विश्वव्यापी तेल उत्पादक राष्ट्रहरुको साझा संस्था ओपेकमा आबद्द रहेका अल्जेरिया र साउदी अरेबिया जस्ता मध्य पूर्व र उत्तर अफ्रिका लगायत धेरै तेल र ग्यास धनी देशहरूले आफ्नो अर्थतन्त्रलाई विविधीकरण गरेर तेलमा निर्भरता घटाउने नीतिहरू घोषणा गरेका छन् वा लागू गरेका छन्। अर्थतन्त्रको संकुचन तथा विश्व भू राजनैतिक तरलता,द्वन्द इत्यादी कारणबाट तेलको मूल्यमा समय समयमा आउने उतारचढाव र विश्वव्यापी वातावरणीय प्रदुषणका कारणले गर्दा विश्व साझा मंचहरुको नीति बहसमा इन्धन उर्जा खपत तथा उत्पादनमा विविधीकरणलाई अग्रस्थानमा राखिएको छ।धेरै जीवाश्म ईन्धन उत्पादक राष्ट्र तथा निर्यातकर्ताहरूले विविधीकरणको ...
नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्दछन् । उनले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइ दिएका कारण पनि आम नेपालीको उनीप्रति अत्यन्त विश्वास र श्रद्धा छ । उनमा विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ । हालसम्म उनी आफैले र आफ्नो प्रत्यक्ष निगरानीमा १४ हजारभन्दा बढी मुटुरोगीको शल्यक्रिया गरिसकेका छन् अर्थात् उनीहरुलाई नयाँ जीवन प्रदान गरेका छन् ।
केही समयअघि उनले हृदय नामक ...
वैशाख ३० गतेको स्थानीय निकायको चुनावले नेपालमा राजनीतिक माहोल तताएको छ। राजनीतिक दलहरुले गरिरहेका घरदैलो, सामाजिक संजाल र संचार माध्यमहरुमा यसको चर्चाले राजनीतिमा चासो नभएका आम मान्छेले पनि चुनावप्रती चासो दिएको स्थिती छ। अझ सबैले भरतपुर र काठमाडौं महानगरको चुनावी सरगर्मीलाई विशेष चासोका साथ हेरिरहेको देखिन्छ। यसमा आफू पनि एक काठमाडौंबासी भएकाले काठमाडौंको चर्चा गर्न गइरहेको छु। अझ विशेषगरी काठमाडौं उपत्यकाका स्वतन्त्र युवा उम्मेदवार बालेन शाहलाई मत दिने मनस्थितिमा म किन पुगेँ भनी यो लेख मार्फत चर्चा गर्न गइरहेको छु।
नेपालको राजधानी सहर र त्यसमाथि सहरको ...
"Karl Heinrich Marx was a German philosopher, economist, historian, sociologist, political theorist, journalist and socialist revolutionary. Born in Trier, Germany, Marx studied law and philosophy at university. He married Jenny von Westphalen in 1843. " Wikipedia .
सन् १८१८ मा आजकै दिन मई ५ मा जर्मनीको एउटा मध्यम वर्गीय परिवारमा जन्मिएका कार्ल मार्क्सबारेको उपरोक्त चिनारीबाट मात्र पनि उनी एक बहुप्रतिभाशाली विद्वान व्यक्तित्व एवम् समग्र विषयका अध्येता, ज्ञाता र कानूनवेत्ता समेत थिए भन्ने स्पष्ट हुन्छ ! यसका अतिरिक्त उनी एक सच्चा सर्वहारावादी चिन्तक, अन्तर्राष्ट्रियतावादी विचारक, कम्युनिस्ट सिद्धान्तकार, ...
सम्भावित एजेन्डा :
१. कालापानी लगायतका अतिक्रमित सीमाक्षेत्रका भूमि फिर्ता ल्याउने !
२. कोरोना भाइरसको खोप उपलब्ध गर्ने !
३. ईपीजी प्रतिवेदन बुझ्ने र सार्वजनिक गर्ने !
४. सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने !
५. घोषित आर्थिक सहयोग प्राप्त गर्ने !
६. द्विपक्षीय व्यापार प्रबर्द्धन गर्ने !
७. विभिन्न विकास परियोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने !
८. रेल सञ्जाल निर्माण र संचालन गर्ने !
९. ऊर्जा खरिद-बिक्रीको व्यवस्था मिलाउने !
१०. सीमाक्षेत्रमा डुबान र बाढी नियन्त्रण गर्ने !
११. प्रविधि आदान–प्रदान गर्ने
वर्गसंघर्षको अर्थ :
कुनै व्यक्ति वा वर्गमा दुई विपरीत वृत्ती, विचार, बोली, विधि र व्यवहार बिचमा विपरीतता, बेमेल, टकराव, द्वन्द वा अन्तर्विरोध हुन्छ । त्यो द्वन्द्व वा अन्तर्विरोध त व्यक्ती र वर्गमा मात्र होइन, वस्तु वा घटनामा समेत अनिवार्य र सार्वभौम रुपमै हुन्छ । यसलाई दार्शनिक भाषामा विपरीतहरुको संघर्ष (struggle of opposits) पनि भनिन्छ । जब यसप्रकारको विपरीतहरुबिचको संघर्ष मानवजाति र तिनका विविध कृयाकलापका सन्दर्भमा देखिन्छ भने त्यो वर्गसंघर्ष हो ! मानवसमाजमा व्यक्तिको मनदेखी परिवार, समुदाय, जाती, देस र सिङ्गो संसारसम्मका आयामहरुमा शोषक र शोषित, उत्पीडक ...
१. एकीकरण गर्दा पर्याप्त वैचारिक राजनीतिक विषयमा छलफल नगरी- नगराई हठात् र बलात् हतार-हतारमा दुई अध्यक्षको चोंचोमोचो मिलाएर पद बाँडफाँड गरी एकता गर्नु नै गलत थियो !
२. नेपालजस्ता कम विकसित अर्धसामन्ती र अर्ध/नवऔपनिवेशिक देसमा सर्वहारा क्रान्तिको मार्गदर्शक सिद्धान्तमा माओका विचारहरु पनि अवलम्बन गर्ने कुरामा त्रुटि भएको छ !
३. क्रान्तिमा बल प्रयोगको सार्वभौम मान्यतालाई आत्मसात नगर्नु कायरतापूर्ण सैद्धान्तिक विचलन भएको छ ।
४. नेपालमा पुँजीवाद आइसकेको वा पुँजीवादी जनवादी क्रान्तिभैसकेको विश्लेषण उपरी प्रकारको रहेको छ ! यो राष्ट्रिय पुँजीवाद नभएर दलाल तथा नोकरशाहीका साथै आसेपासे पुँजीवाद समेत ...
लेखक : नारायण शर्मा
आज ९ डिसेम्बर ! अन्तर्राष्ट्रिय भ्रस्टाचार विरुद्धको दिवस ! संयुक्त राष्ट्र संघको महासभाले भ्रस्टाचारको भयावहताको बोध र विरोधको लागि तय गरेको विशेष अर्थ र महत्वको दिन !
त्यसैले यससन्दर्भमा सर्वप्रथम भ्रष्टाचार के हो भनेर चिन्नु जरुरी छ ! कुनै चिजलाई के हो, कस्तो हो, किन हो र कसरी हो भन्ने कुरा त्यसको अर्थ, परिभाषा र परीक्षण गरेर स्पष्ट रुपमा चिनिसकेपछी मात्र त्यसबारे के कस्तो धारणा बनाउने र त्यसप्रती के कस्तो व्यवहार किन गर्ने भन्ने निष्कर्षमा पुग्नु ...
हाम्रो प्राचीन पूर्वीय साहित्यमा रहेको माथि शीर्षासीन पदावली/वाक्यको अर्थ स्पष्टै छ कि नेता हुँदै नभएर पनि हुँदैन, नासै हुन्छ; धेरै भएर त झन् हुँदैन, सर्वनासै हुन्छ ! तसर्थ प्रमुख नेता एउटै हुनुपर्दछ !
