जापानमा ५० वर्षयताकै शक्तिशाली : मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो, १७ बेपत्ता

टोकियो - जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको 'हागिबिस' नामक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको छ। जापान सरकारले उद्धारका लागि दशौं हजार सैनिक तथा उद्धारकर्ता खटाएको छ। जापानी टेलिभिजन 'एनएचके'का अनुसार आँधीपछि करिब १७ जना हराइरहेका छन्।

आँधीले शनिबार राजधानी टोकियोमा बढी क्षति पुर्‍याएको र आँधी उत्तरतर्फ अघि बढेको जापानका मौसमविद्‌हरुले बताएका छन्। आँधीसँगै भएको वर्षाका कारण धेरै नदीहरूमा बाढी आएको र नदीको पानी बस्तीहरूमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो।

'आँधीका कारण ३ लाख ७६ हजार घरहरूमा विद्युत आपूर्ति अवरूद्ध भएको, १४ हजार ...


सिरियामा तैनाथ आफ्ना १ हजार सैनिक फिर्ता गर्न ट्रम्पको निर्देशन

वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाथ करिब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्।

टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको यस्तो भनाइ बाहिरिएको हो।

आइतबार अमेरिकी रक्षामन्त्री मार्क एस्परले भने, 'राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्नका लागि निर्देशन दिनुभएको छ।' करिब एक हजार अमेरिकी सैनिकलाई सिरियाबाट फिर्ता बोलाउन लागिएको उनले बताए।

रक्षामन्त्री एस्परले सिबिएसको फेस द नेसनसँगको कुराकानीमा भने, 'अमेरिकी राष्ट्रिय सुरक्षा टोलीसँगको छलफलपछि मैले राष्ट्रपतिसँग शनिबार राति कुराकानी गरेँ। ...


'आइएस'का ८ सय आफन्त सिरियाली शिविरबाट भागे

पेरिस - टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि उक्त क्षेत्रमा रहेका शिविरहरूमा लामो समयदेखि बस्दै आएका जिहादीका सयौँ आफन्तजन शिविरबाट भागेका समाचारहरू आइरहँदा यसप्रति फ्रान्सले चासो व्यक्त गरेको छ।

विगत केही दिनयता टर्कीले उक्त क्षेत्रमा हवाई आक्रमण गरेको छ भने यसका कारण कम्तीमा २८ सिरियाली कूर्दिस सर्वसाधारणको मृत्यु भएको छ।

सिरियाली द्वन्द्वका कारण शिविरमा बस्दै आएका उनीहरूले टर्कीले चलाएको पछिल्लो कारबाहीपछि जीवन जोगाउनका लागि नै भागेका बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ।

'फ्रान्सले शिविरबाट भागेका कूर्दका विदेशी आफन्तहरू जिहादी रहेका र उनीहरूलाई शिविरबाट भाग्न बाध्य पारिएपछि आउनसक्ने ...


 भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार संयुक्त रूपमा तीन जनालाई

काठमाडौं - सन् २०१९ को भौतिकशास्त्र विधाको नोबेल पुरस्कार संयुक्त रूपमा तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ।

पुरस्कार वैज्ञानिकहरू जेम्स पीबल्स, मिकेल मेयर र डाइडर क्वेलोजलाई ब्रह्माण्डको उत्पत्ति तथा यसको संरचनाको बुझाइमा योगदान गरेबापत प्रदान गरिएको हो।

मंगलबार पुस्कारको घोषणा गर्दै रोयल स्वीडीस एकेडेमी अफ साइन्सले पीबल्सलाई आधा र वैज्ञानिकद्वय मेयर र क्वेलोजलाई आधा प्रदान गरिएको बताएको छ। रोयल स्वीडीस एकेडेमी अफ साइन्स विज्ञानतर्फको नोबेल पुरस्कार वितरक हो।

को हुन् पुरस्कार विजेता?
जेम्स पीबल्स
वैज्ञानिक जेम्स (जीम) पीबल्स सन् १९३५ को अप्रिल २५ मा क्यानडामा जन्मिएका हुन्। पछि ...


कस्मिरमा आतंकवादी आक्रमण, १० जना घाइते

काठमाडौं - भारत प्रशासिक कस्मिरमा शनिबार आतंकवादी आक्रमण भएको छ। आतंकवादीले कस्मिरस्थित अनन्तनाग जिल्लाको आयुक्त कार्यालय अगाडि बम आक्रमण गरेको बीबीसी हिन्दीले जनाएको छ।

उक्त आक्रमणमा परी एक प्रहरी र एक पत्रकारसहित १० जना घाइते भएका छन्। समाचार संस्था पीटीआइका अनुसार शनिबार बिहान ११ बजे बम आक्रमण भएको थियो।

जम्मु कस्मिर प्रहरीका अनुसार प्रहरीले त्यस क्षेत्रमा आतंकवादीको खोजी सुरुवात गरेको छ।

अहिलेसम्म कुनै समूहले घटना लिएको छैन।

...

इन्डोनेसियामा भूकम्प : २० को मृत्यु, सय बढी घाइते

इन्डोनेसिया - इन्डोनेसियाको मलुकु आइल्याण्डमा भूकम्प जाँदा २० जनाको मृत्यु हुनुका साथै थुप्रै भवन भत्किएका छन् ।

राष्ट्रिय क्षति विभागका प्रवक्ता अगस विबोवोका अनुसार कम्तिमा एक सय घाइते भएका छन् । साथै २ हजार भन्दा धेरैको उद्धार गरिएको छ ।

स्थानीय समय अनुसार बिहीबार बिहान पौने ९ बजे ६ दशमलब ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भू्कम्पको क्रममा मानिसहरु भागदौड गर्दा घाइते भएका हुन् । घटनाको पूर्ण विवरण आइसकेको छैन ।

...

विश्वघटना : अफगानिस्तानमा फेरि तालिबानी आक्रमण, इरान र अमेरिकाबीचको विवाद उत्कर्षमा

काठमाडौँ - अमेरिकासँगको वार्ता भंग भएपछि नै तालिबानी समूहले अफगानिस्तानमा हमला तिव्र बनाएको छ । यतिसम्म कि यहाँ हरेक दिन जस्तो हमला हुँदैछ । यस्तै तनाब इरानसँग पनि जारी छ । खासगरी प्रभावशाली मुलुकको राजनीतिक खिचातानीले विभिन्न क्षेत्रमा तनाब कायम छ । आज कुन ठाउँमा के भयो त ? विश्वभरका प्रमुख खबर यहाँ प्रस्तुत छन् :

अफगानिस्तानमा फेरि तालिबानी आक्रमण
काबुल : दक्षिणी अफगानिस्तानस्थित तालिबानी समूहले फेरि हमला गरेको छ । जहाँ ३० जना मारिएका छन् । अरु ९५ जना घाइते छन् । अमेरिकाले वार्ता स्थगित ...


विश्वघटना : अफगानिस्तानमा राष्ट्रपतिलाई लक्षित गर्दै हमला, अमेरिकालाई इरानको चेतावनी

तेहरान - इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खामेनीले अमेरिकासँग अमेरिकासँग वार्ता नहुने चेतावनी दिएका छन् । साथै तेहरानमाथि दबाव दिने अमेरिकी दबावको नीति पनि असफल हुने उनको दावी छ ।

‘इरानविरुद्ध चर्को दबावको नीति निकम्मा छ,’ खामेनीले टेलिभिजनमा अन्तर्वार्ता दिँदै यसो भनेका हुन् । उनले थपेका छन्, ‘इरानका सबै अधिकारीहरुलाई विश्वास छ कि, अमेरिकासँग कुनै पनि तहमा वार्ता हुनेछैन ।’

यदी वासिङ्टनले आफ्नो व्यवहार परिवर्तन गरेर २०१५ को परमाणु सम्झौतामा फर्किएको खण्डमा इरान अन्य समूहसहितको वहुपक्षीय छलफलमा सहभागी हुनसक्ने उनको अडान छ ।

अमेरिका–उत्तर कोरिया वार्ता यसकारण अन्योलमा


साउदी अरबको तेल खानीमा ड्रोन आक्रमण

एजेन्सी - ड्रोन आक्रमणका कारण साउदी अरबको सरकारी कम्पनी अरामकोका दुई मुख्य तेल प्रशोधनस्थलमा आगलागी भएको छ । अरामकोको सबैभन्दा विशाल तेल प्रशोधनस्थल अबकाइकको भिडिओमा आगोका ठूलो लप्का र धुँवा देखिन्छ। दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको थियो। सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन्।

ड्रोनको प्रयोग
इराननिकट यमनका विद्रोही हुथी समूहका एक प्रवक्ताले सो आक्रमणका लागि १० वटा ड्रोन प्रयोग गरेको बताएका छन्। बेरुतमा रहेको हुथी समूहको अल मसिरा टीभीमा ती प्रवक्ताले थप आक्रमण हुनसक्ने बताएका छन्। प्रवक्ता याह्या ...


विश्‍वघटना : चिनियाँ सीमामा भारतीय सेना तैनाथ, क्युवामा अधिकांश पत्रकारको ट्वीटर एकाउन्ट बन्द

नयाँदिल्ली - भारतको मध्यप्रदेशस्थित तिर्थयात्रीहरुले भरिएको डुंगा पल्टिँदा १२ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान साढे ४ बजे दुर्घटना भएको थियो ।

भोपालस्थित एक तलाउमा हिन्दूहरुका भगवान गणेशको मूर्ति विसर्जन गर्न जाँदै गर्दा २० भन्दा धेरै यात्रु भएको डुंगा पल्टिएको हो । प्रदेश सरकारका सञ्चारमन्त्री पिएस शर्माका अनुसार हिन्दूहरुको आस्थाको चाड गणेश चतुर्थी मनाउने क्रममा तिर्थालुहरु तलाउमा गणेशको प्रतिमा सेलाउन गएका थिए ।

सोमालियामा २० लाख मानिस भोकमरीको जोखिममा


सोमालिया : सोमालियामा २० लाख जति मानिस भोकमरीमा पर्ने खतरा ...


प्लम्बरलाई अपहरण गर्ने साउदी राजकुमारीलाई सजाय

पेरिस - फ्रान्समा एक कामदारलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा साउदी राजकुमारीलाई यहाँको अदालतले जेलसजाय र ११ हजार डलर जरिवाना तोकेको छ ।

साउदी राजाकी छोरी हास्सा बिन्त सलमानले अंगरक्षकलाई लगाएर पेरिसस्थित अपार्टमेन्टमा एक प्लम्बरलाई कुटपिट गराएको भन्दै मुद्दा दायर भएको थियो । ती व्यक्तिले आफूलाई बाँधेर यातना दिइएको पनि आरोप लगाएका थिए । मुद्दापछि राजकुमारीलाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

इजिप्टका ती नागरिकले आफूलाई घण्टौँसम्म थुनेर कुटपिट गराएको आरोप लगाएका थिए । २०१८ मार्चमा यस्तो घटना भएको भन्दै मुद्दा अदालतमा पुगेपछि राजकुमारी हास्सालाई पक्राउ पूर्जी ...


विश्वघटना : राष्ट्रसंघमा उठ्यो 'काश्मिर' विवाद, रोकिएन उत्तर कोरियाको 'क्षेप्यास्त्र प्रक्षेपण' सृंखला

काठमाडौँ - केही मानवीय घटना र प्राकृतिक विपद्बाट आज पनि संसारकै ध्यान खिच्ने खालका केही घटना भए । इराकमा मुस्लिम समुदायले मनाउने एक पवृमा भेला भएकाहरुबीच भागदौड हुँदा ठूलो दुर्घटना भयो । हालैको उक्त घटनामा एक सयभन्दा धेरै घाइते भए । हङकङको जारी आन्दोलनमा स्कुले विद्दार्थीले उत्साहजनक सहभागिता जनाए । यस्तै केही महत्वपूर्ण खबर यहाँ प्रस्तुत गरिएको छ ।

उत्तर कोरियाको फेरि क्षेप्यास्त्र प्रक्षेपण
सोल : उत्तर कोरियाले फेरि कम्तिमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उसले प्रक्षेपण गरेको क्षेप्यास्त्रको प्रकृति भने खुल्न सकेको छैन । ...


भारतीय विदेशमन्त्री जयश‌ंकरद्वारा चीनको कडा आलोचना

नयाँदिल्ली - भारतीय विदेशमन्त्री एस जयशंकरले चीनको एकपक्षीय व्यापार नीतिको आलोचना गरेका छन् ।

खुला व्यापार सम्झौताको सहजिकरण नगरेकोमा गुनासो गर्दै उनले चीनका नीतिमाथि टिप्पणी गरेका हुन् । सिंगापुरस्थित ‘प्यानल डिस्कसन’मा उनले यस्तो बताएका हुन् । मन्त्री जयशंकरले यस क्रममा ‘अपारदर्शी बजार, र ‘चिनियाँ संरक्षणवादी नीति’बारे आलोचना गरे ।

र त्यस्ता नीतिले गर्दा दुई देशबीचमा संकट पैदा भएको उनले बताए । प्यानल डिस्कसनमा सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णन पनि सहभागी थिए ।

...

विश्वघटना : भारतीय राष्ट्रपतिलाई पाकिस्तानले हवाइ मार्ग दिएन, गाजा क्षेत्रमा इजरायली आक्रमण

इस्लामाबाद - भारतका राष्ट्रपति रामनाथ कोबिन्दका लागि हवाइ उडानको अनुरोध पाकिस्तानले अस्वीकार गरिदिएको छ । नयाँदिल्लीको पछिल्लो व्यवहारको कारण देखाउँदै पाकिस्तानले भारतको आग्रह अस्वीकार गरेको जनाएको छ ।

‘कश्मीर’ मामिलाबारे भारत र पाकिस्तानबीच पछिल्लो समय तनाब बढिरहँदा यस्तो आग्रह पाकिस्तानले अस्वीकार गरेको हो । ‘भारतीय राष्ट्रपतिले आइल्याण्डको यात्राका लागि पाकिस्तानको हवाइमार्ग प्रयोग गर्ने अनुमति मागेका थिए । तर हामीले उनलाई अनुमति नदिने निर्णय गर्यौँ,’ पाकिस्तानी विदेश मन्त्री शाह मेहम्मुद कुरैसीले भनेका छन् ।

तर यसबारे विस्तृतमा उनले उल्लेख गरेका छैनन् । सामान्यतः यस्ता हवाइ यात्राका ...


भारतको चन्द्रयान-२ सम्पर्कविहीन, मोदी निरास हुँदै फर्किए

काठमाडौं - भारतको चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि सम्पर्क टुटेको छ । चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि निराश हुँदै फर्किएका छन् ।

इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको बताएका छन् । उनले भनेका छन्, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’

चन्द्रयान-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो । भारतीय ...


जिम्वाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको निधन

एजेन्सी - जिम्वाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा निधन भएको छ। वर्तमान राष्ट्रपति इमर्सन मनाङ्ग्वाले सिंगापुरमा मुवागेको निधन भएको पुष्टि गरे। उनी ५ महिनादेखि उपचारका लागि सिंगापुर थिए।

सैनिक कु पछि मुगावेले सन् २०१७ मा तीन दशकदेखिको नेतृत्व छाडेका थिए। १९६४ मा रोडेशिया सरकारको आलोचनाका कारण मुगावेलाई एक दशकभन्दा बढी समय जेलमा राखिएको थियो।

मुगावे १९२४ फेब्रुअरी २१ मा जन्मिएका थिए।

...

अमेरिकामा भएको सडक दुर्घटनामा परि एकै परिवारका तीन नेपालीको मृत्यु

अमेरिका - अमेरिकाको मिजौरी राज्यमा भएको सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा मिजौरी राज्यको स्थानिय ब्ल्यू स्प्रिङमा बस्ने तीन नेपालीको मृत्यु भएको छ भने चार बर्षिय बालक र सवारी चालक घाइते छन्।

मृत्यु हुनेमा श्रद्धा ओझा खनाल, उनका बुवा गोविन्द खनाल र उनकी आमा शान्ता खनाल रहेको स्थानLय प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा गोविन्द खनालको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुईको उपचारका लागि अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो।

प्रहरीका अनुसार घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा ...


भारत र रूसबीच १३ बुंदे सम्झौता

व्लादिवोस्तोक - रूस र भारतबीच बुधबार १३ वटा सम्झौता भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौतामा हस्ताक्षर गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदी पूर्वी आर्थिक मञ्चमा सहभागी हुन रूस भ्रमणमा छन्। दुई देशले रक्षा, ऊर्जा, प्रविधि, अन्तरिक्ष लगायतका महत्वपूर्ण विषयमा सम्झौता गरेका हुन्। रूसले मोदीलाई आफ्नो देशको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ सेन्त एन्ड्रू द अपोस्तल’ सम्मान प्रदान गर्ने भएको छ। मोदीले भने, ‘अन्तरिक्षमा आपसी सहयोगले नयाँ शिखर छुँदै छ। गगनयान अर्थात् भारतीय ह्युमन स्पेस फ्लाइटका लागि भारतीय खगोलविद्ले रूसमा प्रशिक्षण लिनेछन्।’

भारतीय ...


विश्व घटना : चीनको संकटदेखि अमेरिकी-इरान तनाव उत्कर्षमा

बेइजिङ - चिनियाँ राष्ट्रपति सि जिन पिङले चीन यतिबेला ‘एकीकृत जोखिम’मा फसेको बताएका छन् । आर्थिक, राजनीतिक र कुटनीतिक चुनौतीसँग चीन जुध्नुपर्ने उनले बताए ।

७०औं वार्षिकोत्सवका अवसरमा विशाल सैन्य परेडका बीच उनले मंगलबार यस्तो बताएका हुन् । पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध चलिरहँदा सिले यस्तो बताएका हुन् । साथै पार्टीको केन्द्रीय स्कुल विभागका नेताहरुको सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधिनता, सुरक्षाका लागि संघर्ष गर्नुपर्ने बताए ।

इमरान खानको भारत अनुभव : हिन्दुस्तानमा यति सम्माम मिल्यो कि म त हैरान भएँ
इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ...


गैरआवासीय नेपाली संघ पोर्चुगलको कोषाध्यक्षमा कुँवर विजयी

लिस्बन - गैरआवासीय नेपाली संघ (एन.आर.एन.ए) पोर्चुगलको कोषाध्यक्ष पदमा उम्मदेवारी दिएका युवा ब्यबसायी बिक्रम जंग कुँवर विजयी भएका छन् । जितसंगै उनले पोर्चुगलमा बस्ने सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी बहिनीहरुलाई धन्यवाद दिई आगामी दिनहरुमा निरन्तर सेवामा समर्पित हुने वाचा गरेका छन् ।

उनले भनेका छन् - 'नमस्कार सम्पूर्ण पोर्चुगलमा बस्ने नेपाली दाजु-भाई तथा दिदी बहिनी हरुमा, तपाईंहरुले मलाई अमुल्य मतदान गरी कोषाध्यक्ष पदमा बिजय गराउनु भएकोमा म मनै भित्र बाट धन्यबाद दिन चाहन्छु र अब आउने दिनहरुमा म तपाईंहरुको सेवामा समर्पित हुने पनि बाचा गर्दछु । ...


एनआरएनए 'युवा संयोजक' पदमा शाहको उम्मेद्वारी, यस्ता छन् उनका संकल्पहरु !

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालको लागि 'युवा संयोजक' पदमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । युवा ब्यबसायी शाहको अष्ट्रेलियामा कन्सल्टेन्सी, होटेल/रेष्टुरेन्ट, रियाल स्टेट, ट्राभल एण्ड टुर्स लगायतको क्षेत्रमा लगानी छ । एनआरएनएको महाधिबेशन यो बर्षको अक्टुबरमा काठमाडौँमा हुँदैछ ।

गैर आवाशीय नेपाली संघको स्थापनाकाल देखिनै राष्ट्रिय समन्वय परिषद अस्ट्रेलियाको विभिन्न तह र तप्का रही आएका युवा तथा जुझारु व्यक्तित्व शाहले आफ्नो उम्मेद्वारी घोषणा गर्नुपुर्व केहि संकल्पहरु लिएका छन् ।

उनले नेपाल सरकारले घोषणा गरेको 'भ्रमण वर्ष २०२०' ...


अमेरिका-चीन विवाद उत्कर्षमा : अमेरिकी कम्पनीलाई तत्काल चीन छाड्न ट्रम्पको आदेश

वासिङटन - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीन नभए पनि अमेरिकालाई फरक नपर्ने भन्दै चेतावनी दिएका छन्। चीनले अमेरिकी सामानमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।

ट्रम्पले अमेरिकी कम्पनीलाई तत्काल चीन छाड्न पनि आदेश दिएका छन्। उनले चीनसँग व्यापार नभए पनि अमेरिकालाई अप्ठेरो नपर्ने उनले बताएका छन्। ट्रम्पले भने, ‘साँच्चिकै भनौं भने चीनसँग व्यापार नभए हाम्रो प्रगति हुनेछ।’ चीनसँग व्यापार युद्ध भइरहेको बताउँदै उनले सधैं यस्तो विवाद उचित नभएको बताएका छन्। चीन-अमेरिका व्यापार युद्ध शुरु हुनुअघि नै अमेरिकी अर्थतन्त्र कमजोर देखिन थालेको छ। ...


एनआरएन पोर्चुगल निर्वाचन : कोषाध्यक्षमा बिक्रम कुँवरको सहज जितको संकेत

लिस्बन - सन् २०१९-२०२१सम्मको कार्यकालका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), पोर्चुगलको चुनाब अगष्ट २५ मा हुँदैछ । निर्वाचनका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघ, पोर्चुगलकोसन् २०१९-२०२१ सम्मको कार्यकालका लागि कोषाध्यक्ष पदमा नेपाली जनसम्पर्क समितिका तर्फबाट बिक्रम कुँवरले उम्मेदवारी दिएका छन् । कुँवर बर्तमान समितिका सदस्य समेत हुन् ।

उनि विगत लामो समय देखि पोर्चुगल तथा स्वदेशमा समेत समाजसेवीको छवि बनाएका युवा व्यबसायी हुन् । उनको पोर्चुगलका २ स्थानमा स्थापित ट्राभल एण्ड टुर्स कम्पनी संचालनमा छन् । उनि पर्बत समाज ...


कश्मीर विवादलाई लिएर अन्तर्राष्ट्रिय अदालत जाने पाकिस्तानको तयारी

काठमाडौ - पाकिस्तानले जम्मू–कश्मीर सम्बन्धी विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताएको छ । पाकिस्तानले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो । भारतले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा र स्वायत्तता खोसेपछि पाकिस्तान त्यसको विरोधमा छन् ।

पाकिस्तानले यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको ढोका ढकढक्याएको पाकिस्तानले अब यो विषयलाई अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो ।

भारतको कश्मीरमाथिको निर्णयपछि पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध सीमित गरेको छ भने भारतीय राजदूतलाई फिर्ता पठाएका छ ।

कश्मीरका ...


२०२१ मा अमेरिमा आर्थिक मन्दीको त्रास

वासिङटन - अमेरिकी अर्थशास्त्रीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरूका कारण सन् २०२१ को अन्त्यसम्म आर्थिक मन्दी हुने अनुमान गरेका छन्।

अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ। गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा २५ प्रतिशतले आर्थिक मन्दी आउने पूर्वानुमान गरेका थिए। सर्वेक्षणमा २ प्रतिशतले मात्र यसै वर्षदेखि मन्दी आउने बताएका थिए। करिब ३८ प्रतिशतले आर्थिक मन्दी सन् २०२० मै शुरु हुने बताएका छन्।

बैंक अफ अमेरिका मेरिल लिन्चको सर्वेक्षणले यस्तो जानकारी दिएको ...


‘आकस्मीक राहत कोष’ स्थापना गर्ने 'कोषाध्यक्ष'का उम्मेदवार कुँवरको घोषणा

पोर्चुगल - गैर आवासीय नेपाली संघ पोर्चुगलको आगामी कार्यकालका लागि युवा ब्यबसायी बिक्रम जंग कुवंरले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

यही २५ अगष्टमा हुने संघको सातौं राष्ट्रिय अधिबेशनका लागि बर्तमान कार्यसमिति सदस्य समेत रहेका कुवंरले आगामी (२०१९–०२१) कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

संघलाई आर्थिक रुपमा सबल र सक्षम बनाउँदै ‘आकस्मीक राहत कोष’ को स्थापना गर्ने बिशेष योजना र कार्यक्रमका साथ आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको कुवंरले बताए ।

संघको अनावश्यक खर्च कटौती गर्दै कोषलाई पारदर्शी, मितब्ययी र जवाफदेही ढंगबाट सञ्चालन गर्ने प्रतिबद्धताका साथ आफू ...


रेष्टुरेण्टमा खाना ढिलो ल्याएको भन्दै वेटरको हत्या !

पेरिस - फ्रान्सको पेरिसनजिकैको एक रेस्टुरेण्टमा स्यान्डविच खान पुगेका ग्राहकले वेटरको हत्या गरेका छन् ।

धेरै बेरसम्म स्यान्डविच पर्खनु परेको भन्दै ती ग्राहकले त्यहाँका वेटरलाई गोली हानी हत्या गरेको बताइएको छ । ‘नोइसी ले ग्रान्ड’ नामको रेस्टुरेण्टमा यस्तो घटना भएको थियो । ती व्यक्तिले रिसाउँदै हातमा भएको पेस्तोलले आक्रमण गरेका थिए । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

...

एनआरएन पोर्चुगलको नयाँ नेतृत्वमा नेकपा र कांग्रेस नजिकका उम्मेदवार आमनेसामने

लिस्वन- गैरआवासीय नेपाली संघ, पोर्चुगलको सन् २०१९-२०२१सम्मको कार्यकालका लागि कांग्रेस र बामपन्थी समूहबीच प्रतिस्पर्धा हुन लागेको छ।

अध्यक्षमा कांग्रेस निकट नेपाली जनसम्पर्क समितिका तिलक गैरे र नेकपा निकट प्रवासी एकता मञ्चका ईश्वर रिजालले उम्मेदवारी दिएका छन्। गैरे वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष हुन् भने रिजाल उपाध्यक्ष हुन्।

त्यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यसहित अधिकांश पदमा दुवैतर्फबाट उम्मेदवारी परेको छ। आइसिसी सदस्य पदमा कांग्रेस निकट रवीन अधिकारी र नारायणकाजी मगरले उम्मेदवारी दिएका छन् भने नेकपासहितको गठबन्धनबाट गोविन्द सापकोटा र धनराज शेर्पाले उम्मेदवारी दर्ता गराएका छन्। पोर्चुगलबाट आइसिसीमा दुई सदस्य निर्वाचित ...


उत्तर कोरियाले गर्यो फेरी क्षेप्यास्त्र परीक्षण

सोल- उत्तर कोरियाले शुक्रबार फेरि छोटो दुरीका दुई परमाणु सामुद्रीक क्षेत्रमा प्रक्षेपण गरेको छ।

परमाणु प्रक्षेपण गरेपछि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले वार्ताका लागि गरेको प्रस्तावलाई उत्तर कोरियाले अस्विकृत गरेको छ।

यो प्रक्षेपण पछिल्लो समयमा गरिएको छैठौँ पटकको प्रक्षेपण हो। अहिले प्योङ्याङ रिसाएको पाइएको छ। दक्षिण कोरियाली सेनाले तोङओन क्षेत्रबाट हतियार परीक्षण गरिएको जनाएको छ। एएफपी

...

एनआरएनए पोर्चुगलको निर्वाचनमा कोषाध्यक्ष पदका लागि बिक्रम कुँवरको उम्मेद्वारी

लिस्बन - गैर आवासिय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी २०१९ देखि २०२१ सम्मको कार्यकालको लागि यहि अगस्ट २५ तारिकमा निर्वाचन हुँदै छ । हालको कार्यसमितिमा सदस्य रहेका लोकप्रिय युवा बिक्रम जंग कुँवरले आगामी कार्यकाल (२०१९ -२०२१) का लागि कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

'एकता, सदभाब र सहकार्यको लागि मेरो उम्मेद्वारी' चुनावी नारा दिएर उठ्न लागेका कुँवर पोर्चुगलमा एक सफल युवा ब्यवसायीका रुपमा स्थापित छन् । पर्बत घर भई हाल पोर्चुगलमा बसोबास गर्दै आइरहेका कुँवरको नाम पोर्चुगलमा ट्राभल एण्ड टुरिज्म सेक्टरमा स्थापित छ ।

...

आन्दोलन दबाउन हङकङमा चीनले उतार्‍याे दलबलसहित सेना

एजेन्सी - चिनियाँ जनमुक्ति सेना दलबलसहित हङकङमा झरेकाे छ। १० हप्तादेखि जारी आन्दोलन दबाउन चिनियाँ सरकारले सेनाको ठूलो दलबल हङकङ झारेको हो।

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको पछिल्लो आन्दोलनलाई चीनले ‘आतंकवाद’को संज्ञा समेत दिएको छ। पटक–पटक चिनियाँ सेनाले प्रदर्शन दबाउने चेतावनी दिँदै आएकाे थियाे। पछिल्लो पटक प्रदर्शन उत्कर्षमा पुगेपछि बेइजिङले आन्दाेलनलाई ‘आतंकवाद’को संज्ञा दिएको हो।

चिनियाँ सेनाको दलबलसहित सीमामा तैनाथ रहेको गार्जियनको रिपोर्टमा उल्लेख छ। ‘चिनियाँ अधिकारीहरूले विरोध प्रदर्शनलाई आतंकवादी गतिविधिको रूपमा भर्सना गरेका छन्’, समाचारमा भनिएको छ,‘चिनियाँ अधिकारीले आन्दोलनकारीलाई ‘फलामको मुङ्ग्रो’ले जवाफ दिने समेत चेतावनी दिएका ...


