलाडी ड्राफ्ट सूचीमा नेपालका सन्दीप र सोमपाल अटाएका हुन् । युवा लेग स्पिनर सन्दीप विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका छन्। तीव्र गतिका बलर तथा अलराउन्डर सोमपाल सिल्भर समूहमा परेका छन् ।
ईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगात थुप्रै अन्तर्राष्टिय लिग खेली सकेका ...
पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको फाइनलमा पोखरा पल्टन ३ विकेटले बिजयी भएको छ । यससंगै पोखरा पल्टन पोखरा प्रिमियर लिगको उपाधि उचाल्ने पहिलो टिम बनेको छ ।
चितवन राइनोजले १६१ रनको लक्ष्य पोखरा पल्टनले ७ विकेटको क्षतिमा ४ बल बाँकी छदै भेट्टायो । जितका लागि पोखराका रब इन्दर सिंहले ५६ बल खेल्दै एक्लैले ९० रङ जोडे ।
उनले ५८ बलमा १३ चौका र ३ छक्काको सहयोगमा ९० रनको योगफल तयार पारे ।
त्यस्तै मोहम्मद नावीदले २५ रनको योगफल तयार पार्दा कप्तान शरद भेषावकरले २२ रन बनाए ।
...काठमाडौं - पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको फाइनलमा चितवन राइनोजले पोखरा पल्टनलाइ १६१ रनको टार्गेट दिएको छ । पोखराले अहिले जवाफी ब्याटिंग गरिरहेको छ ।
पोखराले टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६० रन बनायो । चितवनले नौ रनमा पहिलो विकेट गुमायो । हरिशंकर शाह आठ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले अनिल शाहसँग उत्कृष्ट साझेदारी गर्दै टिमको पारी सम्हाले ।
यो प्रतियोगितामा खासै राम्रो लयमा नदेखिएको पारसले फाइनलमा भने कप्तानी पारी खेले ...
पोखरा - पारस खड्काले नेतृत्व गरेको चितवन राइनोज पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । चितवनले आइतबार भएको इलिमिनेटरमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर व्याटिङ रोजेको काठमाडौं रोयल्स सन्नी पटेलको एकै ओभरमा ३ विकेटपछि १९.३ ओभरमा ९४ रनमा धराशयी भएको थियो । पोखरा रंगशालाको क्रिकेट मैदानमा चितवनले १८.२ ओभरमा लक्ष्य पुरा गर्यो ।
चितवनलाई विजय दिलाउने क्रममा स्मित पटेलले ३८ रन बनाएका थिए । उनले ४३ बल खेली ३ चौका प्रहार गरेका थिए । आरिफ शेखले ...
कास्की - पोखरा पल्टन पोखरा प्रिमियर लिगको फाइलनमा पुगेको छ भने प्रतियोगिताको इलिमिनेटरका लागि चितवन र काठमाडौ रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
शनिबारकाे खेलमा पोखराले काठमाडौलाई हराएपछि बुटवल र विराटनगर प्रतियोगिताबाट बाहिरिए भने चितवनले विराटनगरलाई ४ विकेटले हराएपछि धनगढी समान अंक भएपनि रन रेटका आधारमा चौथो हुँदै प्रतियोगिताबाट आउट भयो ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४५ रन बनायो । निकै राम्रो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्न सफल भयो ।
यो प्रतियोगितामा ...
पोखरा - पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन राइनोज दोस्रो चरणमा प्रवेश गरेको छ।शनिबार भएको खेलमा चितवनले विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको हो।
चितवन दोस्रो चरणमा प्रवेश गरेसँगै एक्स्पर्ट धनगढी ब्लुज बाहिरिएको छ। चितवनसँगै पोखरा पल्टन र हुलास काठमाडौं रोयल्स पनि दोस्रो चरणमा पुगे। धनगढी, बुटवल ब्लास्टर्स र विराटनगर भने बाहिरिएका छन्।
...काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा पल्टन र हुलास काटमाडौं रोयल्स भीड्दै छन् । पोखरा पल्टनले आज टस जितेर फिल्डङ रोजेको छ । काठमाडौं व्याटिङ गर्दै छ ।
काठमाडौंलाई फाइनलमा पुग्न यो खेल जित्नुपर्ने अवस्था छ। पोखरालाई शीर्ष तीनमा पर्न पनि यो खेल जित्नै पर्छ। पोखरा पराजित भएमा राउन्ड रोबिनबाटै बाहिरिने छ। पोखराले ४ खेल खेली २ मा विजय हात पारेको छ भने काठमाडौंले ४ मध्ये ३ खेलमा जित हात पारेको छ। काठमाडौं अंक तालिकाको शीर्षस्थानमा रहेको छ। आज ...
पोखरा - पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रबारको पहिलो खेलमा घरेलु टिम पोखरा पल्टन विरूद्द धनगढी ब्लुजले दुई विकेटको रोमाञ्चक जित हात पारेको छ । जितसँगै धनगढीले शीर्ष तीनमा पुग्ने संभावना कायमै राखेको छ । १४५ रनको लक्ष्य पछ्याएको धनगढीलाई जिताउन दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेलेका थिए ।
२६ बल खेलेका दीपेन्द्रले ४ छक्का र ४ चौकासहित ४९ रनमा नट आउट रहे । यसैगरी पिटर टे«गोले ५३ तथा सुवेन्दु पाण्डेले २२ रन जोडेका थिए । बलिङतर्फ रासिद खानले चार तथा ललित राजंवशी र विक्रम भुसालले दुई दुई ...
पोखरा - पोखरा प्रिमियर लिगको शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको छ । काठमडौंले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको हो ।
बुटवलका लगि रोशन मुस्तफाले सर्वाधिक ६१ रनको योगदान गरे । ब्यास्टम्यान सिद्धान्त लोहनीले १३ रन, भीम सार्कीले १२ रनको , चिराग सुरीले ११ रनको योगदान गरे । काठमाडौंका लागि अमर रौतेलाले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव, बसन्त रेग्मीले समान २ र २ विकेट ...
कास्की - पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल ब्लास्टर्सले लगातार दोस्रो हार व्यहोरेको छ । विहीबार भएको खेलमा बुटवल धनगढीसँग २० रनले पराजित भएपछि प्रतियोगिताको अंक तालिका रोमाञ्चक मोडमा पुगेको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६१ रन बनायो । यसअघिका खेलमा जस्तै धनगढीको ओपनिङ जोडीले राम्रो सुरुवात दिलाउन सकेनन् । १४ रनमा पहिलो विकेट गुमाएको धनगढीले ३९ रनमा तीन विकेट खेर फालेको थियो । जसमा दिपिल नाथ र सुविन्धु पाण्डेले १०–१० रनमा आउट भएभने यसअघि ...
काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले ज्ञानेन्द्रको कप्तानीमा रहेको काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले पराजित गर्यो । १५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि गौरभ टोमरले ३९, कप्तान ज्ञानेन्द्र मल्लले ३०, पवन सर्राफले २८ र जयक्रिसन कोल्सवालाले १८ रनको योगदान गरे ।
कुनै बेला जित नजिक पुगेको काठमाडौंले अन्तिम ५ ओभरमा ४ विकेट गुमाएपछि हारबाट ...
काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले धनगढी ब्लुजलाई एक सय ९४ रनको लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ९३ रन बनायो । उत्कृष्ट सुरुवात गरेको चितवनका हरिशंकर शाह र अनिलकुमार शाहले पहिलो विकेटका लागि एकसय एक रनको साझेदारी गरेका थिए ।
जारी प्रतियोगितामा यो चितवनको अहिलेसम्म कै ठुलो साझेदारी हो । यसका साथै पुरै प्रतियोगितामा पनि पहिलो विकेटका लागि भएको यो उच्च साझेदारी हो । तर अनिल ३७ रनमा ...
काठमाडौं - पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) मा बुधवार (आज) दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो खेलमा बिहान ९ बजे दिपेन्द्रसिंह ऐरीको धनगढी ब्लुज र पारस खड्काको चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।
दुवै टोलीको यो तेस्रो खेल हो। धनगढी दोस्रो जितको खोजीमा मैदान उत्रदा चितवन भने पहिलो जितको खोजीमा हुनेछ। एक खेलमा जित र एक खेल हार ब्यहोरेको धनगढी २ अंक सहित चौथो स्थानमा छ। धनगढी पहिलो खेलमा काठमाडौं रोयल्ससँग १७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा विराटनगर टाइटन्सलाई ७८ रनले हराएको थियो।
यता अघिल्ला दुई खेलमा ...
काठमाडौँ - स्टार खेलाडीहरु लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोबिनाको एल क्लासिको भिडन्तमा बार्सिलोनाले बाजी मारेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको एल क्लासिको भिडन्तमा उरुग्वेका स्ट्राइकर लुइस स्वारेजको ह्याट्रिक मद्धतमा रियल मड्रिडमाथि ५–१ को जित निकालेको हो ।
क्रिस्टियानो रोनाल्डो यसै सिजन युभेन्ट्स गएपछि अग्रपंक्ति अत्यन्त कमजोर बनेको रियल मड्रिडका लागि एक मात्रै सान्तवना गोल डिफेन्डर मार्सेलोले गरे । पुरै खेल आफ्नो नियन्त्रणमा राखेको बार्सिलोनाका लागि खेलको ११ औँ मिनेटमा जोर्डी अल्बाको पासमा फिलिपे कोटिन्होले गोल गर्दै १–० को अग्रता दिलाए ।
त्यसपछि मड्रिडको डी ...
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित समितिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले लगाएको निलम्बन फुकुवा प्रक्रिया सहज बनाउँदै सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको छ। यद्यपि बैठकले आफूहरूले मुद्दा फिर्ता लिएपछि कुन प्रक्रियाबाट र कहिलेसम्म निलम्बन फुकुवा गर्नेबारे आईसीसीकै प्रतिबद्धताको माग गरेको छ।
क्यानको शनिबार काठमाडौंमा बसेको बोर्ड बैठकले यसअघि नै घोषणा गरेअनुसार सर्वाेच्च अदालतमा विचाराधीन रहेको मुद्दा फिर्ता लिने निर्णय गरेको हो। त्यसका लागि सबै प्रक्रियाबारे छलफल गर्न र त्यसअनुसार मुद्दा फिर्ता लिने सम्पूर्ण अधिकारसहित पाँच सदस्यीय समितिको गठनसमेत ...
काठमाडाैं - नेपाल काठमाडौंमा जारी साफ यु–१५ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार सातदोबाटो स्थित एन्फा मैदानमा सम्पन्न समुह ए को खेलमा बंगलादेशले माल्दिभ्सलाई पराजित गरेपछि नेपाल आफ्नो समुह चरणको एक खेल अगावै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो।
माल्दिभ्स भने समुह चरणमा खेलेका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट वाहिरिएको छ। नेपालले यसअघि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले पराजित गरेको थियो। शनिबारको खेलमा समेत माल्दिभ्स बंगलादेशसँग पराजित हुन पुग्दा समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका हुन्। बंगलादेशले माल्दिभ्सलाई ९–० ले पराजित गर्यो। ...
काठमाडौँ - पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा शनिबार हुने पहिलो खेलमा चितवन राइनोज र बुटवल ब्लास्टर्स भिड्दै छन् । टस जितेर चितवनले फिल्डिङ रोजेको छ ।
पारस खड्काको कप्तानीमा रहेको चितवनमा भारतका सन्नी पटेल र समित पटेल विदेशी खेलाडीको रुपमा रहेका छन्। त्यस्तै शक्ति गौचन, आरिफ शेख, करण केसी, सोनु तामाङ लगायत खेलाडी छन्।
सोमपाल कामीको कप्तानीमा रहेको बुटवलमा युएईका कप्तान रोहन मुस्ताफा र चिराग सुरी विदेशी खेलाडीको रुपमा रहेका छन्।
...कास्की - पोखरा प्रिमियर लिगमा घरेलु टिम पोखरा पल्टनले विजयी सुरु गरेको छ ।
आज भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनले हरायो । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ३ विकेट एक सय ९७ गुमाएर एक सय रन बनायो ।
निकै आक्रामक सुरुवात गरेको पोखराले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो । उसका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएपछि पोखराले पहिलो विकेट गुमायो । नयाँ पीचमा पहिलो पटक खेलेको पोखराका लागि भारतीय खेलाडी रवी इन्दोर र आशिफ ...
काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन्।
अघिल्लो महिना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन्।
सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्ने भएका हुन्। क्रिकेटसम्बन्धी बेवसाइट क्रिक इन्फो डटकमका अनुसार सन्दीपले मेलबर्न स्टार्स क्लबसँग सम्झौता गरेका छन्।
हालै अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीप आगामी पुस ४ गतेदेखि शुरु हुने बिग बास लिगमा अनुबन्धित भएका हुन्। ...
काठमाडौं - अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन्।
‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य बनाउने तयारीमा हामी जुटेका छौं’, घिमिरेले भनिन्, ‘यसै साता आउने भए पनि दिनको टुंगो लाग्न बाँकी छ।’ आईसीसी विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याउन लागिएको यो पहिलो पटक हो। फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ। सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप ...
काठमाडौं - हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा रजत पदक जितेपछि नेपालको प्याराग्लाइडिङ खेलले विश्वमञ्चमा थप चर्चा बटुलेको थियो। पहिलो सहभागितामै नेपाललाई २० वर्षपछि एसियाडमा रजत पदक दिलाउन सफल भएपछि अहिले नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ पनि थप उत्साही बनेको छ। निजी क्षेत्रको प्रयासमा चलिरहेको प्याराग्लाइडिङ खेलले अब बिस्तारै व्यापकता पाउन लागेको हो।
नेपालमा प्याराग्लाइडिङ खेलको थप विकास गर्ने उद्देश्यले कात्तिक १५ देखि १९ गतेसम्म स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा ‘प्रथम प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप’ (विश्वकप) हुने भएको छ। संघले नेपाल हवाई खेलकुद संस्था ...
काठमाडौं - नेपाल आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को च्याम्पियन बन्न सफल भएको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत नेपाल र सिंगापुरको खेल वर्षाले प्रभावित भएपछि नेपाल रनरेटका आधारमा च्याम्पियन बनेको हो।
सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको नेपालले पहिलो ओभरको तेस्रो बल गर्ने क्रममा भारी वर्षा भएपछि खेल रोकिएको थियो। नेपालले ३ बलमा पहिलो विकेट गुमाएको थियो। नेपालका लागि ओपनर अनिककुमार शाह ० रनमा पवेलियन फर्किए। शाह सिंगापुरका बलर सोएब रज्जाकको बलमा आउट भए। क्रिजमा विनोद भण्डारी र कप्तान पारस खड्का थिए। ...
काठमाडौं - युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले एउटै प्रतियोगितामा सर्वाधिक २४ विकेट लिएर नयाँ कीर्तिमान बनाएका छन् ।
आईसीसी टि-ट्वान्टी विश्वकपअन्तर्गत मलेसियामा जारी एसिया छनोट बी प्रतियोगितामा नेपालले ६ म्याच खेल्दा उनले सर्वाधिक २४ विकेट झार्न सफल भए ।
यसअघि एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीको रेकर्ड बसन्त रेग्मी र पूर्व कप्तान विनोद दासको नाममा रहेको थियो । विनोदले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रिज (तीन दिवसीय) प्रतियोगितामा २१ विकेट लिएका थिए । त्यस्तै, बसन्तले सन् २०१२ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ मा ...
क्वालालम्पुर - मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी विश्वकप एसिया क्षेत्र छनौटमा सिंगापुरले नेपाललार्इ ८७ रनकाे लक्ष्य दिएकाे छ ।
एस चन्द्रमाेहनले २५, मनप्रीत सिंहले १० र सिद्धान्तले १० रन बनाएका थिए । बाँकी ७ जनाले दाेहाेराे अंककाे रन बनाउन सकेनन् ।
नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सिंगापुरले खेल रोकिनुअघि ९ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ रन बनाएको थियाे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ३.३ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर ४ विकेट लिएका हुन् ...
काठमाडौं - आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र सिंगापुर दुवै टोलीले यसअघि नै अन्तिम चरणको एसियाली छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेकाले शुक्रबारको खेल उपाधिका लागि मात्र केन्द्रित हुनेछ।
शीर्ष दुई स्थानमा रहेका नेपाल र सिंगापुरबीचको खेलको विजेता टोलीले नै उपाधि जित्ने निश्चित छ। प्रतियोगिताको अन्तिम खेलअघि नेपाल र सिंगापुर दुवैको समान पाँच खेलबाट १०÷१० अंक छ। रन रेटका आधारमा भने नेपाल शीर्ष स्थानमा छ। त्यसैले शुक्रबार नेपाल र सिंगापुरबीचको भिडन्त रोमाञ्चक हुने अनुमान ...
काठमाडौं - अल्ट्रा धाविका मीरा राई एसिया सोसाइटीको ‘एसिया गेम चेन्जर अफ द इयर २०१८’ अवार्डबाट सम्मानित भएकी छन् । उनीसहित एसियाका नौं जना व्यक्ति तथा संस्थालाई न्युयोर्कमा बुधबार अवार्ड प्रदान गरियो ।
मीरासहित पेप्सीकोका सीईओ इन्द्र नोयी, अफगान युवतीको रोबोटिक्स टिम, अस्ट्रेलियाली चिकित्सक मुन्जिद अल मुदरिस, थाइल्यान्डको थाम लुवाङ गुफाबाट किशोर फुटबलरहरूलाई उद्दार गर्ने टिम, चीनका वाङ सी सम्मानित भए । यस्तै युद्धग्रस्त सिरियामा स्वयंसेवा गरिरहेका हाइट हेल्मेट्स र यसका प्रमुख रेड सालेह, ज्यानको बाजी लाएर जापानको न्युक्लियर दुर्घटनाको बेला काम गरेका हिरोज अफ फुकुसिमा, ...
एजेन्सी - आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपाल १० विकेटले विजयी भएको छ ।
चीनले नेपाललाई दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा पूरा गरेको थियो । नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा नट आउट रहे । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले चीनलाई १३ ओभरमा २६ रनमा अल आउट गरेको थियो ।
नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मी र ललित नारायण राजवंंशीले समान ३–३ विकेट लिए । एक जना ब्याट्सम्यानभने रन आउट भएका थिए । चीनका होङजियान याङले सर्वाधिक ११ रन ...
एजेन्सी - आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटमा नेपालले लगातार चौथो जित निकालको छ । आज भएको खेलमा नेपालले भुटानलाई एक सय १७ रनले पराजित गर्याे ।
युकेएम ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउदै एक सय ५० रन बनायो । नेपालले ६ रन हुँदा पहिलो विकेट गुमायो । दोस्रो विकेटका लागि अनिल शाह र प्रदिप ऐरी विच ६६ रनको साझेदारी हुँदा नेपालले खेलमा पकड बनायो । तर अनिल २७ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट ...
काठमाडौं - मलेसियामा जारी विश्वकप टी–२० छनोट क्रिकेटमा नेपालले आजको खेल भुटानसँग खेल्दैछ।
समूहमा लगातार तीन जित हात पार्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ।
आफ्नो तेस्रो खेलमा नेपालले (आइतबार) थाइल्यान्डलाई १ सय ४० रनले पराजित गर्दै जित निकालेको थियो। भुटानले भने प्रतियोगितामा अहिलेसम्म एक खेल मात्रै जितेको छ।
सात टोली सहभागी एसियाली समूह बि को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनौटका लागि छनोट हुने छन्।
...काठमाडौं - करण केसीको अलराउण्ड प्रदर्शनसँगै नेपालले टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले थाइल्याण्डमाथि फराकिलो जित निकालेको छ ।
वर्षाले प्रभावित खेलमा नेपालले थाइल्याण्डमाथि डीएल मेथडका आधारमा १४० रनको फराकिलो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
यसअघि मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।
नेपालका लागि करण केसीले इनिङ्स उकासे । उनले सर्वाधिक अविजित ४० रन बनाए । उनले १४ बलमा ४ छक्का र २ चौका ...
आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले थाइल्याण्डकाे साताैं विकेट लिएकाे छ ।
खेलकाे अाठाैं अाेभरकाे दाेस्राे, तेस्राे पाँचाैं बलमा सन्दीप लामिछानेले थाइल्याण्डका दुर्इ ब्याट्सम्यानलार्इ पेभेलियन फर्काए ।
यसअघि खेलकाे पहिलाे अाेभरकाे छैठाैं बलमा ललित राजभण्डारीले तथा दाेस्राे अाेभरकाे, दाेस्राे बल र चाैथाे अाेभरकाे दाेस्राे बलमा सन्दीप लामिछानेले दुर्इ विकेट लिएका थिए ।
त्यस्तै करन केसीले खेलकाे साताैं अाेभरकाे तेस्राे बलमा विकेट लिएका थिए ।
यसअघि थाइल्याण्डलाई नेपालले १७३ रनको चुनौती दिएको थियाे ।
यतिबेला थाइल्याण्ड ७ अाेभरकाे समाप्तिमा १७ रन बनाएर खेलिरहेकाे छ ।
...काठमाडौँ - आईसीसी टी–ट्वान्टी विश्वकप छनोंटमा थाइल्याण्डलाई नेपालले १७३ रनको चुनौती दिएको छ । मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको छ । अन्तिम ओभरमा नेपालका करन केसीले लगातार ३ छक्का प्रहार गरे पछि नेपालको इनिङ उकासेका थिए ।
ओपनिङमा आएका अनिल साह र विनोद भण्डारी तथा दीपेन्द्रसिंंह ऐरी सस्तैमा आउट भए । अनिल साह २५ रन बनाएर आउट हुँदा विनोद भण्डारी १५ रनमा पेभेलियन फर्किए ।
२८ रन बनाएका बेला विनोद भण्डारीलाई गुमाएको नेपालले ५४ रनको ...
काठमाडौं - मलेसियामा भइरहेको आइसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डसँग आज खेल्न लागेको हो।
यसअघि नेपालले शनिबार आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो भने त्यसअघि पहिलो खेलमा म्यानमारलाई पनि ८ विकेटले नै हराएको थियो।
क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार १२ः१५ बजे सुरू हुनेछ। थाइल्याण्ड नेपालको लागि नौलो प्रतिद्वन्द्वी समेत हो । महिला र उमेर समूहमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिसके पनि ...
काठमाडौं - साविक विजेता नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएको छ।
समूहगत चरणको अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी प्यालेस्टाइनसँग १-० गोलले पराजित भएपछि नेपाल समूहगत चरणबाटै घर फर्किएको हो।
आफ्नो पहिलो खेलमा ताजकिस्तानसँग २-० गोलले पराजित भएको नेपाल समूहमा अंकविहीन हुँदै घर फर्कियो।
शनिबार नेपाल र प्यालेस्टाइनले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ७०औं मिनेटमा प्यालेस्टाइनका खालिद सलिमले निर्णायक गोल गरे।
उनले आकर्षक हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो गोल खाएपछि प्यालेस्टाइनको पोस्टमा लगातार आक्रमण बुने पनि नेपालले गोल गर्न सकेन्।
बंगबन्धु गोल्डकपमा ...