यस्तै मालेमासम्मत एउटा अर्को भनाइ पनि छ, जो यससन्दर्भमा सान्दर्भिक छ : "प्रतिकृयावादीहरु तबसम्म लड्छन्, जबसम्म उनीहरु स्वयं ध्वस्त हुँदैनन् !"
राजनीतिक संघर्षका नाममा आज नेपालमा नेकपाभित्र भैरहेको यो संघर्षमा माथिका संश्लेषणहरु लागू हुने देखिंदैछ ! हुन पनि जनता र देसको क्रान्ति, मुक्ति, प्रगति र समृद्धि अनि न्याय, समानता, स्वतन्त्रता र स्वाभिमानको दुहाई दिंदै, ...
लेखक : नारायण शर्मा
चितवनको लोथरमा भएको हाम्रो सरकारी पार्टी नेपाल कम्युनिस्ट पार्टीको एक कार्यक्रमका प्रमुख अतिथि त्यसै निर्वाचन क्षेत्रका सांसद र पार्टी स्थायी समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, जो हालको पार्टीभित्री गुटगत संघर्षमा माधव-प्रचण्डगुटका हस्ती भनिन्छन्, बोल्दाबोल्दै विपक्षी ओली गुटका नेता-कार्यकर्ताहरुबाट गरे-गराइएको हुटिङ, होहल्ला र हुलहुज्जत एवम् नारावाजी एकातिर नियोजित र प्रायोजित देखिन्छ भने अर्कातिर लोकतन्त्र, पार्टी अनुशासन, नीति र विधिविधान विपरीतको देखिन्छ ! त्यस प्रकारको व्यवहार अलिकति अमर्यादित, अशोभनीय, अवान्छित, अभद्र, अशिष्ट, अपृय र अराजक ...
" बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत !?
छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित !!??"
- लेखनाथ पौड्याल
(तर पछिका ?? मेरा )
ठुलाबडा भनिने, गनिने र मानिनेहरुका बारेमा संश्लेषित उक्त काव्यात्मक कथनले पहिलेदेखि अहिलेसम्मकै हाम्रो समाजका ठुलाबडाका विचार र आचार र तिनको बीचमा देखिएको वेमेल र विपरीतता अनि तिनकाप्रति समाजको सोंच, संस्कार र संस्कृतिलाई उजागर गर्दछ ! आज देसमा सत्ता, शक्ति, सीन र संचारका सर्वोच्चदेखी सर्वत्रसम्ममा वा तिनको आसपासमा भएका ठुलाबडा भनिएकाहरुका भनाइ र गराइमा देखिएका वेमेल, विपरीतता, विकृती, विसङ्गती ...
सत्ता शक्तिको श्रोत हो, शक्ति अहङ्कारको मूल र स्वार्थपूर्तिको साधन हो ! अहङ्कार अन्धोपनाको कारण हो र स्वार्थान्धता पनि बहिरोपनालगायत सिङ्गो संवेदनाहीनताको जननी हो ! जब सत्ता वा सत्ताका सर्वोच्च शासक सम्पूर्ण रुपले संवेदनाशून्य हुन्छन्, तब तिनका ज्ञानेन्द्रीय र विचारेन्द्रीय पनि निकम्मा हुन्छन् ! तिनका कर्मेन्द्रीयहरु भने खाली अजिङ्गर र कुम्भकर्णझैं खानेपिउने, सुत्नेउठ्ने र दिसापिसाव गर्नेमा मात्र सिमित हुन्छन् । तिनका वरिपरि र पेरिफेरिका आसेपासे र गासेदासेहरु अनि चाकरीवाज, चुक्लीवाल, चम्चा र चाप्लुस आदि चकारहरु अरिङ्गालको काममा मात्र आउँछन् !
सत्ताको यो सोंच, शैली र संस्कार ...
२०२० को ‘बुक्स फर पिस’ बिशेष उपाधी नेपाली शान्ति बिज्ञ राजेन्द्र सेन्चुरीलाई प्राप्त भएको छ l ईटालीको रोममा आयोजित उक्त समारोहले शान्तिनिर्माणका लागि बिशेष योगदान पुर्याउने व्यक्तिहरुलाई विश्वभरीबाट छनौट गरेर सम्मानित गरेको थियो l
सेन्चुरीले आयरल्याण्डको ट्रिनिटी कलेज डब्लिनबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययनमा एमफिल गरेका छन् भने नेपाल र श्रीलंकाबाट द्वन्द्व र शान्ति अध्ययनमा स्नातकोत्तर गरेका छन् l उनले बेल्जियमको केयू लुभेन विश्वविद्याल, स्विजरल्याण्डको इनिसिएटिभ्स अफ चेन्ज र स्विट्जरल्याण्डकै जेनेभा सेन्टर फर सेक्युरिटी पोलिसीबाट द्वन्द्व रुपान्तरण र शान्तिनिर्माण सम्बन्धी बिभिन्न कोर्स लिएका छन् ...
श्रद्धाको भावले, श्रद्धास्वरुप, श्रद्धापूर्वक, श्रद्धेय ब्यक्तिको लागि गरिने श्रद्धाजन्य कार्य हो श्राद्ध ! संस्कृत भाषाको यो शब्दको संस्कृतमै "श्रद्धया दियते इति श्राद्ध:" यस्तै केही भनेर अर्थ गरिएको एको छ, जसको अर्थ हो : श्रद्धाले दिइने वा गरिने कार्य श्राद्ध हो !
मेरो विचारमा बाबुआमा मरेको एकिन दिन तिथिमिति पत्ता लागेको अवस्थामा सोही दिनमा गरिने सम्झना र श्रद्धा कार्यलाई हाम्रो पूर्वीय परम्परामा एकोतिष्ठ अथवा तिथि श्राद्ध भनिन्छ भने मरेको दिन एकीन हुन नसकेको अवस्थामा सोह्र श्राद्ध वा पितृपक्षमा अर्थात् भाद्र कृष्ण पक्ष (चन्द्रमा क्रमश: सानो, कमजोर र ...
नेपाल सरकार र अमेरिकी कम्पनी Millennium Challenge Corporation (MCC) बीच भएको सम्झौतालाई अमेरिकी सरकार, नेपाल सरकार र प्रतिपक्षी नेपाली काङ्ग्रेस लगायतका प्रतिकृयावादी शक्तिहरुले संसदबाट पास गर्न दवाव दिइरहेको सन्दर्भमा यसबारे सत्तारुढ नेकपामा विवाद हुँदा MCC अध्ययन कार्यदल बनेर त्यसको रिपोर्टमा यो सम्झौता राष्ट्रहित अनुकूल नभएकोले यथास्थितिमा स्वीकार्न नसकिने भनी स्पष्ट राय दिइसकेपछि पनि केही शासक-नेताहरुको हठ र दम्भका कारण यस्लाई अस्वीकार गरिएको थिएन ! पछिल्लो समयमा नेकपामा देखिएको विवाद हल गर्ने सन्दर्भमा गठित एक अर्को कार्यदलले त MCC लाई राष्ट्र हितमा स्पष्ट पारेर अनुमोदन गर्नुपर्ने ...
नेपालको संविधानले सार्वभौम शत्ता नेपालि जनतामा निहित रहेको ब्यबस्था गरेको छ। सार्वभौम शत्ता भन्नाले नीति निर्माण र शासन सत्ताको अधिकारका रूपमा बुझ्नु पर्दछ। यस्तो अधिकार जनतामा निहित छ भनेको प्रत्येक मतदातामा समान रूपमा निहित छ भन्ने हो। सबै मतदाता नीति निर्माण र शासन सत्तामा समान रूपमा सहभागी हुन आधुनिक राज्यमा अपवाद वाहेक सम्भव छैन।यसैले निर्वाचन मार्फत आफुमा निहित सार्वभौम सत्ताको अधिकार सिमित प्रतिनिधिमा हस्तान्तरण गर्दै ब्यबहारमा सम्भव वनाईन्छ।यसरि सार्वभौम शत्ता भन्नाले निर्वाचनको माध्यमबाट राज्यका नीति निर्माता र शासन सत्ता संचालनका प्रतिनिधि चुन्ने अधिकार हो भन्न ...