हङकङ प्रदर्शन : 'पश्चिमा शक्तिबाट परिचालित' आन्दोलन दबाउने चीनको चेतावनी

हङकङ - हङकङमा एक विधेयकको विरुद्धमा उठेको आन्दोलन दशौं हप्तासम्म पनि मत्थर भएको छैन । बरु झन् चर्किँदैगएको छ । यही सोमबार मात्रै यहाँका प्रदर्शनकारीले अन्तर्राष्ट्रिय विमानस्थलमै छिरेर भव्य प्रदर्शन गरे ।

हजारौंको संख्यामा उत्रिएका प्रदर्शनकारीले नियमित उडान नै ठप्प पार्ने गरी प्रदर्शन गरेका छन् । विश्वभर सर्वाधिक ब्यस्तमध्ये एक विमानस्थल ठप्प हुँदा विश्वको चासो हङकङतिर तानिएको छ ।

यहाँका अधिकारीहरुका अनुसार आन्दोलन हिंसातर्फ उन्मुख छ । यतिसम्म कि, चिनियाँ सेनाले पटक पटक धम्की समेत दिँदैआएको छ । ‘परिचालित तथा प्रतिक्रियावादी शक्तिको आन्दोलन’ को संज्ञा दिँदै चीनले ...


ग्रिनकार्ड र भिसामा थप कडाइ गर्दै अमेरिका, आप्रवासीको सहुलियतमा कटौती

काठमाडौं - अमेरिकाले भिसा र ग्रिनकार्डमा थप कडाइ गर्दै नयाँ नीति ल्याउन लागेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको हो। यसले भिसा र ग्रिनकार्ड लिने आप्रवासीले पाउँदै आएको सहुलियत समेत कटौती हुनेछ।

आप्रवासीहरु सार्वजनिक सुविधामा निर्भर हुनसक्ने सम्भावना देखिएमा सरकारले भिसा अवधि लम‍्ब्याउन र ग्रिन कार्ड प्रप्त गर्न दिएको निवेदन अस्विकार गर्न सक्ने नियम बनाउँदै छ।

नीतिले एकवर्षभन्दा बढी खानेकुरा, आवास तथा सरकारी सुविधा लिन सक्ने ...


पूर्वी चीनमा आँधी : ३० जनाको मृत्यु, १८ बेपत्ता

हाङचाओ - चीनमा ‘लेकिमा’ नामक आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने करिब ५ सय जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

आँधीले करिब २५ हजार घरहरूमा क्षति पुर्‍याउनुका साथै १० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति पुगेको प्रारम्भिक अनुमान छ।

आँधी चीनको चच्याङ प्रान्तबाट शनिबार सुरु भएर च्याङ सु प्रान्तमा प्रवेश गरेको थियो। आँधी अगस्टको ११ तारिख दिउँसो चिनियाँ पहेँलो समुद्र क्षेत्रको पश्चिमतिर जाने र सोही दिनको बेलुकीसम्म शान तुङ प्रान्तको री चाउ नामक सहरनजिकका क्षेत्रमा पुग्ने चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको ...


काश्मीर विवाद सर्वोच्चमा, धारा ३७० हटाउने कदम असंवैधानिक भएको दाबी​​​​​​​

काठमाडौं- जम्मू-काश्मीरको विशेष अधिकारसम्बन्धी भारतीय संविधानको धारा ३७० को प्रावधान खारेज गर्ने राष्ट्रपतिको आदेशविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर भएको छ।

राष्ट्रपतिले जारी गरेको आदेशलाई चुनौती दिँदै नेसनल कन्फ्रेस (एनसी)ले शनिबार भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो।

एनसी नेता मोहम्मद अकबर लोन र हसनैन मसुदीले दायर भएको रिटमा राष्ट्रपतिबाट जारी भएको आदेश असंवैधानिक भएको दाबी गर्दै 'निष्प्रभावी’ गर्न अन्तरिम आदेश दिन माग गरिएको छ। एनसीले जम्मू-काश्मीर 'पुनर्गठन अधिनियम, २०१९'लाई पनि असंवैधानिक घोषणा गर्न माग गरेको छ।

संसद्‌ले गत सोमबार जम्मू-कश्मीरलाई विशेष राज्यको दर्जा दिने व्यवस्था धारा ३७० खारेज ...


राहुलले इन्कार गरेपछि भारतीय कांग्रेसको अध्यक्षमा सोनिया गान्धी

नयाँ दिल्ली - सोनिया गान्धी भारतीय कांग्रेसको अन्तरिम अध्यक्ष चुनिएकी छिन्। शनिबार अबेर सकिएको कांग्रेस कार्यसमिति बैठकले सोनियालाई कांग्रेसको अन्तरिम अध्यक्षमा चुनेको हो।

कांग्रेस नेता गुलाम नबी आजाद र हरिश रावतले बैठक सकिए लगत्तै जानकारी दिँदै सोनियालाई अन्तरिम अध्यक्ष चुनिएको र अध्यक्ष पदबाट राहुल गान्धीले दिएको राजीनामा समेत स्वीकृत गरिएको छ।

बैठकपछि कांग्रेस महासचिव वेणुगोपाल र पार्टी प्रवक्ता रणदीप सुरजेवालाका अनुसार शनिबार नै बसेको कांग्रेस कार्यसमितिको दोस्रो बैठकले ३ प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको जनाएका छन्।

पहिलो प्रस्तावमा राहुलले महत्वपूर्ण समयमा पार्टीको नेतृत्व गरेकोमा धन्यवाद दिँदै लोकसभा चुनावमा मिलेको ...


काश्मीरमा हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायलाई पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

काठमाडौं - जम्मू–काश्मीरलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० को रद्ध गर्ने फैसलामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कडा प्रतिक्रिया जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले यो मामिलामा अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेप गर्न आग्रह गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्रीले ट्विट गर्दै भनेका छन, ‘दुनियाले प्रतिक्षा गरिरहेको छ । भारतको कब्जामा भएको काश्मीरबाट कर्फयु हटोस् र थाहा होस् कि उत्पीडित काश्मीरीका बारेमा के भइरहेको छ । के भाजपाको सरकारले भारी मात्रामा काश्मीरीको विरुद्ध सुरक्षा बल खटाएर आजादीको आन्दोलन रोकिन्छ ? यसबाट आन्दोलन अझ धेरै अगाडि बढ्नेछ ।’

उनले दोस्रो ...


पाकिस्तानको घोषणा : भारतीय उच्चायुक्त फिर्ता र दुई देशीय व्यापार स्थगन

इस्लामाबाद - पाकिस्तानले आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ। उक्त घोषणासँगै पाकिस्तानले भारतीय उच्चायुक्त अजय बिसारियालाई भारत फिर्ता हुन आदेश दिएको छ। भारतका लागि पाकिस्तानी उच्चायुक्त भने कोही छैन। पाकिस्तानले यसै महिना भारतमा उच्चायुक्त पठाउने तयारी गरेको थियो। नयाँ निर्णयसँगै यो पनि स्थगित भएको छ।

जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि पाकिस्तानले बुधबार यो घोषणा गरेको हो। ‘हामीले हाम्रा उच्चायुक्तलाई दिल्लीबाट स्वदेश फिर्ता गर्नेछौँ भने ...


कश्मीर विवाद : चीनद्वारा भारतीय कदमको बिरोध

पइचिङ - जम्मु कश्मीरबाट धारा ३७० हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीनले विरोध गरेको छ। लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य नहुने उसको भनाइ छ।

भारतले आफ्नो आन्तरिक मामिलामा नबोल्न चीनलाई सचेत गराएको छ। अरूको आन्तरिक मामिलामा आफू पनि नबोलेको र आफ्नोमा पनि नबोल्न उसले भनेको छ।

चिनियाँ समाचार पत्र ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘भारत सरकारले चिनियाँ क्षेत्र आफ्नो राज्यमा सामेल गरेको छ। यसको हामी विरोध गर्छौं। भारतीय कदमबाट चीनको क्षेत्रीय अखण्डता र सम्प्रभुता उल्लंघन भएको छ। यो अस्वीकार्य छ।’ जम्मु कश्मीरको भूभाग हाल ...


कश्मीरमा राजनीतिक संकट : विवादमा अमेरिकी प्रवेशको संकेत !

काठमाडौं - भारतले कश्मीरको स्वायत्त अधिकार कटौती गरेपछि नै दक्षिण एसियाली राजनीतिमा नयाँ तरंग देखिएको छ । यसलाई लिएर पाकिस्तानी प्रधानमन्त्रीले कडा टिप्पणी गरिसके । उनले संयुक्त राष्ट्रसंघलाई नै यसबारे ध्यानाकर्षण गराइसकेका छन् ।

कश्मीरको विशेष अधिकार कटौती गर्ने भारतको निर्णयसँगै खानले प्रतिक्रिया दिएका हुन् । उनले कश्मीरी जनताको अधिकार स्थापित गर्नुपर्ने तर्क गर्दैआएका छन् ।

भारतले कश्मीरकाे अधिकार कटाैती गरेकाे भनिएकाे संविधानकाे धारा ३७० मा टेकेर सम्भव भएकाे हाे । जहाँ कश्मीर राज्यबारे उल्लेख थियाे । यसअघि पनि चलाउँदैआएकाे उक्त धारा यसपटक भने कश्मीरलाई हडप्ने गरी ...


जम्मु-कश्मिरलाई दिइएको विशेष राज्यको दर्जा खारेज, लद्दाख अलग गर्ने घोषणा,

काठमाडौं - भारत सरकारले जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने निर्णय गरेको छ । साथै लद्दाखलाई जम्मु कश्मीरबाट अलग गर्ने निर्णय पनि भएको छ । पर्यटकीय हिमाली जिल्ला लद्दाख केन्द्र शासित इलाका हुनेछ, जहाँ विधानसभा हुने छैन ।

नरेन्द्र मोदी सरकारले जम्मु-कश्मीरलाई दिइँदै आएको विशेष राज्यको दर्जा खारेज गरेको छ । संविधानको धारा ३७० र अनुच्छेद ५ खारेज गरिएसँगै जम्मु कश्मीरको विशेष अधिकार खोसिएको हो ।

मोदी सरकारको सो प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत भएलगत्तै अब जम्मु कश्मिरमाथिको शासन सीधै हिन्दूवादी दल भाजपाको सरकारले ...


कश्मिरको राजधानी श्रीनगरमा अनिश्चितकालीन कर्फ्यु, विपक्षी मुस्लिम नेता घरमै नजरबन्द

दिल्ली - भारत प्रशासित कश्मिरको राजधानी श्रीनगरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । साथै विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गरेको छ ।

श्रीनगरमा मध्यराति नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा बुफ्ेती र कश्मिर पिपुल्क कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई घरमै नजरबन्द गरिएको छ । साथै सबै शिक्षण संस्थाहरु पनि बन्द हुनेछन् ।

कश्मिरमा अशान्ति मच्चिन थालेपछि शुक्रबारबाट शुरु भएको पवित्र हिन्दू तीर्थस्थल अमरनाथ यात्रा रद्द गरिएको थियो । अमरनाथ गुफा दर्शनका लागि पुगेका हजारौं भक्तजन र ...


अमेरिकाको सपिङ मलमा गोली चल्दा २० को मृत्यु, २६ घाइते

टेक्सास - अमेरिकाको टेक्सासस्थित एक सपिङ महलमा गोली चल्दा कम्तिमा २० जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार टेक्सासस्थित एल पासो सपिङ सेन्टरमा गोली चलेको हो । गोली प्रहारबाट २६ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

शंकास्पद २१ वर्षीय गोरे व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा एक व्यक्तिले नै गोली चलाएको सुरक्षा अधिकारीले जनाएका छन् । अमेरिकी मिडियाहरुले घटनामा २१ वर्षीय पैट्रिक क्रुसियसको संलग्नता रहेका दाबी गरी खबर दिएका छन् । गोली चलेको स्थान मेक्सिको सिमाना नजिकै रहेको छ ।

...

चिनियाँ र उत्तर कोरियालीलाई चुनौती दिन एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका

सिड्नी - अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन्। चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नुपरेको अमेरिकी भनाइ छ।

रक्षामन्त्री एस्परले एसियामा पारम्परिक हतियार हटाएर मध्यम स्तरमा मार हान्ने क्षेप्यास्त्र तैनाथ गर्न सहज भएको पनि खुलासा गरे। अमेरिका ‘इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेस’ (आईएनएफ) सन्धिबाट बाहिरिसकेको पनि उनले स्पष्ट पारे। उनले भने, ‘हजुर, म थप शक्तिशाली क्षेप्यास्त्र तैनाथ गर्न चाहन्छु।’ उनले सकेसम्म यसै महिना नभए अर्को महिनासम्म क्षेप्यास्त्र तैनाथ गरिसक्ने प्रतिबद्धता व्यक्त गरे। उनले यी क्षेप्यास्त्र ...


हप्ता दिन भित्रमा उत्तर कोरियाले गर्‍यो दोस्रो पटक क्षेप्यास्त्र परीक्षण

एजेन्सी - उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै त्यहाँको समाचारसंस्था योन्हापले जनाएको छ।

सैनिक अधिकारीलाई उद्धृत गरिएको उक्त संस्थाको समाचारमा होदो प्राय : द्वीपबाट स्थानीय समयानुसार बुधवार बिहान उक्त प्रहार गरिएको उल्लेख छ। उत्तर कोरियाले अहिलेसम्म त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

जापानका रक्षामन्त्रीले कुनै प्रकारको क्षेप्यास्त्र आफ्नो भूभागसम्म नपुगेको बताएका छन्। गत साता उत्तर कोरियाले दुईवटा छोटो दुरीका क्षेप्यास्त्र प्रहार गरेको बताइएको थियो। इस्ट सी पनि भनिने सी अफ जापानमा खस्नुअघि दुवै क्षेप्यास्त्रले ४३० किलोमिटर दुरी पार गरेको ...


कुन देशलाई कुन 'क्याटेगोरि'मा राख्ने भन्ने निर्णय अमेरिकाले मात्रै गर्ने होइन : चीन

पइचिङ - आफूलाई विश्व व्यापार संगठन (डब्लुटीओ) को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यताबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमवार विरोध गरेको छ। चीनले यसलाई अमेरिकाको ‘अभिमानी तथा स्वार्थी’ धारणा भनेको छ।

यसै साता महत्वपूर्ण व्यापार वार्ता गर्ने तयारी भइरहेक बेला अमेरिकाले चीनलाई डब्लुटीओको विकासोन्मुख राष्ट्रको मान्यता प्राप्त अवस्थाबाट हटाउने चेतावनी दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रवार चीनलाई लक्षित गर्दै सबै उपाय लिएर विकासोन्मुख सदस्यमाथि विश्व व्यापार संगठनको सुधार निश्चित गर्न अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरसमक्ष आग्रह गरेको थियो।

यसका साथै नब्बे दिनभित्र स्पष्ट प्रगति नदेखिए अमेरिकाले एकपक्षीय ...


ब्राजिलको जेलमा ग्याङफाइट हुँदा ५२ कैदीको मृत्यु

काठमाडौं - ब्राजिलको एक जेलमा भएको झडपमा ५२ जनाको मृत्यु भएको छ। कैदीबन्दीका दुई समूहबीच करिब पाँच घण्टा चलेको उक्त झडपमा कम्तिमा ५२ जना मारिएको अधिकारीहरूलाई उद्‍धृत गर्दै बीबीसीले जनाएको छ।

अल्तामिरा जेलको एउटा ब्लकबाट अर्को ब्लक कब्जामा लिई कैदीबन्दीहरूले आक्रमण सुरु गरेका थिए। १६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने जेलमा लगाइएको आगोमा निसास्सिएर अन्यको ज्यान गएको त्यहाँका अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए।

कैदीबन्दीहरूले जेलका दुई अधिकारीलाई पनि नियन्त्रणमा लिएका थिए। जेलमा एउटा ब्लकमा रहेका कैदीबन्दीले अर्को ब्लकमा आगो लगाएका समाचारमा जनाइएको छ।

ठूलो ...


 बोकोहरामद्वारा अन्धाधुन्द गोली प्रहार :  अन्तिम संस्कारमा सहभागी ६५ जनाको मृत्यु

काठमाडौं - नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रोनोमा बोको हरामका सैन्य फौजले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा पनि ६५ जनाको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त राज्यको मुख्य सहर मैडुगुरीमा मोटरसाइकल तथा भ्यानमा आएका बन्दुकधारीले आफन्तको अन्तिम संस्कारमा सहभागीमाथि अन्धाधुन्द गोली चलाउँदा ६५ जनाको मृत्यु भएको हो ।

केहीको आक्रमणकारीलाई पछ्याउने क्रममा मृत्यु भएको हो भने केहीको घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ । पछिल्लो समय उक्त क्षेत्रमा इस्लामिक आक्रमण बढेको छ । स्थानीय सरकारी अधिकारी मुहम्मेद बुलामाले दुई साताअघि गाउँलेले ११ जना बोको हराम विद्रोहीमाथि ज्यान जाने ...


लिबियामा शरणार्थी चढेको डुंगा पल्टिदाँ १५० जना बेपत्ता

एजेन्सी - लिबियामा शरणार्थी चढेको डुंगा पल्टिदाँ करिब १५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीका प्रवक्ता चार्ली याक्सलेले दएिको जानकारी अनुसार करिब ३०० भन्दा बढी व्यक्ति सवार डुंगा पल्टिएको थियो । १५० भन्दा बढी हराइरहेका छन् । १४७ जनालाई डुब्नबाट बचेका छन् । उनीहरुलाई कोस्गार्डले बचाएर समुँद्री किनारमा ल्याएका थिए। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार राजधानी त्रिपोलीबाट करिब १२० किलोमिटरको दूरीको सहरमा उनीहरुलाई निकालिएको थियो।

बीबीसीकाअनुसार डुंगामा सवारहरु लिबियाबाट भू–मध्य सागर पार गरी युरोप जान हिडेका थिए। हालसम्म एक जनाको शव भेटएिको ...


'काश्मीर विवादमा मध्यस्थता गरिदिनु, भन्ने ट्रम्पको भनाइमा सत्यता छैन : भारत

काठमाडौं - काश्भीर विवादमा मध्यस्थता गरिदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँग प्रस्ताव राखेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको भारतले खण्डन गरेको छ।

भारतीय विदेश मन्त्रालयले ट्विट गर्दै ट्रम्पको उक्त भनाइमा सत्यता नरहेको स्पष्ट पारेको छ। ट्विटमा पाकिस्तानसँगका सवै विवाद दुई देशबीचको आपसी छलफलबाट टुंग्याइने बताइएको छ।

मंगलबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटपछि ह्वाइट हाउसमा पत्रकारहरुसँग बोल्दै राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानका बीचमा रहँदै आएको काश्भीर विवाद समाधानका लागि अमेरिकालाई मध्यस्थता गरिदिन प्रधानमन्त्री मोदीले २ साताअघि आफूसँग आग्रह गरेको बताएका थिए।

भारत र पाकिस्तान काश्मीर क्षेत्र आफ्नो सीमाभित्र ...


उत्तर कोरियामा चामल पठाउँदै दक्षिण कोरिया

सोल- दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ।

गत महिना सोलले उत्तर कोरियालाई विश्व खाद्य कार्यक्रममार्फत ५० हजार टन चामल उपलब्ध गराउने घोषणा गरेको थियो। उत्तर कोरियामा मौसमी प्रतिकूलताका कारण यस वर्ष त्यहाँको प्रमुख खाद्य बाली धानको उत्पादनमा व्यापक गिरावट आएको थियो।

एकीकरण मन्त्रालयका उपप्रवक्ता किम युन–हानले भने– 'दक्षिण कोरियाले यसै महिना (जुलाई) उत्तर कोरियालाई चामल उपलब्ध गराउँदैछ र आगामी सेप्टेम्बर महिनाभित्रै तोकिएको कोटा सबै उत्तर कोरिया पुगिसक्छ।'

उनले उत्तर कोरिया पठाइने पानीजहाज र ...


पाकिस्तानी प्रधानमन्त्री र ट्रम्प बिच अमेरिकामा वार्ता हुँदै

वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच सोमबार भेटवार्ता हुने भएको छ। उनीहरुबीच मुख्य गरेर अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्धका बारेमा छलफल हुने तय भएको अधिकारीहरूले जनाएका छन्।

अमेरिकाले अफगानी सरकार र विद्रोही तालिवान लडाकूबीचमा शान्ति सम्झौता गराउन चाहेकाले खानसँग ट्रम्पले अफगान युद्धका बारेमा छलफल गर्न लागेका हुन्। चर्चित पूर्व क्रिकेट खेलाडीसमेत रहेका पाकिस्तानी प्रधानमन्त्री खान सोमबार पहिलो पटक प्रधानमन्त्रीका रूपमा ह्वाइट हाउस प्रवेश गर्न लागेका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पका वरिष्ठ अधिकारीहरूले अफगानिस्तानमा शान्ति वार्ता अगाडि बढाउनका लागि पाकिस्तानबाट सहयोगको वातावरण बनाउन यो ...


दुनियाँखबर सम्बाददाता, पोर्चुगल - लिस्बनमा ब्यवसायिक सफलताकासाथ अगाडि बढिरहेको "लक्ष्मी ट्राभल्स एन्ड टुर्स" अब पोर्तुगलको जम्बुजेइरामा पनि खुलेको छ । गत जुलाई १७ तारिख बुधबारदेखि ट्राभल्सले जम्बुजेइरामा आफ्नो व्यवसायिक कार्य प्रारम्भ गरेको हो ।

जम्बुजेइराको Rua Miramar N26 7630-789 Zambujeira do Mar ठेगाना रहेको स्थानमा लिस्बन बाहिर लक्ष्मी ट्राभल्स एन्ड टुर्सको पहिलो शाखा खुलेको हो ।

ट्राभल्स शाखाको एनआरएनए आसिसी सदस्य नरेन्द्रबहादुर हमालले उद्घाटन गर्दै व्यवसायिक सफलताको शुभकामना दिएका थिए । उद्घाटनको अवसरमा एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष तिलक गैरे, जनसम्पर्क समिति पोर्तुगलका उपाध्यक्ष वकिल केसी, व्यवसायी कुबिर ...


अमेरिकामा न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर

वासिङटन - डेमोक्र्याटिक पार्टीको वर्चस्व रहेको अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्म प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ।

रिपब्लिकन पार्टीको वर्चस्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ। तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

हाउसमा भएको मतदानमा ज्याला वृद्धिसम्बन्धी विधेयक २३१–१९९ मतले पारित भएको थियो। विधेयकको पक्षमा डेमोक्र्याट सांसदले मतदान गरेका थिए भने रिपब्लिकनले विपक्षमा मतदान गरेका थिए।

यो विधेयक स्वीकृत भई लागू भएमा न्यूनतम ...


दुई सय ४० न्यायाधीशको एकैपटक सरुवा, भ्रष्टाचार हेर्ने विशेषमा पनि हेरफेर !

काठमाडौं - न्यायपरिषद्ले एकैपटक २ सय ४० न्यायाधीशलाई सरुवा गरेको छ । न्यायपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ जना, जिल्ला अदालतमा १ सय ५६ र विशेष अदालतमा ६ जना न्यायाधीशलाई सरुवा गरेको हो ।

न्यायपरिषद्ले विशेष अदालतमा ६ जना नयाँ न्यायाधीश सिफारिस गरेको छ । न्यायपरिषद्को स्वीकृतिमा उच्च अदालतमा कार्यरत ६ जना न्यायाधीशलाई विशेष अदालतमा सिफारिस गरिएको हो ।

विशेष अदालतमा न्यायाधीश शिवराज अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिने गरी सिफारिस भएको छ । यस्तै, उच्च अदालतका न्यायाधीश कृष्ण गिरी, बालेन्द्र रुपाखेती, ...


पेरुका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

लिमा - भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा पक्राउ परेका छन् ।मंगलबार बिहान उनी पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् ।

पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ । महान्यायाधिवक्ताले पूर्व राष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरुसँग वार्ता भइरहेको पनि बताएको छ । टोलेडो सन् २०१७ देखि संयुक्तराज्य अमेरिकामा बस्दै आएका छन् ।

ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरु विभिन्न अपराधमा संलग्न रहेको टाेलेडाेमाथि आरोप छ ...


पाकिस्तानद्वारा भारतका लागि हवाई क्षेत्र खुला, भारतलाई ठुलो राहत

काठमाडौं - पाकिस्तानले भारतका लागि हवाई क्षेत्र खुला गरेको छ । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले मंगलबारबाट हवाई क्षेत्र खुला गरेको जानकारी दिएको हो ।

बालाकोट आक्रमणपछि पाकिस्तानले भारतीय विमानका लागि हवाई मार्ग बन्द गरेको थियो । हवाई मार्ग खुला गरेर पाकिस्तानले भारतसँगको सम्बन्धमा मिठास भर्न खोजेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पाकिस्तानको यो कदमले भारतको एयर इन्डियालाई ठूलो राहत मिलेको समाचारमा उल्लेख छ । किनभने पाकिस्तानको हवाई मार्ग बन्द भएपछि एयर इन्डिया अर्कै बाटो प्रयोग गर्न बाध्य थियो ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतीय एयरलाइन अपरेटरहरुले ...


शक्तिशाली बन्दै भारत : अमेरिकाले दियो नेटोको दर्जा

वासिङटन - अमेरिकी संसद्ले भारतलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सदस्य बराबरको दर्जा दिने सहमति दिएको छ।

यसबाट अमेरिकाले भारतसँग नेटोको सहयोगी देश इजरायल र दक्षिण कोरिया समानको रक्षा व्यवहार गर्ने भएको छ। आर्थिक वर्ष २०२० का लागि नेशनल डिफेन्स अथराइजेशन एक्टलाई गत साता अमेरिकी सिनेटले अनुमोदन गरेको थियो।

यो विधेयकमा आएका संशोधन प्रस्ताव पनि अनुमोदित भएका छन्। सिनेटर जन कर्निन र मार्क वर्नरले विधेयकमा हिन्द महासागरमा भारतसँग मानवीय सहयोग, आतंकवादविरुद्ध संघर्ष, काउन्टर पाइरेसीलगायत विषयमा सहकार्य गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए।

विधेयक पारित भएपछि हिन्दू अमेरिकी फाउन्डेशनले सिनेटर ...


डोनाल्ड ट्रम्प उत्तर कोरियामा, किमसंग भेटेपछि दिए यस्तो प्रतिक्रिया !

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार उत्तर कोरिया पुगेका छन्। दुई कोरियाली सीमा क्षेत्र पानमुनजोममा पुगेर उत्तर कोरियाली भूमि टेकेका हुन्। उनी उत्तर कोरियाली नेता किम जोङ उनसँगको तेस्रो शिखर वार्ताका पहिलो पटक उत्तर कोरियाली भूमिमा पुगेका हुन्।

‘यो विश्वका लागि विशेष दिन हो’, भेटपछि संयुक्त वक्तव्यमा राष्ट्रपति ट्रम्पले भने, ‘सीमामा पाइला टेक्नु ठूलो सम्मान थियो।’ उनले भेटसँगै दुई देशबीच महान् सम्बन्धको विकास भएको बताए। ‘अढाई वर्षअघि धेरै खराब थियो जुन दक्षिण कोरिया, उत्तर कोरिया तथा विश्वका लागि खतरा थियो’, ट्रम्पले भने। राष्ट्रपति ट्रम्पले उत्तर ...


इरान-अमेरिका द्वन्द्व : तागत भए युद्धमा आउन अमेरिकालाई इरानको चेतावनी

वासिङटन - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी ड्रोन खसालेर ठूलो गल्ती गरेको चेतावनी दिएका छन्। राष्ट्रपति सामरिक महत्वको हार्मुज जल क्षेत्रमा इरानले अमेरिकाको जासुसी विमान खसालिदिएपछि ट्रम्पले चेतावनी दिएका हुन्।

हाल दुवै देशबीच तनाव बढेको छ। इरानी सेनाका प्रमुखले अमेरिकासँग लड्न तयार भएको बताएका छन्। बिहीवार ट्रम्पले ट्विट गर्नै भने, ‘इरानले भयानक गल्ती गरेको छ।’
अमेरिकाले ठूलै कारबाही गर्ने संकेत दिएको छ। अमेरिकाले इरानमाथि लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएको छ। इरानसँग तेल खरिद गर्दै आएका चीन, भारत लगायतका देशलाई पनि इरानी तेल नकिन्न दबाब ...


सुनुवाइको क्रममा इजिप्टका अपदस्थ राष्ट्रपति मुर्सीको अदालतमा  निधन

कायरो - इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मुर्सीको अदालतमा सुनुवाईका क्रममा मृत्यु भएको त्यहाँस्थित सरकारी टेलिभिजनले जनाएको छ। सन् २०१३ मा सेनाले सत्ता हातमा लिएपछि उनलाई अपदस्थ गरिएको थियो।

समाचारमा जनाइएअनुसार ६७ वर्षीय मुर्सी अदालतको कारबाहीपश्चात् बेहोस भएका थिए। बेहोस भएको केही बेरमै उनको अदालत परिसरमा मृत्यु भएको पुष्टि भएको बिबिसीले लेखेको छ।

उनीमाथि जासुसी गरेको आरोप थियो। उनले सन् २०१२ मा कार्यकाल सम्हालेको १ वर्षपछि इजिप्टमा जनआन्दोलन सुरु भएको थियो। जनआन्दोलनकै जगमा उनलाई सेनाले नियन्त्रणमा लिएको थियो।

यसपछि इजिप्टको सेनाले मुर्सी र मुस्लिम ब्रदरहु पार्डटीका समर्थकको विरुद्धमा अभियान सुरु ...


चिनियाँ राष्ट्रपति पहिलो राजकीय भ्रमणका लागि उत्तर कोरिया जाने

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिन पिङ आफ्नो पहिलो राजकीय भ्रमणका लागि उत्तर कोरिया जाने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का प्रमुखसमेत रहेका सीले आगामी जुन २० र २१ मा उत्तर कोरिया जाने चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनको निमन्त्रणामा उनी उत्तर कोरिया जान लागेका हुन्।

सिपिसीका अन्तर्राष्टिय मामिला प्रवक्ता हु झाओमिङले सोमबार राष्ट्रपति सीको उत्तर कोरिया भ्रमणबारे पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन्।

पछिल्लो १४ वर्षमा सिपिसीका प्रमुख तथा चिनियाँ राष्ट्रपतिले उत्तर कोरिया भ्रमण गर्न लागेको यो पहिलो पटक हो। ...