काठमाडौं - नेपालले म्यानमारविरुद्धको सहज जितसँगै सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोटमा सुखद सुरुआत गरेको छ ।
नेपालले बुधबार भएको आफ्नो पहिलो खेलमा म्यानमारलाई आठ विकेटले पराजित गर्यो। नेपालले यो जितमा केही कीर्तिमान पनि बनाएको छ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा टस जिती पहिले ब्याटिङ गरेको म्यानमारलाई नेपालले १० ओभरमा २९ रनमै समेटेको थियो ।
जवाफमा नेपालले तीन ओभरमा दुई विकेट गुमाउँदै जित पक्का गरेको हो। अन्तर्राष्ट्रिय टीट्वेटी क्रिकेटमा नेपालले कुनै पनि टोलीलाई सबैभन्दा कम योगफलमा समेटेको ...
एजेन्सी - ब्राजिलका स्टार स्ट्राइकर नेइमारको कीर्तिमानी गोलले गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा शानदार जित निकालेको छ ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन नेइमारले ह्याट्रिक गरे भने एडिन्सन काभानी, एन्जल डी मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे । रेड स्टारका लागि मारिनले एक गोल फर्काए ।
पहिलो खेलमा लिभरपुलसँग पराजित भएको पिएसजीले समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा रेड स्टार बेलग्राडलाई ६-१ ले हराएको हो ।
नेइमारले ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि ...
एजेन्सी - जारी च्याम्पियन्स लिग फुटबलमा बुधबार राति भएको स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । लियोनल मेसीको कप्तानीमा रहेको बार्सिलोनाले इंग्लिस क्लब टोटनह्यामलाई ४-२ को हराउँदै विजयी भएको हो ।
समूह बी अन्तर्गतको खेलमा बार्सिलोनाले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई उसकै मैदानमा निराश पारेको हो । बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गरेको हो । टोटनह्यामले दोस्रो हाफमा दुई गोल फर्काए पनि हार टार्न सकेन ।
बार्सिलोनाका लागि दोस्रो मिनेटमा नै फिलिप कोन्टिन्होले गोल गर्दै सुरुवाति अग्रता दिलाए । २८ औं मिनेटमा इभान रेकिटिकले ...
काठमाडौं - यसै महिना आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि मंगलबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। प्रतियोगिता असोज १३ देखि २१ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ। महमद आसिफ शेखको कप्तानीमा घोषित नेपाली टोलीको उपकप्तानमा कमलसिंह ऐरी रहेका छन्।
घोषित टोलीमा रोहितकुमार पौडेल, रवि शाह, नन्दन यादव, रीत गौतम, पवन सर्राफ, रवीन्द्रजंग शाही र रसिद खानलाई समावेश गरिएको छ। यसैगरी भीम सार्की, तृतराज दास, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सूर्य तामाङले पनि टोलीमा स्थान पाएका छन्। नेपाली टोलीको ...
काठमाडौँ - नेपाली लेक स्पिनर सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने मौका पाएका छन् । उनले डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट खेल्ने मौका पाएका हुन् । नोभेम्बरमा यूएईको सारजाह क्रिकेट मैदानमा हुने टी टेन क्रिकेट प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ ।
सन्दीपको टिममा इयान मोर्गन कप्तान रहेका छन् भने क्रिस गेल, सोयव तनवीर, किरन पोलार्ड, पल स्टर्लिङ, दासुन संखा, जुनेद खान र टम कुरान पनि रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिइसकेको यस प्रतियोगिताको दोस्रो संकरण हो । पहिलो पटक ४ दिनमा सकिएको टी ...
एजेन्सी - विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष विभिन्न विधामा अवार्ड प्रदान गर्ने गर्छ । वर्ष २०१८ को अवार्ड समारोह सोमबार राति लण्डनमा भयो ।
यो वर्ष रोनाल्डो र मेस्सीको छाया तोड्दै व्यक्तिगत अवार्डमा लुका मोड्रिक अघि आए, उनी वर्षको उत्कृष्ट पुरुष फुटबलर बने । फिफाले यहि अवार्ड समारोहमा उत्कृष्ट टिमको पनि घोषणा गर्छ, जुन टिममा विभिन्न देश र क्लबका खेलाडी रहन्छ । यो टिमको नाम फिफा प्रो वर्ल्ड इलाभेन हो । यसमा यो वर्ष विश्वका दुई उत्कृष्ट फुटबलर क्रिष्टियानो रोनाल्डो र लियोन मेस्सी परेका ...
एजेन्सी - क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको एक दशक देखिको दबदबा तोडिएको छ । दबदबा तोडिएको वर्षको उत्कृष्ट फुटबलर अवार्डमा हो। गएको एक दशकदेखि रोनाल्डो वा मेस्सीले वर्षको उत्कृष्ट फुटबलरले पाउने बालोन डी’ ओर वा फिफा वर्ष खेलाडी अवार्ड पाउँदै आएका थिए । तर, यो पटक भने फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोड्रिकले जितेका छन् ।
यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोड्रिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका ...
ललितपुर - ओएसिस स्कुलको आयोजनामा उपत्यकाका बिद्यालय स्तरिय बास्केटबल प्रतियोगिताको फाइनलको उपाधि होप भ्याली स्कुलले उचालेको छ । प्रतिद्वन्दी विल्सन एकेडेमी मात्र ३ अंकको अन्तरले स्तब्ध हुन पुग्यो । होप भ्यालीले ५३ स्कोर गर्दा विल्सन एकेडेमीले ५० स्कोर गर्यो ।
ओएसिस स्कुलको कोर्टमा भएको प्रतियोगितामा होप भ्यालीले जित्दा हाइएस्ट स्कोर भने उपविजेता विल्सम एकेडेमीका पेम्बा लामाले गरे । त्यस्तै मोस्ट भ्यालुएबल प्लेयर होप भ्यालीका सिजन महत बन्न सफल भए । त्यस्तै, फेयर प्लेयर अवार्ड्स इरिक एकेडेमीले प्राप्त गर्यो ।
त्यस्तै, गर्ल्स समुह अन्तर्गत भएको फाइनल खेलमा एलआरआइलाइ ...
ललितपुर - ओएसिस स्कुलको आयोजनामा उपत्यकाका बिद्यालय स्तरिय बास्केटबल प्रतियोगितामा होप भ्याली र विल्सन एकेडेमी फाइनलमा पुगेका छन् । शुक्रवार भएको सेमीफाइनलको खेलमा होप भ्यालीले एलआरआइ, विल्सनले केआइएससीलाई हराउंदै फाइनलको यात्रा तय गरे ।
फाइनल खेल ओएसिस स्कुलकै कोर्टमा आइतवार हुनेछ ।
त्यस्तै, गर्ल्स समुह अन्तर्गत एलआरआइ र रातो बंगला बिच फाइनल भिडन्त हुने भएको छ । फाइनलमा पुग्न एलआरआइले विल्सन एकेडेमीलाई हरायो भने रातो बंगलाले ग्रामर स्कुललाई हरायो । गर्ल्स समुह बिचको फाइनल खेल पनि भोलि नै हुनेछ ।
...एजेन्सी - बुधबार पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले रातो कार्ड पाएपछि उनको चर्चा चुलिएको छ । उनले भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका थिए । अहिले रोनाल्डो इटालियन क्लब युभेन्ट्सबाट खेलि रहेका छन् ।
रातो कार्ड पाएपछि धेरै खेल समर्थकमा रोनाल्डोलाई के होला भन्ने खुलदुली भएको छ । यसैबीच, उनलाई एक खेलमा मात्र प्रतिबन्ध हुने सम्भावना बढेको छ ।
युरोपेली च्याम्पियन्स लिगअन्तर्गतको सो खेलमा रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेसन मुरिल्लोको कपाल तानेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै खेलको २९ औं मिनेटमा मैदान बाहिर पठाएका थिए ।
यो रोनाल्डोको फुटबल करियरको ११ औं ...
ललितपुर -ओएसिस स्कुलको आयोजनामा उपत्यकाका बिद्यालय स्तरिय बास्केटबल प्रतियोगिता, २०७५ को आजको चौथो यानेकि क्वार्टर फाइनलको खेलमा एलआरआइ, होप भ्याली, विल्सन र केआइएससी बिजयी हुँदै सेमीफाइनलको यात्रा तय गरेका छन् ।
आजको खेलबाट आयोजक टिम ओएसीस, रातो बंगला, radiant र नालादा स्कुल घर फर्किए । सेमीफाइनलको खेल भोलि हुनेछ ।
...ललितपुर -ओएसिस स्कुलको आयोजनामा उपत्यकाका बिद्यालय स्तरिय बास्केटबल प्रतियोगिता, २०७५ को आजको तेश्रो दिनको खेलमा ओएसिस टिम 'ए' ले नेपालयलाई ४८-३९ को अन्तरले हराएको छ । हरिश शाहीको एकल १६ स्कोरको मद्दतमा ओएसिसले नेपालयलाई हरायो ।
त्यस्तै विल्सनले क्याम्पियनलाइ र होप भ्यालीले नालादालाई हरायो । आज भएका जमाजम्मी ८ खेलका नतिजा यसप्रकार रहेका छन् ।
Nepalaya Education Foundation- 39 vs Oasis English School ‘A’- 48
Harish Shahi (16 pts)
Radiant School- 28 vs LRI- 39
Lujan Maharjan (16 pts)
Kamal High School- 41 vs Oasis English School ‘B’- 31
युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभुरपुलले पीएसजीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले अतिरिक्त समयमा गरेपछि इंग्लिस क्लब लिभरपुले फ्रेन्च क्लब पीएसजीलाई ३–२ ले पराजित गरेको हो ।
समूह सी अन्तर्गत भंएको खेलमा ड्यानिएल स्टुरिज र जेम्स मिलनरले गोल गर्दै लिभरपुललाई घरेलु मैदानमा २–० को अग्रता दिलाएका थिए ।
तर थोमस मुनिएर र किलियन एम्बाप्पेले गोल गरेपछि पीएसजी खेलमा पर्किएको थियो । खेल बराबरीमै अगाडि बढिरहेको बेला फिर्मिनोले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन् ।
यही समूहको ...
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले विजयी भएको छ । बार्सिलानोका स्टार खेलाडी लियोनल मेसीको ह्याट्रिकको मद्दतले पीएसभी ४–० गोल अन्तरले पराजित भएको हो । मेसीले मंगलबार रातिको खेलमा करियरकै ४८औं ह्याट्रिक गर्दा अर्को एक गोल डेम्बेलेले गरेका थिए ।
पहिलो हाफको ३१ आंै मिनेटमा फ्रीकिकमार्फत मेसीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा डेम्बेलेले गोल गर्र्दै बार्सालाई २–० को अवस्थामा पुुर्याएका थिए । इभान राकिटिकको पासमा ७७ औ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
बार्साका स्यामुयल उम्टी दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए पछि १० ...
युएईमा जारी एसिया कप प्रतियाेगितामा आज चिरपरिचित प्रतिद्वन्द्वि भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । खेल नेपाली समय अनुसार साँझ पाँच बजेर १५ मिनेटमा दुबईमा हुनेछ। राजनीतिक र अान्तिरक कारणले भारत र पाकिस्तान आइसिसि प्रतियोगितामा मात्र प्रतिस्पर्धा गर्ने गर्छन्। त्यसैले भारत र पाकिस्तान बीचकाे खेलमा सबैकाे चासाे पुग्छ ।
एसिया कपको शुरूवाती खेलमा जित निकाल्दै भारत र पाकिस्तानले राम्रो शुरूवात गरेका छन् । भारतले हिजो भएको हङकङ विरूद्धको अाफ्नाे पहिलो खेलमा २६ रनको जीत निकालेको छ भने पाकिस्तानले हङकङलार्इ ८ विकेटको फराकिलाे अन्तरले हराएकाे छ । दुवै ...
काठमाडौं - यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा आज १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।
कप्तान खड्का, आइसिसीका प्रतिनिधि अनिमूल इस्लाम र मुख्य प्रशिक्षक जगत टमाटा संलग्न छनोट समितिले १८ सदस्यीय टोली छनोट गरको हो । टोलीको उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।
नेपाली टोलीमा अनिलकुमार साह, वसन्त रेग्मी, ...
ललितपुर -ओएसिस स्कुलको आयोजनामा उपत्यकाका बिद्यालय स्तरिय बास्केटबल प्रतियोगिता, २०७५ को आजको दोश्रो दिनको खेलमा होप भ्याली स्कुलले कमल स्कुललाई ६०-४० को अन्तरले हराएको छ ।
त्यस्तै अर्को खेलमा Radiant ले Grammar स्कुललाई ४०-३५ को अन्तरले हराएको छ । क्याम्पियन स्कुल नेपालयसंग स्तब्ध भएको छ । आज भएका जम्मा ८ वटा खेलका नतिजा यसप्रकार रहेका छन् ।
Radiant (40) - Grammar (35)
Subash chettri - 17
Nalanda (28) - Oasis B (17)
Ramesh - 12 pts
L.R.I. (45) - Eris (25)
Dhiran 12 points
Oasis A (11) - Wilson ...
काठमाडौं - भारतमा भइरहेको यु-१९ चतुष्कोणीय एक-दिवसीय शृंखला अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले अफगानिस्तान सँग ७१ रनको पराजय व्यहोरेको छ ।
अफगानिस्तानले दिएको २४५ रन्को लक्ष पछ्याउने क्रममा नेपालका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालको ब्याटिङ स्क्वाडले ४५.१ ओभरमा १७३ रनमै चित्त बुझायो । नेपालको तर्फबाट आसिफ सेख र लोकेश बमले सर्वाधिक २५-२५ रनको योगदान गरे बाँकी ब्याट्सम्यानहरू सस्तैमा प्याभेलियन फर्किएका कारण नेपाललाई यो लक्ष पहाड जत्रै साबित भएको थियो ।
नेपालका तर्फबाट अन्य ब्याट्सम्यानमा अरुण ऐरी २४, पवन सर्राफ २३, सन्दीप ...
एजेन्सी - पोर्चुगलमा महिला फुटबलको दोस्रो डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा बेन्फिकाको महिला टिमले २८ गोल गरेको छ ।
दोस्रो डिभिजनको लिगमा डेब्यु गरेको बेन्फिका टिमले पोन्टे डी फेयरलेसलाई २८-० ले हराएको हो। बेन्फिकाले २८ गोल गर्दासम्म पोन्टेले एक गोल पनि फर्काउन सकेन ।
दोस्रो मिनेटबाट गोल गर्न सुरु गरेको बेन्फिकाले पहिलो हाफमा १६-० को अग्रता लियो । दोस्रो हाफमा थप १२ गोल भयो । बेन्फिकाका ९ खेलाडीले गोल गरे । बेन्फिकाले महिला टिम सन् २०१७ को अन्त्यतिर गठन गरेको हो । तर नयाँ टिम भएकाले ...
काठमाडौं - संयुक्त अरब एमिरेट्स (यूएई) भइरहेको एसिया कप क्रिकेटमा पूर्व विश्व च्याम्पियन श्रीलंका अफगानिस्तानसँग लज्जास्पद हार बेहोरेको छ । अफगानिस्तानसँग श्रीलंका ९१ रनले पराजित भएको हो । यो हारसँगै श्रीलंकाको एसिया कप यात्रामा समेत पूर्णबिराम लागेको छ।
समुह ‘बि’ अन्तर्गतको आफ्नो पहिलो खेलमा बंगलादेश बिरुद्ध १३७ रनको हार बेहोरेको श्रीलंका यो खेल जित्नै पर्ने दबावमा थियो । तर अफगानिस्तानसँगको हारपछि समूह चरणमा आफ्ना दूई खेलमै पराजित हुँदै श्रीलंका घर फर्किन बाध्य हुन पुग्यो।
सेख जायद मैदानमा टस जितेर ब्याटिंग गरेको अफगानिस्थानले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर ...
ललितपुर -ओएसिस स्कुलको आयोजनामा उपत्यकाका बिद्यालय स्तरिय बास्केटबल प्रतियोगिता, २०७५ सुरु भएको छ । ललितपुर ढोलाहिटीस्थित oasis स्कुलको प्रांगणमा असोज १ देखि सुरु भएको प्रतियोगिता असोज ७ गते सम्म चल्नेछ ।
खेलको आज पहिलो दिनमा ८ वटा प्रतिष्पर्धा भएका थिए । पहिलो खेलमा oasis स्कुल 'टिम ए' र क्याम्पियन एकेडेमी बीच प्रतिष्पर्धा भएको थियो । जसमा हरिश शाहीको सर्वाधिक स्कोर (२८) को मद्दतमा ओएसिसले क्याम्पियन एकेडेमीलाई हराएको थियो । त्यस्तै होप भ्याली स्कुलेले ओएसिस स्कुलको टिम 'बि' लाइ हराएको थियो । जितका लागि होप स्कुलका सिजन ...
असोज - गत संस्करणमा जस्तै यो पटक पनि युभेन्टसले इटालियन सिरी ए फुटबलमा शानदार प्रदर्शन गरिरहेको छ । लिग अन्तर्गत आइतबार रातिको खेलमा युभेन्टसले सासुओलोलाई २-१ ले हराउँदै सिजनको लगातार चौथो जित हात पार्यो ।
स्टार स्ट्राइकर रोनाल्डो क्लबमा आएपछि बढेको आशले यो खेलमा मूर्त रुप लियो, तीन खेलमा गोल गर्न नसकेका रोनाल्डोले यो खेलमा दुवै गोल गरे र टिमलाई जिताए ।
तर खेलको इन्जुरी समयको पनि अन्तिम तिरको समय युभेन्टसका लागि लाजको कारण बन्यो र माध्यम बने डुग्लस कोस्टा । उनी इन्जुरी समयको तेस्रो मिनेटमा सीधै ...
काठमाडौँ - एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि यूएईमा सुरु हुँदैछ । यस प्रतियोगितामा नेपाल छनोट चरणमा असफल भएको थियो ।
प्रतियोगितामा एसियाका पाँच टेष्ट मान्यता प्राप्त र छनोट चरणबाट सहभागी भएको हङकङसमेत गरी ६ टोलीको सहभागिता रहेको छ ।
आज यूएईको शारजाहँ क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ सवा पाँच बजेदेखि सुरु हुने समूह बी मा रहेका श्रीलंका र बंगलादेशबीचको खेलसँगै एसिया कपको सुरुआत हुनेछ ।
एसिया कपको समूह ए मा भारत, पाकिस्तान र हङकङ छन् भने समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।
दुवै समूहका विजेता र ...
बंगलादेशमा चलिरहेको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपालले माल्दिभ्सँग खेल्दैछ ।
खेल दिउँसो पौने चार बजे ढाकाको बंगबन्धु रंगशालामा सुरु हुनेछ । नेपाल बंगलादेशलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको हो । तर माल्दिभ्स भने श्रीलंकासँगको टसमा भाग्यमानी बन्दै १ अंक सहित सेमिफाइलनमा पुगेको टिम हो ।
नेपालका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबार ढाकामै भएको पत्रकार सम्मेलनमा माल्दिभ्स नेपाल भन्दा केहि बलियो देखिए पनि नेपालले हराउने बताउनुभएको छ । तर नेपालले अहिलेसम्म साफमा माल्दिभ्सलाई हराउन सकेको छैन ।
यी दुइ देश ६ पटक साफमा खेलेकोमा ४ खेलमा भाल्दिभ्स विजयी भएको ...
एजेन्सी - भारतविरुद्धको पाँचौ टेस्ट पनि १ सय १८ रनले जित्दै इंग्ल्याण्डले ४–१ ले सिरिज आफ्नो पक्षमा पारेको छ ।
पाँचौ टेस्टको अन्तिम खेल अगाडि नै सिरीज कब्जा गरेको इंग्ल्याण्डले अन्तिम टेस्ट पनि आफ्नो नाममा पार्न सफल भयो । ४ सय ६४ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि लोकेश राहुल र ऋषभ पन्तले संघर्ष गरे पनि उनीहरु आउट भएलगत्तै भारतको ब्याटिङ अर्डर ध्वस्त भएको थियो ।
ओपनर आएका लोकशले १४९ तथा ऋषभले ११४ रन बनाउँदै भारतलाई कम्तिमा बराबरी गराउने अपेक्षा गरिएको थियो । तर इंग्ल्याण्डका अदिल रसिदले ...
एजेन्सी - यूईएफए नेशन्स लिग ए को समूह डी अन्तर्गत स्पेनले विश्वकप उपविजेता क्रोएसियालाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
समूहको पहिलो खेलमा गएको शनिबार इंग्ल्याण्डलाई हराएको लुइस एनरिकेको टोली स्पेनले मंगलबार राति भएको खेलमा क्रोएसियाविरुद्ध फराकिलो अन्तरको जित निकालेको हो ।
युवा खेलाडीहरुको बाहुल्यता रहेको स्पेनिस टोली यस प्रतियोगितामा निक्कै उत्कृष्ट लयमा देखिएको छ । विश्वकपको अन्तिम १६ बाट माथि जान नसकेको स्पेलले प्रशिक्षक लुइस एनरिकेको आगमनसँगै असाधारण प्रदर्शन गरिरहेको छ ।
हालै युरोपका उत्कृष्ट खेलाडीको अवार्ड पाएका लुका मोड्रिच प्रेरित क्रोएसियाविरुद्ध स्पेनका ड्यानियल कार्भाजलको ...
काठमाडौं - भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निमन्त्रणामा चार टोली सम्मिलित एकदिवसीय शृंखला खेल्न नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली भारत पुगेको छ । नेपाली टोली सोमबार भारत गएको हो । बुधबारबाट सुरु हुने चार टोली सम्मिलित शृंखलामा भारतको राष्ट्रिय टोली र राष्ट्रिय क्रिकेट एकेडेमीको गरी दुईसहित नेपाल र अफगानिस्तानका यू—१९ राष्ट्रिय टोलीको सहभागिता रहेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा आगामी बुधबार राष्ट्रिय क्रिकेट एकेडेमीको यू-१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी नेपालले शुक्रबार भारतको यू-१९ राष्ट्रिय क्रिकेट टोली र आइतबार अफगानिस्तानको यू-१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ...
काठमाडौं - नेपाल साफ च्याम्पियनशिप फुटबलको सेमिफाइलनमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई दुई शूुन्यले हराउँदै नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
नेपाललाई जिताउन विमल घर्तिमगर र नवयुग श्रेष्ठले गोल गरे । ३३ आंै मिनेटमा विमलले प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपरको हातबाट फुत्किंदै गोल भएको थियो ।
खेलको ९० औं मिनेटमा नवयुगले अर्को गोल गरेका थिए । नेपालले अर्को समूहको उपविजेतासँग खेल्नेछ । अर्को समुहबाट कुन टीम विजेता र उपविजेता बन्ने भन्ने टुंगो लागिसकेको छैन ।
आजको पहिलो खेलमा भुटानलाई पाकिस्तानले हराएपछि ...