पूर्व सचिव एवम् वर्तमान सरकार र संस्कारका प्रखर आलोचक श्री भीम प्रसाद उपाध्याय गए रातिनै गिरफ्तार भएको खबर आज लोकतन्त्रदिवसको एकाविहानैको हटकेक अर्थात ताजा खबरको रुपमा आयो !! विडम्बना यो हट केकलाई खान/पचाउन कठिन भयो र यसबारे प्रतिकृया जनाउनै पर्ने भयो !
लोकतन्त्र भनेको त लेख्न, बोल्न, छाप्न, सभा-संगठन गर्न, विरोध गर्न, निन्दा-भर्त्सना गर्न र भन्डाफोर गर्न समेत पाइने व्यवस्था पो भन्थे ! तर यहाँ त आजै उहाँलाई साइबर क्राइम ब्युरोले पकडेको भनेपछी त स्पष्ट हुन्छ कि फिजिकल क्राइम ब्युरोले होइन रहेछ किनकी मान्छे मारेको, बस्तु ...
लेखक –अशोक शोकी
पुस्तक समीक्षा –अन्जना पौडेल “अनुश्रुति”
अशोक शोकी शुरुवातमा भन्छन् –नारी प्रकृतिको प्रतिक हो, शक्ति हो,भक्ति हो,सृष्टि हो ,दुरदृष्टि हो । पुरुष नारीमा जस्तै व्यक्ति व्यक्तिमा आत्माको भिन्नता रहन्छ । हरेक नारीले आफ्नो महत्व बुझ्नु पर्छ र समाजले पनि त्यहि अनुसार व्यवहार गर्नु पर्दछ । पुरुषको जीवन संघर्षबाट शुरु हुन्छ, नारीको जीवन समर्पणबाट शुरु हुन्छ ।
नारी दयामय भए सुधामय हुन्छ
नारी कृपालु नभए बिषालु हुन्छ
नारी जीवनमयी सङ्गम दिन सक्छन्
नारीकै कारण महाभारत युद्ध हुन्छन्
नारी पुरुष एक रथका दुइ पाङ्ग्रा हुन्, ...
१. यो इन्डो प्यासिफिक रणनीतिको अङ्ग हो भने पार्टीको विगतको स्थायी समितिको बैठकले सर्वसम्मतबाट अस्वीकार गर्ने निर्णय गरेको छ र त्यसपछी पनि यो त्यसको अङ्ग हो भन्ने कुरा अमेरिकी दुतावासले समेत भनिसकेको छ !
२. त्यो हो होइन भन्ने अध्ययन गरि निर्णय लिने अधिकार पनि स्थायीले सचिवालयलाई एकमतले नै दिएकोमा सचिवालयमा सोबारे छलफल भएकै छैन र छलफल भैहाले पनि त्यहाँ निरपेक्ष बहुमत विपक्षमा छ !
३. हाल चलिरहेको केसको बैठकमा ओलीको सहमतिमा प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमा ipsको अङ्ग भए सहयोग लिनुहुन्न भनेको छ र यो त्यो ...
पूर्वीय प्रचलनमा जन्मदिन त्यति मनाउने गरेको पाइँदैन ! तर पश्चिमी जगतमा रहेको यो चलन अहिले पूर्वीय जगतमा, त्यो पनि विशेषगरि बच्चाबच्चीहरुमा निकै झाङ्गिएको छ ! यसरी झाङ्गिनुको प्रथम र प्रमुख कारण त पूर्वका सबै क्षेत्रमा पश्चिमा साम्राज्यवादको प्रभुत्व बढ्नु नै हो भने दोस्रो र सहायक कारण भने पूर्वमा जन्मदिन मनाउने नगर्नु पनि रहेको छ । विडम्बना के भयो भने हाम्रा आफ्ना कतिपय चालचलन नहुंदा अर्काको भितृने सहज वातावरण त बन्यो नै, सङ्गसङ्गै तिनका विकृती विसङ्गती र विपरीत अर्थ दिने चलन पनि भितृए ! जन्मदिनका सन्दर्भमा ...
लेखक :ओमप्रकाश न्यौपाने
पूर्ब उप-सचीव शिक्षाप्रशासन समूह
( मो .नं.9847984984)
हेलो सरकार,
प्यारा प्रधानमन्त्रीज्यू,
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु!
रुसमा लेलिनले जमिनदारहरुको जमिन कब्जा गर्नुभयो, खेत जोत्ने ट्रेक्टर, हलो, गोरु अन्य कृषि औजार समेत जफत गरेर किसानहरुलाई बितरण गर्नुभयो, कलकारखानाहरु मजदुरहरुको जिम्मा लगाउनुभयो, एबंरुपले चीनमा माओले जमिनदारहरुको जमिन कब्जा गर्नुभयो, गरीब किसानहरुलाई बितरण गर्नुभयो सच्चा कम्युनिस्ट बन्नुभयो र जनताले आर्थिक दासताबाट मुक्ति पाए । उत्पादनका साधन श्रमिक जनताको हातमा पुग्यो, उत्पादन वृद्धि भयो, देशको बिकास भयो।
मलाई राम्रो ...
प्यूठान - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धमा सँगसँगै संघर्ष गरेका सारथी ढुलमुले, विजातीय र अस्पष्ट कार्यदिशा लिएर हिँडेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी .(क्रान्तिकारी माओवादी) जिल्ला कमिटी प्यूठानले बुधबार नयाँ बजार जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव ‘किरण’ले नयाँ जनवादी क्रान्तिसंगै जनताको राज्यसत्ता निर्माणको लागि दश वर्षे जनयुद्धमा लागेका नेताहरु प्रतिवद्धता भुलेर अलमलमा परेको बताएका हुन्।
जनयुद्धको नेतृत्व गरेका प्रचण्ड कहिले पुँजावादी जस्तो त कहिले कम्युनिष्ट जस्तो भनेर ढुलमुल गर्ने, बाबुराम भट्टराई कम्युनिष्ट विचार त्यागेर विजातीय बन्ने र विप्लवले अस्पष्ट ...
कुसुन्डा भाषा जान्ने दुईजनामध्ये एक हुन् दाङकी ज्ञानीमैया कुसुन्डा । ज्ञानीमैैया जंगलमै जन्मिइन्, जीवनको एक दशक जंगलमै बिताइन् । अहिले उनलाई एउटै चिन्ताले सताएको छ– आफूपछि कुसुन्डा भाषा कसले बोल्ला ! उनीसँग कुसुन्डा जीवनबारे गरिएको वार्ताः
म जन्मेको अर्घाखाँची या गुल्मीतिरको कुनै घना जंगलतिर हुनुपर्छ । ठ्याक्कै थाहा भएन । त्यस ठाउँलाई बल्कोट भन्ने गरेको धमिलो सम्झना छ । अहिले त बूढी भएँ, कसरी सम्झन सक्छु र ?
कुसुन्डा जाति सेन ठकुरी हुन् । हामीसँगै जंगलमा बस्ने राउटे हाम्रा रैती हुन् अनि हामी उनीहरूका राजा । राम्रोसँग खान–लाउन पनि पुग्दैनथ्यो । तर पनि हामी ...
समाजमा प्रायः नयाँ र पुराना, किशोर-युवा र प्रौढ-बृद्ध, कनिष्ठ र वरिष्ठ वा जेठा र कान्छा अथवा ठुला र साना अर्थात् अघिल्ला र पछिल्ला दुईथरी पिंढी वा पक्षहरु बीचमा विवाद, संघर्ष वा अन्तर्विरोधहरु हुन्छन् ! ती अन्तर्विरोधहरु दुवै पक्षका स्वाभाविक अन्तर्विरोधी चरित्रका कारण उत्पन्न भएका हुनाले तिनमा केही मात्रामा एकले अर्कालाई विरोध, अवरोध र प्रतिरोध गर्दै निषेध गर्नेसम्मको चिन्तन र चरित्रको रुपमा विकास भएको पनि पाइन्छ ।
अघिल्लो पुस्ताले आफूले "मेरा साना दुखले आर्ज्याको मुलुक होइन" भनेझैं गरी वर्तमान स्थितिसम्म ल्याइपुर्याउनमा आफ्नो वा आफ्नो पुस्ताको मात्र भूमिका, ...