साउदीको एयरपोर्टमा मिसाइल आक्रमण, २६ घाइते

काठमाडाैं - यमनी विद्रोही समूह हाउठीले साउदी अरेबियाको अभा एयरपोर्टमा मिसाइल आक्रमण गर्दा २६ जना घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार विदेशीहरु समेत घाइते भएका छन् । घाइतेमध्ये महिला र बालबालिका समेत छन् । उनीहरुलाई नजिकको अस्पतामा लगिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

तर कस्तो किसिमको मिसाइल आक्रमण भएको भन्ने पुष्टि भइनसकेको अलजजिराले जनाएको छ । तर इरानी उच्च प्रविधिको हतियार भएको कुरा सरकारी विज्ञप्तिमा उल्लेख छ ।

हाउठी संलग्न मसिराह टेलिभिजनको रिपोर्ट अनुसार ‘क्रुज मिसाइल’ आक्रमण भएको थियो । बिहीबार भएको उक्त घटनाबारे पूर्ण विवरण भने आइनसकेको ...


पाकिस्तानका पूर्वराष्ट्रपति जरदारी पक्राउ

इस्लामाबाद - पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तान पिपल्स पार्टीका सहायक प्रमुख आसिफ अली जरदारी गिरफ्तारीमा परेका छन् ।

सरकारको भ्रष्टाचार सम्बन्धि मुद्दा हेर्ने निकाय अन्तरगत टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । सम्पत्ति सुद्धिकरणको मुद्दामा अलीसहित उनकी बहिनी फरायल तालपुरको पुनरावेदन सोमबार सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

आमिर फारुक तथा मोहसिन अख्तर कियानीको इजलासले अलीको मुद्दा खारेज गर्दै गिरफ्तारीको आदेश दिएको हो । जरदारी र उनकी बहिनी सम्पत्ति सुद्धिकरण मुद्दामा मुख्य अभियुक्त थिए ।

उनीहरुमाथि अवैध बैंक एकाउन्ट तथा देशबाहिर पैसा पठाउने गरेको आरोप लाग्दैआएको थियो । ...


मालीको आदिवासी समुदायमाथि घातक हमला : ९५ जना मारिए, १९ बेपत्ता

माली - मालीको डोगोनस्थित आदिवासी समुदायमाथि अज्ञात हतियारधारी समूहले गरेको हमलामा कम्तिमा ९५ जना मारिएको स्थानीय अधिकारीहरुले बताएका छन् । अरु १९ जना हराइरहेको बताइएको छ ।

सोमबार यहाँको सरकारले विज्ञप्ति निकाल्दै अज्ञात समूहले हमला गरेको बताएको छ । आक्रमणमा ठूलो संख्यामा गाउँलेले पालेका जनावरहरु समेत मारिएका छन् ।

सोमबारको उक्त घटनापछि अनुसन्धान गर्ने सरकारले जनाएको छ । केही समययता हिंसा जारी भएको उक्त क्षेत्रमा यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

एएफपी न्युजका अनुसार घटनास्थलमा मारिनेका शरीर जलेका छन् । साथै अधिकारीहरुले हराउनेहरुलाई खोजी गरिरहेको अन्तर्राष्ट्रिय ...


अमेरिकामा अन्धाधुन्द गोली चल्यो, कम्तीमा ११ जनाको मृत्यु

काठमाडौं - अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एक प्रहरीसहित ६ जना घाइते भएका छन् । यो घटना एक सरकारी कार्यालयमा भएको हो । भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारीको पहिचान भने सार्वजनिक गरिएको छैन । ती आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । यो घटना शुक्रबार स्थानीय समयअनुसार अपराह्न ४ बजेपछि भएको हो ।

भर्जिनियाका गभर्नर राल्फ नार्थमले भर्जिनिया बीच र पूरै कमनवेल्थका लागि ...


दोस्रो पटक प्रधानमन्त्री बन्दै मोदी, सपथ आज

नयाँ दिल्ली - भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले दोस्रो पटक प्रधानमन्त्री पदको सपथ आज बिहीबार लिँदैछन् ।

मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने छन् ।

हालै भएको १७ औं लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत हासिल गरेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

उनको यो सपथ कार्यक्रममा भारतीय उपराष्ट्रपति वैंकैया नायडुदेखि लिएर भारत र अन्य देशका ८ हजार अतिथिले सहभागिता जनाउँदै छन् ।

यसअघि सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री पदका लागि सपथ लिँदा मोदीले ३ हजार ५ सय जनालाई बोलाएका ...


भारतीय लोकसभा चुनाव : मोदीको भाजपालाई दर्बिलो बहुमत

नयाँ दिल्ली - भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपा (भारतीय जनता पार्टी) ले दर्बिलो बहुमत प्राप्त गरेका छन् ।

भाजपाले शुक्रबार बिहान ६ बजेसम्म २८९ सिटमा जितिसकेको छ । १४ सिटमा अग्रता लिएको छ । विपक्षी कंग्रेस आईका उम्मेदले ५० सिटमा जित हासिल गरेका छ र एक सीटमा अग्रता बनाएको छ । २०१४ को लोकसभा चुनावमा ४४ सीट जितेको कंग्रेस आइले केही सीट बढाउनबाहेक कुनै प्रभाव देखाउन सकेन ।

सात चरणमा करिब डेढ महिनामा सम्पन्न ...


अमेरिकामा ५ लाख ५४ हजार मानिस घरविहिन

काठमाडौं - क्यालिफोर्नियाको उत्तरतर्फ रहेको स्यानफ्र्यानसिस्को शहरमा पछिल्लो समय ‘होमलेस’ अर्थात बेघर मानिसहरुको जनसङ्ख्यामा १७ प्रतिशत वृद्धि भएको देखिएको छ । यसअघि ‘ग्लोबल होमलेसनेस स्ट्याटिस्टिक्स’ ले तयार पारेको रिपोर्टमा पनि अमेरिकाको क्यालिफोर्नियामा सबैभन्दा धेरै घरबिहिनहरु (एक लाख तीस हजार भन्दा धेरै) रहेको उल्लेख गरिएको थियो । २०१७ को आधिकारिक रिपोर्ट अनुसार अमेरिकाभर ५ लाख ५४ हजार मानिसको स्थायी घर छैन जुन कुल जनसङ्ख्याको ०.१७ प्रतिशत हुन्छ ।

यस्तोमा स्यानफ्र्यान सिस्कोमा रेकर्ड गरिएको सो तथ्याङ्क पछिल्लो १७ वर्षकै उच्च रहेको बताइएको हो । वास्तवमा प्राविधिक उद्योगको सफलतासँगै ...


अवैध रुपमा लिविया पुर्याइएका १५ नेपालीको उद्धार

काठमाडौं - रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।

डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

उद्धार हुनेहरूमा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्की छन् ।

दूतावासका अनुसार, सबै कामदारलाई शरण दिइरहेको आइओएमले नै नेपाल ...


भारतीय लोकसभाको पाँचौं चरणको मतदान सम्पन्न

नयाँ दिल्ली - भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान सम्पन्न भएको छ। सात राज्यका ५१ स्थानका लागि सोमबार मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ।

पाँचौं चरणअन्तर्गत उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चारस्थानमा मतदान भएको हो। जम्मु कास्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र सोपियाँ जिल्लामा पनि सोमबार नै मतदान भएको बताइएको छ।

पाँचौं चरणको निर्वाचनमा उत्तरप्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसकी नेत्री सोनिया गान्धी, कंग्रेस अध्यक्ष राहुल गान्धी तथा केन्द्रीय ...


आकस्मिक अवतरणका क्रममा रुसी विमान दुर्घटनामा, ४१ जनाको मृत्यु (भिडियो सहित)

मस्को - रुसको मस्कोस्थित सेरेमेट्येभो विमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ।

रुसी राष्ट्रिय ध्वजाबाहक 'एयरोफ्लोट'को 'सुखोई एसएसजे-१००' विमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य सवार थिए। विमान अवतरण हुने क्रममा ठूलो आगलागी भएको थियो।

रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले विमान दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको जानकारी दिइन्। तर, स्वास्थ्यमन्त्री भेरोनिका भोर्टसोभाले ३८ जना बाँच्न सफल भएको बताउँदै मृत्यु हुनेको संख्या ४० मात्र रहेको बताएकी छिन्।

उता 'एयरोफ्लोट' कम्पनीले ...


'फानी'का कारण भारत र बंलादेशमा गरि ४२ जनाको मृत्यु, २८ लाख अस्थायी शिविरमा

नयाँदिल्ली - भारत र बंलादेशको तटीय क्षेत्रमा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म ४२ जनाको मृत्यु भएको छ। आँधीका कारण भारतको उडिसा राज्यमा २९ जना र बंगलादेशमा १३ जनाको मृत्यु भएको दुबै देशका अधिकारीले जानकारी दिएका छन्।

भारतको उडिसाबाट शुक्रबार सुरु भएको यो आँधी प्रतिघण्टा २०० किलोमिटरसम्मको बेगमा चलेको थियो। तर बंगलादेशतर्फ पुग्दा नपुग्दा आँधीको बेग केही मत्थर भएको मौसम विज्ञान अधिकारीले जनाएका छन् ।अधिकारीले हिन्दु धार्मिक स्थल पुरीमा मात्र २१ जनाको ज्यान गएको बताएका छन्। उडिसाका विशेष राहत आयुक्त विष्णुपादा सेठीले सञ्चार सम्पर्क नराम्रोसँग क्षति ...


श्रीलंका बम विस्फाेटमा परि मृत्यु हुनेको संख्यामा संशाेधन, रक्षा सचिवले दिए राजीनामा

काेलम्बाे- श्रीलंका सरकारले आइतबार भएकाे शृंखलाबद्ध बम विस्फाेटमा मर्ने मानिसकाे संख्या संशाेधन गरेकाे छ। यसअघि ३ सय ५० भन्दा बढीकाे मृत्यु भएकाे बताइए पनि श्रीलंकाकाे स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मृतककाे संख्या करिब २ सय ५३ मात्रै रहेकाे बताएकाे हाे।

मन्त्रालयले विज्ञप्तिमा मृतककाे संख्या गणनामा गल्ती भएकाे स्वीकार गरेकाे छ। श्रीलंकाकाे राजधानी काेलम्बाे तथा पूर्वी शहर बट्टीकालोआमा आइतबार होटल र गिर्जाघरलाई निशाना बनाइएकाे थियाे। यस घटनामा ५ सयकाे हाराहारीमा घाइते भएकाे पनि मन्त्रालयले जनाएकाे छ।

मृतकहरुमा अधिकांश श्रीलंकाली नागरिक रहेकाे तथा ४५ जना विदेशी नागरिककाे ...


श्रीलंका आक्रमणको जिम्मा 'आईएस'ले लियो

कोलम्बो - श्रीलंकामा आइतवार भएको शृंखलाबद्ध आक्रमणको आतंकवादी गतिविधिमा संलग्न इस्लामिक स्टेट (आईएस)ले मंगलवार जिम्मेवारी लिएको छ।

आईएसले जिम्मेवारी लिँदै भनेको छ, ‘आईएसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनका नागरिक र श्रीलंकामा इसाईविरुद्ध आक्रमण गर्ने व्यक्ति हाम्रा लडाकु हुन्।’ आईएसको समाचार संस्था अमाकमार्फत यसले आक्रमणको जिम्मेवनरी लिएको हो। यसअघि आक्रमणमा स्थानीय इस्लामी आतंकी संगठन नेशनल तौहिद जमात संलग्न भएको आशंका गरिएको थियो।

आक्रमणमा संलग्न लडाकु अबुल बार्रा, अबुल मुख्तार र अबु उबएदा भएको बताइएको छ। उनीहरू आईएसको कालो रंगको झण्डा अगाडि उभिएका छन्। एक आक्रमणकारीको सीसीटीभी फुटेज पनि भेटिएको छ। ...


 श्रीलंकामा संकटकालको घोषणा, मृतककाे सम्झनामा आज राष्ट्रिय शोक

काेलम्बाे - श्रीलंकामा साेमबार मध्यरातदेखि देशभर संकटकाल लगाइएकाे छ। आइतबार भएकाे शृंखलाबद्ध बम विस्फाेटपछि सरकारले संकटकारल लगाउने घाेषणा गरेकाे हाे।

यसअघि आइतबार विभिन्न ८ स्थानमा भएका विस्फोटका घटनामा २ सय ९० जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएपछि श्रीलंकाली सरकारले देशभर १२ घण्टे निषेधाज्ञा जारी गरेकाे थियाे।

गलत सूचना प्रवाह हुनबाट रोक्ने भन्दै फेसबुक, ह्वाट्सएप लगायतका समाजिक सञ्जाल समेत सरकारले बन्द गरेको छ।

विभिन्न गिर्जाघर र हाेटलमा गराइएकाे विस्फाेटमा ज्यान गुमाउनेकाे सम्झनामा आज राष्ट्रिय शोककाे समेत घोषणा गरिएकाे छ। आक्रमणकाे अनुसन्धानका लागि ३ सदस्यीय समिति बनाइएकाे ...


श्रीलङ्का आक्रमणमा परि मृत्यु हुनेको सङ्ख्या २ सय ९० नाघ्यो !

कोलम्बो - श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ८ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या आइतबार साँझसम्म २०७ पुगेको छ। प्रहरी तथा अस्पताल स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले सबै स्थानमा गरी कम्तीमा २ सय ९० जनाको मृत्यु भएको बताएका छन्।

प्रहरी प्रवक्ता रूवान गुनशेकराले मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेको पुष्टि गरेका छन्। बिस्फोटका कारण अरु करिब ४५० व्यक्ति घाइते भएका बताइएको छ। घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने सम्भावना रहेको यहाँका ...


भारतीय प्रधानन्यायाधीश माथि यौनशोषणको आरोप !

नयाँ दिल्ली- भारतीय प्रधानन्यायाधीश रञ्जन गोगोईविरुद्ध यौन शोषणको आरोप लागेको छ। सर्वोच्च अदालतमै कार्यरत पूर्व महिला कर्मचारीले यौन शोषणाको आरोप लगाएकी हुन्। गोगाईकै पूर्व जनियर असिस्टेन्टले गोगोईमाथि यस्तो आरोप लगाएकी हुन्।

आफूमाथि लागेको आरोपमा उनले न्यायपालिकाको स्वतन्त्रता खतरामा रहेको र न्यायलयलाई अस्थिर बनाउन गरिएको षड्यन्त्र भएको टिप्पणी गरेका छन्। यौनशोषणको आरोप लगाउने महिलाको पछाडि केही शक्तिशाली व्यक्ति रहेको टिप्पणी उनले गरेका छन्। 'न्यायाधीशले यस्तो दवावमा काम गर्नपर्ने अवस्था आउने हो भने स्वच्छ र सक्षम मानिश अदालतमा आउन चाहेने छैनन्,' उनले भने।

आरोप लगाउने महिलाले सर्वोच्च अदालतका २२ ...


अफगानिस्तानको सूचना मन्त्रालयमा विद्रोहीको आक्रमण

काठमाडौं - अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेको एक अफगान अधिकारीले बताएका छन्। त्यहाँ विस्फोटन भएको र गोली चलेको सुनिएको छ।

मन्त्रालययका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११ः४० बजे विस्फोटन भएको सुनिएको थियो। सशस्त्र आक्रमणकारीहरू र अफगान सुरक्षाकर्मीहरूबीच गोली हानाहान भएको उनले बताए।

घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन। सो आक्रमण राष्ट्रपति निवास र ख्यातिप्राप्त होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै भएको हो। तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता विफल भएको एक दिनपछि यो घटना भएको हो।

...

अमेरिकी सरकारको कठोर निर्णय : 'एसाइलम' दावी गर्ने आप्रवासी अब जेलमै बस्नुपर्ने !

अमेरिका - अमेरिकी सरकारले गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय लिएको छ। धेरै नेपाली महिनौं लगाएर अमेरिका पुगिरहेको अवस्थामा उनीहरूले त्यहाँको अदालतको निर्णय नआउन्जेल जेलमा बस्न पर्ने भएको हो। यसअघि यसरी अमेरिका प्रवेश गर्नेले एसाइलम आवेदन दिएपछि धरौटीमा रिहा गर्ने प्रावधान थियो। यसलाई बुधबार देखि हटाइएको हो।

बिना कागजात प्रवेश गरेका त्यस्ता आवेदकलाई अमेरिकी सरकारले एसाइलमको अन्तिम निर्णय नहुँदा सम्मकालागि बोण्ड अर्थात धरौटीमा रिहागर्दै बाहिर काम गर्ने अवसर दिन्थ्यो। बुधवार जारी भएको महान्यायधिवक्ताको निर्णय संगै अब एसाइलम आवेदकहरू, निवेदन स्विकृत नुहँदासम्म ...


भारतमा लोकसभा मतदान सुरु, ९१  सिटका लागि भाजपा र कांग्रेसको मुख्य प्रतिष्पर्धा !

एजेन्सी - भारतमा पहिलो चरणको आमचुनाव सुरु भएको छ । लोकसभाका ५ सय ४३ क्षेत्रमध्ये पहिलो चरणमा २० राज्य र केन्द्रशासित प्रदेशका ९१ सिटका लागि मतदान भैरहेको हो ।

पहिलो चरणमा आन्द्र प्रदेश, अरुणाञ्चल, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, निकोबार द्वीप समूह र तेलंगनामाको लोकसभा सिटमा मतदान भैरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यस्तै आन्द्रप्रदेश, सिक्किम, अरुणाञ्चल प्रदेशमा विधानसभाको लागि पनि मतदान भैरहेको छ । ओडिसामा पनि विधानसभाको लागि पहिलो चरणमा मतदान विहिबार हुँदैछ ।

सात चरणमा हुने चुनावमा ९० करोड भन्दा बढि मतदाताले मतदान गर्ने ...


 इरानको सरकारी सेनालाई ट्रम्पले गरे आतंकवादी घोषणा !

बिबिसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको सेना रेभलुशनरी गार्ड कोर (आईआरजीसी)लाई विदेशी आतङ्कवादी सङ्गठन घोषित गरेका छन्।
अमेरिकाले अर्को देशको सेनालाई आतङ्कवादी सङ्गठन घोषणा गरेको यो पहिलो पटक हो। ह्वाइट हाउसले आईआरजीसीको मुख्य उद्देश्य विश्वव्यापी आतङ्कवादी अभियानलाई लागु गर्नु रहेको दाबी गरेको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सेनालाई आतङ्कवादी सङ्गठन घोषणा गरेर त्यसको प्रत्युत्तर दिएको छ। केही महिनाअघि ट्रम्पले इरानसँगको परमाणुसम्झौता भङ्ग गरेपछि वाशिङ्टन र तेहरानबीच तनाव बढेको देखिन्छ।

रेभलुशनरी गार्ड्सलाई आतङ्कवादी सङ्गठन भनेपछि अब अमेरिकाले खासगरी त्यहाँको व्यापारिक क्षेत्रलाई ...


पाकिस्तानको अर्को मानवीयता : ३ सय ६० भारतीय कैदीबन्दी रिहा !

एजेन्सी - पाकिस्तानले भारतसँगको सम्बन्ध सुधारका लागि पाकिस्तानी जेलमा रहेका ३ सय ६० भारतीय कैदीबन्दीलाई मुक्त गर्ने भएको छ । पाकिस्तानले मानवीयताका आधारमा यो फैसला लिएको जनाएको छ ।

गएको फेब्रुअरी १४ मा भारत प्रशासित क्षेत्र कश्मीरमा आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) लाई लक्षित गरेर आत्मघाती बम विस्फोट गराएपछि दुई देशबीचकाे सम्बन्ध चिसिएको थियो । त्यस विस्फोटमा परि ४० सुरक्षाकर्मीकाे ज्यान गएको थियो ।

भारतले पनि जवाफी कारबाहीस्वरुप १३ दिनपछि आतंकवादी संगठनको आधारमा हवाई आक्रमण गरेको बताएको थियो । त्यसको भोलिपल्ट पाकिस्तानले एक ...


बेलायतको संसदमा अर्धनग्न प्रदर्शन

एजेन्सी - तीन सय ३२ वर्ष पुरानो बेलायतको संसदीय इतिहासमा सोमबार पहिलो पटक अर्धनग्न प्रदर्शन गरिएको छ । 'ब्रेजिक्ट' सम्झौताले जलवायु परिवर्तनको मुद्दा नसमेटेको भन्दै पर्यावरण कार्यकर्ताहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।

एक्सटिङ्कशन रिबेलियन ग्रुपका ११ कार्यकर्ताले संसदको पब्लिक ग्यालरी (सार्वजनिक प्रदर्शन भवन) मा २० मिनेटसम्म अर्धनग्न भएर प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरु ग्यालरीको काँचको पर्खालमा टाँसिएर उभिएका थिए र आफ्नो पिठ्यूँ सांसदतर्फ गरेका थिए । प्रदर्शनकारीहरुको छातीमा 'सबै जीवनको लागि' जस्ता नारा लेखिएको थियो ।

प्रहरी अधिकारीले प्रदर्शनकारीहरुलाई सार्वजनिक स्थलको मर्यादा भङ्ग गरेको आरोपमा गिरफ्तार गरेका ...


 मोजाम्बिकमा समुद्री आँधीले कम्तीमा हजार जनाको मृत्यु,  ५ लाख मानिस बिस्थापित

काठमाडौँ - मोजाम्बिकमा समुद्री आँधीका कारण कम्तीमा हजार जनाको मृत्यु भएको जनाइएको छ । राष्ट्रपति फिलिप नुसीले 'इडाई' आँधीका कारण मृत्यु हुनेको संख्या हजारभन्दा बढी भएको बताएका हुन् । नुसीका अनुसार प्रतिघण्टा १७८ किलोमिटरको गतीमा आएको आँधीले बन्दरगाह सहर बेइरामा ठूलो क्षति पुर्‍याएको छ ।

राष्ट्रसंघीय सहायता कर्मचारीले सोफाला प्रान्तको राजधानी बेइराका सबै घर ध्वस्त भएको जनाए । उक्त क्षेत्रमा करिब ५ लाख मानिस बसोबास गर्छन् ।

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका जेराल्ड बोउर्केले भने, 'क्षति नपुगेको कुनै घर छैन । दूरसञ्चार अवरुद्ध छ भने विद्युत् आपूर्तिका लागि ...


बाढीमा परी इन्डोनेसियामा कम्तिमा ६३ जनाको मृत्यु, कैयौँ बेपत्ता

जाकार्ता - इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।

घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिनु भएको छ ।

अत्यधिक बर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटनाहरु भएको जनाइएको छ ।
प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरु १८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप ...


फेसबुक लाइभ गरेर न्यूजिल्याण्डको मस्जिदमा गोलावारी, २७ जनाको मृत्यु

एजेन्सी - न्युजिल्यान्डको क्राइस्ट चर्चस्थित दुई मस्जिदमा गोलाबारी भएको छ। गोलाबारीमा धेरै हताहत भएको अनुमान गरिएको छ। अल नूर र एक अर्को मस्जिदमा गोलाबारी भएको बताइएको छ।

प्रत्यक्षदर्शीले गोलीबारीपछि अल नूर मस्जिदमा रक्ताम्य भएर धेरै जना भुइँमा लडेको देखेको बताएका छन्।

डेलीमेलले २७ जनाको मृत्यु भएको जनाएको छ। अझै मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीले जनाएका छन्।

मस्जिदमा आज जुमेको नमाज थियो। त्यही बेला आक्रमण भएको हो।

प्रहरी अधिकारी माइक बुसका अनुसार गोलाबारी गर्नेमध्ये एक व्यक्तिलाई हिरासतमा लिइएको छ। उनले भने, 'अहिले यस घटनामा कोको संलग्न थिए भन्ने बारे ...


पाकिस्तानमा महिलाहरुले चर्काए सडक आन्दोलन !

इस्लामाबाद - पाकिस्तानमा हजारौंको संख्यामा महिलाहरुले सडक आन्दोलन गरेका छन् । 'औरत मार्च’ नाम दिइएको उक्त र्‍याली पाकिस्तानका विभिन्न सहरमा निकालियो ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा उनीहरुले आन्दाेलन चर्काएका हुन् । आन्दोलनमा सहभागी महिलाहरुले पाकिस्तानको पितृसत्तात्मक व्यवस्थाको विरोध गरेका थिए ।

अघिल्लो वर्ष नै कराँचीको दक्षिणी समुद्री क्षेत्रबाट सुरु भएको ‘औरत मार्च’ले मूलतः महिला स्वतन्त्रताका मुद्दा उठाउँदैआएको छ । केही अगुवा महिलाहरुले महिलावादी मुद्दालाई विस्तार गर्दै आन्दोलनको रुपमा उठाउने निर्णय गरेसँगै सुरु भएको यस आन्दोलनमा आम महिलाहरु सहभागि छन् ।

खासगरी मजदुरी गर्ने तथा श्रमिक महिलाहरु यस आन्दोलनले ...


ट्रम्पले भने जस्तै के आइएस  समाप्त भएकै हो त ? सद्दाम हुसैनको सत्ता पल्टिएपछि यसरी उदायो आइएस !

एजेन्सी - गत डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सेनाले आइएसविरुद्धको लडाइँ जितेको घोषणा गरेका थिए । सिरियाबाट दुई हजार सैनिक फिर्ता बोलाउने उनको निर्णयले ठूलै हलचल ल्यायो । फेब्रुअरी १९ मा ट्रम्पको अर्को घोषणा आयो । उनले इस्लामिक स्टेट (आइएस) शतप्रतिशत परास्त भएको घोषणा गरे ।

के आइएस समाप्तै भएको हो ? पछिल्लो दुई सातायता यो प्रश्नको जवाफ सर्वाधिक खोजिएको छ । सिरियाली युद्धलाई प्रत्यक्ष नियालिरहेका धेरै व्यक्ति यो तथ्य स्विकार्न तयार छैनन् । अमेरिकी सञ्चारमाध्यम सिएनएनका रिर्पोटर वेनविडम्यानले मार्च १ मा ट्विट गरेका छन्, ‘म पछिल्लो २८ दिनदेखि सिरियामा युद्धको ...


मसूदका भाइसहित ४४ आतंककारी पक्राउ

इस्लामावाद - पाकिस्तानले चरमपन्थी संगठन जैश ए मोहम्मदका संस्थापक मसूद अजहरका दुई भाइसहित ४४ जनालाई नियन्त्रणमा लिएको छ।

काश्मिरको पुलवामामा ४२ जना भारतीय सैनिकको ज्यान जाने गरी भएको आत्मघाती आतंकवादी आक्रमणको जिम्मेवारी जैश ए मोहम्मदले लिएका बेला पाकिस्तानले मंगलबार मसूदका भाई मुफ्ती अब्दुल र हम्माद अजहरसहित ४४ जनालाई नियन्त्रणमा लिएको हो।

पाकिस्तानका गृह राज्यमन्त्री शेरायर अफ्रीदीले पत्रकार सम्मेलन गरेर ४४ जनालाई छानविनका लागि नियन्त्रणमा लिएर हिरासतमा राखिएको जानकारी दिए। यो कारवाही सबै प्रतिबन्धित संगठन विरुद्ध हुने उनको भनाई छ। राष्ट्रिय सुरक्षा योजनाअन्तर्गत यो कारवाही सुरु गरिएको उनले ...


अफगानी शिविरमा तालिवानको आक्रमण, ४० सुरक्षाकर्मीको मृत्यु

लस्कर गा– अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।

शुक्रबार समाचार तयार पार्दासम्म सरकारी सेना र तालिवान लडाकूबीच युद्ध जारी रहेको र कैयौँ सुरक्षाकर्मी घाइते भएको बताइएको छ।

आक्रमणमा कैयौं तालिवान विद्रोहीको पनि मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। विद्रोहीले उनीहरूलाई बोकेर लगेका कारण विद्रोहीतर्फ के कति क्षति भएको भन्नेबारे स्पष्ट हुन सकेको छैन।

...

पेरूमा ७ स्केलको  को भूकम्प

लिमा– पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ। भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गा खसेर आवागमनलाई प्रभावित पारेको बताइएको छ।

यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु पेरूको अजाङ्गारो सहरबाट करिब २७ किलोमिटर उत्तरपूर्वमा २ सय ५७ किलोमिटर गहिराइमा रहेको बताइएको छ। विभागका अनुसार दक्षिण अमेरिकामा गएका ठूला भूकम्पको केन्द्रबिन्दु प्राय: ७० किलोमिटरको गहिराईभन्दा तल हुने गरेको छ।

पेरूको छिमेकी राष्ट्र इक्वेडरमा पनि ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा ९ जना घाइते भएका ...


ट्रम्प-किम वार्ता : भियतनाम वार्तामा के हुँदैछ प्रगति  ?

बिबिसी - अमेरकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेत किम जङ-अनले भियतनाममा दोस्रो दिनको वार्ता थालेका छन्। यो वार्तामा उनीहरूबीच उत्तर कोरियाको परमाणुअस्त्र परित्यागबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ।

गत वर्ष जुनमा सिङ्गापुरमा उनीहरूबीच पहिलो पटक शिखरवार्ता भएको थियो। तर त्यसपछि निरस्त्रीकरणको योजनामा कुनै उल्लेख्य काम भएको छैन। कुनै ठोस सहमति हुन्छ कि भनेर सबैले उत्सुकतापूर्क हेरिरहेका छन्। वार्ताअघि किमको उपस्थितिमा ट्रम्पले भनेका थिए, "हतार छैन। हामी उचित सम्झौता गर्न चाहन्छौँ।" किमले चाहिँ आफूलाई "राम्रो परिणाम" आउने लागेको बताएका थिए।

दुई नेताहरूले कसरी कोरियाली प्राय:द्वीपबाट परमाणुअस्त्र ...