एजेन्सी - बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । यसअघिका दुबै खेलमा शत प्रतिशत नतिजा सहित बंगलादेश प्रतियोगीताको सेमिफाईनल नजिक रहेको छ ।
बराबरीको नतिजाले पनि उसलाई अघिल्लो चरणमा प्रबेश गराउनेछ । हारपछिपनि उसको संभावना कायमै रहन्छ । तर नेपालाई भने अघिल्लो चरणमा प्रबेश पाउन आयोजकबिरुद्धको खेल महत्वपुर्ण रहेको छ । यद्यपी आजै हुने पहिलो खेलमा भुटानले पाकिस्तानलाई हराए नेपाललाई फाईदा पुग्नेछ ।
ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समयानुसार साँझ पौने ७ बजे हुने खेलले समुह एबाट अन्तिम चारमा प्रबेश ...
ढाका - साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ए को नेपाल र भुटानबीचको खेलमा नेपाल ४–० ले विजयी भएको छ । नेपालका लागि निराजन खड्का, भरत खवास, सुनील बल र अनन्त तामाङले एक एक गोल गरे ।
खेलको ८७ औं मिनेटमा नेपालका लागि ८७ मिनेटमा चौथो गोल गरेका हुन् ।
उनले खेलको ७८ औं मिनेटमा नेपालका लागि निकै टाढाबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।
त्यसअघि नेपालका लागि भरत खवासले तेस्रो र सुनील बलले दोस्रो गोल गरेका थिए ।
बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा खेल शुरु भएको २१ औं ...
काठमाडौं - वेष्टइन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्गर्गत बुधबार बिहान भएको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध रहेको टिम विजयी भएको छ ।
उनको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सले बारबाडोस ट्रिडेन्सलाई २ विकेटले पराजित गर्दै शानदार जित निकालेको हो । आजको खेल जितेसँगै सन्दिपको टिम अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
टस जितेर फिल्डीङ रोजेको सन्दिपको टिमले २ बल अगावै खेल जितेको हो । यद्यपी अहिले सन्दिपले सीपीएल खेलिरहेका छैनन् ।
एसिया कप छनोटका लागि मलेसियामा रहेकाले उनी अहिले लिगमा छैनन् । मलेसियाबा सन्दिप ...
काठमाडौं - मलेसियामा जारी एसिया कप छनोट खेल अन्तर्गत अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । यो पराजयसँग नेपालको एसिया कप खेल्न सपना टुंगिएको छ ।
टस जितेर व्याटिङ रोजको नेपालले निकै कमजोर प्रदर्शन गर्यो । ३७।५ ओभरमा अलआउट हुँदै ९५ रनको मात्रै बनाउन सक्यो । नेपालका आरिफशेखले सर्वाधिक १८ रन बनाए ।
९६ रनको झिनो लक्ष्य पछ्याएको हङकङले ३२.३ ओभर ७ विकेटको क्षतिमा पुरा ग्यो ।
नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले २७ रन दिएर ५ विकेट लिएका हुन ...
काठमाडौँ - मलेसियामा जारी एसिया कप छनौटको आफ्नो अन्तिम खेलमा नेपाल आज हङकङसँग खेल्दैछ । फाइनल आस कायमै राख्न हङकङ विरूद्ध नेपाललाई फराकिलो जित आवश्यक पर्ने छ ।
अंक तालिकामा हङकङ चार खेल मध्ये २ मा जित र एक बराबरी सहित चौथो स्थानमा छ भने नेपाल २ मा जित र २ खेलमा हार सहित पाँचौ स्थानमा छ । सिंङापुर विरूद्धको जित पछि नेपालको फाइनल आस कायमै रहेको हो ।
हङकङ विरूद्धको पछिल्ला पाँच खेलमा नेपालाले सुखद नतिजा निकालेको छ । नेपालले चारमा जित र एक खेल बराबारी ...
एजेन्सी - बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सोसिडाड डिपोर्टिभा हुएस्कामाथि शानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले नव प्रवेशी क्लब हुएस्कामाथि ८-२ अन्तरले हरायो ।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन लियोनल मेसी र लुइस स्वारेजले २-२ गोल गरे। यस्तै ओसुमाने डेम्बेले, इभान राकीटिच र जोर्डी अल्बाले समान १-१ गोल गरेका थिए। बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो। हुएस्काका जोर्गे पुलिडोले आत्मघाती गोल गर्दा जुवान हर्नान्डेज र एलेक्स गाल्लरले १-१ गोल फर्काए। क्याम्पनाउमा बार्सिलोनाले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो।
दोस्रो हाफमा बार्सिलोना थप आक्रमक बन्यो। ...
काठमाडौ - एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरलाई ५ विकेटको फराकिलो अन्तरले हराएको छ । १ सय ५२ रनको लक्ष्य पाएको नेपालल २८ दशमलव १ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटाएको हो । क्वालालम्पुरको यूकेए ओभलमा भएको क्रिकेटमा नेपालाई जिताउन अनिलकुमार शाहले सर्बाधिक ४३ रन बनाए । ३२ बलको सामना गरेका शाहले २ छक्का र ५ चौका हानेका थिए । यस्तै यस्तै दिपेन्द्रसिंह ऐरिले ३३, उपकप्तान ज्ञानेन्द्र मल्लले २९ रन बनाए । सागर पुन र सुवास खकुरेलले समान १४ रन बनाउदा कप्तान पारस खड्का ११ ...
काठमाडौँ - मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल १७६ रनमा अल आउट भएपछि ७८ रनले पराजित हुन पुगेको हो ।
हिजोको खेलमा पनि ओमानविरुद्ध सात विकेटले पराजित भएको नेपाल राउन्ड रोविन लिगमा शीर्ष दुईमा परेर उपाधि भिडन्त गर्ने सम्भावना पनि कमजोर देखिएको छ ।
२५५ रन पछ्याउने क्रममा नेपालले शुरुआतदेखिनै राम्रो गर्न सकेन् ।खेलमा युएईका अहमद राजाले ४ तथा, मोहम्द नाभेदले ३ विकेट लिएका थिए ।
नेपालका ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा ...
काठमाडौं - मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धामा नेपालले अहिले संयुक्त अरब इमिरेट्स, युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । आज नेपाली लेग स्पिनर सन्दिप लामिछानेले शानदार प्रदर्शन गरेका छन् ।
उनले १० ओभर बलिङ गर्दै ४ विकेट लिएका छन् भने, मात्र २४ रन दिएका छन् । सन्दिपले २ ओभर मेडन फालेका छन् । युएईको अाठाै विकेट पतन भएकाे छ । युएईको सातौ र अाठाै विकेट सन्दिपले लिएका हुन् । यस्तै, नेपालका लागि सोमपाल कामीले एक, बसन्तले दुई विकेट लिएका छन् ।
...काठमाडौं - मलेसिया जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत नेपालविरुद्ध युएईले २५५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । उसले नौ विकेटको क्षतीमा नेपाललाई २५५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
युएइका लागि चिराग सुरीले सर्वाधिक ६३ रन बनाए । यस्तै, अदान मुफ्टी ५७, आश्फिक अहेमद ४५, रामीज शाहजाद ३५, मउम्द उस्मानले १३ रन बनाए । अन्य ब्याट्सम्यानले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
बलिङमा नेपालका लागि सन्दिपले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभर बलिङ गर्दै ४ विकेट लिए । यस्तै, बसन्त रेग्मी र सोमपाल कामीले ...
काठमाडौं - मलेसियामा जारी एशियन कप छनोट प्रतियोगितामा अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १०० रन पूरा गरेको छ ।
उसले ३२ ओभरमा ४ विकेटको क्षतीमा १०० रन पूरा गरेको हो । नेपालको ब्याटिङ आज पनि राम्रोसँग चल्न सकेको छैन । उसले महत्वपूर्ण चार विकेट गुमाइ सकेको छ ।
कप्तान पारस खड्का, उप-कप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल र दिपेन्द्र सिंह ऐरी आउट भइसकेका छन् । सुवास ४, पारस ८, ज्ञानेन्द्र ४५ र दिपेन्द्र ९ रनमा पवेलियन फर्किए । यो ...
काठमाडौं - इण्डोनेशियामा जारी १८ आँै एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ ।
इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो ।
यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–२६ ले गुमायो । त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो । नेपालले दोस्रो सेट २५–१६ ले जित्यो भने ...
काठमाडौँ - एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ ।
मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भैसकेका छन् । नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलमा विजय हासिल गरेको छ ।
सन् २००२ को एसिसी ट्रफीमा नेपालले ओमनलाई १०५ रनले पराजित गरेको थियो । सन् २०१० को एसिसी ट्रफी ...
क्यारेवियन प्रिमियर लिग सीपीएल अन्तर्गत नेपाली युवा बलर सन्दीप लामिछानेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले लिगमा लगातार तेस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सन्दीपले विकेट लिन नसके पनि उनको टोली सेन्ट प्याट्रियट्सले बार्बाडोज ट्रिडेन्टलाई ६ विकेटले पराजित गरेको हो । जारी सीपीएलमा यो सन्दीपको अन्तिम खेल हो ।
सोमबार उनी एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछन् । बार्बाडोजले दिएको १४८ रनको लक्ष्य सेन्ट किट्सले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा ग-यो । उसका लागि ब्राण्डन किङ्सले ६० रनको अर्धशतकीय ...
काठमाडौं - दुई नेपाली खेलाडी १८ औँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्स प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट बञ्चित भएका छन् ।
इण्डोनेसियामा जारी १८ औँ एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट बञ्चित भएका हुन् । नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएको बारे ध्यान नदिँदा उनीहरु खेल्नबाट बञ्चित भएका हुन् । महिला १० हजार मिटरतर्फ विश्वरुपा बुढा र पुरुष ४ सय मिटरतर्फ सोमबहादुर कुमाल प्रतिस्पर्धा गर्नबाट बञ्चित भएका हुन् ।
यसअघि एसियाली खेलकुदमा विश्वरुपाले १० हजार मिटर र पाँच हजार मिटरमा तथा सोमबहादुरले चार ...
काठमाडौँ - एसिया कप क्रिकेटको छनौटका लागि अभ्यास खेलमा रहेको नेपाललाई श्रीलंकाको कोल्ट्सले २१७ रनको लक्ष्य दिएको छ ।
टस हारेर बलिङ गरेको नेपालले कोल्ट्सलाई ४९।५ ओभरमा २१६ रनमा अल आउट गराएको हो ।
शुरुमा निकै दबाबमा राखेको नेपालले अन्तिममा भने केही लय गुमाउन पुगेको थियो । ४४ रनमा ४ विकेट गुमाएको कोल्ट्सका मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए ।
नेपालका सोमपाल कामीले ३ तथा करन केसी र सागर पुनले दुई-र्दुइ विकेट लिए भने ललितनारायण राजबंशीले एक विकेट हात पारे ।
२ जना ब्याट्सम्यान रन आउट भए । दुवै जनालाई ...
काठमाडाैं - क्रिकेट विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले शनिबार एक विज्ञप्ति जारी गर्दै ट्रफीको विश्व भ्रमण नेपालमा पनि गराउने जानकारी दिएको हो ।
२०१९ मा इंल्याण्ड र वेल्समा हुन लागेको क्रिकेट विश्वकपको ट्रफी नेपालमा २७ अक्टोबरमा दरबार स्वायर क्षेत्रमा राखिने आइसीसीले जनाएको छ । ट्रफी विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म सो क्षेत्रमा रहनेछ । समर्थकहरुले ट्रफी नियाल्न पाउनुका साथै ट्रफीसँग फोटो खिच्न समेत पाउने आइसीसीले जनाएको छ ।
यही सोमबारबाट आइसीसीको दुबर्इ स्थित हेडक्वार्टरबाट ट्रफीको विश्व भ्रमण सुरु हुनेछ ...
काठमाडौं - अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्दै छ । आज नेपालले टस हारेर अगाडी फिल्डीङको मौका पाएको छ । अहिले नेपाल श्रीलंकाको कोल्ट्स क्रिकेट क्लबसँग भिड्दै छ ।
लगातार दोस्रो जित निकालेको नेपाली टोली अन्तिम खेल पनि जित्ने लक्ष्यकासाथ मैदान उत्रिएको छ । सन् १८७१ मा स्थापना भएको कोल्ट्ससंग नेपालले उसैको मैदानमा खेल्न लागेको हो ।
आज नेपालको टिममा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, सुभास खकुरेल (विकेटकीपर), सागर पुन, सोमपाल कामी, करण केसी, रोहित पौडेल, दिपेन्द्र ...
एजेन्सी - भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पुनः टेष्ट बरियतामा ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा पुगेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टेष्ट ब्याट्सम्यानको वरियतामा कोहली ९३७ अंकसहित शीर्ष स्थानमा पुुगेका हुन्। कोहलीले अष्ट्रेलियाका पूर्वकप्तान स्टेभेन स्मिथलाई फेरि पछि पारेका हुन्।
इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्टमा उत्कृष्ट प्रदर्शन गरेपछि कोहली शीर्ष स्थानमा फर्किएका हुन्। नयाँ वरियताको दोस्रो स्थानमा रहेका स्मिथले ९२९ अंक पाएका छन्।
अरुको स्थान कस्तो ?
– विराट कोहली, भारत
-स्टिभ स्मिथ, अस्ट्रेलिया
-केन विलियम्सन, न्युजिल्याण्ड
-डेविड वार्नर, अस्ट्रेलिया
-जो रुट, इंग्ल्याण्ड
-चेतेश्वर पुजारा, भारत
-दिमुथ कारुनारात्ने, ...
काठमाडौं - अहिले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको झन चर्चा चुलिएको छ । इटालियन च्याम्पियन युभेन्टसमा अनुबन्ध भएपछि रोनाल्डोको चर्चा झन चुलिएको हो । रियल मड्रिडबाट उनलाई ११२ मिलियन युरो तिरेर ल्याएपछि युभेन्टसको फ्यान फलोइङ्ग पनि बढेको छ ।
३३ वर्षीय रोनाल्डोले सिरी ए को डेब्यु खेलमा गोल गर्न सकेनन् । तर उनले परम्परागत खेलमा भने गोल गरेका थिए । रोनाल्डोले आफ्नो प्रभाव सिरी ए मा पार्ने तयारी गरिरहेका छन् भने युभेन्टस फ्यानले उनीबाट धेरै आश गरिरहेका छन् ।
यसैबीच, रोनाल्डोले केही दिनअघि एउटा तस्बिर सेयर गरेका छन् ...
काठमाडौं - श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ । एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि भ्रमणमा रहेको टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग पानागोडा मैदानमा अभ्यास खेल खेल्नेछ ।
खेल नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि सुरु हुनेछ । खेल एकदिवसीय हुनेछ । श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ ।
एसिया कप छनोट ...
जकार्ता - इनर्जी अफ एसिया अर्थात् एसियाको शक्ति भन्ने सन्देश बोकेर १८ औं एसियाली खेलकुद शनिबार इन्डोनेसियाको राजधानी सहर जकार्तामा सुरु हुँदै छ । एसियाका ४५ राष्ट्रका १० हजार हाराहारीमा भाग लिने खेलाडीको आतिथ्यताका लागि इन्डोनेसियाले भरपूर शक्ति परिचालन गरेको छ ।
इन्डोनेसियाका राष्ट्रपति जोको विदोदो शुक्रबार एसियाली खेलकुदको टर्च रिलेमा सहभागी हुदै। जकार्तामा उद्घाटन र समापन हुने यस एसियाडको अर्को आयोजक सहर पालेम्बाङ पनि हो । ४५ खेल समावेश एसियाडको १० खेल उक्त सहरमा हुनेछन् ।
सन् १९६२ मा एसियाडको चौथो संस्करण आयोजना गरेको जकार्ताले दोस्रोपल्ट एसियाको कुम्भ खेलमेला आयोजना ...
काठमाडौं - वेस्टइन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली युवा खेलाडी सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सले १७९ रनको विजयी लक्ष्य पाएको छ । टस जितेर पहिलो फिल्डीङ रोजेको सन्दिपको टोलीले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतीमा १७९ रनको विजयी लक्ष्य पाएको हो ।
खेल आन्द्रे रसलको कप्तानीमा रहेको जमैका तलवाससँग खेल भइरहेको छ । जमैकाका लागि केनर लुइसले ४९, ग्लेन फिलीप्सले ४१, रोभम्यान पावेलले १८, रोस टेलरले ५१ र कप्तान आन्द्रे रसलले १० रन बनाए ।
प्याट्रियोट्सका लागि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले ...
काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेट संघको व्यवस्थापनमा आफ्नो आवश्यकता रहेको मंगलबार बताएका छन्।
एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिससँग सद्भावना दुतका रुपमा सम्झौता गर्ने क्रममा कप्तान खड्काले समर्थकसँगको अन्तरक्रियामा संघको नेतृत्वमा जाने आफ्नो चाहना रहेको र त्यो नेपाली क्रिकेटको आवश्यकता पनि भएको बताए।
‘क्रिकेट व्यवस्थापनमा जाने इच्छा छ । तर त्यसका लागि चुनावी प्रकृयाका विभिन्न चरण पार गर्नुपर्छ,’ लामो समयदेखि क्रिकेट टोलीको कप्तानी गरिरहेका खड्काले थपे, ‘यो मेरो चाहना पनि हो र नेपाली क्रिकेटको आवश्यकता पनि हो।’
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेदरल्यान्ड्सविरुद्ध नेपालले दुई खेलको ...
काठमाडौं - आउँदो भदौ १ गतेदेखि विश्वको चर्चित फुटबल लिग मध्ये स्पेनिस ला लिगा सुरु हुँदैछ । नेपालसहित भारतीय उपमहाद्विपमा ला लिगा फुटबल, त्यसका क्लब तथा खेलाडीका धेरै फ्यान छन् । तर नयाँ सिजन सुरु भएसँगै यो क्षेत्रका ला लिगाका पारखीले टेलिभिजनमा खेल हेर्न पाउने छैनन् ।
नेपालसहित भारतीय उपमहाद्विपका फुटबल फ्यानले अब ला लिगाका खेल टेलिभिजनमा होइन फेसबुक लाइभमा हेर्नु पर्नेछ । नेपालसहितका भारतीय उपमहाद्विपमा ३४८ मिलियन फेसबुक प्रयोगकर्ता छन् । भारतमा मात्रै यसको संख्या २७० मिलियन रहेको छ । फेसबुकमा यसअघि नै अमेरिकी दर्शकका ...
काठमाडौँ - भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ ।
खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली हो । पहिलो संस्करणको विजेता बङ्गलादेशले जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानमाथि गोलको वर्षा नै गरेको थियो । साउन २४ मा भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई १४ गोल गरेको थियो ।
अघिल्लो संस्करणको हारको बदला लिन पनि आज नेपालले पाकिस्तानसँगको खेल ...
काठमाडौं - नेपाली क्रिकेटमा लामो समयदेखि देखिएका विवाद अन्त्यका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले गठन गरेको अनुगमन समितिको बैठक बस्दैछ ।
सोमबार राजधानीको एक होटलमा दिउँसो साढे २ बजे बस्ने तय भएको बैठकमा निर्वाचन भएका जिल्लाहरुको वैधानिकता छानविन तथा नेपाली क्रिकेटको पछिल्लो प्रगतिबारे छलफल हुने समितिका एक सदस्यले बताए ।
नेपाली क्रिकेटको विवाद समाधानका लागि आइसीसीले आफ्ना तीन प्रतिनिधि तथा निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषद्बाट एकएक जना रहने गरी पाँच सदस्सीय समिति गठन गरेको थियो ।
समितिमा आइसीसी प्रतिनिधिको रुपमा महम्मद अली, अमर शेख र नितिश ...
एजेन्सी - बार्सिलोनाले स्पेनिस सुपर कप २०१८ को उपाधि जितेको छ । आइतबार राति मोरोक्कोमा भएको खेलमा सेभिल्लालाई २–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।
यस सिजनका लागि कप्तान तोकिएका मेसीले पहिलो खेलमा नै बार्सिलोनालाई उपाधि दिलाएका हुन् ।
खेलको ९ मिनेटमा पाब्लो साराबियाको गोलबाट सेभिल्लाले अग्रता बनाएको थियो । सुरुमा उनको गोललाई रेफ्रीले अफसाइड भन्दै मान्यता नदिए पनि भीआरमार्फत चेक गर्दा गोलको मान्यता पाएको थियो ।
बार्सिलोनाका लागि खेलको ४२ औं मिनेटमा जेरार्ड पिकेले बराबरी गोल गरे । ७८ औं मिनेटमा ओस्माने डेम्बेलेले गोल ...
काठमाडौं - फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले विजयी शुरुवात गरेको छ। लिगअन्तर्गत हिजो राती भएको खेलमा काइनमाथि ३-० को शानदार जित निकाल्दै पिएसजीले विजयी शुरुवात गरेको हो।
पिएसजीको जितमा नेइमार, एड्रियन राबिओट र टिमोथी वेहले गोल गरेका थिए। घरेलु मैदान पार्क डि प्रिन्सेसमा भएको खेलमा पिएसजीले नेइमारको गोलबाट अग्रता लिएको थियो।
यस्तै खेलको ३५ औं मिनेटमा एन्जल डि मारियाको पासमा एड्रियन रोबिओटले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए। खेल सकिन एक मिनेट बाँकी हुँदा नेइमारको स्थानमा मैदान छिरेका टिमोथी वेहले गोल गर्दै पिएसजीलाई ३-० ...
काठमाडौं - वेस्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड प्याट्रियट्स विजयी भएको छ । आज भएको आफ्नो दोस्रो खेलमा उसले ट्रङ्बागो नाइट राइडर्सलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो ।
नेपाली समयअनुसार आज विहान साढे पाँच बजे शुरु भएको खेलमा सन्दिप आवद्ध प्याट्रियट्सले टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको थियो । उसले निर्धारित २० आभेरमा ७ विकेटको क्षतीमा २०४ रनको विशाल स्कोर बनाएको थियो ।
टिमका लागि डेभोन थोमसले ५८, कार्लोसले ४१, कप्तान क्रीस गेलले ३५, बेन ...
काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सीपीएल) को पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स पराजित भएको छ । प्याट्रियट्स गुयना एमेजन वारियर्ससंग ६ विकेटले पराजित भएको हो ।
टस हारेर बलिङको मौका पाएको उसले १४७ रनको विजयी लक्ष्य पाएको थियो । वारियर्सले १२ बल अगावै उक्त लक्ष्य पूरा गर्यो । ४ विकेटको क्षतीमा उसले उक्त लक्ष्य पूरा गरेको हो । वारियर्सका लागि सिमरोन हिटमेरको उत्कृष्ट प्रदर्शन रह्यो । उनले नट आउट ७९ रन बनाए । बलिङमा प्याट्रियट्सका सन्दिप लामिछाने ...
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सक्रिय खेल जीवनपछि आफू क्रिकेट प्रशासनको नेतृत्व तहमा र परिस्थितिले साथ दिएमा राजनीतिमा पनि जानसक्ने बताएका छन्।
तर केही समय आफू खेलाडीकै रूपमा सक्रिय हुने उनले स्पष्ट पारेका छन्। नेपालको क्रिकेट प्रशासन चर्को राजनीतिबाट प्रभावित भएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बट प्रतिबन्धित भएको परिस्थितिमा पनि राष्ट्रिय टोली भने कायम छ। खड्काले नै त्यसको नेतृत्व गर्दै आएका छन्।
स्पष्ट वक्ताको रूपमा परिचित खड्का भन्छन्, ‘अब बन्ने सङ्घ वा बोर्डमा यस्ता मान्छे आउनु पर्यो जो क्रिकेटको विकासमा समर्पित होओस्। भोलिका दिनमा त्यो ...