"मात्रीदेवो भव: ! पितृदेवो भव: !! "
"माता यस्य गृहे नास्ती, भार्या च पृय वादिनिम् !
अरण्यम् तेन गन्तव्यम् यथारण्यम् तथा गृहम् !!"
- संस्कृत नीतिश्लोकहरु ।
"पुत्रले हो पितालाई देवता मान्नु पर्दछ" ।
- बालकृष्ण सम ।
जीवित रहंदासम्म छोराछोरीहरुले पितामातालाई देव-देवीसरह मान्ने र श्रद्धाभक्ती र आज्ञा पालन गर्ने अनि उहाँहरुप्रतिको आफ्नो धर्म-कर्तव्य पूरागर्ने जस्ता गौरवमय र अनुकरणीय मान्यता वा संस्कार-संस्कृती छन् हाम्रो पूर्वीय वाङ्ग्मय र परम्परामा ! उक्त श्लोकहरु यसै मान्यताका अभिव्यक्तिहरु हुन् !
पूर्वीय वाङ्ग्मयमा अर्थात् ...
एजेन्सी - कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो र त्यसबेलासम्म पनि १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको सम्झना बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए जुनबेला सारा युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो । बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि आफ्ना-आफ्ना साम्राज्यहरू विस्तार गर्न जोरसोरले लागिपरेका थिए र एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए ।
पर्याप्त मात्रामा उत्पादन ...
सर्वहारा अधिनायक्त्वविना कुनै कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी बन्नै सक्तैन किनकि त्यो पार्टीले साम्यवादसम्मको यात्रा तय गर्नै सक्तैन भन्ने मालेमावादको सार रहेको छ ! मालेमावादी गुरुहरुले यस्लाई एक यस्तो अनिवार्य र आधारभूत तत्व बताउनु भएको छ कि यस्ले नै कम्युनिस्ट पार्टिलाई अन्य पुँजीवादी पार्टिहरुबाट भिन्न बनाउँछ । साथै उहाँहरुले त्यो अधिनायकत्व जनवादमा निर्मित, आधारित र संचालित मात्र हुने होइन, बरु अझ बढी धेरै, उच्च, सच्चा, जीवन्त र पूर्ण जनवाद प्राप्तिको दिशामा उन्मुख र केन्दृत हुनुपर्छ भन्नेमा विचार र कार्य दुवै दृष्टिले जोड दिंदै आउनु ...
"छलफल-अभिव्यक्तिमा स्वतन्त्रता काम-कार्वाहीमा एकरुपता" हाम्रो अर्थात् कम्युनिस्टको आधारभूत मान्यता हो ! अझ विशेषगरी लेनिनवादी संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको मूल मर्म हो यो । यसको धेरै व्यापक र गहिरो अनि दीर्घकालीन र बहुआयामिक अर्थ र महत्व छ ।
जनवाद अर्थात् डिमोक्रेसी आधुनिक पुँजीवादी वा समाजवादी लोकतान्त्रिक पार्टी, राज्य वा समाजको ज्यान हो, प्राण हो । कुनै पनि व्यक्ति-शक्ति, संघ-संस्था , पार्टी-संगठन, मन्च-मोर्चा वा समाज-समुदाय अथवा राज्य-व्यवस्थाको संचालन-परिचालन हुन-गर्नको निम्ति यो एक अनिवार्य र अपरिहार्य सिद्धान्त हो । अर्वाचीन युगका स्वतन्त्रता, समानता, न्याय, मानवता, विश्ववन्धुता र भातृत्व अथवा ...
जयशंकरले भारतको नेपाल नीतिमा के परिवर्तन ल्याउलान् ?
जयशंकर विदेश नीतिमा अत्यन्त कुशल ब्युरोक्र्याट हुन् । नेताहरूसँग जस्तो नरम दृष्टिकोण उनीसँग छैन । जे गरे पनि छुट हुने विगतको नीति अब भारतले अपनाउँछ जस्तो मलाई लाग्दैन । किनभने, उनी ‘एसर्टिभ’ छन् । क्रिस्टल क्लियर पोलिसी लागू गर्न खोज्छन् । निर्णय क्षमता पनि बढी छ । राजनीतिकर्मीहरू केही दुर्गुणलाई बेवास्ता गरिदिन्छन् । जति गाली गरे पनि नेताहरू सहन्छन् । चुप लागेर सुनिदिन्छन् । तर, त्यसरी कुनै ब्युरोक्र्याट वा आर्मी अफिसरलाई गाली गरेर हेरौँ त ! ...
एजेन्सी - अन्ततः जम्मु-कश्मीरको स्वतन्त्र मुलुक हुने ख्वाव साउन २० बाट तुहिएको छ । सन् १८४६ मा डोगराका शासक गुलाब सिंहले ७५ लाख रुपैयाँमा तत्कालीन इस्ट-इन्डिया कम्पनीसँग खरिद गरेका जम्मु-कश्मीरमा सय वर्षदेखि उनकै पुस्ताले शासन गर्दै आएको थियो । डोगरा वंशकै हरि सिंह भारत-पाकिस्तान स्वतन्त्रताका बेला जम्मु-कश्मीरका महाराजा थिए । उनले प्रिन्स्ली स्टेट (रजौटा राज्य) लाई दिइएका विकल्प (भारत, पाकिस्तान र स्वतन्त्र) मध्ये तेस्रो अर्थात् स्वतन्त्र रहने विकल्प रोजे । उनले यो विकल्प रोजेर पनि आफ्नो राजकाज बचाउन सकेनन् ।
डोगरा शासकले सय वर्ष राज गरेको जम्मु-कश्मीरमा अंग्रेजले भारत छाड्ने क्रममा ...
जम्मु - कश्मीरका विषयमा भारतीय निर्णय उसको आन्तरिक भए पनि यसले अन्तर्राष्ट्रिय ‘एटेन्सन’ पाइसकेको छ। जम्मु कश्मीर विवादास्पद क्षेत्र रहेको विषय भारत र पाकिस्तान दुवैले स्विकारेका हुन्। भारतले यसलाई दुईपक्षीय रूपमा समाधान गर्ने बताउँदै आएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले चालेको यो कदम एकपक्षीय छ। यो सफल हुन्छ वा हुँदैन अहिल्यै भन्न गाह्रो छ। कश्मीर आफैंमा संवेदनशील छ। ससाना घटनाले पनि ठूला आन्दोलन हुँदै आएका छन्। यस्तो गम्भीर निर्णयलाई त्यहाँका जनताले कसरी लिन्छन् त्यो महत्वपूर्ण पाटो हो। त्यसैले यसको अवतरण सहज देखिँदैन। तर यो घटनालाई केही साता ...
संविधानलाई समाजवादउन्मुख भनिएको छ । तपाईंहरूले एकतापछि पार्टीको नाम पनि समाजवादी नै राख्नुभयो । संविधान र पार्टीबीच तादात्म्यता मिलाउन खोज्नुभएको हो ?
हामीले भनेको समाजवाद कम्युनिस्टले भनेजस्तो एकदलीय होइन । हामीले भनेको समानता, सामाजिक न्याय, सुशासन र समृद्धिसहितको समाजवाद हो । जहाँ समानता, लोकतन्त्रसँग सम्बन्ध राख्ने स्वतन्त्रता, जातीय विभेद, लैंगिक असमानताको अन्त्य, गरिबी, बेरोजगारी समस्याको समाधान नगरीकन समाजवाद सम्भव छैन । यो मुलुकको आवश्यकता हो । हुन त अहिले पुँजीवादमा पनि धेरै परिमार्जन भएर आएको छ । यद्यपि, बजारमा आधारित अर्थ व्यवस्थाले हाम्रो जस्तो विपन्न ...
दुई कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेको १३ महिना बितिसक्यो । तर, यसले आफ्नो एकता–प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । किन होला ?