इमरान खानद्वारा भारतलाई वार्ताको प्रस्ताव, भन्छन - ''स्थिति बिग्रियो भने न त्यो मेरो न मोदीकै नियन्त्रणमा हुनेछ

बिबिसी - भारतले आफ्ना लडाकु विमानका चालकलाई मुक्त गर्न पाकिस्तानसँग माग गरेको छ। पाकिस्तानले भारतीय पाइलटलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेपछि भारत आक्रोशित देखिएको छ।

उसले घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनुलाई 'लाजमर्दो प्रदर्शन' भनी टिप्पणी गरेको छ। कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निसाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण भएपछि भारतले 'पाकिस्तानमा रहेका लडाकुहरूको शिविर हवाई हमला गरेर ध्वस्त गरिदिएको' दाबी गरेको थियो।

पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतद्वारा उल्लङ्घन गरेको तर ती विमानलाई लखेटिदिएको प्रतिक्रिया सार्वजनिक गरेको थियो। त्यसपछिको अर्को घटनामा आफूले दुईवटा भारतीय सैन्य विमान खसालिदिएको पकिस्तानको दाबी छ।

'कारबाही ...


पाकिस्तानले जबाफी कारबाही गर्ने आशङ्कामा भारतमा उच्च सतर्कता !

एजेन्सी - टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानको बालाकोटमा भारतीय आक्रमणपछि पाकिस्तानले जबाफी कारबाही गर्ने आशङ्कालाई दृष्टिगत गर्दै दिल्ली, मुम्बई र अन्य पाँच स्थानलाई आउँदो ७२ घण्टाको निम्ति उच्च सतर्कताको अवस्थामा राखिएको छ। पत्रिकाले सूत्रलाई उद्धृत गर्दै तीमध्ये पन्जाब, राजस्थान र गुजरात रहेको उल्लेख गरेको छ।

पन्जाबको गुरदासपुर, तरनतारन, अमृतसर, फिरोजपुर र फजिल्कामा पनि स्थानीय प्रशासनले सङ्कटको सामना गर्ने तयारी सुरु गरेको छ।

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले मङ्गलवार एन्टी टेरोरिस्ट स्क्वाड र गुप्तचर संस्थाका अधिकारीहरूसँग बैठक गरेर अवस्थाको समीक्षा गरेको समाचारमा उल्लेख छ।

पाकिस्तान आक्रमणको समयबारे सात जनालाई मात्र ...


भारतलाई पाकिस्तानको जवाफ : 'हमालको ‘सरप्राइज’ जवाफ दिन्छौं'

इस्लामाबाद - पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफुरले भारतलाई लक्षित गर्दै ‘बेवकुफ मित्रभन्दा बौद्धिक दुश्मन असल हुन्छ’ भन्दै कडा प्रतिक्रिया दिएका छन् ।

उनले भारतलाई दुश्मनीमा बेवकुफी र झुटको सहारा लिने भन्दै आरोप पनि लगाए । आसिफले भारतीय मिडियाले दावी गरे झैँ भारतीय विमान पाकिस्तानमा छिरेको झुट रहेको बताएका छन् ।

भारतीय वायुसेनाका विमान पाकिस्तानको सीमामा आए पनि केही बेरमै फिर्ता भएको उनले बताएका छन् । गफुरका अनुसार भारतका तीन क्षेत्रमा जवाफी हमला गरेको बताएका थिए । ‘हामीले तीन क्षेत्रमा उनीहरुको विमानको जवाफ दियौँ । यतिसम्म कि, ...


चार हजार किलोमिटर ट्रेन चढेर भियतनाम पुगेका किमको भव्य स्वागत

काठमाडौं - उत्तर कोरियाका नेता किम जोङ उन चार हजार किलोमिटर ट्रेन यात्रा गरेर भियतनाम पुगेका छन् । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँगको शिखर वार्ताका लागी भियतनाम पुगेका हुन् ।

गत वर्ष सिंगापुरमा भेटेका दुई नेताको वार्ता यो पटक भियतनाममा हुन लागेको हो । भियतनामको डोङ डाङ सीमासम्म निलो ट्रेन चढेर आएका उनको स्वागतमा रातो कार्पेट विछ्याइएको थियो ।

त्यहाँबाट उनलाई स्कर्टिङसहित राजधानी हानोइ लगिएको थियो । राजधानी जाने क्रममा उनले १७० किलोमिटर कारको यात्रा गर्नेछन् ।

...

ट्रम्प आएयता अमेरिका झन् ऋणमा फस्यो !

काठमाडौं - अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा वृद्धि भएर २ नील २० खर्ब (२२ ट्रिलियन) अमेरिकी डलर पुगेको छ। विगतमा ऋणभार र सरकारी वित्त घाटाका बारेमा जोडतोडले आवाज उठाउने रिपब्लिकन पार्टी अहिले चुपचाप छ।

जटिल बन्दै आएको घाटा र ब्याज भुक्तानीमा भइरहेको निरन्तरको वृद्धिले ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै राष्ट्रऋणको कुल भार १ नील ९० खर्ब डलरको हाराहारीमा थियो। दोस्रो विश्वयुद्ध भएपछि पहिलोपटक राष्ट्रऋण र अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबर भएको छ।

तुलनात्मक रूपमा फ्रान्सको आन्तरिक ऋणभार पनि जीडीपीकै बराबरीमा छ। फ्रान्सको आन्तरिक ...


भेनेजुएलाका सेनालाई ट्रम्पको चेतावनी : ग्वाइदोलाई समर्थन नगरे सबै गुमाउन तयार हुनू !

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनालाई विपक्षी नेता हुवाँ ग्वाइदोलाई समर्थन गर्न चेतावनी दिएका छन्। अन्यथा सबै गुमाउन तयार रहन पनि उनले भनेका छन्।

राष्ट्रपति निकोलास मादुरोले अत्यावश्यक मानवीय सहायता बहिष्कार गरेपछि भेनेजुएलामा संकट बढेको छ।

ग्वाइदोले गत वर्ष मादुरोले गराएको आमनिर्वाचनलाई फर्जी बताउँदै आएका छन्। उनले गत महिना आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

उनको कदमलाई करिब ६० देशले समर्थन गरिसकेका छन्। ती देशले भेनेजुएलामा अत्यावश्यक सामग्री पठाएका थिए। मादुरो सरकारले सहायता सामग्री आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ।

आफ्नो देश गरिबको देश नभएको दाबी ...


पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने साउदीको घोषणा !

साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। साउदीका राजकुमार मोहम्मद बिन सलमानले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई उकास्न पाकिस्तानसँग लगानी गर्ने सम्झौता गरेका हुन्।

आइतबार मात्र सलमान दुई दिने भ्रमणका लागि पाकिस्तान पुगेका हुन्। उनलाई उच्च सम्मानका साथ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले स्वागत गरेका थिए।

पाकिस्तान हाल आर्थिक संकटमा गुज्रिरहेको छ। त्यसकारण पाकिस्तान विदेशी लगानीको खोजीमा छ। सोही सिलसिलामा साउदी राजकुमार सलमानको पाकिस्तानी भ्रमण भएको हो। तेल, उर्जा लगायतका विषयमा सम्झौता भएका छन्।

कास्मिर आक्रमणका कारण भारत र पाकिस्तानको सम्बन्ध चिसिएको समयमा साउदी राजकुमारको भ्रमणलाई चासोका ...


भारतको कश्मिरमा दोहोरो भिडन्त, मेजरसहित चार सैनिकको मृत्यु !

नयाँदिल्ली - भारत प्रशासित जम्मु–काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भएको छ । गोली हानाहानमा परेर भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन् ।

बीबीसीको अनुसार भारतीय सुरक्षाकर्मीले उग्रवादी लुकेको सूचना पाएपछि संयुक्त अपरेशन शुरु गरेको छ ।

सेनाले अपरेशन शुरु गरेपछि उग्रवादीका तर्फबाट भएको गोली प्रहारमा भारतीय सेना मारिएका हुन् । केही दिन अघि मात्रै सोही क्षेत्र नजिक ४६ जना भारतीय सैनिक मारिएका थिए ।

...

सरकारको इच्छा विपरित अमेरिकी जहाज भेनेजुएलामा अवतरण गर्यो, अब के हुन्छ ?

एजेन्सी - मानवीय सहायता सामग्री वितरणलाई लिएर भेनेजुएलामा विवाद चर्किएको छ। ठूलो परिमाणमा त्यस्ता सामग्री बोकेका अमेरिकी सैनिक विमान सिमानामा रहेको कोलम्बियाली नगरमा ओर्लिएका छन्। विपक्षी नेता ह्वान ग्वाइदोले अर्को शनिवारदेखि ती सामग्री देशभर वितरण गर्न ६ लाख स्वयंसेवक खटाउने घोषणा गरेका छन्। तर राष्ट्रपति मदुरो चाहिँ यी सामग्री वितरण बहाना मात्र भएको र यो केवल अमेरिका र कोलम्बियाको युद्ध योजनाको एउटा पाटो रहेको ठान्छन्।

अमेरिकाले सैन्य अतिक्रमण गर्न लागेको उनी बताउँछन्। शुक्रवार उनले अमेरिकी ‘युद्ध योजना’ तिर औँल्याउँदै सेनालाई उच्च सतर्कतामा रहन आह्वान गरे। अमेरिकाले ...


 भेनेजुएला प्रकरणमा रुसले अमेरिकालाई दियो यस्तो चेतावनी !

मस्को - संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ ।

रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उनले भेनेजुएलामा अमेरिकाले शक्ति प्रयोग गर्न खोजेको संकेत पनि गरेका छन् । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले मङ्गलबार फोनमार्फत अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई सो चेतावनी दिएको हो ।

उक्त कुराको जानकारी रुसी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत दिएको छ ।

रुसी विदेशमन्त्री लाभरोभले उक्त फोनवार्ताका क्रममा अमेरिकाले भेनेजुएलामा अझै हस्तक्षेप गर्ने हो भने उसले अन्तरराष्ट्रिय कानुन उल्लङ्घनको ...


अमेरिकालाई रसियाको चुनाैती, दुई नयाँ क्षेप्यास्त्र लन्च गर्ने तयारी !

मस्को - ऐतिहासिक आणविक हतियार नियन्त्रण सन्धिबाट संयुक्त राज्य अमेरिका बाहिरिने भएपछि त्यसको प्रतिक्रियास्वरुप रुसले सन् २०२१ अघि नै जमिन आधारित दुई नयाँ क्षेप्यास्त्र प्रहार प्रणालीको विकास गर्ने मस्कोले मंगलबार जनाएको छ।

संयुक्त राज्य अमेरिकाको बाटो पछ्याउँदै रुसले पनि मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतयुद्धकालीन ‘इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स ट्रिटी (आइएनएफ)’ सन्धिमा रहेको आफ्नो संलग्नतालाई निलम्बन गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले गत शनिबार बताएका थिए। सो सन्धिले अमेरिका र रुस दुवैलाई युरोपेली भूमिमा छोटो र मध्यम दूरीको क्षेप्यास्त्र राख्न प्रतिबन्ध गरेको थियो।

वासिङ्टन र मस्को दुवैले एकअर्कालाई आइएनएफ सन्धि ...


ट्रम्पले नेपाल र भुटानलाई भारतको भुभाग ठानेपछि गुप्तचरले यसरी सम्झाए !

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतको भुभाग ठान्ने गरेको सार्वजनिक भएको छ । गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीहरूसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भुभाग भनेको अमेरिकाको चर्चित म्यागेजिन ‘टाइम’ ले जनाएको छ ।

गुप्तचर संस्थाहरूसँग बढ्दो दुरी र द्वन्द्वका बीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक रहेको सम्झाउनुपरेको उच्च अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । चर्चित अमेरिकी म्यागेजिन ‘टाइम’ ले गुप्तचर निकायसँगको ब्रिफिङका क्रममा टम्पलाई अधिकारीहरूले नेपाल र भुटान स्वतन्त्र मुलुक रहेको सम्झाएको उल्लेख गरेको छ ।

दक्षिण एसियाबारेको ...


चीन-अमेरिका सम्बन्ध उत्कर्षमा : नेपाल र भारतमा रहेका तिब्बतीलाई सघाउने अमेरिकी सिनेटको निर्णय

काठमाडौं - नेपालले एक चीन नीति लिइरहेका बेला अमेरिकी सरकारले भने नेपालका शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकलाई सहयोग गर्ने भएको छ। अमेरिकी सिनेटले सन् २०१९ देखि २०२३ सम्मका लागि नेपाल र भारतमा रहेका तिब्बतीलाई सहयोग गर्ने नीति पास गरेको छ।

अमेरिकी सिनेटले २०१८ डिसेम्बर ३१ मा पारित गरेको ‘एसियालाई आश्वस्त पार्ने पहलसम्बन्धी ऐन’ मा इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकी स्वार्थलाई बढावा दिन प्रत्येक आर्थिक वर्ष एक अर्ब ५० करोड डलर खर्च गर्ने उल्लेख छ। सोही पहलअन्तर्गत इन्डो प्यासिफिक क्षेत्रमा प्रजातन्त्र पवर्द्धन शीर्षकका लागि भन्दै बर्सेनि २१ करोड ...


सिक्किममा ‘एक परिवार, एक रोजगार’ र कृषि ऋण माफी दिने सरकारको घोषणा !

गान्तोक - भारतको सिक्किम राज्यका मुख्यमन्त्री पवनकुमार चाम्लिङले शनिबार ‘एक परिवार, एक रोजगार’ योजना सुरु गरेका छन्।

उक्त योजनाअन्तर्गत सरकारी रोजगारी नभएका प्रत्येक परिवारका एक व्यक्तिलाई रोजगार दिइनेछ। उनीहरूको खेती र कृषि क्षेत्रमा लागेको सबै ऋण माफी गरिने घोषणा पनि गरिएको छ।

भारतमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेका चाम्लिङले सिक्किमको पलजोर रंगशालामा आयोजित रोजगार मेला २०१९ मा यो योजना शुभारम्भ गरेका हुन्। यसका साथै उनले राज्यका ३२ विधानसभा क्षेत्रका दुई दुईजनालाई अस्थायी नियुक्तिपत्र दिएका थिए।

चाम्लिङको सिक्किम डेमोक्र्याटिक फ्रन्ट सरकारले यसै योजनाअन्तर्गत केही दिनअघि २० हजार युवालाई तत्काल ...


अमेरिकी 'सट–डाउन' : ट्रम्पको अलोकप्रिय कदमले आन्तरिक राजनीतिमा फस्यो अमेरिका !

काठमाडौं - अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै डोनाल्ड ट्रम्पले आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका छन्। उनको पछिल्लो चट्टानी अडानले तीन सातादेखि संघीय निकाय आंशिक बन्द (सट–डाउन) छन् । यसको असर विश्वभर परेको छ। अमेरिकी प्रशासन आंशिक बन्द भएको आइतबार २३ दिन पुगेको छ। अमेरिका र उसको बजेट ‘सट डाउन’ विश्वभर बहसको विषय बनेको छ।

चीनसँग व्यापार द्वन्द्वमा परेको मात्र होइन, पश्चिम एसियाली मुलुकमा आतंकवादसँग लडिरहेको अमेरिका आन्तरिक राजनीतिमा फसेको हो। शक्ति राष्ट्रभित्रको शक्ति–संघर्षले कूटनीतिक सम्बन्ध भएका मुलुकमा पनि बहस चुलिएको छ। विश्वभर रहेका अमेरिकी दूतावास ‘सट ...


उत्तर कोरियाली नेता किम दम्पती सहित चीनमा

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी सम्मेलनबारे छलफल गर्न उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन् । किमको तीन दिने भ्रमणका क्रममा अमेरिकासँग हुने वार्ताको मस्यौदा माथि छलफल हुने अनुमान गरिएको छ ।

गत जुनमा राष्ट्रपति ट्रम्पसँगको भेट अघि समेत नेता किमले बेइजिङमा राष्ट्रपति सि जिनपिङसँग छलफल गरेका थिए । अमेरिकाले समेत सम्मेलन अघि दक्षिण कोरियाली राष्ट्रपति मुन जेय ईनसँग भेटेर रणनिति तय गर्ने पक्का भएको बीबीसीले उल्लेख गरेको छ । श्रीमती रि सोल जु सँगै नेता किम अति सुरक्षीत मानिने बख्तरबन्द रेलमा ...


नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाको सपथ आज

ढाका - बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री हुन लागेकि हुन् ।

शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन् । प्रधानमन्त्रीका रुपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ ।

यहीबीच, जातीय औक्या फ्रन्टले प्रधानमन्त्रीको सपथ कार्यक्रम बहिस्कार गर्ने जनाएको छ । मुख्य प्रतिपक्षी बंगलादेश नेसनलिस्ट पार्टी ...


भारतमा मन्दिर विवाद उग्र : नेताकै घरमा बम हमला, मोदीकाे भ्रमण स्थगित !

नयाँदिल्ली - केरलास्थित सबरीमाला मन्दिरमा महिलाहरुको प्रवेश विरुद्ध भड्कीएको हिंसात्मक प्रदर्शनले उग्र रुप लिएको छ । यसबीच यहाँका विधायक एएन समसीरको घरमै शुक्रबार राति बम नै आक्रमण भएको छ ।

यसअघि भाजपाका सांसद वी मुरलीधरन, माकपाका कन्नुर जिल्ला सचिव पी शशी तथा पार्टीका कार्यकर्ता विशकको घरमा पनि बम हमला भएको बताइएको छ । हमलामा विशक घाइते भएका छन् ।

सर्वोच्च अदालतले तीन महिनाअघि सबै उमेरका महिलालाई प्रवेशमा अनुमति दिएको थियो । भाजपा र हिन्दु संगठनहरुले अदालतको यस्तो फैसलाको विरोध गरेका हुन् । जहाँ राज्यका माकपा सरकार अदालतको ...


एउटै माछा ३४ करोड ७२ लाखमा बिक्री

टोकियो - जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन्।

जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो। यो माछा प्रतिकेजी करीब रु १२ लाख ४९ हजार पर्नेछ।
अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो। नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो। सो माछा दुई सय ७८ किलोको ...


सिरिया झडपमा मृत्यु हुनेको संख्या ५० पुग्यो

बेरुत - सिरियाको उत्तर पश्चिम क्षेत्रमा विद्रोही समूहहरुबीचको दुई दिनदेखि जारी आपसी झडपमा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । सिरियाली युद्धको निगरानी गरिरहेको एक निकायले अल–कायदा समर्थित हायात तहरिर अल–शाम ९एचटीएस० र विद्रोही समूहको एक गठबन्धनबीच पश्चिमी अलेप्पो प्रान्तमा झडप भएको जनाएको छ ।

बुधबार नै झिमेकी प्रान्त इडलिबमा पनि यिनै दुई समूहबीच हिंसा भडकिएको थियो । सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार इडलिब विद्रोहीहरुको अन्तिम अखडा पनि हो ।

अब्जरभेटरीका प्रमुख अब्देल रहमानले इडलिब प्रान्तको उत्तर र दक्षिणपूर्वी भेगमा लडाइँ अझ तिब्र भएको बताए ...


बंगलादेशमा लगातार तेस्रो पटक शेख हसिनाको पार्टी विजयी

ढाका- बंगलादेशको चुनावमा लगातार तेस्रो पटक शेख हसिनाको पार्टीले विजय प्राप्त गरेको छ। बंगलादेशको चुनाव आयोगका अनुसार हसिनाको सत्तारुढ पार्टी अवामी लीगले ३ सय ५० संसदीय सीटमा २ सय ८१ सीट प्राप्त गरेको छ। यस अघिको चुनावमा भन्दा यो पटक पार्टीले अधिक सीटमा विजय निकालेको हो। हसिना सन् २००९ देखि प्रधानमन्त्री छन्।

बंगलादेशका विपक्षी पार्टीले आम चुनावको विरोध गरेकाछन्। उनीहरुले यसलाई हाँस्यासपद भनेका छन्। विपक्षी दलले पुन मतदानको माग गरेका छन्। विपक्षी दलले कुल सात सीटमा जित निकालेका छन्। विपक्षी दल बीएनपी प्रमुख वेगम खालिदा जियाले ...


ज्वालामुखीपछि आएको आँधीमा परी इन्डोनेसियामा २२२ जनाको मृत्यु, सयौं घाइते !

इन्डोनेसिया - ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो । नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन् । ती भिडियोहरुमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो ।

“दृश्यहरु आशु झर्ने खालका थिए,” स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भन्नुभयो । उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य ...


ट्रम्पको सिरियाबाट अमेरिकी सैनिक फर्काउने निर्णयको विरोध गर्दै रक्षामन्त्रीले दिए राजिनामा !

अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले राष्ट्रपति ड्रोनाल्ड ट्रम्पका सुरक्षा नीतिहरूको विरोध गर्दै राजीनामा दिएका छन् । पूर्व सैनिक जनरल म्याटिसले राष्ट्रपति ट्रम्पको सिरियाबाट अमेरिकी सैनिक फर्काउने निर्णयको विरोधमा राजीनामा दिएका हुन्।

राष्ट्रपति ट्रम्पले बुधबार सिरियाबाट सबै अमेरिकी सैनिक फर्काउने घोषणा गरेका थिए । त्यो घोषणामा रक्षामन्त्री म्याटिससँगै अरू धेरै ट्रम्पका सल्लाहाकारको असहमति थियो ।

बुधवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस् पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका थिए ।

रक्षा मन्त्री म्याटिस राष्ट्रपति ट्रम्पलाई सो घोषणा फिर्ता लिन ...


अमेरिकालाई चीनको चेतावनी : 'चीनलाई कुनामा थन्क्याउन खोज्नु ठूलो भूल'

बेइजिङ - चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक 'सुधार एवं खुला नीति'को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा बोल्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेकाले त्यसलाई छाड्न नसकिने बताए ।

चिनियाँ ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप काम गर्ने प्रतिबद्धता जनाए । 'हालको एक दलीय राजनीतिक प्रणालीबाट विचलित हुँदैनौं', उनले भने, 'अरु कुनैपनि ...


मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु, ७० भन्दा बढी बिरामी

एजेन्सी - भारतको एक मन्दिरमा प्रसाद खाएपछि ११ जनाको ज्यान गएको र दर्जनौं बिरामी भएको त्यहाँको प्रहरीले जनाएको छ।

दक्षिणी राज्य कर्नाटकस्थित एक मन्दिरमा भएको एउटा धार्मिक कार्यक्रममा प्रसाद खाएपछि करिब ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ।

प्रहरीका प्रवक्ताले उपचार गराइरहेका मध्ये ११ बिरामीहरूको अवस्था गम्भीर रहेको बीबीसीलाई बताएका छन्।

उक्त घटनापछि दुईजनालाई पक्राउ गरिएको बताइएको छ।

गुनासो
यो घटना सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरमा भएको हो।

एकजना स्वास्थ्य अधिकारीले उक्त खानेकुरामा विष हुनसक्ने बताएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।

‘हामीलाई पूजा सकिएपछि गोलभेडा र भात खान दिइएको थियो ...


 श्रीलङ्कामा संसद् भङ्ग गर्ने राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर

कोलोम्बो - श्रीलङ्कामा संसद् भङ्ग गर्ने राष्ट्रपति मैत्रीपाल सिरिसेनाको निर्णयलाई त्यहाँको सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ।

संसद् भङ्ग भएको ब्यहोरासहित नोभेम्बर ९ मा राजपत्रमा प्रकाशित सूचना वैध नभएको अदालतको निष्कर्ष छ।

राष्ट्रपति सिरिसेनाविरूद्धको अदालतको पछिल्लो निर्णयसँगै श्रीलङ्काको राजनीतिक सङ्कट झन् गहिरिन सक्ने अनुमान गरिएको छ।

सिरिसेनाले बर्खासीमा परेका प्रधानमन्त्री रनिल विक्रमसिङ्गलाई पुर्नबहाली गर्नुपर्ने माग निरन्तर अस्वीकार गर्दै आएका थिए।

समर्थन
बुधवार श्रीलङ्काको संसद्ले विश्वासको मत पारित गर्दै विक्रमसिङ्गलाई नै प्रधानमन्त्रीका रूपमा स्वीकारेको थियो।

उनले २२५ मध्ये ११७ जना सांसदको समर्थन पाएका थिए।

संसद्‌को उक्त मतादेशसँगै हाल प्रधानमन्त्रीका रूपमा रहेको भनिएका ...


क्रिसमस बजारमा बन्दुकधारीको प्रहरीसँग दोहोरो फायरिंग, तीन जनाको मृत्यु

एजेन्सी - फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी प्रहरीसँगको गोली हानाहानको क्रममा मारिएको फ्रान्सका आन्तरिक मन्त्रीले बताएका छन्।

एउटा प्रहरी टोलीले शेरिफ शेकाटलाई त्यो शहरको एक सडकमा फेलापारेको थियो।

तर उनले गोली चलाएपछि जबाफी कारबाही भएको बताइएको छ।

मंगलबार स्ट्रास्बर्गको क्रिसमस बजारमा भएको आक्रमणमा ३ जनाको ज्यान गएको थियो भने अन्य कैयौँ गम्भीर घाइते भएका थिए।

घटना लगत्तै प्रहरीले आक्रमणकारीको खोजतलाश थालेको थियो।

पछिल्लो कारबाहीमा मारिएका २९ वर्षीय शेरिफ शेकाट फ्रान्स र जर्मनीमा विभिन्न आपराधिक कार्यहरूमा यसअघि पनि संलग्न रहेको प्रहरीको भनाइ छ।

उनी कारागारमा हुँदा कट्टर इस्लामवादी बनेका थिए।

शेकाटको ...


पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु

लिस्बन - सत्य सनातन धर्मका प्रवद्र्धतक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको छ । द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको हो ।

महायज्ञका प्रमुख वाचक योगी श्रीओम सूर्य शिवले शुद्धज्ञान, वेद, श्रीमद्भागवत महापुराण, सूर्य पुराण, शिव पुराण, जीवनको सत्यता, आत्मज्ञानलगायतका विषयमा आध्यात्मिक तथा धार्मिक प्रवचन दिनेछन् । महायज्ञमा दैनिकजसो पूजा, जलधारा, पाठ, हवन, ध्यान, प्रवचनका साथै भजन कीर्तन हुने बताइएको छ ।

विश्वमा सत्य सनातन धर्मको प्रचारप्रसार गर्ने तथा ...


अमेरिकी पुर्वराष्ट्रपति बुसको निधन

काठमाडौं - अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ।अमेरिकाका पूर्वराष्ट्रपति समेत रहेका उनका छोरा जर्ज डब्लु बुसले शुक्रबार राति विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएका हुन्।

गत अप्रिलमा उनकी श्रीमती बारबाराको निधन भएको थियो। सोहि महिनादेखि उनको स्वास्थ्य अवस्था कमजोर भएका कारण उनलाई अस्पतालमा राखिएको थियो।

अमेरिकाका ४१औं राष्ट्रपति उनले सन् १९८९ देखि १९९३ सम्म सत्ता सम्हालेका थिए। दोस्रो कार्यकालका लागि निर्वाचनमा उठेका उनलाई विल क्लिन्टनले राष्ट्रपतिय निर्वाचनमा पराजित गरेका थिए।

सन् १९८१–१९८५ र १९८५–१९८९ सम्म उनले दुई कार्यकाल लगातार अमेरिकाको ...


स्यान डिएगोमा तनाव : अमेरिका छिर्न खोज्ने आप्रवासीमाथि अश्रुग्यास प्रहार

मेक्सिको - स्यान डिएगोमा अमेरिका-मेक्सिकोबीच सबैभन्दा ठुलो सीमा चौकी नजिक आप्रवासी र सुरक्षाबलबीच झडप भएको छ । यो सीमा खुलेलगत्तै मेक्सिकोबाट ठुलो संख्यामा अवैध आप्रवासी अमेरिका छिर्न लागेका थिए । जब सीमा चौकीबाट आप्रवासीलाई बाटो दिइएन तब उनीहरु नजिकैको एक सुख्खा नहरबाट अमेरिका पस्न खोजे ।

त्यसपछि अवस्थालाई नियन्त्रणमा लिन अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्देशनका आधारमा सुरक्षाबलले त्यहाँ अश्रुग्यास बर्सायो । प्रवासीहरुमा धेरैजसो महिला र बालबालिका थिए । घटनापछि पाँच घण्टासम्म सीमालाई बन्द राखिएको थियो ।

ट्रम्पले केही दिनअघि अमेरिकामा कानुनी रित पुर्‍याएर आउने आप्रवासीलाई मात्रै ...


श्रीलंकाको संसदमा कुटाकुट

कोलम्बो - श्रीलंकाको संसदमा शुक्रबार सांसदहरूले अर्कातिर खुर्सानीको धुलो र फर्निचर फ्याँकेका छन् । राष्ट्रपति सिरिसेनाले संसद्को अधिवेशन डाकेपछि बिहिबार संसदभित्र कुटाकुट भएपछि संसद स्थगित भएको थियो ।

संसद सदस्यहरू हिंसामा उत्रिएपछि सभामुख कारु जयसूर्याले प्रहरी बोलाएका थिए । हाल संसद सोमवारसम्मका लागि पुनः स्थगित भएको छ ।

बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रपति पदका लागि आफूसँग पराजित भएका महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा असहज राजनैतिक गतिरोध सिर्जना भएको छ ।

लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले संसदमा शक्ति परीक्षण गराउन सहमति दिएपछि भएको विश्वासको ...


चुनावमा रुसी हस्तक्षेपबारे ट्रम्पले मुख खोले, दिए यस्तो जवाफ !