भुटान - आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् ।
थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् ।
उक्त प्रतियोगिताको यो दोस्रो संस्करण हो । त्यस्तै श्रीलङ्काले भने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउदै छ । यसअघि बंगलादेशमा भएको पहिलो संस्करणको खेलमा भारत उपविजेता बनेको थियो । त्यतिबेलाको फाइनलखेलमा बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि भारत उपविजेतामा सीमित बनेको थियो ।
त्यस्तै समूह ...
काठमाडौं - नेपालको अण्डर १९ राष्ट्रिय क्रिकेट टोलीले भारतमा हुने एकदिवसीय क्रिकेट सिरिजको मौका पाएको छ । भारतमा हुने ४ टोलीबीचको ५० ओभरको खेलमा नेपालले पनि मौका पाएको हो । सो एकदिसीय खेल भारतीय क्रिकेट बोर्ड बीइसीसीको आयोजनामा भइरहेको हो ।
खेल कोलकतामा हुने छ । प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू-१९ टोलीले खेल्ने छन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू-१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो ।
युवा टोलीको क्षमता अभिवृद्धिका लागि भारतले प्रत्येक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ ...
काठमाडौं - स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोडेपछि उनको स्थानमा को आउन सक्ला भन्ने जिज्ञासाको विषय बनेको छ । फ्यानको इच्छालाई मध्यनजर गर्दै विभिन्न सर्वेक्षणसमेत भइसकेका छन् ।
समर्थकको सर्वेक्षणमा ह्यारी केनले रोनाल्डोको स्थान लिने देखिएको थियो । तर, अहिले रोनाल्डोको स्थानमा केन नभएर अर्कै खेलाडीले माैका पाउने भएका छन् । उनी हुन् ९ नम्बर जर्सी लगाउने २१ वर्षीय बोर्जा मायोरल ।
मड्रिडका प्रशिक्षक जुलियन लोपेतेगीले क्लबमा रोनाल्डोको ठाउँ बोर्जाले लिने बताएका हुन् । स्पेनिस सञ्चारमाध्यमले दाबी गरेका छन् । स्पेनिस प्रशासन एएसले पनि रोनाल्डोको ठाउँमा ...
एजेन्सी - बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसी इटालियन सिरी ‘ए’ फुटबल क्लब रोमामा अनुबन्ध हुने संकेत देखिएको छ । रोमाका अध्यक्ष जेम्स पाल्लोतले मेसीलाई अनुबन्धबारे बार्सिलोनासँग सल्लाह भइसकेको कुराकानी सार्वजनिक भएपछि मेसी रोमामा जाने संकेत देखिएको हो ।
मेसीलाई रोमामा अनुबन्ध गर्ने सम्बन्धमा स्पेनिस क्लब बार्सिलोनासँग कुराकानी भइसकेको रोमा अध्यक्ष पाल्लोताले नै खुलासा गरेका हुन् । युभेन्टसले रियल मड्रिडबाट रोनाल्डोलाई ल्याएपछि रोमाले उनको बलियो प्रतिस्पर्धीको खोजी गरेको छ । यसक्रममा बार्सिलोनासँग मेस्सीका बारेमा कुरा भएको रोमाका अध्यक्ष पाल्लोतले बताएका हुन् ।
युभेन्टस लगातार सात सिजनदेखि सिरी ‘ए’ ...
नेपालले नेदरल्याण्ड्स माथि अत्यन्तै रोमाञ्चक जित दर्ता गरेको छ ! नेपालले नेदरल्याण्ड्सलाई एक रनले हराएको हो । २१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका छन् ।
कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए ।
आठौं ...
एजेन्सी - अब बार्सिलोनाका कप्तान लियोनल मेसी हुने भएका छन् । बार्सिलोनाका नियमित कप्तान इनिएस्टा जापानिज क्लबमा गएपछि मेसी कप्तान भएका हुन् । बार्सिलोनाले प्रि-सिजन सकिए लगत्तै मेसीलाई कप्तानको जिम्मेवारी दिने बताइएको छ।
प्रि-सिजन टुरमा बार्सिलोनाले सर्जी रोबर्टो, राफिन्हा, ज्यास्पर सिलेसनलाई कप्तान बनाएको छ। मोरक्कोमा सेभियासँग हुने स्पेनिस सुपरकपको फाइनलअघि मेसीलाई उक्त जिम्मेवारी दिने तयारी क्लबले गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
मेसीपछि दोस्रो स्थानमा सर्जियो बुस्क्वेट तथा तेस्रो रोजाइमा डिफेन्डर जेरार्ड पिके छन्। इभान राकिटिक र जोर्डी आल्वाको समेत सम्भावना रहेको समाचारमा जनाइएको छ। लुइस स्वारेज ...
काठमाडौं - क्रोएसियाका स्टार फुटबलर लुका मोड्रिचको मूल्य एक अर्ब अमेरिकी डलर रहेको विषय अहिले चर्चामा आएको छ । रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मोड्रिचको मूल्य एक अर्ब अमेरिकी डलर भएको घोषणा गरेपछि अहिले यो विषयले चर्चा पाएको हो ।
यो मूल्य रोनाल्डोको भन्दा साढे सात गुणा बढी हो । रोनाल्डो ११६ मिलियन अमेरिकी डलरमा इटालियन क्लब युभेन्टसमा आबद्ध भएका थिए । रोनाल्डोको रिक्त स्थान पूर्ति गर्नका लागि रियल मड्रिडलाई यो सिजन केही समस्या पर्न सक्ने अनुमान फुटबल विश्लेषकहरुको छ ।
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल ...
एजेन्सी - नेदल्याण्ड्स विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोलीलाई २१७ रनको लक्ष्य दिएको छ । सोमपाल कामीको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपालले ४८.५ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल तयार परेको हो ।
आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए । सोमपाल बाहेक नेपालका लागि कप्तान पारस खड्काले पनि ५१ रनको अर्धशतकीय योगदान दिएका थिए ।
टस जितेर ब्याटिङ रोजेको नेपालले पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाउँदै आउट भएका थिए । ...
काठमाडौँ - नेपालका अलराउण्डर सोमपाल कामी आउट भएका छन् । आठाैँ नम्बरमा ब्याटिङमा आएका सोमपालले आज उत्कृष्ट प्रदर्शन गरे ।
४६ बलमा ६१ रन बनाएका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरे । अब नेपालको एक विकेट मात्रै बाँकी छ । अहिले सन्दीप लामिछाने र ललित भण्डारी क्रिजमा छन् ।
नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले २ सय रन पूरा गरेको छ । पहिला ब्याटिङ गरिरहेको नेपालले ४४.३ ओभरमा २ सय रन पूरा गरेको हो ।
लगातार विकेट खसेका बेला आठौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामीले पारि सम्हालेका ...
काठमाडौँ - नेपालका अलराउण्डर सोमपाल कामीले पहिलो एकदिवसीय क्रिकेटमा अर्धशतक बनाएका छन् ।
लगातार नेपालका ब्याट्सम्यानहरु आउट भइरहेका बेला आठौ नम्बरमा मैदान आएका सोमपालले ३८ बल खेलेर ५१ रन बनाउँदै अर्धसतक बनाएका हुन् ।
उनले चार चौका र तीन छक्का पनि प्रहार गरेका छन् । उनको प्रदर्शनसँग नेपालले नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा सम्मानजनक स्कोर बनाउन सफल भयो ।
यसअघि कप्तान पारस खड्काले अर्धसतकिय पारी खेल्दै ५१ रन बनाएका थिए ।
...काठमाडौं -आफ्नो ऐतिहासिक एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपाल शुक्रबार नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै छ। पहिलो खेल गुमाइसकेको अवस्थामा यो खेलले नेपालका लागि एकदिवसीय खेलको पहिलो जित हात पार्ने र जारी शृंखला जोगाउने अवसर जुराइदिएको छ।
शुक्रबारको खेलमा नजिता आफ्नो पक्षमा पार्न सकेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट मान्यताप्राप्त एकदिवसीय खेलमा नेपालले पहिलो जित मात्रै हात पार्नेछैन, नेदरल्यान्ड्सविरुद्ध जारी दुई खेलको शृंखला १-१ को बराबरीमा टुंग्याउनेछ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको २२ वर्षपछि पहिलोपटक एकदिवसीय क्रिकेट खेल्ने अवसर प्राप्त गरेको नेपालका लागि यो ठूलो उपलब्धि बन्नेछ।
नेपाल ...
काठमाडौँ - श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । यो जितसँगै पाँच एकदिवसीय श्रृङ्खलामा अफ्रिकाले २–० को अग्रता पनि लिएको छ ।
बुधबार राति टस जिति पहिला ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य अफ्रिकाले ४२.५ ओभरमा मात्र ६ विकेट गुमाएर भेट्टायो ।
दक्षिण अफ्रिकालाई जिताउन क्वीनटन डी कक ८७, फापडु प्लेसीस ४९ र हासिम आमलाले ४३ रन बनाएका थिए । श्रीलंकाका अकिला धनन्जयले ३ विकेट लिए ।
श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २४४ रन ...
काठमाडौँ - नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ५५ रनले पराजित भएको छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा समेटिएको छ ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट सुरुवात गराएका थिए । तर २१ रनको व्यक्तिगत स्कोरमा अनिल साह आउट भएपछि नेपालको पारी धरमराउन शुरु भएको थियो । दीपेन्द्र सिंह ऐरीले पारी सम्हाल्न खोजे पनि उनी ३३ रनमा पेभेलियन फर्किएका थिए । त्यसैगरी कप्तान पारस खड्काले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने उनको चल्न सकेन । उनी १२ रनमा आउट भए ...
काठमाडौँ - पहिलो एक दिवसीय क्रिकेटमा नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ । टस जिति पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४७.४ ओभरमा अल आउट हुँदै १८९ मात्र बनाउन सक्याे।
घरेलु टोली नेदरल्याण्ड्सलाई कम स्कोरमा रोक्न नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका कप्तान पारस खड्काले आफ्नो १० ओभरको स्पेलमा २६ रन खर्च गरेर सर्वाधिक ४ विकेट लिए ।
नेपालले आजको इनिङमा ६ जना बलर लगायो । पारसले बेन कुपर, वेज्ली वारेसी, मिचेल रिपोन तथा सेन स्नेटरलाई आउट गरेका थिए । पारस पछि आजको खेलमा २ विकेट लिने ...
काठमाडौं - नेपालले आफ्नो पहिलो एक दिवसीय खेलको रूपमा बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । यद्यपि खेलको नतिजा आउनुअघि नै नेपाली क्रिकेटले आफ्नो अन्तर्राष्ट्रिय यात्रामा एउटा नयाँ कोशेढुंगा पार गर्ने पक्का छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको २२ वर्षपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को मान्यतामा आफ्नो पहिलो एक दिवसीय खेल खेल्न लागेको हो । त्यसैले ऐतिहासिक मानिएको यो खेल नेपालका लागि निकै महŒवपूर्ण बनेको छ ।
नेपालले गत मार्चमा जिम्बाब्वेमा सम्पन्न एक दिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलोपटक एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो । त्यसपछि यसै ...
म्याड्रिड - टोलीका प्रभावशाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि अहिले रियल म्याड्रिड रोनाल्डोको स्थान परिपूर्ति गर्ने खेलाडीको खोजीमा छ । विश्वकपलगत्तै रोनाल्डो रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्टसमा अनुबन्ध भए पनि रियललाई क्रिस्टियानो रोनाल्डोको अभाव टड्कारो खड्किने अड्कलबाजी गरिएको छ । तर, रियलका प्रशिक्षक जुलेन लापेटेग्वीले रोनाल्डोको स्थान गारेथ बेलले लिने बताएका छन् ।
विश्वकपअघि बेलले रियल छाड्ने चर्चा चले पनि टोलीका प्रशिक्षक जिनेदिन जिदान र रोनाल्डोले क्लब छाडेपछि बेल रियलमै बस्न खुसी देखिएका थिए । जुलेन पनि रोनाल्डोको स्थान ओगट्ने खेलाडी अरू नभएकोले बेलप्रति आशावादी ...
काठमाडौं - बेलायतको लर्ड्स क्रिकेट मैदानमा आयोजित त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता भएका छन् ।
नेपाल र नेदरल्याण्डले आयोजक मेरेलीबोन क्रिकेट क्लब (एमसीसी)लाई हराएका थिए । तर नेपाल र नेदरल्याण्डबीचको निर्णायक खेल भने वर्षाले रद्ध भएपछि दुवैलाई संयुक्त विजेता घोषणा गरिएको हो ।
लर्डसमा टस हारेर पहिले व्याटिङ शुरु गरेको नेदरल्याण्डले १६ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा १६४ रन बनाउँदा पानी पर्न थालेको थियो । लगातार वर्षा भइरहेपछि अम्पायरले खेल रद्ध गरिदिए र दुवै टिमलाई संयुक्त विजेता घोषणा गरे ।
नेदरल्याण्ड्सका वेस्ले बेरेसीले सर्वाधिक ...
काठमाडौं - नेपालले आइतबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)माथि ९ विकेटको जित दर्ता गरेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत आइतबार भएको खेल वर्षाका कारण ६ ओभरमा झारिएको थियो।
टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा चार विकेटको क्षतिमा ४० रन बनाएको थियो। ४१ रनको चुनौती पछ्याउने क्रममा नेपालले १ विकेटको क्षतिमा ४.४ ओभरमा ४१ रन बनाएको हो।
नेपालका लागि सुुवास खकुरेलले नट आउट १६ रन बनाए भने ज्ञानेन्द्र मल्ल नट आउट १२ रनमा रहे। ९ रनमा आउट भएका नेपालका ओपनर अनिल साहले ९ बलको सामना गर्दै दुई चौका ...
काठमाडौं - युरोप टुरमा रहेको नेपालले आइतबार नेदरल्याण्ड र मेलबर्न क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट खेल्दै छ । क्रिकेटको जन्मभूमि मानिने इंल्याण्डको मानिने लर्ड्स मैदानमा नेपालले पहिलो खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे एमसीसीसँग खेल्ने छ । त्यसपछि दोस्रो खेल नेदरल्याण्डसँग साढे १० बजे खेल्ने छ। त्यसअघि दिउँसो ३ बजे नेदरल्याण्ड र एमसीसीबीच खेल हुनेछ ।
आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लागेको यो पहिलोपटक हो । नेपाल र नेदरल्याण्डबीचको यो मैत्रीपूर्ण खेललाई आईसीसीले अन्तर्राष्ट्रिय टी–२० को मान्यता दिएको छ । नेपालले ...
काठमाडौं - फ्रान्सका बेन्जामिन पाभार्डको गोल विश्वकपको सर्वोत्कृष्ट गोल घोषित भएको छ ।अर्जेन्टिनाविरुद्धको खेलमा उनले गरेको गोल सर्वोत्कृष्ट बनेको हो । फुटबल फ्यानहरुले पाभार्डको उक्त गोललाई ३० लाख भोट दिएका हुन् । २ नम्बर जर्सीका डिफेन्डर पाभार्डले खेलको ५७औं मिनेटमा पोस्टको माथिल्लो भागमा गोल गरेका थिए ।
अर्जेन्टिनासँग २–१ ले पछि परेको अवस्थामा उनको गोलले बराबरी दिलाएर फाइनल पु¥याउँदै उपाधि जित्ने हैसियतसम्म पुर्याइदियो । उनको गोललाई फिफाको वेवसाइटमा ३० लाखको भोट आएको थियो ।
पाभार्ड भन्छन्
यसबारे मैले सोचेकै थिइन । एक गोलले पछि परेको अवस्थामा टिमका ...
काठमाडौ - यूरोप भम्रणको पहिलो अभ्यास खेलमा नेपालले लन्डनको स्थानिय हैम्पशायर होग्स क्रिकेट क्लबमाथि उत्कृष्ट खेल प्रद्रशन गर्दै सानदार जित हात पारेको छ। शनिबार राति भएको खेलमा नेपालले हैम्पशायर होग्सलार्इ २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेपालले दिएको ३ सय ६३ रनको लक्ष्य पछ्याएको होंग्सले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय १९ रनमात्रै बनाउन सक्यो।
कप्तान पारसले डेढ सय रनको उत्कृष्ट पारी खेलेपछि मजबुद स्कोर बनाएको नेपाललार्इ पाँच विकेटसहित उत्कृष्ट स्पेल गर्दै ललितले सानदार जित दिलाएका थिए। ललितले १० ...
काठमाडौं - ब्राजिलका स्टार स्ट्राइकर नेइमारले आफू यो सिजन फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) मै रहने स्पष्ट पारेका छन्। इएसपिएन ब्राजिलका अनुसार नेइमार पिएसजीमै बसेर धेरै उपाधि जित्न चाहेकाले उनी अन्त कतै नजाने भएका हुन् ।
स्पेनिस क्लब रियल मड्रिडले नेइमारलाई ठूलो रकम तिर्न तयार रहेको खबर आइरहेको बेला नेइमारले आफू पिएसजीमै रहने स्पष्ट पारेका हुन् । उनी अघिल्लो सिजन कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका थिए ।
नेइमारले आफू लिग वान च्याम्पियन पिएसजीबाटै अरु धेरै ट्रफी जित्न चाहेको इएसपिएनलाई दिएको अन्तर्वार्तामा भनेका छन् । आफू ...
काठमाडौं - अर्जेन्टिनाका स्टार नियोनल मेसी र ब्राजिलका नेइमारलाई पछि पार्दै पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले वर्ष २०१८ को उत्कृष्ट पुरूष फुटबल खेलाडीको उपाधि जित्न सफल भएका छन् ।
हालै रियल मड्रिडबाट युभेन्ट्स गएका रोनाल्डोले स्पोर्ट्स अनलाइन सोनी इएसपीएनले यो वर्षको सर्वोत्कृष्ट पुरूष खेलाडी घोषणा गर्दै ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ को उपाधि जितेका हुन् ।
यस्तै महिलातर्फको अवार्ड अष्ट्रेलियाकी समानथा केरले जितिन्। चीन यात्रामा रहेका रोनाल्डो अवार्ड कार्यक्रम सहभागी थिएनन्। गत सिजन स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले गत ...
काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीले करिब तीन साताको अवधिमा दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ। नेपाली टोलीले यही २९ तारिख इङ्ल्यान्डको लर्ड्स मैदानमा मेरिलेवन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्स सहभागी हुने त्रिकोणात्मक टीट्वेन्टी शृंखला खेल्नेछ। त्यसपछि अगस्टको १ र ३ तारिखमा नेदरल्यान्ड्सविरुद्ध उसकै मैदानमा आफ्नो पहिलो एकदिवसीय शृंखला खेल्दै छ।
सोही दुई महत्वपूर्ण खेलका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेको नेपाली टोलीले दुवै प्रतियोगितामा राम्रो नतिजा निकाल्ने योजना बनाएको छ। टोलीका खेलाडी तथा प्रशिक्षक आफ्नो योजनामा विश्वस्त पनि देखिएका छन्। टोलीका कप्तान पारस खड्काले आफ्ना ...
काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीका चर्चित बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।
नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानुअघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् ।
नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी–२० सिरिज खेल्नेछ । लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ ।
शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ । तर, ...
उपाधि विजेता फ्रान्सका खेलाडीलाई राजधानी पेरिसमा भब्य स्वागत गरिँदै । तस्बिर : एपी/रासस
पेरिस - रुसमा आइतबार सम्पन्न २१औं विश्वकप जितेको फ्रान्स र उपविजेता बनेको क्रोएसियाका खेलाडीले घरमा भव्य स्वागत पाएका छन् । सोमबार घर फर्किएका फ्रान्स र क्रोएसिया दुवै टोलीलाई लाखौं समर्थकले भव्य स्वागत गरेका हुन् । फाइनलमा क्रोएसियालाई ४–२ गोलले हराउँदै फ्रान्सले उपाधि चुमेको थियो । सन् १९९८ मा पहिलो पटक उपाधि जितेको फ्रान्सले समग्रमा दोस्रो उपाधि भित्र्याउँदा पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया भने उपविजेतामै सीमित बनेको थियो ।
फ्रान्सेली टोली सोमबार राजधानी पेरिसस्थित ...
काठमाडौं - विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।
अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकलगायतका अति उच्च व्यक्तित्वको सहभागिता रहेको थियो ।
निर्धारित समय सकिएलगत्तै जब रेफ्रीले सिठ्ठी फुके, मैदानबाहिर रहेका फ्रान्सेली फुटबलका खेलाडी, प्रशिक्षक र टिम ...
मस्को - फ्रान्सले उपाधि जितेसँगै २१औं संस्करणको विश्वकप पनि सकिएको छ। प्रतियोगितामा व्यक्तिगत विधातर्फका विजेताको पनि टुंगो लागिसकेको छ। तर, एउटा विधाको टुंगो लाग्न अझै बाँकी छ र त्यसका लागि अझै महिना दिन कुर्नु पर्नेछ।
फिफाले प्रतियोगितामा भएकामध्ये उत्कृष्ट एक गोललाई छानेर पुरस्कृत गर्ने गर्छ। त्यो उत्कृष्ट गोल विश्वभरका फुटबल समर्थकको मतमार्फत छानिन्छ। त्यसका लागि फिफाले प्रतियोगिताको पूरा अवधिभर भएकामध्ये १८ उत्कृष्ट गोललाई छनोट गरेको छ। अब फुटबल समर्थकले ती १८ गोलमध्ये आफूलाई मन परेको गोललाई फिफाको आधिकारिक वेबसाइट फिफाडटकम वा फिफाको एप्स प्रयोग गरेर मत ...
ब्युनस एयर - अर्जेन्टिनी टोली रुसमा सम्पन्न २१औं विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलबाट बाहिरिएपछि निकै आलोचित बनेका प्रशिक्षक जोर्गे साम्पाओली अन्ततः पद छाड्न तयार भएका छन्। अर्जेन्टिनी फुटबल संघसँग लामो समय छलफल गरेपछि प्रशिक्षक साम्पाओली पद छाड्न तयार भएका हुन्। अर्जेन्टिनी फुटबल संघले पनि समाचारको पुष्टि गरेको छ।
बल्लतल्ल छनोट चरण पार गर्दै रुस यात्रा तय गरेको अर्जेन्टिनाले विश्वकपमा भने अत्यन्तै निराशाजनक प्रदर्शन गरेको थियो। समूहगत चरणको आफ्नो पहिलो खेलमै नवप्रवेशी आइसल्यान्डसँग १—१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिनालाई दोस्रो खेलमा क्रोएसियाले ३—० गोलले हराएको थियो। समूहगत चरणको तेस्रो ...