कुरा प्रतिवेदनको मात्रै होइन, प्रतिवेदन त एउटा कुरा हो । एकतापछि हामीले झेलिरहेको समस्या के हो भने पार्टी कसरी चल्छ ? विधिभित्र व्यक्ति वा नेता रहन्छ कि नेताको मातहत विधि रहन्छ ? अहिलेको मुख्य अन्तरविरोध यही हो । प्रस्ट भन्नुपर्दा कमरेड केपी ओली आफ्नो मातहतमा विधि राख्न चाहनुहुन्छ । व्यक्तिअन्तर्गत विधि रहनुपर्छ भन्ने कुरा पार्टीले बुझ्दैन, कार्यकर्ताले बुझ्दैनन् । सैद्धान्तिक हिसाबले भन्दा ...
काठमाडौँ - लामो प्रतीक्षापछि लोक सेवा आयोगले इतिहासमै सबैभन्दा बढी ९ हजार १ सय ६१ विज्ञापन आह्वान गर्यो । लोक सेवाले स्थानीय तहका लागि विज्ञापन आह्वान गरेपछि संविधानविपरीत र समावेशी नभएको भन्दै चर्को विरोध भएको छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले संविधान र कानुनविपरीत विज्ञापन आह्वान गरेको भन्दै खारेज गर्न लोक सेवालाई निर्देशन दिएको छ । सरकार र लोक सेवा आयोगले संविधान र कानुनसम्मत रूपमा विज्ञापन आह्वान गरेको दाबी गरिरहेको छ । यसै सम्बन्धमा सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग अन्नपूर्णकर्मी सुरेन्द्र ...
बीबीसी– नेपालका प्रधानमन्त्री केपी ओली हामीसित स्टूडियोमा छन् । स्वागत छ प्रधानमन्त्रीज्यू कार्यक्रममा । के यसपालि सगरमाथा चढ्न यति धेरै अनुमति पत्र वितरण गर्नु गल्ती थियो ?
प्रधानमन्त्री– साँच्चिकै भन्नु पर्दा, यो हल्ला हो । त्यति धेरै अनुमति पत्र दिइएको छैन ।
बीबीसी– ३८१ अनुमति पत्रको त रेकर्ड नै भयो
प्रधानमन्त्री– त्यो त्यति ठूलो संख्या होइन । कुरो कहाँ सुरु भयो भने पर्वातारोहीहरू राम्रो मौसमको प्रतिक्षा गर्दै थिए । उनीहरू आज भन्यो, आज भोलि भन्यो, भोलि नै जान सक्दैनन् । कहिलेकाहीँ धेरै दिन कुर्नुपर्ने हुन्छ ।
बीबीसी– हो, आरोहणका ...
दामोदर पौडेल - मदन पुरस्कार बिजेता निलम कार्की निहारिकाको पुस्तक 'योगमाया' मा आधारित रहेर तयार गरिएको नाटक 'योगमाया' अहिले पुरानो बानेश्वरस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा यहि जेठ २५ गते देखि मन्चन भैरहेको छ । निहारिकाको उपरोक्त कृतिलाई टंक चौलागाईंले नाट्य रुपान्तरण तथा निर्देशन गरेका हुन् । नाटकको मुख्य पात्र 'योगमाया' को भूमिका मिथिला शर्माले निभाएकी छिन ।
नाटकले राणाकालिन समयका जनताका दु:ख अनि बेदनाहरु पस्किन खोजेको छ । अझ विशेषतः चन्द्र शमशेरकालिन । श्री ३ चन्द्र शमशेर जंग बहादुर राणाले नेपालको राजनीतिक इतिहासमा वि सं १९०१ ...
सामान्यतया नेपालजस्तो कुनै देसका आधारभूत रुपमा तीनवटा समस्या हुन्छन् ! ती हुन् - राष्ट्रियताको समस्या, जनतन्त्रको समस्या र जनजीविकाको समस्या ।
यी तीन समस्याहरु आपसमा जेलिएका छन्, एकले अर्कालाई प्रभाव पार्छन् र कुनै एउटा मात्र समस्या समाधान भएर मात्र अरु समस्याहरु हल हुन सक्तैनन् ! त्यसैले यी तीन समस्या हाम्रा आधारभूत समस्या हुन् र यिनको समाधान पनि एकीकृत र केन्द्रीकृत रुपमै एकैसाथ खोज्नु पर्दछ । यी तीन समस्यामध्ये पनि भ्रष्टाचार सबभन्दा प्रमुख, निर्णायक, बहुआयामिक र सर्वाधिक प्रभावकारी एक भयानक समस्या हो !
भ्रष्टाचार धेरै प्रकारका छन् ! ...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं सांसद रामकुमारी झाक्रीले राष्ट्रपतिले आफ्नो पदीय दायरामा बस्नुपर्ने बताएकी छिन्। राष्ट्रपति संस्था जनताको बलिदानीबाट आएको स्मरण गर्दै नेतृ झाँक्रीले जनतालाई सास्ती, दुःख हुने काम राष्ट्रपतिबाट हुन नहुनेमा जोड दिइन्।
‘संवैधानिक हिसाबले राष्ट्रपति यो देशको संरक्षक र कानुन परिपालक हो। संरक्षक र परिपालकको भूमिका कार्यकारीजस्तो हुनुहुँदैन्। उ लो प्रोफाइलमा बस्नुपर्छ। जति लो मा बस्यो समाजमा त्यति धेरै सम्मान पाउँछ’, उनले नागरिक न्यूजसँग कुरा गर्दै भनिन्।
राष्ट्रपति विवादमा आउँदा आफूलाई एकदमै दुःख लाग्ने गरेको भन्दै झाँक्रीले जनतालाई मन नपर्ने खालका अनावश्यक ...
काठमाडौं - केही समययता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको छ। सो पार्टीका अधिकांश नेता अचेल लगभग भूमिगत रहेका छन्।
उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द भने अहिले चितवनको एक चिकित्साशास्त्र कलेजमा एमबीबीएसको पढाइ पूरा गर्ने क्रममा प्रशिक्षार्थी चिकित्सकको रूपमा काम गरिरहेका छन्। प्रकाश चन्द सो पार्टीको स्वास्थ्य संगठनको केन्द्रीय महासचिव पनि रहेका छन्।
उनलाई चाहिँ उनको बुवाको नेतृत्वमा रहेको संगठनले गरेका गतिविधि कस्तो लाग्दैछ ?
उनीसँग बीबीसीले गरेकाे कुराकानी यस्ताे छः-
तपाईँले डाक्टरी किन पढ्नु भएको ?
नेपाल, नेपाली क्रान्ती र नेपाली जनताका सुरुदेखिकै अहम् मुद्दाहरु राष्ट्रियता, जनतन्त्र र जनजीवीकासँग सम्बन्धित सवालहरु हुन् । यी सवालहरु समाधान होलान् भन्दै र ठूल्ठूला बलिदानीपूर्ण संघर्षहरु गर्दै जाँदा पनि पछिल्तिर त उल्टै यी समस्या झन्–झन् विकराल बन्दै गएका छन् । यसक्रममा अहिले देशको स्वत्व र अस्तित्व नै समाप्त हुने : जनअधिकार र राजनैतिक स्वतन्त्रताको अपहरण हुने अनि जनजीवन अस्तव्यस्त र ध्वस्त हुने अवस्था सिर्जना हुदैछ । त्यसैले राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बद्र्धन अनि जनजीवीकाको सुनिश्चितताको लागि पहरेदारी र खबर्दारी गर्नको लागि नयाँ, वृहत् र ...
हामी माक्र्स–लेनिन आदिका चेला । हामी उहाँहरुलाई साम्यवादी विचार र आचारका प्रणेतास सर्वहारा वर्गीय सिद्धान्त र व्यवहारका प्रवर्तकस द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनका द्रष्टा र कर्तास क्रान्तिकारी संगठन र संघर्षका श्रष्टा र नेतास स्वच्छता, सरलता, स्वाभिमान, त्याग, तपस्या र सदाचारका सर्वोपरी मोडेल, मानवजातिको मुक्तिमार्गका प्रदर्शक, एवं सर्वा्धिक ठुला दार्शनिक र आदर्श नायक भन्दछौं । र, उहाँहरुप्रती संझना, श्रद्धा र सलामी टक्राउँछौं पनि तर व्यवहार के गर्छौ ? अहिले माक्र्सको २०१ औं जयन्तिका सन्दर्भमा माक्र्सका विचार र आचार एवम् तीबीचको समन्वयको कुरा विशेष सान्दर्भिक भएको छ ...