एजेन्सी - राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको आरोपित हस्तक्षेपबारेको अनुसन्धानका क्रममा आफूले सबै प्रश्नका जवाफ दिने काम पूरा गरेको बताएका छन् ।

विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलर नेतृत्वको टोलीले रुसको आरोपित हस्तक्षेपबारे अनुसन्धान गरिरहेको छ ।

आफूले प्रश्नहरूको निकै सजिलो ढङ्गले जवाफ दिएको भन्दै ट्रम्पले आफ्ना जवाफहरू रोबर्ट म्युलर नेतृत्वको टोलीलाई बुझाउन बाँकी रहेको पत्रकारहरूलाई बताए ।

ट्रम्पले आफ्नो चुनावी अभियान समूह र मस्कोबीच साठगाँठ भएको भन्ने आरोप अस्वीकार गर्दै आएका छन् ।

बिहीवार सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले जारी अनुसन्धानलाई नचाहिँदो काम को संज्ञा दिए ...


युरोपीयन संघबाट बाहिरिने ब्रिटेनको निर्णय

काठमाडौं - ब्रिटेनले युरोपीयन संघबाट बाहिरिने निर्णय गरेको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीयन संघबाट अलग हुने निर्णय गरेको हो । यस विषयमा मन्त्रिपरिषदमा पाँच घण्टा लामो छलफल भएको थियो ।

प्रधानमन्त्री टेरिजा मेले यो अन्तिम निर्णय भएको बताइन् । उनले यो निर्णय ब्रिटेनको हितमा भएको पनि दाबी गरिन् ।

यसबाट रोजगारी जोगिने र देशको सुरक्षा तथा संवैधानिक एकताका लागि मद्दत पनि पुग्ने बताइन् । यसले ब्रिटेनलाई आफ्नो कानुनमा नियन्त्रण हासिल हुने प्रधानमन्त्री मेको भनाइ छ ।

प्रधानमन्त्री टेरिजा मेले युरोपीय संघबाट बाहिरिने निर्णयको औपचारिक जानकारी बिहीबार संसदलाई ...


अमेरिका नभएको भए फ्रान्स उहिल्यै ध्वस्त भैसक्थ्यो : ट्रम्प

वासिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका नभएको भए विश्वयुद्धमा फ्रान्स ध्वस्त हुने बताएका छन्। अमेरिकी सेना र हतियारले फ्रान्सले युद्ध जितेको पनि उनले स्मरण गराए।

फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँले युरोपले आफ्नो सेना बनाउनुपर्ने बताउँदै आएका छन्। युरोप अमेरिकी सेनामा भर पर्नु उचित नभएको उनको भनाइ थियो।

माक्रोँले चीन, रूस र अमेरिकाको साइबर खतराबाट बचाउन युरोपको आफ्नै टोली हुनुपर्नेमा जोड दिएका थिए। राष्ट्रपति ट्रम्पले भने युरोपको रक्षा अमेरिकाले गर्दै आएकाले उसकै हतियार किन्नुपर्ने दाबी गरेका थिए।

ट्रम्पले ट्विट गर्दै भने, ‘माक्रोँले अमेरिका, चीन र रूसका विरुद्ध युरोपको रक्षाका ...


स्वतन्त्र तिब्बतको पक्षमा नेपालमा आन्दोलन चर्काउने तयारी, थिन्ले गयाट्सो तोकिए कमान्डर !
चीनबाट भागेर नेपाल आउने तिब्बती शरणार्थीलाई भारत निष्कासन रोकियो

काठमाडौँ - चीनबाट भागेर नेपाल आउने तिब्बती शरणार्थीलाई गृह मन्त्रालयले भारत निष्कासन रोकेको छ । विगतमा कानुनविपरीत तिब्बती शरणार्थीलाई सरकारले भारतमा निष्कासन गर्दै आएको थियो । तर, करिब चार महिनायता गृहमन्त्री रामबहादुर थापाले यस्तो प्रक्रिया रोकेका छन् ।

अध्यागमनसम्बन्धी कानुनमा अवैध रूपमा नेपाल प्रवेश गर्ने तथा बस्ने व्यक्तिलाई सम्बन्धित देशमै निष्कासन गर्ने प्रावधान छ । शरणार्थीलाई सहयोग गर्दै आएका अन्तर्राष्ट्रिय संस्थाहरूको दबाबमा सरकारले करिब ०५० देखि नै यसरी भारत निष्कासन गर्दै आएका थिए ।

अवैध रूपमा नेपाल आउने तिब्बती शरणार्थी पटक–पटक पक्राउ पर्दै आए पनि उनीहरूलाई कारबाहीपछि चीन निष्कासन गरिँदैन । बरु, काठमाडौंस्थित ...


बंगलादेशबाट रोहिंग्या शरणार्थी फर्किंदै, नेपालबाट कहिले ?

एजेन्सी - रोहिंग्या शरणार्थीलाई नोभेम्बरदेखि स्वदेश फर्काउन सुरु गरिने भएको छ। बंगलादेश र म्यानमार दुवै यसका लागि सहमत भएका छन्। म्यानमारबाट लखेटिएका सात लाख २० हजारभन्दा बढी रोहिंग्या बंगलादेशमा शरण लिइरहेका छन्।
म्यानमार र बंगलादेशबीच गत वर्ष नै शरणार्थी फर्काउने सहमति भएको थियो। तर त्यो प्रक्रिया असफल भएको थियो। यो ढिलाइका लागि दुवै पक्षले एकअर्कामाथि आरोप लगाउँदै आएका छन्।

‘हामी मध्य नोभेम्बरबाट फिर्ती प्रक्रिया सुरु गर्न खोजिरहेका छौँ,’ बंगलादेशका विदेश सचिव शाहिदुल हकले मंगलबार भने। ढाकामा दुई देशबीच वार्ता भएको थियो।

वार्तामा सहभागी म्यानमारका विदेश सचिव मिन्ट ...


राजापाक्षले गठन गरे मन्त्रिपरिषद !

कोलम्बो - श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले मन्त्रिपरिषद गठन गरेका छन्। राजनीतिक तनावबीच राजापाक्षेले सोमबार मन्त्रीहरुलाई सपथ गराए। नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको कार्यभार राजापाक्षेले नै लिएका छन्। उनले सरथ अमुनगुमालाई विदेश मन्त्री बनाएका छन्। अघिल्लो सरकारका राष्ट्रपति सिरिसेनाका समर्थक मन्त्रीले चाहिँ पुरानै जिम्मेवारी पाएका छन्।

राष्ट्रपतिले शुक्रबार मैत्रीपाला सिरिसेनाले रनिल विक्रमासिंघेको सरकार विघटन गरेका थिए। लगत्तै उनले राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। सिरिसेनालाई संसद बैठक आह्वान गर्न दबाब बढिरहेको छ। तर उनले अक्टोबर १६ सम्मका लागि संसद निलम्बन गरेका छन्।

बर्खास्तीमा परेका रनिल विक्रमासिंघेले जतिसक्दो चाँडो संसद्को ...


अमेरिकाको पिट्सवर्गमा प्रार्थना गरिरहेका यहुदीमाथि अन्धाधुन्ध गोली प्रहार, ११ को मृत्यु

एजेन्सी - अमेरिकाको पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको ज्यान गएको छ। ६ जना गम्भीर घाइते भएका छन्।

स्थानीय समयअनुसार उक्त घटना शनिबार बिहान ९ः४५ बजे भएको प्रहरीले जनाएको छ। बन्दुकधारी ४६ वर्षीय रोबर्ट बोवर्स रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

यहुदीहरुको प्रार्थना चलिरहेको बेला ती बन्दुकधारीले गोली चलाएका थिए। उनी राइफल र दुई वटा पेस्तोलसहित त्यहाँ प्रवेश गरेको प्रहरीले जनाएको छ।

...

श्रीलंकामा संवैधानिक संकट, राजनीतिले लियो नाटकीय मोड !

कोलम्बो - श्रीलंकाका राष्ट्रपतिले प्रधानमन्त्री फेरेलगत्तै संसद् पनि दुई साताका लागि निलम्बन गरेका छन्। साविक प्रधानमन्त्री रनिल विक्रमासिंघेले संसद्मा आफ्नो बहुमत कायम रहेको दाबी नछाडेकाले त्यसलाई छल्न उनले यस्तो कदम चालेका हुन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उनलाई पदच्युत गरी प्रधानमन्त्री बनाएका महिन्द्रा राजापाक्षेले बहुमत देखाउन सक्ने समीकरण अझै बनेको छैन।

पछिल्लो कदमले देशमा संवैधानिक संकट बढाएको छ। श्रीलंकाली राजनीतिमा नाटकीय मोड निम्त्याउँदै राष्ट्रपति सिरिसेनाले शुक्रबार आफूखुसी सरकार बदलेका हुन्। त्यसको भोलिपल्ट गरिएको संसद् निलम्बन नोभेम्बर १६ तारिखसम्मका लागि भनिएको छ।

राजापाक्षेको प्रधानमन्त्रीमा सपथलगत्तै श्रीलंकाभर समर्थकले पटाका पड्काएर खुसी ...


सीबीआईको कार्यालय बाहिरबाट किन गरियो राहुल गान्धीलाई गिरफ्तार ?

नयाँदिल्ली - घूसकाण्डबाट सुरु भएको भारतीय केन्द्रीय जाँच ब्यूरोको विवादले राजनीतिक रुप लिएको छ। विवादले राजनीतिक रुप लिएसँगै भारतीय प्रहरीले प्रमुख प्रतिपक्षी दल आई कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई सीबीआईको कार्यालय अगाडिबाट गिरफ्तार गरेको छ।

कांग्रेस अध्यक्ष राहुल गान्धीको अगुवाईमा विपक्षी पार्टीले सीबीआई कार्यालय अगाडि प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । राहुल गान्धीसँगै प्रहरीले अशोक गहलोत, प्रमोद तिवारीसमेत अन्य कांग्रेस नेतालई पनि गिरफ्तार गरेको छ ।

राहुल गान्धीको अगुवाईमा कांग्रेसको प्रदर्शन दयाल सिंह कलेजबाट सुरु भएर सीबीआई भवनसम्म पुगेको थियो । राहुल गान्धीले लोधी रोड पुलिस स्टेशनमा ...


अचानक कसरी श्रीलंकाका प्रधानमन्त्री बने पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे ?

काेलम्बाे - श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षे नाटकीय रुपमा प्रधानमन्त्री बनेका छन् ।

राष्ट्रपति सिरीसेना मैत्रीपालाले प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई पदमुक्त गरी नयॉ प्रधानमन्त्रीको रुपमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नियुक्त गरी सपथ ग्रहण गराएका हुन् ।

यसअघिको चुनावमा सिरीसेना मैत्रीपालासँग पराजित बनेका राजपाक्षे अचानक प्रधानमन्त्री बनेको घटनालाई चासोका साथ हेरिएको छ । मैत्रिपालाले आफ्नै विरोधीलाई आफ्नै सरकारमा महत्वपूर्ण पद दिँदै सबैलाई चकित पारिदिएको भनी अन्तर्राष्ट्रिय मिडियाले टिप्पणी गरेका छन् ।

पछिल्लो केही हप्तायता राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा रस्साकस्सी चल्दै आएको थियो । यही सन्दर्भमा राष्ट्रपति मैत्रिपालाले नयाँ प्रधानमन्त्रीको ...


ग्रिसमा शक्तिशाली भुकम्प

ग्रीस - ग्रीसमा शुक्रबार बिहान सबेरै ६.६ रिक्टर स्केलको भूकम्प गएको छ । ग्रीसको पट्रा शहरबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको स्थान यस भूकम्पबाट प्रभावित भएको छ ।

युरोपेली भूमध्यसागरीय भूगर्भ केन्द्रका अनुसार स्थानीय समयानुसार शुक्रबार बिहान २ः०० यो भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रविन्दु प्रभावित क्षेत्रको आसपासमा १० किलोमिटर गहिराईमा रहेको बताइएको छ ।

हालसम्म यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको कुनै समाचार प्राप्त भएको छैन । विस्तृत विवरणको प्रतिक्षारत रहेको समाचारमा जनाइएको छ । एएनआइ

...

अमेरिकाले परमाणु हतियार बनाए आफुले पनि बनाउने रसियाको चेतावनी

काठमाडौं - अमेरिकाले परमाणु हतियार बनाउने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनलाई दबाव दिन परमाणु हतियारबाट अमेरिकालाई मजबुत बनाउने चेतावनी दिएका हुन् ।

पत्रकारहरुसँग ट्रम्पले भने, ‘अमेरिकाले हतियार बनाउने छ जबसम्म मानिसहरुलाई होस आउँदैन ।’

उनले भने, ‘यो धम्की हो । तपाईंले जोसुकैलाई यसमा जोड्न सक्नु हुन्छ, चाहे चीन होस् चाहे रुस । यसमा सबै आउने छन्, जो खेल खेल्न चाहन्छन्, सम्झौतालाई पालना गर्दैनन् ।’

रुसले १९८७ मा भएको मध्यम दुरीको मिसाइलमा प्रतिवन्ध लगाउने सन्धिको उल्लंघन गरेको ट्रम्पले दोहोर्‍याए । यद्यपि, रुसले त्यसको खण्डन ...


चीनले बनायो समुद्रमाथि विश्वकै लामो पुल (फोटोफिचर)

एजेन्सी - चीनले समुन्द्रमाथि विश्वकै सबैभन्दा लामो पुल बनाएको छ । यो पुल चीनले नौ वर्ष लगाएर निर्माण गरेको हो । सो पुको आउँदो बुधबार उद्घाटन हुँदैछ ।

५५ किलोमिटर लामो हङकङ–झुहाई–मकाउ पुल आउँदो बुधबारबाट सर्वसाधारणका लागि खुला गरिँदैछ । यो पुलले मेनल्याण्ड चीनमा रहेको झुहाई शहरलाई हङकङ र मकाउसँग जोड्नेछ ।

यो पुल समुद्रमाथि र समुद्रमुनि सुरुङसहित तयार पारिएको छ । समुद्रमाथि २२.९ किलोमिटर र समुद्रमुनि ६.७ किलोमिटर लम्बाई रहेको छ । पुलको बाँकी भाग जमिनमाथि नै बनाइएको छ । सुरुङको दुवैतर्फ कृत्रिम द्वीप बनाइएको छ ...


अमेरिकामा ट्रम्पको विपक्षमा हजारौंको प्रदर्शन

सिकागो - अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् ।

आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले “निलोलाई मतदान” लेखेका ठूला ब्यानर पनि फहराएका थिए ।

प्रदर्शनकारीहरुले ट्रम्पलाई “महिला विरोधी एजेण्डा” बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए ।

निर्वाचन लक्षित ¥याली डाउनटाउन पार्कबाट सुरु भएको थियो । ¥यालीमा सहभागीहरुलाई डेमेक्राट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियो मार्फत् सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

ट्रम्प प्रशासनलाई उत्तरदायी ...


उडिसामा भयानक आँधी, २१ जनाले ज्यान गुमाए

नयाँदिल्ली- भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।

उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ । गत बिहीबारदेखि शुरु भएको यस प्रकोपमा परी शनिबार सम्ममा २१ व्यक्तिको मृत्यु भएको छ ।

चक्रवातको कारण उडिसा राज्यका धेरै ठाउँमा नराम्ररी प्रभाव पारेको र त्यसमा पनि गाजापाटीमा सवै भन्दा धेरै प्रभावित भएको बताइएको छ । गाजापाटीमा १५ जनाको मृत्यु भएको ...


तालिबानहरुले अमेरिकी दूत भेटेको पुष्टि

काबुल - तालिबानहरुले अफगानिस्तानमा जारी हिंसाको अन्त्यका लागि आवश्यक शान्ति वार्ता गर्न अमेरिकी दूतलाई भेटेको खुलेको छ ।

उनीहरुका प्रतिनिधिले शुक्रबार औपचारिक रुपमा कतारमा अमेरिकी दूतसँग भेटवार्ता गरेको सो संगठनले एक विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।

यसअघि उनीहरुले सो भेटवार्ता भएको भन्ने बारेमा अस्वीकार गरेको भएपनि शनिबार भने उनीहरुले अमेरिकी दूतसँग कतारमा भेटावार्ता गरेको भनी आफ्नो आधिकारिक वेबसाइटमार्फत पुष्टि गरेका समाचारमा जनाइएको छ । तालिबान संगठनका तर्फबाट खलिलजाद र अमेरिकी एकजना अधिकारीबीच कतारमा शुक्रबार भेटवार्ता भएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जानकारी दिएका छन् । प्रवक्ता मुजाहिदले पत्रकारका ...


रोहिंगाप्रति भारत कडा, असर नेपालमा !

काठमाडौं - भारत सरकाले रोहिंगा गैरकानुनी आप्रवासीलाई निष्कासन गर्न थालेपछि त्यसको असर नेपालमा पर्न सक्ने सम्भावना बढेको छ। भारतले अपनाएको कडा नीतिका कारण म्यानमारबाट विस्थापित रोहिंगा समुदाय सुरक्षित गन्तव्य खोज्ने क्रममा नेपाल प्रवेश गर्ने सम्भावना बढेको हो।

नेपालमा गैरकानुनी रूपमा प्रवेश गर्ने रोहिंगाको संख्या बढ्दै छ । आवतजावतमा सहज वातावरण भएको छिमेकी भारतको रोहिंगाप्रतिको पछिल्लो नीतिले घुसपैठ हुन सक्ने तर्क गर्छन् सीमाविद् बुद्धिनारायण श्रेष्ठ। उनी भन्छन्, ‘भारतले निष्कासन गर्न थालेपछि पहुँच पुगेकाहरू खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न सक्ने भएकाले सीमामा कडाइ गरिनुपर्छ।’

भारतसँग बिनाप्रवेशाज्ञा आवतजावत ...


टेलिभिजन पत्रकार भिक्टोरियाको बलात्कारपछि हत्या

एजेन्सी - बुल्गेरियास्थित खोज पत्रकारिता गर्दै आएकी एक टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या भएको छ । अधिकारीका अनुसार रुसे सहरको उत्तरी क्षेत्रमा ३० वर्षीया पत्रकार भिक्टोरिया मारिनोभाको मृत शरिर भेटिएको हो ।

खोजीमा संलग्न अधिकारीहरुका अनुसार उनको चस्मा, कारको चापी, मोबाइल फोन र कपडा समेत घटनास्थलमा थिएन । पत्रकार भिक्टोरियाले खोजी गरेको समाचारकै प्रतिशोधको रुपमा घटना भएको हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

बुल्गेरियाका प्रधानमन्त्री ब्योको बोरिसोभले घटनाको छानविन गर्ने र दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तो घटना प्रति दुख व्यक्त गर्दै अन्य पत्रकारहरुले समेत ...


बम विस्फोटमा मुश्किलले जोगिए राहुल गान्धी

नयाँ दिल्ली - भारतीय प्रतिपक्षी दल आई कांग्रेसका अध्यक्ष राहुल गान्धी एक बम विस्फोटको घटनामा मुस्किलले जोगिएका छन् ।

शनिवार मध्य प्रदेशको जबलपुरमा कांग्रेस अध्यक्ष राहुल गान्धीको रोड शोकै क्रममा बम पड्किएको हो । राहुल गान्धी जुन मिनी बसमा सवार थिए त्यसको केही मिटरको दुरीमा अचानक आगोको लप्का उठ्यो ।

केबल एकदम मात्रै नजिक रहेका राहुल र उनका समर्थकहरु तत्काल त्यहाँ के भयो भन्ने अलमलमा परे । समाचार अनुसार राहुल गान्धीको आरती गर्नका लागि लगिएको थालीमा ग्यासले भरिएको पदार्थ विस्फोट हुन पुग्यो । ...


इन्टरपोल प्रमुखलाई चीनले किन गिरफ्तार गर्यो ?

पेरिस - अन्तर्राष्ट्रिय प्रहरी (इन्टरपोल)ले आफ्ना प्रमुख मेङ होङवईलाई हिरासतमा लिएकोबारे चीन सरकारसँग स्पष्टीकरण मागेको छ। इन्टरपोल प्रमुखलाई चीनमा हिरासतमा लिएर अनुसन्धान भइरहेको बताइएको छ।

यसअघि उनी चीन पुगेलगत्तै बेपत्ता भएको खबर सार्वजनिक भएको थियो। ६४ वर्षीय मेङ इन्टरपोलका प्रमुख बन्ने पहिलो चिनियाँ नागरिक हुन्। इन्टरपोलको मुख्यालय फ्रान्सको लियोँमा छ। इन्टरपोलका महासचिव जर्जेन स्टकले भने, ‘इन्टरपोलले चिनियाँ सरकारसँग हाम्रा प्रमुख मेङ होङवईका अवस्थाबारे जानकारी दिन आग्रह गर्छ।’ उनले चीनले तत्काल यसबारे आधिकारिक जवाफ दिनुपर्ने माग गरे। इन्टरपोलका प्रमुखलाई लिएर उत्पन्न चिन्ता निराकरण गर्नु चीनको दायित्व भएको ...


ट्रम्पमाथि किन खनिए उनकै नेता-कार्यकर्ता ?

न्युयोर्क - प्रस्तावित न्यायाधीशमाथि यौन हमलाको आरोप लगाउने महिला उपर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टिप्पणीलाई लिएर उनकै पार्टीका नेताहरुले कडा आलोचना गरेका छन् ।

रिपब्लिकन सिनेटरहरुले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमाथि यौन हमलाको आरोप लगाउने महिलाको मजाक उडाएको भन्दै राष्ट्रपति ट्रम्पको निन्दा गरेका हुन । सिनेटर जेफ फ्लेक र सुजन कालिन्सले राष्ट्रपति ट्रम्पको टिप्पणीलाई घटिया स्तरको संज्ञा दिएका छन् ।

गत हप्ता पनि राष्ट्रपति ट्रम्ले उनलाई निकै भरोसायोग्य साक्षी भन्दै खिल्ली उडाएका थिए । प्रस्तावित न्यायाधीश कैवेनामाथि लागेको आरोपको एफबीआईमार्फत जाँच गराउन माग ...


चौध वर्ष पछि यसरी अंकमाल गरे दुई कोरियाली प्रमुख किम र मुनले !

काठमाडौं - उत्तर कोरिया र दक्षिण कोरियाका दुई शीर्ष नेताबीच मंगलबार भेटवार्ता हुँदैछ । भेटवार्ताका लागि दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसहितको टोली उत्तर कोरिया गएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुनलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले प्योङ्गयाङमा स्वागत गरेका छन् । यस्तै मुनकी श्रीमतीलाई उनकी श्रीमतीले स्वागत गरिन् । दुई कोरियाली नेताबीच यो वर्ष हुन लागेको यो तेस्रो वार्ता हो ।

वार्तामा उत्तर कोरियाको परमाणु निशस्त्रिकरणको विषयले प्राथमिकता पाउने समाचार संस्था रोयटर्सले जनाएको छ । दुवै कोरिया कोरियाली प्रायद्विपमा शान्ती स्थापना गर्नका लागि प्रयासरत छन् ।

मुन ...


अमेरिका–चीन ‘ट्रेड वार’, चीनले यसरी जवाफ दिंदै छ अमेरिकालाई !

काठमाडौं - ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करबृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ ।

पछिल्लो करबृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य बृद्धि हुनेछ । आगामी सोमबारदेखि लागू हुने अमेरिकी करबृद्धि १० प्रतिशतबाट आरम्भ हुनेछ, र आगामी वर्ष सन् २०१९ को जनवरी १ बाट २५ प्रतिशत पुग्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार करबृद्धिको घोषणा गरेका हुन् । यस घोषणाले वासिङ्टन र बेइजिङबीचको ...


आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

मनिला - फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले आइतबार जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन आइल्याण्डमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिए । थप अरु केहीको पनि मृत्यु भएको हुन सक्ने ...


अमेरिकामा प्रतिघण्टा १६५ किलोमिटर बेगको आँधी, १७ लाख मानिसले घर छोडे !

काठमाडौं - अमेरिकामा आँधीको त्रास उत्पन्न भएको छ । अधिकारीहरुले हेरिकेन फ्लोरेन्स नजिकिएको जानकारी दिँदै सुरक्षित स्थान नरोजेकाहरुको ज्यान जानसक्ने चेतावनी दिएका छन् ।

अमेरिकाको संघीय आकस्मिक व्यवस्थापन एजेन्सी (फेमा) आँधी बढेमा त्यसले अन्तरदेशीय क्षेत्रमा बाढी ल्याउन सक्ने प्रक्षेपण गरेको छ ।

आँधीको चेतावनीपछि दक्षिण क्यारोलिना, उत्तर क्यारोलिना र भर्जिनियाका १७ लाख मानिसहरुलाई घर छाडेर सुरक्षित स्थानमा जान उर्दी जारी गरिएको छ भने भर्जिनिया, मेरिलन्ड, उत्तर र दक्षिण क्यारोलिनामा आपतकाल घोषणा गरिएको छ ।

उत्तर क्यारोलिनाका ११ हजार घरमा विद्युत्त आपूर्ति बन्द भइसकेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार ...


क्यालिफोर्नियामा गोलि चल्यो, पाँच जनाको हत्या गरेर आफ्नो समेत आत्महत्या !

काठमाडौँ - अमेरिकाको क्यालिफोर्निया राज्यमा बुधबार भएको गोलीकाण्डमा छ जनाको ज्यान गएको छ ।

प्राप्त जानकारी अनुसार एक जना बन्दुकधारीले जथाभावी गोली चलाएर आफ्नी पत्नी समेत पाँच जनाको हत्या गरेर आत्महत्या गरेका थिए ।

स्थानीय प्रहरीका अनुसार क्यालिफोर्नियाको बेकर्सफिल्डमा भएको उक्त गोलीकाण्ड घरेलु हिँसा रहेको छ । बेकर्स काउन्टीका प्रहरी अधिकृतका अनुसार ती व्यक्तिले अपरान्ह ५.१५ बजे अन्धाधुन्द गोली चलाएर पांच जनाको ज्यान लिएको समाचार प्राप्त भएको थियो ।

हत्यामा संलग्न व्यक्तिले ट्रक व्यवसायीको हत्या गरेपछि श्रीमतीको हत्या गरेका थिए । उक्त गोलीकाण्डका प्रत्यक्षदर्शीलाई पनि ती व्यक्तिले लखेट्दै ...


रूसले शुरु गर्‍यो अहिलेसम्मकै विशाल सैन्य अभ्यास

रूस - रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ । लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी हुनेछन् ।

अभ्यासमा तीन हजार ५०० चिनियाँ सेनालेसमेत भाग लिएका छन् । रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष अवलोकन ...


यौनशोषणको आरोपमा अमेरिकाकै ठूलो टिभी च्यानलका प्रमुख बर्खास्त

अमेरिका - अमेरिकाको सबैभन्दा ठूलो र लोकप्रिय टिभी च्यानल सीबीएसका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत लेस्ली मूनवेसलाई यौंनदूव्र्यवहारको आरोपमा पदबाट बर्खास्त गरिएको छ । कम्पनीले यौन दुर्व्यवहारको बढ्दो आरोपलाई थेग्न नसकेपछि उनले पदबाट हटाएको बताएको छ ।

सीबीएसलाई यो स्थानसम्म महत्वपूर्ण भूमिका निभाएका मूनवेस यौनदूव्र्यवहारको आरोप लाग्नु अघिसम्म हलिउडका पनि सम्मानित व्यक्तित्व थिए । उनीमाथि यस्तो आरोप गत जुलाईको अन्त्यमा लागेको थियो । तर यो घटना एक दशक भन्दा पहिलाको हो । द न्यूयोर्क पत्रिकामा पछिल्लो समय दुईवटा लेख प्रकाशित छन् । जसमा एक लेख २७ ...


‘आइरन म्यान’को फौज बनाउँदै रूस

मस्को - रूसले आइरन म्यान अर्थात् ‘रोबो सैनिक’ निर्माण गर्न शुरु गरेको छ। रूसले रोबोकप एक्सो-स्केलिटन कवचको परीक्षण पनि शुरु गरेको छ। हालै प्रदर्शित सुपर सोल्जर स्केलिटन बारे रूसले रोबो सैनिक सामान्य सैनिकभन्दा निकै शक्तिशाली भएको जानकारी दिएको छ। अमेरिकाले स्पेस फोर्स गठन गर्ने बताएलगत्तै रूसले यस्तो खुलासा गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले स्पेस फोर्स गठन गर्ने बताउँदै आएका छन्।

मेल अनलाइनका अनुसार रोबोसैनिक ‘स्टार वार्स’ चलचित्रमा देखाएजस्तै भएको उल्लेख गरेको छ। यस्तो सैनिकले एकै हातले मसिनगन प्रहार गर्ने र कम्प्युटरमा पनि ...


इथियाेपियामा सेनाको हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ । राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको हाे ।

हेलिकोप्टरका सबै जनाकाे मृत्यु भएको बताइएको छ । हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए । घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको समाचारमा जनाइएकाे छ ।

यसअघि सन् २०१३ मा इथियोपियाको सैन्य विमान मोगादिसुमा दुर्घटना हुँदा चालक दलका चार जनाको मृत्यु भएको थियो ।

...

अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री बने स्कट मरिसन, टर्नबुल पदबाट हटाइए

सिड्नी - सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उनले पदभार ग्रहण गर्न लागेको हो । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उनकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् ।

पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने पिटर डटनका कारण टर्नबुलको पद गुमेको हो । डटनले टर्नबुलका सुधारवादी कदमहरुको विरोध गरिआएका थिए ।

अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्रीको भूमिकामा रहेका मरिसनले टर्नबुललाई ४५–४० मतान्तरले पराजित गरेका थिए ...


सरकारी कार्यालयमा रकेट आक्रमण

अफगानिस्तान - अफगानिस्तानको राजधानी काबुल शहरमा रहेका सरकारी कार्यालयमाथि लक्षित गरी रकेट आक्रमण भएका छन् ।

अफगानी गृह मन्त्रालयका प्रवक्ता नाजिब दनेशका अनुसार मङ्गलबार लडाकूको एक समूहले काबुलमा रहेको एउटा भवनमा प्रवेश गरी सरकारी भवनमा आक्रमण शुरु गरेपछि सुरक्षाकर्मीले गरेको प्रत्याक्रमणमा दुई जना विद्रोहीको मृत्यु भएको छ ।

आक्रमणकारीले एक भवनलाई कब्जामा लिई सरकारी भवनमा रकेटमार्फत आक्रमण शुरु गरेका तर पछि सुरक्षाकर्मीले उनीहरूविरुद्ध प्रत्याक्रमण गर्दा सबैजनाको मृत्यु भएको उनले सञ्चारकर्मीसँग बताए । उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ...