एजेन्सी - विश्वकप जितेको खुशीको क्षणलाई कहिल्यै विर्षन सक्दिन। सुरुवातमा विश्वकप जितिएला जस्तो लागेको थिएन। तर, हामीले मिहिनेत गर्दै गयौं। हरेक खेलमा सुधार गर्यौं। अन्तिममा नसोचेको उपलब्धि हात पारेका छौं। यस उपलब्धिले हामीलाई अझै केही गर्ने हौसला थपेको छ।
विश्वकपको उपाधिसँगै युवा खेलाडीको पुरस्कार पाउँदा म अझै खुशी भएको छु। विश्वकप खेल्न पाउनु नै मेरा लागि ठूलो अवसर थियो। टोलीका लागि चार गोल गर्नु मेरो अर्को उपलब्धि भयो। मैले टोलीका लागि सकेको खेलें। हरेक खेलमा हामीले एकबद्ध भएर खेल्दा उपलब्धि हात पारेका हौं।
मेरो खेल जीवन भर्खर ...
मस्को - प्रत्येक पटक विश्वकपको उपाधि जितेपछि टोलीहरूले आफ्नो जर्सीमा एउटा तारा थप्ने गर्छन्। राष्ट्रिय टोलीको जर्सीमा आफ्नो फुटबल संघको लोगोमाथि जतिवटा तारा देखिन्छ, त्यो देशले सम्बन्धित प्रतियोगिताबाट त्यति नै उपाधि जितेको संकेत गर्छ। त्यसैले जर्सीमा तारा थप्नु खेलाडी वा तिनका समर्थकका लागि पनि खुसीको कुरा हो। आइतबार सम्पन्न विश्वकपमा उपाधि जितेपछि फ्रान्सको जर्सीमा पनि एउटा अर्को तारा थपिने भएको छ।
सन् १९९८ र सन् २०१८ मा गरी दुई विश्वकप जितेको फ्रान्सले अब आफ्नो जर्सीमा दुईवटा तारा राख्ने छ। आगामी दिनमा फ्रान्सले त्यही दुई तारा भएको ...
मस्को - रुसमा भएको २१ औं संस्करण विश्वकप फुटबल सम्पन्न भएको छ । आइतबार राति फ्रान्स र क्रोएसियाबीचको फाइनल खेलसँगै विश्वकप सम्पन्न भएको हो । अब फुटबलको महाकुम्भ २०२२ मा कतारमा हुने छ ।
यो पटकको विश्वकपमा विभिन्न ऐतिहासिक किर्तीमान कायम भएका छन् । नयाँ प्रविधि प्रयोगबाट सञ्चालन भएको प्रतियोगिता सम्झनलायक बनेको छ । योभन्दा पहिलो बन्न नसकेका थुप्रै रेकर्ड कायम भएका छन् । सम्पन्न विश्वकपमा २९ पटक पेनाल्टी प्रहार भयो । यो विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री, भिएआर प्रयोग पनि भयो ।
२१औं विश्वकपमा अरु ...
मस्को - रुसमा २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएसियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो ।
यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा सुपरस्टार केलियन एम्बाप्पेले शानदार प्रदर्शन गरे । उनले विश्वकपको उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाए ।
विशेष गरी अर्जेन्टिनालाई पराजित गर्ने क्रममा शानदार दुई गोल गरेका एमबाप्पेले फाइनलमा क्रोएसियाविरुद्ध पनि एक गोल गरेका छन् । विश्वकप फाइनलमा गोल गर्ने उनी पेलेपछिका किशोर खेलाडी बनेका छन् । पेलेले सन् १९५८ को ...
मस्को - बिश्वकपको उपाधि फ्रान्सले जित्दा फाइनल प्रतिद्वन्दी क्रोसियाका क्याप्टेन लुका मोड्रिजले गोल्डेन बल पाएका छन् । त्यस्तै फ्रेन्च स्टार किलियन एम्बाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका छन् । इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट प्राप्त गरेका छन् । बेल्जियमका गोल किपर थिबोउट कोउटियसले गोल्डेन ग्लोब पाएका छन् भने स्पेनले फेयर प्लेयर अवार्ड जितेको छ ।
...मस्को - २१ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ। रूसको लुज्निकी रंगशालमा आइतबार राति सम्पन्न खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्सले उपाधि उचालेको हो।
योसँगै फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको छ। पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ।
फ्रान्सको जितमा एन्टोनीयो ग्रिजम्यान, पाउल पोग्बा र किलियन एम बाप्पेले एक–एक गोल गर्दा अर्को एक गोल क्रोएसियाका मारियो मान्डुकिचले आत्माघाति गरेका थिए।
पराजित क्रोएसियाका लागि भने इभान पेरेसिच र मारियो मान्डुकिचले गोल गरेपनि टोलीको हार टार्न सकेनन्।
...एजेन्सी - २० वर्षको अन्तरमा तेस्रो पटक विश्वकपको फाइनल पुगेर दोस्रो उपाधि जितेको फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले अर्को कीर्तिमान रचेका छन् ।
आज भएको फाइनलमा क्रोएसियालाई हराएसँगै उनी खेलाडी र प्रशिक्षक दुवैको भूमिकामा गोल गर्ने तेस्रो व्यक्ति बनेका छन् ।
सबै राम्रा खेलाडी राम्रा प्रशिक्षक बन्न सक्दैनन् भनिन्छ । तर, त्यस उक्तिमा उनी अपबाद बनेका छन् ।
सन् १९९८ मा घरमै भएको विश्वकपको ट्रफी डेसच्याम्पले उचालेका थिए । डिफेन्सिभ मिडफिल्डका उच्चस्तरीय खेलाडी डेसच्याम्प अहिले प्रशिक्षकका रुपमा फ्रान्सलाई दोस्रो विश्वकप उपाधि दिलाउन सफल भएका छन् ।
४९ वर्षीय डेसच्याम्प सन् ...
मस्को - विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीचको अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ । यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका रूपमा उभ्याउने मौका पाउनेछन् ।
२१ औं विश्वकपको उपाधिको मुखमा रहेका फ्रान्स र क्रोएसिया दुवैको लक्ष्य अहिले उपाधि छ । फ्रान्स आफूलाई क्रोएसियाभन्दा बलियो रहेको दाबी गरिरहेको छ । यस्तै बलिया टोलीलाई धुलो चटाउँदै फाइनलमा स्थान बनाएको क्रोएसियाले पनि आफू उपाधिको वास्तविक हकदार ठानिरहेको छ ।
फ्रान्सले ...
काठमाडौँ - यो विश्वकपमा उत्कृष्ट सुरुवात गर्दै सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको बेल्जियमले तेस्रो स्थान पक्का गरेको छ । सेन्ट पिटसवर्ग स्टेडियममा शनिबार राति भएको खेलमा इङ्ल्यान्डलाई २–० ले पराजित गर्दै बेल्जियमले तेस्रो स्थानसहित विश्वकपको सुखद अन्त्य गरेको हो ।
सेन्ट पिटस्वर्ग स्टेडियममा भएको खेलमभा बेल्जियमका लागि खेलको ८२ औँ मिनेटमा केभिन डे ब्रुनको पासमा एडिन हाजार्डले गोल गरेपछि बेल्जियमले तेस्रो स्थान पक्का गरेको हो ।
ब्रुन र हाजार्डको उत्कृष्ट तालमेलमा बेल्जिमयले जारी विश्वकपमा तेस्रो स्थान करिब पक्का गरेको हो । यसअघि खेलको चौथो मिनेटमा नाकेर चाड्लीको पासमा ...
काठमाडौं - रुसमा जारी विश्वकप फुटल अन्तर्गत आज तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड खेल्ने भएका छन् । यी दुवै टिमको लक्ष्य हुने छ विश्वकपको तेस्रो हुँदै सुखत अन्त्य गर्ने । समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १-० ले विजयी भएको थियो।
२८ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको इंग्ल्याण्डको ५२ वर्षपछि फाइनल यात्रा तय गर्ने सपना क्रोएसियाले चकनाचुर पारेको थियो। क्रोएसिया विरुद्धको दोश्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डले खेलमा अग्रता बनाएपनि क्रोएसियाको उत्कृष्ट पुनरागमनमा इंग्ल्याण्ड २-१ ...
मस्को - क्रोएसिया पूर्व विश्वकप विजेता इंग्ल्याण्डलाई हराउँदै पहिलो पटक रुसमा जारी विश्वकप फुटबलको फाइलनमा पुगेको छ । गएराती भएको खेलमा इग्ल्याण्डलाई २-१ ले हराउँदै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । क्रोएसियाको जितमा मारियो मान्जुकिचले अतिरिक्त समयमा निर्णायक गोल गरे। अब आइतवार ८:४५ बजे विश्वकप उपाधिका लागि क्रोएसिया फ्रान्ससंग खेल्नेछ ।
१०९ औं मिनेटमा मान्जुकिचले गरेको गोलमा क्रोएसियाले एेतिहासिक सफलता हात पारेको हो। क्रोएसियाले आईतबार उपाधिका लागि पुर्व विजेता फ्रान्ससँग खेल्ने छ। सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएयता क्रोएसिया यसअघि सेमिफाइनलसम्म पुगेको थियो। क्रोएसिया अन्तिमपटक ...
एजेन्सी - मस्कोमा सम्पन्न सेमिफाइनल अन्तर्गत थप गरिएको समय इङ्ग्ल्यान्डलाई हराएपछि क्रोएशिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ। खेलको पाँचौ मिनेटमा गोल गरेको इङ्ग्ल्यान्डले १ घण्टा भन्दा लामो समयसम्म अग्रता लिएको थियो। त्यसपछि खेललाई बराबरीमा पुर्याएको क्रोएशियाले निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयमा गोल गर्दै १ का विरुद्ध २ गोलले इङ्ग्ल्यान्डलाई हराएको हो। अब क्रोएशियाले आइतवार हुने फाइनलमा फ्रान्सको सामना गर्नेछ।
क्रोएशियाका प्रशंसकहरूले आफ्नो देश विश्वकपको फाइनलमा प्रवेश गरेसँगै ठूला सहरहरूका गल्ली र चोकहरूमा झण्डा फहराएर खुशीयाली मनाएका छन्। इङ्ग्ल्यान्डले अब तेस्रो वा चौथो स्थानका ...
मस्को - रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज फाइनल प्रवेशका लागि पूर्वविजेता इंग्ल्याण्ड र क्रोएसिया भिड्दै छन् । दुवै टिमले विश्वकप सेमिफाइनलको तीतो विगत भुल्दै फाइनल पुग्ने चाहना राखेका छन् । आज यी दुईबीचको विजेताले उपाधि भिडन्तमा फ्रान्सको सामना गर्नुपर्ने छ । खेल नेपाली समयअनुसार राती पौने १२ बजे हुने छ ।
इङ्ल्यान्डले १९९० मा इटालीमा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो । तर अन्तिम ४ मा पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएपछि १९६६ पछि पहिलो उपाधि जित्ने इङ्ल्यान्डको सपना चकनाचूर भएको थियो । त्यसपछिका विश्वकप ...
काठमाडौं - चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो अब इटालियन क्लब युभेन्टसबाट खेल्ने भएका छन् । रियल मड्रिडलाई १०० मिलियन पाउण्ड तिरेपछि उनले अब इटालियन क्लबबाट खेल्ने भएका हुन् ।
योसँगै रोनाल्डो र युभेन्टसबीच चार वर्षे सम्झौता समेत हुने भएको छ। रोनाल्डोलाई भेट्न इटालियन क्लब युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेली अजि ग्रिस पुगेका थिए। रोनाल्डो र क्लबबीच ग्रिसमै आज अन्तिम सम्झौता हुनेछ।
यसअघि रोनाल्डो भित्र्याउन सिरी ए च्याम्पियन युभेन्टसले रियललाई गत साता ८८ मिलियन पाउण्डको प्रस्ताब गरेको थियो। समाचार अनुसार रोनाल्डोले युभेन्टससँग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी ...
काठमाडौ - बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स रसियामा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश भएको छ । मंगलबार मध्यराति भएको खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको हो । फ्रान्सलाई जिताउने क्रममा ५१ औँ मिनेटमा सामुअल उगटिटिले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
बेल्जियमले जवाफी गोल फर्काउन असफल भएपछि फ्रान्सले फाइनल यात्रा तय गर्न सफल भयो । अब फा्रनसले इंल्याण्ड र क्रोएसियाबीचको विजेतासँग फाइनल भिडन्त गर्नेछ । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप ...
काठमाडौं - नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग आगामी साउनमा खेल्ने भएको छ । साउन १६ र १८ गते नेपालले नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा खेल नेदरल्याण्ड क्रिकेट बोर्डले पुष्टी परेको छ।
केही समयअघि जिम्बाबेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिताबाट नेपालले पहिलो पटक एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।
त्यसअघि इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ ( साउन १३) मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच त्रिकोणात्मक टी–२० शृङ्खला हुने छ । त्यसपछि नेपालले नेदरल्यान्ड्स गएर दुई वटा एक दिवसीय खेल खेल्ने बताइएको छ ...
मस्को - रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आजदेखि सेमिफाइनलका खेल हुँदै छन् । सेमिफाइनलको पहिलो खेल पूर्वविश्वकप विजेता फ्रान्स र बेल्जियम भिड्ने छन् । खेल नेपाली समय अनुसार राती पौने १२ बजे हुने छ ।
विश्वकमा यसअघि यी दुई टिमबीच दुई पटक भिडन्त भइसकेको छ । जसमा दुवै खेलमा फ्रान्स विजयी भएको थियो । अन्तर्राष्ट्रिय खेलको कुरा गर्दा अन्तिम पटक ३ वर्षपहिले दुवैं टिम भिडेका थिए । २०१५ मा भएको खेलमा बेल्जियमले फ्रान्सलाई ४-३ ले हराएको थियो ।
फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन ...
काठमाडौं - अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले झण्डै दुई हप्तादेखि थाइल्याण्डको एउटा गुफामा फसेका बालकहरुको फुटबल टिमलाई विश्वकपको फाइनल खेल हेर्न आमन्त्रण गरेका छन् ।
इन्फान्टिनोले विश्वकप फुटबल २०१८ को फाइनलभन्दा अगाडि नै बालकहरु र फुटबल प्रशिक्षकको उद्धार भैसक्ने आशा गर्दै निम्तो पठाएका हुन् । फिफा अध्यक्षले १५ जुलाईमा मस्कोमा हुने फाइनल खेलमा गुफामा फसेका ‘वाइल्ड बोअर्स’ टिमका खेलाडी उपस्थित हुने आशा व्यक्त गरेका छन् ।
थाइल्याण्ड फुटबल संघलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘हामी आशावादी छौं कि उनीहरुले छिट्टै नै परिवारलाई भेट्ने छन् ...
मस्को - एउटा भावनात्मक क्वार्टरफाइनल खेलमा क्रोएसियासँग पेनाल्टीमा पराजित भएपछि आयोजक रुसको विश्वकप यात्रा समाप्त भएको छ। क्वार्टरफाइनलमा पराजित भए पनि विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै खेलाडीहरूको प्रशंसा भइरहेको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनले उनीहरूलाई ‘राष्ट्रनायक’ भनेका छन्।
एउटा सेमिफाइनलमा अब क्रोएसियाले इङ्ग्ल्याण्डसँग र अर्कोमा फ्रान्सले बेल्जियमसँग खेल्नेछ।
विश्वकपमा सहभागी भइरहँदा रुस सहभागी टोलीमध्ये फुटबल वरीयताको पुछारमा थियो।
उनीहरूबाट खासै ठूलो अपेक्षा राखिएको पनि थिएन।
तर फुटबलका महाशक्ति राष्ट्रहरू जर्मनी, ब्राजिल र स्पेनभन्दा लामो अवधि रुस यस विश्वकपमा टिकेको थिए।
निर्णायक पेनाल्टीमा १ सय १५ मिनेटमा टाउकोमार्फत गोल गरेर ...
मस्को - रुसमा जारी फिफा विश्वकप अन्तरगत शनिबार राति भएको क्वाटरफाइनलको खेलमा पेनाल्टी सुटआउटमा रुसलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समय र अतिरिक्त समयमा पनि २–२ को बराबरी भएपछि आयोजक रुसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्रोएसियाले बाजी मारेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता रुसले लिएको थियो । मिड फिल्डर डेनिस चेरिसेभले ३१ औं मिनेटमा गोल गरेको थिए । रुसको अग्रता भने ८ मिनेटभन्दा बढी टिक्न पाएन । ३९ औं मिनेटमा क्रोएसियाका लागि आन्द्रज क्रामारिकले बराबरी गोल गरे त्यसपछि ९० ...
काठमाडौं -स्वीडेनलाई २–० ले हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डलाई अन्तिम ४ मा पुर्याउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र ५९ औं मिनेटमा डेल अलीले गोल गरे । कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका हुन् । इंल्याण्ड पछिल्ले २८ वर्षपछि सेमिफाइनल प्रवेश गरेको हो । पहिलो हाफ १–० ले अग्रता लिएको इंग्ल्याण्डका लागि डेल अलीले गोल गर्दै अग्रता दोब्बर पारे । जेसस लिंगाडको क्रसमा उनले हेडमार्फत बललाई जाली चुमाए ।
इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले स्वीडेनको ३ वटा ...
मस्को - अघिल्लो खेलमा घाइते भएका उरुग्वेका अनुभवी स्ट्राइकर एडिन्सन काभानीले फ्रान्सविरुद्घको क्वार्टरफाइनल खेल खेल्न सक्ने वा नसक्ने अझै अन्योलमा रहेको उरुग्वेले जनाएको छ । पोर्चुगलविरुद्घको प्रिक्वार्टरफाइनल खेलका क्रममा ३१ वर्षीय काभानीको पिँडुलामा समस्या देखिएको थियो । उक्त खेलमा विजयी हुँदै दुई पटकको विश्वकप विजेता उरुग्वे क्वार्टरफाइनलमा पुगेको थियो ।
काभानीको उपचारमा संलग्न चिकित्सकले उनको पिँडुला निकै सुन्निएको बताएका छन् । मांसपेशी नच्यातिए पनि पिँडुला अझै सुन्निएकाले क्वार्टरफाइनल खेलमा उनको सहभागिता अन्योलमै रहेको समाचारमा जनाइएको छ । उरुग्वेले आगामी शुक्रबार फ्रान्ससँग क्वार्टरफाइनल खेल खेल्ने कार्यक्रम छ ...
काठमाडौँ - रुसमा जारी विश्वकप २०१८ मा आज शुक्रवारदेखि क्वाटरफाइनलका खेलहरु हुँदैछन् । आज उरुग्वे विरुद्ध फ्रान्स साँझ पौने ८ बजे र ब्राजिल विरुद्ध बेल्जियम राति पौने १२ बजे भिड्दैछन् ।
उरुग्वे विरुद्ध फ्रान्स
सन् १९५० पछि विश्व च्याम्पिएन बन्ने दौडमा रहेको उरुग्वे र सन् १९९८ को विश्वविजेता फ्रान्सले आज रुसको निज्नी नोभगोरोड रङ्गशालामा आआफ्नो सामथ्र्य प्रदर्शन गर्नेछन्। दुवै टोली अपराजित रहँदै विश्वकपको क्वाटरफाइनलमा पुगेका हुन् ।
समूह चरण अन्तर्गत खेलेका तीनवटै खेलमा उरुग्वे विजयी भएको थियो भने पोर्चुगललाई शीर्ष १६ अन्तर्गतको खेलमा २–१ ले पराजित गर्दै ...
काठमाडौ - रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा प्रिक्वार्टर फाइनलका खेलहरू सकिएका छन्। मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। इंग्ल्याण्ड टाइब्रेकरमा कोलम्बियालाई हराएर क्वार्टर फाइनल पुगेको हो भने स्विडेनले स्विट्जरल्याण्डलाई १–० ले हराएको थियो।
क्वार्टर फाइनलका खेलहरू शुक्रबारदेखि सुरू हुनेछन् । शुक्रबार पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ।
यसैगरी सोही दिन नै दोस्रो खेल पाँच पटकको विश्वविजेता ब्राजिल र बेल्जियमबीच हुँदैछ। प्रिक्वार्टर फाइनलमा ब्राजिलले मेक्सिकोलाई हराएको थियो भने बेल्जियमले ...
काठमाडौ - रसियामा जारी विश्वकप फुटबलमा इंल्याण्ड क्वाटर फाइनलमा प्रवेश गरेको छ । इंल्याण्ड कोलम्बियालाई ४–३ गोल अन्तरले हराउँदै क्याटरफाइनलमा प्रवेश गरेको हो । निर्धरित खेलमा १–१ गोलको बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा इंल्याण्डले कोलंबियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको हो ।
पहिरो हाफको खेल बराबरिमा रोकिएपनि खेलको दोस्रो हाफमा ह्यारी कानेले ५७ नौ मनिेटमा पेनाल्टीमार्फत गोल गर्दै इंल्याण्डलाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयमा कोलम्बियाका लागि यारी मिनाले बराबरी गोल फर्काए । त्यसपछि थपिएको अतिरिक्त समयमा दुबै टिमबाट गोल हुन नसकेपछि भएको पेनाल्टीमा इंल्याण्डले ...
काठमाडौं - फिफा विश्व कप २०१८ को नकआउट चरणको आजको खेलमा स्वीडेनले १–० को अन्तरले स्विट्जरल्याण्डलाई पराजित गरेको छ ।
स्वीडेनका एमिल पार्सवर्गले ६६ अाैं मिनेटमा फ्रि किक मार्फत गोल गरेका थिए । स्वीडेनले सामुहिक रुपमा राम्रो प्रदर्शन गरेको थियो । उसले ग्रुपमा जर्मनीसँग हार्नु परेको थियो ।
स्वीडेनले १२ पटकसम्म गोल लगाउने प्रयास गरेको थियो भने स्वीट्जरल्याण्डले १८ पटकसम्म गोल गर्ने अवसर पाएको थियो । खेल अवधीभरमा स्वीडेनका एक खेलाडीले पहेँलो कार्ड पाएका थिए भने स्वीट्जरल्याण्डका दुई खेलाडीले पहेँलो कार्ड र एकले रातो कार्ड पाएका थिए ...
एजेन्सी - दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै बेल्जियम रुसमा जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एशियाली प्रतिस्पर्धी जापानलाई बेल्जियमले ३ – २ गोलले हराएको हो । दुई गोल उसका सब्सिच्युड खेलाडीले गरे ।
रसियाको रोस्तोभ एरिना रंगशालामा भएको खेलमा कुनै समय बेल्जियमले आफ्नो पकड गुमाइसकेको थियो । तर, उसले शानदार पुनरागमन गर्न सफल भयो । खेलमा पाँचै गोल दोस्रो हाफमा सम्भव भयो ।
विश्वकपको नकआउट चरणमा दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै खेल जित्ने बेल्जियम दोस्रो टोली बनेको छ । यसअघि सन् १९७० मा पश्चिम ...
काठमाडौं - विश्वकप फुटबलकाे प्रि क्वाटरफाइनलमा मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेकाे हो ।
रुसको सामारा एरिनामा उत्तर अमेरिकी प्रतिस्पर्धी मेक्सिकोलाई हराउने क्रममा उसका सुपरस्टार नेइमारले गोल गरे । नेइमारले जारी विश्वकपमा दोस्रो गोल गरेका हुन् भने समग्रमा यो उनको छैटौं गोल हो ।
नेइमारले खेलको ५१औं मिनेटमा विलियनको क्रसमा गोल गरेका हुन् । मेक्सिकन किपर ओचाओ बिट भइसकेको अवस्थामा विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमारले गोल लाइन नजिकैबाट ...
एजेन्सी - स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् ।
२०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका ३४ वर्षीय इजिस्टा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । टाइब्रेकरमा पहिलो पेनाल्टी हानेका उनले गोल गरे । तर, कोके र आसपासको पेनाल्टी रसियन गोलरक्षकले रोक्दै स्पेनलाई घर पठाए ।
खेलपछि इनिस्टाले भनेका छन्, ‘यो वास्तविकता हो कि राष्ट्रिय टिमबाट यो मेरो अन्तिम खेल हो ।’
इनिस्टाले २००६ मा राष्ट्रिय टिममा डेब्यू ...
एजेन्सी - विश्वकप फुटबलको सेमिफाइनल प्रवेशका लागि रसिया र क्रोएसिया खेल्ने भएका छन् । आइतबार रातिका आ–आफ्ना खेल जित्दै दुवै देशले क्वार्टरफाइनलको भेट पक्का गरेका हुन् ।
आइतबारको दोस्रो खेलमा क्रोएसियाले डेनमार्कलाई ३–२ ले हराएको हो । नाटकीय रहेको पेनाल्टी सुटआउटमा क्रोएसियालाई क्वार्टरफाइनल पुर्याउन गोलकिपर डेनियल सुबेसिचले उत्कृष्ट प्रदर्शन गरे । उनले पाँच मध्ये तीन पेनाल्टी बचाएका थिए । चार जनाले पेनाल्टी प्रहार गर्दासम्म २–२ गोलको स्थितिमा रहेको खेलमा क्रोएसियाका ईभान राकिटिचले गोल गर्दै क्रोएसियालाई विजयी गराए ।
खेलको अतिरिक्त समयको अन्तिम समयमा क्रोएसियाले पेनाल्टी पाए पनि ...
एजेन्सी - पूर्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै आयोजक रुस इतिहासमै पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
रुसको केन्द्रीय रंगशाला लुज्निकीमा ८१ हजार घरेलु दर्शकसामू रुसले पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले स्पेनलाई हराएको हो । नियमित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा स्पेनका कोके र इयागो आसपासको प्रहार रुसी गोलरक्षक इगर अकिनफिभले रोकेका थिए ।
स्पेनका लागि आन्द्रेस इनिएष्टा, सर्जियो रामोस र पिकेले गोल गरेका थिए भने रुसका लागि फ्योदोर स्मोलोभ, सेर्जेई ...
मस्को - रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज हुने पहिलो खेलमा पाँच पटकको विजेता ब्राजिल र मेक्सिको भिड्ने छन् । ब्राजिल र मेक्सिकोबीचको खेल सामरा एरिना रंगशालामा साँझ पौने ८ बजे सुरु हुनेछ ।
समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा स्ट्जिरल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोष्टा रिकालाई २(० ले तथा अन्तिम खेलमा सर्वियालाई २(० ले हराएको थियो ।
धेरैको चाँसो रहेको कुरा केछ भने आज ब्राजिल जित्ला कि नजित्ला रु यो प्रश्न धेरैलाई किन ...
मस्को - रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज (आइतबार) पनि नकआउट चरणका दुई महत्वपूर्ण खेल हुँदैछन् । क्वाटरफाइनल प्रवेशका लागि आयोजक रुसले स्पेन तथा क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछन् ।
आइतबारको पहिलो खेलमा बेलुका पौने ८ बजे मस्कोमा आयोजक रुस र स्पेनबिचको खेल हुनेछ । स्पेन समूह बी को विजेता तथा रुस समूह ए को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् । पहिलो खेलमा साउदी अरेबियालाई ५-० तथा दोस्रो खेलमा इजिप्टलाई ३-१ ले हराएको रुस तेस्रो खेलमा उरुग्वेसँग ३-० ले पराजित भएको थियो ।
यस्तै पहिलो ...
मस्को - जारी विश्वकप फुटबलबाट बाहिरिएसँगै अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले अबदेखि आफू अर्जेन्टिनाको फ्यान मात्रै रहने बताएका छन् ।
३४ वर्षे मास्चरोनोले राष्ट्रिय टिमबाट १४५ औं पटक फ्रान्सविरुद्ध खेले । सो खेलमा ४-३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना प्रिक्वाटर फाइनलबाटै बाहिरियो ।
बीबीसीकाअनुसार शनिबारको खेलपछि मास्चेरोनाले डिपोर्ट टिभीसँग भनेका छन्, ‘व्यक्तिगत रुपमा मेरा लागि अब सबै पूरा भयो । अबदेखि म मात्रै थप भएको अर्जेन्टिनाको फ्यान हुँ ।’ २००३ मा सिनियर करिअर सुरु गरेका मास्चेरानोले लगातार चौथो पटक ...
रूस - संघर्षपूर्ण खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। अर्जेन्टिना भने प्रतियोगिताबाट बाहिरिएको छ।
रुसको कजान एरिना रंगशालामा शनिबार सम्पन्न प्रि क्वाटरफाइनलको पहिलो खेलमा किलियन एमबाप्पेले २ तथा एन्टोनियो ग्रिजम्यान र बेन्जामिन पाभर्डले १–१ गोल गरेपछि अर्जेन्टिनालाई फ्रान्सलाई ४–३ ले स्तब्ध बनाएको हो।
अर्जेन्टिनाका लागि एन्जल डि मारिया, गाब्रियल मेरकाडो र सर्जियो अगुइरोले गोल गरेपछि टोलीलाई क्वाटरफाइनलमा लान सकेनन्। फ्रान्सका लागि १३ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै ...
काठमाडाैं - पोर्चुगललाई पराजित गर्दै उरुग्वे क्वार्टरफाइनल प्रवेस गरेको छ।
रुसको फिस्ट रङ्गशाला सोचीमा शनिबार सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई दुई एक गोलले पराजित गरेको हो। उरुग्वेको जितमा एडिन्सन काभानी नायक रहे। काभानीले खेलको ७ औं र ६२ औं मिनेटमा गोल गरे।
पहिलो हाफको खेलमा काभानीको गोल मार्फत एक शुन्यको अग्रता बनाएको उरुग्वे दोश्रो हाफको ५५ औं मिनेटमा बराबरी गोल खान पुगेको थियो। पहिलो हाफमा लुइस स्वारेजको पासलाई सदुपयोग गर्दै हेडिङ् मार्फत काभानीले गोल गरेका थिए। दोश्रो हाफमा बराबरी गोल ...
काठमाडौं - स्वीडेन र मेक्सिको विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । बुधबार भएको समूह एफको खेलमा मेक्सिकोलाई ३-० ले हराउँदै स्वीडेन समूह विजेता हुँदै नकआउट चरणमा प्रवेश गर्यो भने यसअघिका २ खेल जितेको मेक्सिको उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो ।
पहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनका लुडविग अगुस्टिन्सनले ५० औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ६२ औं मिनेटमा एन्ड्रेस ग्रानभिस्टले गोल गरे ।
त्यसपछि ७४ औं मिनेटमा मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि स्वीडेन ३- ० ले पराजित भयो । जर्मनी ...
काठमाडौं - रुसमा जारी फिफा विश्वकपको समूह 'र्इ' अन्तरगत बुधबार रातिको खेलमा सर्बियामाथि सहज जित हात पार्दै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ । सर्बिलाई २–० ले हराउँदै ब्राजिल समूह विजेता बन्दै प्रिक्वाटर फाइलनमा स्थान सुरक्षित गर्न सफल भएको हो ।
ब्राजिलको जितका लागि मिडफिल्डर कोउटिन्होले ३६ औं मिनेटमान गोल गरे भने थिएगो सिल्भाले ६८ औं मिनेटमा गोल गरे । खेलमा ब्राजिलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्दै निरन्तर आक्रमण गरेको थियो ।
स्विट्जरल्याण्ड उपविजेता
समूह 'र्इ' कै अर्काे खेलमा स्विट्जरल्याण्डले कोस्टारिका सँग २–२ को ...
एजेन्सी - रसिया विश्वकपको समूह चरणका खेल सकिने चरणमा छन् । समूह एचको अन्तिम खेलसँगै समूह चरणका ३२ खेल समाप्त हुनेछन् । अनि सुरु हुनेछ, नकआउट चरणको रोमाञ्चकता । खेलमा गोलपछि खेलाडी रमाउने र गोल खाएका विपक्षी निराश हुनु खेलको एक हिस्सा नै हो ।
पछिल्लो विश्वकपमा खेलाडीले गोल गरेपछि आफूलाई अन्तर्राष्ट्रिय मिडियासामु तान्न फरक रूपले खुसी मनाइरहेका छन् । नाम चलेका खेलाडीले पनि यस्तै गरिरहेका छन् ।
उनीहरूको खुसी मनाउने शैलीको पछाडि अनेक रहस्य लुकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । श्रीमती गर्भवती भएकोदेखि राजनीतिक सन्देश दिने ...
एजेन्सी - गत मंगलबार (असार ५ गते) रुसको सारान्स्कस्थित मोर्डोभिया एरिना रंगशालामा विश्वकप फुटबलको समूह ‘एच’को पहिलो खेलमा कोलम्बिया र जापानबीच भेट भयो । खेलको सुरुवातीमै जापानले आक्रमण ग-यो । जापानका सिन्जी काबागाले खेलको तेस्रो मिनेटमै कोलम्बियाली गोलपोस्टमाथि धावा बोले । उनले लगभग गोल हुनेगरी गरेको प्रहारलाई कार्लोस सान्चेजले रोक्ने क्रममा अञ्जानवश उनको हात अघि स-यो । उनले हातले बल रोके ।
कोलम्बियन समर्थकले आफ्नो टोलीले जापानलाई सजिलै हराउने अनुमान गरेका थिए । तर, त्यस्तो भएन । हारको सबै दोष सान्चेजलाई दिइएको छ । सामाजिक सञ्जालमार्फत उनलाई ज्यान लिने धम्की दिइएको छ । उनको सुरक्षा ...
काठमाडौं - मंगलबार राति भएको विश्वकप फुटबलको खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि दुबै टिम नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह विजेता फ्रान्सले दुई खेलमा जित र एउटामा बराबरी गर्दै ७ अंक जोड्यो भने डेनमार्कले एक खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ५ अंक जोड्यो । समूह सी बाट फ्रान्स समूह विजेता र डेनमार्क उपविजेता हुँदै अन्तिम १६ मा पुगेका हुन् ।
यसै समूहमा रहेका अष्ट्रेलिया र पेरु भने पहिलो चरणबाटै बाहिरिएका छन् । मंगलबार भएको अन्तिम खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले ...
विश्वकप फुटबलमा समूह डीको प्रतिस्पर्धा निकै नै रोमाञ्चक बनेको छ । यो समूहबाट दुई खेल जितेर क्रोएसिया ६ अंकसहित अघिल्लो चरणमा पुगिसकेको छ । यो समूहका अरु ३ टिम नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनाको संभावना कायम छ । यी ३ मध्ये एक टिम अघिल्लो चरणमा पुग्नेछन् ।
समूह चरणका दुई खेल सकिँदा नाइजेरियाको ३ तथा आइसल्याण्ड र क्रोएसियाको समान १ अंक छ । तर गोल अन्तर अर्जेन्टिनाको भन्दा आइसल्याण्डको राम्रो छ । आसल्याण्डको गोल अन्तर माइनस २ छ भने अर्जेन्टिनाको माइनस ३ छ । यो समूहको अन्तिम ...
एजेन्सी - विश्वकप फुटबलको समूह बीबाट विजेता बनेको स्पेन नकआउट चरणमा प्रवेश गरेको छ ।
रुसको किलिनिंगार्ड रंगशालामा सोमबार राति अफ्रिकी प्रतिस्पर्धी मोरक्कोसँग शनशनीपूर्ण बराबरी खेल्दै स्पेन ५ अंकसहित समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेकको हो । स्पेनले मोरक्कोसँग २–२ गोलको बराबरी खेल्दा दुवै पटक पछि परेको स्थितिमा गोल गरेको थियो ।
खेलको १४औं मिनेटमै खालिद बोउटेवको गोलमार्फत मोरक्कोले अग्रता लिएको थियो । कप्तान सर्जियो रामोस र अर्का अनुभवी खेलाडी आन्द्रेस इनिएष्टाबीचको तालमेत बिग्रँदा त्यसको फाइदा उठाएका बोउटेवले वान भर्सेस ...
एजेन्सी - विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा पोर्चुगलले इरानसँग एक–एक गोलको बाराबरी खेलेको छ ।
क्रिष्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेको खेलमा पोर्चुगलका लागि रिकार्डो क्वारेज्माले पहिलो हाफका ४५औं मिनेटमा आन्द्रे शिल्भाको पासमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
५३औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । इरानी डिफेण्डर मुर्तजा पोउरागिलान्जीले रोनाल्डोलाई डिबक्सभित्र फल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री भारले पोर्चुगलको पक्षमा पेनाल्टी करार गरेको थियो । तर, रियल मड्रिडका पोर्चुगिज सुपरस्टार रोनाल्डोको प्रहार इरानी गोलरक्षक अलिरेजा बेइरानभान्डले बचाएका थिए ।
रूस – रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा सोमबार (आज) ४ खेलहरू हुँदैछन्। समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेका साउदी अरब र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ। खेल भोल्गोग्राड एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ।
दुवै राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाइ मात्र हुनेछ। साउदी अरब पहिलो खेलमा आयोजक रूससँग ५–० तथा दोस्रो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको थियो। इजिप्ट भने पहिलो खेलमा उरुग्वेसँग १–० र रसियासँग ३–१ ले स्तब्ध भएको थियो। ...
एजेन्सी - विश्वकपको बलियो टोलीका रुपमा हेरिएको स्पेनले एसियाली टोली इरानविरुद्ध कठिन जित दर्ता गरेको छ । पोर्चुगलले मोरक्कोलाई हराएछि जित्नै पर्ने दबाबमा रहेको स्पेनले इरानलाई १–० को झिनो अन्तरले हराएको हो ।
पहिलो खेलमा मोरक्कोलाई हराएको इरानलाई पराजित गर्ने क्रममा स्पेनका लागि खेलको ५४ औँ मिनेटमा डिएगो कोस्टाले निर्णायक गोल गरे ।
समूह बी को पहिलो खेलमा पोर्चुगलविरुद्ध २ गोल गरेका कोस्टाले इरानविरुद्ध पनि गोल गर्न सफल भएका हुन् । पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा स्पेनका लागि कोस्टाले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
इरानले खेलको ...
एजेन्सी - रूसमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ को बुधबार सम्पन्न दक्षिण अमेरिकी राष्ट्र उरूग्वे र एसियाली राष्ट्र साउदी अरेवियाबिचको खेलमा उरूग्वे १-० ले विजयी हुँदै नकआउट चरणमा प्रवेश गरेको छ।
खेलको २३ औं मिनेटमा उरूग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजले टिमका लागि निर्णायक गोल गरे। ११ वर्षको अन्तर्राष्ट्रिय फुटबल करियरमा उरूग्वेका लागि स्वारेजको यो सयौं खेल हो। साउदी विरूद्धको गोलले उनको सयौं म्याच विशेष भएको छ।
जितसँगै यस समूहबाट दुई पटकको विश्व विजेता उरूग्वे र आयोजक राष्ट्र रसिया अन्तिम १६ मा प्रवेश गरेका छन्। इजिप्ट र ...
मस्काे - विश्वकप फुटबलकाे समुह बी काे म्याचमा पाेर्चुगलले माेरक्काेलार्इ १-० ले पराजित गरेकाे छ । पाेर्चुगलका कप्तान क्रिस्टियानाे राेनाल्डाेले चाैथाे मिनेटमा माेरक्काे विरूद्ध गाेल गरेका थिए ।
याे लगातार दाेस्राे म्याचमा उनकाे सबैभन्दा द्रुत गाेल हाे । उनले याे भन्दा अघि स्पेन विरूद्ध पनि चाैथाे मिनेटमा गाेल गरेका थिए । याे सँगै अन्तर्राष्ट्रिय म्याचमा राेनाल्डाेकाे जम्मा ८५ गाेल भएकाे छ । याे विश्वकपमा उनकाे चाैथाे गाेल हाे ।
राेनाल्डाे अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा धेरै गाेल गर्ने युराेपियन खेलाडी बनेका छन् । उनले पुस्कासकाे ८४ गाेलकाे रेकर्ड ताेडेका ...
मस्को - १० खेलाडीमा सीमित कोलम्बियालाई २-१ गोलले स्तब्ध पार्दै एसियाली टोली जापानले रुस विश्वकपमा सुखद सुरुआत गरेको छ। समूह ‘एच’अन्तर्गत मंगलबार बेलुका भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बिया खेलको तेस्रो मिनेटमै १० खेलाडीमा समेटिएको थियो।
डीबक्सभित्र बल बचाउने क्रममा कोलम्बियाका कार्लोस सान्चेजले ह्यान्ड गरेपछि उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। रुस विश्वकपका कार्लोसले पाएको यो पहिलो रातो कार्ड हो। विश्वकपको इतिहासमा भने यो खेल सुरु भएको कम समयमा पाएको दोस्रो रातो कार्ड हो।
यसअघि सन् १९८६ को विश्वकपमा स्कटल्यान्डविरुद्घको खेल सुरु भएको पहिलो मिनेटमै उरुग्वेका जोसे बाटिस्टाले ...
मस्को - विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले विजयी सुरुवात गरेको छ। समूह ‘एच’ को खेलमा अफ्रिकी टोली सेनेगलले युरोपेली टोली पोल्यान्डलाई २–१ गोलले स्तब्ध बनाएको हो।
मस्को स्पार्कटक स्टेडियमममा पहिलो हाफको ३७ औं मिनेटमा पोल्यान्डका थिएगो सियोनेकले आत्मघाती गोल गरेपछि सेनेगलले अग्रता बनाएको थियो। काउन्टर अट्याकमा इद्रिसा गुइले प्रहार गरेको बल क्लियर गर्ने क्रममा थिएगोले आफ्नै पोस्टको जाली चुमाएका थिए।
पहिलो हाफ १–० गोलले अगाडि रहेको सेनेगलले दोस्रो हाफको ६०औं मिनेटमा अग्रता दोब्बर बनायो। सेनेगलका एमबाये नियाङले गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए।
दोस्रो गोल ...
काठमडौं - फिफा विश्वकपको समूह जी अन्तरगत इङ्ल्याण्ड र ट्युनिसिया बीचको खेलमा इङ्ल्याण्डले जित निकालेको छ । उपाधि दावेदार मानिएको एक पटकको विश्व विजेता इङ्ल्याण्डले अफ्रिकन टोली ट्युनिसियामाथि २-१ को जित हात पारेको हो ।
इङ्ल्याण्डको जितका लागि दुवै गोल ह्यारी केनले गरे । ह्यारीले ११ औं मिनेटमा गोल गरी इङ्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ट्युनिसियाले पेनाल्टीको अवसर पाएपछि ३५ औं मिनेटमा फरजानी सासीले गोल गरी खेल बराबरी गरे ।
खेलको अन्तिमसम्म १-१ को बराबरी रहेकोमा ९० मिनेटपछिको अतिरिक्त समयमा टोलीका कप्तानसमेत रहेका ह्यारी केनले व्यक्तिगत ...
काठमाडौँ - आयोजक रसिया विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । बुधबार बिहान सम्पन्न समूह ए को आफ्नो दोस्रो खेलमा रसियाले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
विश्वकपको उद्घाटन खेलमा साउदी अरबलाई ५–० को फरक अन्तरले हराएको रसियाले बलियो मानिएको इजिप्टलाई पनि सेन्ट पिटर्सबर्ग स्टेडियममा सजिलै हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको हो ।
रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनलका क्रममा घाइते भएर मैदान बाहिर रहेका प्रमुख स्ट्राइकर मोहम्मद सलाले पुनरागमन गरेको खेलमा रसिया नै हाबी भएको हो ।
पहिलो हाफ गोलरहित बराबरी रहेको ...
काठमाडौँ - विश्वकपमा स्विडेनले विजयी सुरवात गरेको छ । आज भएको खेलमा उसले एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियालाई १–० गोलअन्तरले हरायो ।
खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीलाई स्वडेनका डिफेण्डर आन्द्रेस ग्रान्भिस्टले गोलमा परिणत गरेका थिए । त्यही गोलले स्वीडेन विजयी भयो ।
६२औं मिनेटमा कोरियाली डिफेण्डर किम मिन वोले स्वीडेनका भिक्टर क्लेसोनलाई डिबक्सभित्र फल गरेको भिडियो असिस्टेन्ट रेफ्रीबाट प्रमाणित भएपछि स्वीडेनले पेनाल्टीको अवसर पाएको हो । विश्वकपमा यसै संस्करणबाट भीएआर तथा गोल लाइन टेक्नोलोजीको प्रयोग भएको हो ।
यसअघि फ्रान्स र अष्ट्रेलियाबीचको खेलमा ...
काठमाडौँ - विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बेल्जियमले प्रभावशाली सुरुवात गरेको छ । समूह जी को सोमबार राति भएको खेलमा बेल्जियमले पनामालाई ३–० ले पराजित गरेको हो ।
बेल्जियमको सहज जितमा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुले २ गोल गरे । नवप्रवेशी पनामाविरुद्ध गोलको खाता भने डिरेस मेर्टेन्सले खेलको ४७ औँ मिनेटमा खोलेका थिए ।
युरोपेली क्षेत्रबाट डार्क हर्सकारुपमा हेरिएको बेल्जियमले डिफेन्सदेखि अग्रपंक्तिसम्ममा सन्तुलित प्रदर्शन गर्यो । बेल्जियमको जितका लागि लुकाकुले खेलको ६९ औँ मिनेटमा केभिन डे ब्रुनेको पासमा हेडमार्फत् व्यक्तिगत पहिलो तथा टिमका लागि दोस्रो गोल गरे ।
त्यसपछि ...
काठमाडौँ - फिफा विश्वकपको समूह जी अन्तरगत इङ्ल्याण्ड र ट्युनिसिया बीचको खेलमा इङ्ल्याण्डले कठीन जित निकालेको छ । उपाधि दावेदार मानिएको एक पटकको विश्व विजेता इङ्ल्याण्डले अफ्रिकन टोली ट्युनिसियामाथि २-१ को जित हात पारेको हो ।
इङ्ल्याण्डको जितका लागि दुवै गोल ह्यारी केनले गरे । ह्यारीले ११ औं मिनेटमा गोल गरी इङ्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ट्युनिसियाले पेनाल्टीको अवसर पाएपछि ३५ औं मिनेटमा फरजानी सासीले गोल गरी खेल बराबरी गरे ।
खेलको अन्तिमसम्म १-१ को बराबरी रहेकोमा ९० मिनेटपछिको अतिरिक्त समयमा टोलीका कप्तानसमेत रहेका ह्यारी केनले ...
निज्ने नोभगोर्ड – सन् २००६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको स्विडेनसँग यसपालि रूसमा प्रेरणादायी सुपरस्टार ज्लाटान इब्राहिमोभिचको साथ रहने छैन।
सन् २०१६ को युरोपियन च्याम्पियनसिपपछि इब्राहिभोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेपछि स्विडेनको टोली संकटमा पर्ने अनुमान गरिएको थियो । तर स्विडेनले १२ वर्षको अनुपस्थिति चिर्ने क्रममा विश्वकपमा स्थान पक्का गरेपछि उक्त अनुमानलाई गलत साबित गराइदियो।
युरोपेली छनोटको समूह ‘ए’को स्विडेनले दोस्रो स्थानमा बस्दै प्लेअफमा स्थान पक्का गरेको थियो । स्विडेनले प्लेअफमा इटालीलाई १–० ले निराश पार्दै रूस विश्वकपको टिकट काटेको थियो । विश्वकपको समूह ‘ई’ मा ...
काठमाडौ - रसियामा जारी विश्वकप फुटबलमा स्पेन र पोर्चुगलबीचको रोचक र प्रतिश्पर्धात्मक खेल बराबरीमा टुंगिएको छ । पोर्चुगल र स्पेनबीचको खेल ३–३ गोलको बराबरीमा टुंगियो । पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । यो उनले आफ्नो मुलुकका लागि गरेको छैठौँ ह्याट्रिक हो । स्पेनका डिएगो कोष्टाले २ तथा नाचोले १ गोल गरे । खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगलले अग्रता लिएको थियो। रोनाल्डोलाई स्पेनका न्याचोले डि–एरियाभित्र लडाएपछि पेनाल्टी पाएका हुन्। दुवै रियल म्याड्रिडमा सँगै खेल्छन्।
खेलको २४ औं मिनेटमा गोल गर्दै डिएगो कोष्टाले ...
काठमाडौँ - अफगानिस्तान आफ्नो ऐतिहासिक पहिलो टेष्ट क्रिकेटमा पराजित भएको छ ।
भारतसँगको एक मात्र टेष्ट क्रिकेटको दोश्रो दिन नै आज अफगानिस्तान १ पाली र २ सय ६२ रनले पराजित भएको हो ।
बेंग्लोरमा घरेलु टोली भारतलाई आज दोश्रो दिन ४ सय ७४ रनमा अलआउट गरेपछि पहिलो पाली थालेको अफगानिस्तान १ सय ९ रनमा नै अल आउट भयो । फलो अनमा परेको अफगानिस्तानलाई भारतले ब्याटिङकै निम्तो दिएपछि दोश्रो पालीमा पनि उ १ सय ३ रनमा अल आउट भयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट टेष्ट राष्ट्रको मान्यता पाएपछि अफागानिस्तानले पहिलो ...
काठमाडौँ - विश्वकप फुटबलमा इरानले २० वर्षपछि पहिलो खेल जितेको छ । इरानले सन् १९९८ यता विश्वकपमा पहिलो पटक जित हात पारेको हो ।
इरानलाई विश्वकप फुटबलको इतिहासमा दोश्रो खेल जिताउन मोरक्कोका अजिज बोहादोजको आत्मघाती गोल गरेका थिए ।
दोश्रो हाफको इन्जुरी समयमा इरानले पाएको फ्रिकिकलाई जोगाउने क्रममा अजिजले गरेको हेड गोलमा परिणात भएको थियो । यो जारी विश्वकपमा भएको पहिलो आत्मघाती गोल हो । बोहादोज कुनै प्रेसरमा थिएनन् र उनले त्यो बल सहजै क्लियर गर्न सक्ने अवस्थामा थिए तर कुनै इरानी खेलाडीले हेड गरेझैँ उनले बल ...
काठमाडौँ - विश्वकप २०१८ मा उरुग्वेले विजयी सुरुवात गरेको छ । समूह एमा रहेको उरुग्वेले आफ्नो पहिलो खेलमा इजिप्टलाई १–० ले हराएको हो ।
उरुग्वेका लागि खेलको ८९ औँ मिनेटमा कार्लोस सान्चेजले हानेको फ्रिकिकमा होजे गिमिनेजले हेडमार्फत सुन्दर गरेका हुन् । उरुग्वेले थुप्रै पटक गोल गर्ने अवसर सिर्जना गरे पनि इजिप्टका रक्षक बाधक बनेका थिए । इजिप्टले सम्हालिएकाे खेल खेले पनि अन्तिममा गाेल खान पुगेकाे थियाे । बार्सिलाेना स्टार स्वारेजले थुप्रै माैका पाए पनि गाेल गर्न चुकेका थिए । तर एथलेटिकाे मड्रिड स्टार गिमिनेजले गाेल गर्दै ...
काठमाडौ - रसिया विश्वकपमा पोर्च्गलका क्रिस्टियानो रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका छन् । खेलको ८७ औँ मिनेटमा पाएको फ्री किकबाट उत्कृष्ट गोल गर्दै रोनाल्डोले यो विश्वकपको पहिलो ह्याट्रिक गरेका हुन् ।
स्पेनको डी बक्स भन्दा केही मिटर बाहिरबाट हानेको फ्री किक बल स्पेनी किपर डेभिड डेयालाई झुक्याउँदै जाली चुम्न पुगेको हो । दोस्रो हाफको ५५ औँ मिनेटमा डिएगो कोस्टाले स्पेनका लागि गोल गरेका थिए । त्यसपछि नाचोले ५८ औँ मिनेटमा गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाएका थिए ।
यसअघि रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाउँदै गोल गरेका एि । ...
रूस - २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। आजबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा सुरु भएको प्रतियोगितामा रूसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। रूसको जितमा डेनिस चेरिसेवले २ तथा युरी गाजिन्स्की, आर्तेम डीजुबा र अलेक्सेन्डर गोलोभिनले गोल गरे।
खेलको १२ औं मिनेटमा अलेक्सान्द्र गोलोभिनले दिएको क्रस पासलाई सदुपयोग गर्दै युरी गाजिन्स्कीले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ४३ औं मिनेटमा डेनिस चेरिसेवले टिमका लागि दोस्रो गोल गरे। उनले ३ डिफेण्डरलाई छक्याउँदै ...
काठमाडौं - सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरुपमा गर्ने भएका छन् । फेडेरेसन अफ इन्टरनेसनल फुलबल एसोसियसन(फिफा)का सदस्यहबीच भएको मतदानमा बढी मत प्राप्त गरी अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरुपमा विश्वकप आयोजना गर्ने भएका हुन् ।
फिफामा भएको मतदानमा अमेरिका, क्यानाडा र मेक्सिको पक्षमा १३४ मत प्राप्त भएको छ भने मोरक्को पक्षमा ६५ मत प्राप्त भएको छ । २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ भने ३४ दिनसम्म सञ्चालन हुने उक्त विश्वकपमा ८० खेल हुनेछन् । सन् १९७० र १९८६ ...
मस्को - विश्व फुटबलको महाकुम्भ बिहीबार रसियाको मस्कोमा सुरु हुँदैछ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्। विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन्।
एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया तथा अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन्। उत्तर ...
एजेन्सी - यही जुन १४ बाट रूसमा शुरू हुन लागेको २१औँ फिफा विश्वकपमा ३२ राष्ट्रका टिम च्याम्पियन बन्न लागि मैदानमा ओर्लिँदैछन् ।
विश्वकपको उपाधि जित्न रुसका ११ सहरमा बनाइएका १२ स्टेडियममा ३२ देश उत्रिन लागेका हुन् । रुसले विश्वकप खेलाउन लागेका स्टेडियममा सबैभन्दा ठुलो लुझ्निकी स्टेडियम रहेको छ भने सबैभन्दा महंगो क्रिस्टोभस्की स्टेडियम रहेको छ । यिनमा अण्डाको आकारको फिस्ट स्टेडियम पनि रहेको छ ।
क्रिस्टोभस्की स्टेडियम बनाउन मात्रै लगभग १८२८५.४७ करोड रुपैयाँ खर्च गरिएको छ । विश्वकपका क्रममा प्रयोग गरिने सबै स्टेडियमलाई बनाउन र पुनर्निर्माणमा लगभग ५,८०३ लाख ...
मस्को - रूसमा हुन लागेको विश्वकप फुटबलका लागि शनिवार फिफाले अतिरिक्त टिकट जारी गरेको थियो । फिफाले टिकट जारी गरेको एक घण्टामा एक लाख २० हजार टिकट बिकेका छन् ।
अब केही राम्रा खेलको मात्रै अतिरिक्त टिकट बाँकी रहेको छ । फुटबल प्रशंसकलार्इ टिकट उपलब्ध रहेको जानकारी फिफा डटकम/टिकट्स वेबसाइट यातायात लाइट जस्तो प्रणालीबाट दिइनेछ । जहाँ १५ जुलाईसम्म टिकट बेचिनेछ ।
विश्वकपका लागि टिकट बिक्री शुरू भएपछि विश्वभरका फुटबल प्रशंसकका लागि २५ लाख भन्दा धेरै टिकट जारी गरिसकिएको छ । अहिलेसम्म टिकट किन्न नसकेकका फुटबल प्रेमीको ...
मस्को - कम उमेरमै राष्ट्रिय टोलीमा पर्ने मौका पाउनु खेलाडीका लागि खुसीको कुरा हो। अझ विश्वकप फुटबलजस्तो महाकुम्भमा देशको प्रतिनिधित्व गर्न पाउँदा जो कुनै खेलाडीको खुसीको सीमा रहन्न। बिहीबारदेखि रुसमा आयोजना हुने २१औं विश्वकपमा कम उमेरमा देशको प्रतिनिधित्व गर्ने भाग्यमानी केही खेलाडीको चर्चा यहाँ गरिएको छ।
काइलिन एमबाप्पे (फ्रान्स)
फ्रान्स राष्ट्रिय टोलीबाट रुस विश्वकप खेल्न लागेका एमबाप्पे भर्खर १९ वर्षका भए। पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका एमबाप्पेको प्रदर्शन रुस विश्वकपमा फ्रान्सका लागि हतियार हुने आकलन गरिएको छ। सन् २०१७ देखि सिनियर टोलीबाट खेलिरहेका एमबाप्पेको ...
काठमाडौ - एक्सेल्सिया कलेज प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ। सोमबार भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। एपीएफले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभर खेलमा सबै विकेट गुमाउँदै दुई सय नौ रनको योगफल जोडेको थियो। जवाफमा एपीएफले ४१.२ ओभरमा चार विकेट गुमाउँदै उपाधि पक्का गरेको हो।
एपीएफलाई उपाधि दिलाउन ब्याट्सम्यानद्वय अनिल शाह र प्रदीप ऐरीले सशक्त ...
एजेन्सी - अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा ब्राजिलले अष्ट्रियालाई ३–० ले पराजित गरेको छ । रसिया बिश्वकपमा समुह ई मा रहेको ब्राजिलले विश्वकपमा छनोट हुन नसकेको अष्ट्रियाविरुद्ध सहज जित हात पारेको हो ।
खेलको ३६ औं मिनेटमा जाब्रियल जिससको गोल मार्फत अग्रता बनाएको ब्राजिलका लागी नेयमारले अग्रता दोब्बर पारेका थिए । उनले ६३ औं मिनेटमा गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए । ६९ औं मिनेटमा काउटिन्होले गोल गर्दै टोलीको जित फराकिलो पारेका थिए । ६५ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको ब्राजिलले अष्ट्रियाको पोष्टमा लगातार आक्रमण गरेको ...
बिबिसी - यतिबेला विश्वभर फुटबलको महमासंग्राम विश्वकप फुटबलको चर्चा छ । यहि बिहीबारदेखि सुरू हुने विश्वकप फुटबलको रौनक नेपालमा पनि निकै बढेको छ । आफु समर्थित् देशको जर्सी लगाउने देखि कसले जित्ला भन्ने अड्कलबाजीहरू भइरहेका छन् । मानिसहरू विश्वकप कसरी हेर्ने, कहाँ भेला भएर रमाइलो गर्ने जस्ता योजनाहरू समेत बनाइरहेका छन् । विश्वकपको रौनक बढिरहेका बेला सञ्चार माध्ययममा पनि सबैभन्दा बढि कभरेज विश्वकपकै छ । यहाँ हामीले बीबीसीका लागि डेनिएल डन्फोर्ड र नासोस स्टाइलियानूले तयार पारेको विश्वकप २०१८ : ‘जान्नुपर्ने सम्पूर्ण कुरा सात चित्रमा’ आलेखलाई ...
नुवाकोट - सर्वाधिक पुरस्कार राशीको प्रथम राष्ट्रिय नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल प्रहरीले उचाल्न सफल भएको छ । ‘प्रथम नुवाकोट गोल्डकप’को शनिवार भएको फाइनल प्रतिस्पर्धामा ए डिभिजन क्लव थ्रीस्टार क्लबलाई पराजित गर्दै नेपाल प्रहरीले क्लबले उपाधि चुम्न सफल भएको हो ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा नेपाल प्रहरीले थ्रीस्टारलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै उपाधि उचालेको हो । नेपाल प्रहरीले उपाधिसँगै नगद पाँच लाख रुपैयाँ हात पारेको छ ।
प्रतियोगितामा उपविजेता थ्रीस्टारले नगद तीन लाख रुपैया पुरस्कार प्राप्त गरेको छ । ...
एजेन्सी - विश्व विजेता जर्मनीले फुटवल महाकुम्भ अघिको अन्तिम मैत्रीपूर्ण खेलमा साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । गएराती भएको खेलमा फिफा वरियाताको शीर्ष स्थानमा रहेको जर्मनीले एसियन राष्ट्रय साउदी अरेबियालाई २–१ गोल अन्तरमा पराजित गर्यो ।
खेलको आठौं मिनेटमा टिमो वार्नरको गोलबाट अग्रता लिएपनि जर्मनीको जितमा अरेबियाको आत्मघाती गोलको मद्दत आवश्यक पर्यो । खेलको ४३ औं मिनेटमा ओमार हसवीले आत्मघाती गोलको उपहार दिएका थिए । २–० ले पछि परेको स्थितिमा ८४ औं मिनेटमा ताईसीर अल जासमले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि पर्याप्त हुन सकेन ...
काठमाडौँ - त्रिभुवन आर्मी क्लब मंगलबार एपिएफ क्लबलाई ७० रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह एको विजेता बनेको छ । समूह एमा आर्मीले चारै खेलमा शतप्रतिशत नतिजा निकाल्दै सर्वाधिक ८ अंक जोड्यो । एपिएफले ४ खेलमा ३ जित र एक हार सामना गरी ६ अंक बटुल्यो । दुवै टोली अन्तिम चारमा पुगिसकेका छन् । यस समूहबाट प्रदेश ४, २ र १ समूह चरणबाटै बाहिरिसकेका छन् । यसैगरी, समूह बीको खेलमा नेपाल पुलिस क्लबले प्रदेश ३ लाई ६ विकेटले हरायो । जितसँग पुलिस शीर्ष स्थानमा उक्लेको छ ।
वर्षाले प्रभावित खेल
वर्षाका ...
एजेन्सी, जेठ २३ - विश्वकप फुटबलको २१औं संस्करणमा नेदरल्यान्ड्स छनोट हुन सकेन । यस अर्थमा विश्वभर रहेका असंख्य डच समर्थकका लागि पक्कै पनि रुस विश्वकप निराशाजनक हुनेछ । विश्वकप फुटबलको इतिहासमा नेदरल्यान्ड्ससँग अर्को नमीठो संयोग पनि जोडिएको छ । विश्वकपको इतिहासमा नेदरल्यान्ड्स यस्तो टोली हो, जसले तीन पटक फाइनलसम्म पुगेर पनि उपाधिबाट बञ्चित हुनु परेको छ ।
हालसम्म जर्मनी चार र अर्जेन्टिना तीन पटक विश्वकपको फाइनलमा पराजित भए पनि यी दुवै टोलीले उपाधिको स्वाद चाखिसकेका छन् । तर, नेदरल्यान्ड्सले भने तीन पटक फाइनलमा पुगेर पनि यो ...
काठमाडौँ - सन् २०१८ मा रसियामा हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम सार्वजनिक भएको छ । खेल यही जुन १४ बाट सुरु हुँदैछ ।
फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक रुपमा सार्वजनिक गरेको हो । फिफाले १० दिनअघि कूल ७३६ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
यसपटकको विश्वकपमा इटली, चिली र नेदरल्याण्ड्सका खेलाडीले विश्वकप खेल्न पाउनेछैनन् । किनकी उनीहरु विश्वकप छनौट भएका छैनन् ।
...
एजेन्सी - सन् २००६ को विश्वकप फुटबल जर्मनीमा आयोजना भएको थियो । उक्त विश्वकपका क्रममा एकपछि अर्को गर्दै थुप्रै विवाद देखिएका थिए । खासगरी रेफ्रीको एउटा गलत निर्णयका कारण उक्त विश्वकप सबैभन्दा बढी विवादित बनेको थियो । जुन २२ तारिखमा समूह ‘एफ’ अन्तर्गत अस्ट्रेलिया र क्रोएसियाको खेल थियो । उक्त खेलमा इङ्ल्यान्डका ग्राहम पोल रेफ्रीको भूमिकामा थिए।
खेलका क्रममा रेफ्री पोलले क्रोएसियाका एक खेलाडीलाई तीन पटक पहेँलो कार्ड देखाएका थिए । तेस्रो पटक पहेँलो कार्ड दिएपछि मात्र रेफ्रीले ती खेलाडीलाई रातो कार्ड पनि देखाएका थिए । ...
काठमाडौं - बेलायतको लर्ड्स स्टेडियममा भएको पाकिस्तानी टोलीका पूर्वकप्तान शाहिद अफ्रिदीको कप्तानीमा रहेको विश्व ११ टोली र वेस्टइन्डिज बीचको च्यारिटी टी २० क्रिकेट प्रतियोगितामा विश्व ११ टोली ७२ रनले पराजित भएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले एभिन लेविसको सर्वाधिक ५८ रनको मद्दतमा पुरै ओभर खेल्दै १९९ रनको गतिलो स्कोर खडा गरेको थियो । जवाफी व्याटिङमा उत्रेको विश्व ११ टोलीले १६.४ ओभरमा अलआउट हुँदै १२७ रन मात्र बनाउन सक्यो ।
टी–२० विश्वकप विजेता टोली वेस्टइन्डिजका ओपनर लेविसले अफगानी खेलाडी रसिद खानबाट आउट हुनुअघि २६ बलमा ...
काठमाडौ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई वान डे को वरियतामा समावेश गर्ने निर्णय गरेको छ । आइसीसीको शुक्रबारको बैठकले नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईलाई पनि वान डे वरीयतामा समावेश गर्ने निर्णय गरेको हो । भर्खरै मात्र वान डे मान्यता पाएको नेपालले मान्यता पाएपछि अहिलेसम्म औपचारिक रूपमा वान डे खेलेको छैन । त्यसैले अहिले नेपालको अंक पनि शून्य छ। नेपालले वान डे खेलेपछि नेपालको नाम वरीयतामा अंकसहित चढ्ने छ।
आईसीसीले प्रेस विज्ञप्ती जारी गर्दै यो वरीयता जुन १ बाट लागू हुने पनि जनाएको छ। यसअघि ...
काठमाडौं - चेन्नई सुपरकिंग्सले तेस्रो पटक इण्डियन प्रिमियर लिग ९आईपीएलको उपाधि जीतेको छ ।
मुम्बइको वानखेड़े स्टेडियममा हिजो साँझ भएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई हराउदै चेन्नइले तेस्रो पटक उपाधि जितेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले पूरा ओभरमा ६ किकेटको क्षतीमा १७८ रन बनाएको थियो ।
उसका लागि कप्तान केन विलीएम्सनले ४७, युसुफ पठानले नट आउट ४५, शाकिवअल हसनले २३, शिखर धवनले २६ कार्लोस ब्रैथवेटले २१, श्रीवत्स गोस्वामी ५ र दिपक हुडाले ३ रन बनाएका थिए । मध्यम स्कोरमा रोक्न चेन्नइका ब्राबो, जडेजा, शर्मा, ठाकुर र ...
काठमाडौँ - गत मंगलबार आईपीएलको पहिलो क्लालिफायरमा ‘चेन्नई सुपर किंग्स’का कप्तान महेन्द्र सिंह धोनी ‘सनराइजर्स हैदराबाद’का ‘राइट आर्म लेग स्पिनर’ राशिद खानको घुम्दै गरेको ‘गुगली’मा जब बोल्ड भए त्यतिखेर पुरै स्टेडियममा सन्नाटा छायो । खेल हेर्न पुगेकी धोनीकी पत्नी साक्षी धोनी पनि भावुक बनिन् । जतिखेर धोनी बोल्ड भए त्यतिखेर चेन्नईको स्कोर चार विकेट गुमाएर ३९ रनको अवस्थामा थियो । यद्यपि जितको लागि १४० रनको लक्ष्य पक्षाएको सले १९.१ ओभरमा ८ विकेट गुमाएर विजयी भयो । पहिलो क्लालिफायर जित्नासाथ चेन्नईले फाइनमा आफ्नो स्थान सुरक्षित गर्यो ...
काठमाडौं - अफगानी युवा क्रिकेटर रसिद खानको अलराउण्डर प्रदर्शनको मद्दतमा सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइलनमा प्रवेश गरेको छ । आईपीएल अन्तरगत शुक्रबार भएको दोस्रो प्लेअफमा कोलकात्ता नाइटराइडर्सलाई १३ रनले हराँउदै हैदरावाद फाइलनमा पुग्न सफल भएको हो ।
कोलकत्ताको इडेन गार्डेनमा भएको खेलमा कोलकत्ताले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारी पहिले ब्याटिङमा उत्रेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । १७५ रनको लक्ष्य पाइ जवाफी ब्याटिङमा उत्रेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन मात्रै बनाउन सक्यो ।
हैदरावादको जितका ...
एजेन्सी - दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डेभीलियर्सले सबै प्रकारका अन्तरर्र्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्यास लिने घोषणा गरेपछि विश्वभरी नै तरङ्ग फैलिएको छ ।
आइपिएल खेलिरहेका डेभीलीयर्सको यो अकस्मातको निर्णयले खेलाडी तथा खेल प्रशंसलाई निराश बनाएको छ । एक महान क्रिकेट खेलाडीले यति चाडैं सन्यास लिएकोमा धेरै क्रिकेटप्रेमी चकित भएका छन् ।
डेभिलियर्सले अचानक तिन वटै चरणका अन्तर्राष्ट्रिय मान्यताबाट सन्यास लिए पश्चात सामाजिक संजालका भिक्ता रंगीएका छन् ।
अचानकको यो निर्णयले सामाजिक संजालमा प्रशंसा र आक्रोस पोखिएको देखिन्छ । सन्यासको घोषणा गर्दै ट्विटरमा पोष्ट गरिएको भिडियोमा डेभिलियर्सले ‘अब अन्य ...
काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सविरुद्ध आफ्नो दोस्रो खेलका क्रममा नेपाली लेग स्पिनर सन्दीप लामिछालेले आफ्नो बलिङको कमाल देखाएका छन् ।
लगातार पराजित हुँदै आएको दिल्लीले सन्दीपको कसिलो र किफायती बलिङसँगै महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईलाई ३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
दिल्लीले घरेलु मैदान फिरोज शाह कोट्लामा टस हारेर पहिले ब्याटिङ गर्दै १६३ रनको चुनौती दिएपछि जवाफी ब्याटिङमा उत्रेको चेन्नई पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १२८ रनमा समेटिएपछि ३झ रनको पराजय भोग्न बाध्य भएको हो ।
प्लेअफबाट बाहिरिसकेको अवस्थामा दिल्लीका ...
लन्डन - आतंककारी समूह आईएसआईले रुस विश्वकपका क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीको हत्या गर्ने धम्की दिएको छ। बेलायती पत्रिका दी सनका अनुसार ग्राफिक फुटेजसहित आईएसआईले रोनाल्डो र मेसीलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो। उक्त भिडियो फुटेजमा दर्शकले भरिएको स्टेडियमभित्र रोनाल्डो र मेसीको टाउको हातमा बेकेका दुई युवा देखिएका छन्।
त्यसको अगाडि ‘योर ब्लड विल फिल द ग्राउन्ड’ (तिम्रो रगतले मैदान भरिनेछ) लेखिएको छ। सिरिया, इराक लगायतका क्षेत्रमा सक्रिय आईएसआई समूहले विश्वकपको पूर्वसन्ध्यामा दिएको धम्कीले आयोजक रुसमाथि खेलाडीको सुरक्षालाई लिएर चुनौती थपेको छ। आईएसआईले ...
बैंगलोर- इन्डियन प्रिमियर लिग (आईपीएल) को ५१ औँ भिडन्तमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलार्इ १४ रनले पराजित गरेको छ ।
२१९ रनको लक्ष्य पिछा गरेको हैदराबादको टीम २० ओभरमा ३ विकेट गुमाउँदै २०४ रनमै सीमित भएपछि विराट कोहलीको टोलीले महत्वपूर्ण जित दर्ता गराएको हो ।
हैदरावादका लागि कप्तान केन विलियम्सनले सबैभन्दा धेरै ८१ र मनीष पान्डेयले ६२ रन बनाए । विलियम्सनले यो सिजनमा आफ्नो आठौँ अर्धशतक पनि बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । एबी डिभिलियर्सले ...
काठमाडौं - एथलेटिको मड्रिडले युरोपा लिगको उपाधि जितेको छ । फाइनल खेलमा मार्सेललाई ३-० ले हराउँदै एथलेटिकोले उपाधि जितेको हो ।
एथलेटिकोलाई उपाधि दिलाउने क्रममा एन्टोनी ग्रिजमनले दुई गोल गरे । अर्को एक गोल कप्तान गावीले गरे ।
खेलको २१ औं मिनेटमा गावीको पासमा ग्रिजमनले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा उनले दोस्रो गोल गरे । उनी म्यान अफ दि म्याच भए । अर्को एक गोल ८९ औं मिनेटमा गावीले थपेका थिए ।
एथलेटिको युरोपा लिगमा च्याम्पियन बनेको यो तेस्रोपटक हो । उसले यसअघि सन् ...
काठमाडौं, जेठ ३ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित हात पारेको छ ।
गएराति भएको खेलमा मुम्बईले किङ्स इलावेन पञ्जावलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै रोमाञ्जक जित हात पारेको हो ।
जितपछि मुम्बई १३ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । राजस्थान र पञ्जावको पनि समान १२÷१२ अंक छ ।
जसले गर्दा प्लेअफ समीकरण रोमाञ्चक बनेको छ । हैदरावाद र चेन्नई यसअघि प्लेअफमा पुगिसकेका छन् ।
अन्तिम चरणको खेलअघि बाँकी २ स्थानका लागि पाँच टिमको भिडन्त छ ।
मुम्बईले दिएको १ सय ८७ रनको ...
काठमाडौ - नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आईसीसी ‘वर्ल्ड ११’ मा परेका छन् ।
यो खेल ३१ मेमा लड्र्समा हुनेछ । बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ ।
किनकी उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।
...काठमाडौ - आगामी महिना रसियामा हुने विश्वकप फुटबलकालागि ब्राजिल र अर्जेन्टिनाले आफ्ना खेडाडीको प्रारम्भिक टोलिको नाम घोषणा गरेका छन् । अन्तिम नामावली भने जुन ४मा फिफाले गर्नेछ।
अहिले घोषणा भएको नामावलीमा सामान्य हेरफेर हुनसक्ने भएपनि खेलाडीको सूची यहि रहेको उनीहरूको भनाई छ ।
ब्राजिल र अर्जेन्टिना दुवै बिश्वकप उपाधीकालागि दावेदार टोली मानिएका टोली हुन् ।
ब्राजिलका लागि कोच टिटेले २३ सदस्यीय टोली घोषणा गरेका छन्।
ब्राजिल
फरवार्ड : नेइमार, ग्याब्रियल जिसस, रोबटो फर्मिनो, डगलस कोस्टा, टाईसन
डिफेन्डर: मिरान्डा, मार्किन्होस, थियागो सिल्भा, मार्सेलो, फिलिप लुईस, ड्यानिलो, फाग्नर, पेड्रो गेरोमेल
मिडफिल्डर : कासेमिरो, ...
एजेन्सी - ला लिगा च्याम्पियन बार्सिलोनाको ३६ खेल लामो अपराजित यात्रामा पूर्णबिराम लागेको छ । ३७ औँ खेलमा गएराती लेभान्तेसँग ५–४ गोल अन्तरले पराजित भएसँगै जारी सिजनको ला लिगामा बार्साको अपराजित यात्रा टुंगिएको हो ।
लेभान्तेको घरेलु मैदानमा बल माथी अधिकांश समय नियन्त्रण बनाएको बार्साले गोल गर्ने थप अबसरको भने सदुपयोग गर्न नसक्दा अपराजित रहदै ला लिगाको अन्त्य गर्ने उसको सपना चकनाचुर भएको हो । ईमानुएल बोटेङको ह्याट्रिक तथा ईनिस बार्दिको २ गोल मद्दतमा लेभान्तेले जित निकालेको हो । नवौँ मिनेटमा पहिलो गोल गरेका बोटेङले ३० ...
काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित निकालेको छ । ला लिगाको यस सिजनमा उपाधि होडमा समेत आउन नसकेको रियलले सेल्टा भिगोविरुद्ध ६-० को जित निकाल्न सफल भएको हो ।
रियल मड्रिको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका मुख्य स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने सहभागी थिएनन् ।
रियल मड्रिडको फराकिलो अन्तरको जितका लागि बेलले २ गोल गरे । उनले खेलको १३ औं र ३० औं मिनेटमा गोल गरेका हुन । इस्कोले ३२ औं मिनेटमा गोल गरे । त्यसैगरी अचरफ हकिमीले ५२ ...
काठमाडौं - नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए ।
तर, उनको टिम बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ र प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनायो । रिसव शर्मा पन्तले ६१ रन बनाउादा अभिशेक शर्माले डेब्यू खेलमै अविजित ४६ रन बनाए ।
बैंग्लोर जवाफी ब्याटिङमा उत्रँदा दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दिपलाई पहिलो ओभरमा नै बल थमाए । त्यो ओभरमा ६ ...
काठमाडौं -आईपीएलमा दिल्ली डेयरडेभिल्स सनराइजर्स हैदरावादसंग ९ विकेटले पराजित भएको छ । यस हारसंगै दिल्ली प्लेअफबाट बाहिरिएको छ ।हैदरावादले भने प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले रिसभ पन्तको शतकको मद्दतमा १८७ रनको योगफल तयार पारेको थियो । रिसभले ६३ बलमा १५ चौका र ७ छक्काको मद्दतमा १२८ रन बनाएका थिए । तर हार टार्न सकेनन् ।
१८८ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले १८ ओभर ५ बलमा १ विकेटको क्षतिमा १९१ रन बनाएर जित हासिल गर्यो ।
हैदरावादका शिखर धवन ९२ र ...
काठमाडौं - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तरगत बुधबारको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रन ले हराएको छ ।
कोलकातामा भएको यस खेलमा केकेआरका कप्तान दिनेश कार्तिकले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । पहिले ब्यािटङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१० रनको स्कोर खडा गरेको थियो ।
मुम्बईका लागि इशान किशनल् उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले मात्रै २१ बलमा ५ चौका र ६ छक्काको सहयोगले ६२ रन बनाएका हुन् । त्यस्तै मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ३६–३६ ...
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स रोयल च्यालेन्जर्स बैंग्लोरसंग १४ रनले हारेको छ ।
यो हारसँगै मुम्बई अब प्लेअफ चरणबाट लगभग बाहिरिइसकेको छ । बैंग्लोर भने आठ म्याचमा तेस्रो जितका साथ अंक तालिकामा पाँचौं स्थानमा छ ।
१६८ रनको विजय लक्ष्य पछ्याएको मुम्बई ७ विकेट गुमाउँदै १५३ रनमा समेटियो । मुम्बईका लागि हार्दिक पान्ड्याले सबैभन्दा धेरै ५० रन बनाए । क्रुणाल पान्ड्या र जेपी डुमिनीले समान २३ रन बनाए भने किरोन पोलार्डले १३ तथा बेन कटिङले १२ रन बनाए ।
बैंग्लोरका लागि टिम साउथीले चार ओभरमा ...
काठमाडौं - रियल मड्रिड लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग २-२ को बराबरी भए पनि समग्रमा ४-३ को जित निकाल्दै रियल मड्रिड उपाधि नजिक पुगेको हो । पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो ।
मंगलबार भएको दोस्रो लेगमा सुरुआती अग्रता भने वायर्नले लिएको थियो । जोशुआ किमचले तीन मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । तर, ११ मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा पनि दुवैले एक-एक गोल गरे । ४६ औँ ...
काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपरकिंग्स दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गर्दै विजयी भएको छ।
महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको योगफल तयार पार्यो। २१२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १९८ रन मात्र बनाउन सक्यो।
दिल्लीका ऋषभ पन्तले ४५ बलमा ७ चौका र ६ छक्कासहित ७९ रन र विजय शंकरले ३१ बलमा ५ छक्का र १ चौकासहित नटआउट ५४ रन बनाय पनि त्यो जितका लागि काफि हुन सकेन।
चेन्नईका लागि ...
जयपुर - सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जयपुरमा आइतबार भएको खेलमा राजस्थान रोयल्सलाई ११ रनले पराजित गर्दै हैदराबाद शीर्ष स्थानमा उक्लिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले सात विकेट गुमाएर एक सय ५१ रनको मध्यम योगफल खडा गरेको थियो । तर, उत्कृष्ट बलिङको मद्दतमा राजस्थानलाई एक सय ४० रनमा रोक्दै हैदराबादले जित हात पारेको हो ।
हैदराबादका लागि कप्तान केन विलियम्सनले ६३ रन बनाए । ४३ बल खेलेका उनले दुई छक्का र सात चौका हिर्काए । यसैगरी ...
काठमाडौँ - यो सिजन घरेलु लिगमा अपराजित रहेको बार्सिलोनाले लियोनेल मेसीको ह्याट्रिकसँगै ला लिगाको उपाधि उचाल्न सफल भएको छ ।
बार्सिलोनाले २५ औँ ला लिगा उपाधि जित्ने क्रममा डेपोर्टिभो लाकुरानालाई उसैको घरेलु मैदानमा ४–२ गोलले पराजित गर्न सफल भएको हो ।
बार्सिलोनाले उपाधि जितेको दिने मेसीले पनि आफ्ना लागि विशेष बनाए । बार्सिलोनाका लागि पहिलो गोल फिलिपे काउटिन्होले गरे । उनले डेम्बेलेको पासमा सातौँ मिनेटमा यो गोल गरेका थिए ।
अर्कातिर मेसीले पहिलो व्यक्तिगत पहिलो गोल ३८ औँ मिनेटमा गरे । मेसीको ह्याट्रिकका लागि लुइस स्वारेजको योगदान रह्यो ...
काठमाडौं - भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
गएराति महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा भएको खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराउँदै मुम्बईले जित निकालेको हो।
चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य मुम्बईले खेलमा २ बल बाँकी छँदा २ विकेट गुमाउँदै पूरा गर्यो।
मुम्बईलाई जित दिलाउन कप्तान रोहित शर्माले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ रन जोडे। यस्तै ओपनर सूर्यकुमार यादवले ३४ बलमा ४४ रन बनाए भने इभान लेविसले पनि ४३ बलमा ४७ ...
भारत - इन्डियन प्रिमियर लिग (आईपीएल) मा कमजोर प्रदर्शन गरिरहेको दिल्ली डेयरडेभिल्सले कप्तान परिवर्तन गरेपछिको पहिलो खेलमा कोलकातामाथि शानदार जित निकालेको छ। शुक्रबार रातिको खेलमा कोलकत्ता नाइट राइडरसलाई ५५ रनले हराउँदै दिल्ली यस सिजनमा ७ खेलबाट दोस्रो जित हासिल गरेको हो।
२ सय २० रनको विजय लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले ९ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो।
कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ४४ रन जोडे। शुभम गिलले ३७, सुनिल नारिनले २६, दीनेश कार्तिक १८ रन र मिचेल जोन्सनले अविजित १२ रन जोडेपनि लक्ष्यमा ...
एजेन्सी - इन्डियन प्रिमियर लिग (आइपिएल) का पाँच खेलमा पराजित भएपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले राजीनामा दिएका छन् । उनले बुधबार कप्तानी छोडेका हुन् ।
गम्भीरले ट्विट गर्दै आफूले व्यवस्थापन वा कोचमा दबाबमा कप्तानी नछाडेको दाबी गरेका छन् । बरू उनले आफूले कप्तानको दबाब झेल्न नसकेको बताएका छन् ।
कप्तानका रूपमा उनको प्रदर्शन राम्रो भए पनि यो सिजन ब्याट्सम्यानका रूपमा उनी चल्न सकेका थिएनन् । ६ म्याचमा एक अर्धसतकसहित उनले ८५ रनमात्र बनाएका गम्भीरले ट्वी-ट्वान्टीमा चाहिने रफ्तारमा रन बनाउन सकेका थिएनन् ।
ओपनर गम्भीरको यो सिजनको स्ट्राइक ...
काठमाडौं - इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किग्स इलाभेन पञ्जाबसँग पनि पराजित भयो । दिल्ली आफ्नै मैदानमा पन्जाबसँग ४ रनले पराजित हुन पुग्यो ।
फिरोज शाह कोटला मैदानमा टस हारेर व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । पञ्जावका लागि करण नायरले सर्वाधिक ३४ रन बनाए । यस्तै डेभिड मिलरले २६, लोकेस राहुलले २३, मायंक अग्रवालले २१ र युवराज सिंहले १४ रन जोडे ।
बलिङतर्फ दिल्लीका लियाम प्लंकेटले सर्वाधिक ३ विकेट लिए । अवेश खान र ट्रेन्ट बोल्टले ...
काठमाडौं - सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी–२० क्रिकेटका लागि छनोट चरणको खेलतालिका सार्वजनिक भएको छ । नेपाल महादेश क्षेत्र छनोटमा एसियाको समूह ‘बी’मा रहेको छ ।
नेपालको समूहमा आयोजक मलेसियासँगै चीन, भुटान, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन् । यो समूहबाट उत्कृष्ट तीन टिम अर्को चरणमा प्रवेश गर्नेछन् ।
खेल आगामी असोज १७ गतेदेखि २६ गतेसम्म हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार एसियाको समूह ‘ए’मा आयोजक कुवेतसँगै युएई, कतार, बहराइन, माल्दिभ्स र साउदी अरेबिया रहेका छन् ।
समूह ‘ए’का खेलहरु ...
काठमाडौं - धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउने भनेको क्रिकेट रंगशाला ललितपुरको गोदावरीमा निर्माण हुने पक्का भएको छ । उनीहरुले ललितपुरको गोदावरीमा रहेको जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डेसनका तर्फबाट खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश गरेका हुन्।
प्राविधिक विशेषज्ञसहितको टोलीले देशका विभिन्न स्थानहरुमा प्रस्तावित जग्गाको अवलोकन र सरोकारवाला पक्षसँग छलफल गरेर ललितपुरको गोदावरीमा बनाउने निर्णय गरेको हो। गोदावरीस्थित १ सय २८ रोपनी जग्गा अहिलेसम्म हेरिएकामध्ये मनोरम स्थानमा रहेको हुनाले पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त हुने भन्दै उत्कृष्ट रहेको धुर्मुसको प्राविधिक टोलीले ठहर गरेको छ ।
खेलकुद मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनलाई सो जग्गा ...
मुम्बई: मुम्बई इन्डियन्सले इन्डियन प्रीमियर लिग (आईपीएल) को ११ औँ संस्करणमा मंगलवार आफ्नो पहिलो जित दर्ता गराएको छ।
प्रतियोगिताको १४ औँ भिडन्तका क्रममा मुम्बईले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ४६ रनले पराजित गरेको हो ।
मुम्बई इन्डियन्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ गुमाउँदै २१३ रन बनाएको थियो । जवाफमा आरसीबी २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रनमै समेटियो ।
मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा प्लेयर अफ द म्याच भए। उनले ९४ रन बनाए। आरसीबीका लागि यस म्याचमा ९२ रनको योगदान दिए । यो खेलबाट आरसीबी कप्तान विराट ...
काठमाडौं - इण्डियन पि्रयिमर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । २०१ रनको लक्ष्यसहित व्याटिङ सुरु गरेको दिल्ली डेयरडेभिल्स १४ ओभर २ बलमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।
दिल्लीका लागि म्याक्सवेलले २२ बलमा ४७ र रिसब पन्तले २६ बलमा ४३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
बलिङतर्फ सुनिल नराइन र कुलदिप ...
दिल्ली - इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ। वर्षाले प्रभावित बुधबारको खेलमा दिल्लीलाई १० रनले हराउँदै राजस्थान रोयल लगातार दोस्रो खेलमा विजयी भएको हो।
डर्क वर्थ लुइस (डिएल) नियमका आधारमा राजस्थानले दिल्ली डेयर डेभिल्सलाई १० रनले हराएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले १७.५ ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो। राजस्थानले पुरा २० ओभर नखेल्दै वर्षा भएको थियो। वर्षा रोकिएपछि डिएलका आधारमा दिल्लीले ६ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो ।
तर, दिल्लीले ६ ओभरमा ४ विकेट ...
एजेन्सी - स्टार स्ट्राइकर लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा स्पेनिस ला लिगाका लिडर बार्सिलोनाले अपराजित यात्राको कीर्तिमानमा बराबरी गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले हरायो ।
बार्सिलोनाका लागि तीनै गोल मेस्सीले गरेका हुन् । बार्सिलोना ला लिगामा यो सिजनका ३१ तथा गएको सिजनका पछिल्ला सात गरी लगातार ३८ खेलमा अपराजित छ ।
यो ला लिगामा कुनै पनि क्लबले लगातार अपराजित यात्रा तय गरेको कीर्तिमानसँग बराबरी हो । बार्सिलोनाले ला लिगामा लगातार ३८ खेलमा अपराजित रहँदै रियल सोसिडाडले ३८ वर्ष अघि बनाएको ...
काठमाडौं - युरोपियन च्याम्पियन्स लिग फुटबलका क्वाटरफाईनल खेलहरु गएरातिबाट शुरु भएका छन् ।
गएराति भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा रियल मड्रिडले युभेन्टसलाई ३–० ले हरायो । ईटालियन क्लव युभेन्टसको मैदानमा भएको खेलमा स्पेनिस टोली रियल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले २ तथा मार्सेलोले एक गोल गरे ।
आफ्नै मैदानमा भोगेको ३–० को हारपछि ईटालियन क्लव युभेन्टसको सेमीफाईनल प्रवेश निकै कठिन बनेको छ ।
गएराति भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हरायो । खेलमा बायर्न म्युनिखलाई विजयी गराउन थियागो अल्कान्ताराले एक गोल गरे भने ...
डिफेन्डर राफेयल भरानले आत्मघाती गोल गरेपछि मंगलबार साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह एचको तेस्रो खेल बराबरीमा रोकेपछि रियललाई धक्का लागेको छ । यस समूहमा रियल र टोटनह्यामले समान सात अंक जोडेका छन् । रियलका लािग एक मात्र गोल स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गरेका थिए । टोटनह्यामले रियलविरुद्ध महŒवपूर्ण एक अंक खोस्न सफल भएको छ ।
गोलरक्षक हुगोको उत्कृष्ट बचाउ
रियलको घरेलु मैदान सान्टिएगो बर्नावेउमा टोटनह्यामका गोलरक्षक हुगो लोरिसले उत्कृष्ट बचाउ गरेका ...
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फिडफिल्डर पाउल पोग्बासँग गरिएको आबद्ध सम्झौताबारे छानबिन गर्ने भएको छ । गत सिजन पोग्बा ८९.३ मिलियन पाउन्ड (११ अर्ब रुपैयाँ) मा इटालियन क्लब युभेन्टसबाट इंग्ल्यान्ड आएका थिए । फिफाले आबद्ध हुँदा गरिएको सबै सम्झौताको कागजात उपलब्ध गराउन म्यानचेस्टर युनाइटेडलाई निर्र्देशन दिएको छ । साथै, पोग्बाका एजेन्ट मिनो राइओलाले लिएको ४१ मिलियन पाउन्डको सम्झौताको कागजात उपलब्ध गराउन भनेको छ ।
जर्मन पत्रकारको खुलासा
जर्मन पत्रकार डेर स्पेइगेलले पोग्बाको सम्झौताको वास्तविक रकम लुकाएको भन्दै लामो अनुसन्धान रिपोर्ट सार्वजनिक ...
लन्डन । इङलिस प्रिमियर लिग अन्र्तगत गएराति भएको खेलमा चेल्सीले मिडिल्सब्रोलाई तीन शुन्यले हराएको छ । चेल्सीलाई जितमा डियगो कोस्टा, मार्कस एलोन्सो र नेमान्जा माटिकले एक एक गोल गरे । जीतसँगै चेल्सीले दोस्रो स्थानको टोटनह्यामसँग सात अंकको अग्रता लिएको छ भने मिडिल्सब्रो भने रेलिगेसनमा पर्ने निश्चित भएको छ ।
सण्डरल्याण्ड यसअघि नै रेलिगेसनमा परिसकेको छ । हल सिटी, क्रिष्टल प्यालेस, स्वान्सी सिटी, वाट्फोर्ड र बर्नलेमध्ये एक रेलिगेसनमा पर्नेछन् । लिगको दोस्रो स्थानको टोटेनह्यामको ७७ अंक छ । लिगका तीन खेल बाँकी हुँदा चेल्सीको ३५ खेलवाट ...
वैशाख २२, २०७४- मार्कस रसडफोर्डले फ्रि किकबाट उत्कृष्ट गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युरोपा लिग सेमिफाइनल पहिलो लेगमा सेल्टा भिगोलाई बिहीबार १–० ले हरायो । यससँग म्यानचेस्टरको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । म्यानचेस्टरका १९ वर्षीय खेलाडीले ६७ औं मिनेटमा गोल गरेपछि सेल्टा भिगाको मैदानमा म्यानचेस्टरले एक गोलको महत्त्वपूर्ण अग्रता लिन सफल भएको हो ।
अब आउने बिहीबार म्यानचेस्टरको घर ओल्ड ट्रायफोर्डमा सेमिफाइनल दोस्रो लेगको खेल हुनेछ । यसअघि अर्को सेमिफाइनल पहिलो लेगमा एजाक्सले लियोनलाई हराएको थियो ।