राजनीतिक पार्टीहरूमा मुख्यतः तीन अस्पष्टता छन्। सिद्धान्त, संगठन र कार्यशैलीगत अस्पष्टता छ। यसलाई एउटै शब्दमा पनि भन्न सकिन्छ। सिद्धान्तको अस्पष्टताले संगठनमा अस्पष्टता ल्याउँछ। र त्यसले कार्यशैलीमा अस्पष्टता र विकृति ल्याँउछ। यो एउटै प्रक्रिया हो। त्यही एउटै प्रक्रियाका तीन पक्ष हुन्। मुख्यतः हामीले भनिरहेको के हो ? हामीले कस्तो समाज चाहेका हौं ? कस्तो राजनीति चाहेका हौं ? कस्तो राजनीतिले समाजलाई कतातिर लैजान्छ ? भन्ने कुरामा पार्टीहरूमा छलफल हुँदैन। त्यस्तो बहस गर्ने थलो नै छैन।
तपाईं–हाम्रै पार्टी नेकपामा हेर्नुहुन्छ भने हाम्रो पार्टीका बैठकहरू, संसदीय दलहरूमा नेताहरूले डेढदुई ...
नारी पुरुषमा भिन्नता भए तापनि भेद छैन । नारी पुरुषमा मात्र नभई सबै प्राणीमा आत्माको भिन्नता छ । हरेक नारीको रुपरङ्ग, हिँडाइ, बोलाइ, व्यवहार, विचार आदि फरक–फरक हुन्छ । संवेदनशील नारीले कुलाचारमा रहेर आफ्नो आदर्श भूमिका निभाई समाजमा प्रतिष्ठा राखेकी हुन्छिन् । सत् र शीलले नै ‘नारी’ शब्दको महिमा सुवासित हुन्छ ।
घरपरिवारको समृद्धिमा नारीको ठूलो भूमिका हुन्छ । नारीबिनाको घर पाटी जस्तो हुन्छ । पत्नीबिनाको घर जङ्गल जस्तै हुन्छ भनी महाभारतमा समेत बताइएको छ । नारीबिनाको घर दरबार जत्रै किन नहोस्, त्यो पूर्ण घर हुन ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख घूस लिएको सार्वजनिक भएसँगै राजीनामा दिएका छन्। भ्रष्टाचार नियन्त्रण गर्ने अंगमा रहेर अनियमितता गर्ने उनीविरुद्ध छानबिन र कारवाही हुनुपर्छ भन्ने चौतर्फी दवाब छ। पाठकमाथि कसले कारवाही गर्ने हो? संसद, अख्तियार वा अरू कोही? नेपालखबरका मणि दाहालले यी प्रश्न काननु, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग राखेका छन्, पढौं उनको जवाफः
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस लिएको भेटिएपछि राजीनामा दिएका छन्। अब उनीमाथि कसले छानबिन गर्ने भन्ने फरक फरक धारणा आइरहेका छन्। यो विषयलाई सरकारले ...
गत डिसेम्बर १८ मा चीनले खुलापन र सुधार नीतिको चालीसौं वर्षगाँठ मनाएको छ। खुलापन र सुधार नीति लागू गरेकै कारण चीन आजको वैभवशाली स्थितिमा पुगेको हो। चीन विश्वको दोस्रो आर्थिक शक्ति, सबैभन्दा ठूलो औद्योगिक र विदेशी मुद्रा सञ्चयकर्ता मुलुक बनेको छ। चीनसँग सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिती अर्थात् ३.१२ ट्रिलियन अमेरिकी डलर छ ।
चालीस वर्षको दौरान चीनको समष्टिगत क्षमतामा फट्को मार्ने गरी विकास भएको छ। बितेका ४० वर्षमा चीनको कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) को औसत वार्षिक वृद्धिदर ९.५ प्रतिशत छ, जुन सन् १९७८ बाट २०१७ ...
काठमाडौँ - वर्ष २०१८ हामीबाट बिदा हुनै लागेको छ। आउने वर्षका लागि नयाँ आशा त छँदैछ तर यसले हामीलाई धेरै पीडाहरू पनि दिएर गएको छ। सडक तथा हवाई दुर्घटना र प्राकृतिक विपत्तिमा धेरै मानिसहरूको मृत्यु भएको छ भने विभिन्न हाइप्रोफाइल व्यक्तिहरुलाई पनि मुलुकले गुमाएको छ।
सन् २०१८ नेपालका केही विशिष्ट व्यक्तिको निधन भयो। पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, राजनीतिज्ञ, चिकित्सक, कलाकार, साहित्यकार, गायक र सञ्चार उद्यमीलाई मुलुकले गुमायो जसको भर्पाइ हुन असम्भव नै छ।
कलेजोसम्बन्धी रोगका कारण पुस ३ गते पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन ...
अभियोग १ : दुई दशकभन्दा लामो समय पत्रकारिता गर्नुभयो । पत्रकारितामार्फत नै राजनीतिक उचाइ लिनुभयो । तर, मन्त्री भएपछि आफ्नो विगत बिर्सँदै सार्वजनिक कार्यक्रम र पत्रकार सम्मेलनमा पत्रकारकै हुर्मत लिनुहुन्छ ।
मैले जीवन बिर्सने कुरा हुँदैन, विरासत बिर्सने कुरा हुँदैन । तपाईंले उठाएको कुरा ठीकै हो, तर पनि एउटा तथ्य स्मरण गराउन चाहन्छु । म पहिला राजनीतिमै थिएँ, पछि मैले पत्रकारिता र राजनीति सँगसँगै थालेँ । मैले दृष्टिकोणसहितको पत्रकारिता गरेँ, अहिले र उहिलेको भिन्नता त्यही थियो । त्यस हिसाबले हिजो पत्रकारिता क्षेत्रमा हुँदा पनि मैले कयौँ विषयहरूमा आफ्ना मान्यताहरू कायम गरेको छु । र, ...
काठमाडाैं - वामदेव गाैतम नेपाल कम्युनिष्ट पार्टीका नेता हुन् । पछिल्लो पटक सांसद् बनाउन लागेको भन्दै उनको चर्चा निकै चुलिएको थियो । तर पछिल्लो समय विवाद अाएपछि त्यो चर्चा पनि रातारात सेलाएको छ । उनै गाैतमको अाजको नयाँ पत्रिकामा छापिएको कुराकानी ।
सांसद बन्ने प्रयास तत्काल असफल भएपछि तपाईंले नयाँ भूमिका खोजिरहनुभएको सुनिन्छ । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन तपाईंले प्रधानमन्त्रीलाई प्रस्ताव गर्नुभएको रहेछ । यही वेलामा सरकारले ठूला विकास परियोजना प्रधानमन्त्रीमातहत ल्याउने निर्णय गरेको छ । अब तपाईंले भूमिका पाउने सम्भावना छ कि ...
हाम्रो नेपाल भैसीको कपाल मेरो बुबाले सधै भन्नुहुन्थ्यो । भैसीलाई आन्तरिक पिडा भएर जती रोए पनि भैसी मारेर मासु बेच्नेलाइ भित्र मनमा दयाको भावना जागृत हुदैन । शेरको अगाडि मृगको केहि सीप नलागेर नै मृग शेरको पञ्जामा परे पछि आत्मा स्विकार गर्न बाध्य हुन्छ । यो नीति-रिती जस्तै छ निर्धोको अगाडि बलियोको अधिकार आफसे आफ चलिरहने ।
दैवको अगाडि प्राणीको हैकम जसरी चल्दैन । ठुला राष्ट्रले पनि सानो राष्ट्रलाई चेपुवामा पारि आफ्नो हैकम चलाई राखेका छन । 'जे भएपनी हुने हारलाई दैवले टार्दैन' भन्ने सिद्धान्त लागु ...
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले आइतबार साँझ दिएको संक्षिप्त अन्तर्वार्ता
तपाईंलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिमा पुगेको छ । तर, त्यहाँ तपाईंमाथि विभिन्न प्रश्नहरू उठेका छन् । खासगरी सर्टिफिकेटको विषयमा तपाईंको भनाइ के छ ?