महंगीले थलिएको भेनेजुएलामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउंदै

काठमाडौं - महामहँगीको चपेटामा परेको भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरे पनि भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६.३ म्याग्निच्युडको भूकम्प गएको बताएका छन् ।

धक्का १ मिनेटसम्म महसुस भएको थियो । धक्का भेनेजुएलाको राजधानी काराकाससम्म महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

काराकासमा रहेका पत्रकार स्टेफन पोजबनले कम्तीमा १ मिनेटसम्म भूकम्पको धक्का महसुस भएको सीएननलाई बताएका छन् ।

भूकम्पको धक्काले भागदौड मच्चिए पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण नआएको ...


केरलामा बाढी : कम्तीमा ३ सय २४ जनाको ज्यान गयो,  २ लाख मानिस घर छोडी शिविरमा

एजेन्सी - शताब्दीकै खराब भनिएको बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा अहिलेसम्म कम्तीमा ३ सय २४ जनाको ज्यान गइसकेको अधिकारीहरूले बताएका छन् ।

भारतमा वर्खा जुन महिनामा सुरु हुन्छ तर मृत्यु हुनेको संख्या केरलामा पछिल्लो २४ घण्टामा निकै बढेको छ ।

उद्धारकर्ताहरूले स्थानीय बासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीको सामना गरिरहेका छन् । उक्त राज्यमा अहिलेसम्म २ लाख मानिसहरू आफ्नो घर छोडेर शिविरहरूमा बसिरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त राज्यमा देखिएको विपद्को अवस्था हेर्न आफैँ त्यहाँ पुगेका छन् ।

केरला सरकारले धेरैजसोको पहिरोले निम्त्याएको भग्नावशेषमा पुरिएर ज्यान गएको ...


पूर्वक्रिकेटर इमरान खानले लिए प्रधानमन्त्रीको शपथ

इस्लामावाद - पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानले शनिबार राष्ट्रपति ममनून हुसेनबाट पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । कालो रंगका शेरवानीमा सजिएका पीटीआइका प्रमुख एवं पूर्वक्रिकेटर इमरान खानले उर्दू भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन ।

इमरानका शपथग्रहण समारोहमा शपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री, सभामुख, उपसभामुख, सेनाका उच्च अधिकारीहरुको, मुख्यमन्त्रीहरु, उच्च सरकारी अधिकारीहरुको उपस्थित थिए । साथै समाराेहमा कांग्रेसका नेता एवं पूर्वक्रिकेटर नवजोतसिंह सिद्धूका साथै पूर्वसहित वर्तमान खेलाडीको बाक्लो उपस्थिति थियो ।

इस्लामावादमा पूर्वक्रिकेट कप्तानले साधारण समारोहमा शपथ लिएका हुन । खान शुक्रवार ...


इमरान खान पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं - पूर्वक्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका छन् । निर्वाचित खान पाकिस्तान मुस्लिम लिग जवाजका अध्यक्ष शाहज शरीफलाई ६६ मतले पछाडी पार्दै पाकिस्तानको २२ औं प्रधानमन्त्री बनेका हुन् ।

नेशनल एसेम्बलीमा भएको चुनावमा खानले १७६ मत ल्याउँदा शाहज शरीफले ९६ मत मात्र पाए । पाकिस्तान पिपुल्स लिग (पीपीपी)ले भने मतदान बहिस्कार गर्यो ।

सभामुखले प्रधानमन्त्री निर्वाचनको मत परीणाम घोषणा गरेलगत्तै विपक्षी सांसदहरुले नाराबाजी गरेका छन् ।

खानको सपथ भोलि हुदैछ ।

...

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

काठमाडौँ - भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ । वाजपेयीको भारतीय समय अनुसार ५ बजेर ५ मिनेट जाँदा उपचारका क्रममा निधन भएको हो ।

बाजपेयीको लाइफ सपोर्ट सिस्टम(जीवन रक्षक प्रणाली) मा राखेर उपचार भैरहेको थियो । ९३ वर्षीय वाजपेयी ९ हप्तादेखि एम्समा भर्ना भएका थिए । गएको जुनमा मिर्गौलामा संक्रमण भएपछि बाजेपेयीलाई अस्पताल भर्ना गरिएको थियो ।

भारतीय जनता पार्टीका संस्थापकसमेत रहेका वाजपेयी ३ पटक भारतको प्रधानमन्त्री बनेका थिए । वाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री भएका थिए ...


पूर्व सभामुख सोमनाथको निधन

कोलकाता - भारतीय लोकसभाका पूर्व सभामुख एवं बामपन्थी नेता सोमनाथ चटर्जीको कोलकातामा सोमबार बिहान निधन भएको छ । उनी ८९ वर्षका थिए ।

श्री चटर्जी अगष्ट १० मा यहाँस्थित एक निजी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । चिकित्सकका अनुसार उनीमा मुटुको समस्या थियो ।

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का नेता श्री चटर्जी मृगौला रोगबाट थलिनु भएको थियो । उनलाई शनिबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत जुलाईमा समेत उहाँलाई हृदयघात भएको थियो ।

सन् १९२९ जुलाई २५ तारिखमा जन्मिनुभएका चटर्जी १० पटकसम्म भारतीय लोकसभाका सदस्य थिए ...


अफगानिस्तानको गज्नीमा तालिबानको आक्रमण, ३१ को मृत्यु

काबुल - तालिबानले अफगानिस्तानको राजधानी काबुल र कान्दाहार जोड्ने महत्त्वपूर्ण राजमार्गमा पर्ने गज्नी सहरमा एउटा ठूलो आक्रमण गरेको छ ।

बिहीवार राति तालिबान लडाकुहरूले गज्नीका केही भागहरू आफ्नो नियन्त्रणमा लिएका अधिकारीहरूले बताएका छन् । तर पछि उनीहरूलाई धपाइयो ।

प्रान्तीय सरकारका अनुसार सो आक्रमणमा ३० तालिबान लडाकु र एक सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।

धेरै घरहरू क्षतिग्रस्त भएकाले हताहत हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद आरिफ नूर गज्नीले बताएअनुसार रातिको घटनामा कम्तीमा पनि आठ गैरसैनिक र सात सरकारी सुरक्षाकर्मीहरू घाइते भएका छन् ।

गज्नीमा अहिले ...


रुसमाथी नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका, यस्तो छ कारण !

एजेन्सी - गत मार्चमा पूर्व जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई ब्रिटेनमा स्नायु प्रणालीमा असर पार्ने विषबाट आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउन लागेको छ ।

विदेश मन्त्रालयकी प्रवक्ता नार्ट हिथरले रुसी सरकारले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै आफ्नै नागरिकविरुद्ध जैविक हतियारहरू अथवा घातक रसायन प्रयोग गरेकोमा आफू ढुक्क रहेको जनाएको छ ।

संसदका रिपब्लिकन सांसदहरूको दबाबपछि विदेशमन्त्रालयले मस्कोले स्क्रिपाल र उनकी छोरीमाथि सैन्यस्तरको रासायनिक हतियार प्रयोग गरेर अन्तर्राष्ट्रिय कानुन तोडेकोबारे आफू स्पष्ट रहेको जनाएको हो ।

यी नयाँ प्रतिबन्धहरूमा संवेदनशील खालका इलेक्ट्रोनिक सामानहरूलगायत अन्य प्राविधिक ...


इमरान खानलाई आज प्रधानमन्त्री घोषणा गरिने

इस्लामावाद - पाकिस्तानको तेहरीक–ए–इन्साफ (पिटीआई)का अध्यक्ष इमरान खानलाई आज सोमबार औपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ ।

पार्टीका प्रवक्ता फवाद चौधरीले दिएको जानकारी अनुसार सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नेछ । पार्टीको संसदीय दलको बैठक सोमबार इस्लामाबादमा बोलाइएको छ ।

“पार्टीका तर्फबाट निर्वाचित सबै नेतालाई आजको बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ,” उनले भने ।

उनले खानको नेतृत्वमा केन्द्रीय सरकार बनाउन आवश्यक पर्ने सांसदहरुको संख्या पुग्ने दावी पनि गरे ।

पिटिआइका सांसद र स्वतन्त्र सांसद गरी संघीय संसदमा १२५ जना सांसद ...


इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

एजेन्सी - इन्डोनेसियामा आइतबार शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको संचार माध्यमहरुले जनाएका छन् ।

भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् ।

इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका छन् । भूकम्पपिछ अस्पतालहरूले सडकबाटै सेवा दिइरहेका छन् । विद्युत आपूर्ति बन्द भएको छ ।

इन्डोनेसियाको प्रकोप व्यवस्थापनका प्रवक्ताले लम्बकको मुख्य सहर मतारामका कमजोर संरचनाहरु भत्किएको बताएका छन् । छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ ...


ड्रोन आक्रमणबाट बालबाल बचे भेनेजुएलाका राष्ट्रपति, कोलम्बियाले गराएको आरोप

काठमाडौं - भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उनलाई लक्षित गर्दै आक्रमण भएको थियो ।

सरकारले उक्त आक्रमणबाट राष्ट्रपति जोगिएको बताएको छ । आक्रमणमा परी सात जना सैन्य अधिकारीहरु घाइते भएको जनाएको छ । भेनेजुएलाका सञ्चारमन्त्री जर्ज रोड्रिगेजले भने ‘यो राष्ट्रपति निकोलस मडुरो विरुद्धको आक्रमण हो ।’

घटना हुँदा उक्त सैनिक कार्यक्रमको एक टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । राज्य–सञ्चालित टेलिभिजनले प्रशारण गरेको दृश्यमा विस्फोटको ठूलो आवाज सुनिएपछि राष्ट्रपति मडुरो ...


७५ जना अतिवादी इश्लामलाई सामुहिक रुपमा यसरी झुण्डाइयो

इजिप्ट- इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ ।

इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा पोशाकधारी अन्य सरकारी अधिकारीको पनि परामर्श लिनु पर्ने प्रावधान रहेको छ । मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने पनि कानूनी व्यवस्था रहने छ ।

आन्दोलनको बलमा पदच्युत गरिएका इश्लामिक राष्ट्रपति मोहमद मोर्सी र सुरक्षाकर्मीबीच सन् २०१३ मा भएका झडपहरूमा प्रहरीको हत्यामा सम्लग्नता रहेका तथा सार्वजनिक सम्पत्ती हिनाविना गरेको आरोपमा मुद्दा लागेका ७१३ जनमध्ये ७५ जनालाई शनिबार मृत्युदण्डको सजाय सुनाइएको हो ।

आधुनिक ...


अफगानिस्तानको मस्जिदमाथि आत्मघाती आक्रमण, कम्तिमा २० जनाको मृत्यु

काबुल - अफगानिस्तानको एउटा अल्पसंख्यक सिया मुसलमानहरूको मस्जिदमा भएको आत्मघाती आक्रमणमा कम्तिमा पनि २० जनाको ज्यान गएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन्।

उक्त मस्जिद पक्तिया प्रान्त अन्तर्गत गार्देज सहरमा रहेको छ। स्थानीय प्रहरीका अनुसार शुक्रबार दिउँसोको प्रार्थनालगत्तै उक्त आक्रमण भएको हो। पक्तिया प्रान्तका प्रहरी प्रमुख जनरल रज मोहम्मद मन्जोडोजाईले एएफपीलाई दिएको जानकारी अनुसार’ “एकैपटक धेरै आक्रमणकारीहरू मस्जिदभित्र प्रवेश गरे र एकै पल्ट थुप्रै विस्फोट गरे।” विस्फोटमा सबै आक्रमणकारिहरू समेत मारिएको पुष्टि भएको छ।

हालसम्म कुनै पनि संगठनले यस आक्रमणको जिम्मेवारी लिएको छैन। बिबिसीका ...


यौन कार्यका लागि बन्धक बनाइएका चार बालिकासहित ११ महिलाको उद्धार

एजेन्सी - भारतको हैदराबादबाट यौन कार्यका लागि बन्धक बनाइएका चार बालिकासहित ११ महिलाको उद्धार गरिएको छ । उद्धार गरिएका ११ मध्ये चार ४ बालिका ७ वर्षभन्दा कमका रहेको प्रहरीले जनाएको छ ।

कलिलै उमेर भएका बालिकालाई हर्मोन दिएर छिट्टै जवान बनाई देह व्यापारमा संग्लन बनाइने गरिन्छ । यहि कार्यमा संग्लन रहेको अवस्थामा एकै परिवारका ८ जना प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई पक्राउ गरेसँगै देह व्यापारका लागि खरिद गरेका ४ बालिकालाई पाँच लाखमा किनिएकाे रहस्यसमेत खुलेको छ ।

पक्राउ गरेका ८ मध्ये ६ जना मानव तस्कर रहेको ...


सीबीएसका प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप, छानविनको तयारी

बिबिसी - अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरूले यौन दुर्व्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपबारे आफूहरूले अनुसन्धान गर्ने बताएका छन्।

लेज मून्भेसले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको ६ जना महिलाले न्यू योर्कर म्यागजिनलाई बताएका छन्।

त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चारजनाले बैठकका दौरान आफूहरूलाई मून्भेसले जबरजस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन्।

एक लेखमा समाविष्ट एउटा विज्ञप्तिमा ६८ वर्षीय मून्भेसले आफ्नो कारणले केही महिलाहरूलाई असहज भएको स्वीकारेका छन्।

तर यौन दुर्व्यवहार गरेको आरोप चाहिँ उनले अस्वीकार गरेका छन । उनले भनेका छन्, त्यो गलत थियो र त्यसका लागि ...


भारतको महाबलेश्वरमा बुस दुर्घटना, सवार ३४ यात्रु मध्ये ३३ को मृत्यु

मुम्बई - भारत महाराष्ट्रको चर्चित पर्यटकीय स्थल महाबलेश्वरको अम्बेनली घाटको पहाडी बाटोमा शनिबार बिहान करीब १० बजे २०० फिट तल खोंचमा बस खस्दा ३३ जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । बसमा ३४ जना सवार रहेको नवभारत टाइम्स अनलाइनले उल्लेख गरेको छ ।

महाराष्ट्रको रायगड जिल्लाको कलेक्टर विजय सूर्यवंशीले घटनाको पुष्टि गर्दै भने, ‘पोलडपुरमा बस खोंचमा खस्दा बसमा सवार ३४ जनामध्ये ३३ जनाको मृत्यु भएको छ ।’ बसमा सवार सबै कृषि विभाग की विद्यापीठमा काम गर्ने कर्मचारी रहेको र उनीहरु सप्ताहान्त ...


पाकिस्तानमा विपक्षीद्वारा चुनावमा धाँधली भएको आरोप, पुनः निर्वाचन नगरे आन्दोलनको चेतावनी

पाकिस्तान - पाकिस्तानमा बुधबार भएको आमचुनावको परिमाणलाई राजनीतिक पार्टीहरुको एक समूहले अस्वीकार गरेको छ । अहिलेको चुनावी परिणाम अनुसार पूर्वक्रिकेटर इमरान खान निर्वाचीत भएर प्रधामन्त्री हुने निश्चित भएपछि अन्य राजनितीक पार्टीहरुको उक समूहले परिणाम अस्वीकार गरेको हो । यस्तै, प्रतिद्वन्द्वी पार्टीहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

चुनावमा धाँधली भएको आरोप लगाइए पनि इमरान खानको पार्टीको आकारले थुप्रै पर्यवेक्षकहरूलाई नै चकित पारेको बीबीसीले जनाएको छ । परिणाम अस्वीकार गरेका ती पार्टीहरूको संयुक्त छलफलपछि इस्लामाबादमा एक पार्टी नेताले आफूहरू पुनः निर्वाचनको माग गर्दै आन्दोलन गर्ने बताएका छन्।

प्रतिद्वन्द्वी ...


पाकिस्तानमा पुर्व क्रिकेटर इमरान खानको उदय

एजेन्सी - पूर्व क्रिकेट स्टार र ‘प्ले ब्वाय’ इमरान खानको अब अर्को नयाँ परिचय थपिँदै छ । पाकिस्तान तेहरिक–ई–इन्साफ (पिटिआई)का नेता खान अब देशका भावी प्रधानमन्त्री हुन् । हिंसाबीच बुधबार सम्पन्न निर्वाचनमा खानको पिटिआई पार्टीले अनपेक्षित सफलता हासिल गरेसँगै आणविक राष्ट्र पाकिस्तानमा खान प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

खानको उदयसँगै पाकिस्तानको राजनीतिमा नयाँ हलचल उत्पन्न भएको छ । निर्वाचन अभियानमा खानले देशको शक्तिशाली सेनाको राम्रो ‘आशीर्वाद र समर्थन’ पाएका थिए । निर्वाचनमा सत्तासीन पाकिस्तान मुस्लिम लिग–नवाज र पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) क्रमशः दोस्रो र तेस्रो स्थान आउने निर्वाचन नतिजाले देखाएको ...


पाकिस्तान चुनाव : इमरान खानले नेतृत्व गर्ने करीब निश्चित

काठमाडौं - पाकिस्तानमा बुधबार सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो नतिजा अनुसार पूर्वक्रिकेटर इमरान खानले नेतृत्व गरेको पार्टी अग्रस्थानमा देखिएको छ । इमरान खान आगामी पाँच वर्ष पाकिस्तानको नेतृत्व गर्ने करीब निश्चित भएको छ । उनको पार्टीले स्पष्ट बहुमत ल्याउने अवस्था भने करीब सकिएको छ ।

कुल २७२ सिटका लागि भएको मतदानमा इमरान खानको पार्टी तहरीक–ए–इन्साफ (पीटीआई) ले ११४ सिटमा जित हात पारेको छ । भने उसलाई बहुमतका लागि अब १९ सिट आवश्यक छ । पाकिस्तानमा बहुमतका लागि १३७ सिट आवश्यक पर्दछ ...


पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानको पार्टीलाई अग्रता

एजेन्सी - इस्लामाबाद, हिंसा र झडपबीच सम्पन्न पाकिस्तानी संसद र प्रदेश सभा निर्वाचनको परिणाम आउने क्रम जारी छ ।

निकै ढिलो गरी सार्वजनिक भएका पछिल्ला परिणाम हेर्दा पूर्व क्रिकेटर इमरान खानले नेतृत्व गरेको पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआइ)ले पूर्ण बहुमत पाउने देखिएको छ ।

हिजो साँझबाट नै मतगणना शुरु भएपनि कुनै आधिकारिक नतिजा सार्वजनिक भएपछि धाँधलीको आशंका गरिएपछि आज बिहान ४ बजे निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो ।

पाकिस्तानी पत्रिका डनका अनुसार, पिटीआई पार्टीका समर्थकहरुले विजयोत्सव मनाउन शुरु गरिसकेका छन् ।

परम्परागत राजनीतिबाट प्रभावित पाकिस्तानमा इमरान ...


डढेलोले कम्तीमा २४ जनाको मृत्यु, आगो नियन्त्रण बाहिर

एथेन्स - ग्रीसको राजधानी एथेन्स नजिकैको पर्यटकीय क्षेत्रमा लागेको डढेलोले कम्तीमा २४ जनाको मृत्यु भएको बताइएको छ । राजधानीको पूर्वमा रहेको माती गाउँको तटीय क्षेत्रमा लागेको डढेलोको कारण उनीहरूको मृत्यु भएको हो।

सोमबार राति भएको आगलागीबाट उनीहरुको मृत्यु भएको हो । मंगलबार विहान अग्नी नियन्त्रकहरूले आगो निभाउन निकै कठिन भएको बताएका छन्।

ग्रीसका प्रधानमन्त्री एलेक्सिस सीप्रासले आपत्तकालीन बैठकपछि भने, ‘डढेलो नियन्त्रणका लागि गर्न सकिने सबै प्रयासहरू भइरहेका छन्। ग्रीसका लागि यो कठिन रात हो। ६ सय भन्दा बढी अग्नी नियन्त्रक अनि ३ सय गाडीहरू आगो लागेका तीन ...


थाइल्याण्डको गुफाबाट उद्धार गरिएका सबै बौद्ध साधु बन्ने, यसरी सुनाए आफ्नो अनुभव


बीबीसी - ‘यो एउटा चमत्कार हो.... म निकै भयभित थिएँ... जब मलाई कस्तो छौ भनेर सोधियो तब मैले सोच्नु पर्यो र मैले भनें म ठिक छु । तर म अत्यन्तै भयभित थिएँ । ’

१४ वर्षका अदुल स्याम–अनले मिडियासँग दुई हप्तासम्म बाढी पसेको गुफामा फस्दाको अनुभव साझा गरे ।

बुधबार बिहान यी बालकहरुले अस्पतालबाट छुट्टी पाए । यी सबैको उमेर ११ देखि १७ वर्षबीचको छ र उनीहरु जुनियर फुटबल टिम ‘वाइल्स बोर्स’ का खेलाडी हुन् ।

यी सबैले आफ्नो टीमको टी–शर्ट लगाएर पत्रकार सम्मेलनमा भाग लिए ।

उनीहरुको ...


रुसी हस्तक्षेपबारे एक दिनमै बोली फेरे ट्रम्पले

काठमाडौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष स्वीकारेका छन्। एक दिनअघि त्यो मान्न उनी तयार थिएनन्। सोमवार प्रस्ट रुपमा आफ्ना कुरा राख्न नसकेको उल्लेख गर्दै ट्रम्पले अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको भन्न खोजेको बताए।

फिनल्याण्डको हेलसिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले दिएको अभिव्यक्तिको अमेरिकी नेताहरूबाट चर्को आलोचना भएको थियो।

यहाँसम्म कि ट्रम्पकै केही साझेदारहरूले आफ्नो अडानबारे स्पष्ट पार्न उनलाई आग्रह गरे।
पछिल्लो अभिव्यक्तिमा चाहिँ ट्रम्पले अमेरिकी गुप्तचर निकायहरूप्रति आफ्नो ुपूर्ण विश्वास ...


पुटिनको समर्थन गरेपछि अमेरिकामा ट्रम्पको आलोचना

काठमाडौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गरेका छन्। आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष विपरीत अभिव्यक्ति दिएका हुन्।

उनले अमेरिकी चुनावमा रुसले साठगाँठ गर्नुपर्ने कुनै कारण नभएको बताए। पुटिनले पनि आफ्नो मुलुकले अमेरिकी मामिलामा कहिल्यै हस्तक्षेप नगरेको दोहोर्‍याए। दुई नेताले फिनल्याण्डको राजधानी हेलसिन्कीमा सोमवार करिब दुईघण्टा भेटवार्ता गरेका थिए। भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पलाई अमेरिकी चुनावमा रुसले हस्तक्षेप गरेका आरोपहरू लगाइँदा उनी आफ्ना गुप्तचर निकायका कुरा पत्याउँछन् अथवा ...


हेलसिन्कीमा एक्लाएक्लै किन भेट्दै छन् ट्रम्प र पुटिन ?

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग हेलसिन्कीमा सोमवार भेट्दै छन् । त्यसका लागि उनी फिनल्याण्ड आइपुगेका छन्।

आफ्ना साझेदारहरूको आलोचना गरिएको युरोपको उतारचढावपूर्ण भ्रमणपछि उनले पुटिनलाई भेट्न लागेका हुन्। ट्रम्पले उक्त बैठकबाट आफूले कमै अपेक्षा गरेको तर त्यसले केही राम्रै हुने अपेक्षा गरेको बताएका छन्। ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले दुवै पक्षले छलफलमा कुनै औपचारिक मुद्दा नहुनेमा सहमति जनाएको बताएका छन्।

तर ट्रम्पले सन् २०१६को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भन्ने आरोपबारे प्रश्न उठाउने बताएका छन्, जुन बोल्टन र पुटिनलाई पक्कै ...


पोर्चुगलमा तात्यो नेपाली जनसम्पर्क समितिको माहोल !

बिक्रम कुँवर, लिस्बन - नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधी सहित आधा दर्जन बढी कांग्रेस नेताहरुले पोर्चुगलका कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्न जाने भएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको यही जुलाई २२ मा हुने पाँचौं अधिबेशनलाई सम्बोधन गर्न उपसभापति निधी सहितका कांग्रेस नेताहरु पोर्चुगल जाने भएका हुन् ।

अधिबेशनलाई सम्बोधन गर्नका लागि पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन कुमार थापा, केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेल, अर्का केन्द्रीय सदस्य गोबिन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्यहरु किरणराज पौडेल, बालकृष्ण पाण्डे, आनन्द बिष्ट, जनजाति नेता नागेन्द्र कुमार कुमाल, नवराज ...


चुनावको मुखमा जेल गए नवाज शरीफ, देखियो यस्तो अचम्मको माहोल !

इस्लामावाद - भ्रष्टाचारको मामिलामा सजाय पाएपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ लण्डनबाट फर्केर जेल गएका छन् । शुक्रबार साँझ जहाजबाट लाहोर उत्रेपछि उनलार्इ त्यहाँको सुरक्षा एजेन्सीले छोरीसहित सीधै जेल पठाएको हो । लाहोरमा छोरी मरियमसहित गिरफ्तारी दिएपछि उनी जेल गएका हुन् ।

पूर्व प्रधानमन्त्री जेल गएपछि त्यसको फाइदा उनको पार्टीलार्इ आम चुनावमा मिल्ने अनुमान गरिएको छ । अदालतको तर्फबाट सजाय तोकिएदेखि नै नवाजले लगातार 'सहानुभूति कार्ड' खेलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नवाज शरीफलार्इ भ्रष्टाचारको मामिलामा जुन समयमा सजाय तोकिएको छ त्यो समय पाकिस्तानमा चुनावी माहौल तातेको छ ...


पाकिस्तानमा चुनावी कार्यक्रममाथि आत्मघाती हमला, एक नेतासहित १३ को मृत्यु

एजेन्सी - पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा अवामी नेशनल पार्टी (एएनपी)का नेता हारुन बिलोरसहित १३ जनाको मृत्यु भएको पेशावर शहरका प्रहरी प्रमुख काजी जमीलले बताएका छन् ।

बिलोर कार्यक्रमको स्टेजमा उक्लिनासाथ आत्मघाती हमला भएको थियो । उनलाई तत्कालै अस्पतालमा पुर्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

Image result ...</div></div></div></div><hr><div class=

१७ दिनदेखि गुफामा फसेका थप चार बालबालिकाको उद्धार, ५ जना अझै भित्रै

काठमाडौ - थाईल्याण्डको गुफामा फसेका थप चार बालबालिकालाइै उद्धार गरिएको छ । गत जुन २३ देखि त्यहाँ अलपत्र परेका १२ बालक र तिनका फुटबल प्रशिक्षकलाई बाहिर ल्याउन एउटा चुनौतीपूर्ण र जटिल उद्धार अभियान आइतवार थालिएको थियो। आइतवार र सोमवार गरेर गोताखोरहरूले आठ जनाको उद्धार गरिसकेको थाई जलसेनाले पुष्टि गरेको छ। अब चार बालक र २५ वर्षीय प्रशिक्षक मात्र गुफाभित्र बाँकी छन्। चार जनाको उद्धार भएको पुष्टि गरिनुअघि एअर एम्बुलेन्सहरू गुफा भएको क्षेत्रबाट उडेका र एम्बुलेन्सहरू चियाङ राईस्थित अस्पतालमा आइपुगेका देखिएको थियो।

थप वर्षा भए गुफामा भेल ...


भारतद्वारा ‘क्रु एस्केप सिस्टम’ को सफल परीक्षण

बिबिसी - भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) लाई मानव मिशनको क्षेत्रमा एक ठूलो सफलता प्राप्त भएको छ । इसरोले अन्तरिक्ष यात्रीहरुको सुरक्षामा ठूलो कदम मानिने ‘क्रु एस्केप सिस्टम’ को सफल परीक्षण गरेको छ ।

‘क्रु एस्केप सिस्टम’ अन्तरिक्ष अभियान रोक्नुपर्ने स्थितिमा अन्तरिक्ष यात्रीहरुलाई सुरक्षित रुपमा फिर्ता ल्याउन सहयोगी हुन्छ । यसअघि केवल तीन देशहरु अमेरिका, रूस र चीनसँग मात्रै यो सुविधा थियो ।

बिहीबार पाँच घण्टा चलेको उल्टो गणनापछि श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट डमी क्रु मोड्युलका साथ १२.६ टन तौल भएको ‘क्रु एस्केप सिस्टम’ को बिहान ...


अधिवेशनको पुर्व सन्ध्यामा पोर्चुगलमा रहेका नेपालीको बनभोज

बिक्रम कुँवर, लिस्बन - यहाँ रहेको नेपाली जनसम्पर्क समिति पोर्तुगल , क्षेत्रीय समिति अलेन्तेजुले बनभोज कार्यक्रमको आयोजना गरेको छ । यहाँ रहेका नेपालीहरुको भेटघाट तथा नयाँ आएका नेपालीहरुको स्वागतार्थ बनभोज कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि पूर्ण हमालले जानकारी दिए ।

भोजमा नेपाली जनसम्पर्क समिति पोर्तुगल का अधक्ष लक्ष्मी सापकोटा, गैर आबासीय नेपाली संघ ICC सदस्य आदरणीय नरेन्द्र हमाल, गैर आबासीय नेपाली संघ पोर्तुगलका अधक्ष कुबेर कार्की लगायतका व्यक्ति उपस्थित थिए ।

 

नेपाली जनसम्पर्क समिति पोर्चुगलको अधिवेशन आउंदै छ ...


गुफाभित्र ९ दिनपछि जीवितै भेटियो फुटबल टोली

एजेन्सी - थाइल्याण्डकाे एक गुफामा फुटबल टोली ९ दिनपछि सकुशल भेटिएको छ । सो गुफामा १२ जना खेलाडीसहित फुटबल प्रशिक ९ दिनपछि सकुशल भेटिएका हुन् । अहिले उनीहरु सबैको उद्धार भइरहेको छ ।

फुटबल प्रशिक्षकले स्कूले विद्यार्थीहरूलाई घुमाउन गुफा लगेका थिए। पानीले घेरिएको चट्टानमाथि बसिरहेको अवस्थामा दुईजना ब्रिटिश गोताखोरहरूसँग उनीहरूको जम्काझेट भएको नाटकीय दृश्य भिडिओ फूटेजमा देखिन्छ। फसेकाहरूको उद्धार गर्न लागिएको खबरसँगै उनीहरूको परिवारका सदस्यहरू आह्लादित भएका छन्। गुफामा फसेका किशोरहरूमध्येका एकजनाकी आमाले उनीहरूबारे सुनेर आफू औधी खुशी भएको बताइन्।

गुफाको मुखैमा पुगेका जोनाथन हेड भन्छन्, थाइ ...


हिन्दु-सिख यात्रु सवार बसमा आत्मघाती हमला, कम्तिमा १९ को मृत्यु

काबुल - अफगानिस्तानको जलालाबादमा आइतवार अल्पसंख्यक समुदायका सिख र हिन्दुमाथि आत्मघाती हमला गरिएको छ । यसमा १९ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

यी मानिस राष्ट्रपति असरफ घानीसँग भेट्न गभर्नर हाउस गइरहेका थिए । नंगरहार प्रान्तका प्रवक्ता इनामुल्ला मियाखलीका अनुसार मारिएका १९ मा १७ जना अल्पसंख्यक समुदायका हुन् ।

अस्पतालमा भर्ना भएका नरेंद्र सिंह नामका घाइतेले फोनमा समाचार एजेन्सीलाई बताए अनुसार उनीहरु सवार गाडीलाई निशाना बनाइएको हो ।

नरेन्द्र फोनमा रोइरहेका थिए । उनले यो गाडीमा आफ्ना बाबु अवतार सिंह पनि सवार रहेको ...


अमेरिकी सिमानामा २८८ नेपाली पक्राउ

एजेन्सी - सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्ने क्रममा अमेरिकी (कस्टम एण्ड बोर्डर प्रोटेक्सन)ले आर्थिक बर्ष २०१८ सुरु भएयता २८८ जना नेपालीहरुलाई पक्राउ गरेको छ । जसमध्ये सबैभन्दा धेरै गत मार्चमा पक्राउ परेका अमेरिकी सरकारको तथ्यांकले देखाएको छ ।

आर्थिक बर्ष २०१८ को पहिलो महिना गत अक्टोबरमा सीबीपीले ३२ जना नेपालीहरुलाई पक्राउ गरेको थियो भने नोभेम्बरमा ३३ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै डिसेम्बरमा सीबीपीले पक्राउ गरेका नेपालीहरुको संख्या १३ मात्र रहेको थियो ।

गत जनवरीमा सीबीपीले ३४ जना नेपालीहरुलाई पक्राउ गरेकोमा फरबरीमा यो संख्या ह्वात्तै बढेको थियो ...


बस दुर्घटनामा परी ४७ जनाको मृत्यु

नयाँदिल्ली -भारतको उत्तराखण्ड राज्यको पौडी गढवाल जिल्लामा बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ ।

धूमाकोट तहसीलको नैनीडांडा क्षेत्रमा पर्ने पिपली भौन राजमार्गमा अन्तर्गत ग्वीन पुल नजिक आइतबार विहान गढवाल मोटर यूजर्सको बस दुर्घटना भएको हो ।

धूमाकोट के नायब तहसीलदार तीरथ सिंह नेगीका अनुसार बसमा ४५ यात्रीका घटनास्थलमै मृत्यु भएको हो । दुर्इ जनाको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

यता उत्तराखंडका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले दुर्घटनामा मृत्यु हुनेका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्

बसमा ५० भन्दा बढी यात्रु रहेका बताइएको छ । ...


एकै परिवारका ११ जना घरभित्र झुण्डिएको अवस्थामा भेटिए, हत्याको आशंका

नयाँदिल्ली - भारतको नयाँ दिल्लीमा एकै परिवारका ११ जना घरभित्रै झुण्डिएको अवस्थामा भेटिएका छन् । तर, उनीहरुको शवको अवस्था हेर्दा झुण्ड्याइएको हुनसक्ने प्रहरी आशंका छ । दिल्लीको बुरारी नजिकै आफ्नै एक घरमा आँखामा कपडाको पट्टि बाँधिएको र सबैलाई झुण्ड्याएको अवस्थामा ११ जनाको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ ।

यसरी झुण्ड्याइएको अवस्थामा भेटिएकामा चारजना पुरुष, तीनजना महिला र चार बालिका छन् । घरमा भेन्टिलेटरको रुपमा प्रयोग गरिएको फलामको डण्डीमा उनीहरु झुण्डिएको अवस्थामा भेटिएको प्रहरी अधिकारीलाई उद्धृत गदै हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।

उनीहरु सबैको हत्या भएको ...


अमेरिका सामु नझुक्ने क्यानाडाको चेतावनी

एजेन्सी - क्यानाडाकी विदेशमन्त्रीले स्टील र एलुमिनियममा अमेरिकाले लगाएको नयाँ करसामु आफ्नो देश ‘नझुक्ने’ बताएकी छन्।

देशका स्टील र एलुमिनियम उद्योगलाई सघाउन क्यानाडाले डेढ अर्ब अमेरिकी डलर बराबरको सहायता कार्यक्रम सार्वजनिक गरेपछि विदेशमन्त्री क्रिष्टिया फ्रीलण्डको पछिल्लो भनाइ आएको हो।

१६.६ अर्ब क्यानाडियन डलर मूल्य बराबरको अमेरिकी सामानमा क्यानाडाले लगाएको कर जुलाइ १ तारिखदेखि कार्यान्वयनमा आउनेछ।

विदेशमन्त्री क्रिष्टिया फ्रीलण्डले अमेरिकाले क्यानाडालाई ‘अरू कुनै विकल्प नदिइ’ जवाफी कदम चाल्ने विकल्प मात्रै दिएको बताइन्।

क्यानाडाले लगाएको कर अमेरिकी स्टील तथा एलुमिनियम उत्पादनमा लक्षित छ।

त्यसबाहेक दही, केट्चप र राजनीतिक अखडा मानिने विस्कन्सिन, पेन्सिल्भानिया ...


यात्रा प्रतिबन्ध सम्बन्धी ट्रम्पको योजना सर्वोच्चद्वारा सदर

एजेन्सी - संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले मुसलमान बाहुल्य भएका छवटा सहित विभिन्न आठवटा देशका यात्रुहरु विरुद्ध राष्ट्रपति ट्रम्पले लगाएका प्रतिबन्धहरुलाई झिनो बहुमतको फैसलाबाट सदर गरिदिएको छ।

चारका विरुद्ध पांच मतका साथ सर्वोच्च अदालतबाट भएको त्यस्तो बहुमतको फैसलाले राष्ट्रपति ट्रम्पको पक्षमा ठूलो जित भएको छ।

यसलाई उनको राष्ट्रपतिय कालमा हालसम्मकै सबैभन्द ठूलो विजयमध्येको एक भनिएको छ।

अदालतको फैसलाका अनुसार राष्ट्रपतिले लागु गर्न खोजका यात्रा प्रतिबन्धबाट अमेरिकी आप्रवसन कानुन वा देशको संविधानको प्रथम संशोधन बमोजिम सरकारले कुनै पनि धर्मको पक्ष लिन नहुने भन्ने प्रावधानको उलंघन भएको छैन।

पांच परम्परावादी न्यायाधिशहरुको ...


इरानमा मूल्यवृद्धिको विरोधमा विशाल प्रदर्शन

काठमाडौं - इरानमा मूल्यवृद्धि र मुद्राको अवमुल्यनको विरोधमा विशाल प्रदर्शन भएको छ ।

राजधानी तेहेरानमा पसलहरु बन्द गरिएका छन् भने हजारौं मानिस प्रदर्शनमा सहभागि भएका छन् । सन् २०१२ यताको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताइएको छ । संसद् भवन अगाडि बढिरहेका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

आणविक कार्यक्रमलाई लिएर अन्तराष्ट्रिय समुदायले लगाएको प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था नराम्ररी प्रभावित भएको छ । सन् २०१६ मा अन्तर्रा्ष्ट्रिय समुदायसँग भएको सम्झौतापछि आर्थिक प्रतिबन्ध खुकुलो पारिए पनि गत मे मा अमेरिकी राष्ट्रपति डोनल्ड ...


दुई कोरियाबीच रेल सेवा सुरु हुने

सोल - उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ । दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु मङ्गलबार एक बैठकमा बसेका हुन् ।

दक्षिण कोरियाली भू–भागमा पर्ने दुवै कोरियाको सीमा गाँउ पानुमजोममा अवस्थित ‘पिस हाउस’ मा मङ्गलबार बिहान १० बजेबाट यो बैठक सुरु भएको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

यस बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट रेलसेवा जोड्ने विषयमा कुराकानी ...


नाइजेरियामा किसान र फिरन्ते गोठालाबीचको हिंसामा ८६ को मृत्यु

एजेन्सी - नाइजेरियाको प्लेटो राज्यमा किसान र फिरन्ते गोठालाहरूबीचको हिंसामा कम्तीमा ८६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बेरोम आदिवासी किसानहरूले फुलानी समुदायका गोठालाहरूमाथि आक्रमण गरेपछि बिहीवार हिंसा शुरू भएको केही विवरणमा जनाइएको छ ।

त्यसपछि शनिवार प्रत्याक्रमणमा थप मानिसहरूको ज्यान गएको हो ।

जमिनका लागि लड्दै आएका आदिवासी समूहहरूबीच सो क्षेत्रमा हिंसाको लामो इतिहास रहिआएको छ ।

घटनापछि प्लेटो राज्यका तीनवटा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

घटनापछि गाउँहरूमा गरिएका खोजबिनका क्रममा ८६ जना मारिएको र ६ जना घाइते भएको पाइएको सो राज्यका प्रहरी प्रमुख युन्डी एडीले बताए ...


माल्दिभ्सविरुद्ध भारतको अघोषित ‘नाकाबन्दी’

नयाँदिल्ली - माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ।

दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।

भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधाभन्दा बढी परिमाण कटौती गरेको बिजनेस स्टान्डर्ड पत्रिकाले उल्लेख गरेको छ । भारतले माल्दिभ्सतर्फ गहुँको पिठो निर्यातको परिमाण पनि घटाएको छ । माल्दिभ्सले मुलुकका लागि आवश्यक पर्ने सबै खाद्य सामग्री आयात ...


कोरियन पुलिस अफिसर बनिन् नेपाली मूलकी सम्झना राई

सोल - दक्षिण कोरियाको प्रहरीमा पहिलो पटक नेपाली मूलकी कोरियन महिला भर्ती भएकी छिन् । प्रहरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मामिला विभागमा भोजपुरमा जन्मेर कोरियनसँग विहे गरेकी सम्झना राई भर्ती भएकी हुन् ।

२८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् । सन् २०१० मा नेपाल भ्रमण गएका कोरियन युवासँग प्रेममा परेकी राई त्यसै वर्ष भिजिट भिषामा कोरिया प्रवेश गरेकी थिइन् ।

भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक बन्धनमा बाँधिएकी राईले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी छिन् ।

सन् २०१५ ...


भारतमा यस्तो : सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै पिच

नयाँ दिल्ली - संसारकै धेरै गरिब रहेकोमध्ये एउटा देश भारतमा पशुमाथि भएको एउटा बर्बरताको घटना सामुन्ने आएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि नै रोडा र अलकत्रा खन्याएर पिच गरिएको हो ।

मानवीय सभ्यतालाई नै स्तब्ध बनाउने यो घटनाको फोटो अहिले विश्वभर भाइरल भइरहेको छ । सुतिरहेको कुकुरमाथि अलकत्रा र तातो रोडा खन्याएर आधा शरीरसमेत पिच गरिएपछि चर्को आलोचना सुरु भएको छ।

तातो अलकत्रा र रोडा खन्याएर सडकसँगै आधा शरीर पिच गरिएको कुकुरको ज्यान गएको छ । कुकुर संरक्षण अभियन्तका ...


ट्रम्प र किम जोङ बिच चार बुंदे सहमतिमा हस्ताक्षर, यस्ता छन् बुँदा !

काठमाडौं - सिंगापुरमा मंगलबार बिहान भएको अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको वार्तामा चार बुँदे सहमति भएको छ । ट्रम्प र किमबीच भएको वार्तापछि दुवैले बृहत् सम्झौतामा हस्ताक्षर गरे। सम्झौतामा भएका चार बुँदा सार्वजनिक गरिएको छ । ट्रम्पले सम्झौतालाई बृहत् र महत्त्वपूर्ण भनेका छन्।

हस्ताक्षरपछि ट्रम्पले पत्रकारहरूलाई फोटो खिच्नका लागि सम्झौतापत्र स्पष्ट रूपमा देखाएका थिए ।

यी हुन् सम्झौताका बुँदा :
१. शान्ति र समृद्धिका लागि सम्झौताको पहिलो बुँदा दुई देशबीच नयाँ सिराबाट दुवै देशका जनताको चाहना अनुरूप सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता ...


कांग्रेस जनसम्पर्क समिति पोर्चुगलको पाचौ अधिबेशन जुलाई २२ मा

बिक्रम कुँवर, लिस्बन - नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाचौ अधिबेशन आगामी २२ जुलाईमा हुने भएको छ ।

समितिको बैठकको निर्णय अनुसार पांचौ अधिबेशनको मिति तय भएको समितिका सभापति लक्ष्मी प्रसाद सापकोटाले जानकारी दिए । अधिबेशन राजधानी लिस्बनको आन्जोस स्थित जिनासियो हलमा हुने भएको हो । अधिबेशनको मिति तय भएसंगै मूल आयोजक समिति र आवश्यक उपसमितिहरु गठन गरेर तयारीमा लागिएको उनले बताए ।

बिद्यानतः गत बर्ष नै हुनुपर्ने अधिबेशन बिबिध कारणले हुन सकेको थिएन । अधिबेशनलाई लक्षित गरि समितिले यतिबेला सदस्यता नबिकरण र ...


ट्रम्प–किम बहुप्रतीक्षित शिखर वार्ता सिंगापुरमा सुरू

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित शिखर वार्ता आज सिंगापुरमा सुरू भएकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको उपस्थितिमा यी दुई नेताबीच स्थानीय समयअनुसार बिहान ९ बजे भेट भएकाे हाे । त्यसपछि दुवै नेता वान टु वान वार्ताका लागि बस्नेछन्, जहाँ दोभासेबाहेक अरू कसैलाई पनि प्रवेशका लागि अनुमति दिइएको छैन ।

वार्तापछि उत्तर कोरियाली प्रतिनिधिमण्डल २ बजेअघि नै प्योङयाङ फर्कने कार्यक्रम छ । ट्रम्प पनि आजै अपराह्न अमेरिका फर्कने कार्यक्रम छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले वार्ताको प्रशंसा गर्दै अमेरिकासँग नयाँ सम्बन्ध सुरु भएको ...


ट्रम्प-किम वार्ताका लागि १ करोड ५० लाख डलर खर्चिने सिंगापुरको घोषणा

काठमाडौ - सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि उनको देशले करिब १ करोड ५० लाख डलर खर्च गर्ने जनाएका छन्। सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ। सिंगापुरको हितमा रहेको एउटा अन्तर्राष्ट्रिय प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित भएको लीले बताएका छन्। साथै सो शिखरवार्तामार्फत् आफ्नो देशलाई राम्रै प्रचार मिल्ने पनि उनले बताएका छन्।

उत्तर कोरियाली नेता किमसँग भेट गर्नुपूर्व सिंगापुरका प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया आएको हो। उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ...


ट्रम्प र किम सिंगापुरमा, वार्ता मंगलवार

सिंगापुर - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् ।

उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सिंगापुरका अधिकारीले किम कुन जहाजमा आइरहेका छन् भन्ने यकिन नभएकाले अन्दाज गर्दै बसेको जनाएका थिए। उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आइतबार ३ वटा हवाईजहाज आएका थिए। तर उत्तर कोरियाली अधिकारीले किम तीमध्ये कुन जहाजमा ...


जी–७ को साझा दस्तावेजमा अमेरिकाको असहमति, क्यानाडा माथि लगाए यस्तो आरोप

काठमाडौ - क्यानडाले बेइमानी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको शिखर बैठकपछि जारी संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेका कुराबाट पछि हटेका छन्। उनले अरू देशहरूले अमेरिकामाथि ठूलो मात्रामा कर लगाइरहेको पनि बताए।

अमेरिकाले स्टील र एलुमिनियम आयातमा हालै लगाएको करलाई लिएर जारी तनावका बीच नीतिमा आधारित व्यापार प्रणालीु को वकालत गर्ने खालको संयुक्त वक्तव्यमा सहमति भएको थियो। त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकाले कर लगाएको बदलामा आफ्नो देशले पनि जुलाइ १ बाट कर लगाउने जनाए।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले ...


चीनले अति संवेदनशील तथ्यांक चोरेको अमेरिकाको आरोप

एजेन्सी - नौसेनाको ठेकेदारबाट चीन सरकारले अति संवेदनशील तथ्यांक ह्याक गरेको अमेरिकी संघीय जाँच ब्युरोले आरोप लगाएको छ । आवाजको गतिमा उड्ने सुपरसोनिक मिशाईल परियोजनाको जहाज सम्बन्धी सुचना चोरी गरेको जाँच व्युरोले दावी गरेको हो ।

गत जनवरी र फेब्रुअरीमा तथ्यांक माथि आक्रमण भएको अमेरिकी सञ्चारसंस्था सीबीएस न्युजले उल्लेख गरेको छ । अमेरिकी सेनासँग सम्बन्धित ठेकेदार कम्पनीको तथ्यांक चोरी गरी अमेरिकी सेनाको पनडुब्बी र पानीमुनि प्रयोग गरिने हतियारको अनुसन्धान र विकासमा भएको अध्ययनको तथ्यांक संकलन गरेको आरोप लगाईएको छ ।

रोड आईल्याण्डको न्युपोर्टमा रहेको सैन्य क्याम्पको सुचना ...


ट्रम्प र किमबीच वार्ता हुँदा सिंगापुरको आकाशमा उडान बन्द गरिने !

सिंगापुर - सिंगापुरमा आयोजना गरिएको अमेरिका-उत्तर कोरिया शिखर वार्ताका बेला सिंगापुरको हवाई क्षेत्र बन्द गरिने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमा सिंगापुरमा वार्ता तय गरिएको छ। शिखर वार्ताका क्रममा सिंगापुरको हवाई क्षेत्रमा सबैखाले उडान बन्द गरिनेछ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ र अमेरिकी संघीय उड्डयन प्रशासनले बुधबार यस्तो सूचना जारी गरेका छन्।

सूचनाबमोजिम ११, १२ र १३ जुनमा केही समयका लागि सिंगापुरको हवाई क्षेत्र प्रतिबन्धित रहनेछ। सिंगापुरको चांगी विमानस्थलमा उडान भर्ने सबै विमानलाई गति कम गर्न आदेश दिइएको ...


होटल क्यापेलामा हुने भयो ट्रम्प-किम वार्ता, गोर्खा सैनिकले सुरक्षा दिने

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन बिच सिंगापुरको सेन्तोसा आइल्याण्डमा वार्ता हुने पक्का भएको छ । ट्रम्प-किम १२ जुनमा विहान ९ बजे सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा भेटवार्ता हुने हृवाइट हाउसले जनाएको छ ।

सिंगापुर सरकारले सोमबार विदेश मन्त्रालय, अमेरिकी दूताबास र थुप्रै होटललाई विशेष क्षेत्र घोषणा गरेको छ । यसमा सेन्तोसा आइल्याण्ड पनि परेको छ । आइल्याण्डको दक्षिण पश्चिमी तटको करिव एक किलोमिटर विशेष क्षेत्रमा पर्छ ।

सिंगापुर सरकारले सुरक्षा कडा बनाएको छ । ट्रम्प र किमको भेटवार्ता स्थलको सुरक्षा ...


ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी, मृत्यु हुनेको संख्या ७५ नाघ्यो

काठमाडौ - ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ हराइरहेका छन्। अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित भएका छन्।

तीन हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने धेरै मानिसहरूले अस्थायी रूपमा आश्रय लिइरहेका छन्। ज्वालामुखी पर्वतको भीरमा रहेका गाउँहरू खरानी र हिलोले पुरिएका छन्।

ज्वालामुखीसम्बन्धी विज्ञहरूले शुरूमा १० किलोमिटर माथिसम्म खरानी फालेको ज्वालामुखी ...


भारतीय विदेशमन्त्री स्वराज चढेको विमान सम्पर्कबिहीन बनेपछि तनावमा

काठमाडौ - भारतीय विदेशमन्त्री सुष्मा स्वराज चढेको विमान शनिवार १४ मिनेटसम्म सम्पर्कविहीन हुँदा तनाव सिर्जना भएको विवरण सार्वजनिक भएका छन्।
दक्षिण अफ्रिकाको भ्रमणका लागि निस्केकी उनी सवार विमानसँग सम्पर्क स्थापित हुन नसक्दा मरिससको एअर ट्राफिक कन्ट्रोल (एटीसी)ले चेतावनी जारी गरेपछि तनाव सिर्जना भएको थियो।

अधिकारीहरूका अनुसार स्वराज सवार भारतीय वायुसेनाको विमान र मरिससको एटीसीबीच १४ मिनेटसम्म सम्पर्क स्थापित हुन सकेन। एयरपोर्ट्स अथोरिटी अफ इन्डियाका महाप्रबन्धक जेबी सिंहले भने, ‘मरिससले एकतर्फी रूपमा चेतावनी जारी गरेको थियो। उनका अनुसार सामान्यतया उडेको विमानसँग आधा घण्टासम्म सम्पर्क स्थापित हुन नसकेपछि ...


 ग्वाटेमालामा भयानक ज्वालामुखी बिस्फोट, २५ जनाको ज्यान गयो

काठमाडौं - ग्वाटेमालामा ज्वालामुखी बिस्फोट हुँदा २५ जनाको ज्यान गएको छ । फुएगो ज्वालामुखी बिस्फोट हुन्दा झण्डै ३०० जनाभन्दा बढी घाइते भएको सरकारी अधिकारीले बताएका छन् ।

राजधानी ग्वाटेमाला सिटीबाट झण्डै ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट कालो धुवाँ र खरानी उडेको छ । ज्वालामुखी बिस्फोट हुन थालेपछि वरपरका ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

...

पाकिस्तानी प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश, कार्यकाल जम्मा दुई महिनाको

इस्लामाबाद - पाकिस्तानमा पूर्व प्रधानन्यायाधीश नसीरुल मुल्क सोमबार कार्यवाहक प्रधानमन्त्री मनोनयन भएका छन् । निर्वाचन सम्पन्न गर्न उनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

उनको कार्यकाल दुई महिनाको हुनेछ । मुल्क प्रधानमन्त्री हुने भएपछि सत्तारुढ दल र विपक्षीबीचको विवाद समाप्त भएको छ । विपक्षी दलहरूले सत्तारुढ पीएमएल-एन (पीएमएल-एन)ले शक्ति दुरुपयोग गर्ने आशंका गर्दै आएका थिए । पाकिस्तानमा २५ जुलाईमा निर्वाचन हुँदै छ ।

मुल्कको नाम प्रधानमन्त्रीमा घोषणा भएसँगै पाकिस्तान पीपल्स पार्टी (पीपीपी)का नेता खुर्शीद शाहले प्रसन्नता व्यक्त गरेका छन् । यसअघि उनले प्रधानमन्त्री शाहिद खाकान अब्बासी र नेशनल ...


अमेरिका र उत्तर कोरियाबीच हुने भो वार्ता, अमेरिकी अधिकारीहरु उत्तर कोरियामा

वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ ।

आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएका दुवैतर्फका अधिकारीहले जनाएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि वार्ताको आवश्यक तयारी सुरु भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति ...


ट्रम्पले वार्ता रद्द गरेको प्रति उत्तर कोरियाको आयो यस्तो प्रतिक्रिया !

एजेन्सी - उत्तर कोरियाले आफ्ना नेता किम जोन उनसँगको शिखर बैठक रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहना विपरीत भएको बताएको छ। उसले उक्त शिखर बैठकको

आयोजनाका लागि किम जोन अनले ठूलो प्रयास गरेको उल्लेख गर्दै वासिङटनसँगका मतभेदहरु, उसकै शब्दमा, ूजहिलेपनिू र ूजसरीपनिू समाधान गर्न प्योङयाङ इच्छुक रहेको उल्लेख गरेको छ। शिखर बैठक स्थगनको खबरपछि अन्तर्राष्ट्रिय समुदायले पनि निराशा व्यक्त गरेको छ र राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले गहिरो चिन्ता व्यक्त गरेका छन्।

दक्षिण कोरियाका राष्ट्रपति ...


युक्रेनका राष्ट्रपतिलाई ट्रम्पसँग भेट गराइदिन ट्रम्पका वकिलले चार लाख घुस लिएको खुलासा

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनले युक्रेनी राष्ट्रपति र राष्ट्रपति ट्रम्पबीचको भेटघाट मिलाउन गोप्य रुपमा चार लाख डलर लिएको पत्ता लगाएको छ।

गएको जुनमा ह्वाइट हाउसमा भएको उक्त भेटवार्ता मिलाउने काममा संलग्न किएभस्थित निकटस्थहरूले यस्तो खुलासा गरेका हुन्। युक्रेनी नेता पेट्रो पोरोसेन्कोको मध्यस्तकर्ताहरूको भूमिका खेलेका व्यक्तिहरूले उक्त रकमको व्यवस्थापन गरेको बिबिसीले उल्लखे गरेको छ । तर अमेरिकी कानूनले आवश्यक ठानेको युक्रेनी सरकारको प्रतिनिधिको भूमिकामा त्यस्तो गतिविधि हुँदा कोहेन थिएनन्।

कोहेनले आफूमाथिका आरोप अस्वीकार गरेका छन्। राष्ट्रपति पेरोसेन्कोको कार्यालयले त्यो आरोपलाई ‘सफा झूठ’ भन्दै ...


नेपाली प्रध्यापक अमेरिकाको विश्वविद्यालयमा डिन

काठमाडौं - तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ ।

आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुग्नुभएका उहाँ हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आउनुभएको छ । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्षसमेत हुनुहुन्छ ।

केही समयअगाडि नेपाल आउनुभएका उहाँनेपालको शिक्षा प्रणालीलाई रोजगारमूलक बनाउन व्यावसायिक शिक्षामा जोड दिन जरुरी रहेको बताउनुहुन्छ । “नेपालको शिक्षा घोकन्ते खालको भएकाले यसमा आमूल परिर्वतन गरी नेपाली शिक्षालाई रोजगारमूलक बनाउनु जरुरी छ”, उहाँ भन्नुहुन्छ ...


अमेरिका र उत्तर कोरिया बिच वार्ता हुनेमा शंका

बिबिसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र उत्तर कोरियाली नेता किम जङ अनबीच जुन १२ तारिखमा तय भएको शिखर बैठक निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन् ।

उनले संवाददाताहरूलाई उत्तर कोरियाले निश्चित शर्तहरू पूरा नगरे उक्त शिखर बैठक पर सर्ने बताए ।

प्योङयाङले संयुक्त राज्य अमेरिकाले एकपक्षीय ढंङ्ले निःशस्त्रीकरणमा जोड दिए वार्तामा नबस्ने चेतावनी दिएको छ ।

तर अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शिखर बैठक आयोजना हुने गरी साझा विन्दु पहिल्याउन वाशिङटनले प्रयास गरिरहेको जानकारी दिए ।

उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति मून ...


अमेरिकालाई  इरानले दियो यस्तो चेतावनी

एजेन्सी - इरानले तेहरानविरूद्ध वाशिङटनले ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने भन्ने अमेरिकी विदेशमन्त्रीको भनाइको निन्दा गरेको छ । राष्ट्रपति हसन रूहानीले इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।

इरानी विदेशमन्त्री जवाद जारिफले भनेका छन्, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अघि सारेका कदमहरूले अमेरिका ‘असफल नीतिहरू’को बन्दी भएको देखाउँछ र उसले नराम्रो परिणाम भोग्नुपर्छ ।

युरोपेली संघ-इयुको विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले पनि अमेरिकाको आलोचना गरेकी छन् ।

उनले भनेकी छन्, इरानसँगको सन् २०१५ को पारमाणविक सम्झौताबाट बाहिरिँदा मध्यपूर्व कसरी सुरक्षित हुन सक्छ भन्ने ...


बाहिरियो एक खुलासा : पुटिन र ट्रम्प मध्ये को बढी प्लेब्वाय ?

एजेन्सी - विश्वका शक्तिशाली नेताहरू एक–अर्काबीच कस्ता विषयमा गफ गर्छन् भन्नेबारे जोकोहीलाई कुतूहलता लाग्न सक्छ । तपाईंंलाई लाग्न सक्छ, ती नेताहरू पैसा, व्यापार, देश, विकास, राजनीतिलगायत समसामयिक विषयका बहसमा मात्र केन्द्रित हुन्छन् ।

विश्वका शक्तिशाली नेता केवल यस्तै समसामयिक विषयमा मात्र केन्द्रित हुन्छन् भन्ने सोच्नुभएको छ भने तपाईं गलत साबित हुन सक्नुहुन्छ । उनीहरू यौन, महिलाको फिगर, यौनकर्मीलगायतका विषयमा पनि मज्जाले गफिन्छन् । प्रसंग विश्वकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र लगातार चार कार्यकालमा निर्वाचित रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको हो ।

पुटिन र ट्रम्प भेट हुँदा उनीहरू आफ्ना देशका महिला यौनकर्मीका ...