यो विषय सुनुवाइ समितिमा प्रश्न उठेको छ र मैले त्यहीँ प्रस्ट जवाफ दिएको छु ।
तपाईंको एसएलसी र प्रमाणपत्र तहको सर्टिफिकेटमा एउटै सिम्बोल नम्बर कसरी भयो ?
सुनुवाइ समितिका अध्यक्ष हुनुहुन्छ नि लक्ष्मणलाल कर्णजी, उहाँलाई मैले सबै प्रमाण बुझाएको छु । त्यसमा उहाँहरूले कस्तो छानबिन गर्नुभयो, मलाई थाहा भएन ।
अरब क्षेत्रको सानो मुलुक कतारमाथि छिमेकी देशहरूले नाकाबन्दी लगाएको एक वर्ष पूरा भएको छ। गत वर्ष जुन महिनाको पहिलो साता लगाइएको नाकाबन्दीसँग नेपालीको दुई कारणले चासो थियो। पहिलो– ठूलो संख्यामा नेपालीहरू कतारमा वैदेशिक कामदारका रूपमा कार्यरत रहेको र दास्रो– छिमेकी भारतले लगाएको नाकाबन्दीको ताजा स्मृति। कतारले एक वर्षसम्म नाकाबन्दीको सामना गर्न अपनाएका रणनीति र हासिल गरेको आत्मविश्वास करिब ६ महिनासम्म भारतले लगाएको पछिल्लो चरणको नाकाबन्दी पनि भुलिसकेका नेपालीका लागि निःशुल्क तर बहुमूल्य पाठ बन्न सक्छ। कतारले आफ्नो क्षेत्रीय प्रभाव विस्तारको पहिलो पाइला २२ वर्षअघि अलजजिरा मिडिया ...
अशोक शोकीको कलम यसरी चिप्लियो
अशोक शोकी भन्छन् –कलम चिप्लिएर आँशु चुहिएर उव्जेको शव्दभाव यस पुस्तकमा छर्केको छु । जीवन भनेकै विचार र यादहरुको खेती न हो । जीवन र दर्शनका कुरालाइ उनले पछ्याएका छन् ।
सायद मानिस जन्मदा नैं च्याँहाच्याहाँ गरेको थिएन भने उसले जिवनभर रोइरहन पर्दैनथ्यो कि ! सुखदुःखको दुइ पाटा अझ भनौं दिन र रातको समिश्रण नैं जीवन हो । तर दःुख सजिलै एउटा साधारण मानिसले व्यक्त गर्न सक्दैन , कवि ह्रदय भएको मानिसले मात्र सक्छ ,आफ्ना भावनाहरु शव्दमा उतार्न । मनमा ...
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५५औं लेखापरीक्षण प्रतिवेदनले सरकारी निकायबाट भएको खर्चमा पाँच खर्ब रुपैयाँभन्दा माथि बेरुजु देखाएको छ। बर्सेनि बेरुजुको अंक बढ्दै जानुले सरकारी निकायमा आर्थिक अनुशासनहीनता मौलाएको संकेत गर्छ। यो समस्याले अर्थतन्त्रमा पारेको प्रभाव, सुधारका लागि चाल्नुपर्ने कदमलगायत विषयमा नागरिकका लागि विष्णु तामाङले महालेखापरीक्षक टंकमणि शर्मा दंगालसँग गरेको कुराकानीको सम्पादित अंश :
महालेखापरीक्षकको ५५औं प्रतिवेदन प्रतिवेदनको सारांश के हो?
हामीले ५५औं प्रतिवेदन राष्ट्रपतिज्यूसमक्ष पेस गरेर सार्वजनिक गरिसकेका छौ। यो वर्ष सरकारी कार्यालय, समिति, संस्थान, बोर्ड, संगठित संस्था, स्थानीय तहसहित ६ ...
भारत र पाकिस्तानका अमेरिकी नियोगमा काम गरिसकेकी एन्डी डी आरमेन्ट अहिले काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ताको जिम्मेवारीमा छिन्। करिब एक महिनाअघि काठमाडौं आएकी उनी नेपाली भाषा बोल्छिन्। सन् २०११ मा पाकिस्तानी नागरिकसँग प्रेममा परेर कराँचीमै घरजम गरेकी उनी क्रिकेटको फ्यान पनि हुन्। उनको नेपाली भाषा सिकाइ र जीवनशैलीबारे कृष्ण ढुंगानाले गरेको कुराकानी:
तपाईं नेपाल आउनुभएको कति भयो ?
नेपाल आएको एक महिनाजति भयो । आज मेरो यो नेपालीमा दोस्रो अन्तर्वार्ता हो । म पहिलोपटक नेपाल आएकी हुँ । अमेरिकी विदेश मन्त्रालयमा यो मेरो पाँचौँ नियुक्ति ...
भ्रष्टाचारका विषयमा समाचार प्रकाशित गर्दा गालीबेइज्जतीको मुद्दा लगाइएको सुन्दा कस्तो लाग्यो ?
यस विषयमा जिल्ला अदालतमा मुद्दा परेको छ । न्यायिक निकायबाट समय, क्रम र अदालती प्रक्रियाबाट यसको निरुपण भइहाल्छ । के भयो भने गालीबेइज्जती हुन्छ, के हुँदा हुँदैन भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता छन् । कुनै पनि व्यक्तिको चरित्रहत्या गर्ने कुत्सित मनसाय वा जानाजानी त्यसो गरिएको हो भने गालीबेइज्जतीको मुद्दा आकर्षित हुन्छ । सार्वजनिक व्यक्ति, जो सार्वजनिक ओदोहाको पदमा छ त्यसको हकमा भने फरक मापदण्ड लागू हुन्छ । त्यसमा एक्चुअल म्यालेसी ...
संविधानप्रति असन्तुष्टि जनाउ“दै आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी नेपालसहितका दलहरू संसदीय प्रक्रियाअन्तर्गत संविधान संशोधनको प्रक्रियालाई स्वीकार गर्दै स्थानीय तहको निर्वाचनमा सहभागी भएका छन् । संविधान संशोधनको प्रक्रियालाई राजपाले स्वीकार गरेस“गै प्रदेश नम्बर दुईको निर्वाचन मात्र होइन संविधान कार्यान्वयन हु“दैन कि भन्ने आशंका पनि हटेको छ । उनीहरूको मागलाई संविधानले समेट्न नसकेको भन्दै असन्तुष्ट रहेका पहिलो राष्ट्रपति डा. रामवरण यादवस“ग संविधान कार्यान्वयनसहितका विषयमा नागरिकका बालकृष्ण अधिकारीले गरेको कुराकानी:
अहिले जुन गतिमा चुरे दोहन भइरहेको छ, यसले हाम्रो देश मरुभूमिमा परिणत हुन्छ नै । जथाभावी सिमेन्ट ...
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अष्ट्रेलियाको मेलबर्नमा व्यवसाय गरिरहेका एकजना धनाढ्य नेपाली हुन् । लगातार दुई कार्यकाल संघको नेतृत्वमा गरेपछि उनी आगामी अक्टोबर १७ पछि विदा हुँदैछन् । उनको चार वर्षे कार्यकालको समीक्षा, भूकम्प र बाढीपीडितलाई गरेको राहात केन्द्रित भएर नागरिकन्युजका लागि कृष्ण ढुंगानाले काठमाडौंमा गरेको अन्तर्वार्ता :
गैर आवासीय नेपाली संघले हालसालै सप्तरीका बाढीपीडितलाई राहत वितरण गरेर फर्किनु भएको छ । कस्तो अनुभव भइरहेको छ ?
तराईमा बाढीले विनाश गर्दा म काठमाठौंबाट अष्ट्रेलिया फर्केर गएको ती दिन मात्र भएको थियो । ...
रामसागर रामस्वरूप क्याम्पस, जनकपुरमा ३७ वर्षसम्म अर्थशास्त्र विषय प्राध्यापन गरेका प्रा. डा. सुरेन्द्र लाभ बौद्धिक हुन् । उनी राजनीतिक विश्लेषकका रूपमा समसामयिक राजनीतिबारे आफ्ना दृष्टिकोण तथा विचार प्रस्तुत गर्दै आइरहेका छन् । असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तह निर्वाचन तथा मधेसका विविध विषयबारे नागरिककर्मी सुरेश यादवले उनीसँग गरेको संवादः
यो चुनावलाई कसरी हेरिरहनुभएको छ ?
यस प्रदेशको चुनाव सम्पन्न भएपछि मुलुकको स्थानीय निर्वाचनले पूर्णता पाउनेछ । राष्ट्रिय स्तरमै यो चुनावको महत्व छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाल ...
भवन भट्ट गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी हुन्। जापान र युरोपमा रेष्टुराँ, रिसोर्ट र होटलमा उनको लगानी छ। नेपालमा होटल, ब्रुअरी, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका भट्टले आगामी अक्टोबर १४—१७ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपालीका मुद्दा र निर्वाचन केन्द्रित रहेर कृष्ण ढुंगानाले उनीसँग काठमाडौंमा गरेको कुराकानीः
तपाइँको उम्मेदवारी के का लागि ?
गैरआवासीय नेपाली संघमा प्रत्येक दुई वर्षमा नेतृत्व परिवर्तन हुन्छ । यो स्वभाविक प्रक्रियामा यस पटक धेरै ...
तत्कालीन नेकपा (माओवादी)ले ‘दीर्घकालीन जनयुद्ध’ सुरु गरेपछि, शान्ति प्रक्रियामा हस्ताक्षर गरेपछि र संविधानसभाबाट नेपालको संविधान जारी गरेपछि जहिल्यै डा. बाबुराम भट्टराई चर्चाको शिखरमा रहे । परम्परागत कम्युनिस्ट दलले मुलुकका वर्तमान समस्या हल गर्न नसक्ने ठान्दै माओवादी दलमात्र होइन, संसद्समेत परित्याग गरी नयाँ शक्ति पार्टीको नेतृत्व गर्दै आएका उनी मंगलबार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग एकता सहमति गर्ने पंक्तिमा आइपुगेर फेरि अर्को राजनीतिक झड्का दिन सफल भएका छन् । डा. भट्टराईका निम्ति फेरि राजनीतिको अर्को ‘इनिङ’ सुरु भएको छ । दुई प्रमुख वाम दलसँग ...
रधानन्यायाधी गोपाल पराजुलीले पहिलो पटक बेलायतको भ्रमण गरेका छन्। बेलायत सरकारको एक हप्ते औपाचारिक निमन्त्रणमा लण्डन आएका पराजुलीसंग उनको वेलायत भ्रमण, नेपालको न्यायालयमा हुने बिकृति र विसंगतिको विषयमा नागरिकन्युजका वेलायत संवाददाता चिरन शर्माले लण्डनमा गरेको कुराकानीको सारअंश।
पहिलो पटक वेलायत भ्रमणमा आउनु भएको छ कस्तो अनुभव बटुल्दै हुनुहुन्छ ?
दुई सय वर्ष अगाडि देखि नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध छ। जंगबहादुरले बेलायतको यात्रा गरेपछि बेलायतको अनुकरण गर्दै सुरेन्द्रको पालामा मुलुकी ऐन ल्याएर कानुनी शासनको विकास नेपालमा भयो । नेपालमा कानुनी शासनको स्थापनाको श्रेय बेलायतलाई ...
काठमाडौं : ज्योति विकास बैंकको १००% हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १ः१ अनुपातमा (एक कित्ता बराबर थप नयाँ एक कित्ता) १ करोड १० लाख ४३ हजार १७१ कित्ता हकप्रद सेयर बिहीबारदेखि बिक्री सुरु गरेको हो । यो हकप्रद सेयर जेठ ३१ गतेसम्म भर्न पाइनेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल काठमाडौं र ज्योतिको केन्द्रीयसहित सम्पूर्ण शाखा कार्यालयबाट यो हकप्रद सेयरमा आवेदन दिन पाइनेछ । वैशाख १३ गतसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन पाउनेछन् ।
नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ...
अरु बाणिज्य बैंकहरुले गत बर्ष भन्दा धेरै खुद नाफा कमाएर प्रगति बिबरण पस्कने प्रतिस्पर्धा गरिरहेको बेला ईच्छाराज तामाड.को सिभिल बैंक(CBL)ले भने दोस्रो त्रैमासमा कमाएको भन्दा पनि कम खुद नाफा बिबरण पस्केर जग हँसाएको छ । तत्काल सुधार नगरे राष्ट्र बैंकको कारबाहीमा पर्ने संभावना बढेपछि बैंक संचालक समितिले कर्मचारीहरुलाई निर्देशन जारी गर्दै खराब कर्जा असुलीको कडा रणनीति अख्तियार गरेको छ ।
राष्ट्र बैंकले प्रस्ताब गरेको बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐनको संशोधनलाई सांसद पदको दुरुपयोग गरी आफुखुशी परिवर्तन गर्न सफल भएका ईच्छाराजले आफ्नै ...
१६बैशाख , कैलाली । व्यावसायिक गतिविधि बढेपछि सुदूरपश्चिममा पनि दुई पाङ्ग्रे सवारी साधनको कारोबार उच्चस्तरमा बढेको छ । धनगढीमा मात्रै एक वर्षमा करोडौं रुपैयाँका मोटरसाइकल बिक्री भएका छन् ।
गत बैशाखदेखि हालसम्म धनगढीमा ५ हजारभन्दा बढी नयाँ मोटरसाइकल विक्री भएको विभिन्न विक्रेता कम्पनीले जनाएका छन् । धनगढीमा बजाज, होन्डा र हिरो, यामाहा, सुजुकी, युएम लगायतका कम्पनीका मोटरसाइकलको कारोबार हुने गर्छ ।
धनगढीमा एक बर्षमा सवैभन्दा बढी मोटरसाईकल विक्री गर्नेमा बजाज कम्पनी अगाडि छ । बजाजका १ हजार २ सय ८० वटा मोटरसाईल विक्री ...
२० वैशाख, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित मध्य क्रम ब्याट्सम्यान शरण भेषावकरलाई यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर घोषणा गरेको छ ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र शरद भेषावकरले ‘एमओयु’मा हस्ताक्षर गरे । अब उप्रान्त छापा, टिभी, अनलाइन विज्ञापन र शोरुम डिस्प्ले लगायत यामाहा एफजीएस एफआईका सबै सञ्चार अभियानमा भेषावकर सहभागी हुनेछन् ।
२८ वषर्ीय दायाहाते ब्याट्सम्यानले सन् २००४ मा नेपाली राष्ट्रिय टोलीका लागि युएईविरुद्ध पहिलो पटक ...
रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ । जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ गाई, २६ किसानका २९ भैँसी, नौ किसानका १६ गोरु, दुईसय ९६ किसानका एकहजार तीन बाख्रा, तीन किसानका तीन भेडा र दुई किसानका आठ बङ्गुर रहेको पशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक नीमबहादुर सिंहले जानकारी दिए ।
जिल्लाका साबिक सिर्प, उवा र थवाङबाहेक सबै गाविसका किसानले ...
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ७ गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्सले ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
६२ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी भएको इन्स्योरेन्सले जगेडाकोषमा ३२ करोड ३४ लाख रुपैयाँ र जीवन बीमाकोषमा दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ९७ ...
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकर्सहरुलाई क्षमता देखाउन र सिर्जनशिल हुन आग्रह गरेका छन् । उनले बैंकर्सहरुलाई पहिलाजस्तो सुस्ताउने काम नर्ग आग्रह गर्दे क्रिएटिभ भएर काम गर्न आग्रह गरे । डेभलप्मेन्ट बैंकर्स संघको ११औं वार्षिक साधारणसभामा उनले पुँजीबृद्धिपछि बैंकहरुले आकार फेरेको उल्लेख गर्दै बैंकर्सहरु पनि एक्टीभ र क्रिएटिभ हुनुपर्ने बताए । विदेशमा वित्तीय संस्थाहरु नियामक निकायभन्दा एक स्टेप अघि हुने गरेको भन्दै डा. नेपालले नेपालका बैंकहरुलाई एक स्टेप अघि बढ्न आग्रह गरे । संघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।
...