कंगोको इबोला झन् फैलँदै, विश्व स्वास्थ्य संगठनको चिन्ता

काठमाडौ - प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य मन्त्रीले १० लाख जनसंख्या रहेको देशको उत्तर पश्चिममा अवस्थित ब्यान्डाका शहरमा इबोलाको संक्रमण देखा परेको बताएका छन्। झण्डै १० लाख मानिसको बसोबास रहेको उक्त शहरमा यो संक्रमण देखा परेसँगै त्यहाँ हालै देखिएका इबोला संक्रमणका घटना नयाँ चरणमा प्रवेश गरेको ठानिएको छ। यसै महिनाको सुरुमा ब्यान्डाका शहर भन्दा करिब १५० किलोमिटर टाढा अवस्थित ग्रामिण वस्तीमा इबोला संक्रमणको पहिलो घटना देखा परेयता २३ जनाले ज्यान गुमाइसकेका छन्। विश्व स्वास्थ्य संगठनले पठाएको परीक्षणमै रहेका इबोलाका चार हजार खोपका मात्रा बुधवारमात्रै कंगोमा पुर्‍याइएका ...


कर्नाटक चुनाव : भाजपाको अग्रता, कांग्रेस पछाडि

काठमाडौं - कर्नाटकमा गएको शनिबार भएको विधानसभा चुनावको मतगणना सुरु भएको छ । जारी मतगणाको सुरुवाति परिणामा भारतीय जनता पार्टी, भाजपाले अग्रता लिएको छ । यस्तै अहिले कर्नाटकमा सत्तामा रहेको कांग्रेस पछि देखिएको छ ।

कर्नाटकमा लामो चुनावी अभियानपछि शनिबार २२४ मध्ये २२२ विधानसभा सिटका लागि मतदान भएको थियो । यो चुनावलाई आउँदो वर्ष हुने लोकसभा चुनावको महोलका रुपमा हेरिएको छ ।

१४१ सिटको सुरुवाति मतपरिणाम अनुसार केन्द्रमा सत्तामा रहेको भाजपाले ६४ सिटीमा अग्रता लिएको छ भने कांग्रेस ४२ सिटमा अघि रहेको छ । यस्तै जनता दल ...


अमेरिकी दुतावास खोलेकै दिन गाजामा ५५ प्यालेस्टिनी मारिए, के हो जेरुसलेम विवाद ?

एजेन्सी - इजरेली सेनाबाट गाजामा कम्तीमा ५५ जना प्यालेस्टिनीहरू मारिएको घटनाको अन्तर्राष्ट्रियस्तरमा व्यापक निन्दा भइरहेको छ। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा नरसंहारको संज्ञा दिएका छन्। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रदर्शनकारीमाथि इजरेली सशस्त्र फौजबाट गरिएको हिंसाको भर्त्सना गरेका छन् र दुई राज्यको मान्यताबाट समस्याको हल हुनेप्रतिको समर्थन दोहोर्‍याएका छन्। टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले इजरेलमाथि राज्यबाट गरिने आतङ्क र नरसंहारको आरोप लगाएका छन्।

ब्रिटेनले आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरेलको अधिकार भएको बताएको छ। तर उसलाई उच्च संयम अपनाउन आग्रह गरेको छ। तर इजरेली प्रधानमन्त्री बेन्जमिन ...


ट्रम्प र किमबीच सिङ्गापुरमा भेट हुने

वासिङ्टन - अमेरिका र उत्तरकोरियाली नेताहरूबीच हुने भनिएको लामो समयदेखि प्रतिक्षा गरिएको शिखर सम्मेलन आगामी जुन १२ मा हुने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेताबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारे विश्व समुदायबाट व्यक्त चासोका बिषयमा हुने वार्ता सिङ्गापुरमा जुन १२ मा हुने गरी तय भएको अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा बिहीबार जनाएका छन् । यद्यपि यस बिषयमा थप कुरा भने सन्देशमा उल्लेख गरिएको छैन ।

यस पहिले वार्ताको बिषयलाई लिएर जापानी प्रधानमन्त्री ...


मलेशियामा महाथिर मोहमदको पार्टीको ऐतिहासिक जित


काठमाडौ - मलेशियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा हराउँदै सानदार राजनीतिक पुनरागमन गरेका छन्।

९२ वर्षका डाक्टर महाथिरले कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन नाशिओनल पार्टी र आँफैले हुर्काएका नेता नजिब रजाकलाई चुनौती दिन राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएका थिए।

प्रधानमन्त्री नजिबको कार्यकाललाई लामो समयदेखिका भ्रष्टाचारका आरोपले छायाँमा परिदिएको थियो।उनको शासनकालमा मलेशियाली नागरिकहरूले बढ्दो जीविकोर्पजन खर्च व्यहोर्नुका साथै जातीय तनावहरू पनि खेपेका थिए। आफ्नो ऐतिहासिक पराजयबारे उनले सार्वजनिक रुपमा प्रतिक्रिया दिइसेकेका छैनन्। तर डाक्टर माहथिरको बिहीवार ...


चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग विश्वकै सर्वाधिक शक्तिशाली

काठमाडौं - सन् २०१८ को विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुको सूचीमा चीनका राष्ट्रपति सी जिनपिङ्ग पहिलो स्थानमा परेका छन् । विश्वको शक्तिशाली र धनीहरुको सूची निकाल्ने चर्चित फोर्ब्स पत्रिकाले सो सूची तयार गरेको हो ।

सीले चारपटकसम्म पहिलो स्थानमा रहेका रुसका राष्ट्रपति भ्लाधिमिर पुटिनलाई पछि पार्दै पहिलोपटक शीर्ष स्थान हासिल गरेका हुन् । फोर्ब्सले पृथ्वीको ७ अर्ब भन्दा बढी जनसंख्यामा यी ७५ व्यक्तिहरुको प्रभाव सबैभन्दा बढी रहेको भन्दै उनीहरुको सूची सार्बजनिक गरेको जनाएको छ । फोर्ब्सका अनुसार शक्तिशाली व्यक्तिहरुको छनौट उनीहरुको कार्य र बोलीले मानिसहरुमा पार्ने प्रभावका ...


पुटिनको सत्ता यात्राः जासुसदेखि चाैंथो पटक राष्ट्रपतिसम्म

एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकालका लागि सोमवार शपथ ग्रहण गर्दैछन्।

गत मार्चमा सम्पन्न चुनावबाट उनी चौथो पटक राष्ट्रपति पदमा निर्वाचित भएका थिए।

विगत १८ वर्षदेखि राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा पुटिन सत्तामा रहिआएका छन् र विरोधीहरूले उनको कार्यकाललाई सम्राटको शासनसँग जोडेर हेर्ने गरेका छन्।

उनको शासनविरूद्ध शनिवार मस्को तथा अन्य शहरहरूमा उत्रिएका प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडपहरू भएका थिए।

चौथो कार्यकालको उनले औपचारिक थालनी गर्दा सोमवार रुसमा तनाव उत्पन्न हुन सक्ने आशङ्का छ।

सन् २०१२ को तुलनामा राष्ट्रपति कार्यालय क्रेम्लिनमा कम तामझामका साथ पुटिनले शपथ ग्रहण गर्न सक्ने ...


इरानले गोप्य परमाणविक कार्यक्रमु चलाएको इजरेलको आरोप

काठमाडौ - तेहेरानले आफ्नो परामाणु महत्त्वाकांक्षाबारे विश्वलाई ढाँटेको भन्ने प्रमाणित गर्ने हजारौँ पाना भएका दस्तावेजहरू आफूसँग रहेको भन्ने इजरेलको दाबीलाई इरानले अस्वीकार गरिदिएको छ।

इरानी विदेशमन्त्री जभाद जारिफले अन्तर्राष्ट्रिय परमाणू उर्जा निकायले सम्बोधन गरिसकेका पुराना आरोपहरूलाई पुन ः मिलाएर प्रस्तुत गरिएको टिप्पणी गरेका छन्। उनले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानसँग अन्तराष्ट्रिय परमाणु सम्झौता तोड्ने अमेरिकी राष्ट्रपतिको चाहनालाई पूरा गर्न मद्दत गर्न पछिल्लो दाबी प्रस्तुत गरेको आरोप लगाए।

नेतन्याहुले ती दस्तावेजहरूले सन् २०१५ को सम्झौतापछि इरानले आफ्नो परामाणु ज्ञान अभिवृद्धि गर्ने कामलाई निरन्तरता दिइरहेको प्रमाणित गरेको बताएका छन्। ...


अफगानिस्तान हिंसा : ९ प्रहरीसहित १२ मारिए

काबुल - अफगानिस्तानका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै हिंसाका घटनामा परी कम्तीमा ९ प्रहरी, १ महिला र २ बालबालिका मारिएका छन्।

बाडाख्सान प्रान्तको दुर्गम ठाउँमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि भएको गोली हानाहानमा परी ९ जना प्रहरी मारिएका हुन्।

स्थानीय प्रहरीले आइतबार दिएको जानकारीअनुसार घटनामा अरु १० जना घाइते भएका छन्।

त्यसैगरी पूर्वी नानगाहार प्रान्तमा भएको विष्फोटनको घटनामा परी अफगान १ महिला र २ बालबालिका पनि मारिएका प्राप्त अर्को समाचारमा जनाइएको छ।

...

परमाणु परीक्षण स्थल बन्द गर्ने उत्तर कोरियाको घोषणा

काठमाडौं - उत्तर कोरियाले आगामी मे महिनाबाट परमाणु परीक्षण स्थल बन्द गर्ने घोषणा गरेको छ । शुक्रबार उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको भेटवार्तामा परमाणु परीक्षण नगर्ने सहमति भएको थियो । त्यसलगत्तै उत्तर कोरियाले मे महिनाबाट परमाणु परीक्षणस्थल बन्द गर्ने जानकारी दिएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्तालाई उद्धत गर्दै सामाचार एजेन्सी एएफपीले जनाएको छ ।

साथै उत्तर कोरियाले आफ्नो ‘टाइम जोन’ पनि परिवर्तन गर्नेछ । हाल उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा फरक छ । अब ...


कोरियाली शान्तिप्रति ट्रम्प आशावादी

वासिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली शान्तिप्रति आशावादी भएको बताएका छन्। दुई कोरियाली नेताबीच भएको कुराकानीबारे खुसी व्यक्त गर्दै उनले यस्तो जानकारी दिएका हुन्।

कोरियाली नेताहरूबीचको भेटवार्तापछि दक्षिण कोरियाली नेत मुन जे इनसँग आफ्नो फोनवार्ता भएको उनले खुलासा गरेका छन्। ट्रम्पले ट्विट सन्देशमा भनेका छन्, ‘दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ। सबै कुरा राम्रोसँग अघि बढेका छन्। उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भइरहेको छ।’ उक्त वार्ताका विषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी ...


उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच शिखर वार्ता

काठमाडौं - उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भइरहेको छ ।

दुबै देशका शीर्ष नेता निशस्त्रीकरण गरिएको गाउँ अर्थात् शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भूभागमा बनाइएको भवनमा वार्तामा संलग्न छन् ।

दुई नेताले भेट गर्दा निकै हौसलापूर्ण भावका साथ हात मिलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । वार्ता शिशा र कंक्रिटले बनाइएको शान्तिगृहमा भइरहेको हो ।

किमले शिखर सम्मेलनका लागि मिलिटरी डिमार्केशन लाइन पार गर्दै आइपुगेका हुने । किमको सम्मानमा दक्षिण कोरियाली सैनिकले सलामी अर्पण गरेको छ ।

सन् १९५३ ...


प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव

नयाँ दिल्ली - भारतको माथिल्लो सदन राज्यसभामा भारतीय प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । कंग्रेसलगायतका सात विपक्षी दलहरूले प्रधानन्यायाधीश मिश्राविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । विपक्षी दलका ७१ सांसदहरूले सामूहिक रूपमा उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडुलाई प्रस्ताव बुझाएका हुन् ।

प्रधानन्यायाधीशविरुद्ध भारतको इतिहासमा पहिलोपटक राज्यसभामा विपक्षीले महाअभियोग लगाएका हुन् । महाअभियोग प्रस्ताव अघि बढाउनेर–नबढाउनेबारे उपराष्ट्रपति नायडुले निर्णय गर्नेछन् । उनलाई प्रस्ताव मनासिव लागेर अगाडि बढाएमा महाभियोगका प्रस्ताव लगाइएका आरोपहरूबारे छानबिन गर्न समिति गठन हुन्छ । समितिलाई ती आरोप उचित लागेमा महाअभियोग ...


रोहिंग्या फिर्ता भएको दावी झूटो : बंगलादेश

ढाका - बंगलादेशले पाँचजना रोहिंग्या शरणार्थी फिर्ता भएको दाबी झूटो भएको बताएको छ। म्यान्माले बंगलादेशमा शरण लिएका पाँच रोहिंग्या स्वदेश फिर्ता भएको सूचना सम्प्रेषण गरेको थियो।

सैनिक कारबाहीपछि म्यान्माबाट करिब ७ लाख रोहिंग्या विदेश पलायन भएका थिए। म्यान्मा सरकारले आइतबार रोहिंग्या परिवारका पाँच सदस्य पश्चिमी रखाइन राज्यमा फिर्ता भएको भन्दै तस्बिर पनि सार्वजनिक गरेको थियो। उनीहरू स्वदेश फर्कने पहिलो टोली भएको म्यान्माले जानकारी दिएको थियो। शनिवार ती पाँचजना नवनिर्मित स्वागत केन्द्रमा आइपुगेका थिए। बंगलादेशका गृहमन्त्री असदुज्जमां खान कमाले यो सबै झूटो भएको खुलासा गरेका छन्। बंगलादेशको ...


अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच यसरी भयो सीधा वार्तालाप

एजेन्सी - अमेरिका र उत्तर कोरियाबीच औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच सीधा वार्तालाप भएको छ ।

शीखर वार्ताको गृहकार्यका लागि अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख माइक पोपियो उत्तर कोरिया पुगेका बेला ट्रम्प र उनबीच सीधा सम्पर्क भएको हो । माइक पोपियोको यही भ्रमणको क्रममा ट्रम्प र उनबीच वार्तालाप भएको बताइएको छ ।

उनीहरुले निकै उच्चस्तरमा सीधा कुराकानी गरेको ट्रम्पले बताएका छन् । उनका अनुसार शीखर वार्तालाई ऐतिहासिक बनाउने प्रयासमा अमेरिका र उत्तर कोरियाका अधिकारीहरुबी वार्ता ...


सिरियामा आतंककारीलाई सघाइरहेको अमेरिका माथि आरोप

तेहरान- इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले सिरियामा आतंककारीहरूलाई सघाइरहेको आरोप लगाएका छन् ।

इरानको तास्मिन समाचार एजेन्सीले जनाए अनुसार रूहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भएको बताएका हुन्।

तास्मिनले जनाए अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसंगको टेलिफोन वार्तामा रूहानीले पूर्वी गुटाबाट आतंककारीहरूलाई हटाउन देखाएको तदारुकताले यो कुरा प्रमाणित भएको बताएका हुन् ।

अमेरिकाले हाल सिरियामा गरेको आक्रमण अन्तरराष्ट्रिय कानूनको विपरीत भएको र अमेरिका अन्तरराष्ट्रिय जगतलाई जवाफ दिन सक्षम नदेखिएको रुहानीले बताए ।

पश्चिमा राष्ट्रले सिरियामा थप क्षेप्यास्त्र आक्रमणमा गरेमा अन्तरराष्ट्रिय सम्बन्धमा नै उथलपुथल हुने ...


एफबीआइका पूर्व निर्देशक कोमी भन्छन् : 'ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य'

बिबिसी - अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले महिलाहरूलाई अपमानजनक व्यवहार गर्ने डोनल्ड ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रुपमा योग्य नभएको बताएका छन् ।

एबीसी न्यूजलाई दिएको एउटा अन्तर्वार्तामा उनले रुससँग ट्रम्पलाई तर्साउन प्रयोग गर्न मिल्ने सामाग्री भएको हुनसक्ने बताए ।

उनले राष्ट्रपति ट्रम्पले न्यायलाई अवरोध गरिरहेको केही प्रमाण निश्चित रुपमा रहेको उल्लेख गरेका छन् ।

ट्रम्पले ट्विटरमा कोमीको आलोचना गर्दै उनलाई ‘ठग’ र ‘नराम्रो व्यक्ति’ भनेका छन् ।

कोमीले ट्रम्प राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न मानसिक रुपमा आयोग्य नभए पनि निरन्तरको झुठोपन र महिलाबारेका धारणाका कारण उनी ...


अमेरिकी सिनेटमा जुकरबर्गको बयान : 'रसियाले फेसबुकबाट गलत फाइदा उठायो'

काठमाडौं - फेसबुकका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालको फाइदा उठाउने रुसी अपरेटरहरुसँग आफूले संघर्ष गरिरहेको बताएका छन् । उनले यसलाई हतियारको लडाइँ जस्तै भएको बताएका छन् ।

अमेरिकी सिनेटरहरुसँगको छलफलमा जुकरबर्गले भनेका छन्, हतियारको दौड जस्तै हो । उनीहरु बलियो हुँदैछन् ।’

क्याम्ब्रिज एनालिटिकाबाट फेसबुकका डाटा चोरी भएको विषयमा छलफल गर्न अमेरिकी सिनेटमा जुकरवर्गलाई बोलाइएको थियो ।

जुकरबर्गले रुसमा फेसबुक र इन्टरनेट सिस्टमलाई शोषण गर्ने केही व्यक्तिहरु रहेको बताए ।
फेसबुकका करोडौं प्रयोगकर्ताका गोप्य जानकारी चोरी हुनुमा आफ्नो गल्ती रहेको पनि उनले स्वीकार गरेका छन् । तर फेसबुकप्रतिको ...


सुरक्षा परिषद्‌ बैठकमा अमेरिका विरूद्ध रुसको 'भिटो'

काठमाडौ - सिरियाको विद्रोही नियन्त्रित डुमा नगरमा भएको भनिएको रासायनिक हमलाबारे स्वतन्त्र छानबिन गर्नुपर्ने अमेरिकी मागविरूद्ध रुसले सुरक्षा परिषद्‌मा भिटो अर्थात् विशेषाधिकार प्रयोग गरेको छ। योसँगै अमेरिकाले सिरियामा सैन्य कारबाही गर्ने सम्भावना बढेको देखिएको बीबीसीका राष्ट्रसंघीय मामिला संवाददाताले बताएका छन्।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले आफ्नो मुलुकको प्रस्तावलाई न्यूनतम प्रतिक्रियाको रूपमा व्यख्या गरेकी छन्।
डुमामा सिरियाली फौजबाट गरिएको आक्रमणको जवाफ दिनुपर्नेमा अमेरिका, ब्रिटेन र फ्रान्स सहमत भएका छन्। तर राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नेब्युन्जियाले कुनै योजना बनाइरहेको भए त्यसलाई त्याग्न वाशिङटनलाई आग्रह गरे।

अमेरिकी राष्ट्रपति ...


अल्जेरियामा सैनिक विमान दुर्घटना,सयभन्दा बढीको मृत्यु

एजेन्सी - अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा १ सयभन्दा बढीको ज्यान गएको छ । मृत्यु हुनेको संख्या करिब २ सयसम्म पुग्नसक्ने अनुमान गरिएको छ। विमान अल्जेरियाको बौफारिकस्थित सैनिक हवाई मैदानमा बुधबार बिहान दुर्घटनामा परेको हो । उक्त विमानमा मृत्यु हुनेको संख्या २ सयसम्म पुग्न सक्ने बिबिसीले जनाएको छ ।

हवाइजहाजको पछाडीको भागमा आगो लागिरहेको दृश्य अल्जेरियाली टेलिभिजनहरुले प्रशारण गरिरहेका छन् । जहाजको पछिल्लो भाग जैतुनको रुखमाथि अड्किएर जलिरहेको दृश्य भिडियो फुटेजमा देख्न सकिन्छ ।

घटनास्थलमा सैनिक, प्रहरी तथा अग्नी नियन्त्रकहरुले उद्दारका कार्य सुरु गरेका छन् । स्थानीय ...


माओवादीद्वारा श्रृंखलाबद्ध विष्फोट, दुई सुरक्षाकर्मीको मृत्यु

नयाँदिल्ली - भारतमा माओवादी विद्रोहीहरूले मंगलबार बिहानै गरेको शृंखलावद्ध विस्फोटमा भारतीय अर्धसैनिक बल डिआरजीका दुई जवानको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

विद्रोहीहरूले १४ अप्रिलमा प्रस्तावित प्रधानमंत्री मोदीको भ्रमणको विरोधमा सैनिक जवानहरू रहेको बसमा विस्फोट गराएका थिए। छत्तीसगढ राज्यको बीजापुर जिल्ला अन्तर्गत कुटरु र फरेसगढबीच राजमार्गमा यो विस्फोट गराइएको हो।

घाइते सैनिकमा तीनको हालात गम्भीर बताइएको छ । यस अघि सोमवार मात्रै पनि महादेव घाट जिल्लामा गरिएको यस्तै विस्फोटमा सर्च अप्रेसनमा निस्केको सेंट्रल रिजर्भ पुलिस फोर्सका एक जवान घाइते भएका थिए ।

समाचारहरूमा जनाइए ...


जटिल बन्दै अमेरिका-रुस सम्बन्ध  : सुरक्षा परिषद्‌ बैठक बाझाबाझ

एजेन्सी - अमेरिका र रुसबीच सिरियामा भएको भनिएको रासायनिक हमलाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा आरोपप्रत्यारोप भएको छ ।

राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नुब्येन्जियाले डुमा भएको घटना मञ्चन गरिएको र त्यसको जवाफस्वरूप अमेरिकाले गर्ने सैन्य कारबाहीले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने बताए ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाली सेनाका एक सहयोगी रुसको हातमा ‘सिरियाका बालबालिकाको रगत’ भएको बताइन् ।

यसअघि संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुखले विश्व शक्तिहरूले रासायनिक अस्त्रको प्रयोगबारे ‘सामूहिक रूपमा उदासीनता’ देखाइरहेको बताएका थिए ।

सोमवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमलाको घटनाप्रति ‘बलपूर्वक’ जवाफ ...


ट्रम्पको वकिल कार्यालयमा एफबीआइको छापा : पत्ता लाग्यो यस्तो कर्तुत

वाशिङ्टन डिसी - अमेरिकी गुप्तचार संस्था एफबीआईले राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलको कार्यालयमा छापा मारेको छ ।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार, एफबीआईले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीजि वकिल मिसेल कोहेनको कार्यालयमा छापा मारेको हो ।

एफबीआईले वकिलको कार्यालयबाट कैयन महत्वपूर्ण दस्तावेज कब्जामा लिएको छ । यी दस्तावेजहरुमा चर्चामा रहेकी पोर्न नायिका स्टोर्मि डेनियलका वकिललाई पैसा दिएका कागजात समेत रहेको सिएनएनको दावी छ । स्टोर्मीले सन् २००६ मा ट्रम्पसँग यौनसम्पर्क रहेको र ट्रम्पका वकिलले उक्त कुरा सार्वजनिक नगर्न पैसा दिएको दावी गर्दै आएकी छिन् ।

एफबीआईले ट्रम्पसँग जोडिएका बैंक अभिलेखका ...


अमेरिकी राष्ट्रपति ट्रम्पको टावरमा आगलागी

अमेरिकाको न्यूयोर्कस्थित ‘ट्रम्प टावर’मा आगलागी भएको छ । आगलागीमा परेर एकजनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ । उनी भवनको ५० औं तलामा बस्दै आएको अधिकारीहरुले जनाएका छन् । गम्भीर घाइते अवस्थामा अस्पताल लगिएका उनको मृत्यु भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो भवनमा आगालागी हुँदा ट्रम्पको परिवारका सदस्य भने नरहेको जनाइएको छ ।

आगलागी कसरी भयो भन्नेबारे प्रष्ट भइसकेको छैन । हाल आगो नियन्त्रणमा ...


बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

एजेन्सी - क्यानडाको जुनियर आइस हक्की टिम सवार बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

सस्केचवन प्रान्तमा हमबल्ट ब्रोन्स्को क्लबका खेलाडी चढेको बस शुक्रबार साँझ लरीसँग ठोक्किँदा चालकसहित बसमा रहेका १४ जनाको मृत्यु भएको रोयल क्यानिडियन माउन्टेड प्रहरीले जनाएको छ ।

सस्केचवन जुनियर हकी लिगअन्तर्गत् निपविन हक्सविरुद्ध खेल्न खेलाडीसहित २८ सदस्य टोली बसमा रहेका थिए ।

जसमा चालकसहित १४ जनाको मृत्यु भएको र बाँकी १४ जना घाइते भएका छन् । त्यसमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा पर्नेमा १६ देखि २१ वर्षका खेलाडी रहेको त्यहाँको प्रहरीले जनाएको ...


अमेरिका-रूस तनाव उत्कर्षमा
पुटिनका ज्वाइँ सहित १७ जनालाई अमेरिकाको यस्तो प्रतिबन्ध

काठमाडौं - पछिल्ले समय अमेरिका र रूसका बिचमा तनाव बढिरहेका बेला अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ७ वरिष्ठ र निकट अधिकारीहरुसहित १७ जनालाई प्रतिवन्ध लगाउने निर्णय गरेको छ । अमेरिकाले रुसका उच्च वर्गसँग सम्बन्धित १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी र एक बैंकलाई पनि प्रतिवन्ध लगाएको छ ।

अमेरिकाले रुसी राष्ट्रपति पुटिका बडिगार्ड, उनका ज्वाइँ, राष्ट्रपतिका निकट सहयोगी र उनको नियन्त्रणमा रहेका केही कम्पनीहरुलाई प्रतिवन्ध लगाएको हो । यी सबैमा ‘पूरा विश्वभर हानिकारक गतिविधि गरेको’ आरोप लगाइएको छ ।

ह्वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले भ यी ...


दलालले युएईमा अलपत्र पारेका २२ मध्ये १३ फर्काइए

युएई-दलालले विमानस्थल सेटिङ गरी भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ नेपालीमध्ये १३ जना बिहीबार नेपाल फर्किएका छन्। बिहीबार नेपाली दुताबास युएईले उनीहरुलाई फ्लाइ दुबईमार्फत मध्यान्ह १२ बजेको उडानबाट नेपाल पठाएको हो।

युएईको अजमानमा २२ जना नेपाली अलपत्र परेको समाचार नागरीकन्युजमा प्रकाशित भएपछि उनीहरुलाई एनआरएन युएईले सहयोग गरी गत सोमबार नेपाली दुताबास अबुधाबी पुर्‍याएको थियो। दुई महिना अघि काठमाडौंको धुम्बाराहीस्थित पान्डोरा ईनकर्पोरेसन प्रालिका कार्यकारी निर्देशक केशब थापा, रमेश कुँवर र दिनेश लामा मोक्ताङले प्रलोभनमा पारी भिजिट भिषामा युएई ल्याएका उनीहरुलाई अलपत्र परेका थिए।

अलपत्र ...


प्रतिनिधि कार्ड वितरणमा लापरवाही, एनआरएन सम्मेलन स्थलमा झडप

शनिबारदेखि बौद्धस्थित होटल हायतमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं ग्लोबल सम्मेलनका क्रममा शनिबार झडप भएको छ। सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिहरुलाई कार्ड वितरणको व्यवस्थित संयन्त्र नहुँदा झडपको स्थिति सिर्जना भएको हो।

व्यवस्थापन चुस्त नहुँदा तीन—चार घन्टा लाइन लाग्दा समेत प्रतिनिधि पत्र पाउन गाह्रो भएको थियो। आफू बसोबास गर्दै आएका देशका एनसीसीले पठाएका प्रतिनिधिको नामावली आइसीसीले व्यवस्थापन नगर्दा कार्ड वितरणमा लफडा भएको अमेरिकाबाट आएका एक प्रतिनिधिले बताए।

‘कहिले कार्ड छैन भन्छन्। कहिलै नाम छैन भन्छन्। लाइनमा बसेको तीन घन्टा भइसक्यो। यो कस्तो व्यवस्थापन ...


अन्ततः अध्यक्षमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा, अरु को को छन् उम्मेदवार?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको आज नयाँ नेतृत्व छान्ने निर्वाचन हुँदैछ। अ ढिला गरी सार्वजनिक गरिएको उम्मेदवारको सूचीअनुसार अध्यक्षमा भवन भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा हुँदैछ।

दुई उपाध्यक्ष पदका लागि सात जनाबीच प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्षमै निरन्तरता दिन चाहेका वर्तमान उपाध्यक्ष कुमार पन्त तथा कुल आचार्य, सोनाम लामा, चिरन्जीवि थापा, रविना थापा, खगेन्द्र जीसी उपाध्यक्षको दौडमा छन्।

महिला उपाध्यक्षमा सपिला राज भण्डारी र रन्जु थापाबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षपछिको सबैभन्दा महत्वपूर्ण मानिएको महासचिव पदमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। महासचिव ...


गैरआवासीय नेपाली संघमा भट्ट विजयी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा जापान आधारित नेपाली व्यवसायी भवन भट्ट विजयी भएका छन्। सोमबार भएको निर्वाचनको मंगलबार बिहान २ बजे आएको परिणामअनुसार भट्टले १ हजार १९७ मत ल्याउँदै विजयी भएका हुन्। अष्ट्रेलिया आधारित अध्यक्ष प्रत्यासी जमुना गुरुङ ५८४ मत ल्याएर पराजित भइन्। विद्युतीय मतदान मेसिन प्रयोग गरेका कारण राति नै मतपरिणाम आएको हो।

भट्ट र गुरुङ आ—आफ्ना प्यानलै खडा गरेर प्रतिस्पर्धामा थिए। अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, एक सचिव, कोषाध्यक्षसहित सबै मुख्य पदहरुमा भट्ट समूह विजयी भएको छ। 

उपाध्यक्षमा जर्मन आधारित व्यवसायी कुमार पन्त लोकप्रिय ...






ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक