सनाखत गरेर कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने सहमति

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ । शनिवार सांसदहरुको सनाखत गरिने भएको छ । 

आजै कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसदहरू र प्रदेश प्रमुख परशुराम खापुङबीच यस्तो सहमति भएको हो  । भोलि सनाखत गरेर मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको प्रस्तावमा सहमति भएको  एमाले सांसद रेवती भण्डारीले जानकारी दिए ।

छलफलमा प्रदेश प्रमुख खापुङले भोलि शनिवार सनाखत गराएर मुख्यमन्त्री नियुक्त गर्दा के हुन्छ भनेर प्रस्ताव गरेका थिए । तर एमाले र ...


कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईलाई नै कसले लगायो कालोमोसो ?
काठमाडौं : चर्चित व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो दलिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि अज्ञात समुहले कालोमोसो दलेको जनाईएको छ । यसअघि प्रसाईं आफैले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दल्ने, अभियान नै चलाएका थिए । प्रसाई आफ्ना अभिव्यक्तिका कारण बेलाबेलामा विवादमा परिरहन्छन् । 
 
प्रसाईले लामो समयदेखि बैंक तथा वित्तीय संस्थाको ऋण तथा ब्याज नतिर्न, वित्तीय संस्थाका मुख्य जिम्मेवारहरुलाई सडकमा ल्याएर कालो मोसो दल्नुपर्ने भन्दै अभियान चलाउँदै आएका छन् । विशेषगरी लघुवित्त संस्थाहरुप्रति त उनी निकै कडारुपमा प्रस्तुत हुँदै ...

को-कोले दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी ?

काठमाडौं ।प्रतिनिधिसभाको विभिन्न संसदीय समिति सभापतिमा सांसदहरुले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच संसदीय समितिको सभापतिमा भएको भागवण्डाको सहमति अनुसार आइतबार सांसदहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

दलहरुले प्रतिनिधिसभाका १० र संघीय संसदको संयुक्त दुई गरी १२ वटा समितिको नेतृत्वमा भागवण्डा गरेका थिए । जसमा नेकपा एमालेले एउटा संयुक्त समिति, सार्वजनिक लेखा समितिसमेत गरी ३ वटाको नेतृत्व पाएको छ ।

aaraju1693130946.jpg

 जसअनुसार नेपाली कांग्रेसका सांसद आरजु राणा र रामहरि खतिवडाले क्रमश: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र तथा सुशासन समितिको ...


आसन्न निर्वाचनमा देसभक्त नागरिकहरुका मौलिक भूमिकाहरु !

२०७९, मङ्सिर १ - लेखक नारायण शर्मा

१. चुनावमा सहभागी भैरहेका देसका मुख्य शक्तिहरु आफूलाई लोकतन्त्रवादी अर्थात् काङ्ग्रेस भन्नेहरु, वामपन्थीहरु अर्थात् कम्युनिस्ट क्रान्तिकारी भन्नेहरु, राष्ट्रवादीहरु अर्थात् राजावादी भनिनेहरु, मधेशवादीहरु अर्थात् भारतपरस्त शक्तिहरु र सबै प्रकारका स्वतन्त्रहरु गरी जम्मा पाँच समूहमा र चुनावमा भाग नलिने, बहिष्कार गर्ने, खारेज गर्ने, अवज्ञा गर्ने वा नो भोटको रुपमा ब्याक भोट गर्ने बहिष्कारवादी अर्थात् क्रान्तिकारी कम्युनिस्ट भनिएकाहरु १ समूह गरी जम्माजम्मी ६ समूहमा भेंडा भेंडाका साथ र बाख्रा बाख्राका साथ भनेझैं आपसमा एकीकृत, ध्रुवीकृत र केन्द्रीकृत हुने ।

२. हरेक समूहमा ...


सप्त विचित्र विपरीत विडम्बनापूर्ण विषयका विवरणहरु !

अहिले नेपाल एक यस्तो देश भएको छ जहाँ विचित्रका विडम्बनाका विषयहरु भए-गरेको पाइन्छ । ती मूलतः सात थरीका छन् ! हरेक विषयमा ती विपरीत पनि छन् ! ती बिडम्बनापूर्ण विषयहरु यसप्रकार व्यक्त भएका छन् :

१. राजपरिवारका, सम्भ्रान्त वर्गका वा भनौं कुलीनतन्त्रका राजा-महाराजा जस्ता शासकहरु बरु राष्ट्रवादी-देशभक्त, स्वाभिमानी र जनपृय हुने ! जस्तै- महीन्द्र मल्ल, पृथ्वीनारायण, महेन्द्र र वीरेन्द्र शाह आदि ! तर सर्वसाधारण जनवर्गबाट आएर बनेका जनताका बिचमै रहेका र जनवर्गबाटै चुनिएका भनिएका काङ्ग्रेस-कम्युनिस्ट पार्टी र तिनका मुख्य-मुख्य नेताहरु प्राय: राष्ट्रघाती, देसबेचुवा , जनविरोधी र ...


कार्यालय समय अब दैनिक ८ घन्टा

सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय बढेको छ। हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म ७ घन्टा रहेकोमा जेठ १ गते आइतबारबाट कार्यालय समय १ घण्टा बढ्ने भएको छ। बिहान ९ बजेर ३० मिनेटदेखि सुरू भएको कार्यालय समय साँझ ५ बजेर ३० मिनेटसम्म रहने सरकारले निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परीक्षणका रूपमा जेठ १ ...


५ घन्टा लोसपामा बसेर जसपामै फिर्ता

जनता समाजवादी पार्टी (जसपा) एक कार्यकर्ता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेर ५ घन्टामै फेरि पुरानै पार्टीमा फर्किएका छन्।
वीरगञ्ज महानगरपालिका वडा नं २१ का इकाइ अध्यक्ष निरञ्जन पटेल पार्टी छाडेको ५ घन्टामै जसपा फर्किएका हुन्।

बुधबार मात्रै लोसपा प्रवेश गरेका उनी बुधबारै फेरि जसपामा फर्किएका थिए।

जसपा सांसद प्रदीप यादवले वटेल लोसपा प्रवेश गरेको ५ घन्टामै फेरि पार्टीमा आएको भनेर सामाजिक सञ्जालमा फेसबुकमा राखेका छन्।

...

राप्रपाका उपाध्यक्ष उद्धव पौडेलद्वारा पार्टी परित्याग

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन्। अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाएका हुन्।

पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए। चाबहिलका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए।

अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गरेका थिए।

...

एकीकृत समाजवादी र एनेकपाबीच एकता हुने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ।

एकीकृत समाजवादीले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न उक्त पार्टीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए।

एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा यही वैशाख १५ गते दुवै पार्टीबीच एकतासभा गरिने ...


थरुहट थारुवानले निर्णायक आन्दोलन गर्ने

दिवाकर पोख्रेल
देउखुरी, असौज २० गते । टिकापर घटनामा निर्दोष ब्यक्तिलाई सरकारले फसाउन खोजिरहेको भन्दै त्यसको विरुद्धमा थरुहट थारुवान संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने जनाएको छ ।

संघर्ष समितिले थरुहट थारुवानका नेता रेशम चौधरी सहित टिकापुर घटनामा प्रक्राउ परेका थरुहट थारुवानका नेता कार्यकर्ताको विना शर्त रिहाईको माग गर्दै निर्णायक आन्दोलन तयारी गरिरहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

थरुहट थारुवान संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारुले दाङको लमहीमा पत्रकार सम्मेलन गरी टिकापुर घटनाको सत्यतथ्य छानविन हुनुपर्ने र विना कारण प्रक्राउ गरेको नेता रेशम चौधरी सहितका नेता ...


यस्तो बन्ने भयो नयाँ एमाले, महाधिवेशन मंसिर १० देखि बुटवलमा

काठमाडौं - नेकपा एमालेको प्रथम विधान महाधिवेशन सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म चलेको थियो। पहिलो दिन प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरुको आइतबार तीनै जनाले जवाफ दिएका थिए। जवाफपछि महाधिवेशनमा प्रस्तुत गरिएका तीनवटै प्रतिवेदन पारित गरिएको छ।

प्रतिवेदनहरुमाथि छलफलका लागि शुक्रबारै १० वटा समूह गठन गरिएका थिए। ती समूहमा शनिबार बिहान साढे ८ बजेदेखि छलफल भएको थियो। सोही दिन दिउँसोको पूर्ण सत्रमा समूहका ...


निर्वाचन आयोगले 'हेड काउन्ट' गर्ने भएपछी जसपाको महन्थ-राजेन्द्र पक्ष संकटमा

काठमाडौं - निर्वाचन आयोगले 'हेड काउन्ट' गर्ने भएपछी जसपाको महन्थ-राजेन्द्र पक्ष संकटमा पर्ने देखिएको छ। आयोगले जनता समाजवादी पार्टी (जसपा) को पार्टी आधिकारिकता विषयमा फैसला गर्नुअघि ११ साउन ११ बजे यादव पक्ष र महन्थ ठाकुर पक्षका सबै कार्यकारीलाई नागरिकतासहित सशरिर उपस्थित हुन निर्देशन दिएको छ। कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको बहुमत छ।

जसपा विधानले कार्यकारिणी समितिलाई सर्वाधिकार बनाएको छ। ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये रेशम चौधरी जेलमा छन्। बाँकीमध्ये यादव पक्षमा ३२ जना कार्यकरिणी सदस्य छन्। यादव पक्षमा कार्यकारिणी समितिका ६४ प्रतिशत सदस्य रहेकाले ठाकुर पक्षले आधिकारिकता ...


पार्टी नेताहरुलाई गरिएको कारबाही निष्प्रभावी : प्रवक्ता ज्ञवाली

काठमाडौं - नेकपा एमालेको केपी शर्मा ओली पक्षले माधवकुमार नेपाल पक्षलाई गरेको कारबाही निष्प्रभावी भएको छ। बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले आफूलाई पुनः केन्द्रीय कमिटीमा रुपान्तरित गरेपछि त्यो कारबाही निष्प्रभावी भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।

‘२०७८ वैशाख १२ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठक र जेठ १० गते बसेको स्थायी कमिटीको सातौं बैठकले पार्टीका कतिपय नेता तथा कार्यकर्तामाथि कारबाही गरिएको अवस्था थियो। महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरित गर्ने यो फैसलासँगै त्यो कारबाही निष्प्रभावी भएको छ। अब त्यो कारबाहीको कुनै ...


एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, दशौं महाधिवेशन आयोजक कमिटी खारेज

काठमाडौं- नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले स्थायी कमिटीलाई ब्युँत्याएको छ। सर्वोच्च अदालतको जेठ २७ गतेको आदेशले महाधिवेशन आयोजक कमिटीमाथि प्रश्न उठेपछि बुधबार बालुवाटारमा बसेको सो कमिटीको अन्तिम बैठकले आफूलाई पुनः केन्द्रीय कमिटीमा रुपान्तरित गरेको हो।

बैठकले तत्कालीन एमालेमा नरहेका तर नेकपा गठन गर्दा थपिएका स्थायी कमिटी सदस्यलाई अहिले पनि स्थायी कमिटीमै राखिएको छ। जुन जेठ ३ गतेको अवस्था हो। यसरी थपिनेमा रामबहादुर थापा बादल, वेदुराम भुसाल, रघुवीर महासेठ लगायत छन्। तत्कालीन एमालेको स्थायी कमिटीमा नभएता पनि रघुजी पन्त, वेदुराम भुसाल, विष्णु रिमाल र रघुवीर महासेठलाई ...


महाधिवेशन भदौमै हुन्छ, म पूर्ण प्रतिवद्ध छु : देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन भदाैमै हुने आश्वस्त पारेका छन्। बुधबार एक वक्तव्य जारी गर्दै उनले यसमा आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन्।

देउवाले पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने उल्लेख समेत गरेका छन्। क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुपर्ने भएकाले यसका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम भइरहेको स्मरण गरेका छन्।

महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने देउवाको भनाइ छ। बरु ...


आफ्नै भूमिका बारे समिक्षा गदै राजनीतिक दल
स्थानीय सरकार अस्पताल संचालन गर्न असफल भएको निष्कर्ष

दिवाकर पोख्रेल


देउखुरी, जेठ । दाङ देउखुरीमा राजनीतिक दलहरुले महामारीको समयमा पनि आफुहरुको भूमिका सन्तोष जनक नरहेको भन्दै आत्म समिक्षा गर्न थालेका छन् । कोभिड १९ ले थलाथला पारेको समयमा आपसमा आरोप प्रत्यारोपमा लागेर आफ्ना मतदाता जनता बचाउने प्रयासमा लाग्न नसकेको निष्कर्ष निकाल्दै दलहरुले विपक्तीको समयमा एक साझा उदेश्यका साथ सबैसंग समन्वय गर्दै अघि बढ्ने निर्णय गरेका छन् ।

विपतको लामो समय सम्म रानीतिक दलहरुले आफ्नो भूमिका प्रभवकारी रुप्मा देखाउन नसकेको भन्दै सर्बसाधरणबाट आलोचना हुन थालेपछि राजनीतिक दलहरुले आफ्नो भूमिका बढाउन पहल थालेका छन् । नेपाली ...


जनमत पार्टीको अध्यक्षमा सिके राउत

काठमाडौं - जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्वाचित भएका छन्। जनकपुरमा गत शनिबार सुरु भएको प्रथम महाधिवेशनले राउतलाई अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्षमा राउतको मात्रै उम्मेदवारी परेको थियो।

तैपनि मतदान गरिएको थियो। ४ हजार ५ सय प्रतिनिधिहरुले मत खसालेकोमा राउतले २३०२ मत पाएका थिए। उनी यसअघि पनि सो पार्टीका अध्यक्ष थिए।

त्यस्तै, बढीमा सात जना निर्वाचित हुनसक्ने उपाध्यक्ष पदमा चार जनाले मात्रै उम्मेदवारी दिएका थिए। जसमा, मो. अब्दुल खान, बसन्त कुमार कुशवाहा, दीपककुमार साह र नरेन्द्र प्रसाद चौधरी निर्वाचित भएका छन्।

महासचिवमा चन्दनकुमार सिंह निर्वाचित भएका छन्। सो ...


माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ।

सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइसकेपछि मंगलबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकतापूर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताए।

त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उनले जानकारी दिए। बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको माग समेत गरेको उनको भनाइ छ।

‘प्रतिनिधि सभा विघटनको ...


नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ देखि

काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ देखि बस्ने भएको छ। नामको विवादसम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले माओवादी केन्द्रसँगको एकता तोडिदिए पछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो।

बैठकमा यसअघिका विवाददेखि आगामी राणनीतिबारे केन्द्रीय नेताले आफ्नो धारणा प्रस्तुत गर्नेछन्। बैठकले पार्टीको आगामी रणनीतिसँगै अन्य विविध विषयमा एकीकृत धारणा बनाउने बताइएको छ।

साथै, बैठकले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गर्ने तयारी गरेका नेताको विषयमा समेत निर्णय गर्ने एक नेताले बताए। पार्टीमा उठेका पछिल्ला गुनासा तथा सरकारको कामकारबाहीबारे समेत बैठकले साझा धारणा बनाउनेछ।

...

नेकपा औपचारिक रुपमा खारेज, एमाले र माओवादी पुरानै अवस्थामा

काठमाडौं - निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज गरेको छ।

मंगलबार बसेको आयोगको पदाधिकारी बैठकले नेकपा खारेज गर्दै ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काएको हो।

सर्वाेच्चको फैसला अनुसार आयोगले नेकपालाई खारेज गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

https://drive.google.com/file/d/1rjpgAQYOJxsyARoE6eMjYUMfo9fIds02/view

...

सिके राउत नेतृत्वको जनमत पार्टीले चैत २८ र २९ मा महाधिवेशन गर्ने

काठमाडाैं - सिके राउत नेतृत्वको जनमत पार्टीले चैत २८ र २९ गते प्रथम महाधिवेशन गर्ने भएकाे छ। पार्टीका अध्यक्ष सीके राउतले एक विज्ञप्ती जारी गर्दै जनकपुरको बाह्विघा मैदानमा प्रथम महाधिवशन गर्न लागेको जानकारी दिएका हुन्।

महाधिवेशनलाई भव्यताका साथ सफल पार्न आवश्यक सहयोगका लागि पार्टीका सम्पूर्ण सदस्य तथा आम जनसमुदायसँग अपिल गरेका छन्।

राउतले आर्थिक सहयोगका लागि पार्टीका नाममा रहेको आधिकारिक बैंक खाता समेत सार्वजनिक गरेका छन्।

महाधिवेशनमा देशका विभिन्न भागबाट करिब ५ सय प्रतिनिधि, २५ हजार स्वयंसेवक तथा विदेशबाट अतिथिको समेत सहभागिता रहने जनाइएको छ।

No description ...</div></div></div></div><hr><div class=

नेपालका विद्रोह र  दिलबहादुरलगायतका सहिदहरुको सम्मानबारे  !

देसका उत्पीडित वर्ग, जाति, समुदाय र राष्ट्रको मुक्तिको लागि सुरु भएको महान् जनयुद्धको थालनीको प्रथम चरणमा शहादतको प्रथम प्रकरण सर्वाधिक उत्पीडित वर्ग, जाति र समुदायका एक दलित बालक दिलबहादुर रम्तेलबाट सुरु भएको हो ! न्याय, समानता र स्वतन्त्रताको प्राप्तिको लागि चलाइएको यो मुक्तियुद्धको महाभियानमा बलिदान दिने एक महात्मा हुन् रम्तेल ! विद्यालयमा आफूहरुलाई पढाउँदै गरेका आफ्ना गुरुलाई विद्यालयबाटै प्रहरीले अन्यायपूर्वक पकडेर घिसार्दै लैजान थालेपछि सच्चा न्यायप्रेमी शिष्य भएकाले विद्यार्थीहरुले विरोध, अवरोध र प्रतिरोध गर्नु अत्यन्त स्वाभाविक र एकदमै न्यायपूर्ण कदम हो ! विद्यालयका वालवालिकाको यस्तो ...


विप्लबसहित ४ वाम दलको रणनैतिक मोर्चाद्वारा आन्दोलनको घोषणा

काठमाडौं - विप्लबसहित ४ वाम दलको रणनैतिक मोर्चाद्वारा आन्दोलनको घोषणा गरेका छन्। मोर्चाले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चाको घोषणा गर्दै सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

उनीहरूले जारी गरेको रणनैतिक संयुक्त मोर्चाको अवधारणामा राष्ट्रियता,जनतन्त्र र जनजीविकाका मुद्दामा निरन्तर जनपरिचालन र संघर्ष आवश्यकता रहेको औंल्याइएको छ। चार वाम घटकको मोर्चा गठनलाई कम्युनिस्ट धारको ध्रुविकरण र पार्टी एकताको आधार बनाइएको छ।

चार दलको रणनैतिक संयुक्त मोर्चा केन्द्रसहित प्रदेश, जिल्ला र आवश्यकता अनुसार स्थानीय तहसम्म गठन गरिने संयुक्त अवधारणामा भनिएको छ। केन्द्र ...


बुधबार प्रचण्ड-माधव पक्षको प्रदर्शनमा कसले कहाँ नेतृत्व गर्दैछन् ?

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव पक्षले बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हुने जुलुस नेतृत्वकर्ताको टुंगो लगाएको छ। उपत्यकाका विभिन्न स्थानबाट निस्कने जुलुसको नेतृत्वकर्ता र रुट तय भएको नेकपा केन्द्रीय संघर्ष समितिले जानकारी दिएको छ।

उपत्यकाका पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस निस्कने र प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ।

मूल जुलुस सुन्धारा, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोडबाट प्रदर्शनी मार्गमा प्रवेश हुने तय गरिएको संघर्ष समितिले जानकारी दिएको छ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पुष्पकमल दाहाल-माधवकुमार नेपाल ...


राजपुर गाउँपालिका कार्यालयमा ताला

देउखुरी - दाङको राजपुर गाउँपालिकाका कार्यपालिका सदस्यहरुले यथासक्य कार्यपालिका बैठक बोलाउन माग गर्दै गाउँपालिकामा तालाबन्दी गरेका छन् । तालाबन्दी गरेको आधाघण्टा निवित्दै प्रशासनले ताला खोलेको थियो । बारम्बार आग्रह गर्दापनि कार्यपालिकाको बैठक नबोलाई जनताको काम नगरेर बन्धक बनाएको आरोप लगाउँदै गाउँपालिकामा तालाबन्दी गरीएको गाउँपालिका प्रवक्ता श्याम रोकाले जानकारी दिनुभयो । एकहप्ता अघि मात्रै वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्याम रोकाको नेतृत्वमा आफ्ना माग सहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाएको थियो ।

No description available.

No ...</div></div></div></div><hr><div class=

मध्यावधी/संसद पुनर्स्थापनाद्वारा संसदीय प्रतिनिधिसभा कि सर्वोच्च अन्तरिम राष्ट्रिय राजनीतिक सभा ?

यतिबेला देसमा मध्यावधी चुनाव गराउने र नयाँ संसद् गठन गर्ने कि पुरानै विघटित संसद् पुनर्स्थापना गर्ने भन्ने विवाद उत्कर्षमा छ । साथै पुरानै केपी ओलीको एकल गुटीय स्वैच्छाचारी सरकारलाई मान्यता दिने कि यसको विस्थापित गरेर प्रचण्डको नेतृत्वमा माधव-देउवा-मधेसवादीको गठबन्धनको सरकार बनाउने भन्ने विवादले चर्को रुप लिएको छ ! साथै, यही चालू संघीय लोकतान्तृक गणतन्त्र बरकरार राख्ने कि यसको स्थानमा राजतन्त्रात्मक धर्मसहिष्णु केन्द्रीकृत राज्यव्यवस्था राख्ने भन्ने विवाद पनि उठेको छ ! सङ्गसङ्गै यी तीनवटैको विकल्पमा अर्थात् वर्तमान पथभ्रष्ट केपी ओली सरकार र यस्ले गराउने मध्यावधि चुनावको ...


प्रचण्ड-नेपाल समुहले निर्वाचन आयोगमा बुझायो २९७ जना केन्द्रीय सदस्यको हस्ताक्षर

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले २९७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगलाई जानकारी गराएका छन्।

उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालसहितका नेताहरु आयोग कार्यालय पुगेर हस्ताक्षर बुझाएका हुन्।

माइतीघर मण्डलाबाट उक्त समूहका केन्द्रीय सदस्य, विघटित प्रतिनिधि सभा सदस्य र अन्य जनवर्गीय संगठनका नेता कार्यकर्तासहित आयोग पुगेका हुन्।

नेता कार्यकर्तालाई जमलमै रोकिएपछि शीर्ष नेताहरु मात्रै आयोग पुगेका थिए। उनीहरुले आफू नै आधिकारिक नेकपा भएको बताएका छन्। नेकपा नाम र चुनाव चिह्‍न सूर्य आफ्नो हुनुपर्ने दाबी उनीहरुले गरेका छन्।

...

नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी ओली र प्रचण्ड–नेपाल दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।

ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दैछ भने प्रचण्ड–नेपाल पक्षको बैठक साढे ११ बजे बबरमहलस्थित बार्की ब्यांक्वेटमा बस्दैछ।

मंगलबार बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले १ हजार १ सय ९९ जना हुने गरी महाधिवेशन महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो।

यस्तै, प्रचण्ड–नेपाल पक्षको आजको केन्द्रीय कमिटी बैठकले महासचिव पदको टुंगो लगाउने भएको छ। उक्त समूहमा सुरेन्द्र पाण्डे, भीम रावल र जनार्दन शर्मा महासचिवका आकांक्षी देखिएका छन्।

नेकपा औपचारिक रुपमा विभाजन ...


साझा र विवेकशीलबीच एकता : रवीन्द्र मिश्र अध्यक्ष, मिलन पाण्डे संयोजक

काठमाडौं- विवेकशील नेपाली दल र साझा पार्टीबीच हप्तादिनभित्रै एकता गर्ने समझदारी भएको छ। २७ पुस ०७५ मा औपचारिक रुपमा विभाजन भएका दुई पार्टी झण्डै २ वर्षपछि एक हुन थालेका हुन्।

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे कार्यकारी अधिकारसहित संयोजक हुनेगरी एकता गर्न थालेको एक नेताले बताए। दुवै पक्षले समानता, सहअस्थित्व र दुवै पक्षको जित हुनेगरी एकता गर्न थालेको उनले बताए।

‘हामीले रवीन्द्र मिश्र र मिलन पाण्डेलाई कार्यकारी अधिकारसहित संयोजक बनाउने भन्ने छ। त्यसमा काम गर्न सजिलो हुनेगरी अध्यक्ष र संयोजक पनि ...


प्रचण्डलाई ओलीको प्रतिबाद - कि आरोप पुष्टि गरी मलाई कारबाही गर्नुस्, कि एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्नुस

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको आरोपको प्रतिवाद पेस गरेका छन्। ३८ पृष्ठको उनको जवाफमा उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रतिप्रश्नहरु गरेका छन्।

‘तपाईंलाई मेरो चुनौती छ- कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधानअनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्,' ओलीको जवाफमा उल्लेख छ।

ओलीले प्रचण्डको प्रस्तावलाई पार्टी विभाजनको अनौपचारिक घोषणाको रुपमा अर्थ्याएका छन्। ‘तपाईंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, ...


मंसिर ३ गते बस्ने गरि सकियो नेकपा सचिवालय बैठक

काठमाडौं- नेकपा सचिवालय कमिटीको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा करिब १ घण्टा बसेको बैठक सकिएको हो। पार्टी सचिवालयको अर्को बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने भएको छ। 

गत असोज १९ पछि शुक्रबार पहिलो पटक बसेको बैठकमा अध्यक्षद्वयबीच आदानप्रदान भएका पत्रहरू सबै सचिवायलय सदस्यहरूलाई वितरण गरिएको छ। पार्टीभित्रको विवाद, भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेट, कर्णाली विद्रोह, पर्सामा कार्यकर्ता हत्या र यसअघिको स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनका विषयमा समीक्षा गर्ने एजेन्डा तय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।बैठक पुनः मंसिर ३ मा ...


नेकपाको सचिवालय बैठक शुक्रबार राख्न ओली सहमत

काठमाडौं - अन्ततः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक तय भएको एक सचिवालय सदस्यले जानकारी दिए।

नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा सचिवालय बैठक बोलाउन माग बढ्दै गएको थियो। गत शनिबार सचिवालयका बहुमत सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले लिखित पत्र बुझाएर ओलीलाई बैठकका लागि सहमति दिन आग्रह गरेका थिए।

बहुमत सचिवालय सदस्यले अनौपचारिक बैठक भने बस्दै आएका थिए। उनीहरुले अब पनि औपचारिक बैठक नबसालिएर आफूहरुले नै औपचारिक बैठक ...


ओली सहमत नभए बिहीबार सचिवालयको औपचारिक बैठक बोलाउने प्रचण्डको तयारी

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बहुमत सचिवालय सदस्यहरुले बिहीबार सचिवालयको औपचारिक बैठक बस्ने तयारी गरेका छन्। त्यसका लागि बिहीबार बिहान छलफल गरी धारणा तय गर्नेछन्।

‘सायद बिहीबार सचिवालयको औपचारिक बैठक बस्छ होला’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यदि प्रधानमन्त्रीज्यू बैठकमा बस्न मान्नु भएन भने बिहीबार बिहान छलफल गरी एउटा निष्कर्षमा पुग्छौं।’

प्रचण्डले बोलाउने बैठकमा केपी ओली पक्षका नेताहरु उपस्थित नभए पनि केही निर्णयहरु गरेरै अघि बढ्ने तयारी बहुमत पक्षको छ।

तर प्रधानमन्त्री ओली पक्षका स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका ...


धुम्बाराहीमा बहुमत नेकपा सचिवालय सदस्यको बैठक सुरु

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका बहुमत सदस्यको बैठक धुम्बाराहीमा सुरु भएको छ। सचिवालयका पाँच सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ उपस्थित भएका छन्।

बैठकमा अध्यक्ष केपी ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल तथा विष्णु पौडेल भने उपस्थित छैनन्।

गत शनिबार पनि पाँच सदस्यको अनौपचारिक बैठक बसेको थियो।

उपस्थित सदस्यहरुले आइतबार ओलीलाई भेटेर सचिवालय बैठकको लागि आग्रह गर्ने निर्णय गरेका थिए। सोही अनुसार आइतबार ओलीलाई दुई पृष्ठको पत्र बुझाइएको थियो।

आजको बैठकपछि प्रचण्डले सचिवालय बैठक बोलाउने आकलन गरिएको छ। ...


प्रधानमन्त्री ओलीले भने : प्रधानमन्त्री र सभामुख पद भागबन्डा भएको हो

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अर्का अध्यक्षसँग आधा-आधा स्वीकार्न जरुरी नभएपनि त्यसो गरेको बताएका छन्। एपी १ टेलिभिजनसँगको कुराकानीमा उनले आफूलाई प्रधानमन्त्री पाएको बदलामा तत्कालीन माओवादी केन्द्रले सभामुख पाएको बताएका छन्।

उनले भने, ‘शक्ति सन्तुलन र बाँडफाँड तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच समुचित रुपमा भएको थियो। प्रधानमन्त्री एउटाले लिने र अर्काले सभामुख लिने भनिएको थियो। मैले नै उदारताका साथ आधा–आधा समय चलाउन सकिन्छ भनेको हुँ।’ यही क्रममा राष्ट्रपति र उपराष्ट्रपति आदि पनि मिलाइएको उनको भनाइ थियो।

प्रचण्ड आफैंले उक्त जिम्मेवारी फिर्ता गरेको बताए। पार्टी ...


नेकपा सचिवालयको निर्णय : बैठकका लागि ओलीलाई सामूहिक आग्रह गर्ने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई सचिवालय बैठकका लागि आग्रह गर्ने भएका छन्। सचिवालयका ५ सदस्यहरुले आज ओलीलाई भेटेर सचिवालय बैठकका लागि आग्रह गर्ने भएका हुन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बोलाएको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीसँग भेट गरी बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो।

शुक्रबारको बैठकमा प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम सहभागी थिए।

प्रवक्ता श्रेष्ठले अध्यक्ष ओलीलाई सामूहिक रुपमा भेटेर पार्टी संकट समाधान गर्न, सकारात्मक ढंगले पार्टीलाई अगाडि ...


के नेकपा फुटको संघारमा पुगेकै हो त ?

काठमाडौं - सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’

पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव पौडेलले सँगसँगै यो पनि लेखेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन।’

दुई अध्यक्षबीच भइरहने झगडाका कारण के नेकपा फुटको संघारमा पुगेकै हो त ? त्यो परिस्थितिलाई महासचिवको फेसबुक स्टाटसले मात्र होइन, प्रधानमन्त्रीको भनाइले पनि संकेत गरेको छ। बैठकको माग राख्दै शनिबार भेट्न पुगेका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष एवं ...


देउवाले डाके शीर्ष नेताको बैठक, पार्टीभित्रको विवादबारे छलफल हुने

काठमाडौं - पार्टीभित्रको विवादमा समाधान पहिल्याउन कांग्रेस सभापति शेरबहादुर देउवाले आज शीर्ष तहका नेताको बैठक डाकेका छन्। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारविरुद्द सडक प्रदर्शन, संसदको विशेष अधिवेशन मागलगायतका विषयमा छलफल हुने बताइएको छ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा बुझाएको विरोधपत्रका सन्दर्भमा छलफल हुने जनाइएको छ।

पौडेल पक्षले विभाग, क्रियाशील सदस्यता वितरण, मनोनित केन्द्रीय सदस्य, भ्रातृ संस्थाको पदावधि लगायतका विषयमा आपत्ति जनाउँदै आएको छ। सभापति देउवाले एकतर्फी गरेका निर्णय खारेज हुनुपर्ने पौडेल पक्षको माग छ। देउवापक्ष पूर्वनिर्णयबाट पछि हट्ने देखिएको ...


प्रदेश राजधानीको प्रस्तावमा देउखुरी र बर्दिया  काँग्रेसबाट स्वागत

देउखुरी समाचारदाता

देउखुरी, असोज । प्रदेश ५ को नाम लुम्बीनी स्थान दाङको भालुवाङ प्रस्ताव गरिएको नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले स्वागत एवं समर्थन गरेको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ क्षेत्रीय सभापती भेषराज पाण्डेले प्रेस बिज्ञप्पती जारी गर्दै बुशलता पुर्वक राजधानीको नाम र ठाउँ प्रस्ताव गरिएकोमा स्वागत एवं सम्मान गछौ, भनिएको छ ।

बिज्ञप्तीमा आफ्नो क्षेत्र र भेग तर्फ राजधानी हुनुपर्छ भनेर माग गर्नु सामान्य मानिएपनि प्रदेश ५ को राजधानी भौगोलिक हिसावले प्रस्तावीत ठाउँलाई कुशलता पूर्वक यकिन गरी निर्णयार्थ संसदमा दर्ता गरिएको कार्यलाई ...


नेकपा सचिवालय बैठक शनिवार

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' को छलफल सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको छ। बैठक शनिबार बेलुका ४ बजे बस्नेछ।

प्रधानमन्त्रीले पार्टीसँग सल्लाह नगरी राजदूतहरू नियुक्त गरेको विषयले नेकपामा असन्तुष्टि सिर्जना गरेको छ। साथै, मन्त्रिपरिषद् पुनर्गठनको विषय पनि चर्चामा छ।

...

राप्रपाको महाधिवेशन वैशाख २५ देखि २८ सम्म, चुनाब चिन्ह 'हलो'

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन वैशाख २५ देखि २८ सम्म हुने भएको छ। राप्रपाको मंगलबार बसेको केन्द्रीय समितिको मंगलबार बसेको बैठकले एकता महाधिवेशन काठमाडौंमा गर्ने निर्णय पनि गरेको हो।

बैठकले राप्रपाको विधानलाई अन्तरिम विधान मानी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने कमल थापाले फेसबुकमार्फत जानकारी गराएका छन्। त्यस्तै, चुनावचिन्ह ‘हलो’ हुने, रातो, पँहेलो र निलो रंगको बीचमा ‘गाई’ रहेको झण्डा हुने पनि निर्णय गरिएको छ।

त्यस्तै, पार्टी एकता भएको ६ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा चुनाव चिह्नमा सहमति जुटेको छ। एकतालाई पूर्णता दिन सोमबार अध्यक्षत्रय पशुपतिशमशेर राणा, प्रकाशचन्द्र ...


पार्टी एकताका बाँकी काम पूरा गर्न ओली, प्रचण्ड र पौडेललाई १० दिनको समय

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले १० दिनभित्र पार्टी एकताका बाँकी काम पूरा गर्ने गरी अध्यक्षद्वय ओली-प्रचण्ड र महासचिव पौडेलले ठोस प्रस्ताव सचिवालय बैठकमा पेस गर्न १० दिनको समय दिने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीका अध्यक्षद्वय र महासचिवले १० दिन भित्र पार्टी एकताका काम पूरा गर्ने गरी प्रस्ताव पेस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टी एकता घोषणाको २ वर्षभन्दा बढी समय बितिसक्दा पनि पूरै काम सकिएको छैन।

बैठकले संवैधानिक निकायमा रिक्त पदमा संवैधानिक परिषदको बैठक छिटो ...


पेरिसडाँडामा बसेको नेकपा सचिवालयले तय गर्‍यो ४ कार्यसूची

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक समापन भएको छ। पेरिसडाँडामा ११ बजेदेखि बसेको बैठक ३ बजे समापन भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो।

स्थायी कमिटीका निर्णयलाई कार्यान्वयन गर्न सचिवालय बैठक बसेको हो। बैठकमा ४ कार्यसूचीबारे छलफल भएको पार्टीका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले जानकारी दिए।

'मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भएको छ। पुनर्गठनका सन्दर्भमा विभिन्न कोणबाट नीतिगत रूपमा सुझाव दिएको छ। व्यक्तिको नामबारे छलफल भएका छैन,' उनले भने। ...


नेकपाको सचिवालय बैठक पेरिसडाँडामा जारी

काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा जारी छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको थियो ।

पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल हुने बुझिएको छ ।

यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आइतबारका लागि सारिएको थियो । एक सचिवालय सदस्यका अनुसार स्थायी समिति बैठकको निर्णय अनुसार सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनकोे मापदण्डका बारेमा समेत छलफल हुनेछ ।

...

नेकपा सचिवालय बैठक आइतबारलाई सर्‍यो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शुक्रबार बस्ने भनिएको सचिवालय बैठक आइतबारका लागि सरेको छ।

बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको थियो। बैठक असोज ४ गतेका लागि सरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले बताए।

बैठकमा मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक निकायमा रिक्त रहेका पद, सांगठनिक एकतालगायतका विषयमा छलफल हुने जनाइएको थियो।

...

नेकपा सचिवालयको बैठक पहिलो पटक पेरिसडाँडामा, महरालाई पार्टीमा जिम्मेवारी दिइने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्ने भएको छ। नियमित सचिवालय बैठक बालुवाटारमा बस्दै आएपनि शुक्रबारको सचिवालय बैठक पेरिसडाँडा बस्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा‘जुगल’ले बताए।

कार्यकारी अध्यक्ष प्रचण्डले जिम्मेवारी पाएपछि सचिवालय बैठक पेरिसडाँडा बोलाइएको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराही भएपनि सचिवालय बैठक पेरिसडाँडा बोलाएको छ। सो बैठक नेकपाका कार्यकारी अध्यक्ष दाहालको अध्यक्षतामा बस्दैछ।

बैठकमा पूर्वसभामुख कृष्णबहादुर महारालाई पार्टीमा जिम्मेवारी दिने विषयमा समेत छलफल हुन सक्ने बताएको छ।

...

नेकपा नेतृत्वले जारी गर्यो अन्तरपार्टी निर्देशन (पूर्णपाठ सहित)

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँचौ अन्तरपार्टी निर्देशन जारी गरेको छ । पार्टीको हालै सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकपछि सो निर्देशन जारी गरिएको हो ।

स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबाट प्रस्तुत प्रस्तावका सम्बन्धमा गम्भिरतापूर्वक छलफल भएको थियो । बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको सोही निर्णयका आधारमा यो अन्तरपार्टी निर्देशन – ५ जारी गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठ


यस्तो छ ओली र प्रचण्डको कार्यविभाजन

काठमाडौं - नेकपाका दुई अध्यक्षको कार्यविभाजनबारे नेकपाले आफ्नो आन्तरिक सर्कुलरमा थप प्रष्ट पारेको छ । स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्ताव अनुमोदन गरेसँगै सोमबार पार्टीपंक्तिमा जारी गरिएको आन्तरिक सर्कुलरमा ओली र प्रचण्डको कार्यविभाजनबारे प्रष्ट पारिएको हो ।

‘पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्ण एवम् प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तर्विरोध उत्पन्न हुने गरेको छ । एउटा समस्या समाधान भएको केही समय नबित्दै नयाँ रूप र स्तरमा अर्को समस्या आइलाग्ने गरेको छ । यस अवस्थाको नकारात्मक प्रभाव समग्र पार्टी तथा ...


पार्टी सदस्यता नवीकरणको काम सुरु गर्दै नेकपा

काठमाडौं - नेकपा संगठन विभागको बैठक सकिएको छ। स्थायी कमिटी बैठककको निर्णय बमोजिम साविकका एमाले माओवादी केन्द्रको सदस्यता नवीकरणको काम सुरु गर्न निर्देशन दिएको संगठन विभाग सदस्य एवं केन्द्रीय सदस्य रेखा शर्माले बताइन्।

स्थायी कमिटी बैठकले मंसिरभित्र नवीकरणको काम सक्ने निर्णय गरेपछि संगठन विभाग आफ्नो काममा तातेको हो। पार्टीमा विभागलाई पूर्णता दिनुका साथै एकताको कामलाई तत्काल अघि बनाउने निर्णय भएको शर्माले बताइन्। चैत २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय भएपछि संगठन विभाग आफ्नो काममा लागेको हो।

नेकपा तत्कालीन एमालेको ४ लाख माओवादीको ३ लाख क्रियाशिल सदस्यता ...


प्रचण्डलाई नेकपा कार्यकारी अध्यक्षको जिम्मेवारी, चैतमा महाधिवेशन

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी अधिकार सहितको जिम्मेवारी दिने निर्णय गरेको छ ।

‘प्रधानमन्त्री सरकारका काममा केन्द्रित भएर अघि बढ्ने र प्रचण्डले कार्यकारी अधिकार सहित पार्टी नेतृत्वको लिने गरि कार्य विभाजन भएको छ।’ स्थायी कमिटी बैठकको समापन पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

पार्टी र सरकार बीचको अन्तरसम्बन्धमा समस्या देखिएको बैठकमा धारणा आएका थिए। सरकारका दैनिक कार्यमा पार्टीको हस्तक्षेप नहुने तर राष्ट्रिय महत्वका विषयमा पार्टीमा छलफल हुनुपर्ने निर्णय गरिएको छ।

सरकार र पार्टीको दुबै कार्यकारी पद प्रधानमन्त्री केपी ...


नेकपा स्थायी कमिटी बैठक सकियो, एमसीसी पारित गर्ने निर्णय

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को असार १० देखि जारी स्थायी कमिटी बैठक सकिएको छ। शुक्रबारको बैठकपछि बालुवाटारमा उपस्थित पत्रकारहरुलाई प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक अन्त्य भएको जानकारी दिए।

बैठकले आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' द्वारा पेश गरिएको प्रस्ताव पारित गरेको छ।

प्रस्तावमाथि माधव नेपाल, झलनाथ खनाल, माधव नेपाल, रघु पन्त, लिलामणि पोखरेल, भीम रावल लगायतका १३ जनाले धारणा राखेका थिए।

सदस्यहरुले उठाएका सुझावलाई पनि समेट्ने गरी प्रस्तुत प्रस्तावहरुलाई पारित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

शुक्रबारको बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी ओली सम्बोधन गरेका ...


नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल सहितको २२ भदौको बैठकमा भएको सहमतिअनुसार स्थायी कमिटी बैठक आज बस्न लागेको हो।

बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने बताइएको छ।

दुवै अध्यक्षले बुधबार साढे ३ घण्टा छलफल गरी स्थायी कमिटी बैठकमा पेस गर्ने एजेन्डा तय गरिसकेका छन्।

उनीहरुले विवाद समाधान कार्यदलले दिएका सुझावलाई आधार बनाएर प्याकेजमा सहमति गर्ने गरी स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्ताव तयार पारेका छन्। अध्यक्षद्वयले तयार गरेको ...


 नेकपा स्थायी कमिटी बैठकमा पेश हुने एजेण्डा तय

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा पेस गर्ने एजेन्डा तय गरेका छन्। बुधबार बिहान भएको परामर्शबाट स्थायी कमिटीमा पेश हुने एजेण्डा तयार गरिएको हो।

आगामी शुक्रबार बस्ने स्थायी कमिटी बैठकका लागि पेश गर्ने एजेण्डा सबै स्थायी कमिटी सदस्यलाई इमेलमार्फत् पठाएको नेकपा पार्टी कार्यालय एक सचिवले बताए।

सबै स्थायी कमिटी सदस्यहरुलाई स्थायी कमिटी बैठकका एजेण्डा पढेर सुझाव दिन आग्रह गरिएको एक स्थायी कमिटी सदस्यले बताए।

‘हामीलाई इमेलमार्फत् स्थायी कमिटी बैठकका एजेण्डा पठाइएको रहेछ’ ती स्थायी कमिटी सदस्यले भने, ‘एजेण्डाहरू के कस्तो ...


देउवालाई निर्णय फिर्ता गराउन पौडेल र सिटौलाको हातेमालो

काठमाडौं - सभापति शेरबहादुर देउवाले गरेका निर्णय फिर्ता गराउन संस्थापन इतरका दुई समूह पुनः एकै ठाउँमा उभिने भएका छन्।

मनोनित केन्द्रीय सदस्य र विभागमा नेता कृष्णप्रसाद सिटौला पक्षले भाग लिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग सम्बन्ध टाढिएको थियो। देउवाको पछिल्लो निर्णय क्रमले ‘महाधिवेशन प्रभावित पार्ने खेल’बुझेका दुवै पक्ष एकै स्थानमा उभिने भएका हुन्।

वरिष्ठ नेता पौडेल पक्षले सभापति देउवाको निर्णयविरुद्धमा निर्णय गर्न बोलाइएको शनिबारको भर्चुअल मिटिङमा सिटौला पक्षका नेताहरु पनि सहभागी भएका थिए। नेता गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरी भर्चुअल मिटिङमा सहभागी भएका थिए। शनिबारको ...


कार्यदलको प्रतिवेदनमाथि माधव नेपालको १५ बुँदे असन्तुष्टि

काठमाडौं - नेकपाभित्रको विवाद समाधान हुनेगरी महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाइएको कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा माधवकुमार नेपालले गम्भीर असन्तुष्टि जनाएका छन्। बिहीबार बसेको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनका १५ बुँदा टिपोट गरेर उनले आफ्नो असन्तुष्टि पोखेका थिए।

‘उहाँले प्रतिवेदनको १५ वटा बुँदालाई व्याख्या गर्दै आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको हो’, नेता नेपाल निकट एक नेताले भने।

नेता नेपालले आफ्ना असन्तुष्टिहरु सचिवालय बैठकमै राख्ने यसअघि उनका स्वकीय सचिव मोहन गौतमले फेसबुकमार्फत बताएका थिए। सोही अनुसार नेता नेपाल सचिवालय बैठकमा प्रस्तुत भएका थिए।

पार्टीभित्र बढ्दै गएको विवाद निरुपणका लागि गत साउन ३० ...


वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपा सचिवालयको निर्णय

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको रिक्त एक पदमा वामदेव गौतमलाई लैजाने निर्णय गरेको छ। सचिवालयको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने बताएका थिए।

'पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनुभयो', बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

गत फागुनदेखि नै राष्ट्रिय सभामा एक पद रिक्त छ। राष्ट्रपतिबाट मनोनित भएका युवराज खतिवडाको ...


पार्टी सदस्यको जिम्मा पार्टीले लिनुपर्छ : मेटमणि चौधरी

दिवाकर पोख्रेल, देउखुरी, भदौ - नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रिय सदस्य मेटमणि चौधरीले पार्टी सदस्यको जिम्मा पार्टीले लिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का लमही नगरपालिका वडा नम्बर ६ का पार्टी अध्यक्ष राजेन्द्र विक्रम शाहको निधन भएको १३ औं दिनको दिन आयोजित श्रन्दान्जली कार्यक्रममा केन्द्रिय सदस्य चौधरीले पार्टी सदस्य र उनको परिवार पार्टी परीवारकै भएको हुँदा  परिवारको व्यवस्थापनमा पार्टीले ध्यान दिनुपर्ने बताउनु भएको हो ।
संघीय साँसद समेत रहनु भएका केन्द्रिय सदस्य चौधरीले भन्नुभयो, हाम्रा पार्टी सदस्यको दुःखद निधन हुँदा परिवारमा पर्न गएको ...


रक्षा र गृहमन्त्री आइसोलेसन बसेपछि नेकपा सचिवालय बैठक ५ दिन पर सर्यो

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक ५ दिनका लागि सरेको छ। भदौ १३ गते बस्ने भनिएको नेकपा सचिवालय बैठक ५ दिन सारेर १८ गते बस्ने तयारी भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निकट स्रोतले जानकारी दिएको छ।

यसअघि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ताले १३ गते सचिवालय बैठक बस्ने सहमति गरेको थियो।

सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक स्थगित गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय ...


भदौ १३ गते सचिवालय बैठक बोलाउने सहमति गर्दै सकियो ओली-प्रचण्ड भेटवार्ता

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।

अध्यक्षद्वयबीच भदौ १३ गते बिहान ११ बजे सचिवालय बैठक बस्ने सहमति भएको छ।

यसअघि गत भदौ १ गते सचिवालय बैठक बसेको थियो। सो बैठकले कार्यदललाई अनुमोदन गरेको थियो। कार्यदलले गत शनिबार नै आफ्नो प्रतिवेदन बुझाइ सकेको छ। ‍अध्यक्षद्वयले अध्ययन गरिरहेको प्रतिवेदन सचिवालय हुँदै स्थायी कमिटीमा छलफल गराइने छ।

...

कार्यदलको प्रतिवेदनमाथि प्रचण्ड र ओलीबिच छलफल हुँदै (हेर्नुहोस पुरा प्रतिवेदन)

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता हुने भएको छ। बिहान ९ बजे तय भएको भेटमा दुवै अध्यक्षबीच नेकपा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ।

पार्टी विवाद समाधान गर्न दुई अध्यक्षले साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलले हप्तादिन लगाएर गत शनिबार प्रतिवेदन बुझाएको थियो। दुई अध्यक्षले प्रतिवेदनका विषयमा केन्द्रित भइ छलफल गर्ने जनाइएको छ।

कार्यदलले बुझाएको प्रतिवेदनमा सहमति भए सचिवालयबाट ...


नेकपा कार्यदलद्वारा अध्यक्षद्वयसमक्ष प्रतिवेदन प्रस्तुत

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरेको छ। आज भदौ ६ गते साँझ ४:४५ बजे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिएका छन्।

गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भु्साल सदस्य रहेको ६ ...


नेकपाले सोमबारका लागि बोलायो सचिवालय बैठक

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ। सोमबार बिहान ९ बजेका लागि बैठक बोलाइएको सचिवालयका एक सदस्यले बताए।

नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको छ। विष्णु पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे सदस्य छन्।

कार्यदलका सन्दर्भमा सचिवालयकै कतिपय सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्। असन्तुष्ट नेताहरुले कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने बताएका छन्।

सोमबारको सचिवालय बैठकले कार्यदल गठनको विषयलाई अनुमोदन गर्ने अनुमान गरिएको छ।

यसैबीच, कार्यदलको पहिलो बैठक शनिबार भैंसेपाटीको एक निजी ...


नेकपाभित्रकाे विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन

काठमाडौं - नेकपाभित्रकाे विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको छ। यसअघि विवाद मिलाउन लगातार छलफलमा सहभागी महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा कार्यदलमा छन्। यस्तै कार्यदलमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीम रावल र पम्फा भुसाललाई पनि राखिएको एक नेताले बताए।

कार्यदलमा ओली निकटबाट पौडेल र पोखरेल छन् भने प्रचण्ड निकटबाट शर्मा र भुसाल, वरिष्ठ नेता माधवकुमार नेपाल निकटबाट पाण्डे र रावललाई राखिएको छ।

पार्टी विवाद समाधान गर्न बिहीबारदेखि अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले लगातार छलफल ...


प्रचण्ड, खनाल, नेपालद्वारा केन्द्रीय सदस्यहरूसँग छलफल

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताले केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्। थापागाउँस्थित प्रेसिडेन्टल कलेजमा भेला भएर प्रचण्डसहितका नेताहरूले केन्द्रीय सदस्यहरूसँग पार्टीको विवाद समाधानका लागि सुझावसमेत मागेको बताइएको छ।

बिहीबार दिउँसो अध्यक्ष प्रचण्ड, नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताले प्रदेश ५ का केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन्।

प्रेसिडेन्टल कलेजमा भएको छलफलमा अध्यक्ष प्रचण्डसहितका नेताहरूले पार्टी विवाद समाधानका लागि सुझाव माग्ने काम भएको एक केन्द्रीय सदस्यले बताए।

बुधबार सोही कलेजमा प्रचण्ड र नेपाल समूहका नेताले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल ...


केन्द्रीय विभागहरु धमाधम विस्तार गर्दै देउवा (सूचीसहित)

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग विस्तार गरेका छन्। उनले कांग्रेस विधानको धारा २५ (९) अनुसार केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका हुन्।

गोपालमान श्रेष्ठ प्रमुख रहेको संगठन विभागमा झापाका विनकुमार विश्वकर्मालाई सचिवमा मनोनयन गरिएको छ भने अजयकुमार चौरसिया नेतृत्वको तराई-मधेश समन्वय विभागमा सप्तरीका श्रीप्रसाद राउतलाई उपप्रमुख चयन गरिएको छ।

यस्तै, वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, संघीय मामिला तथा प्रदेश समन्वय विभाग, मुस्लिम विभाग प्रमुख, स्थानीय तह समन्वय विभाग, निर्माण व्यवसायी समन्वय विभाग पनि ...


पार्टीको सम्भावित फुट रोक्न नेकपाका ६१ सांसदको हस्तारक्षर अभियान

काठमाडौं - नेकपाबाट प्रतिनिधि सभामा प्रतिनिनिधित्व गर्ने सांसदहरुले नेकपा शीर्ष नेतृत्वतहमा देखा परेको गम्भीर अन्तरविरोधले नेपाली आम जनता कार्यकर्ता मर्माहात भएको बताएका छन्।

नेकपा ६१ सांसदहरुले पत्रकार सम्मेलन गर्दै शीर्ष नेतृत्वमा देखापरेको अन्तरविरोधले नेपाली आमजनता, कार्यकर्ता मर्माहत भएको उल्लेख गरेका हुन्। उनीहरूले दुई तिहाई बहुमत प्राप्त कम्युनिस्ट पार्टीको एकता प्रक्रिया पूरा नहुँदै विग्रहतिर जाने सम्भावना बढेको औंल्याउँदै चिन्ता समेत व्यक्त गरेका छन्।

सिंगो नेपाली समाजको रुपान्तरण, राष्ट्रिय एकता, सबल अर्थतन्त्रको निर्माणर वैज्ञानिक समाजवादी दिशाको यात्रामा अविचलित पाइलाहरु अगाडि बढ्नु पर्ने उनीहरूको ठहर छ। यस्तै सहिद र लाखौँलाख ...


नेकपाका शीर्ष नेताहरुबीचको वार्ता सांझा ५ बजे

काठमाडौं - पार्टी विवाद मिलाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबीच आज मंगलबार पनि भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता हुने भएको हो। आजको वार्तामा नेता सुवास नेम्वाङ पनि सहभागी हुनेछन्। नेताहरुबीच साँझ ५ बजे भेटवार्ता गर्ने तय भएको जनाइएको छ।

यसअघि सोमबार र आइतबार पनि चारै नेताबीच छलफल भएको थियो। दुवै दिनको वार्ता सकारात्मक रुपमा अघि बढेको नेताहरुले बताएका छन्। सोमबारको बैठकमा अध्यक्ष प्रचण्ड तथा नेता खनालले पार्टी विवाद स्थायी कमिटी ...


ओली-प्रचण्ड भेट आजलाई सकियो, भोलि फेरी छलफल हुने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच बालुवाटारमा भएको छलफल सकिएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीचको छलफल सकारात्मक भएको बताइएको छ। छलफलमा नेता सुवास नेम्वाङ पनि सहभागी थिए।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष प्रचण्ड तथा नेता खनालले पार्टी विवाद स्थायी कमिटी बैठकबाट टुंगो लगाउनुपर्ने बताएका थिए। तर ओलीले पहिला सचिवालयले टुंगो लगाउनुपर्ने बताउँदै त्यसपछि स्थायी कमिटीमा लैजानुपर्ने धारणा राखेका थिए। ‘पार्टीमा पहिले मोटामोटी सहमति बनाऔं,’ ओलीकाे भनाई उद्धृत गर्दै एक नेताले भने।

अन्य नेताले ...


नेपालसँगकाे छलफलपछि प्रचण्ड र झलनाथ ओलीलाई भेट्न बालुवाटारमा

काठमाडाैं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालबीच छलफल भएकाे छ। प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच साेमबार बिहान करिव डेढ घण्टा छलफल भएकाे हाे।

छलफलपछि प्रचण्ड र खनाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका छन्। बालुवाटारमा तीन नेताबीचकाे छलफल जारी छ। बैठकमा अर्का नेता सुवास नेम्बाङ पनि सहभागी छन्।

आजको छलफलबाट पार्टीभित्रको विवाद समाधानका लागि एउटा निष्कर्षमा पुग्ने बताइएको छ। आइतबार पनि प्रधानमन्त्री ओली, प्रचण्ड र खनालबीच छलफल भएकाे थियाे। आइतबारको छलफल सकारात्मक बनेको बताइएकाे छ।

'छलफल निकै सकारात्मक भएको छ। ...


बालुवाटारमा जारी ओली, प्रचण्ड र खनालबीचकाे छलफल सकियाे

काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरुबीच बालुवाटारमा भएकाे छलफल सकिएकाे छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता झलनाथ खनालबीच बिहान करिव १० बजे सुरु भएकाे थियो ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि केही दिनदेखिकाे संवादहिनता तोड्दै आइतबार नेकपाका नेताहरुबीच छलफल भएकाे हाे। छलफलमा अर्का नेता सुवास नेम्वाङ पनि सहभागी थिए।

छलफलमा के के भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ ।

साउन १३ गते बोलाइएको ...


कांग्रेसले थप्यो ९ वटा भ्रातृ संस्थाको म्याद, पौडेलको आपत्ति

काठमाडौं - नेपाली कांग्रेसले पार्टीआबद्ध ९ वटा भ्रातृ संघको म्याद थप गरेको छ। कांग्रेसले आज विज्ञप्ति जारी गर्दै आगामी केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाका लागि म्याद थप गरेको हो।

म्याद थप हुनेहरुमा नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज छन्।

म्याद थपिएकोमा पौडेलको आपत्ति
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले निर्देशानुसार भन्दै भ्रातृसंस्थाको म्याद ...


केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै नेकपाका १ सय ५२ जना सदस्यले बुझाए पत्र

काठमाडौं - नेकपा केन्द्रीय सदस्यहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भेट्नका लागि समय नदिएपछि पार्टी केन्द्रीय कार्यालयमा पत्र बुझाएर फर्किएका छन्। पार्टीभित्रको विवाद मिलाउन केन्द्रीय कमिटी बोलाउन माग गर्दै १ सय ५२ जना केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्र बुझाएको केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए।

पार्टीमा विवाद बढ्दै गएकाले निर्णय गर्न केन्द्रीय कमिटी बैठक बोलाउन अध्यक्ष ओली र प्रचण्डलाई भेटेरै पत्र बुझाउन खोज्दा समय नदिएपछि पार्टी कार्यालयमा दर्ता गरेर फर्किएको उनले बताए।

केन्द्रीय सदस्यहरुले अध्यक्ष ओली-प्रचण्डलाई भेटेरै पत्र बुझाउन ...


पौडेल समूहले बोलायो आफूनिकट केन्द्रीय सदस्यको भेला

काठमाडाैं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरि केन्द्रीय सदस्यलाई मेसेज आएको पौडेलनिकट एक केन्द्रीय सदस्यले बताए।

महाधिवेशन कार्यतालिका प्रकाशित भइसकेपछि सभापति शेरबहादुर देउवाले विभाग गठन गरेकोप्रति पौडेल समूह रुष्ट छ। सभापतिको निर्णयप्रति आफ्नो समूहकाे असहमति औपचारिक रूपमा पारित गर्न पौडेल समूहले भेला बोलाएको हो। बैठकमा कार्यकाल सकिएको तरुण दल र साउन १६ मा कार्यकाल सकिने अर्को भातृ संस्था नेपाल विद्यार्थी संघको विषयमा समेत छलफल हुने जनाइएको छ।

संस्थापन पक्षले ...


वामदेवको प्रस्ताव : ओलीलाई पुरा कार्यकाल प्रधानमन्त्री, प्रचण्डलाई कार्यकारी अध्यक्ष

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी टुक्रनबाट रोक्न भन्दै दुवै अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन्।

उनले केपी ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्री रहने तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन्।

यस्तै, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने र प्रधानमन्त्रीका दैनन्दिन कामहरुमा पार्टीले हस्तक्षेप गर्न नहुने नेता गौतमको प्रस्ताव छ।

केपी ओली नै ५ वर्ष प्रधानमन्त्री ...


आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक स्थगित

काठमाडौँ - आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । आज ११ बजे हुने भनिएको पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले बैठक स्थगित भएको थापाले जानकारी दिएका छन् ।

नेकपामा देखिएको आन्तरिक विवाद झन पेचिलो बन्दै गइरहेको छ । आज बस्ने स्थायी कमिटीको बैठकबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ...


नेकपा स्थायी कमिटी बैठक आज

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक आज बस्दैछ। यसअघि साउन ६ मा बसेको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि केहीबेरमै टुंगिएको थियो।

पार्टीमा विवाद चर्किएपछि गत असार १० देखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ। सहमतिका प्रयासहरु भए पनि सफल हुन सकेको छैन।

आज पनि स्थायी कमिटी बस्नुअघि दुई अध्यक्षहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेर सहमतिको प्रयास गर्ने बताइएको छ। त्यसपछि बैठक बस्ने या नबस्ने तय हुने नेताहरुले बताएका छन्।

...

स्थायी कमिटी बस्नु अघि ओली र प्रचण्डबीच छलफल हुँदै

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच भेट हुने भएकाे छ। पार्टीमा जारी विवाद समाधानका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुन लागेकाे हाे।

ओलीसँगकाे छलफलका प्रचण्ड बालुवाटार जाँदै छन्। बालुवाटार जानुअघि प्रचण्डले बहुमत सचिवालय सदस्य र केही स्थायी कमिटी सदस्यसँग आगामी रणनीतिबारे अनाैपचारिक छलफल गरेका थिए।

नेकपाकाे स्थायी कमिटी बैठक बिहान ११ बजेका लागि डाकिएकाे छ। साउन ६ गते स्थायी कमिटी बैठक स्थगित भएयता दुई अध्यक्षले एक पटकमात्र छलफल गरेका छन्। साउन ९ गते १ ...


स्थायी कमिटी बैठकअघि दुवै अध्यक्षले गरे आफूनिकटका सदस्यसँग छलफल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे बस्दैछ। बैठक बस्नुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू निकट सचिवालय सदस्य र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन्।

प्रचण्डले बालुवाटार जानुअघि बहुमत सचिवालय सदस्य र केही स्थायी कमिटी सदस्यसँग आगामी रणनीतिबारे अनाैपचारिक छलफल गरेका छन् भने ओलीले पनि प्रचण्डलाई भेट्नुअघि आफू निकट सचिवालय र केही स्थायी कमिटी नेताहरुसँग छलफल गरेका छ्न्।

असार १० देखि सुरु भएकाे नेकपा स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग ...


गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निष्काशित

काठमाडौं - गत निर्वाचनमा तनहुँ-१ मा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलको बागी बनेर चुनावी मैदानमा उत्रिएका गोविन्दराज जोशीलाई कांग्रेसले कारबाही गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता जोशीसहित ३ जनालाई पार्टीबाट निष्काशनको कारबाही गरेको हो। यसरी कारबाही भोग्नेमा, पुस्करनाथ ओझा र रामबहादुर विष्टसमेत छन्।

पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ।

पूर्वमन्त्री एवम् कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निष्कासन गरिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवालाई कैलाली-५ बाट ...


सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए सामूहिक राजीनामा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले सामूहिक राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल थापासहित ३१ जनाले सामूहिक राजीनामा दिएको हुन् ।

राजीनामा दिनेमा थापासहित केन्द्रीय नेताहरु विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई,आशाराम चौधरी,चन्द्र कुमार घुण्डे गुरुङ,श्रीमती राज्य लक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा,राम पदारथ शाह, बिरेन्द्र लाल कण, नारायण राउत रहेका छन् ।

यस्तै राजीनामा दिनेमा जिल्ला तहका नेताहरुमा इन्द्र बहादुर तामाङ्ग,राज कुमार भट्टराई,डम्बर बहादुर राई, माधव पौडेल, अर्जुन विक्रम थापा,हरेन्द्र प्रसाद ...


स्थायी कमिटी बैठकमा प्रतिवेदन पेश गर्ने प्रचण्ड-नेपाल समुहको तयारी

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले अब बस्ने स्थायी कमिटी बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेका छन्।

यसअघि असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पेश गर्ने एजेण्डामा अध्यक्ष केपी ओली र प्रचण्ड सहमत हुन नसक्दा प्रतिवेदन पेश हुन सकेको थिएन।

पार्टीमा विवाद कायमै भएपछि प्रचण्ड–नेपालपक्षले साउन १३ मा बस्ने स्थायी कमिटीमा प्रतिवेदन पेश गर्ने गरी गृहकार्य थालेको एक स्थायी कमिटी सदस्यले बताए। ‘हामीले अब बस्ने स्थायी कमिटीमा आफ्नोतर्फबाट प्रतिवेदन पेश गर्ने तयारी गरेका छौं,’ ती सदस्यले ...


नेकपा स्थायी कमिटी बैठक साउन १३ सम्मलाई स्थगित

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मलाई स्थगित भएको छ। मंगलवारको बैठक केही बेर बसेर स्थगित भएको हो।

बैठकले प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाउनेप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सहभागी भएका थिएनन्। उनको अन्य काम रहेकाले उपस्थित नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

...

समान धारणा बनाएर एक ठाउँमा उभिने प्रचण्ड समुहको निर्णय

काठमाडाैं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा बसेको पूर्वमाओवादी पक्षीय स्थायी समिति सदस्यहरुको भेला सकिएको छ। पार्टीभित्रको विवादमा पूर्व खेमाको समान धारणा बनाउने र एक ठाउँमा उभिनेबारे भेलामा छलफल भएको एक नेताले जानकारी दिए।

भेलामा पूर्वमाओवादी खेमामा रहेका १८ स्थायी समिति सदस्यमध्ये लेखराज भट्ट बाहेक बाँकी सबै सहभागी थिए। बिहान केहीबेर बसेर निस्किएका गृहमन्त्री रामबहादुर थापा 'बादल' बैठक सकिने बेलामा फेरि खुमलटार पुगेका थिए।

प्रचण्डलाई अर्का अध्यक्ष ओलीले मंसिरमै महाधिवेशन गरेर पार्टीको एकल अध्यक्ष बनाउने प्रस्ताव गरेपछि त्यसलाई स्वीकार गर्ने कि नगर्ने भन्ने अलमलमा परेका ...


फेरी सारियो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः सरेको छ। बैठक आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो। तर, ६ गते ११ बजेको लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा भनिएको छ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामा माग भएपछि बैठक बस्न सकेको छैन। अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले पनि निष्कर्ष निकाल्न सकेको छैन।

शनिबार बसेको सचिवालय बैठकले आइतबारको स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको थियो।

...

सचिवालय बैठकमा कुनै पनि सहमति भएको छैन :प्रचण्डको सचिवालय

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा कुनै पनि सहमति नभएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले स्षष्ट पारेको छ। शनिबार राती प्रचण्ड सचिवालयकी गंगा दाहालले फेसबुकमा स्टाटस अपडेट गर्दै अध्यक्षद्वयबीच कुनै पनि सहमति नभएको स्पष्ट पारेकी हुन्।

पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरुमा छलफल भएको कुनैपनि विषयमा सहमति नभएको गंगा दाहालले लेखेकी छन्। पार्टीको महाधिवेशन लगायतका विषयहरु छलफलकै क्रममा रहेकाले भ्रममा नपर्न समेत प्रचण्ड सचिवालयले स्पष्ट पारेको छ।

'आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु(महाधिवेशन लगायतका)मा छलफल भएतापनि कुनैपनि विषयमा ...


फेरी सारियो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि सारिएको छ। असार २६ मा एक साता स्थगित गर्दै शुक्रबार बिहान ११ बजेको लागि तय गरिएको थियाे। ११ बजे बैठक बस्न नसकेपछि दिउँसो ३ बजेका लागि सारिएकाे थियाे। ३ बजेकाे पनि बैठक स्थगित गर्दै आइतबार दिउँसाे ३ बजेलाई नयाँ मिति तय गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति खोज्नका लागि बालुवाटारमा बैठक बसेको थियो। दुई अध्यक्षबीचमा मतान्तर कायमै रहेपछि बैठक सारिएको हाे।

यसअघि स्थायी कमिटीको बैठक ६ पटक सारिएको थियो।

...

नेकपा स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित

काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठक फेरि स्थगित भएकाे छ। आज ११ बजेका लागि तय भएकाे बैठक दिउँसाे ३ बजेसम्मका लागि स्थगित भएकाे हाे।

गत असार २६ गते स्थागित भएको बैठक सातदिनपछि शुक्रबार बिहान ११ बजेका लागि बोलाए पनि चार घण्टा पर सारिएको नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

पार्टीभित्र विवाद बढ्दै गएपछि सहमति हुन नसकेपछि लगातार स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ। बैठक अघि अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल जारी छ।

नेकपा स्थायी कमिटीकाे बैठक असार १० गतेदेखि सुरु ...


ओली, प्रचण्ड र नेपालबीच छलफल हुँदै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि उपयुक्त उपाय पत्ता लाग्न नसकेको बेलामा केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ।

अध्यक्षद्वयको पटकपटको एक्लाएक्लै भेटले समस्या समाधानको सूत्र पत्ता लगाउन सकेको थिए। बुधबार पनि उनीहरुबीच भेट भएको थियो। तर, निष्कर्ष ननिस्किएपछि नेता नेपाल सहित भेटवार्ता गर्ने तय भएको थियो।

‘साढे ११ बजे ओली, प्रचण्ड र नेपालबीच भेट्ने तय भएको छ’, प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने।

नेकपाको जारी स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपाभित्रको विवाद ...


बालुवाटारमा नेकपा अध्यक्षद्वयको वार्ता आज पनि विना निस्कर्ष सकियो

काठमाडौं - बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वान टु वान वार्ता सकिएको छ। नेकपा भित्रको विवाद समाधान गर्न करिव ३ घण्टा लामो वार्ता भएपनि आज पनि कुनै सहमति भने जुट्न सकेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बुधबार दुई अध्यक्षबीच हिजो अस्तिकै निरन्तरता स्वरुप छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

‘आज झण्डै ३ घण्टा वार्ता भयो । भोलि पुन बस्नेगरी अध्यक्षयद्वय उठ्नुभएको छ’, सापकोटाले भने, ‘भोलिका लागि समय भने तय भइसकेको छैन ।’

यसअघि नेकपाभित्रको विवाद ...


जसपाले पायाे निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको छ। आइतबार दिउँसो निर्वाचन आयोगले उक्त दल दर्ता भएको प्रमाणपत्र जसपालाई प्रदान गरेको हो।

जसपाका नेता शिवजी यादव र केशव झाले दल दर्ता भएको प्रमाणपत्र बुझेका छन्। निर्वाचन आयोगको गत बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय गरेको थियो।

गत बैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो। एकीकरणपछि घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते आयोगमा आवश्यक कागजात बुझाएको थियो।

दुई पार्टी राजपा र ...


नेकपा स्थायी कमिटी बैठक थप ७ दिनसम्मका लागि स्थगित

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक थप सात दिनलाई स्थगित भएको छ। अघिल्लो बिहीबार बसेको बैठक पटकपटक स्थगित हुँदै आज बिहान ११ बजे बस्ने तय भएको थियो।

बैठक सात दिन स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विटरमार्फत जानकारी दिएका छन्।

‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केकाको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित’, श्रेष्ठले ट्विट गरेका छन्।

नेकपामा विवाद ...


जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं - जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी गठन भएको थियो।

आयोगले बुधबार दल दर्ता गर्ने निर्णय गरेको हो। 'दल दर्ता भयो', आयुक्त दिनेश थपलियाले भने, 'अब राजपत्रमा प्रकाशन गर्छौं।'

वैशाख १० राति दुई पार्टीबीच एकता भएपछि ११ गते दुई पार्टीका तर्फबाट दल दर्ताका लागि निवेदन दिइएको थियो।

 

...

‘वान टू वान’ संवादका लागि प्रचण्ड बालुवाटारमा

काठमाडौं - नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘वान टू वान’ संवादका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ भर्खरै बालुवाटार पुगेका छन्। पार्टीभित्रको विवाद मिलाउन ओली-प्रचण्ड विगत तीन दिनदेखि निरन्तर संवाद गर्दै आएका छन्।

गत आइतबार प्रधानमन्त्री ओलीले संवादमा महासचिव विष्णु पौडेल र शंकर पोखरेललाई राखेका थिए भने अर्का अध्यक्ष प्रचण्डले ऊर्जा मन्त्री एवं स्थायी कमिटी सदस्य वर्षमान पुन र जनार्दन शर्मालाई राखेका थिए।

संवादमा अरु नेताहरुलाई राख्दा विवादको विषयवस्तु गिजोलिने भन्दै दुई अध्यक्षले मात्रै संवाद सुरु गरेका थिए। ओली-प्रचण्डले सोमबार र मंगलबार वान टू वान वार्तासमेत ...


नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं - नेकपा स्थायी कमिटीको बैठक आगामी बुधबारसम्मका लागि स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै बैठक स्थगित गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचकाे वार्ता बालुवाटारमा जारी छ। स्थायी कमिटीको बैठक स्थागित गरेर दुई अध्यक्ष वार्तामा बसेका हुन्।

दुई अध्यक्षबीचको वार्ता बिहान ९ बजेपछि सुरु भएको पार्टी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। पार्टीभित्र उत्पन्न विवाद साम्य गर्न दुई अध्यक्षबीच वार्ता भएकाे हाे।

यसअघि भएका वार्तामा सहमति पहिल्याउन नसकेपछि स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको ...


भोलि बस्ने गरि उठ्यो ओली-प्रचण्ड बैठक, सहमति खोज्न चार सदस्यीय कार्यदल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीचकाे वार्ता भोलि फेरि बस्ने गरी सकिएको छ। दिउँसो साढे १२ बजेदेखि सुरु भएको बैठक साढे एक घण्टा चले पनि निष्कर्षमा पुग्न सकेन।

दुई नेताको छलफलमा सहमती ननिस्किएपछि सहमति खोज्न अघोषित रुपमा कार्यदल बनाई जिम्मेवारी दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। उक्त कार्यदलले पार्टीमा बढ्दै गएको विवाद समाधान हुनेगरी सहमतिको विन्दु खोज्नेछ।

कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् । प्रचण्डका तर्फबाट ऊर्जामन्त्री ...


नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शनिबारका लागि बोलाइएको स्थायी कमिटि बैठक स्थगित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै बैठक २२ असारसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्। 

यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप आन्तरिक छलफल गर्नेगरी बिहीबारकाे स्थायी कमिटि बैठक एक दिनका लागि स्थगित गरिएको थियो।

पार्टीमा विवाद बढ्दै गएपछि स्थायी कमिटी बैठक स्थगित गरिएको हो। जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको राजीनामा मागिएपछि विवाद चर्किएको छ।

बैठक स्थगित गर्ने भएपछि ...


नेकपाका दुई अध्यक्ष बीचको वार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीचको वार्ता निष्कर्षविहीन भएको छ।
प्रधानमन्त्री निवासमा भएको भेटमा दुवै पक्षले आ–आफ्नो पक्षका धारणा राखेर बैठक सकिएको बताइएको छ।

शुक्रबार सहमतिको बिन्दु पहिल्याउन नसेकपछि दुई अध्यक्ष शनिबार स्थायी कमिटीको बैठकअघि फेरि भेट्ने भएका छन्। बैठक तीन घन्टाभन्दा बढी समय चलेको थियो।

प्रधानमन्त्री ओलीले दुवै पद छोड्नुपर्ने अडानमा ओलीइतर समूह छ। प्रधानमन्त्री ओलीले भने दुवै पद आफूसँगै राखेर अन्य विषयमा सहमति खोज्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप आन्तरिक छलफल गर्नेगरी ...


नेकपा स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित

काठमाडौँ - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दुई पटक बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन्।

बैठक चलिरहेका बेला मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि बैठक रोकिएको थियो।

बैठक रोकेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए।

राष्ट्रपतिसँग झन्डै १ घन्टा छलफल गरेर प्रचण्डले फेरि बालुवाटारमा बैठक सुरू गरेका थिए। फेरि सुरू भएको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित थिएनन्।

फेरि सुरू भएको बैठकमा प्रचण्डले आफ्ना कुरा राखेपछि बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित ...


नेकपा एमाले गठनका लागि पाँच सय बढीको हस्ताक्षर, २१ जनाको कार्यसमिति (नामसहित)

काठमाडौं - दल दर्ताको लागि निवेदन दिएको ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी’ अर्थात नेकपा एमालेमा आबद्ध हुनको लागि ५ सयभन्दा बढीले हस्ताक्षर गरेका छन्।

असार १२ गते दल दर्ताका लागि दिएको निवेदनमा पाँच सयभन्दा बढीले हस्ताक्षर गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। उनीहरु सबैको नागरिकताको फोटोकपी भने पेश नगरिएको उनले बताए। 'पछि भेरिफिकेसनका बेला बुझाए पनि हुन्छ', उनले भने।

पार्टीको घोषणापत्र, नियमावली, पार्टीको झन्डा, चिह्न बुझाइएको श्रेष्ठले बताए। आयोगले दलको कानुनी वैधानिकता हेरिरहेको उनले बताए। 'ऐन कानुन बमोजिम छ कि छैन भन्ने हेर्न बाँकी ...


प्रस्तावित एमालेकी अध्यक्ष माेरङकी सन्ध्या तिवारी

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा हलचल ल्याउने गरी निर्वाचन आयेगमा दर्ता भएको दल नेकपा एमालेकी अध्यक्ष मोरङकी भएको खुलेको छ। मंगलबार बसेको नेकपाको बैठकमा उनी झापाकी भएको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेकपा केन्द्रसँग एकिकरण भएको एमाले ब्युताउने प्रयास भएको भन्दै आलोचना भएको थियो।

तर दल दर्ताका लागि निर्वाचन आयोगमा पेश भएको विवरण अनुसार दलकी अध्यक्ष रहेकी सन्ध्या तिवारी मोरङको विराटनगर महानगरपालिका–६ की भएको खुलेको छ। असार १२ मा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले निवेदन दिएका थिए। दल दर्ताका ...


निर्वाचन आयोगमा एमाले दर्ताको निवेदनले स्थायी कमिटि बैठकमा खैलाबैला

काठमाडौं - निर्वाचन आयोगमा एमाले दर्ताको निवेदनले बालुवाटारमा चलिरहेको स्थायी कमिटि बैठकमा खैलाबैला मच्चिएको छ । उता झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा गएको आयोगले पुष्टि गरेको छ ।

बैठक चलिरहेका बेला एमाले दल दर्ताको निवेदन कसको निर्देशनमा निर्वाचन आयोगमा गएको हो भनेर प्रचण्डले नै सुरुमा प्रश्न गरे । उनले प्रधानमन्त्रीनिकट कानुन व्यवसायीले नेकपा एमाले ब्युँताउने निवेदन तयार पारेको सूचना आफूले पाएको बताएका थिए ।

जारी बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको ...


पुरानै क्रियाशील सदस्य कायम गरेर तोकिएको मितिमै महाधिवेशन गर्ने विकल्पमा कांग्रेस

काठमाडौं - कोभिड–१९ का कारण महाधिवेशन कार्यतालिका प्रभावित बनेपछि कांग्रेसमा यसअघिकै क्रियाशील सदस्यलाई कायम राखेर तोकिएको मितिमै महाधिवेशन गर्ने विकल्प अघि सारिएको छ। पार्टीको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० सम्मका लागि तय गरिएको छ। महाधिवेशन कार्यतालिका नियमित रुपमा अघि बढेको भए क्रियाशील सदस्यता छानबिन समितिले गरेका निर्णयमा उजुरी गर्ने समय यतिखेर थियो। क्रियाशील सदस्यको सूची साउन २५ सम्म तयार गरिसक्नुपर्ने कार्यतालिका थियो।

गत फागुन १५ सम्म पार्टी संरचनाहरु समायोजन सकेर क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्यतालिका बनाइएको थियो। निर्वाचन समितिलाई तीन पटक ...


कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक मंगलबारका लागि बोलाएको छ। १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो। कोभिड १९ ले महाधिवेशन कार्यतालिका प्रभावित भएपछि परिमार्जनका लागि केन्द्रीय समिति बैठक बोलाइएको जनाइएको छ।

आइतबार बसेको शीर्ष नेताको बैठकले मंगलबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो। माघ २९ को केन्द्रीय समितिले तय गरेको तल्लो कार्यसमितिको अधिवेशन कोरोना संक्रमणसँगै रोकिएको थियो।

आगामी फागुन ७ देखि १० का लागि तोकिएको महाधिवेशन समयमा नै हुनेगरी केन्द्रीय समितिले सदस्यता वितरण र नविकरणसहित तल्लो तहका अधिवेशनको नयाँ ...


कांग्रेसले बोलायो शीर्ष नेताको बैठक, महाधिवेशनको नयाँ कार्यतालिका बनाउने

काठमाडौं - नेपाली कांग्रेसले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका बनाउन शीर्ष नेताको बैठक बोलाएको छ।

कोभिड-१९ का कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि नयाँ कार्यतालिकामा छलफल गर्न शीर्ष तहका नेतालाई बैठकका लागि बोलाइएको छ। दिउँसो २ बजे बोलाइएको बैठकमा पदाधिकारी,पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्य सहभागी हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

२०७७ फागुन ७ देखि १० सम्मका लागि तय गरिएको १४ औं महाधिवेशनको कार्यतालिका कोभिड-१९ ले प्रभावित बनेको छ। यसअघि सक्नुपर्ने क्रियाशील सदस्यता वितरणको कार्य कोभिड-१९ कै कारण रोकिएको छ।

केन्द्रीय महाधिवेशन तोकिएको समयमै गर्ने गरि ...


नेकपा स्थायी कमिटी बैठक १६ गतेसम्मका लागि स्थगित

काठमाडौँ - नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ। पत्रकारहरूसंग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक दुई दिन स्थगित गरिएको जानकारी दिए ।

'भोलि मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र पर्सी १५ असार दहि चिउरा खाने दिन भएकोले अर्को बैठक पर्सि असार १६ गते ११ बजे पुन: बालुवाटारमै बस्ने छ' - प्रवक्ता श्रेष्ठले भने।

शुक्रबार स्थायी कमिटी बैठकमा नगएका प्रधानमन्त्री केपी ओली शनिबार ५ मिनेटमै स्वास्थ्यस्थिति अनुकूल नभएको भन्दै बाहिरिएका थिए।

शनिबार सीमाबारे स्थायी कमिटीमा छलफल भएको थियो। २१ जना स्थायी कमिटी ...


यस्ता छन् असार १० गते बस्न लागेको नेकपा स्थायी कमिटी बैठकका एजेन्डा !

काठमाडौं - नेकपा स्थायी कमिटी बैठक दुई पटकसम्म स्थगित भई असार १० गते बस्न लागेकाले नेताहरुमा चासो बढेको छ। गत मंसिर २९ पछि पहिलो पटक बस्न लागेको हो। यसबीचमा धेरै घटना चर्चामा आएकाले पनि बैठकमा प्रस्तुत हुने एजेन्डा चासोको विषय बनेको छ।

बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्ने राजनीतिक दस्तावेजलाई नेताहरुले केन्द्रमा राखेर हेर्ने भएका छन्। अध्यक्षद्वयले चित्त बुझ्दो दस्तावेज ल्याउन नसके स्थायी कमिटीका नेताहरुले फरक दस्तावेज ल्याउने चेतावनी दिइसकेका छन्। पार्टी नेताहरुलाई चित्त बुझ्दो दस्तावेज ल्याउनुपर्ने चुनौती अध्यक्षद्वयलाई छ।

बैठकमा कुन-कुन एजेन्डा ...


नेकपाले बोलायो असार १० गतेका लागि स्थायी कमिटी बैठक

काठमाडौं - नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ। असार १० गते बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको नेकपा कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। कुन विषय र कति दिन भन्ने चाही नतोकिएको उनले बताए।

‘हामीलाई बैठक बोलाउन सूचित गरेपछि नेताहरुलाई खबर गर्न थालेका छौं, सबै स्थायी कमिटी नेताहरुलाई एसमस र फोन मार्फत जानकारी दिन्छौं’ ढकालले भने ।

बैठकमा एमसिसीका विषयमा छलफल हुन सक्ने नेताहरुले बताएका छन्।

यस अघि बैशाख १० गते २० स्थायी कमिटी नेताहरुले स्थायी कमिटी नेताहरुले अध्यक्ष केपी ओली र प्रचण्डलाई पत्र लेखेर ...


आइतबारका लागि बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ- एमसिसीका विषयमा छलफल गर्न बोलाएको सचिवालय बैठक स्थगित भएको छ। आइतबारको सचिवालय बैठकमा एमसिसीका विषयमा छलफल गर्न बैठक बोलाएपनि स्थागित भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

एमसिसीका विषयमा छलफल गर्नका लागि बोलाइएको सचिवालय बैठक यसअघि पनि स्थगित गरिएको थियो। जेठ २८ गते सचिवालय बैठक बोलाएपनि प्रधानमन्त्री केपी ओलीको कार्यव्यस्तताका कारण स्थगित भएको थियो।

आइतबार दिउँसो ४ बजे बोलाइएको सचिवलाय बैठक भने प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण स्थगित गरिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ।

...

एमसिसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ। बेलुका ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसिसीबारे छलफल हुने बताइएको एक नेताले जानकारी दिए।

नेकपाले एमसिसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलका सदस्यहरुलाई पनि आमन्त्रित गरिएको छ। गत माघ २० मा गठन भएको कार्यदलमा झलनाथ खनाल, प्रदीप कुमार ज्ञवाली र भीम रावल सदस्य थिए। खनाल सचिवालय सदस्य नै हुन् भने बाँकी दुई आमन्त्रित सदस्यको रुपमा सहभागी हुनेछन्।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडा पनि सहभागी हुनेछन्।

एमसिसी सम्झौतालाई संसदबाट अनुमोदन गर्नुपर्ने समय नजिकिँदै जाँदा सत्तारुढ दलभित्र विवाद ...


राप्रपाले विस्तार गर्‍यो केन्द्रीय समिति

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो कार्यसमिति विस्तार गरेको छ। राप्रपाको विधान अनुरुप तीनै जना अध्यक्षको सहमतिमा कार्यसमिति विस्तार गरिएको हो।

पहिलो चरणमा ३ सय २७ जनाको केन्द्रीय कार्यसमिति, ८२ जनाको कार्यसम्पादन समिति, १३ जनाको सचिवालय कार्यव्यवस्था समिति गठन गरिएको राप्रपाले जनाएको छ।

उच्चस्तरीय केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा वरिष्ठ नेता विश्वबन्धु थापा नियुक्त भएका छन्।

...

कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकार असफल : कांग्रेस

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ। सोमबार राति अबेर सकिएको केन्द्रीय समिति बैठकले कोरोना महामारीमा सरकारको गैरजिम्मेवारीपन देखिएको बताएको हो।

‘कोरोना महामारीमा सरकारको गैरजिम्मेवारीपन, अर्कमन्यता, अक्षमता र भ्रष्टाचारको विरूद्धमा संघीय संसद तथा प्रदेश सभा र जिल्लामा सक्रिय/सशक्त रूपले प्रस्तुत हुने निर्णय भएको हो,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना महामारी नियन्त्रण गर्न चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको उनले जानकारी दिए।

‘कोरोना महामारी नियन्त्रण गर्न यसका अल्पकालीन र दीर्घकालीन नकरात्मक प्रभाव न्यून गर्न, ...


महन्थ ठाकुरले आफु माथि राख्न नमानेपछि बाबुराम झरे नयाँ पार्टीको चौथो बरियतामा

काठमाडौँ - जनता समाजवादी पार्टीले वरियता विवादको किचलोका बाबजुद् निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ।

पार्टी दर्ताको निवेदन दिन आइतबार साँझ पाँच बजेपछि जसपाका शीर्ष नेताहरू कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय पुगेका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बनेको नयाँ दल दर्ताका लागि सूचना दिएको ४५ दिन पुगिसकेकाले उनीहरूले आजै पार्टी दर्ताको निवेदन दिनुपर्ने बाध्यता थियो।

जनता समाजवादी पार्टीका नेता शिवजी यादवले दुई अध्यक्ष र तीन जना बरिष्ठ नेता रहने गरी पार्टी दर्ताको निवेदन दिएको जानकारी दिए। सुरूमा पार्टीमा एक जना संघीय परिषद् ...


जनता समाजवादी पार्टीमा बाबुराम, महन्थ र उपेन्द्र अध्यक्ष

काठमाडौँ - जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष रहने भएका छन्। वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता गर्ने सहमति भएको थियो ।

आइतबार दुबै पार्टीका शीर्ष नेताहरूबीच बालकुमारीस्थित पार्टी कार्यालयमा भएको छलफलमा तीन अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने सहमति जुटेको हो। सहमति अनुसार पार्टीमा एक जना संघीय परिषद अध्यक्ष र दुई जना केन्द्रीय परिषद अध्यक्ष रहनेछन्।

संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई तथा केन्द्रीय परिषद अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको छ ।

त्यस्तै पाँच जनाको पदाधिकारी बनाउने पनि सहमति ...


रहस्यमय दासढुंगा घटनाको अन्वेषण गर्ने ओली–प्रचण्डको प्रतिवद्धता

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ बर्ष अघि भएको दासढुंगा प्रकरणकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन् । २७ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो बर्षगाठको सन्दर्भमा आज जेठ ३ गते दुवै अध्यक्ष ओली र प्रचण्डले संयुक्त वक्तव्य जारी गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् ।

जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो ।

‘यी दुई लोकप्रिय नेताको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुखद् ...


अध्यक्ष ओली नआउने भएपछी नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं - बुधबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सहभागी हुन नसक्ने भनेपछि बैठक स्थगित भएको छ।

‘महामारी धेरै बढ्यो। मेरो स्वास्थ्यमा पनि समस्या भयो’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, 'म बैठकमा आउँदिनँ। तपाईंहरु नै चलाउने भए चलाउनुस्। मचाहिँ उपस्थित हुन्न।'

उनका अनुसार, प्रधानमन्त्रीले आफूलाई सन्चो नभएको र बैठक-बैठक भन्ने प्रवृत्ति पनि मन नपरेको बताएका थिए।

बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा देशभरबाट स्थायी ...


नेकपा स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे धुम्बाराहीमा

काठमाडौँ - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक बस्नेछ।

यसअघि २० जना स्थायी कमिटी सदस्यले लिखित रूपमा बैठक बोलाउन माग गरेका थिए।

नेकपाको विधानमा तीन महिनाको अन्तरमा बैठक बस्नुपर्ने उल्लेख छ।

गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक राख्ने निर्णय गरे पनि अन्तिम समयमा स्थगित गरिएको थियो।

बैठकमा पेश गर्ने एजेन्डामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा मिलेको थिएन।

एजेन्डा तय गर्न ...


स्थायी कमिटीका एजेन्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै !

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। भोलिदेखि सुरु हुने पार्टीको स्थायी कमिटीमा पेस गर्ने एजेन्डाबारे छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो।

गत वैशाख २० गतेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने र त्यसअघि २४ गते दिउँसो ३ बजे सचिवालय बैठक बस्ने बताएका थिए।

सरकारले गत वैशाख ८ गते ल्याएको दुई अध्यादेशपछि नेकपामा पछिल्लो विवादको सूत्रपात भएको थियो। सचिवालय बैठकमै प्रधानमन्त्रीको राजीनामा समेत मागिएको थियो। शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले आत्मालोचना गरेको भनिए ...


स्थायी कमिटीका लागि प्रस्ताव तयार गर्ने जिम्मा प्रचण्ड र विष्णु पौडेललाई

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले पाएका छन् ।

सोमबार बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलपछि कार्यकारी अध्यक्ष र महासचिवले प्रस्ताव तयार पार्ने भएका हुन् । अब अध्यक्ष र महासचिवले शनिबार बसेको सचिवालय बैठकको सहमति र भावनाअनुसार प्रस्ताव तयार पार्ने छन् ।

बालुवाटारमा सोमबार भएको दुई अध्यक्षवीचको भेटमा गत मंसिर ४ गतेको सहमतिमै फर्किने गरी त्यसको व्यवहारिक कार्यान्वयनको मोडालिटीसमेत तयार भएको स्रोतले जनायो ।

मंसिर ४ ...


राजपा र समाजवादी पार्टीबिचको एकता अनुमोदन

काठमाडौं - राष्ट्रिय जनता पार्टीले समाजवादीसँगको एकतालाई अनुमोदन गरेको छ। पार्टीको अध्यक्ष मण्डलको बैठकले राजपा र समाजवादीबीचको एकताको सहमति पत्रलाई सर्वसम्मत अनुमोदन गरेको हो। अनुमोदनको लागि गत बैशाख १६ गते राजपा अध्यक्ष मण्डलको बैठक बसेको थियो।

दुवै पार्टीबीच गत बैशाख १० गते मध्यरातमा एकताको सहमति पत्रमा हस्ताक्षर भएको थियो। सहमतिपत्रमा राजपाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव तथा शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन्। समाजवादीका तर्फबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई तथा राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए।

सहमति पत्रमा राजपा अध्यक्ष मण्डका बाँकी सदस्यहरु राजकिशोर ...


तत्काल स्थायी कमिटी बैठक बोलाउन दवाव दिने नेपाल समूहको निष्कर्ष

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा बसेको नेकपा नेताहरुको बैठकले तत्काल स्थायी समितिको बैठक बोलाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ। शनिबार साँझ नेपाल निवासमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको हो। उनले आइतबारै दिउँसो आफू निकट स्थायी कमिटीका सदस्यहरुसँग पनि छलफल गरेका थिए।

करिब २ घन्टा चलेको छलफलमा स्थायी कमिटीका नेताहरुले प्रधानमन्त्री ओली पार्टी बैठक टार्ने खेलतिर लागेको निष्कर्षमा पुगेको बताएका थिए। छलफलमा सहभागी एक नेताका अनुसार तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा भेला पुगेको छ।

स्थायी कमिटी बैठक ओलीले टार्दै गए ...


नेकपा अध्यक्षद्वय स्थायी कमिटी बैठक बोलाउन सहमत

काठमाडौ - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ स्थायी कमिटी बैठक बोलाउन सहमत भएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली प्रचण्डबीच भएको छलफलपछि तत्काल स्थायी कमिटी बैठक बोलाउने सहमति भएको एक ओली निकट नेताले बताए। तर कहिलेदेखि बैठक बोलाउने भन्ने विषयमा मिति र समय तोकिएको छैन।

‘अध्यक्षद्वय ओली-प्रचण्ड कमरेडको भेटघाट भयो। भेटघाट एकदमै हार्दिकताका साथ भयो।’ ती नेताले भने, ‘स्थायी कमिटी बैठक बोलाउने समय पनि भइसकेकाले तत्काल बोलाउने भन्ने सहमति भएको छ।’ राजनीतिक दलसम्बन्धी अध्यादेश पारित भएपछि गत बुधबार नेकपाका २० स्थायी ...


समाजवादी पार्टी फुट नजिक,  ७ सांसदको गोप्य भेला

काठमाडौं - समाजवादी पार्टी नेपाल फुटाउन सरकारले सहयोग गर्ने संकेत मिलेपछि मधेस केन्द्रित दुई दल मध्यरात एक भएका छन्। तर पार्टी फुट्ने खतरा भने टरेको छैन। संघीय संसदमा ४० प्रतिशत सांसद पुर्‍याएर बसेको समाजवादीको अर्को समूहले घोषणा गरिसकेको छैन तर अझै फुटको घोषणा गर्न सक्ने सम्भावना कायम छ।

समाजवादीका ७ सांसदको गोप्य भेला भइरहेको बुझिएको छ। समाजवादी पार्टीकी उपाध्यक्ष रहेकी सांसद रेणु यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेका छन्।

समाजवादी र ...


राजपा र समाजवादीबीच एकीकरण, नयाँ पार्टीको नाम 'जनता समाजवादी'

काठमाडौं - राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकताको सहमतिपत्रमा हस्ताक्षर भएको छ। बुधबार दुवै पार्टीका शीर्ष नेताहरुको छलफलले एकीकरणको विषय टुंगो लगाएको हो। सरकारले दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएको पर्सिपल्टै दुई दलबीच एकता भएको छ।

एकताको सहमतिपत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख छ। त्यस्तै, एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल (People's Socialist Party, Nepal) हुने छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातार हरियो रंगको बिचमा तारा हुने छ। साथै, एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै ...


राजपा संयोजकमा शरतसिंह भण्डारी

काठमाडौं - राष्ट्रिय जनता पार्टीमा बुधबारदेखि नयाँ संयोजकले जिम्मेवारी सम्हाल्दैछन्। महेन्द्रराय यादवको अध्यक्षतामा मंगलबार बसेको सो पार्टीको बैठकले अध्यक्ष मण्डलको नयाँ संयोजकमा शरतसिंह भण्डारीलाई तोकेको हो।

२०७४ बैशाखमा मधेस केन्द्रित ६ पार्टीबीच एकता भइ गठन भएको राजपामा लामो समयसम्म महन्थ ठाकुर संयोजक भएका थिए। एकताकै बेला चक्रिय प्रणाली अपनाउने भनिए पनि २०७५ मंसिरसम्म ठाकुर एकल संयोजक भएका थिए।

२०७५ मंसिरमा भने बहुमत अध्यक्षहरुले संयोजक परिवर्तन गरेका थिए। त्यतिबेला राजेन्द्र महतो नयाँ संयोजक बनेका थिए। त्यसपछि भने प्रत्येक दुई महिनामा संयोजक परिवर्तन हुँदै आएका छन्।

...

पार्टी एकतापछि राप्रपाका तीन अध्यक्षले गरे पदाधिकारी मनोनयन

काठमाडौं - राप्रपाका अध्यक्षत्रयले सहमतिका आधारमा पार्टीको अन्तरिम विधानअनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्।

अध्यक्षहरु कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले राप्रपाको सचिवालय प्रमुखमा भास्कर भद्रा(ललितपुर) र ध्रुव बहादुर प्रधान(नवलपरासी) तथा कोषाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङ(कैलाली) र गणेश चन्द(बैतडी) लाई मनोनयन गरेका हुन्।

राप्रपा र राप्रपा संयुक्तबीच गत फागुन २४ गते एकताको आधारपत्रमा हस्ताक्षर गरी फागुन २८ गते एकताको घोषणा भएको थियो। राप्रपामा पार्टी एकतापछिको यो पहिलो मनोनयन हो।

आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गर्ने निर्णय गरेको र अन्य पदहरुमा पनि यथासक्य चाँडो मनोनयन ...


दुई राप्रपा एक हुँदै, एकता घोषणा आज !

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच बुधबार (आज) एकीकरणको औपचारिक घोषणा हुँदैछ। राष्ट्रियसभा गृहमा दिउँसो साढे १२ बजे विशेष कार्यक्रमका बीच एकता घोषणा हुन लागेकाे राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

शनिबार राति पार्टी एकताकाे सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले हस्ताक्षर गरेका थिए। लामो समयको छलफल र वार्तापछि दुइ पार्टीबीच एकता घोषणा हुन लागेको श्रेष्ठले बताए। घाेषणा सभालाई राप्रपाका तीनै जना नेताहरु कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति ...


दुई राप्रपाबीच एकीकरणको तयारी

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकीकरण गर्न दुई पार्टीका नेताहरूले अन्तिम गृहकार्य गरेका छन्। एकीकृत पार्टीका नाम, चुनाव चिह्न र झण्डाका विषयमा करिब करिब सहमतिनजिक पुगेको दुवै पार्टीका नेताले जनाएका छन्। राप्रपाका प्रवक्ता भुवन पाठकका अनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी हुनेछ। चुनाव चिह्नबारेमा ‘उपयुक्त समयमा उपयुक्त निकायबाट निर्णय हुनेछ,’ भनी सहमति गरिएको छ।

यसैगरी, केन्द्रीय समिति, पदाधिकारीलगायत एकीकृत पार्टीका सबै निकायमा ५५/४५को भागबन्डा गरिने छ, जसअनुसार ५५ प्रतिशत भाग राप्रपाले पाउने छ भने ४५ प्रतिशत राप्रपा(संयुक्त)ले पाउनेछ। एकीकृत पार्टीमा ...


देउवा फेरी एक्लै अगाडी बढे, पौडेल समूहद्वारा बैठक बहिष्कार

काठमाडौं - महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्‍यो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे।

पार्टी सभापति एकलौटी रुपमा अगाडि बढ्न खोजेको भन्दै पौडेल समूह थप चिढियो। शीर्ष नेताहरुबीच माघ १० गते महाधिवेशनको आन्तरिक कार्यतालिका परिमार्जनलगायत भ्रातृसंस्थामा भागबण्डा गर्ने विषयमा सहमति भएपछि कांग्रेसभित्रको विवाद मत्थर भएको थियो। तर डेढ महिना नपुग्दै कांग्रेसभित्र फेरि पुरानै विवाद बल्झिएको छ।

सभापति देउवाले कार्यकालको अन्तिममा केन्द्रीय विभाग गठन, केन्द्रीय सदस्य मनोनीत गर्नुका साथै ...


महाधिवेशनको तयारीमा राप्रपा, ४ हजार ५ सय प्रतिनिधि हुने

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएकाे छ। राप्रपा अध्यक्ष कमल थापाले चुस्त, व्यवस्थित र प्रभावकारी महाधिवेशनको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका हुन्।

पार्टीको केन्द्रीय सचिवालय, निर्वाचन समिति, संगठन, आर्थिक र सूचना प्रविधि विभागको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले समय सीमाभित्र तोकिएको कार्य सम्पन्न गर्न र नियमित अनुगमन गर्न समेत आग्रह गरे। तल्लो तहको अनुशिक्षण बैठक तत्काल सम्पन्न गर्न र सक्रिय सदस्यता अभियानलाई प्रभावकारी बनाउन थापाले आग्रह गरे।

राप्रपाको पछिल्लो संशाेधित विधानअनुसार यसपटकको महाधिवेशन सक्रिय सदस्यताको आधारमा हुनेछ। तोकिएको न्यूनतम सक्रिय ...


नियमित कार्यकाल सकिनु दुई दिनअघि देउवाले गरे विभाग गठन

काठमाडौं - नियमित कार्यकाल सकिनु दुई दिनअघि सभापति शेरबहादुर देउवाले विभाग गठन गरेका छन्। उनले शनिबार एक दर्जन विभागमा प्रमुख मनोनीत गरेका हुन्। ४७ मध्ये १३ विभागमा प्रमुख मनोनीत गरिएको छ।

पार्टी विधानअनुसार महाधिवेशनको दुई महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। संगठन विभागमा गोपालमान श्रेष्ठ, संघीय मामिला तथा प्रदेश समन्वयमा रमेश रिजाल, मुस्लिममा फरमुल्लाह मन्सुर र स्थानीय तह समन्वयमा अर्जुनप्रसाद जोशी मनोनीत भएका छन्।

सभापति देउवाले वित्तीय तथा सहकारी संस्था समन्वयमा आनन्दप्रसाद ढुंगाना, तराई–मधेस समन्वयमा अजयकुमार चौरसिया, यातायात व्यवसायी समन्वयमा महेन्द्र यादव, तरुणमा शंकर भण्डारीलाई जिम्मेवारी तोकेका छन्। आदिवासी ...


नेकपामा ध्रुवीकरण : ओली अडानमै, दबाब दिँदै प्रचण्ड-नेपाल !

काठमाडौं - नेकपा वरिष्ठ नेता माधव नेपालले गत सोमबार आफ्नै निवासमा संविधान संशोधन कार्यदलको बैठक बोलाए। कार्यदलका सदस्यद्वय सुवास नेम्बाङ र खिमलाल देवकोटासँग कार्यदलका विषयमा छलफल चल्दै गर्दा नेता नेपालको मोबाइलमा ‘इमेल’ आयो।

इमेल पठाएका थिए, नेता वामदेव गौतमले। गौतमले संविधान संशोधनको ‘ड्राफ्ट’ नै इमेल गरेका थिए। ‘ड्राफ्ट आयो, यसमा थपघट गरेर छिटो गरिदिनुपर्‍यो’ भन्ने सन्देश आयो भन्दै नेपालले कार्यदलका सदस्यद्वयलाई सुनाएका थिए।

नेम्बाङ र देवकोटाले कार्यदल गठनबारे पार्टीको आधिकारिक निर्णय, संविधान संशोधनको ‘टीओआर’ र संशोधन पारदर्शी हुनुपर्ने अडान राख्दै कार्यदल बहिष्कारको सन्देश दिए।राष्ट्रियसभाका सांसद पनि प्रधानमन्त्री ...


दाङ पुगेर महराले भनेः राष्ट्रियताको पक्षमा उभिने आर्सिवाद दिनुस

दिवाकर पोख्रेल
देउखुरी, फागुन १२ गते । पूर्वसभामुख कृष्णवहादुर महरालाई दाङमा पार्टी कार्यकर्ता एवं शुभचिन्तकहरुले भव्य स्वागत गरेका । दाङ प्रवेस गर्दा भालुवाङमा नेता कार्यकर्ताले बाजागाजा सहित स्वागत गरेका गरेका थिए । त्यसैगरी सिसहनियाँ र लमहीमा पनि नेता कार्यकर्ता सहित शुभचिन्तकहरुले फुलमाला लगाएर भव्य स्वागत गरिएको थियो ।
लमहीमा महरा आउँदा लाइनमा बसेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता र शुभचिन्तक हरुले फुलमाला सहित स्वागत गरेका हुन । स्वागत पछी पुर्व सभामुख महराले आफु सधै दङगाली र नेपाली जनतासंग जोडिएर काम गर्ने प्रतिबद्धता ...


कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाएको बैठकमा पार्टीको नियमावलीका साथै क्रियाशील सदस्यता छानविन समिति गठनका विषयमा छलफल हुनेछ।

त्यसका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा दायर मुद्दाका विषयमा पनि छलफल हुनेछ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलविरुद्ध मुद्दा दायर नगरेर अख्तियारले पूर्वाग्रह राखेको भन्दै कांग्रेसले सडक र सदन अवरुद्ध गर्दै आएको छ। त्यस विषयमा ...


देउवा फेरि पनि सभापतिको उम्मेदवार बन्ने

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पुनः सभापतिको प्रत्यासी बन्ने भएका छन्।

सार्वजनिक रुपमा देउवाले महाधिवेशनको सभापतिको उम्मेदवार घोषणा नगरेपनि आफू निकटका नेताहरुसँग देउवाले मुख खोलिसकेका छन्। देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले १४ औं महाधिवेशनमा पार्टी सभापतिले पुनः सोही पदमा उम्मेदवारी दिने जानकारी गराए।

आफू निकटका नेताहरुसँग देउवाले पुनः सभापति बन्ने घोषणा गरिसकेका हुन्। साउदले भने, ‘अहिले उम्मेदवार सार्वजनिक गर्ने बेला भइसकेको छैन। सभापतिले फेरि पनि त्यहि पदमा उम्मेदवारी दिने हामीहरुसँग बताउनुभएको छ।’ देउवाले पुनः एकपटक सभापतिमा दोहिरिने इच्छा राखेको साउदले जानकारी ...


नेकपा केन्द्रीय कमिटी बैठक : १५ समूह मध्ये कसले के धारणा राखे ?

समूह : १
संयोजक : आनन्द पोखरेल
उपसंयोजक : उर्मिला अर्याल

समूहका २९ केन्द्रीय सदस्यमध्ये १३ जनाले छलफलमा भाग लिए । मुख्यतः अमेरिकासँगको सम्झौता एमसिसी, सरकारको काम र पार्टीको समीक्षामा प्रश्नहरू उठे । समूहका संयोजक पोखरेलका अनुसार एमसिसीमा मुख्य तीन विषय उठे, ‘१. सम्झौताअनुसार एमसिसी पास हुनुपर्छ । २. परिमार्जन गरेर पास गर्नुपर्छ । ३. कुनै हालतमा पारित गर्नु हुँदैन ।’ एमसिसी सन्दर्भमा पूर्वकानुनमन्त्री अजयशंकर नायकले परिमार्जनसहित पारित गर्नुपर्ने धारणा राखे ।

समूह : २
संयोजक : कमला रोका

२८ मध्ये २१ ले बिहीबार धारणा राखेका छन् । यो समूहमा पनि एमसिसी नै मुख्य विषय ...


नेकपा केन्द्रीय समिति बैठक : प्रतिवेदनमाथि टिप्पणी गर्न १५ वटा समूह

काठमाडौ - बुधबारदेखि सुरु भएको नेकपा केन्द्रीय समितिमा आज समूहगत छलफल सुरु हुँदैछ। अध्यक्षद्वय र महासचिवको प्रतिवेदनमा टिप्पणी गर्न १५ वटा समूह गठन गरिएको छ।

उनीहरुले छलफल गरेर सामूहिक प्रतिवेदन बनाउँदै अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको संगठन र विधानको प्रतिवेदनमा टिप्पणी गर्नेछन्। शुक्रबारको पूर्ण बैठकमा समूह नेताले त्यसलाई प्रस्तुत गर्ने छन्।

समूहहरुले अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले पेश गरेको सांगठनिक र विधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल गर्ने छन्।

...

नेकपा केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु, यस्ता छन् एजेन्डा !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बुधबार (आज)देखि सुरु हुँदैछ। बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्न लागेकाे हाे।

पार्टी एकतापछि केन्द्रीय कमिटीकाे याे दोस्रो बैठक हाे। केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन्। पार्टी कार्यालयको हलमा सबै अट्न सम्भव नभएकाले सभागृह बुक गरिएको नेकपाले जनाएकाे छ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन्। विधानअनुसार ६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीले गरेका निर्णय पनि अनमुमोदन हुनेछन्।

तत्कालिन एमाले र माओवादी ...


पार्टी भित्र देखिएको गतिरोध हटाउन देउवा तयार !

काठमाडौँ - केन्द्रीय कार्यसमितिको बैठकमा २६ मंसिरदेखि देखिएको गतिरोध हटाउन बुधबार कांग्रेस शीर्ष नेताबीच छलफल भएको छ । सभापति शेरबहादुर देउवा गतिरोध हटाएर सहमतिमा अघि बढ्न तयार भएको छलफलमा सहभागी नेताले बताएका छन् ।

एक ठाउँमा बसेर छलफल गर्ने वातावरण बनेको छलफलमा सहभागी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए । ‘विश्वासको वातावरण भत्केको थियो । कम्तीमा सँगै बसेर छलफल गर्ने वातावरण बनेको छ,’ सिटौलाले नयाँ पत्रिकासँग भने, ‘निष्पक्ष महाधिवेशन गर्ने, भातृ संस्थाको छिट्टै महाधिवेशन गर्नेसहित विषयमा सहमति गरेर जान सभापति तयार हुनुभएको छ ।’

सभापति देउवाले ७ फागुन ०७७ मा सुरु हुने १४औँ ...


नेकपा सदस्यता नवीकरण तीन महिनाभित्र गर्नुपर्ने

काठमाडौं - आगामी ०७७ चैत मसान्तभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पार्टीमा गरेको सत्तारुढ दल नेकपाले संगठित सदस्यता नवीकरण र अभिलेखीकरणका लागि तीनमहिने कार्यविधि तय गरेको छ।

केन्द्रीय संगठन विभागले बनाएको कार्यविधिलाई सचिवालयले अनुमोदन गरेर कार्यान्वयन गर्न पठाएको नेकपाले जनाएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको हस्ताक्षरपछि पार्टीले ‘विशेष परिपत्र ७’ मार्फत् कार्यविधि पार्टी पंक्तिमा पठाएको छ। केन्द्रीय कार्यालयसँग संगठित सदस्यको आधिकारिक अभिलेख छैन। साबिक एमाले र माओवादी केन्द्रको एकतायता नेकपाले संगठित सदस्यता नवीकरण गर्न सकेको छैन।

अब उसले तत्कालीन एमाले र माओवादीमध्ये साबिक कुन ...


देउवा, पौडल र सिटौलाबीचको छलफल सकारात्मक

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीचको छलफल सकारात्मक दिशामा अघि बढेको छ। सभापति देउवा निवास बुढानीलकण्ठमा आइतबार साँझ देउवा, पौडेल र सिटौलाबीच पार्टीभित्र देखिएको विवाद सहमतिबाट हल गरेर जाने निष्कर्षमा पुगेको हो।

आफूहरूसँग परामर्श नै नगरी केन्द्रीय समितिले १४औं महाधिवेशनको कार्यतालिका ल्याएको भन्दै पौडेल र सिटौला समूहको दुरी पार्टी संस्थापनसँग बढेको थियो। सो दुरी कम गर्न सभापति देउवाले छलफल डाकेका थिए।

बैठकमा सहभागी पार्टी केन्द्रीय सदस्य रमेश लेखकका अनुसार सहमतिबाटै अघि बढ्ने निष्कर्षमा छलफल टुंगिएको छ।

'पार्टी वरिष्ठ नेता ...


सभापति देउवालाई जिल्ला सभापतिले बुझाए पाँच बुँदे सुझाव

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानी रहेका पार्टीका जिल्ला सभापतिसँग बिहीबार आफ्नै निवास बूढानीलकण्ठमा ‘लन्च मिटिङ’ गरेका छन्।

असन्तुष्ट पक्षको आयोजनामा कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित तीन दिने भेलामा सहभागी जिल्ला सभापतिलाई देउवाले निवासमै भेट दिएका हुन्। तीन दिनको भेलापछि देउवा निवास बूढानीलकण्ठ पुगेका जिल्ला सभापतिले देउवालाई पाँच बुँदे सुझाव बुझाएका छन्।

जिल्ला सभापतिको भेला संस्थापन पक्षबाट भएका एकपक्षीय निर्णय सच्चाउन संगठित दबाब दिने निष्कर्षसहित बुधबार सम्पन्‍न भएको थियो। भेलामा भएको छलफलको विषय र सुझावसमेत समेटेर लिखित रुपमा सभापति देउवालाई सभापतिले परामर्शपत्र बुझाएका हुन्। पत्रमा ...


कांग्रेसमा देउवाइतर समूहले बाेलायाे जिल्ला सभापतिहरुको भेला

काठमाडाैं - नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज जिल्ला सभापतिहरुको भेला बोलाएको छ। सभापति शेरबहादुर देउवा पक्षले बहुमतको आधारमा केन्द्रीय समितिबाट निर्णय गरेपछि संस्थापन पक्षको निर्णयविरुद्ध जिल्ला सभापतिको भेला बोलाइएको हाे। जिल्ला सभापतिहरुबाट परामर्श लिनका लागि भेला बोलाइएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए।

महाधिवेशनकाे मिति तय, भातृ संस्थाको कार्यकाल थप, विभागको संख्या बढाउने केन्द्रीय समितिको निर्णयलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले विरोध गर्दै आएका छन्। पौडेल पक्षको गत साताको बैठकले जिल्ला सभापतिहरुको भेला गर्ने निर्णय गरेको थियो।

केन्द्रीय कार्यालयमा भेला डाकिएको ...


देउबाले बोलाएको पौडेलद्वारा बहिस्कार

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गरेका छन् । देउवाले बुधबार साँझ पदाधिकारीहरुको बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाएका थिए । तर पौडेल अनुपस्थित रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पौडेल समूहले २६ मंसिरबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो । लामो वार्तामा पनि सहमति जुट्न नसकेपछि संस्थापन समूहले बहुमतका आधारमा निर्णय गरेको छ । यसले पौडेल समूहलाई थप रुष्ट बनाएको छ ।

पौडेल समूहले भोलि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा समेत नजाने बताएको छ । भोलिको ...


अन्ततः पेलेरै अघि बढे देउवा, पौडेल समूहको धारणा सार्वजनिक गर्ने तयारी !

काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिक पुग्दै लाग्दा देउवा एक्लैले पार्टीमा महत्वपूर्ण निर्णय लिएका हुन्।

केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या ४७ पु¥याउने, चौधौं महाधिवेशन २०७७ फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप्ने लगायत विभिन्न नौ वटा निर्णय गरेको छ। बैठक वरिष्ठ नेता पौडल, महामन्त्री शशांक कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेका थिए।

केन्द्रीय कार्यसमितिको म्याद ...


विवाद अन्त्य नभएपछि कांग्रेस बैठक फेरि स्थगित

काठमाडाैं - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्न सकेन। पार्टीभित्रको विवाद अन्त्यका लागि पुस १० गतेसम्मको लागि बैठक स्थगित गरिएको छ।

मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन सकेको थिएन। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बहिष्कार गरेपछि संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको दुई दिन बैठक बसेको थियो।

विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन सकेको छैन। संस्थापन पक्षका मात्रै नेताहरु सहभागी केन्द्रीय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले ४१ विभाग बनाउने प्रस्ताव गरेका थिए।

संस्थापन इतर समूहले विभाग गठनको ...


कांग्रेसभित्रको किचलो उत्कर्षमा : पौडेल पछि सिटौला समूहको पनि गुटगत भेला गर्ने तयारी

काठमाडौं - नेपाली कांग्रेसभित्रको किचलो झनै थपिएको छ। सहमतिनजिक पुगेको बताइएको दुई पक्षीय वार्ता बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले ब्रेक लागेको छ।

१४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको बैठकमा पेश गर्न माग गर्दै आएको पौडेल पक्षले थप माग कार्यान्वयनको अडान लिएपछि विवाद बढ्दै गएको छ। संस्थापन र पौडेल पक्षका नेताहरु सम्मिलित कार्यदलको बैठकले करिब सहमतिनजिक पुगेको बताइरहँदा बुधबारको पौडेल निवासमा भएको बैठकले सहमतिलाई टाढा पुर्‍याइदिएको छ।

तेश्रो धारका नेता कृष्णप्रसाद सिटौलासमेत सहभागी बैठकले इतरसमूहका नेताहरु एक स्थानमा हुने आन्तरिक तयारी समेत गरेको छ। भ्रातृ संस्था ...


कांग्रेस विवाद सहमति तर्फ : महाधिवेशनको कार्यतालिका ल्याउन देउबा पक्ष तयार

काठमाडौँ - १४औँ महाधिवेशनको कार्यतालिका ल्याउन कांग्रेस संस्थापन पक्ष तयार भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठक बहिष्कार गरेपछि संस्थापन पक्ष ०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भएको हो ।

दुई पक्षको वार्ता टोलीले निरन्तर छलफल गरी अब बस्ने केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति तोकेर कार्यतालिका ल्याउने गरी विषय साँघुरिएको वार्ता टोलीका सदस्य हृदयराम थानीले जानकारी दिए । मंगलबार नेता प्रकाशमान सिंहको घरमा दुईपक्षीय वार्ता टोलीबीच छलफल भएको थियो । मंगलबार नै सिंहले नेता कृष्णप्रसाद सिटौलासँग पनि आफ्नै निवासमा छलफल गरेका थिए ।

‘हामी निरन्तर छलफलमा ...


नेकपाको स्थायी कमिटी बैठकमा कसले के भने ?

काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सोमबार १२ जनाले आफ्नो धारणा राखेका छन् । बैठकमा बोल्ने १२ नेतामध्ये युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल र छविलाल विश्वकर्माले समावेशी–समानुपातिक सहभागिताको संवैधानिक, कानुनी र पार्टी विधानको व्यवस्थालाई कडाइका साथ लागू गर्न माग गरे । सामूहिक नेतृत्व प्रणाली स्थापित गर्नुपर्ने तथा एक व्यक्ति : एक मुख्य जिम्मेवारीको नीतिलाई तल्ला कमिटीसम्म लागू गर्नुपर्नेमा उनीहरूको जोड छ । नेतृ शाक्य र भुसालले पदाधिकारीमा पनि महिलाको प्रतिनिधित्व हुनुपर्ने भन्दै ध्यानाकर्षण गराए ।

अष्टलक्ष्मी शाक्यको ...


नेकपाको समिक्षा : धरान र चितवनको हार पार्टीलाई विशेष धक्का

काठमाडौं - उपनिर्वाचनको समीक्षा गर्दै नेकपाले धरान उपमहानगरपालिका र चितवन जिल्लामा मुख्यतः भरतपुर महानगरपालिकाको १६ नं. वडाको पराजयले पार्टीलाई विशेष धक्का दिएको बताइएको छ।

नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीमा पेश गरेको प्रतिवेदनमा भक्तपुर-१ क मा पराजय भने नेपाली कांग्रेस र राप्रपाबीचको गठबन्धनले भएको उल्लेख छ।

एक प्रतिनिधि सभा सदस्य, तीन प्रदेश सभा सदस्य र ४८ स्थानीय तहका रिक्त स्थान समेत गरी जम्मा ५२ स्थानका लागि भएको उप-निर्वाचनको परिणामले पार्टीलाई समेत केही गम्भीर प्रश्न र शिक्षा दिएको बताइएको छ ।

भनिएको छ, 'समग्र परिणामलाई ...


कांग्रेस विवाद उत्कर्षमा : पौडेल र सिटौला समूहद्वारा बैठक बहिष्कार !

काठमाडौं - उपनिर्वाचनका बेला एकढिक्का देखिएको कांग्रेसभित्र एकाएक विवाद चर्किएको छ। संस्थापनइतर समूहले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ। यससँगै कांग्रेसभित्रको गुटगत किचलो सतहमा आएको हो।

१४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग राखी वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला समूहले बैठक बहिष्कार गरे। ‘केन्द्रीय विभाग गठन र संख्या बढाउने प्राथमिक विषय होइन। अब महाधिवेशनमै जोड दिनुपर्छ’, बैठक बहिष्कारपछि नेता पौडेलले सञ्चारकर्मीसँग भने, ‘हामीले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्छ भन्यौं। उहाँहरू सहमत हुनु भएन। बहुमतमा पेलेरै निर्णय गर्ने हो भने किन बैठकमा बसिरहनुपर्‍यो ...


विधान संशोधन गरेर वामदेव गौतमलाई उपाध्यक्ष बनाउने तयारी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को करिब एक वर्षपछि स्थायी कमिटी बैठक बैठक बस्ने भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको बैठक २९ मंसिरमा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले पार्टी उपाध्यक्षको पद थप गर्नेलगायतका निर्णय गर्नेछ ।

सचिवालय बैठकले गत साउनमा विधान संशोधन गरेर वामदेव गौतमलाई उपाध्यक्ष बनाउने तयारी गरे पनि स्थायी कमिटी बैठकले उनलाई उपाध्यक्ष बनाउने वा नबनाउने भन्नेबारे अनिश्चित रहेको छ ।

सोमबारको बैठकले विधान संशोधन प्रस्ताव गरी विधानमा उपाध्यक्ष पद सिर्जना गरी मंसिर ...


नेकपा सचिवालय बैठकको निष्कर्ष : 'उपनिर्वाचनमा कहीँ अन्तर्घात भएको छैन'

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचनमा अन्तर्घात नभएको निष्कर्ष निकालेको छ। यद्यपी निर्वाचनका विषयमा औपचारिक समिक्षाको जिम्मा भने निर्वाचन भएका सम्बन्धित कमिटीहरुलाई दिइएको छ।

‘बैठकमा उपनिर्वाचनका विषयमा जानकारी गराइएको थियो। हामीलाई भएको सामान्य जानकारी अनुसार कहीँ अन्तर्घात भएको छैन,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। तर, सचिवालयले यस विषयमा औपचारिक निर्णय गर्न सम्बन्धित वडा, नगर, प्रदेश र जिल्ला कमिटीहरुको समिक्षा कुर्ने भएको छ।

दाङको एक वडामा विद्रोही उम्मेदवार उठेर जितेकोमा त्यही बेला कारबाही भइसकेको उनले जानकारी गराए। पार्टी सदस्यबाट निष्काशित गरिसकेकाले सचिवालयले ...


प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक धुम्बाराहीमा जारी

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि नेकपाको सचिवालय बैठक बसेको पहिलो पटक हो । यही मंसिर ४ गते नेकपाले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको थियो ।

पार्टी सचिवालय बैठकबाट कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि उत्साहित बनेका प्रचण्डले स्थायी कमिटी बैठक आह्वान गर्ने तयारी गरेका छन् । विधान अनुसार तीन-तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक एक वर्षदेखि बस्न सकेको छैन ।

बुधबारको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको ...


यी हुन् कांग्रेसले थप गर्न लागेका ९ वटा विभाग

काठमाडौँ - कार्यकाल सकिन तीन महिना बाँकी छँदा कांग्रेस सभापति शेरबहादुर देउवा विभाग गठनको तयारीमा लागेका छन् । कांग्रेस विधानअनुसार हाल २८ विभाग भएकामा सभापति देउवा कम्तीमा नौवटा नयाँ विभाग थप्ने योजनामा छन् । उनी ठूला विभागलाई फुटाएर नयाँ विस्तार गर्ने तयारीमा छन् ।

नौवटा विभागको नामावली तयार पारी बाँकी विभाग थप गर्ने विषयमा उपनिर्वाचनलगत्तै टुंगो लाग्ने कांग्रेसले जनाएको छ । जनसम्पर्क समिति, वैदेशिक रोजगार, आप्रवासन, वन तथा वातावरण विभाग, महिला, सामाजिक सुरक्षा, आर्थिक, सम्पर्क र केन्द्रीय निर्वाचन समिति पार्टीले थप गर्न लागेका विभाग हुन् ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले ...


नेकपा निर्णय : प्रचण्डलाई कार्यकारी अध्यक्ष, केपी ओली पाँचै वर्ष प्रधानमन्त्री

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको कार्यकारीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। त्यस्तै, नेकपाले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ ।

नेकपा सचिवालयको बुधबार बसेको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार केपी शर्मा ओली यो संसद रहँदासम्म प्रधानमन्त्री रहनेछन् भने प्रचण्डले पार्टीको बैठकको अध्यक्षता र सञ्चालन गर्नेछन्।

'अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी काममा केन्द्रित हुने निर्णय भएको छ', बुधबारको सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

दुवै ...


समाजवादी पार्टीको सरकारबाट बाहिरिने तयारी, बैठक आज

काठमाडौं - एकीकरणपछि पहिलो पल्ट समाजवादी पार्टीको संघीय परिषद्को बैठक बिहीबार बस्दै छ। गत वैशाखमा संघीय समाजवादी फोरम र नयाँ शक्तिपार्टीबीच एकीकरण भएपछि संघीय परिषद् र केन्द्रीय समिति बैठक बसेको थिएन। संघीय परिषद्को बैठकपछि शुक्रबार र शनिबार केन्द्रीय समितिको बैठक बस्दै छ।

सरकारबाट बाहिरिने र राजपासँगको एकीकरण वार्तालाई संघीय परिषद्ले छलफल गरी केन्द्रीय समिति बैठकको एजेन्डामा रुपमा पेस गर्ने तयारी गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे बस्ने संघीय परिषद् बैठकको अध्यक्षता डा.बाबुराम भटराईले गर्ने छन् भने शुक्रबार र शनिबार बस्ने केन्द्रीय समिति बैठकको अध्यक्षता ...


नेकपाको केन्द्रीय स्तरको एकीकरण सकियो, कसले कुन जिम्मेवारी पाए ?

काठमाडौं - नेकपाको केन्द्रीय स्तरको एकीकरणको काम सम्पन्न भएको छ। सोमबार बसेको सचिवालय बैठकले यसअघि बाँकी रहेका केही आयोगहरुको नेतृत्व चयन गरेको हो।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण हुँदा तीन महिनामा सम्पूर्ण सांगठनिक एकता सक्ने भनिएको थियो। तर, १७ महिनापछि त्यसले अन्तिम रुप पाएको छ।

पछिल्लो जिम्मेवारी यसअनुसार छ

अनुशासनको आयोगका अध्यक्ष– अमृत बोहरा। सचिव– अशोक रोकाय
निर्वाचन आयोगका अध्यक्ष– विष्णुपुकार श्रेष्ठ। सचिव– माधव पौडेल
लेखा परीक्षण आयोगका अध्यक्ष– पुष्प कँडेल। सचिव– टेकनाथ आचार्य
सल्लाहकार कमिटीका अध्यक्ष– केशव बडाल। सचिव– नन्दकुमार थापा


कास्की २ मा चुनाव प्रचारका लागि कांग्रेसले बनायाे तीन हजार ५५१ सदस्यीय समिति

पाेखरा - नेपाली कांग्रेस कास्कीले आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नं–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तीन हजार ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ। निर्वाचन तयारी सम्बन्धमा पार्टीको कास्की क्षेत्र नं २ क्षेत्रीय समितिद्वारा शुक्रबार आयोजित भेलाले पार्टीका जिल्ला सभापति कृष्ण केसी संयोजक रहेकाे समिति गठन गरेको हो।

त्यस्तै क्षेत्र नं २ का क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला र पोखरा महानगर समिति सभापति बजीरमान श्रेष्ठ सहसंयोजक रहेका छन्। पार्टीले यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि खेमराज पौडेललाई उम्मेदवार बनाएको छ। त्यस्तै निर्वाचनका लागि कास्की ...


कास्की-२ उपनिर्वाचनका लागि उम्मेदवारद्वारा मनोनयन दर्ता (सुचिसहित)

काठमाडौं - नेकपाका स्वर्गीय नेता रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर २ मा मनोनयन धमाधम चलिरहेको छ। पर्यटनमन्त्री रहेको अवस्थामा हेलिकोप्टर दुर्घटनामा परी अधिकारीको मृत्युपछि रिक्त रहेको उक्त स्थानमा मंसिर १४ गते उप निर्वाचन हुँदैछ।

उक्त क्षेत्रमा हुने उपनिर्वाचनमा मुख्य रुपमा नेपाली काँग्रेस र नेकपाबीचमा प्रतिस्पर्धा हुने देखिन्छ।

उक्त क्षेत्रमा विगत ३ पटक अधिकारीले जित्दै आएका थिए। त्यसैले नेकपाका लागि उक्त क्षेत्रको जित आफ्नो विगतको छवि कायम राख्नुसँग जोडिएको छ भने नेपाली काँग्रेसका लागि किल्ला भत्काएर नयाँ बनाउने अभियानसँग जोडिएको छ।

उक्त क्षेत्रमा नेकपावाट रविन्द्र अधिकारीकी श्रीमती ...


नेविसंघमा ३२ वर्षमाथिको नेतृत्व बनाए आमरण अनसन बस्ने चेतावनी

काठमाडौं - विधानमा व्यवस्था भएको उमेरहद कार्यान्वयन नगरी ३२ वर्षभन्दा माथिको उमेर समूहबाट नेविसंघको तदर्थ समिति गठन गरिए आमरण अनसन बस्ने चेतावनी नेविसंघकै विद्यार्थीले दिएका छन्।

निर्वतमान केन्द्रीय समितिद्धारा जिल्ला अधिवेशन गर्न ७७ वटै जिल्ला समितिलाई दिएको निर्देशन पत्र र नेविसंघको विधानमा ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति संघको सदसय हुन पाउने छैन’ भनी उल्लेख गरिएको जनाइएको छ।

विधान–पक्षधर विद्यार्थीहरु भनि आज गरिएको पत्रकार सम्मेलनमा संघका निर्वतमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले तदर्थ समितिमा ३२ वर्षे उमेरहद कार्यान्वय नगरिए आमरण अनसन बस्ने चेतावनी दिए।

उनले पार्टी नेतृत्वलाई प्रश्न गरे,‘उमेर ...


नेकपाको चियापान कार्यक्रम आज

काठमाडौँ - सत्तारुढ नेकपाले बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आमजनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारीलगायतलाई आमन्त्रण गरिएको उल्लेख छ ।

...

नेकपाको सचिवालय बैठक  बालुवाटारमा जारी

काठमाडौँ - नेकपाको पार्टी सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि सुरु बैठकमा चिनियाँ राष्ट्रपति सि जिङपिङ भ्रमणको समिक्षा, केन्द्रिय आयोगको एकिरण र आज हुने चियापानको विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधव नेपाल , रामबहादुर थापा, वामदेव गौतम, विष्णु पौडेल लगायतको सहभागिता रहेको छ ।

...

नेपाली कांग्रेसको 'चियापान कार्यक्रम' सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ।

कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा ...


नेपाल-चीन बिचको १४ बुँदे संयुक्त वक्तव्य जारी, नेपाली नेतालाई चीन भ्रमणको निम्तो

काठमाडौं - चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपालका विभिन्न दलका नेतालाई दुवै देशको उपयुक्त समय मिलाएर चीन भ्रमणको निम्तो दिएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने भ्रमण पूरा गरी फर्किएको केही घण्टापछि मात्रै संयुक्त रूपमा सार्वजनिक भएको वक्तव्यमा यस्तो उल्लेख छ।

वक्तव्यमा दुईदेशबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गरिएको छ।

यसैगरी, दुवै देशका प्रतिनिधि कुटनीतिक च्यानलमार्फत् सम्पर्कमा नै रहिरहने प्रतिवद्धता समेत व्यक्त गरिएको छ।

वक्तव्यमा १४ बुँदामा समग्र भ्रमणका विषय समेटिएका छन्।

यस्तो छ संयुक्त वक्तव्यको पूर्ण पाठः

https://drive.google.com/file/d/1kXt0lexaowz0n5e6qEYSdEPZ1mvE4XTh/view

...

जागौ युवा, लागौ युवा अभियान जारी

 
देउखुरी समाचारदाता
देउखुरी, असोज । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल यूवक युवक संघ केन्द्रिय कार्यसमितिले यूवालाई सिर्जनसिल बनाउने अभियान अन्तगर्त शुरु गरेको जागौ यूवा लागौ यूवा अभियान जारी छ । अखिल नेपाल युवक संघले पहिलो चरणमा चारवटा जिल्लामा आफ्नो कार्यक्रम केन्द्रित गरेको हो । दाङ, प्युठान,अर्घाखाँची र बागलुङ जिल्लामा जागौ यु्वा, लागौ युवा नामको अभियान संचालन गरिएको अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष चित्र एमसीले जानकारी दिनुभयो ।
यु्वालाई राष्ट्रिय विकासमा योगदान पु¥याउन आह्वान सहितका क्रियाकलाप संचालन गरेका छौ,ै,युवालाई सिर्जनसिल गराउन प्रयत्न गर्छौ ...


सत्तामा भएसम्म उपेन्द्र यादवसँग पार्टी एकता सम्भव छैन : राजेन्द्र महतो

जनकपुरधाम - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले देशमा नेपाली कांग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो रहेको बताएका छन् ।बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको निर्माणाधिन सभाकक्षको निरीक्षण गर्न पुगेका महतोले सो कुरा बताएका हुन्।

समाजवादी पार्टी सरकारमा सहभागी भएकै अवस्थामा एकता गर्न नचाहेको उनले बताए। उनले भने, ‘देशमा नेपाली कांग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो छ।’

जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको उनले बताए। उनले भने, ‘सत्तामा भएसम्म एकता ...


नेकपाभित्र ‘सी चिनफिङ विचारधारा’ बारे बहस, भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा

काठमाडौं - सत्तारूढ नेकपा चीनतिर ढल्किएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौंमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन्। दुई पार्टीले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाबारे छलफल चलाएका छन्।

आगामी दिनमा दुई देशका केन्द्रीय पार्टी स्कुलमा प्रयोग गरिने पाठ्यक्रमको तयारी र अध्यापन विधि, नेताकार्यकर्ताको द्विपक्षीय अध्ययन भ्रमणमार्फत अनुभव आदानप्रदान गर्ने अवसरको सिर्जना गर्ने प्रतिबद्धता दुवै पार्टीका नेताहरूले गरेका छन्।

नेकपा स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले ...


नेकपा एकता : जनवर्गीय संगठनका केन्द्रीय समिति बनाउन सकस, कुनमा कस्तो अवस्था ?

काठमाडौं - नेकपालाई जनवर्गीय संगठनका केन्द्रीय समिति बनाउन सकस परेको छ। पार्टी केन्द्रले तोकिदिएको सिलिङमा पूर्वएमाले र पूर्वमाओवादीतर्फका नेताको भागबन्डा मिलाउन अप्ठ्यारो परेको हो। कतिपय संगठनमा पूर्ववत् समूहको भागबन्डा मिले पनि नाम छनोट हुन सकेको छैन।

‘आआफ्ना पूर्ववत् समूहको संख्या टुंग्याएपछि त्यसभित्र नाम छनोटमा अप्ठ्यारो आइलागेको छ’, अनेरास्ववियुका एक नेताले अन्नपूर्णसँग भने, ‘नाम छनोटमा पूर्वसमूहको आन्तरिक संगठनमा रस्साकस्सी चलिरहेको छ।’

नेकपाका २२ जनसंगठन छन्। वकिल र इन्जिनियरको एकता भइसकेको छ। किसान महासंघको पनि एकता सकिएको छ। यी संगठनले ३ जेठमा संयोजक र सहसंयोजक पाएका थिए। दिनहुँजसो फ्याक्सन ...


नेकपा सचिवालय निर्णय : पार्टी दर्ता गर्ने जिम्मा विष्णु पौडेललाई

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले दल दर्ता गर्ने निर्णय गर्दै महासचिव पौडेललाई जिम्मेवारी दिएको हो।

‘यही महिनाभित्र प्रक्रिया पूरा गरेर दल दर्ता गर्ने निर्णय भएको छ’, बैठकपछि पत्रकारलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दल दर्ताको सबै प्रक्रिया पूरा गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिइएको छ।’

प्रदेशसभा र स्थानीयमा उपनिर्वाचनमा पुन : दल दर्ता गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था अनुसार निर्वाचन आयोगले सूचना प्रकाशित गरेपछि सचिवालय बैठकले यस्तो ...


नेकपा सचिवालय बैठक बस्दै, एकताका  बाँकी काम टुंग्याउने प्रयास

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बुधबार) बस्दैछ। नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने जानकारी गराए।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गत भदौ ९ गते बैठक बसेको थियो।

नेकपाको एकताका अधिकांश काम टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै रहेका छन्।

दाहालको अध्यक्षतामा बसेको ...


कांग्रेसको दोस्रो चरणको 'राष्ट्रिय जागरण अभियान' आजबाट

काठमाडौं - नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट सुरु हुँदैछ। ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणमा विभिन्न जिल्लाका कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्।

जननायक बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरणको अभियानको उद्घाटनमा कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

जसअनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का ...


दोस्रो चरणको जागरण अभियानका लागि कांग्रेसले तोक्यो प्रतिनिधि

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो दोस्रो चरणको जागरण अभियानका लागि तोकेका केन्द्रीय प्रतिनिधिको नाम सार्वजनिक गरेको छ।

२४ भदौदेखि ७ असोजसम्म चल्ने जागरिण अभियानका लागि कांग्रेसले पहिलो चरणमा ३३ जिल्लामा खटिने प्रतिनिधि तोकेको छ। पहिलो सूची सार्वजनिक गर्दै कांग्रेसले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ३३ जिल्लाका १ सय १२ प्रदेश निर्वाचन क्षेत्रका लागि प्रतिनिधि तोकेको हो।

कांग्रेसले तोकेका प्रतिनिधिहरुमा अधिकांश प्रदेश तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मदेवार रहेका, पार्टीका पूर्व सभापति र पूर्व सांसद छन्।

 

...

नेकपाका प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापाले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा बुधबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच दुवैले कार्यभार सम्हालेका हुन् ।

कार्यक्रममा नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेताहरू युवराज ज्ञवाली, प्रदीप नेपाल, अग्नि सापकोटा, पम्फा भुसाल, रघुजी पन्त, प्रेस संगठन नेपालका इन्चार्ज राजेन्द्र गौतम, सहइन्चार्जद्वय महेश्वर दाहाल (संयोजक) र ओम शर्मा तथा सहसंयोजक गणेश बस्नेतले पनि सुझाबसहितको शुभकामना दिएका थिए ।

...

पौडेल अस्वस्थ हुँदा कांग्रेस बैठक स्थगित

काठमाडौँ - नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि कांग्रेसले केन्द्रीय समिति बैठक स्थगित गरेको छ । पहिलेदेखि ग्यास्ट्रिकको समस्या रहेका पौडेलको बुधबार नर्भिक अस्पतालमा इन्डोस्कोपी गरिएको थियो । इन्डोस्कोपीपछि डाक्टरले कम्तीमा एक दिन आराम गर्ने सुझाब दिएका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक बिहीबार दिउँसो दुई बजे बस्नेछ । बैठकमा समय सकिएका भ्रातृ संस्था, विदेशस्थित जनसम्पर्क समितिको अधिवेशनसहित विषयमा छलफल हुँदै छ । दिउँसो दुई बजेका लागि बोलाइएको बैठकका लागि सभापति शेरबहादुर देउवासहित केन्द्रीय सदस्य कार्यालय पुगिसकेका थिए । तर, पौडेल अस्वस्थ भएको जानकारी आएपछि बैठक स्थगित गरियो ।

जागरण अभियानबारे छलफल
बुधबार कांग्रेस ...


भ्रातृसंस्थाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं - भ्रातृसंस्थाबारे छलफल गर्न नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् । सुसुप्त भएका नेविसंघलगायतका भ्रातृसंस्थालाई पुनर्जीवन दिने तयारी कांग्रेसको छ ।

कांग्रेसको नर्सरी भनिने नेविसंघ गत माघ महिनादेखि नेतृत्वविहीन छ । नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल ...


प्रभु साहको राजीनामा अस्वीकृत

काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ । काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा अस्वीकृत भएको हो ।

नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र उपयुक्त विधिबाट समाधान गरिने महासचिव पौडेलको बताए।

साहले रौतहटमा वरिष्ठ नेता माधवकुमार नेपालकै कारण पार्टी एकीकरणको काम हुन नसकेको आरोपसमेत लगाएका थिए । तर, रौतहटमै पूर्वमाओवादी पक्षका ...


अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र रोज्न ओलीलाई नेपालकाे चुनौती

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधानअनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने मागसहित सातबुँदे ‘नोट अफ डिसेन्ट’ (असहमतिपत्र) दर्ता गराएका छन् ।

केन्द्रीय सचिवालयका कतिपय निर्णयहरूप्रति असहमति राख्दै वरिष्ठ नेता नेपालले पार्टी विधानअनुसार एक व्यक्ति : एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्था दुई अध्यक्षदेखि सबै व्यक्तिको हकमा कडाइका साथ लागू हुनुपर्ने माग गरेका हुन् ।

‘पार्टीनेता र कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्ने सन्दर्भमा मैले पार्टी विधानको धारा ४६ (क) बमोजिम स्थानीय तहदेखि संघीय सरकारसम्मका कार्यकारी जिम्मेवारी बहन गरेका कमरेडहरूलाई दोहोरो ...


माधव नेपालको नोट अफ डिसेन्ट : '‘केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष मध्ये एक छाड्नुपर्छ’

काठमाडौँ - सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति असहमति जनाउंदै नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले सातबुँदे नोट अफ डिसेन्ट दर्ता गराएका छन् । नेता नेपालले मंगलवार ७ बुंदे असहमतिहरु (नोट अफ डिसेन्ट) पार्टीमा दर्ता गराएका हुन् । जुन देहाय छन् ;

१. कम्युनिष्ट पार्टी यसको विधान अनुरुप विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएकोले मैले बारम्बार यस बिषयलाई उठाएको छु र यसमा पुनः जोड दिन चाहन्छु । नियमित रुपमा पार्टीका बैठक हुने, बैठक बस्नु अघि सूचना दिने, कार्यसूचि पेश गर्ने, सोंच्ने, अध्ययन गर्ने ...


नेकपामा 'लेटेस्ट' समीकरण !

काठमाडौं - सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ।

नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन्। साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण भएको हो।

बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको ...


नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि शनिबारका लागि बैठक तय भए पनि गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो ।

३२ केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँट गरेर एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाले सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठन लगायतको एकता पूरा गर्न बाँकी छ । त्यसैगरी जेष्ठ कम्युनिस्ट मञ्च, ...


आज पनि बस्दै नेकपा सचिवालय, यस्ता छन् एजेन्डा !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्ने भएको छ। आजको बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोक्ने बताइएको छ। साथै, विशेष जिल्लाहरुको नेतृत्व चयन हुने बताइएको छ।

शुक्रबार बसेको बैठकले विभागको नेतृत्व चयन गरेको थियो। ३२ विभागमध्ये १८ मा पूर्व एमालेले नेतृत्व पाएको थियो भने बाँकीमा पूर्व माओवादीका नेताहरुले जिम्मेवारी पाएका छन्।

शुक्रबार नै बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावपछि सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष चयन भएका थिए। उपाध्यक्षमा गौतमलाई अघि सारेपछि अरु दुई नेता माधवकुमार नेपाल र झलनाथ खनालको वरीयता ...


नेकपाका ३३ विभागको नेतृत्व टुंगियो, कसलाई कुन बिभाग ? (सूचीसहित)

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीले पार्टीका विभिन्न विभागको नेतृत्व गर्नेहरूको नाम टुंग्याएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्।

लामो रस्साकस्सी भएको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन्। सचिवालय सदस्य माधवकुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् भने राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ। नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन्। त्यस्तै ...


अन्ततः स्कुल विभाग जिम्मा ईश्वर पोखरेललाई, संगठन विभाग प्रमुखमा बामदेव गौतम

काठमाडौं - अन्ततः पार्टीको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् । शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले संगठन, स्कुल लगायतका विभिन्न केन्द्रीय विभागहरुको नेतृत्व टुंगो लगाएको छ ।

स्कुल विभागलाई लिएर नेताहरुबीच लामो समयदेखि नेतृत्व लिने चर्चा भइरहेको थियो। सोही पदका आकांक्षी प्रवक्ता श्रेष्ठले प्रचार विभाग प्रमुखमा चित्त बुझाउनु परेको छ।

श्रेष्ठका अनुसार विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाललाई दिइएको छ। यस विभागको उपप्रमुखमा राम कार्की चयन भएका छन्। नीति अध्ययन प्रतिष्ठान विभागको प्रमुखमा झलनाथ खनाललाई जिम्मेवारी दिइँदा संगठन विभागको प्रमुखमा बामदेव गौतम चयन ...


नेकपाको उपाध्यक्षमा बामदेव गौतम

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको महासचिव बिष्णु पौडेलले जानकारी दिए ।

पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको भनिएका नेता गौतमलाई उपाध्यक्ष बनाउन ओलीलेनै प्रस्ताव गरेको नेकपा स्रोलते जनाएको छ । नेकपाको विधानमा उपाध्यक्ष पद नरहे पनि सचिवालयले निर्णय गरेर स्थायी कमिटीमा पठाएको हो ।

गौतमलाई केही दिनयता प्रधामनन्त्री ओलीले फकाइरहेका थिए । उनलाई गत मंगलवारमात्र ओलीले प्रधानमन्त्री ...


नेकपा सचिवालय बैठक आज दिउसो ३ बजे बालुवाटारमा

काठमाडौँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। हिजो बस्ने भनिएको बैठक स्थगित भएर आजको लागि बैठक बोलाइएको थियो । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

यसअघि १३ गतेको बैठकमा केन्द्रीय निकायहरुको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनका निम्ति उनीहरुको रुचिका प्राथमिकता सोध्ने निर्णय गरेको थियो।

पार्टीको केन्द्रीय निकाय अन्तर्गत केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोगहरु, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागहरुको टुंगो लाग्न बाँकी छन्।

विशेषगरी स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ दुवैको दाबी रहेको छ। त्यसका अतिरिक्त ...


बामदेव गौतम ओलितिर, दाहाल-नेपाल सशंकित

काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्किए। प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा सचिवालय सदस्य वामेदव गौतम विमानस्थल पुगे। केही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध सुमधुर नभएको चर्चा भइरहँदा सांसदसमेत नरहेका गौतम अचानक ओलीको स्वागतका लागि विमानस्थल पुग्नुलाई नेकपाभित्रको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

केही समयदेखि बिग्रिएको भनिएको ओली–गौतम सम्बन्ध सुमधुर बन्न थालेको अड्कल गर्न थालिएको छ। नेता गौतमका अलावा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर ...


नेकपामा यसरी दिइंदैछ नेताहरुलाई जिम्मेवारी !

काठमाडौं - नेकपाको १३ साउनको सचिवालय बैठकले ३२ केन्द्रीय विभाग र एउटा प्रतिष्ठानमा जिम्मेवारी दिएर परिचालन गर्न खोजेका नेताहरूको रुचि बुझ्ने र त्यही आधारमा कार्यविभाजन प्रस्ताव परिमार्जन गर्ने निर्णय गरेको थियो। केन्द्रीय सदस्यलाई पहिलो, दोस्रो र तेस्रो रुचिका आधारमा धारणा बुझ्ने अनि प्रस्ताव परिमार्जन र व्यवस्थित बनाएर आगामी बैठकमा ल्याउन सचिवालय बैठकले निर्देश गरेको थियो।

नेकपा विधानमा केन्द्रीय कमिटीका ६० प्रतिशत नेतालाई भूगोल र ४० प्रतिशत नेतालाई विभागीय जिम्मेवारी दिने व्यवस्था छ। त्यही आधारमा ४४१ सदस्यीय केन्द्रीय समिति सदस्यमध्ये प्रदेश पदाधिकारीमा २८, जिल्ला इन्चार्जमा ८३, जिल्ला ...


नेकपा दस्ताबेज : कांग्रेस दलाल पुँजीपतिको प्रतिनिधि, अन्य ३ पार्टीलाई के भन्छ ?

काठमाडौँ - सत्तारुढ नेकपाले समाजवाद आधार तयारीका लागि दलाल पुँजीवाद र राष्ट्रिय औद्योगिक पुँजीको विकासमा अवरोध गर्ने वर्ग र शक्तिहरूसँग पार्टीको मुख्य अन्तरविरोध रहेको निष्कर्ष निकालेको छ । उसले प्रमुख प्रतिपक्षी कांग्रेसलाई दलाल पुँजीपतिहरूको प्रतिनिधि भनेको छ ।

दुईतिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरिरहेको नेकपाले पार्टी एकतापछि पारित गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई दलाल तथा नोकरशाही पुँजीपतिहरूको प्रतिनिधि भने पनि ऊसँग प्रतिपस्र्धा मात्रै नहुने पनि उल्लेख गरेको छ । कांग्रेससँग सामन्तवादविरोधी आन्दोलनमा सहकार्य गरेको स्मरण गर्दै नेकपाले राष्ट्रियता र समृद्धिको मुद्दामा सहकार्य गर्न सकिने लेखेको छ ।

‘विगतमा हामीले सामन्तवादविरुद्धको संघर्षमा पटक–पटक नेपाली ...


सरकार छाड्ने विषयमा बाबुराम पक्षधर र उपेन्द्र पक्षधरबिच मत बाझियो

काठमाडौं - पार्टी गठन भएको तीन महिना पूरा हुन लाग्दा पनि सरकार छाड्ने नि नछाड्ने भन्नेमा समाजवादी पार्टीले निचोड निकाल्न सकेको छैन। पार्टीका आन्तरिक बैठकमा सरकार छाड्ने÷नछाड्ने विषयमा छलफल र चर्चा हुने भए पनि पार्टीले यस विषयमा स्पष्ट दिशा लिन नसक्दा अलमल कायमै रहेको हो।

सरकारमा रहने वा छाड्ने भन्ने विषयमा स्पष्ट निर्णय लिन पार्टीभित्रबाट नेतृत्वमाथि दबाब आउने गरे पनि पार्टी अध्यक्ष उपेन्द्र यादवले भने अहिलेसम्म खासै प्रतिक्रिया व्यक्त गरेका छैनन्। सोही कारण यादव पक्षधर नेताहरू पार्टीले तत्काल सरकार छाड्ने सम्भावना नभएको बताउँदै आएका छन्।

पार्टी स्रोतका ...


समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुराम भट्टराई पनि अब सत्तारुढ सांसद

काठमाडौं - उपेन्द्र र बाबुराम भट्टराईको संयुक्त नेतृत्वको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। उपेन्द्रको संघीय समाजवादी फोरम र बाबुरामको नयाँ शक्ति पार्टी एकीकरण भई वैशाख २३ मा समाजवादी गठन भएको थियो।

आयोगको शुक्रबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको हो। समाजवादीले ३० जेठमा दल दर्ताको निवेदन दिएको थियो। वैकल्पिक राजनीतिको मियो थाम्ने उद्घोषसहित डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले पार्टी एकता घोषणा गरेका थिए।

दुवै जना पार्टी अध्यक्ष हुने गरी एकता गरिएको ‘समाजवादी पार्टी’मा भट्टराई र यादवको कार्यविभाजन भने अलग छ। भट्टराई संघीय ...


कार्य विभाजन रोकेर ओली-दाहाल विदेश जान लागेपछि नेकपामा असन्तुष्टी

काठमाडौं - सत्तारूढ नेकपाको केन्द्रीय नेताहरूको कार्य विभाजन प्रस्ताव फेरि पछि धकेलिएको छ। पार्टीको केन्द्रीय विभागअन्तर्गतको स्कुल विभागको नेतृत्वमा पूर्वपार्टीका दुई धारका बीच मतभेद बढिरहेका बेला नेताहरूले त्यसलाई टुंगो नलगाई सचिवालय बैठक पछि धकेलेका हुन्।

तत्कालीन एमाले–माओवादीबीच पार्टी एकता भएको १५ महिना बितिसक्दा पनि कार्यविभाजनमै अलमल भइरहेको छ। सचिवालय बैठकपछि धकेलेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा निस्कन लागेपछि एकता प्रक्रियामा ढिलाइ हुन पुगेको हो।

साउन ५ यता मात्रै तीनपटक स्थगित सचिवालय बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। तर बैठकमा कार्य विभाजन प्रस्तावमा ...


नेकपा सचिवालयको बैठक ३ बजे बस्ने, पुर्वसन्ध्यामा पूर्वएमालेको छुट्टै बैठक

काठमाडौं - नेकपा केन्द्रीय सचिवालयको बैठकअघि बालुवाटारमा पूर्व एमाले नेताहरुको छुट्टै बैठक बसिरहेको छ । बिहान नौ बजेदेखि प्रधानमन्त्री निबासमा पूर्व एमाले नेताको छुट्टै बैठक बसेको हो । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसहितका नेकपा सचिवालयमा रहेका पूर्व एमाले नेताहरुको सहभागिता छ ।

दिउँसो ३ बजे बालुवाटारमा नेकपा सचिवालयको बैठक बस्दैछ । नेकपामा स्कुल विभागमा तिब्र विवाद छ। पटक पटक बसेका बैठकमा स्कुल विभाग प्रमुख टुगो लाग्न सकेको छैन । श्रोतका अनुसार स्कुल विभागमा देखिएको विवादको विषयमा आइतबार बालुवाटारमा नेकपाका नेताहरुले तीन चरण छुट्टाछुट्टै छलफल ...


नेकपाको स्कुल विभागमा अझै सहमति जुटेन, सचिवालय बैठक फेरि सर्‍यो !

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक फेरि सरेको छ । दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको बैठकमा पार्टी एकता र जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको थियो । तर स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्नेबारे सहमति जुट्न नसक्दा बैठक भोली दिउँसो ३ बजेका लागि स्थगित गरिएको नेताहरुले बताएका छन् ।

अन्य विभागको जिम्मेवारी लगभग टुँगो लागे पनि स्कुल विभागका आकांक्षी धेरै भएको तथा पूर्व एमाले वा पूर्व माओवादी कुन पक्षलाई संयोजक बनाउने भन्नेमा नेताहरुबिच सहमति हुन सकेको छैन ।

स्कुल विभाग प्रमुखमा नेताहरु ...


कांग्रेस नियमावली विवाद अझै किन सुल्झिएन ?

काठमाडौं - कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झिएको छ। महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए। २९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गरेको छैन।

बाढी, पहिरो र डुबानको विपत्तिका कारण स्थगित बैठक बिहीबार पुनः बस्दै छ। नियमावली नबनेसम्म कांग्रेसको नयाँ विधान कार्यान्वयनमा आउँदैन। मस्यौदा समितिका संयोजक रमेश लेखक एक साताका लागि देशबाहिर रहेकाले यो मुद्दा सल्टिन ...


'स्कुल बिभाग' मा गएर किन अड्कियो नेकपा भागबन्डा ? के हो 'स्कुल' को जिम्मेवारी ?

काठमाडौं - एकीकृत पार्टीको राजनीतिक कार्यदिशा के हुने भन्नेमा केही समयअघि नेकपामा चर्किएको विवाद अहिले स्कुल विभागको नेतृत्व कसले गर्ने भन्नेमा पुगेर ठोक्किको छ।

'जनताको बहुदलीय जनवाद' राजनीतिक कार्यदिशा रहेको तत्कालीन नेकपा एमाले र '२१ औँ शताब्दीको जनवाद' लाई राजनीतिक कार्यदिशा बनाएको तत्कालीन माओवादी केन्द्रबीच महाधिवेशनमै यसबारे बहस गर्ने गरी पार्टी एकता भएको थियो। अन्तरिम कालका लागि समाजवाद उन्मुख जनताको जनवादलाई कार्यदिशा बनाएर जाने सहमति त्यतिबेला भएको थियो।

तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशनका क्रममा कार्यदिशा के राख्ने भन्नेमा विवाद ...


समाजवादी पार्टी र राजपा एकीकरणनजिक, यस्ता छन् मिलिसकेका र मिल्न बाँकी विषय !

काठमाडौँ - राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) र समाजवादी पार्टीले एकताका लागि छलफल तीव्र बनाएका छन् । शासकीय स्वरूप, निर्वाचन प्रणाली र समाजवादी पार्टीको सरकारबाट बहिर्गमनबाहेकका विषयमा दुवै पार्टीबीच अनौपचारिक सहमति जुटिसकेको छ । सरकारबाट बहिर्गमनका विषयमा भने सहमति जुटाउन मुस्किल परेको नेताहरूले बताएका छन् । १५ दिनदेखि दुवै पार्टीका शीर्ष नेताहरूबीच पटक–पटक भएका अनौपचारिक वार्तामा अध्यक्ष मण्डल, पदाधिकारी, केन्द्रीय समिति, जिल्ला समिति, पार्टीको आदर्श र सिद्धान्तलगायत विषय सैद्धान्तिक रूपमा टुंगिइसकेका छन् ।

राजपा अध्यक्षमण्डलका सदस्यद्वय महन्थ ठाकुर र राजेन्द्र महतो तथा समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम ...


अमेरिका र भारतप्रति नेकपा नरम, के-के हटायो दस्ताबेजबाट ?

काठमाडौं - सत्तारूढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो ।

राजनीतिक दस्ताबेजको दुई ठाउँबाट अमेरिकी शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण नरम बनाइएको छ । दस्ताबेजमा अमेरिकी नीतिका कारण व्यापार युद्ध हुन सक्ने सम्भावना औंल्याएको थियो ।

अमेरिकाले अन्य मुलुकबाट आयातित वस्तुमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्न चालेको कदमले मतभेद चुलिँदै गएर व्यापार युद्ध हुन सक्ने आशंकासमेत गर्न थालिएको दस्ताबेजमा उल्लेख ...


नेकपाले टुंग्यायो जिल्लाका इन्चार्ज र सहइन्चार्ज, विभाग र आयोगको नेतृत्व भने टुंगो लाग्न सकेन

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले भुगोलका ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो।

नाम भने आजै बेलुकासम्ममा पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

आजैको बैठकबाट पार्टीको विभाग र आयोगको नेतृत्व पनि टुंगो लगाउने अपेक्षा गरिए पनि त्यसबारे निर्णय हुन सकेन।

अर्को बैठक मंगलबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने छ। 'त्यस बैठकले पार्टीको विभागहरु, आयोगहरु, केन्द्रीय निकायहरु, प्रवास संगठनहरुको एकीकरणको टुंगो लगाउने छ', ...


विभागीय नेतृत्व टुंग्याउन नेकपाकाे सचिवालय बैठक आज

काठमाडौँ - विभाग संख्या दुई समूहबीच भागबन्डा गरे पनि जिम्मेवारी कसलाई दिने भन्ने विषय सत्तारुढ नेकपाले टुंग्याइसकेको छैन । विभागीय जिम्मेवारी टुंग्याउनकै लागि नेकपाको सचिवालय बैठक आइतबार (आज) बस्दै छ । दिउँसो १ बजे बालुवाटरमा बस्ने सचिवालय बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको विषय एजेन्डा बनाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने जिल्ला इन्चार्ज, केन्द्रीय विभाग, केन्द्रीय आयोगको नेतृत्वको विषयबाहेक अरू एजेन्डामा बैठक प्रवेश ...


बामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी, माधव र झलनाथले कुन-कुन बिभाग पाए ?

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी पूर्व एमाले पक्षले आफ्नो भागमा परेको विभागका मुख्य पदमा नेताहरूको कार्य विभाजन टुंग्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पूर्व एमाले पक्षका नेताहरूले जिम्मेवारी भागवण्डा सहमतिमा टुंग्याएका हुन्।

आफ्नो पक्षका नेताहरूको जिम्मेवारी टुंग्याउन बिहीबार बालुवाटारमा भेला भएका पूर्व एमाले नेताहरूको जिम्मेवारी भागवण्डा गरिएको हो। सचिवालय सदस्य बामदेव गौतमलाई 'सबैभन्दा शक्तिशाली' संगठन विभागको जिम्मेवारी दिइएको छ। पार्टीभित्रको दोश्रो वरियतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालले विदेश विभागको जिम्मेवारी पाएका छन्।

अर्का नेता झलनाथ खनालले नीति अध्ययन प्रतिष्ठान र ईश्वर पोखरेलले स्कुल विभागको जिम्मेवारी प्राप्त गरेका ...


चार सय ३७ नेताको जिम्मेवारी तोकिँदै : शक्तिशाली विभाग लिन ‘हेभिवेट’ नेताहरू नै प्रतिस्पर्धी

काठमाडौँ - सत्तारूढ नेकपाको पार्टी एकता घोषणाको १४ महिना बित्यो । मंगलबार दुई अध्यक्षबीच जिल्ला इन्चार्ज र सहइन्चार्ज र विभागहरू बाँडफाँड गर्ने सहमति पनि भयो । तर, शक्तिशाली विभाग कसले लिने भन्नेबारे शीर्ष तहमै प्रतिस्पर्धा देखिएको छ । एकीकरण प्रक्रिया प्याकेजमै टुंग्याउने गरी अन्तिम तयारी अघि बढिरहेकै वेला हेभिवेट नेताहरू नै विभाग प्रमुखका आकांक्षी देखिएका हुन् । अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको लगातार छलफलपछि साउन पहिलो सातामा एकीकरण प्रक्रियाका सबै काम प्याकेजमै टुंग्याउने सहमति जुटेको थियो ।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी ...


समाजवादी एकताले गति लिंदै : जनवर्गीय संगठनमा ६०/४०, प्रदेशमा ५५/४५

काठमाडौँ - समाजवादी पार्टीमा जनवर्गीय संगठन र प्रदेश कमिटीको नेतृत्वबीच एकता हुन थालेको छ । तत्कालीन फोरम र नयाँ शक्तिबीच आपसी भागबन्डाको विधि तय भएपछि एकताले गति लिएको हो । जनवर्गीय संगठनमा तत्कालीन फोरमले ६० प्रतिशत र नयाँ शक्तिले ४० प्रतिशत हुने गरी भागबन्डा हुने सहमति भएको छ । सात प्रदेशसहित एक गैरभौगोलिक र प्रवास गरी नौ प्रदेशको भागबन्डा फोरम र नयाँ शक्तिले ५५–४५ प्रतिशतका आधारमा गर्ने सहमति छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता भएको दुई महिना नाघेको छ । २३ वैशाखमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव ...


नेकपामा एकताको सहमति : ६०/४० को अनुपातमा इन्चार्ज-सहइन्चार्ज, १८ र १४ विभाग

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा सैद्धान्तिक सहमति भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको छलफलमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा सहमति जुटेको हो ।

पछिल्लो छलफलअनुसार पूर्वएमाले समूहले ३२ मध्ये १८ र पूर्वमाओवादी समूहले १४ विभाग लिने समझदारी भएको छ । त्यस्तै, ७७ जिल्लामध्ये पूर्वएमाले ६० र माओवादीले करिब ४० प्रतिशतमा इन्चार्ज लिने सहमति भएको उच्च स्रोतले जनाएको छ । भागबन्डामा परेका जिल्लाहरूमा साबिककै इन्चार्जहरूलाई सहइन्चार्ज र इन्चार्ज बनाउने समझदारी भए पनि ओली र प्रचण्डबीच व्यक्तिका नाममा भने छलफल जारी रहेको स्रोतले जनाएको ...


राजपाको महाधिवेशन प्रक्रिया अनिश्चित बन्दै

काठमाडौँ - राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)को महाधिवेशन प्रक्रिया रोकिएको छ । दोस्रोपटक तोकिएको महाधिवेशनको मिति नजिकिँदै गर्दा सदस्यताको ठेली केन्द्रमा ल्याउने, महाधिवेशन गर्नका लागि विभिन्न समिति गठन गर्ने, महाधिवेशनमा पेस गर्नका लागि विधानलाई अन्तिम रूप दिनुपर्नेलगायत सबै काम ठप्प छन् ।

सदस्यताको ठेली जेठभित्र केन्द्रीय कार्यालयमा पुर्‍याउन राजपाले जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । तर, अहिलेसम्म कुनै जिल्लाको सदस्यताको ठेली केन्द्रमा नपुगेको महासचिव केशव झाले बताए ।

‘असारमा आर्थिक वर्षको अन्तिम महिना भएकाले विकास निर्माणका योजना सक्न नेता र जनप्रतिनिधि लागेकाले सदस्यताको ठेली संकलन गर्ने कार्य रोकिएको बताउँदै महासचिव झाले ...


एकताको १४ महिनापछि टुंगियो नेकपाको राजनीतिक प्रतिवेदन, आज प्रेसमा पठाइँदै !

काठमाडौं - सत्तारुढ दल नेकपाले पार्टी एकताको १४ महिनापछि राजनीतिक प्रतिवेदन टुंगो लगाएको छ। यसलाई सोमबार छाप्न पठाइँदै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आइतबार प्रतिवेदनलाई अन्तिम रूप दिएका हुन्।

यो अवधिमा पार्टी विधान र नियमावली प्रकाशनमा आएका थिए। प्रतिवेदन नछापिँदा एकीकृत पार्टीको राजनीतिक कार्यदिशा, इतिहासको मूल्यांकन, अन्तर्राष्ट्रिय सम्बन्धलगायत विषयमा मतभेद बढेको थियो। अध्यक्षहरूबीच भएका पछिल्ला छलफलले दुवै पक्षमा आशंका चिरेको छ। समाजवाद उन्मुख जनताको जनवादको राजनीतिक कार्यक्रम, तत्कालीन एमालेको नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा ...


भदौभित्र नयाँ संरचना गठन गरेर कांग्रेस महाधिवेशनमा जाने
देउवाको कार्यकाल स्वतः एक वर्ष लम्बिने

काठमाडौँ - कांग्रेस नेताहरूले संशोधित विधानअनुसारका पार्टी संरचना भदौ तेस्रो सातासम्म गठन गरेर १४औँ महाधिवेशनमा होमिने सहमति गरेका छन् । आइतबार दिउँसो शीर्ष नेता तहमा भएको सहमतिलाई साँझ बसेको केन्द्रीय समिति बैठकमा पेस गरिएको छ । निर्वाचनबाटै बुथदेखि प्रदेश समिति गठन गर्ने सहमति पनि शीर्ष तहमा भएको छ । यसअघि पार्टी संरचना गठन गर्न तदर्थ समिति बनाउने विषय उठेको थियो । आगामी २४ भदौबाट सुरु हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि कम्तीमा पनि बुथ तहदेखि ६ हजार सात सय ४३ वडा, सात सय ५३ पालिका समिति र तीन सय ...


कार्यदिशा विवादले पार्टी एकतामा विलम्ब

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जनसंगठनको एकीकरण प्रक्रिया यही असारभित्र सक्ने भने पनि राजनीतिक प्रतिवेदन प्रकाशित नहँुदा विलम्ब हुने संकेत देखिएको छ। प्रतिवेदन प्रकाशित नहँुदा सचिवालय बैठक पनि टाढिँदै गएको छ। असार मसान्तभित्र राजनीतिक दस्तावेज प्रकाशित गर्ने र जनसंगठनहरुको एकता तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउने भनिए पनि अहिलेसम्म प्रतिवेदनलाई अन्तिम रुप दिएर प्रेसमा पठाउने तयारी भएको छैन्।

असार ७ को सचिवालय बैठकले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई प्रतिवेदनमा सहमति जुटाएर प्रकाशन गर्ने जिम्मा दिएको थियो। प्रतिवेदनमा ...


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, पुर्वसन्ध्यामा पौडेल पक्षको छुटै बैठक

काठमाडौँ - विधानको नियमावली टुंग्याउने र वडादेखि प्रदेश समितिसम्म संरचना गठनबारे छलफल गर्न आज (आइतबार)बाट कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ । प्रवक्ता विश्वप्रकाश शर्माले विधानको नियमावली टुंगिएर कांग्रेस पार्टी संरचना गठनतिर अघि बढ्ने जानकारी दिए ।

सहमतिका आधारमा नयाँ संरचनाको तदर्थ समिति बनाउनुपर्नेमा संस्थापन पक्ष छ । नेविसंघको तदर्थ समिति गठन, विभाग गठन, समय सकिएका भ्रातृसंस्थालाई समय थप्ने, जागरण अभियानको पहिलो चरणको समीक्षासहितका विषयमा पनि केन्द्रीय समितिमा छलफल हुँदै छ । बैठकमा प्रस्तुत गर्ने एजेन्डाको विषयमा छलफल गर्न सभापति देउवाले पनि आफूनिकटका नेतासँग बुढानीलकण्ठमा छलफल ...


समाजवादी पार्टीको दस्ताबेज तयार, यस्तो छ सारंश !

काठमाडौँ - समाजवादी पार्टी नेपालले प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपतिको नीति लिने भएको छ । उसले प्रदेश तहका प्रमुख (मुख्यमन्त्री) पनि प्रत्यक्ष चुनिने व्यवस्था हुनुपर्ने दस्ताबेज तयार गरेको छ । पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजक रहेकोे मस्यौदा समितिले तयार पारेको दस्ताबेजले राष्ट्रपति दुई कार्यकाल मात्रै हुन पाउने परिकल्पना गरेको छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भई २३ वैशाखमा बनेको समाजवादी पार्टीले संविधान संशोधनलाई आफ्नो तत्कालीन मुख्य एजेन्डा बनाएको छ । संविधानतः राष्ट्रपति संघीय संसद्बाट चुनिने व्यवस्था छ ।

राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंग, प्रदेश ...


कांग्रेस केन्द्रीय समिति बैठकको तयारी, पौडेल-सिटौला 'आक्रामक' बन्ने देखिएपछि देउवाले फाले यस्तो 'तुरुप' !

काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबीच चार दिनअघि बसेको बैठकले आगामी केन्द्रीय समतिमा खरो रूपमा उत्रिने तयारी गरेपछि संस्थापनले विषय प्रस्ट पारेको छ । पौडेल–सिटौलापक्षको बैठकले संस्थापनको गलत नियत देखिएको भन्दै २२ असारमा बस्ने केन्द्रीय समिति बैठकमा त्यसको भण्डाफोर गर्ने निर्णय गरेको थियो । उनीहरूले पार्टी संरचना तदर्थ नभई निर्वाचनबाट गठन गर्नुपर्ने, भ्रातृसंस्थाको महाधिवेशन छिटो गर्नुपर्ने, विभाग गठनमा भागबन्डा गर्नुपर्ने सहितका विषयमा स्पष्ट धारणा खोज्ने तयारी गरेपछि संस्थापनले मुख खोलेको हो । आगामी बैठकमा नेता पौडेलले विभिन्न विषय उठाउने ...


नेकपाभित्र पाका कम्युनिस्टको बेहाल

काठमाडौँ - ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता व्यवस्था गर्ने पार्टी नेकपा नै हो । देशभरिका ज्येष्ठ नागरिकहरू अहिलेको नेकपा र तत्कालीन एमालेको यही गुन सम्झन्छन् । तर, पार्टीभित्रैका ज्येष्ठ नागरिक भने यतिखेर नेकपा नेतृत्वसँगै दिक्क छन् । उनीहरू रहने सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको बेहाल छ । नेकपाले केन्द्रीय समिति, प्रदेश र जिल्ला तहको एकता टुंग्याइसकेको छ । पार्टीलाई महत्वपूर्ण सल्लाह–सुझाब दिने विभाग मानिने सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च भने कहिले बन्ने हुन्, टुंगो छैन । ‘एमाले–माओवादीको एकता प्रक्रिया सुस्त भएकै हो,’ नेकपाका ...


नेकपाले 'जनताको जनवाद'लाई राजनीतिक कार्यदिशा बनाउने, यसभित्रको अन्तर्वस्तु चाही के हो ?

काठमाडौं - सत्तारुढ नेकपाले जनताको जनवादलाई नै राजनीतिक कार्यदिशा बनाउने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा सहमत देखिएका छन्।

पार्टी सचिवालयको गत शनिबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने एजेन्डा छलफलमा आएपछि कार्यदिशाबारे विवाद देखिएको थियो। जनताको जनवाद कि जनताको बहुदलीय जनवाद (जबज) कुन मान्ने भन्नेमा नेताहरू दुई धारमा बाँडिएका थिए।

प्रधानमन्त्री ओलीले एकीकृत पार्टीको कार्यदिशा पुनर्लेखनको प्रस्ताव गर्दै जबजमा जोड दिएका थिए। तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल एकता प्रक्रियामा भएको सहमतिभन्दा दायाँ-बायाँ नगरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएका थिए।

पार्टी एकता गर्दा जबज र ...


कांग्रेस प्रतिवेदन : माथि हुने चरम गुटबन्दीले तल्लो तहका नेता-कार्यकर्तामा निराशा

काठमाडौँ - राष्ट्रिय जागरण अभियानबाट फर्केका कांग्रेसका प्रतिनिधिले पार्टी गुटबन्दीका कारण कमजोर भएको सुझाब दिएका छन् । उनीहरूले माथिल्ला समितिमा हुने चरम गुटबन्दीले तल्लो तहका नेता–कार्यकर्तामा निराशा थपेको प्रतिवेदन तयार गर्न लागेका हुन् । अभियानमा केन्द्रीय प्रतिनिधिले भोगेको समस्या र गर्नेपर्ने कामसहितका विषयमा पार्टीलाई सुझाब दिने क्रममा केन्द्रीय प्रतिनिधिले जिल्लादेखि स्थानीय तहबाट पार्टी गुटबन्दीकै कारण कमजोर भएको बताए ।

‘संघीयताअनुसारको नयाँ संरचनामा पार्टी संगठनलाई पूर्णता दिनुपर्छ,’ सुनसरीका प्रतिनिधि महेश आचार्यले भने, ‘तल्लो तहका नेता कार्यकर्ताले पार्टीका तह पूर्ण हुँदा मात्र कार्यक्रम झन् प्रभावकारी हुने बताएका छन् ...


नेकपामा चर्कियो कार्यदिशा विवाद : ओली–दाहाल एकअर्काप्रति सशंकित

काठमाडौं - सत्तारुढ दल नेकपाको पार्टी कार्यदिशा के हो ? एकथरी नेतालाई सोध्दा जवाफ आउँछ, ‘समाजवाद उन्मुख जनताको जनवाद’। अर्काेथरी नेता भन्छन्, ‘जनताको बहुदलीय जनवाद।’ पार्टी एकताको एक वर्षसम्म दस्ताबेजदेखि कार्यदिशासम्ममा ‘चुपचाप’ बसेर संगठनात्मक एकतामा ‘माथापच्ची’ गरिरहेका नेता अहिले ‘कार्यदिशा’ मा मतभेद पोख्न थालेका छन्।

कार्यदिशा विवादकै कारण पछिल्लो पटक पार्टीका ‘जोर पाइलट’ अध्यक्ष केपी ओली र पुष्पकमल दाहालकै बीचमा अविश्वास सिर्जना भएको छ। अध्यक्ष ओली पक्ष तत्कालीन एमालेले अवलम्बन गर्दै आइरहेको ‘जनताको बहुदलीय जनवाद’लाई पार्टी कार्यदिशा बनाउनुपर्ने पक्षमा लबिङमा छ भने दाहाल पक्ष एकताका क्रममा ...


नेकपा सचिवालय बैठक आज बस्दै,  जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा निस्केपछि स्थगित गरिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। ३ बजेका लागि बोलाइएको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको अन्तिम टुंगो लगाउने बताइएको छ।

दोहोरो भूमिका दिने/नदिने विषयमा मतैक्य हुन नसकेपछि यसअघिका बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको नामावली सार्वजनिक गर्न सकेको थिएन। साथै, बैठकमा विभागहरु गठन र केन्द्रीय सदस्यहरुको जिम्मेवारीको बाँडफाँटका विषयमा पनि छलफल हुनेछ।

पार्टी एकताको एक वर्ष कटिसक्दा पनि सत्तारुढ दल नेकपाले पार्टी एकीकरणलाई अन्तिम रुप ...


ओली र प्रचण्डबीच सरकार र पार्टी सञ्चालनमा अहिलेसम्म कुन-कुन विषयमा विमति ?

काठमाडौं - नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार र पार्टी सञ्चालनका विषयमा तीव्र मतभेद देखिएको छ। दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि पछिल्लो समय उनीहरुबीच सरकार र पार्टी सञ्चालनमा दुई धार देखिएको हो।

सरकारको कार्यशैलीप्रति बेलाबेलामा असन्तुष्टि जनाउँदै आएका दाहाल प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले लिएका पछिल्लो निर्णयको विपक्षमा देखिएका छन्।

दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि दुई अध्यक्षबीच सरकार ...


नेकपामा असन्तुष्टि : ओलीले एकलौटी ढंगले पार्टी र सरकार संचालन गरेको आरोप !

काठमाडौं - सरकार सञ्चालन एकलौटी रूपमा गर्न थालेको भन्दै नेकपाभित्र प्रधानमन्त्री केपी ओलीको आलोचना हुन थालेको छ। ओलीले सरकारको नेतृत्व गरेको १७ महिना बितेको छ। यसबीचमा नीतिगत निर्णय गर्दा पार्टीभित्र परामर्श नगरेपछि शीर्ष नेताहरू असन्तुष्ट भएका हुन्।

उनीहरूका अनुसार ओलीले विभिन्न विधेयक निर्माण, नीतिगत निर्णय, नियुक्ति र सरुवाबढुवामा पार्टीमा परामर्श गरेका छैनन्। नेकपाका वरिष्ठ नेता झलनाथ खनालले यी विषयमा पार्टीमा छलफल नभएकाले सरकारका निर्णयको स्वामित्व लिन नसकिएको बताए। ‘सरकारले दूरगामी महत्त्व राख्ने नीतिगत निर्णय गर्दा पार्टीमा छलफल गर्नुपर्छ। सरकारका कुनै पनि निर्णयबारे पार्टीमा छलफल भएको छैन। ...


नेकपा भित्र निर्णायक बन्दै थापा, यस्तो छ समीकरण !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापाको अवस्था बलियो बन्दै गएको छ। एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूह निर्णायक अवस्थामा देखिएको छ। पार्टीभित्र केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ। पार्टीमा थापा समूहका एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदादेखि नै थापाले आफ्नो समूहलाई बलियो बनाउँदै ल्याएका छन्।

जनवर्गीय संगठनबीचको एकतामा पनि थापा समूहको अवस्था बलियो देखिएको छ। प्रदेशमा पनि सचिव र केही जिल्लामा अध्यक्षसमेत आफ्नो ...


नेकपा भित्र छुट्टाछुट्टै कोष, भिन्दाभिन्दै लेबी दर !

काठमाडौँ - सत्तारुढ नेकपा बनेको १३ महिना भयो । तर, पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको कोष भने अहिले पनि वेग्लावेग्लै खाताबाट चल्छ । पूर्वएमालेका सांसदहरूले पार्टीलाई मासिक १३ हजार बुझाउँछन् । पूर्वमाओवादी सांसदले भने १२ हजार बुझाउँछन् । तर, यो लेबी भिन्दाभिन्दै कोषमा जम्मा हुने गरेको छ । संघीय संसद्मा नेकपाका पदाधिकारीको समायोजन भइसक्यो । तर, कोष मात्रै होइन, संसदीय दलको कार्यालय पनि अहिलेसम्म वेग्लावेग्लै चलिरहेको छ ।

पार्टीको एकता पूर्ण रूपमा टुंगिन बाँकी रहेकाले कोष एक हुन नसकेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । ‘दलको नेता, प्रमुख सचेतकलगायत राष्ट्रिय सभामा पनि पदाधिकारी ...


शिर्ष नेतृत्व कार्यविभाजन गर्न उदासिन देखिएपछि नेकपाभित्र चल्दैछन यस्ता थरी-थरीका अभियान !

काठमाडौं - सत्तारूढ नेकपाका २१ केन्द्रीय सदस्यले गत मंसिरमा केन्द्रीय समिति बैठक बोलाउन पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाए। नीति निर्माणको केन्द्रीय थलो केन्द्रीय समितिको एक वर्षयता बैठक नबसेपछि उनीहरूले सामूहिक रूपमा लिखित ध्यानाकर्षण गराएका थिए। त्यसयता एकपटक स्थायी समिति बैठक बसे पनि अहिलेसम्म केन्द्रीय समितिको बैठक बसेको छैन। पोलिटब्युरो गठन हुन सकेको छैन। नेताहरूको क्षमताअनुसारको जिम्मेवारी विवाद अझै जारी छ।

केन्द्रीय नेताहरूको कार्यविभाजन दोहोरो जिम्मेवारी दिने–नदिने विवादमा अल्झिएको छ। एकता प्रक्रियाको गोलचक्करमै नेताहरूले एक वर्ष बिताएका छन्। अन्तरपार्टी जनवाद कमजोर बनाइएको, पार्टीभित्र छलफलको वातावरण नबनाइएको र निकै ...


कांग्रेसको जागरण अभियान : पहिले आफैँ जागृत हुन नेतृत्वलाई कार्यकर्ताको सुझाव !

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल कांग्रेसको एकमहिने राष्ट्रिय जागरण अभियान सकिएको छ । तर, पार्टीभित्रको असन्तुष्टि र नेताहरूबीचको विमति उस्तै छ । आन्तरिक संगठन सृदृढीकरण र सरकारविरुद्ध भण्डाफोर गर्ने भन्दै थालेको पहिलो चरणको अभियान शनिबार समापन भएको हो ।

स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा कमजोर बनेपछि कांग्रेसले संगठन सुदृढीकरणको योजना ल्याएको थियो । त्यसैअन्तर्गत उसले नेता, कार्यकर्ता र नागरिक तहमा पार्टीप्रति विश्वास पैदा गर्ने भन्दै देशदेखि विदेशसम्म अभियान लगेको थियो । तर, कार्यक्रमले अपेक्षित सफलता पाउन नसकेको नेताहरूले नै टिप्पणी गरेका छन् ।

‘पार्टीको ...


पार्टीमा कार्यविभाजन मिलाउन प्रचण्डले गरे यस्तो मध्यमार्गी प्रस्ताव !

काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सदस्यको कार्यविभाजन मिलाउन मध्यमार्गी प्रस्ताव अगाडि सारेका छन्। कार्यविभाजनमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले आआफ्नो अडान नछाडेपछि दाहालले विकल्पका रूपमा मध्यमार्गी प्रस्ताव ल्याएको नेकपा सचिवालयका एक सदस्यले बताए।

जनप्रतिनिधि रहेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज–सहइन्चार्ज बन्न पाउन बन्देज लगाउन नहुने दाहालको प्रस्ताव छ। उनले आवश्यक ठानिएका जिल्लामा सहमतिका साथ जिम्मेवारी दिनुपर्ने मापदण्ड बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका छन्।

‘दोहोरो जिम्मेवारीमा रहेका नेतालाई भन्दा जिम्मेवारी नभएका र सिनियर नेतालाई नै जिल्ला इन्चार्ज/सहइन्चार्ज बनाउनुपर्छ। तर कुनै जिल्लामा आवश्यक छ भने जनप्रतिनिधिलाई ...


नेकपा नेताको जिम्मेवारी आज तोकिँदै, मुख्य कुन बिभाग कसलाई ?

काठमाडौं - सत्तारुढ नेकपाले पार्टी एकताको एक वर्षपछि केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै छ। यसका लागि मंगलबार दिउँसो सचिवालय बैठक बस्ने महासचिव विष्णु पौडेलले बताए। संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका रूपमा राख्दै कार्यविभाजनको निर्णय लिइने उनको भनाइ छ।

‘मंगलबार दिउँसो ३ बजे सचिवालय बैठक बस्दै छ’, महासचिव पौडेलले अन्नपूर्णसँग भने, ‘संगठनात्मक एकीकरणका बाँकी कामका विषयमा निर्णय लिन्छौं।’ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली यही जेठ २५ मा नौ दिनका लागि युरोप भ्रमणमा जान लागेका छन्। त्यही भएर नेकपाले कार्यविभाजन टुंग्याउन लागेको हो। यसबारे दुई अध्यक्ष ...


नेकपाका नेताहरु महाधिवेशनको पक्ष र विपक्षमा विभाजित

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति सार्वजनिक भएसँगै पार्टीभित्र महाधिवेशनको विषयले पनि चर्चा पाउन थालेको छ। पार्टी एकीकरण भएको एक वर्ष बित्दासम्म कुनै जिम्मेवारी नपाएका केन्द्रीय सदस्य केन्द्रीय समितिको दोस्रो बैठक नै नबसी ‘हाइकमान्ड’ बाटै जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनको कुरा उठाइएपछि अन्योलमा परेका छन्।

पार्टी एकीकरणपछि निर्वाचन आयोगमा दल दर्ताका लागि गत वर्ष जेठ १० गते प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय समितिको बैठक बसेको थियो। त्यतिबेला बिनाअजेन्डा केन्द्रीय सदस्यलाई नागरिकताको फोटोकपी ल्याएर आउन सूचना गरिएको थियो। स्थायी समिति बैठक ...


पार्टी भित्रको गुटैगुटले कांग्रेस कमजोर, प्रतिपक्षीको भूमिका निरिह !

काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्रका विभिन्न गुटले पार्टी संगठन कमजोर बन्दै गएको छ। यस्तै संसद्मा कांग्रेसले निर्वाह गर्नुपर्ने प्रतिपक्षीको भूमिका सशक्त नहुँदा प्रश्न उठ्न थालेको छ।

कांग्रेसले देशव्यापी गरिरहेको पार्टी जागरण अभियानमा गुटगत प्रभाव स्पष्ट देखिएको छ। अभियान क्रममा पार्टी सभापतिले देशभरि खटाएको केन्द्रीय प्रतिनिधिदेखि कार्यक्रम घोषणामा सल्लाह नगरेको भन्दै वरिष्ठ नेता पौडेलले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

कार्य सम्पादन समिति गठन विवादले केन्द्रीय समिति बैठक बस्न सकेको छैन। त्यसअघि अनुशासन समिति गठनमा पनि महिनांै विवाद भएको थियो। चैत ४ र ५ को केन्द्रीय समिति ...


नेकपामा पोलिटब्युरो गठन अनिश्चित, क-कसले पाउँदैछन् शक्तिशाली विभाग ?

काठमाडौँ - नेकपा गठनको एक वर्ष बितिसक्दा पनि पोलिटब्युरो बन्न सकेको छैन । दुई अध्यक्ष र शीर्ष नेताहरू नयाँ आर्थिक वर्षको बजेट निर्माणको गृहकार्यमा व्यस्त हुँदा सचिवालय बैठकसमेत स्थगित भयो । पोलिटब्युरो नबन्दा केन्द्रीय सदस्यहरूको कार्यविभाजनसमेत अवरुद्ध भएको हो । जनसंगठनहरूको एकीकरण घोषणासँगै ३ जेठमा पोलिटब्युरो टुंग्याउने तयारी थियो । तर, अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच गृहकार्य नपुगेको भनी पोलिटब्युरो घोषणा गरिएन ।

‘सचिवालय बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने सहमति थियो, तर बैठक कहिले बस्ने नै टुंगो छैन,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अध्यक्षहरूबीच गृहकार्य सकिएपछि सचिवालयमा ...


प्रस्तावित पोलिटब्युरो सूची सच्याउन नेकपामा दबाब, युद्धकालका सिनियर नेता समेत सुचिमा परेनन् !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वमाथि प्रस्तावित पोलिटब्युरो सूची सच्याउन दबाब परेको छ । अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा तयार पारेको सूची बाहिरिएपछि आकांक्षीहरूले दबाब बढाएका हुन ।

दबाब झेल्न नसकेपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठक शीर्ष नेताहरूबीच आवश्यक गृहकार्य पूरा भएपछि बस्ने गरी स्थगित भएको छ ।

पोलिटब्युरो चयनमा पूर्वएमालेमा भन्दा पूर्वमाओवादी समूहमा समस्या छ । सूची बाहिरिएपछि आकांक्षीहरूले दबाब बढाएको भन्दै अध्यक्ष प्रचण्डले आवश्यक गृहकार्यपछि मात्र पूर्वमाओवादीका तर्फबाट अर्को सूची पेस गर्ने भन्दै २ जेठको ...


कांग्रेसमा १२ सय उजुरी : नेताहरू विरुद्ध स्वदेश र विदेशबाट समेत उजुरी

चुनावमा अन्तर्घात गरेको विषयमा त्रिविका उपकुलपति खनियाँमाथि पनि छानबिन
निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँविरुद्ध पनि उजुरी परेको छ । कांग्रेसको महासमिति सदस्यसमेत रहेका खनियाँ गत संसदीय निर्वाचनमा उम्मेदवार बन्न चितवनबाट सिफारिसको सूचीमा परेका थिए । तर, उनले टिकट पाएनन् । कांग्रेसका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै उनीविरुद्ध यसअघि नै उजुरी परेको थियो । उजुरी परेपछि खनियाँसँग स्पष्टीकरण सोध्ने तयारी तत्कालीन समितिले गरेको थियो । तर, समिति काम नै अघि नबढाई निष्क्रिय हुन पुग्यो । अहिले बनेको अनुशासन समितिले पहिलेका उजुरीको फाइल पनि खोल्न थालेको छ । ...


नेकपा एकतामा बढ्दै असन्तुष्टि : एमालेले १६ पाउँदा माओवादीलाई ६ जनवर्गीय संगठनको मात्र नेतृत्व

काठमाडौं - सत्तारुढ दल नेकपाको जनवर्गीय संगठनसम्मको एकता टुंग्गिदा तत्कालीन एमाले–माओवादी बीचको भागवन्डाको अन्तर झाँगिन थालेको छ। पार्टीको केन्द्रीय तहमा सचिवालयबाट क्रमशः भागवन्डाको अन्तर खुम्चिँदो देखिए पनि जिल्ला तह र जनवर्गीय संगठनसम्मको एकतामा आइपुग्दा फेरि अन्तर बढ्न थालेको छ।

जनवर्गीय संगठनको नेतृत्व भागवन्डासम्म आईपुग्दा तत्कालीन माओवादीको तुलनामा एमाले झण्डै तेब्वरको संख्यामा जिम्मेवारी लिने तहमा पुगेको छ। नेकपाका २२ जनवर्गीय संगठन मध्ये तत्कालिन एमालेले १६ र माओवादीले ६ ओटा जनवर्गीय संगठनको मात्र नेतृत्व पाएको छ। ७२ दशमलब ७२ प्रतिशत जवस/मोर्चाको नेतृत्व तत्कालीन एमालेले पाउँदा २७ दशमलब २७ ...


टुंगियो नेकपाका २३ जनवर्गीय संगठनको एकता, पुर्वएमालेलाई १५ पुर्वमाओवादीलाई ८ (सूचिसहित)

काठमाडौं - नेकपाले पार्टी एकीकरणको वर्ष दिनपछि जनवर्गीय संगठनको एकता टुंग्याएको छ। सचिवालयको बिहीबारको बैठकले जनवर्गीय संगठनको नाम र नेतृत्व टुंग्याएको हो।

नेकपाले मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका अवसरमा मदननगर बल्खुमा शुक्रबार विशेष कार्यक्रम राखेको छ। सोही कार्यक्रममा जनसंगठनको एकता घोषणा गर्ने तयारी छ।

नेकपामा २३ जनवर्गीय संगठन हुनेछन्। तीमध्ये १५ तत्कालीन एमाले र ८ तत्कालीन माओवादीको भागमा परेको छ। तत्कालीन एमालेले विद्यार्थी, मजदुर, बुद्धिजीवी, पेसागत, जनसांस्कृतिक महासंघ लगायतको नेतृत्व लिएको छ।

तत्कालीन माओवादीले युवा, महिला, पत्रकार, दलित, जनजाति लगायतको नेतृत्व पाएको छ। युवा, विद्यार्थी, ...


टुंगियो नेकपाका २३ जनवर्गीय संगठनको एकता, पुर्वएमालेलाई १५ पुर्वमाओवादीलाई ८ (सूचिसहित)

काठमाडौं - नेकपाले पार्टी एकीकरणको वर्ष दिनपछि जनवर्गीय संगठनको एकता टुंग्याएको छ। सचिवालयको बिहीबारको बैठकले जनवर्गीय संगठनको नाम र नेतृत्व टुंग्याएको हो।

नेकपाले मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका अवसरमा मदननगर बल्खुमा शुक्रबार विशेष कार्यक्रम राखेको छ। सोही कार्यक्रममा जनसंगठनको एकता घोषणा गर्ने तयारी छ।

नेकपामा २३ जनवर्गीय संगठन हुनेछन्। तीमध्ये १५ तत्कालीन एमाले र ८ तत्कालीन माओवादीको भागमा परेको छ। तत्कालीन एमालेले विद्यार्थी, मजदुर, बुद्धिजीवी, पेसागत, जनसांस्कृतिक महासंघ लगायतको नेतृत्व लिएको छ।

तत्कालीन माओवादीले युवा, महिला, पत्रकार, दलित, जनजाति लगायतको नेतृत्व पाएको छ। युवा, विद्यार्थी, ...


नेकपाको पोलिटब्युरोको सूची टुंगियो (सुची सहित), कुन जनवर्गीय संगठनको नेतृत्व कसलाई ?

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आठ जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड टुंगो लागेको छ । साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरी नेतृत्व टुंगो लागेको हो । जनसंगठनको नेतृत्व बाँडफाँडमा सहमति जुटे पनि संयोजक र सहसंयोजकको मोडलमा जाने कि अध्यक्ष र सचिवको मोडलमा जाने विषयमा अन्तिम टुंगो लागेको छैन । साबिक अध्यक्षमध्येबाटै नेतृत्व बनाउने कि केही संगठनका अध्यक्षलाई बिदा गरेर नयाँ अध्यक्ष बनाउने भन्नेबारे सहमति हुन बाँकी रहेको उच्च स्रोतले जनायो ।

पूर्वएमालेको भागबन्डामा परेको विद्यार्थी ...


बैचारिक कार्यदिशालाई लिएर दाहाल-पोखरेल जुहारी, के हो नेकपाको कार्यदिशा ?

काठमाडौं - नेकपाका शीर्ष नेता वैचारिक बहसमा उत्रिएका छन्। गत वर्ष जेठ ३ मा पार्टी एकता गर्दा नेताहरूले ‘जनताको जनवाद’ को कार्यदिशा अवलम्बन गर्ने बताएका थिए। तर अहिलेसम्म एकताको आधार समेटिएको राजनीतिक दस्ताबेज आउन सकेको छैन। राजनीतिक कार्यदिशामा विवाद छ। पार्टी एकता गर्दा तत्कालीन एमालेको जबज र माओवादीको एक्काइसौं शताब्दीको जनवादको कार्यदिशा दुवै महाधिवशेनमा बहस गर्ने गरी स्थगित गरिएको थियो।

कार्यदिशामा रहेको अस्पष्टताका कारण शीर्ष नेताहरू अहिले वैचारिक बहसमा आउन थालेका हुन्। पार्टीको जिल्ला तहको संगठनात्मक काम सकेपछि एकताको सबैभन्दा जटिल फड्को टरेको र अबको ६÷८ ...


नेकपाको पोलिटब्युरोको टुंगो लाग्यो, पूर्वएमाले र माओवादीबाट को को परे ?

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटब्युरो कमिटिको टुंगो लगाएको छ । पार्टीको १४७ सदस्यीय पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागे पनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिनेछ ।

अब प्रधानमन्त्री स्वदेश फर्किएपछि सचिवालय बैठक बसेर औपचारिक रुपमा पोलिटव्यूरो सदस्यहरुको नाम लिष्ट पारित हुने नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किंदैछन् । सम्भव भएसम्म जेठ ३ गते पार्टी एकताको एक वर्ष पुगेका अवसरमा सबै काम सक्ने तयारी रहेको नेताहरुले बताए ।

पोलिटब्युरोमा पूर्वएमालेबाट को को ?

साबिक ...


नेकपा एकता : बाँकी एकता जेठ ३ मा घोषणा गर्ने तयारी

काठमाडौँ - सत्तारुढ नेकपाका शीर्ष नेताहरूले बाँकी एकता ३ जेठमा घोषणा गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा शीर्ष नेताहरू पार्टी एकताको वार्षिकोत्सव (३ जेठ)मा पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र जनसंगठनहरूको एकीकरण गर्ने सहमतिमा पुगेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको छलफलबाट तीनवटै विषय टुंगिएकाले केही दिनभित्रै घोषणाको तयारी भइरहेको बताए । अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल पनि सहभागी थिए ।

प्रधानमन्त्री ओली बिहीबार कम्बोडिया भ्रमणमा जाँदै छन् । १ जेठमा उनी ...


एकीकृत 'समाजवादी पार्टी' मा २५ सदस्यीय पदाधिकारी, को-कुन पदमा ?

काठमाडौं - संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता भएको छ। लामो समयको छलफल र बहसलाई अन्तिम रुप दिँदै दुई दल एक भएका हुन्।

सोमबार राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमबाट दुई पार्टीले एकताको घोषणा गरे। नयाँ पार्टीको नाम 'समाजवादी पार्टी नेपाल' रहेको छ।

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। एकतापछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव नयाँ पार्टीको अध्यक्ष रहनेछन्। 'यो पार्टी हिमाल पहाड र मधेसलाई नेतृत्व गर्ने सक्षम ...


नयाँ शक्ति र फोरम बिच वैशाख २३ गते एकता घोषणा हुँदै, यस्तो रहने भयो पार्टीको नाम !

काठमाडौं - निकै लामो प्रयास पश्चात संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता हुने भएको छ । केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका यी दुई दलका दुवै पक्षबीच सांगठनिक विषयमा कुरा मिलेको छ ।

पार्टीको नाम समाजवादी पार्टी नेपाल हुनेछ। नेकपा मोडलमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहने सहमति अनुसार यही वैशाख २३ गते पार्टी घोषणा हुनेछ।

...

नेकपा भ्रातृ संगठन भागबन्डामा सकस, ५ वटामा मिल्दा कुन-कुनमा सकस ?

काठमाडौँ - नेकपाले जिल्ला तहको एकता सके पनि भ्रातृ संगठन एकीकरण अल्झेको छ । अहिलेसम्म २१ वटा जनवर्गीय संगठनमध्ये पाँचवटामा मात्रै भागबन्डा मिलिसकेको छ । नेताहरूले १६ वटा बाँकी संगठनमा पनि छिट्टै सहमति हुने दाबी गरेका छन् ।

जिल्ला नेतृत्व टुंग्याएकै शैलीमा जनवर्गीय र पेसागत संगठनको भागबन्डा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नै गर्ने एक केन्द्रीय नेताले बताए । दुई नेताबीच सहमति भएपछि सबै जनवर्गीय संगठनको नेतृत्व र नाम सचिवालयले नै घोषणा गर्ने भएको हो ।

वरिष्ठ नेता माधव नेपाललाई पनि सहमतिमा ल्याउन दुई नेताले गृहकार्य गर्दै गरेको ...


प्रदेश कमिटिमा पदाधिकारीको संख्या थप्दै नेकपा

काठमाडौं - नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ। प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चारजनाका दरले २८ जना पदाधिकारी छन्। केन्द्रीय सदस्यको कार्य विभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या थप्ने तयारी नेकपाको छ। स्रोतका अनुसार एउटा प्रदेशमा दुईदेखि चारसम्म सहइन्चार्ज थपिँदैछन्।

सबैभन्दा बढी सहइन्चार्ज प्रदेश ३ मा थपिनेछ। प्रदेश तीनमा कम्तीमा चार सहइन्चार्ज थपिँदैछन्। प्रदेश १ मा सावित्रीकुमार काफ्ले, २ मा विश्वनाथ शाह, ३ मा हितबहादुर तामाङ, गण्डकीमा खगराज अधिकारी, ५ मा दलबहादुर राना, कर्णालीमा यमलाल कँडेल र सूदुरपश्चिममा लक्ष्मण जोशी सहइन्चार्ज छन्।

‘प्रदेश ...


यी हुन् नेकपाका सम्भावित १४७ जना पोलिटव्युरो सदस्य !

काठमाडौं । जिल्ला एकीकरण टुंगिए लगत्तै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ। तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्यूरो चयनको गृहकार्य अघि बढाएका हुन्।

केन्द्रीय कमिटीको एकतिहाई रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपा विधानमा व्यवस्था छ। चार सय ४१ जना केन्द्रीय समितिबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुनेछ।

तीन नेताबीच पोलिटब्युरो गठनको मापदण्डबारे करिब सहमति जुटेको नेकपा स्रोतले बतायो। केन्द्रीय कमिटीमा दुवै पूर्वसमूहबाट समावेश भएकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्यूरो बनाउने नेताबीच सहमति छ।

पूर्व ...


यस्तो बन्दैछ नेकपा पोलिटब्युरो : उपगुट मिलाउन पूर्वमाओवादीभित्र सकस !

काठमाडौँ - जिल्ला एकीकरण टुंगिएलगत्तै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ । तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्युरो चयनको गृहकार्य अघि बढाएका हुन् । केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपा विधानमा व्यवस्था छ । चार सय ४१ जना केन्द्रीय समितिबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुनेछ ।

तीन नेताबीच पोलिटब्युरो गठनको मापदण्डबारे करिब सहमति जुटेको नेकपा स्रोतले बतायो । केन्द्रीय कमिटीमा दुवै पूर्वसमूहबाट समावेश भएकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो बनाउने नेताबीच सहमति छ । पूर्वएमालेलाई ...


नेकपा एकतामा अध्यक्ष : ओली २५, नेपाल १५, पूर्वमाओवादी ३३ र तटस्थ ४ !

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा शीर्ष नेताबीच ७७ जिल्ला अध्यक्ष र सचिवको भागबन्डा टुंगिएको छ । भागबन्डामा बढी फाइदा नेता माधव नेपाल समूहलाई भएको छ । एकता प्रक्रिया मापदण्डमा असन्तुष्टि जनाउँदै आएको नेपाल पक्षले अध्यक्ष केपी ओलीको हाराहारी जिल्ला नेतृत्व पाएको हो ।

पूर्वएमालेको भागमा परेको ४४ अध्यक्षमा ओली समूहका २५ र नेपाल समूहका १५ जना छन् । यस्तै, ३३ सचिवमा ओलीनिकट आठ मात्रै रहँदा नेपालनिकट २२ जना छन् । दुवै पदको हिसाबमा ओली–नेपालको हाराहारी सन्तुलन छ । चार अध्यक्ष र तीन सचिव भने तटस्थ छन् । यसअघि प्रदेश पदाधिकारी चयनमा ...


नेकपा एकता : नौ केन्द्रीय समिति सदस्य बने जिल्ला सचिव !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको जिल्ला तहको एकता प्रक्रिया टुंग्याउन भागबन्डामा भएको सहमतिपछि पनि अन्तिम समयमा चार जिल्लामा हेरफेर गरिएको छ। पूर्वएमालेको भागमा परेका जिल्लामध्ये चार जिल्ला हेरफेरमा परेका हुन्। सहमतिअनुसार उदयपुर, खोटाङ र महोत्तरीको जिल्ला नेतृत्व पूर्वएमाले र अर्घाखाँची पूर्वमाओवादीको भागमा परेको थियो। तर दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले सोमबार बिहान त्यसमा हेरफेर गरेको स्रोतले बतायो। जसअनुसार उदयपुर, खोटाङ र महोत्तरी पूर्वमाओवादीलाई दिएर अर्घाखाँची मात्रै पूर्वएमालेले लिएको थियो।

अध्यक्षद्वय र वरिष्ठ नेता माधवकुमार नेपालसहित भएको छलफलमा ती जिल्लालाई पूर्वएमालेकै भागमा राखिएको थियो। सहमति ...


को-को बने नेकपाका जिल्ला अध्यक्ष र सचिव ? (सूचीसहित)

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो समयपछि जिल्ला स्तरीय पार्टी नेतृत्वको टुंगो लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाको ७७ वटै जिल्लाको अध्यक्ष र सहअध्यक्षको टुंगो लगाएको थियो।

जसअनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व पूर्व माओवादीको भागमा परेको छ। त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओवादीको भागमा परेको छ।

७७ जिल्ला मध्ये पूर्व एमालेतर्फबाट ४४ र पूर्व माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व ...


 नेकपा एकता : चुनिए ७७ वटै जिल्लाका अध्यक्ष र सचिव, सुची आज सार्वजनिक गरिने !

काठमाडौं - सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ। नेताहरूकै स्वार्थ बाझिँदा जटिल बनेको जिल्ला तहको एकता लामो रस्साकस्सीपछि आइतबार निष्कर्षमा पुगेको हो।

आइतबार दिनभरको प्रयासपछि साँझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको प्रस्ताव तयार पारी टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘लामो समयदेखि संगठनात्मक क्षेत्रमा एकता टुंगिएको थिएन, ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवबारे टुंगो लागेको छ’, उनले भने, ‘त्यसको सूची सोमबार सार्वजनिक हुनेछ।’ नेकपाले केन्द्रमा पार्टी एकता गरेको भने ११ महिना भएको छ।

एकताका क्रममा ७७ ...


एकतालाई अन्तिम रुप दिन साँझ सचिवालय बैठक बस्दै, भोली १२ बजे घोषणा !

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका विभिन्न संगठनहरुको एकतालाई अन्तिम रुप दिन आइतबार सचिवालय बैठक बस्ने भएको छ। पार्टीका शिर्ष नेता र जनवर्गीय संठनका प्रमुखहरुबीच सहमति जुटेपछि ‘अनुमोदन’का लागि आइतवार साँझ सचिवालय बैठक बस्न लागेको बताइएकाे छ।

आइतबार बिहान नेकपा शिर्ष नेताहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल तथा महासचिव विष्णु पाैडेलबीच छलफल भएकाे छ। यसका साथै नेकपाका दाेस्राे तहका नेता तथ जनवर्गीय संगठनका प्रमुखहरुको पनि बैठक बसेको छ। उक्त बैठकले नेतृत्व र सांगठनिक संरचनाका विषयमा छलफल गरेको थियो।

छलफलबाट टुंगोमा पुगेका ...


पार्टी एकता छिटो टुंग्याउन शीर्ष नेताहरूलाई कार्यकर्ताको दवाव

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण प्रक्रिया चाँडो टुंग्याउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालमाथि दबाब परेको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच केन्द्रमा एकीकरण भएको एक वर्ष पुग्न लाग्दा पनि तत्लो तहमा अझै एकता भइसकेको छैन। पार्टी कार्यालयसमेत दुईवटा सञ्चालनमा छन्। शीर्षनेताहरू पटकपटक छलफलमा बसे पनि प्रक्रिया टुंगिएको छैन।

पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला कमिटी गठन, भ्रातृ संगठन तथा मजदुर संगठनहरूको एकता प्रक्रिया टुंग्याउन अध्यक्षद्वय ओली र दाहाल, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव ...


नेकपा एकता : नेपाललाई मनाउन ओली-प्रचण्डको यस्तो गृहकार्य !

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन एकता प्रक्रियाको मापदण्डबारे छलफल गरेका छन् । नेपालसमेतको सहमतिमा पार्टी स्थापना दिवस ९ वैशाखभित्रै एकता टुंग्याउने गरी ओली र दाहालले मापदण्डमा केन्द्रित रहेर बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका हुन् । दुई दिनभित्र जिल्ला र जनसंगठनको नेतृत्व टुंगो लगाएर सचिवालय बैठकबाट पारित गर्ने गरी ओली र प्रचण्डले छलफललाई तीव्रता दिएका छन् ।

गत २९ चैतमा चन्द्रागिरी रिसोर्टमा आवासीय बैठकपछि ओली र प्रचण्डले २ वैशाखमा नेपालसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका थिए । नेपालसहितको ...


फेरी ताते अध्यक्षद्वय : वैशाख ९ भित्र एकता प्रक्रिया टुंग्याउने जमर्को !

काठमाडौं - पार्टी एकताको एघार महिनापछि नेकपाले सम्पूर्ण तहको एकता टुंग्याउने भएको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले एकताका बाँकी काम टुंगो लगाउन सचिवालयका वरिष्ठ नेताहरुसँग छुट्टाछुट्टै छलफल गरी प्रक्रिया अघि बढाएका छन्। उनीहरूले सोमबार वरिष्ठ नेता माधव नेपालसँग दुई चरणमा छलफल गरेका थिए।

जिल्ला तहको एकताका लागि तत्कालीन एमालेभित्र ओली र नेपाल पक्षबीचमा नेतृत्व टकरावका कारण एकता प्रक्रियाले गति लिन सकेको थिएन। अध्यक्ष ओलीले एकता प्रक्रियाका क्रममा आफूलाई पेलेर जाने रणनीति अख्तियार गर्न खोजेको आशंकामा नेपाल पक्ष सशंकित बन्दै आएको छ। ‘अब एकता प्रक्रिया ...


'जनयुद्ध' शब्दमा ओलीको आपत्ति, नेपाल समानान्तर कमिटि बनाउने तयारीमा !

काठमाडौं - नेकपाको राजनीतिक प्रतिवेदनमा ‘जनयुद्ध’ शब्द परेपछि नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीको प्रतिवेनदन प्रकाशित गर्न अनिच्छुक देखिएका छन् ।

स्रोतका अनुसार नेकपाको सचिवालय र स्थायी समितिले पारित गरेको प्रतिवेदनमा एकता अघिको नेकपा माओवादीले गरेको १० वर्ष लामो जनयुद्दबारे चर्चा गरिएको छ । प्रतिवेदनमा ‘२००७ सालदेखिका विभिन्न सशस्त्र र शान्तिपूर्ण संघर्ष, झापा विद्रोह, माओवादी जनयुद्ध, उत्पीडित समुदायले चलाएका विभिन्न आन्दोलनले सामन्तवादविरोधी पुँजीवादी जनवादी क्रान्ति अर्थात् लोकतान्त्रिक क्रान्तिलाई मूलतः कम्युनिस्ट तथा वामपन्थी शक्तिहरुको नेतृत्वमा पूर्णता दिने वस्तुगत र आत्मगत आधार तयार ग¥यो।’ भनिएको छ ।

नेकपाका नेताहरु ...


सिटौलाले आपत्ति जनाएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अचानक स्थगित !

काठमाडौं - आजका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो। शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले बताए।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताए पनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका छन्।

कांग्रेसको नयाँ विधानमा २८ वटा ...


देउवाविरुद्ध कुन-कुन जिल्लाका सभापति काठमाडौँमा सुटुक्क भेला भए ? (नामावली सहित)

काठमाडौं - सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध असन्तुष्ट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्यानलका जिल्ला सभापतिहरुको वैठक काठमाडौं बसेको छ । वैठकमा ५१ जिल्ला सभापतिहरुको उपस्थिति रहेको बताइएको छ । केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका लागि तल्लो बुथबाटै चुनिनुपर्ने र समानुपातिकमा एकै व्यक्तिको उम्मेदवारी नदोहोर्याउने गरी महासमितिमा जुटेको सहमति उल्टिएपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।

महासमिति बैठकको सुझावविपरीत केन्द्रीय समितिले विधान पारित गरेपछि जिल्ला सभापतिहरू असन्तुष्ट छन्। जारी बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध कसरी अघि बढ्ने भन्ने रणनीति तय गरिने एक जिल्ला सभापतिले बताए। ५१ जिल्लाका सभापति सहभागी बैठकमा ...


नेतृत्व बिरुद्ध कांग्रेस जिल्ला सभापतिहरु आन्दोलित, थाले यस्तो अभियान !

काठमाडौँ - कांग्रेसका जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । पार्टीको महासमितिको भावना विपरित केन्द्रिय कार्यसमितिले निर्णय गर्न थालेपछि जिल्लासभापतिहरु आन्दोलित भएका हुन् ।

नेतृत्वको विरुद्धमा एकजुट भएका जिल्ला सभापतिहरुको भेलाले नेतृत्वलाई दबाब दिन देशव्यापी हस्ताक्षर अभियान चलाउने निष्कर्षमा पुगेको छ । काठमाडौं बुधबारदेखि जारी भेलाले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार नभए देशव्यापी हस्ताक्षार अभियान चलाउने तयारी गरेका छन् ।

महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले गरेको प्रतिबद्धताअनुसार केन्द्रीय समितिबाट निर्णय गराउन नसकेको भन्दै जिल्ला सभापतिहरुले नेतृत्वलाई ...


नेकपा एकता : १५ जिल्लामा वडा तहसम्म एकीकरण (सुचिसहित)

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष तहको विवादले जिल्ला र जनसंगठन एकीकरण १० महिनादेखि अल्झिए पनि स्थानीय तहमा भने धमाधम एकीकरण भइरहेको छ । गण्डकीबाहेक सबै ६ वटा प्रदेश संगठन कमिटीले स्थानीय तहमा एकीकरण गराउँदै छन् । प्रदेश ३ ले तीन र ५ ले पाँच जिल्लाका वडा तहसम्म नै एकीकरण टुंग्याएको छ । सुदूरपश्चिममा सात जिल्लाको वडासम्मकै एकीकरण प्रस्ताव तयार भएको छ ।

प्रदेश कमिटीलाई निर्वाचन क्षेत्र र स्थानीय तहको जिम्मेवारी
स्थानीय तहको नेतृत्व टुंगो लगाउन बनेका जिल्लास्तरीय कार्यदलको सिफारिसमा स्थानीय तहको एकीकरणले तीव्रता पाएको हो । कतिपय प्रदेशले स्थानीय ...


राजपाद्वारा फोरमसँग एकता गर्न कमिटी गठन

काठमाडौं - राजपाले संघीय समाजवादी फोरमसँग एकता एवं सहकार्यका लागि वार्ता कमिटी गठन गरेको छ। राजपाले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो संयोजक रहेको वार्ता टोलीका अन्य सदस्यमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा छन्।

पार्टी एकीकरणका लागि फोरमले पत्र लेखेपछि गत शुक्रबार राजपाले त्यसको जवाफ पठाएको थियो। होटल हायातमा अघिल्लो हप्ता बसेको राजपा अध्यक्षमण्डलका नेताको बैठकले महतोको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। त्यसलाई मंगलबार पूर्णता दिइएको हो। फोरमले पनि राजपालगायतसँग वार्ताका लागि मंसिर २३ गते केन्द्रीय समितिको बैठकबाट उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता ...


राजपाको अध्यक्ष मण्डलकाे संयाेजकमा शरदसिंह भण्डारी

काठमाडाैं - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकाे अध्यक्ष मण्डलकाे संयाेजकमा शरदसिंह भण्डारी चुनिएका छन्। प्रत्येक २ महिनामा संयाेजक फेरिने प्रावधानअनुसार भण्डारी संयाेजक चुनिएका राजपाका महासचिव केशव झाले जानकारी दिए।

भण्डारी अघि राजपा अध्यक्ष मण्डलकाे संयाेजकमा नेता महेन्द्र राय यादव थिए। यसपछि अध्यक्षमण्डलका अन्य सदस्यहरु अनिल झा र राजकिशोर यादव क्रमश: संयाेजक बन्नेछन्।

यसअघि पार्टी गठन भएपछि लामाे समय महन्थ ठाकुर संयाेजक रहेका थिए भने उनीपश्चात् राजेन्द्र महताे साे जिम्मेवारीमा रहेका थिए।

...

नेकपा एकता प्रक्रियामा मोटामोटी सहमति : कुन जिल्लाको नेतृत्व कसलाई ?

काठमाडौं - नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा आइपुगेको बताइएको छ । नेकपा उच्च स्रोतकाअनुसार ७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने भन्नेबारे लगभग टुंगो लागिसकेको छ । तर, यसलाई अन्तिमरुप दिने बेलामा प्रचण्डको विदेश भ्रमणका कारण ठोस निर्णय हुन बाँकी रहेको जनाइएको छ ।

उच्च स्रोतकाअनुसार पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्ताव अध्यक्ष केपी ओलीबाट सचिवालयमा आएको छ । तर, ओलीको प्रस्तावमा पूर्वएमालेकै माधव नेपाल समूहले समेत सहमति जनाइनसकेको स्रोतले बतायो ।

कसरी हुँदैछ बाँडफाँड ...


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न बैठक बोलाइएको हाे।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे सुरु हुने भनिएको बैठकमा पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारबाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ। तर बैठक अहिलेसम्म बस्न नसकेको छैन ।

यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित ...


मधेशलाई सम्बोधन गर्न नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड रौतहटमा  !

काठमाडाैँ - पूर्व नेकपा एमाले र माओवादीबीच एकिकरण पश्चत पहिलो पटक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मधेशमा आमसभा गर्न लागेको छ।

तराई–मधेशलाई टुक्रयाएर अलग्गै देश बनाउने एजेण्डा बोकेका डा. सिके राउतसँग सरकारले शुक्रबार सहमति गरेपछि मधेशका सवालमा सम्बोधन गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एकैसाथ मधेश झर्न लागेका छन्। नेकपा प्रदेश २ ले रौतहटको गरूडामा आमसभाको आयोजना गरेको हो।

आमसभालाई मध्ये नजर गरी तराइको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । ओली सरकारले सबै शक्ति तराइमा केन्द्रित गरी सम्भावित खतरा ...


कांग्रेसको गुटगत विवाद उत्कर्षमा : केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ - सभापति शेरबहादुर देउवाले आफूहरूको सहमतिविना अनुशासन समिति गठन गर्न खोजेको भन्दै नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेपछि मंगलबार बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । देउवाले भीष्मराज आङदेम्बेको संयोजकत्वमा समिति बनाउन खोजेका थिए । त्यसमा पौडेल र सिटौला पक्षले आपत्ति जनाएका छन् । आङदेम्बेभन्दा सिनियर नेतालाई जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ ।

सोमबारको पदाधिकारी बैठकमा देउवाले मंगलबारको केन्द्रीय समिति बैठकबाट आङदेम्बेलाई संयोजक तथा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरलाई सदस्य बनाउने भन्दै पौडेल र सिटौला पक्षबाट पनि थप दुई सदस्यको नाम मागेका थिए ।

‘विधान ...


कार्य विभाजनमा गुटगत स्वार्थ बाधक : एकतामा ढिलाई

काठमाडौं - तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहसम्म एकीकरण र केन्द्रीय सदस्यको कार्यविभाजन अध्यक्षद्वयकै कारण हुन नसकेको गुनासो पार्टीभित्रैबाट उठन थालेको छ। पछिल्लो स्थायी कमिटी बैठकमा सदस्यहरूले ‘एक व्यक्ति एक जिम्मेवारी’ को मापदण्ड कार्यान्वयनमा जोड दिएपछि अध्यक्षद्वयले आफूनिकट व्यक्तिहरु जिम्मेवारीमुक्त हुने भयले केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन र तल्लो तहमा एकता गर्न चासो नदिएको आरोप लाग्न थालेको छ। सचिवालय र स्थायी कमिटीमा रहेका रहेका केही नेता पार्टी र सरकार दोहोरो जिम्मेवारीमा छन्।

एकीकरण र कार्यविभाजन नटुंगिँदा तीन तहको ...


कार्यदलबारे नेकपा बैठकमा विवाद : विघटन गर्न ओलीको प्रस्ताव !

काठमाडौ - नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलको समय थप्ने नथप्नेमा विवाद देखिएको छ । बिहीबार बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको म्याद थप गर्ने नगर्नेबारे विवाद भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल विघटन गर्ने प्रस्ताव राखेका छन् भने बहुमत सदस्य त्यसको विपक्षमा छन् ।

केन्द्रीय सचिवालयसँग एक हप्ताको समय माग गरेपनि आजको बैठक अनिर्णित बनेको हो। कार्यदलका सदस्यहरुसँग छलफल गरेपछि केहीय समय सचिवालय बैठक बसेपनि बैठक शुक्रबार विहानका लागि फेरि डाकिएको छ। प्रम निवास बालुवाटारमा भएको सचिवालय बैठकमा कार्यदलका ...


नेकपाका प्रचण्डसहितका शीर्ष नेता धनगढीमा !

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु आज धनगढीमा पुगेका छन् । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी पुग्नु भएको नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

भेलालाई नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताए । यसअघि आजै अध्यक्ष दाहालले धनगढीस्थित नेकपा सुदूरपश्चिम प्रदेश कार्यालय पुगेर निरीक्षण गरे।

...

नेकपामा फुकेन एकताको गाँठो : सचिवालयले कार्यदललाई बोलायो !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन एकता प्रक्रिया टुंग्याउन गठित कार्यदल सदस्यहरुसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले बिहीबार एकता कार्यदलसँग छलफलपछि सांगठनिक एकीकरण टुंगो लगाउने निष्कर्ष निकालेको हो।

कार्यदलको प्रतिवेदन टुंग्याउन बसेको सचिवालय बैठकमा एकीकरण प्रक्रिया अघि नबढेसम्म स्थायी कमिटीले तय गरेका कार्यक्रमहरु अघि बढ्न नसक्ने धारणा आएपछि कार्यदलका सदस्यहरुसँग छलफल गर्न लागिएको हो। कार्यदलले बुझाएको प्रतिवेदन टुंगो लगाउन कार्यदलका सदस्यहरुसँगै सामूहिक छलफल गर्नुपर्ने भएकाले आगामी बिहीबार बस्ने बैठकमा सदस्यहरुसँग छलफल गर्ने पार्टीका प्रवक्ता ...


गुटगत स्वार्थले नेविसंघको नयाँ नेतृत्व चयन गर्न सकस !

काठमाडौं - नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वका लागि विद्यार्थी नेताहरूले सक्रियता बढाएका छन्। नैनसिंह महर नेतृत्वको केन्द्रीय समितिले विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गर्न नसकेपछि पार्टीले महाधिवेशन गराउन नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो। पार्टी सभापति शेरबहादुर देउवालाई नेताहरूसँग परामर्श गरेर संघको नयाँ नेतृत्व टुंगो लगाउन केन्द्रीय समितिले जिम्मा दिएको छ।

आगामी ६ महिनाभित्र संघको महाधिवेशन सम्पन्न गर्नेगरी आयोजक समिति गठन गर्ने पार्टी केन्द्रीय समितिले निर्णय गरे पनि नयाँ नेतृत्व ३२ वर्ष उमेर ननाघेकाबाट बनाउने वा नाघेकाबाट ल्याउने भन्नेमा नेताहरूबीच एकमत ...


कार्यदलले एकताका बाँकी काम गर्न थप समय मागेपछि नेकपा सचिवालय कमिटि यस्तो निष्कर्षमा पुग्यो !

काठमाडौँ - नेकपाले गठन गरेको कार्यदलले पार्टी एकताका बाँकी काम गर्न थप समय मागेपछि नेकपाको सचिवालय कमिटि यस विषयमा छलफल गर्ने निष्कर्षमा पुगेको छ । ‘कार्यदलको तर्फबाट लिखित प्रतिवेदन पेश भएको छ’ बैठकलपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘थप कामका लागि निर्देशन पाउँ भन्ने कार्यदलको तर्फबाट माग गरिएको छ।’

स्रोतका अनुसार, विभिन्न जटिलताका कारण कार्यदलले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको बताउँदै थापाले समय माग गरेका थिए। २९ मंसिर–१३ पुषसम्म भएको स्थायी समितिको बैठकले गृहमन्त्री थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो। तर, पार्टी विधान र मापदण्ड विपरित प्रदेश ...


पार्टी एकता टुंगो लगाउन नेकपा सचिवालय बैठक बालुवाटारमा जारी !

काठमाडौं - नेकपा सचिवालयको बैठक बालुवाटारमा बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् ।

एकताका लागि गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन भए पनि अझैसम्म एकताले पूर्णता पाएको छैन । त्यसैले अब अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैंले एकताको खाका तयार पार्ने जिम्मा लिने तयारीमा छन् ।

थापा संयोजकत्वको कार्यदलमा ऊर्जामन्त्री समेत रहेका वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका रघुवीर महासेठ र प्रदेश ५ ...


पार्टी एकता टुंग्याउन प्रचण्ड आफै अघि सरे !

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आँफै एकता टुंग्याउन दैनिकजसो छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबिच दैनिकजसो बालुवाटारमा २ घण्टाभन्दा बढी एकतासम्बन्धि छलफल हुने गरेको बालुवाटार स्रोत बताउँछ ।

एकता टुग्याउँन बनाएको चौथो कार्यदलले समेत एकतासम्बन्धि ठोस योजना प्रस्तुत गर्न नसकेपछि अध्यक्षद्वय नै सक्रिय भएका हुन् । तर रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलसमेत रहको ९ सदस्यिय कार्यदलले एकमतले रिपोर्ट बुझाएको बताएको छ । स्रोतका अनुसार उक्त रिर्पोटमा एकता सम्बन्धि ठोस र मुर्त योजना ...


नेकपामा माथिल्लै तहका झन्डै ५५ प्रतिशत नेता कामविहीन

काठमाडौं - नेकपामा ४४१ जनाको ‘जम्बो’ केन्द्रीय समिति छ। आमन्त्रित स्थायी समिति सदस्यलाई पनि जोड्ने हो भने यो संख्या ४५१ पुग्छ। तर केन्द्रीय नेताको कामको टुंगो छैन। एकीकरणपछि नेकपाले नेतालाई काम बाँडफाँट गर्न सकेको छैन। संसदीय भूमिका र पार्टी जिम्मेवारी दुवै नभएका २४९ नेता केन्द्रीय समितिमा छन्।

सचिवालय सदस्य वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका ती नेताहरू कामविहीन छन्। नीति निर्माण तहका झण्डै ५५ प्रतिशत नेता कामविहीन बन्दा पार्टी नै ‘प्यारालाइसिस’ को अवस्थामा छ। नेकपा स्थायी समिति सदस्य मणि थापा पार्टी एकता यताको अवस्थालाई नेकपा भित्रको ‘ग्रहदशा’ ...


नेकपाको एकता कार्यदलको बैठक बस्नै सकेन

काठमाडौँ - चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन ।

नेकपाको सचिवालयको गत सोमबारेको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकामा झण्डै एक साता बित्दा पनि प्रतिवेदन तयार हुन नसकेको हो ।

कार्यदलले सो एक दिन मात्र नभई थप केही दिन समय पाउन शीर्ष नेतृत्वलाई आग्रह गरेको थियो तर कुन कुन विषय सहमति भएको हो, कुन कुनमा असहमति भएको हो र कहिलेसम्म टुङ्गोमा पुगिन्छ भन्नेमा कार्यदलका ...


​नेविसंघ सभापति नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं - नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । नविसंघ महाधिवेश हुन नसकेको अवस्थालाई मध्यनगर गर्दै उनले राजीनामा दिएका हुन् ।

काँग्रेस केन्द्रीय समिति बैठकमा उनले राजिनामा पेश गरेका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएको थियो । बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने काँग्रेसको तयारी छ ।

महरले २७ वर्ष गाउँको स्कूल हुँदै विद्यार्थीको केन्द्रीय राजनीति नेतृत्व गर्ने अवसर प्राप्त भएको हुँदा संस्थागत रुपमा नेपाली कांग्रेस, नेविसंघ र व्यत्तिगत रुपमा पार्टी सभापतिसहितको भूमिका र ...


नेविसंघको विषयमा कांग्रेसका शीर्ष नेता नै विभाजित

काठमाडौँ - विद्यार्थी संगठन नेविसंघको विषयमा कांग्रेसका शीर्ष नेता नै विभाजित भएका छन् । १० माघबाट जारी कांग्रेस केन्द्रीय समितिको बुधबारको बैठकमा नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले नेविसंघको कार्यसमिति विघटन गर्नुपर्ने बताए । ११औँ महाधिवेशनबाट आएको नैनसिंह महर नेतृत्वको कार्यसमितिले दुईपटकसम्म म्याद थप्दा पनि महाधिवेशन गर्न नसकेको उनीहरूको तर्क छ । तर, अर्का नेता कृष्णप्रसाद सिटौलाले पौडेल र निधिको प्रस्तावको विरोध गर्दै थुप्रै भ्रातृ संगठनको अधिवेशन नभएको अवस्थामा नेविसंघको हकमा मात्रै म्याद सकिनासाथ भंग गर्नुपर्छ भन्न नहुने तर्क राखे ।

सभापति शेरबहादुर देउवाले बैठक सुरु हुनासाथ नेविसंघलाई कसरी ...


एकता कार्यदलका संयोजक बादललाई सदस्यहरुले दिए दवाव !

काठमाडौं - संगठनात्मक एकताको प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको नेकपाको कार्यदलले काम गर्न नसकेको भन्दै सचिवालयले आफैं रिपोर्ट लिएर गृहकार्य गर्ने भएपछि कार्यदलभित्रै असन्तुष्टि चुलिएको छ। कार्यदल सदस्यहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, लेखराज भट्ट र वेदुराम भुषालले बुधबार संयोजक रामबहादुर थापालाई भेटी सचिवालयको निर्णयमा असन्तुष्टि जनाएका हुन्।

स्थायी समितिले बनाएको कार्यदल निष्प्रभावी बनाई सचिवालयले आफैं अधिकार लिन विधानतः उचित नहुने भन्दै कार्यदलमा नै एकीकरण प्रस्तावमा छलफल गराउन उनीहरूले माग गरेका छन्। सोमबार नेकपा सचिवालय बैठकले प्रस्ताव तयार पार्न कार्यदलले विलम्ब गरेको र काम गर्न नसकेको भन्दै ...


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै !

काठमाडौँ - कांग्रेस केन्द्रीय समिति बैठक महासमितिले पारित गरेका विभिन्न पाँचवटा प्रस्तावलाई परिमार्जन र नेविसंघमा विषयकेन्द्रित हुने भएको छ । महासमिति बैठकले सर्वसम्मत रूपमा पारित गरे पनि विधान, राजनीतिक, सांगठनिक, आर्थिक र कोषाध्यक्षको प्रतिवेदनमाथि आएका सुझाबलाई केन्द्रीय समितिले परिमार्जन गर्नुपर्नेछ । यी प्रस्तावलाई टुंग्याउन केन्द्रीय समिति बैठक बुधबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केन्द्रीय समितिले सुझाबलाई समेटेपछि यी प्रस्तावले अन्तिम रूप पाउनेछन् । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

नेविसंघबारे छलफल हुने
२ माघसम्म महाधिवेशन हुन नसकेपछि नेविसंघको भविष्य ...


विप्लव नेतृत्वको माओवादीमा अन्तरसंघर्ष चुलियो !

काठमाडौँ - अर्धभूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीमा अन्तर संघर्ष चर्किन थालेको छ । महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच सांगठनिक पकट कसले जमाउने भन्ने विषयमा विवाद हुन थालेको हो । विचारभन्दा जनवर्गीय संगठनमा पकड जमाउने भन्ने विषयमा दुई नेताबीच अन्तर संघर्ष सुरु भएको हो ।

चन्दा आरोपमा पक्राउपछि छुटेका प्रकाण्डले गत मंसिर ८ गते आयोजित आमसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गरे । संगठन सुदृढिकरण र जनतासँग आफ्ना कुरा राख्न भन्दै प्रकाण्डले कालिकोटमा सम्बोधन गरी सकेका छन् । खुला कार्यक्रममा प्रमुख अथितिका रुपमा ...


पार्टी एकता कार्यदलले काम गर्न नसकेपछि त्यसबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक !

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सोमबार सचिवालयको बैठक बोलाएको छ ।

पुस मसान्तभित्र काम सक्ने म्याण्डेट सहित नेकपा स्थायी कमिटी बैठकबाट गठित कार्यदलले विधान बाहेक अन्य कुनै विषयमा सहमति जुटाउन नसकेपछि यसलाई निरन्तरता दिने कि भंग गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने एक नेताले बताए ।

कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव बिष्णु पौडेल प्रदेश कमिटी गठनको निर्णय फेरबदल गर्न असहमत भएपछि अहिलेसम्म एकता कार्यदलको बैठक बस्न सकेको छैन ।

बैठकमा पार्टी एकता, समसामयिक राजनीतिक र भेनेजुयलाका विषयमा छलफल हुने बताइएको छ ।

...

कार्यदल निष्क्रिय बनेपछि प्रतिवेदन मागेर आफैं निर्णय गर्ने तयारीमा ओली-दाहाल !

काठमाडौं - नेकपा अध्यक्षद्वयले पार्टीको संगठनात्मक प्रतिवेदन तयार पार्न गठन गरेको कार्यदलको प्रतिवेदन अपूरै भए पनि माग्ने संकेत गरेका छन्। पार्टी एकता टुंगो लगाउन स्थायी समिति बैठकले १३ पुसमा गठन गरेको कार्यदलले काम गर्न ढिलाइ गरेपछि अहिलेसम्मका कामको प्रतिवेदन पूरा नभए पनि नेताहरूले माग्ने तयारी गर्न थालेका छन्।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको ढिलाइबारे छलफल भएको थियो। स्रोतका अनुसार दुई अध्यक्षबीच कार्यदललाई केही दिन पर्खने, पर्खँदा पनि प्रतिवेदन बुझाउने तत्परता नदेखाए अपूरै भए पनि माग्ने मनस्थिति ओली–दाहालले बनाएका छन्।

मंसिर ...


महाधिवेशनसम्म दुई अध्यक्ष रहने

काठमाडौं - पशुपति शमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा। प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एकीकरण गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) गठन भएको छ।
शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी राणा र लोहनीको पार्टी एकीकरण गरिएको हो। पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने मुख्य नीति र सिद्धान्तका साथ यी दुई दल एकीकरण भएको हुन्।

दुई दलबीच महाधिवेशन अघिसम्म एकीकृत पार्टीमा राणा र लोहनी अध्यक्ष रहने सहमति भएको ...


राणा र लोहनी नेतृत्वको राप्रपा एकीकरण हुने !

काठमाडौं - पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबीच एकीकरण हुने भएको छ।

बुधबार दुई पार्टी अध्यक्षहरुले पार्टी एकीकरणको समझदारी पत्रमा हस्ताक्षर गर्नेछन्। बिहीबार एकीकृत पार्टीको कार्यसम्पादन समितिको बैठकपछि शुक्रबार मात्र पार्टी एकीकरणको औपचारीक घोषणा गर्ने दुई पार्टीका नेताहरुबीच सहमति छ। दुवै पार्टी अध्यक्ष रहनेगरी एकीकरण गर्ने सहमति गरेका छन्।

शुक्रबार १८ गते १ बजे राष्ट्रियसभा गृहमा एकीकरण घोषणा कार्यक्रम रहेको जानकारी दिँदै राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले भने, ‘पार्टी सामुहीक नेतृत्वको अवधारणमा अघि बढ्छ।’

...

नेकपाको एकता : जिल्लामा नहुँदै स्थानीय तहमा धमाधम !

काठमाडौं - नेकपाको नेतृत्व अझै जिल्ला र प्रदेश तहको एकतामा अल्झे पनि स्थानीय तहमा एकता प्रक्रिया सुरु भएको छ। पार्टी स्थायी समिति र केन्द्रीय समितिले प्रदेश कमिटीलाई अनुमोदन गरिनसके पनि त्यही कमिटीले अहिले कतिपय स्थानीय तहको एकता प्रक्रिया अघि बढाएको हो।

गण्डकी, सुदूरपश्चिम, प्रदेश ३ र ५ ले जिल्ला मातहतका स्थानीय कमिटीमा एकता प्रक्रिया अगाडि बढाएको सम्बन्धित प्रदेशका पदाधिकारीले बताएका छन्। नेकपाको प्रदेश कमिटीलाई पार्टी सचिवालयले निर्णय गरे पनि स्थायी कमिटी र केन्द्रीय समितिले भने अनुमोदन गरिसकेको छैन। नेकपाको जिल्ला तहको एकता भने सबैभन्दा जटिल छ। ...


नेकपा एकता अलपत्र : आठ महिनामा चार कार्यदल नतिजा शुन्य !

काठमाडौँ - तीन महिनाभित्र पूर्णता दिने घोषणासहित अघि बढेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण आठ महिनासम्म टुंगिन सकेको छैन । ३ जेठमा एकीकरण घोषणालगत्तै भदौ पहिलो साताभित्र पार्टीका सबै संगठन र तहमा एकता टुंग्याउने भनिए पनि चारवटा कार्यदल बनेर काम गर्दासमेत अल्झिरहेको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालको समूहगत सन्तुलन मिलाउने गरी १२ पुसमा स्थायी समिति बैठकले गठन गरेको ९ सदस्यीय शक्तिशाली कार्यदलसमेत अलमलमै दिन काटिरहेको छ । पुस मसान्तसम्म एकीकरणको सम्पूर्ण खाका तयार गर्ने म्यान्डेट पाएको कार्यदलका सदस्यबीच नै विवाद ...


नेविसंघ केन्द्रीय समितिको म्याद आज सकिँदै, समितिको वैधतामाथि प्रश्न !

काठमाडौँ - नेपाल विद्यार्थी संघ(नेविसंघ)को केन्द्रीय कार्यसमितिको म्याद बुधबारबाट सकिँदै छ । तर, म्याद थप गर्ने आधिकारिक निकाय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० माघमा मात्रै बोलाइएकाले अध्यक्ष नैनसिंह महर नेतृत्वको समितिको वैधतामा प्रश्न उठ्ने देखिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १० माघका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा मात्रै नेविसंघको विषयमा छलफल हुने बताए । ‘विधानतः ११औँ महाधिवेशनबाट निर्वाचित भएर आएको नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको म्याद बुधबारबाट स्वतः सकिने छ,’ प्रवक्ता शर्माले नयाँ पत्रिकासँग भने ‘अब नेविसंघका विषयमा कसरी अगाडि बढ्ने भन्ने बारेमा १० माघमा आह्वान ...


नेकपा कार्यदलमा विवाद भएपछी एकीकरण छलफल अलपत्र !

काठमाडौँ - पुस मसान्तसम्म एकीकरणको बाँकी काम र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको खाका तयार गर्ने जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदल आन्तरिक विवादमै अल्झिएको छ । तोकिएको समयमा कार्यभार पूरा गर्न नसकेका कार्यदल सदस्यहरू २४ पुसदेखि बैठक नै स्थगित गरेर आ–आफ्नो नियमित काममा व्यस्त भएका छन् ।

प्रदेश कमिटी गठनमा केन्द्रीय सचिवालयले तय गरेको मापदण्ड कार्यान्वयनको समीक्षामै पूर्वएमालेबाट प्रतिनिधित्व गर्ने कार्यदल सदस्यहरूबीच मत बाझिएपछि छलफल स्थगित भएको हो । पार्टी केन्द्रीय सचिवालयले तोकेको प्रदेश कमिटीको नाम र दोहोरो जिम्मेवारीको सन्दर्भमा नेताहरूबीच विवाद रहेको एक नेताले बताए ...


सुस्तायो एकता : गठित कार्यदलले समयमै बुझाउन सकेन प्रतिवेदन !

काठमाडौँ - नेकपा स्थायी समितिको गत पुस १३ गतेको बैठकले १० दिनको समय दिएर समायोजन टुंग्याउन कार्यदल गठन गरेको थियो । जस अनुसार कार्यदलले यही पुस २५ पुसभित्रै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाइसक्नु पर्थ्यो। तर कार्यदलले प्रतिवेदन तयार पार्न सकेको छैन । कार्यदलमा अधिकांश सदस्य मन्त्री रहेका कारण बैठक नै प्रभावित बन्दै आएको छ । विशेषगरी क्रियाशीलताका आधारमा योग्यलाई जिम्मेवारी दिने कि पार्टी एकताअघिको जिम्मेवारीका आधारमा नेतृत्व चयन गर्ने भन्ने विवाद छ । जसका कारण पनि पुसभित्रै पार्टीका सबै संगठन ...


विवेकशील साझा पार्टी फुट्यो !

काठमाडौं - रवीन्द्र मिश्र र उज्वल थापाको संयुक्त नेतृत्वको विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता दिएका छन् ।

३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको ...


नेकपाको पोलिटब्युरोमा पूर्वमाओवादीको ५० प्रतिशत दाबी

काठमाडौँ - नेकपाको पोलिटब्युरोमा पूर्वमाओवादीले ५० प्रतिशत दाबी गरेको छ । कार्यदल बैठकमा सम्मानजनक एकताका लागि भन्दै पूर्वमाओवादीले बराबरी हुनुपर्ने तर्क गरेको हो । ‘पोलिटब्युरोमा ५०/५० प्रतिशत भागबन्डा हुनुपर्ने दाबी गरेका छौँ’ पूर्वमाओवादीका एक नेताले भने, ‘तर, पूर्वएमालेले ६०/४० का आधारमा हुनुपर्ने अडान लिएको छ ।’

४४१ सदस्यीय केन्द्रीय समितिको एकतिहाई पोलिटब्युरोमा रहनेछन् । छलफल जारी रहेकाले सार्वजनिक गर्न नमिल्ने कार्यदल सदस्य वेदुराम भुसालले बताए । ‘कार्यदलभित्र बाहिर केही नबोल्ने आचारसंहिता बनाएका छौँ’ भुसालले भने, ‘सहमति भएपछि सबै थाहा पाइहाल्नुहुन्छ ।’


भूमिगत रूपमा कार्यदल बैठक
नेकपा कार्यदल बैठक भूमिगत रूपमा बस्दै ...


नेकपामा तीन लाखलाई प्रत्यक्ष जिम्मेवारी

काठमाडौं - नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया तल्लो तहसम्म टुंगो लाग्दा तीन लाख नेताकार्यकर्ताले संगठनमा जिम्मेवारी पाउने भएका छन्। दुई पार्टी मिलेर नेकपा गठन भएको आठ महिनापछि केन्द्रीय सदस्यहरूको कार्य विभाजन तथा तल्लो तहसम्म एकीकरण प्रक्रियालाई पूर्णता दिन बनेको कार्यदलले तीन लाख नेताकार्यकर्ताले संगठनको प्रत्यक्ष जिम्मेवारी पाउने मापदण्ड बनाएको छ।

पुस मसान्तसम्म काम सक्नेगरी कार्यसम्पादन गर्दै आएको कार्यदलले १२ लाख कार्यकर्तालाई अप्रत्यक्ष रूपमा पार्टी काममा खटाउने सक्ने मापदण्ड तय गरेको छ। नेता रामबहादुर थापा नेतृत्वको नौ सदसीय कार्यदलले पार्टी अन्तरिम विधानको धारा २९ अनुसार ...


कांग्रेस केन्द्रीय समिति बैठक १० माघमा

काठमाडौँ - महासमिति बैठकबाट पारित विभिन्न पाँचवटा प्रस्ताव र प्रतिवेदनलाई परिमार्जन गरी अन्तिम रूप दिन कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको छ । यसअघि पुस मसान्तभित्रै बैठक राख्ने तयारी भए पनि १० माघमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठकमा विधान, राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्ताव, कोषाध्यक्षको प्रतिवेदनले परिमार्जनसहित अन्तिम रूप पाउनेछ । सामान्य परिमार्जन हुने भए पनि केन्द्रीय समितिले आधारभूत विषयलाई नबदल्ने समहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

नेताहरूको व्यस्तताले बैठकमा ढिलाइ
महासमिति समापन हुँदा ७ पुसमा नेता रामचन्द्र पौडेलले १६ पुसदेखि नै सदस्यता अभियान चलाउनुपर्ने ...


नेकपामा तिन गुट : कसको गुट कति शक्तिशाली ?

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन्।

नेकपामा देखिएको यो गुट राजनीति आगामी महाधिवेशन उन्मुख हुन थालेको छ। महाधिवेशन नभई गुट गतिविधि कम नहुने बरु यो पार्टीका सबै निकायमा निरन्तर हुने संकेतसमेत प्राप्त भएका छन्। स्थायी समिति बैठकमा ओली गुटका नेताहरू सरकार र पार्टी अध्यक्ष शर्माको बचाउमा ...


कांग्रेसमा कुन तह कति शक्तिशाली ?

काठमाडौं - नयाँ विधानले कांग्रेसका आठवटै तहगत संरचनालाई अधिकार दिए पनि केन्द्र निर्णयक बन्नेछ। कांग्रेस महासमिति बैठकबाट अनुमोदित नयाँ विधानले केन्द्रदेखि स्थानीय तहको संरचनामा परिर्वतनसहित अधिकार प्रत्यायोजन गरेको छ।

विधानले सदस्यता वितरण तथा उम्मेदवार छनोटमा नयाँ व्यवस्था गरेको छ। विधानले सदस्यता वितरणको सम्पूर्ण जिम्मेवारी वडा कार्यसमितिलाई दिएको छ। केन्द्रमा पार्टी महामन्त्री नेतृत्वमा बन्ने तीन सदस्यीय समितिले सदस्यता व्यवस्थापन गर्नेछ। पार्टी सदस्यका लागि वडा तहमै प्रक्रिया पुर्‍याउनु पर्नेछ। सदस्यता नविकरण गर्दा स्वत क्रियाशील सदस्य बन्ने छन्।

उम्मेदवार छनोटका लागि मापदण्ड बनाइएको छ। प्रतिनिधिसभा, प्रदेशसभा र महानगरपालिकाको प्रमुख–उपप्रमुखको उम्मेदवार ...


नेकपा बैठकमा दाहाल हावी, ओली रक्षात्मक !

काठमाडौं - नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘हावी’ भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै दाहाल बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए।

पार्टी एकताको दिन (जेठ ३) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए। तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा दाहाल एकछत्र ‘हावी’ देखिएको एक स्थायी समिति सदस्यले बताए।

दुई धारबाट आएका नेताको प्रस्तुति, हाउभाउ शैली, अभिव्यक्ति एक–अर्काे खेमाका नेताहरूलाई बुझ्ने सबैभन्दा महत्वपूर्ण अवसर थियो यो बैठक। ...


पार्टी एकता टुंग्याउन नेकपामा कार्यदल गठन, फाल्गुन र चैतमा जनसभा !

काठमाडौँ - विवाद र आलोचना भएपछि नेकपाको स्थायी समिति बैठक १४ दिन लम्बियो । पार्टी अध्यक्षद्वयको प्रतिवेदन र प्रधानमन्त्री केपी ओलीको नेताहरूले खुलेर आलोचना गरे । ओलीले पार्टी र सरकारमा गल्ती गरेको औँल्याउँदै आत्मालोचना गर्नुपर्ने माग गरे, अध्यक्षको राजनीतिक प्रतिवेदनमा पनि आपत्ति जनाए । अन्ततः परिमार्जन गर्ने प्रतिबद्धतासहित प्रतिवेदन पारित गर्दै शुक्रबार बैठक सकिएको छ । बैठकले पार्टी एकताका बाँकी काम सकाउन कार्यदल गठन गरेको छ । वीरेन्द्र ओलीको समाचार :

ओली–प्रचण्डको दस्ताबेज परिमार्जनसहित पारित
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेस गरेको राजनीतिक दस्ताबेज परिमार्जनसहित पारित ...


नेकपा बैठक : प्रचण्ड पछि आज ओलीको जवाफ दिने पालो !

काठमाडौँ - झन्डै दुई हप्तादेखि जारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबार सकिँदै छ । बिहीबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएपछि बैठक सकिनेछ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बुधबारै दुवै अध्यक्षले सम्बोधन गर्ने भनिए पनि संसद् बैठक भएकाले पार्टी बैठक छोट्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
पक्ष–विपक्षमा विभाजित
सचिवालयका नेताहरूमध्ये राजनीतिक प्रतिवेदनमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेल एउटा कित्तामा उभिएका छन् भने वरिष्ठ नेताद्वय ...


नेकपा स्थायी कमिटि बैठकमा प्रचण्डको दुई घण्टा लामो जवाफ, प्रधानमन्त्री बाेलेनन् !

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी स्थायी समिति बैठकमा करिब दुई घण्टा धारणा राखेका छन् ।

अाज बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउनका लागि जारी स्थायी समिति बैठक ऐतिहासिक भएको बताएका छन् । बैठकमा अध्यक्ष प्रचण्डले वैचारिक, सैद्धान्तिक, सांगठनिक र सरकारका कामकारवाहीका विषयमा धारणा राखेको स्थायी कमिटी सदस्य अग्नि सापकोटाले जानकारी दिए ।

पार्टीले सरकारको विरोध गर्नु भन्दा सघाउनु पर्ने धारणा राख्दै घुमाउराे पारामा प्रचण्डले सरकारकाे बचाउ गरेका थिए । पार्टी एकता असाधरण एकता भएको र तल्लो तहसम्मको ...


नेकपामा अध्यक्षविरुद्ध उभिए चार शीर्ष नेता !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन्। पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्र्ष नेता एक ठाउँमा उभिएका हुन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालन एकलौटी ढंगबाट गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहालले मौन रहेर समर्थन गरेको आरोप चार शीर्ष नेताले लगाएका छन्। एउटै नेतालाई सरकार र पार्टीको दोहोरो जिम्मेवारी नदिने पूर्वसहमतिविपरीत अध्यक्ष ओलीले आफूनिकटलाई जिम्मेवारी दिएको माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको ...


नेकपा स्थायी समिति बैठक : कुन नेता कसको पक्षमा बोले ?

काठमाडौं - नेकपाको स्थायी समितिको बैठकमा प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना भयो। अध्यक्षद्वयको प्रतिवेदन अल्पमतमा पर्नबाट त जोगियो तर बहुमत सदस्यले सरकारको कार्यशैलीमा असन्तुष्टि जनाए।

२९ मंसिरयता स्थायी समिति बैठक जारी छ। सहभागी सबै नेताले धारणा राखिसकेका छन्। दस्तावेजमा ओली प्रस्ट बहुमतमा देखिएका छन्। तर बहुसंख्यक नेताले सरकार र पार्टी सञ्चालनको तरिकाको आलोचना गरे। पार्टी र सरकारको नेतृत्वसमेत ओलीले गरेका कारण बैठकमा उनी सबैभन्दा बढी तारो बने।

कुल ४७ नेताले प्रतिवेदनमाथि धारणा राखे। त्यसमध्ये ३२ नेताले अध्यक्षद्वयद्वारा प्रस्तुत प्रतिवेदनको ‘मूल स्पिरिट’ मा समर्थन जनाए। केहीले वामदेव गौतमको ...


बिष्णु पौडेलको प्रस्ताव : 'पार्टीका सबै बैठक लाइभ गरौं'

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले पार्टीका सबै बैठक प्रत्यक्ष प्रशारण गर्नु उचित हुने बताएका छन्। स्थायी समिति बैठकमा लीलामणि पोखरेलले बैठकको प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव राखेपछि महासचिव पौडेलले समर्थन जाउँदै लिखित प्रस्ताव गरेका हुन् ।

‘लाइभ कास्ट गरौं भन्ने लीलामणि पोखरलेको भनाइप्रति मेरो समर्थन छ’, पौडेलले बैठकमा राखेको लिखित धारणामा उल्लेख छ, ‘बैठकमा भएका छलफल र निर्णयहरू तोडमोड गरेर सार्वजनिक गरिएका छन् बैठकका सूचनाहरू तोडमोड गरेर मिडियामा लगिएको छ।’

पौडेलले मिडियाले औपचारिक र आधिकारिक सूचनालाई विश्वास नगरेको तथा महत्व नदिएको उल्लेख गरेका छन्। प्रत्यक्ष ...


नेकपा बैठकमा नेताहरुले राखेका विचार सारंशमा

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटीको तेस्रो बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने कार्यक्रम छ । सरकार र पार्टी एकीकरण टुंग्याउने मुख्य एजेण्डामा शुरु भएको बैठकमा स्थायी कमिटिका सबै सदस्यले बोलिसकेका छन् ।

छलफललाई व्यवस्थित बनाउन बैठकको शुरुमैं अध्यक्षद्वयका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय उल्लेख छन् ।

अध्यक्षको प्रतिवेदनसँगै अर्का नेता वामदेव गौतमले समेत पूरक प्रस्ताव पेश गरेका थिए । आजको बैठकमा सम्बोधन गर्न बाँकी परराष्ट्र ...


नेकपा बैठक : नेताका प्रश्नको जवाफ दिँदै ओली र प्रचण्ड !

काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी आज बिहानको बैठकमा नेता प्रदीप ज्ञवालीले प्रतिवेदनका विषयमा आफ्ना भनाइ राखेपछि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपरान्ह ४ः३० बजे बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम छ । “प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनका विषयमा आफ्ना विचार राखे, बिहानै अध्यक्षद्वयले छलफलमाथिको प्रतिउत्तर राख्ने सम्भावना ...


कांग्रेसमा अब १४ पदाधिकारी र १५३ केन्द्रिय सदस्य

काठमाडौँ - विधानमाथिको एक महिना लामो छलफलपछि कांग्रेसमा १७१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गर्न नेताहरू सहमत भएका छन् । गत मंगलबार कोषाध्यक्षबाहेक सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुवै सहमहामन्त्री निर्वाचन गर्ने गरी सहमति जुटेको थियो । तर, त्यसको भोलिपल्टै समावेशी आधारमा पदाधिकारी बढाउनुपर्ने माग भएपछि समावेशी आधारमा आठवटै क्लस्टर (महिला, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, खस आर्य र पिछडिएको क्षेत्र) गरी आठवटैमा सहमहामन्त्री निर्वाचित हुनेछन् । कांग्रेस केन्द्रीय समितिको आकार १६७ सदस्यीयसम्म रहने नेताहरूको भनाइ छ ।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी १३, समावेशीमा दलित नौ, ...


कांग्रेसमा कुरा मिल्यो : ७ समहामन्त्रीमा आरक्षण

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी संख्या विवाद मिलेको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले ७ समहामन्त्रीमा आरक्षण दिने सहमति गरेका छन् । यो संगै सहमहामन्त्रीको संख्या १३ पुग्ने भएको छ ।

अब उपसभाति र महामन्त्री २/२ जना हुनेछन् भने सहमहामन्त्री ७ जना रहनेछन् ।

नेताहरुका अनुसार समहामन्त्रीमा आरक्षण हुनेछ । महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेसी, थारु र मुस्लिम कोटाबाट ७ जना चुनिनेछन् ।

संविधानमा आरक्षणको ८ क्लस्टर रहेकोमा कांग्रेसले पिछडिएको क्षेत्र तथा अल्पसंख्यकलाई हटाएको छ ।

अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमिति ...


सरकारको कामको समिक्षा गर्दै नेकपा बैठक

काठमाडौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रतिवेदनमाथिको छलफल चलिरहेको छ । भोलिसम्म सबै सदस्यहरुले बोल्ने क्रम सक्नेगरी बैठक आज पनि सुरु भएको छ ।

बिहान ८ बजेपछि पार्टी कार्यालयमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी छ । हिजोसम्मको बैठकमा नेताहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् ।

अध्यक्षओली र दाहाल निकटका नेताले पार्टी नेतृत्व र सरकारको बचाउ गरेका छन् भने बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल पक्षका नेताले विरोध गरेका छन् । पार्टी नेतृत्व ...


विधानमा सहमति जुट्न नसकेपछि कांग्रेस महासमिति बैठक लम्बियो !

काठमाडौ - विधानको विवादका कारण नेपाली कांग्रेसको महासमिति बैठक अन्यौलमा परेको छ । मंगलबार सकिनुपर्ने बैठक आजसम्म पनि मुख्य मुद्दामा छलफलमा प्रवेश गरेको छैन ।

पार्टीलाई संघीय संरचनामा लैजान सोहीअनुरूपको विधान पारित गर्ने मूल एजेन्डासहित २९ मंसिरबाट सुरु भएको कांग्रेस महासमिति बैठक विधान नआउँदा बन्धक भएको हो ।महासमिति सुरु हुनुअघि नै विधानमा देखिएको गुटगत विवाद पूर्वनिर्धारित अन्तिम मिति सकिँदासम्म पनि सहमतितर्फ पुग्न नसक्दा जारी महासमिति विधानकै कारण बन्धक बन्न पुगेको हो ।

विधानमा सहमति जुट्न नसकेपछि महासमितिसमेत लम्बिएको छ ।कांग्रेसले तयार गरिरहेको पार्टीको संशोधित विधानमा पदाधिकारी संख्या ...


नेकपा बैठकमा आरोप-प्रत्यारोप : मंगलवार बोलेका ८ नेता मध्ये कसले के भने ?

काठमाडौं - नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप-प्रत्यारोपमा उत्रिएका छन्। प्रभावशाली नेताहरूले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे।

स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे फरक धारणा राखेका छन्। उनले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना गरे।

एकीकृत पार्टीमा दुई अध्यक्ष हुने निर्णय भएपनि सचिवालय बनाउँदा मनोमानी गरिएको पनि उनले जिकिर गरे। ‘पार्टीको मुख्य नेतृत्व कसले छनौट गर्ने, सचिवालय, पूर्ण कमिटी र महाधिवेशन कसले गर्ने ? यो कुनै व्यक्तिको इच्छा ...


कांग्रेसमा पदाधिकारी बढाउन दुवै पक्ष सहमत, संख्या र चुनिने प्रक्रियामा भने अझै सहमति जुटेन !

काठमाडौं - विधानमा सहमति खोज्न कांग्रेस शीर्ष नेताहरु सक्रिय रुपमा लागिरहेका छन् । महासमिति बैठकलाई नै प्रभावित पारिरहेको विधान पदाधिकारी संख्याको लफडामा अल्झिएको छ । पदाधिकारी नै बढाउने या नबढाउने भन्ने अवस्थाबाट सुरु भएको विवादलाई नेताहरुले एक हदसम्म सुल्झाएका छन् । पदाधिकारी संख्या बढाउन संस्थापन र पौडेल–सिटौला पक्ष सहमत भएका छन् ।

बन्दसत्र नै स्थगित गरी कांग्रेसका पदाधिकारी र विधान मस्यौदा समितिका सदस्य कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा अन्तिम कसरतमा छ । तर, पदाधिकारी संख्यामा भने विवाद कायमै छ । ११ वा ८ बनाउने र कसरी ...


आज दिनभर के-के भयो नेकपा बैठकमा ?

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् । आज बोल्ने नेताहरुमा भीम रावल, योगेश भट्टराई र टोपबहादुर रायमाझीले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको कडा आलोचना गरेका हुन् । नेता रावलले प्रधानमन्त्री ओलीले स्वेच्छचारी गरेको आरोप लगाए ।

हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिटका कारण सरकारको शाख गिरेको पनि उनले आक्रोश पोखे । रावलले एसिया प्यासिफिक समिटले देशको शिर निहुर्याएको छ र यसमा प्रधानमन्त्रीले आत्माआलोचना गर्नुपर्ने धारणा राखे ।

रावलले ...


काङ्ग्रेसको विधान मस्यौदा केन्द्रीय समितिमा, सहमतिको प्रयास जारी

काठमाडौँ - नेपाली काङ्ग्रेसले पार्टीको विधान मस्यौदालाई पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि आज बिहान शुरु भएको काङ्गे्रस महासमिति बैठक केही समयका लागि स्थगन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ ।

केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी पदाधिकारी बैठक जारी रहेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । पदाधिकारी बैठकमा सहमति पश्चात् विधान मस्यौदाको प्रतिवेदन केन्द्रीय समितिबाट ...


नेकपा स्थायी समिति बैठक : प्रतिवेदनमाथि स्थायी समितिका सदस्यले धारणा राख्दै

काठमाडौं - शनिबार केहीबेर बसेर स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक आज पुन बस्दैछ ।

पार्टी कार्यालय धुम्बराईमा दिउसो ११ बजेबाट बस्ने बैठककका लागी शनिबार प्रस्तुत भएका दुई प्रतिवेदनमाथि छलफलको एजेण्डा तय भएको अनुमान भएपनि पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको प्रतिवेदनमाथि भिन्न मत राखेका सचिवालय सदस्य बामदेव गौतमको भिन्न मतमाथि छलफल हुने कि नहुने टुंगिएको छैन ।

प्रचण्डको नीजि सचिवलायका अनुसार बैठकमा प्रतिवेदनमाथि स्थायी समितिका सदस्यहरुले धारणा राख्ने तय भएको छ । ४५ सदस्यीय स्थायी समितिका सदस्यहरुको धारणा राख्ने क्रम केही ...


गच्छदारले बैठक संचालन गर्न लागेको हल्ला चलेपछि कांग्रेसमा नाराबाजी, बैठक स्थगित

काठमाडौं - नेपाली कांग्रेसको महासमितिको बैठकमा नाराबाजी भएपछि बैठक स्थगित गरिएको छ ।

निर्धारित समयमै कांग्रेसका पदाधिकारीहरु बैठकमा नआएको भन्दै भएको नाराबाजीले बैठल स्थगित भएको हो । कांग्रेस सभापति शेर बहादुर देउवा लगायतका पदाधिकारी नआउने र विजय गच्छेदारले बैठक संचालन गर्न लागेको हल्ला चलेपछि नराबाजी सुरु भएको थियो ।

नेताहरुलाई बैठकमा समयमै उपस्थित हुन भन्दै नाराबाजी सुरु भएपछि खाना खाने समयसम्मका लागी स्थगित भएको छ ।

...

काङ्ग्रेस महासमिति बैठक आजबाट, यस्ता छन् एजेन्डा !

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजबाट शुभारम्भ हुँदैछ ।

बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भईसकेको छ । महासमिति बैठक सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित समारोहमा शुभारम्भ हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठक आगामी पुस ३ गतेसम्म चल्ने छ । प्रवक्ता शर्माका अनुसार बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा ...


नेकपाको स्थायी समिति बैठक आज

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। दिउँसो १ बजे सुरु हुने भनिएको स्थायी समिति बैठकमा प्रदेश समितिका सदस्यको नाम अनुमोदनदेखि सरकारको कार्यशैली समीक्षासम्मको अजेन्डा रहेको कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन्।

प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दा एकलौटी गरेको भन्दै माधवकुमार नेपाललगायतले फरक मत राखेका छन्। यस विषयमा पनि बैठकमा छलफल हुनेछ। गत जेठ ३ गते पार्टी एकता भए पनि नेकपाले सचिवालय, स्थायी समिति र केन्द्रीय समिति, प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव ...


नेकपा स्थायी समितिको बैठक पहिलो पटक पार्टी कार्यालयमा

काठमाडौं - नेकपा स्थायी समिति बैठक शनिबार (२९ मंसिर)का लागि तय भएको छ । यसपालिको बैठक भने धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने नेकपाका प्रबक्ता नारायण काजि श्रेष्ठले जानकारी दिए ।

यस अघिका बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेका थिए । पार्टी कार्यालयमा पार्टीको बैठक बस्न लागेको यो पहिलो पटक हो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार, स्थायी समितिको बैठक शनिबार दिउसो १ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने निश्चित भएको छ। यसअघि स्थायी समिति, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक बालुवाटारमै हुँदै आएका थिए ।

२२ मंसिरमा ...


ओली-नेपाल भिड्दा प्रचण्ड निर्णायक !

काठमाडौ - मंसिर २२ को सचिवालय बैठक नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा पार्टी पंक्तिको निम्ति सम्भवतः अप्रत्याशित रहयो।

वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरे। नेतृत्वमा बैठकप्रति देखिएको उदासीनता, विधि प्रक्रिया नमानिएको भन्दै उनीहरूले आरोप लगाउँदै आएका थिए। बैठक बहिस्कारमा ‘समय पालना’लाई कारण देखाए पनि उनीहरूले अन्य कारण खुलाएका छैनन्।

घटनाको भोलिपल्टै २३ मंसिरमा नेपाल–खनाल पक्षले आफूनिकट स्थायी समिति बैठक बोलाउन गरेको ‘प्रयास’ २९ मंसिरमा बोलाएर ओली–प्रचण्डले तुहाइदिए। यसपछि ओली–नेपालबीच दूरी अझै बढेको छ। प्रदेश कमिटी ...


कांग्रेस महासमिति बैठकको कार्यतालिका सार्वजनिक

काठमाडौं - नेपाली कांग्रेसले शुक्रबारबाट सुरु हुने महासमिति बैठकको कार्यक्रम तालिका सार्वजनिक गरेको छ। बुधबार कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले महासमिति बैठकको कार्यतालिका सार्वजनिक गरेका हुन्।

बैठक शुक्रबार दिउँसो २ बजेदेखि सुरु हुनेछ। पहिलो दिनको बैठक पार्टी केन्द्रीय कर्यालय सानेपामा साँझ पाँच बजेसम्म चल्ने छ।

उद्घाटन समारोह भने शनिबार बिहान ११ बजेदेखि सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा हुनेछ। सोही पार्टी प्यालेसमा उद्घाटनपछि बन्द सत्र हुनेछ। पौडेलका अनुसार कांग्रेसको बन्द सत्र पुस १, २ र ३ गतेसम्म चल्नेछ।

...

कांग्रेस बैठकमा धर्मबारे कसले के भने ?

काठमाडौँ - कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेताहरूले हिन्दूधर्मबारे खुलेर तर्क राखेका छन् । यो विषयले २८ मंसिरदेखि काठमाडौंमा हुने महासमिति बैठकमा पनि प्रवेश पाउने सम्भावना छ ।

यसअघि महामन्त्री डा. शशांक कोइरालाले सार्वजनिक रूपमै नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने भन्दै जनमतसंग्रह गर्नुपर्ने बताएका थिए । कोइराला परिवारकै अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि केही समयअघि धर्मको विषयलाई पार्टीले ‘सेटल’ गर्नुपर्ने बताएका थिए ।

धर्मबारे कसले के भने ?

धार्मिक मुद्दाले पार्टी ठूलो हुँदैन : कृष्णप्रसाद सिटौला
धर्मनिरपेक्षताको विषयमा साथीहरूले प्रश्न राख्नुभयो । ...


काँग्रेस केन्द्रीय समिति बैठकमा आज राजनीतिक प्रस्तावबारे छलफल हुँदै

काठमाडौ - नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आज राजनीतिक प्रस्ताव पेस हुने भएको छ ।

आजको बैठकमा राजनीतिक प्रस्ताव पेस गरी आजैबाट छलफल सुरु गर्ने तयारी भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय कार्यसमितिमा उपसभापति विमलेन्द्र निधि संयोजकत्वको समितिले राजनीतिक प्रस्ताव तयार पारेको हो ।

हिजोको केन्द्रीय कार्यसमिति बैठकले आर्थिक नीतिसहितको प्रतिवेदन पारित गरेको थियो । सहमहामन्त्री प्रकाशशरण महत संयोजकत्वकोे समितिले आर्थिक नीति तयार पारेको थियो ।

यो नीति आउँदो शुक्रबारदेखि सुरू हुने महासमिति बैठकमा पेश गरिनेछ । काँग्रेस महासमिति बैठक यही मंसिर २८ देखि पुस ...


कांग्रेसमा पदाधिकारी बढाउन देउवा पक्षकै नेताहरूको दबाब

काठमाडौँ - कांग्रेसमा विधानमा उल्लिखित प्रावधानका पक्ष र विपक्षमा चार दिनदेखि छलफल जारी छ । साधारण र क्रियाशील सदस्यता, पदाधिकारी बढ्नुपर्ने, क्रियाशील सदस्यले नभई प्रतिनिधिले क्षेत्र र जिल्लामा नेतृत्व चयन गर्नुपर्ने, प्रदेश समिति र केन्द्रीय समितिका प्रतिनिधि एउटै हुनुपर्नेसहितका मुख्य विषयमा नेताहरूले आ–आफ्ना भनाइ राखिरहेका छन् ।

विधानको मस्यौदा प्रस्तुत हुँदासम्म पौडेल र सिटौला समूहका नेताहरू पदाधिकारी बढाउने पक्षमा थिए । तर, बैठकमा विधानमाथि छलफल हुँदै गर्दा सभापति शेरबहादुर देउवानिकट नेताहरू नै पदाधिकारी बढाउनुपर्ने पक्षमा देखिएका छन् । वरिष्ठ नेताहरूले गुटगत स्वार्थअनुसार पदाधिकारीका विषयमा अडान लिन खोजे पनि केन्द्रीय सदस्यहरूले ...


नेकपाको प्रदेश कमिटिले पूर्णता पायो ( कसको कति परे हेर्नुस नामावली)

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटिको अन्तिम टुंगो लगाएको छ । सचिवालय बैठकले प्रदेश कमिटिमा रहनेहरुको अन्तिम टुंगो लगाएको हो ।

प्रदेश एकमा साविक माओवादी केन्द्रका ८५ र एमालेका १ सय २२ गरि २ सय ७ सदस्य रहेका छन् । प्रदेश २ मा साविक एमालेका १ सय ६, माओवादी केन्द्रका १ सय ६ र एकताबाट आएका ३ गरि २ सय १५ सदस्यीय कमिटि बन्नेगरि सिफारिस गरिएको छ ।

प्रदेश ३ मा एमालेका १ सय १६ माओवादीका १ सय १ गरि १ सय १७ सदस्यीय, ...


तीन राप्रपाबीच एकीकरणको तयारी

काठमाडौँ - पशुपतिशमशेर नेतृत्वको राप्रपा (प्रजातान्त्रिक), डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपाका अध्यक्ष कमल थापासँग असन्तुष्ट नेताहरूबीच पार्टी एकता हुने भएको छ । २७ कात्तिकबाट निरन्तर अनौपचारिक छलफलमा रहेका दुई पार्टी र एउटा असन्तुष्ट समूहका नेताहरू शनिबारसम्म पार्टी एकता घोषणा गर्ने तयारी छ ।

उनीहरूबीच ०७४ मा भएको एकता महाधिवेशनले पारित गरेको लाइनलाई आत्मसात् गरेर पार्टी एकता गर्ने तयारी छ । राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.लोहनीले एकताका लागि निरन्तर छलफल भइरहेको र यही हप्ता पार्टी एकता घोषणा हुने जानकारी दिए । ‘हामी र पशुपतिजीको पार्टीसँग ...


नेकपाको प्रदेश कमिटीको एकीकरण टुंगियो

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटीमा प्रस्तावित नामावलीलाई अन्तिम रुप दिएको हो ।

‘प्रदेश संगठन कमिटीहरुको नामावलीलाई मापदण्डअनुसार अन्तिम रुप दिइएको छ’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जनसंगठनहरुको एकीकरणलगायतका एजेण्डामा अर्को बैठकमा छलफल हुनेछ ।’

प्रदेश कमिटीको नामावलीलाई अन्तिम रुप दिनुअघि सबै सदस्यहरुलाई प्रस्ताव बाँडेर पालैपालो नाम पढेर सुनाइएको एक नेताले बताए । वरिष्ठताको मापदण्डअनुसार भए नभएको अन्तिम छलफल गरेर प्रदेश कमिटीको नामावली पारित गरिएको हो ।

...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा !

काठमाडौँ - संशोधित विधानको मस्यौदालाई आफूअनुकूल अन्तिम रूप दिन कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूह बुधबार दिनभर रणनीति बनाउन व्यस्त रहे । दुवै समूहले संशोधित विधानको मस्यौदामा प्रस्तुत हुने रणनीतिबारे छलफल गरेका हुन् । संस्थापन पक्षका नेताहरू सभापति देउवानिवास बुढानीलकण्ठ र पौडेल पक्षधर नेताहरू महामन्त्री डा. शशांक कोइरालाको टोखास्थित निवासमा भेला भएका थिए ।

महासमिति बैठकमा पेस गर्ने संशोधित विधानको मस्यौदालाई अन्तिम रूप दिन बिहीबार बिहान केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । ७ मंसिरको बैठकमा विधान मस्यौदा समितिले पेस गरेको मस्यौदा विधान बैठकमा प्रस्तुत हुँदै छ ।

संस्थापन पक्ष ...


फुटको संघारमा राजपा : महतोले बोलाएको बैठकमा ठाकुर र झा गएनन् !

काठमाडौँ - राष्ट्रिय जनता पार्टी नेपालमा आन्तरिक संकट गहिरिन थालेको छ । पार्टीको संयोजक परिवर्तन भएसँगै राजपा अध्यक्षमण्डलको बैठक बहिष्कार गर्ने तहसम्म विवाद बढेको छ । गत मंगलबारको राजपा अध्यक्षमण्डलको बहुमत निर्णयले महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई संयोजक तोकेको थियो । जुन निर्णय अहिले विवादमा परेको छ ।

राजपा संयोजक महतोले सोमबारका लागि बोलाएको अध्यक्षमण्डलको बैठक स्थगित भएको छ । अध्यक्षमण्डलका सदस्यद्वय ठाकुर र अनिल झाले बहिष्कार गरेपछि बैठक स्थगित भएको स्रोतले बताएको छ । तर, अर्को पक्षले भने राजकिशोर यादव काठमाडौंबाहिर भएकाले बैठक स्थगित भएको दाबी गरेको छ । ‘अध्यक्षमण्डलका सदस्य राजकिशोर ...


नेकपाको सचिवालय बैठक मङ्गलबारलाई सर्यो

काठमाडौँ - नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सरेको छ ।

आज बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले भोलिसम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । बैठक मङ्गलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

आजको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा छलफल गर्ने कार्यसूचीमा उल्लेख थियो ।

पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा ...


राजपा अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो

काठमाडौं - राजपाको संयोजकमा राजेन्द्र महतो चुनिएका छन्। राजपाको अध्यक्षमण्डलको मंगलबार बसेको बैठकमा बहुमतबाट महतो संयोजक चुनिएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महतोलाई संयोजक बनाउने निर्णयमा अध्यक्षमण्डलका सदस्य अनिल झाको मात्र असहमति थियो। यसअघिका संयोजक ठाकुरले भने निर्णयमा हस्ताक्षर गरेका छन्।

डेढ वर्षअघि मधेसी मोर्चामा आबद्ध ६ वटा पार्टी एकीकरण भई राजपा गठन भएको हो। त्यतिखेर सबै पार्टीका अध्यक्ष अध्यक्षमण्डलका सदस्य बन्ने र चक्रीय प्रणालीअनुसार सबैले पार्टीको नेतृत्व गर्ने निर्णय थियो। पछि महतोले ठाकुरलाई स्थायी रूपमै संयोजक बनाउने प्रस्ताव गरेका थिए। त्यसपछि ठाकुर राजपा अध्यक्षमण्डलका संयोजक ...


संबिधान संसोधनको लागि सत्ता, सदन र सडकबाट संघर्ष गर्छौं : अशोक राई

काठमाडौँ - संघिय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राइले आफ्नो पार्टीले संबिधान संसोधनको लागि तिन ठाउँबाटै संघर्ष गर्ने बताएका छन् । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले सत्ता, सदन र सडकबाट संबिधान संसोधनका लागि सरकारलाई दवाव दिने बताए । आफ्नो पार्टी सत्तामा जानुको मुख्य कारण सत्ताबाट संबिधान संशोधनका लागि सरकारलाई दवाव दिनु रहेको उनले जिकिर गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै सांसद एवं फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै अधिकार प्राप्तिका लागि थप संघर्ष गर्ने बताए । सरकारमा जानु अघि भएको सहमति ...


नेविसंघको म्याद दुई महिना थपियो

काठमाडौँ - कांग्रेस केन्द्रीय समितिकाे बैठकले नेविसंघको म्याद दुई महिना थप्ने निर्णय गरेकाे छ । पार्टी विधानको धारा २६ अनुसार तीन महिनाको व्यवस्थालाई पाँच महिनाको बनाउने निर्णय भएकाे कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले जानकारी दिए ।

यसअघि तीन महिनाको म्याद सकिइसकेको छ । अब दुई महिनाको अवधिमा नैनसिंह महर नेतृत्वको कार्यसमितिले नेविसंघको महाधिवेशन गर्नुपर्नेछ । बैठकले विधान पास गरेपछि अब ३२ वर्षे उमेरहद लगाएरै महाधिवेशन गर्ने निर्णय भएको घिमिरेले बताए । म्याद थपका विषयमा कांग्रेस नेता रामचन्द्र पौडेल र अर्जुननरसिंह केसीले भने असहमति जनाएका छन् ।

...

नेकपाकाे सचिवालय बैठक मंसिर ६ मा

काठमाडौं - बैठक डाक्न पार्टी नेताहरूकै दबाब पर्न थालेपछि सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ। दुई अध्यक्ष (प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल) बीच शुक्रबारको छलफलपछि पार्टी सचिवालय बैठक बोलाउने निर्णय भएको हो। बैठक ६ मंसिरमा डाकिएको छ। कात्तिक ७ यता सचिवालय बैठकसमेत बस्न सकेको थिएन। स्थायी समिति बैठक पनि २१ असारयता बस्न सकेको छैन।

पार्टी बैठक नबस्दा एकता प्रक्रियाको ६ महिना बित्दा तल्लो तहसम्म नेकपाको एकता हुन सकेको छैन। तीन महिनाभित्र तल्लो तहसम्मको पार्टी कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगो लगाइसक्ने बताए पनि नियमित ...


डेढ महिनाभित्र पार्टी एकता टुंग्याउने नेकपाको दावी

काठमाडौ - दुई पार्टीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया पूर्ण रुपमा टुङ्गिन ढिलाई भएको छ ।

नेताहरुले एकता भएको तीन महिना भित्र पार्टीको सम्पूर्ण तहको एकता प्रक्रिया सकिने घोषणा गरेका भएपनि ६ महिना हुन लाग्दा पनि एकताको प्रक्रियाले अन्तिम रुप लिएको छैन । अबको डेढ महिनाभित्रमा भने सबै बर्गीय संगठन तथा तहमा एकता भैसक्ने नेताहरुले दाबी गरेका छन् ।

नेकपाका नेता सुवास नेम्वाङले पुष १५ भित्रमा सबै तहका एकता सम्पन्न भइसक्ने बताए । यसअघि उनले दशैंभित्रै पार्टी एकता हुने बताएका थिए । तर ...


विघटनको संघारमा नेविसंघ

काठमाडौं - माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरूको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अन्योलमा परेको छ। पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकूल बनाउन सक्रिय रहँदा संघको वैधानिक व्यवस्था मात्र होइन वर्तमान नेतृत्वको थपिएको कार्यकाल सकिन लाग्दासमेत महाधिवेशन अनिश्चित बनेको हो।

नेविसंघ नेतृत्वको दुईवर्षे कार्यकाल गत भदौ २ गते सकिएपछि विधानबमोजिम तीन महिनाका लागि कार्यकाल थप गरिएको थियो। थपिएको कार्यकाल आगामी मंसिर २ बाट अतिरिक्त समय सकिन लाग्दासमेत संघको महाधिवेशन मिति तोकिएको छैन। साथै तल्लो तहको अधिवेशनको कार्यतालिका पनि ...


‘कमल थापाको ‘तातै खाऊँ, जल्दै मरूँ’ प्रवृत्तिले एकता रोकियो : पशुपतिशमशेर

काठमाडौँ - राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले राप्रपा अध्यक्ष कमल थापाको हठका कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष राणाले एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापाले अस्वीकार गरेको बताए । ‘कमल थापाको ‘तातै खाऊँ, जल्दै मरूँ’ प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको हो,’ राणाले भने ।

एकताका लागि भएको छलफलमा पार्टीको झन्डा, चुनाव चिह्न र नाम टुंगो नलागेको राणाले बताए । थापाले पार्टीको नाम, चुनाव ...


किन सुस्तायो नेकपाको एकता ?

काठमाडौं - सत्तारुढ नेकपाका युवा नेताले पार्टी बैठक अनिश्चित बन्दै गएपछि शीर्ष नेतृत्वमाथि दबाब बढाउन थालेका छन्। नीति निर्माण गर्ने महत्वपूर्ण निकाय स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित छ।

विधानअनुसार ३ महिनाभित्र बस्नुपर्ने स्थायी समिति बैठक असार २१ यता बस्न सकेको छैन। यही अल्झनले दुई कम्युनिस्ट पार्टीबीच ३ जेठमा भएको एकता प्रक्रियाले तल्लो तहसम्म पूर्णता पाउन सकेको छैन। केन्द्रीय सचिवालयमै पनि तल्लो तहसम्मको पार्टी एकता र सरकारको प्रभावकारिताका विषयमा नेताहरूबीच मतैक्य हुन सकेको छैन।

‘पार्टी संगठनको काम भद्रगोल छ, सरकारको काम प्रभावकारी बन्न सकिरहेको छैन। यस्तो बेला ...


नेविसंघमा टिके नेतृत्व अस्वीकार्य : महामन्त्री काफ्ले

काठमाडौँ - नेविसंघको असन्तुष्ट पक्षले टिकेप्रथाबाट नेतृत्व ल्याए स्वीकार नगर्ने चेतावनी दिएको छ । पार्टी नेतृत्वले समय रहँदै पास गरेर दिएको विधान अल्झाएर समय गुजारेको आरोप लगाउँदै असन्तुष्ट पक्षले यस्तो चेतावनी दिएको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले टिकेप्रथा अस्वीकार गरिने बताए । नियमित समयमा महाधिवेशन हुन नसकेपछि माउ पार्टी कांग्रेसले केन्द्रीय कार्यसमितिको अवधि ३ महिना थपेको थियो । थपिएको समय आगामी २ मंसिरमा सकिँदै छ ।

‘पार्टीले बारम्बार महासमिति बैठक सार्न मिल्ने, विधान मिचेर विजयकुमार गच्छदारलाई उपसभापति बनाउन मिल्ने, तर हामीले पास गरेर दिएको विधानअनुसार महाधिवेशन गराउन ...


सभापति देउवाविरुद्ध मण्डिखाटारमा कांग्रेसका सात नेताको गोप्य भेट

काठमाडौं - सभापति शेरबहादुर देउवाले पार्टीको विधी मिचेर मनोमानी रुपमा विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै असन्तुष्ट नेताहरु मोर्चाबन्दीमा लागेका छन् । कांग्रेसको पूर्वसंस्थापन पक्षका नेताहरुले सुजाता कोइरालाको निवास मण्डिखाटारमा ‘लन्च मिटिङ’ गरेका हुन् ।

गुट भेलामा सुजाताबाहेक नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला र डा. रामशरण महत सहभागी थिए ।

बिहान १० बजे सुरु भएको छलफल मध्यान्न १२ बजेसम्म चलेको थियो । नेता पौडेलका पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार बैठकमा कांग्रेसको आन्तरिक राजनीति, नेविसंघ महाधिवेशनको अन्यौल र ...


दुई राप्रपाबीच एकता प्रक्रिया, अध्यक्षद्वय थापा र राणाबीच भेटवार्ता

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता प्रक्रिया सुरु भएको छ । राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणाबीच पार्टी एकताको विषयमा छलफल गर्न भएको वार्ता सकारात्मक रूपमा सकिएको छ ।

महाराजगन्जस्थित होटेल ला शेर्पामा मंगलबार भएको वार्तामा एकता महाधिवेशनलाई आधार मानेर पार्टी एकता गर्ने सहमति दुई अध्यक्षबीच भएको छ । उनीहरूबीच पार्टी विभाजन हुनुअघि भएको एकता महाधिवेशनले पारित गरेको दस्तावेजका आधारमा एकीकरण गर्ने सहमति भएको हो । केही प्राविधिक विषय टुंगो लाग्न बाँकी रहे पनि अन्य विषयमा सहमति बनिसकेको राप्रपा प्रजातान्त्रिकका प्रवक्ता ...


कांग्रेस फर्किएको वर्ष दिनमा बल्ल गच्छदार उपसभापति

काठमाडौँ - दश वर्षपछि माउ पार्टी कांग्रेसमै फर्किएका नेता विजयकुमार गच्छदार उपसभापतिमा मनोनीत भएका छन् । तत्कालीन लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएको एक वर्ष २० दिनपछि उनी राजनीतिक निर्णयका आधारमा उपसभापति बनेका हुन् । मंगलबारको पार्टी केन्द्रीय समिति बैठकले निर्णय अनुमोदन गरेको छ ।

पहिलो संविधानसभा निर्वाचनअघि गच्छदार कांग्रेस छाडेर उपेन्द्र यादवले नेतृत्व गरेको फोरममा प्रवेश गरेका थिए । पछि, फोरम फुटाएर आफ्नै नेतृत्वमा लोकतान्त्रिक फोरम गठन गरेका थिए । गच्छदारलाई उपसभापतिमा मनोनीत गरे पनि उनीसँगै तत्कालीन लोकतान्त्रिक फोरमबाट आएका नेता–कार्यकर्ताको समायोजन भएको छैन । उनीहरूको समायोजनका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा ...


कांग्रेस केन्द्रीय समिति बैठक मंगलबारदेखी

काठमाडौं - नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि बोलाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार मध्याह्न १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको जानकारी दिए ।

मंसिर ५ देखि ९ गतेसम्मका लागि तय महासमिति बैठक दुई हप्ताका लागि सार्ने चर्चा चलिरहेका बेला कांग्रेसले बैठक आह्वान गरेको हो ।

विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपुग भएकाले मंसिर २० पछि बैठक बोलाउनु पर्ने मत कतिपय नेताले राखेका छन् । मंगलबारको बैठकले यसबारे निर्णय गर्ने नेताहरुले बताएका छन् ।

...

मंसिर ८ गते ‘विप्लव’ खुल्लामंचबाट सार्वजनिक हुँदै

काठमाडौं - केही समयदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ मंसिर ८ सार्वजनिक हुँदैछन् । यहि मङ्सिर ८ गते नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले काठमाडौंमा आयोजना गर्ने जनसभाबाट उनि सार्वजनिक हुन लागेका हुन् । उक्त जनसभामा विप्लवले सम्बोधन गर्ने बताइएको छ ।

यसअघि विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पटक–पटक पक्राउ पर्दै छुटेका छन् । स्वयं विप्लवविद्ध पनि पक्राउपूर्जी जारी भएको छ । अहिले पनि विप्लव, प्रकाण्ड लगायतका नेताहरुविरुद्ध विभिन्न अदालतमा मुद्दा छन् ।

...

तीनै नेताले अध्यक्षको आकांक्षा नत्यागेपछि राप्रपा एकिकरणमा अन्यौलमा, थालियो यस्तो अभियान !

काठमाडौँ - राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वको आकांक्षा नत्यागेपछि राप्रपा एकीकरण अन्योलमा परेको छ । तीन पार्टी मिलाउन संस्थापक नेता लोकेन्द्रबहादुर चन्द्र, बुद्धिमान तामाङ लगायतले दवाव दिँदै आएका छन् । ‘हामीले तीन पार्टी मिलेर एउटै राप्रपा बनाउँ, नभए हाम्रो हालत टंकप्रसाद आचार्य नेतृत्वको प्रजा परिषद जस्तै हुन्छ भन्दै तीन अध्यक्षलाई दवाव दिइरहेका छौ’ एक नेताले नयाँ पत्रिकासंग भने ‘तर, तीनै जना अध्यक्षको ध्यान नेतृत्वमा मात्रै छ । त्यसैले समस्या पारिरहेको छ ...


कांग्रेस विधानमा थपिँदै यी सात नयाँ प्रावधान !

काठमाडौँ - आगामी मंसिरमा तय भएको महासमिति बैठकमा पेस गर्ने गरी कांग्रेसको विधान संशोधन कार्य अन्तिम चरणमा पुगेको छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले विधान मस्यौदा लेखनलाई अन्तिम चरणमा पु-याएको छ । कांग्रेसको संशोधन हुन लागेको विधानमा मुख्यगरी सात विषयमा नयाँ प्रावधान राखिने भएको छ । देश संघीयतामा गएपछि कांग्रेसले पार्टीको विधान सोहीअनुसार तयार पारिरहेको छ । कांग्रेसको संशोधित विधानमा के–के थपिँदै छन् ।

केन्द्रमा उम्मेदवार हुन बुथ समितिबाटै निर्वाचित हुनुपर्ने
कांग्रेसको कुनै पनि तहमा कसैको पनि स्वतः प्रतिनिधित्व नहुने भएको छ । विधान मस्यौदा समितिले अन्तिम मस्यौदा लेख्न बनाएको ...


कांग्रेसको चियापानमा क-कसले सहभागिता जनाए ? समग्रमा यस्तो रह्यो कार्यक्रम !

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा चियापान गरेको छ । शुक्रबार विभिन्न दलका नेता तथा पदाधिकारीहरु कांग्रेसको चियापानमा सहभागी भएका छन् ।

पार्टी कार्यालय सानेपामा गरिएको चियापानमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा लगायतका नेताहरु पुगेका थिए । चियापानका निम्तालुलाई कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरुले स्वागत गरेका थिए ।

त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, ...


डडेल्धुरामा वडातहसम्मै टुंगियो नेकपाको एकता, कसलाई कति ?

डडेल्धुरा - डडेल्धुरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताको प्रक्रिया टुङ्गिएको छ । जिल्लास्तरीय कार्यदलले जिल्लाका स्थानीय तह र वडामा नेतृत्वको बाँडफाँट गरी पार्टी एकतालाई पूर्णता दिएको छ ।

जिल्लास्तरीय कार्यदलको बिहीबार सम्पन्न बैठकले एकतापछिको जिल्लाको भागबण्डा टुङ्ग्याएको हो । जिल्लामा रहेका सातवटा स्थानीय तहमध्ये अमरगढी नगरपालिकासहित चार स्थानीय तहमा तत्कालीन एमाले र पर्शुराम नगरपालिकासहित तीन वटा स्थानीय तहमा तत्कालीन माओवादी केन्द्रको नेतृत्व हुने भएको छ ।

तत्कालीन एमालेलाई अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा नेतृत्व पाउने भएको छ भने तत्कालीन माओवादी केन्द्रले ...


अन्योलमा नेविसंघ महाधिवेशन

काठमाडौं - कात्तिक १६ देखि हुने भनिएको नेपाल विद्यार्थी संघको महाधिवेशन नहुने भएपछि अन्योल बढेको छ। पार्टीले विधान पारित गरेर नदिएका कारण कांग्रेसको भ्रातृसंगठन नेविसंघले घोषणा गरेको मितिमा महाधिवेशन हुन नसकेको हो। यद्यपि यसबारे पार्टी र नेविसंघ दुवैले औपचारिक रूपमा केही बोलेका छैनन्।

भदौ पहिलो साता पार्टीको निर्देशक समितिले तीन महिना म्याद थप्दै महाधिवेशन गर्न निर्देशन दिएको छ। तर विधान र महाधिवेशन कार्यतालिका सँगै सार्वजनिक गरेको संघले पछि त्यसलाई अघि बढाउन सकेन।

पार्टीले विधान पारित नगर्दै ३२ बर्से उमेरहद लागू गरेपछि पार्टीकै शीर्ष नेताबीच विवाद चुलियो। असोज ...


कांग्रेसको चियापान आज !

काठमाडौँ - कांग्रेसले विजया दशमी, दीपावली, नेपाल संवत्, छठपर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । अपराह्न १ देखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ । २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

कार्यक्रममा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, उद्योगपति एवं व्यवसायीहरू, पेसागत एवं बुद्धिजीवीहरू, नागरिक ...


कांग्रेस महासमिति बैठक भृकुटीमण्डपमा

काठमाडौं - नेपाली कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा हुने भएको छ। बैठकको तयारीबारे पार्टी सभापति शेरबहादुर देउवा सहित केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्लाका कार्यसमितिको संयुक्त बैठकले स्थानबारे निर्णय गरेको हो।

महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म हुने कांग्रेस केन्द्रीय कार्यसमितिले भदौ ९ गते निर्णय गरेको थियो।

यस्तै बैठकले नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिलाई महासमितिको बैठक र २०७५ कार्तिक १६ गते पार्टीको केन्द्रीय कार्यालयमा हुने जलपान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई भव्य र व्यवस्थित गराउन आवस्यक तयार गर्न सभापति देउवाले निर्देशन ...


सरकार बिरुद्ध सडक संगर्ष गर्ने तयारीमा कांग्रेस !

भक्तपुर - सरकारविरुद्ध नेपाली कांग्रेस सडक संघर्षमा उत्रने भएको छ। फागुनदेखि वैशाखभित्रमा सडक संघर्षमा उत्रने तयारी भइरहेको कांग्रेस नेताहरूले बताएका छन्। नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको यही चाला देखाइरहे कांग्रेस फागुनदेखि सडक संघर्षमा उत्रिने बताए। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुर ३ नम्बर प्रदेश क्षेत्रीय सम्मेलनको शनिबार उद्घाटन गर्दै उपसभापति निधिले त्यसको लागि आन्तरिक तयारी भइरहेको जानकारी पनि गराए।

उनले सरकारले १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गर्न नचाहेको आरोप लगाए। निर्मलाका बलात्कारी र हत्यारा अझैसम्म पनि कठघरामा नआउनुले यही ...


नेकपाको चियापान आज !

काठमाडौं - सत्तासीन नेकपाले दसैं, तिहार, नेपाल सम्वत, छठलगातका चाडबाडको उपलक्ष्यमा शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ । राजधानीको भृकुटीमण्डपमा हुने चियापानमा ५० हजारलाई निम्ता गरिएको नेकपाले जनाएको छ ।

‘हाम्रो पार्टीले विगतदेखि नै नेपालीले मनाउँदै आएका चाडबाड र साँस्कृतिक पर्वहरूका अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्दै आएको सर्वविदितै छ’, महासचिव विष्णु पौडेलले भने, ‘नयाँ संविधान लागू भएर तीनै तहको निर्वाचन सम्पन्न गरी मुलुक सम्मृद्धिको महाअभियानतर्फको राष्ट्रिय अठोटमा हिँडिरहेको वर्तमान अवस्थामा राज्यका सबै निकाय, राजनीतिक दल, नागरिक समाज तथा विकासका साझेदार मित्रहरूका बीचमा बलियो एकता ...


सत्तारुढ दल नेकपाको नाम निर्वाचन आयोगद्वारा स्वीकृत

काठमाडौं - निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई वैधानिकता दिएको छ ।

तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दालको इजलासले शुक्रबार दुई दलको फरक फरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला ...


प्रदेश नेतृत्व चयनको निर्णयप्रति नेपाल र श्रेष्ठको असन्तुष्टि

काठमाडौँ - प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव तोक्ने गत ५ असोजको सचिवालय बैठकको निर्णयप्रति असहमति जनाउँदै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश नेतृत्व चयनसम्बन्धी पुरानै निर्णयलाई निरन्तरता दिने भएपछि नेपाल र श्रेष्ठले फरक मत दर्ज गरेका हुन् ।

प्रदेशको नेतृत्व चयन हुँदा वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठ देशबाहिर थिए । निर्णयबाट पार्टी एकतासम्बन्धी सबै निर्णय सर्वसम्मत गर्ने अन्तरिम विधानको धारा–३८ ‘ग’ उल्लंघन भएको दाबीसहित नेपालले लिखित असहमति ...


दशैं लगत्तै पार्टी एकता पुरा : प्रचण्ड

भक्तपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

आज मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उहाँले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै उहाँले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले ...


नेकपाले कार्तिक १० गते चियापान गर्ने

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय पर्वहरूको अवसरमा आगामी १० कात्तिकमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । दसैँ, तिहार, छठ, नेपाल सम्बतलगायत पर्वका अवसरमा चियापान आयोजना गरिएको महासचिव विष्णु पौडेलले बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्रशासनिक र सुरक्षा अंग, नागरिक समाज, विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तित्वहरू, उद्योगी–व्यवसायीलाई निम्ता दिन नेकपाले ३० हजार कार्ड छापेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रले हरेक वर्ष छुट्टाछुट्टै चियापान कार्यक्रम आयोजना गर्दै आएका थिए । तत्कालीन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ सालबाट सुरु गरेको चियापानलाई एमालेले हरेक वर्ष दसैँको पूर्णिमाको ...


नेविसंघको अध्यक्षमा अम्बिकाको चर्चा, को हुन् अम्बिका ?

काठमाडौँ - नेपाल विद्यार्थी संघको अध्यक्षमा दोस्रो पुस्ताको नेताहरुको चर्चा सुरु भएको छ । उमेर हद लाग्ने भएपछि नेतृत्व दोस्रो पुस्तामा आएसँगै नयाँ अनुहारको चर्चा सुरु भएको हो । माउ पार्टी नेपाली काँग्रेसले उमेर हदसहितको विधान पारित गरेपछि अध्यक्षमा नयाँ अनुहार अगाडि आएका छन् । वर्तमान अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्लेसहित पहिलो पुस्ताका नेताहरु उमेर हदका कारण विद्यार्थी राजनीतिबाट विदा हुँदैछन् ।

काँग्रेसको केन्द्रीय समिति बैठकले उमेर हदसहितका विधान पारित गरेको थियो । नेविसंघको ११ औं महाधिवेशनले १२ औं महाधिवेशनबाट अनिवार्य ३२ वर्षे उमेर हद ...


विना निष्कर्ष टुंगियो नेकपा सचिवालय बैठक !

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । पार्टीमा देखिएका पछिल्ला असन्तुष्टि, स्थायी कमिटीको बैठक बोलाउने लगायतका सम्बन्धमा निर्णय गर्न बसेको बैठक छलफल नै नगरी सकिएको प्रबक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बिहान बसेको बैठक २४ गते बुधबार बिहान ८ बजे बस्ने गरी सकिएको नेता श्रेष्ठले बताए ।

बैठकले स्थाायी समिति बैठक बोलाउने निर्णय गरेको उनले बताए ।

झण्डै तीन घण्टा चलेको बैठकमाद्धय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विदेश भ्रमणका विषयमा जानकारी गराएका थिए ।

...

स्थायी समिति बैठक बोलाउने नेकपाको निर्णय

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय कमिटिको बैठकले स्थाायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

बालुवाटारमा सोमबार बिहान बसेको बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । तर, बैठक बस्ने मिति भने तय नभएको स्रोतले बतायो । स्थायी कमिटी बैठकका लागि एजेन्डा तय गर्न आगामी बुधार पुनः सचिवालय बैठक बस्ने स्रोतले जानकारी दिएको छ ।

...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ। नेकपाको आइतबार बस्ने भनेको सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्थताको कारणले आज ८ बजेसम्मका लागि सारिएको थियो।

पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेका बेला नेकपाको बैठक बसेको हो। बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टि र तल्लोतहका समितिको एकताका विषयमा छलफल हुने अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था बारे पनि छलफल हुने बताइएको छ।

प्रदेश पदाधिकारीको ...


नेविसंघमा ३२ वर्षे उमेरहद, को-को असन्तुष्ट ?

काठमाडौँ - नेविसंघमा ३२ वर्षे उमेरहद कायम भएको छ । विधान र नियमावलीको अन्तिम टुंगो लगाउन सिफारिस गर्दा नेविसंघको नेतृत्वले ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्थाअनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको छ । अब नेविसंघमा ३२ वर्ष कटेका कुनै पनि नेताले महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनेछैनन् ।

आइतबार दिउँसो ४ बजेदेखि राति साढे १० बजेसम्म बसेको केन्द्रीय समितिको बैठकले नेविसंघको १२औँ महाधिवेशन उमेरहद लगाएरै गर्ने निर्णय गरेको हो । ३२ वर्षे उमेरहद लगाउने वा नलगाउने भन्नेमा नेताहरूबीच मत बाझिँदा ...


यस्ता छन् नेकपा सचिवालय बैठकका एजेन्डा !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेकाले सचिवालय बैठक बस्न लागेको हो ।

प्रदेश पदाधिकारीको चयन तथा सरकारका कामबारे नेता माधवकुमार नेपालले दुई अध्यक्ष देश बाहिर भएका बेला संसद् तथा स्थायी समितिको भेला बोलाएर असन्तुष्टि व्यक्त गरेपछि नेकपाभित्र विवाद बाहिर आएको थियो ।

दुई पार्टीका जिल्ला तथा जनवर्गीय संगठनको एकतामा समेत ढिलाइ भइरहेका बेला अमेरिका तथा सिंगापुर भ्रमणबाट फर्किएलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आइतबारका लागि सचिवालय बैठक बोलाएका हुन्। बैठकमा पार्टीभित्र ...


नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं - सत्तारुढ नेकपाले पार्टीभित्र वरिष्ठ नेता माधव नेपालले दर्ता गराएको ‘असहमति पत्र’ र तल्लो कमिटी एकता प्रक्रिया विषयमा छलफल गर्दै छ। पार्टी सचिवालयको आइतबार बस्ने बैठक यिनै विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन्। असोज ५ गतेको सचिवालय बैठकमा विवादमा आएपछि पुनः बस्न लागेको हो। सचिवालय बैठक मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। वरिष्ठ नेता नेपालले असहमति जनाएपछि दुई अध्यक्षको शुक्रबारको छलफलले सचिवालय बैठक बोलाउने सहमति भएको थियो।

बैठकले नेता नेपालले उठाएका असहमति पत्र, प्रदेश कमिटीका सदस्य र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यका सम्बन्धमा पूर्वनिर्धारित मापदण्डका ...


नेकपा एकताः के-के भयो वर्ष दिनमा ?

काठमाडौं - ५५ वर्षसम्म फरक राजनीतिक ‘स्कुलिङ’मा रहेका दुई ठूला कम्युनिस्ट घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको अवधि पूरा गरेको एक वर्ष बितेको छ।

गत वर्ष १७ असोजमा नयाँ शक्ति पार्टीलाई समेत साथ लिएर तत्कालीन एमाले–माओवादीले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्ने औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

समझदारीविपरीत नयाँ शक्ति गठबन्धनमा १० दिन पनि टिक्न सकेन। दुई घटकले भने गत जेठ ३ मा पार्टी एकता गरे । केन्द्रमा एकता भएको १ सय ३९ दिन पुगे पनि अझै ७ प्रदेश, २२ जनसंगठन, एक सम्पर्क ...


नेविसंघ महाधिवेशन अन्योलमा : महतले बोलाएको बैठकमा पौडेल पक्षधर गएनन् !

काठमाडौँ - आगामी १६ देखि १८ कात्तिकसम्मका लागि तय भएको नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन पुनः अन्योलमा परेको छ । महाधिवेशनका लागि तल्ला निकायमा अधिवेशन सम्पन्न भइरहेको अवस्थामा अध्यक्ष नैनसिंह महरले विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमको विद्यार्थी संगठनका अधयक्ष कपिलेश्वर यादवलाई महामन्त्री र अन्य १४ जनालाई सदस्यमा मनोनयन गरेपछि नयाँ विवाद देखिएको छ ।

कांग्रेस सहमहामन्त्री एवं नेविसंघ महाधिवेशन निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महतले बोलाएको समिति बैठक पौडेल पक्षका नेताहरूले बहिष्कार गरेका छन् । स्रोतका अनुसार महतले सोमबार र मंगलबार बोलाएको सहजीकरण समिति बैठक गगन थापा र ...


नेकपा भित्रको विवादको चुरो के हो ? प्रचण्डले थाले यस्तो कार्य !

काठमाडौं - पार्टीभित्र चुलिँदै गएको आन्तरिक मतान्तर सुल्झाउन नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूसँग छलफल थालेका छन् । पाँच दिन सिंगापुर बसेर स्वदेश फर्केका दाहालले वरिष्ठ नेता माधव नेपालले उठाएका असन्तुष्टिका विषयमा केन्द्रित रहेर छलफल थालेका हुन् ।

सचिवालय सदस्य वामदेव गौतमसँग उनले मंगलबार छलफल गरेका छन् । आफ्नै निवास खुमलटारमा गौतमलाई बोलाई दाहालले झन्डै एक घण्टा छलफल गरेका थिए । वरिष्ठ नेता नेपालले सरकारको कार्यसञ्चालन शैली र पार्टीको प्रदेश पदाधिकारी चयन प्रक्रियामा असहमति जनाउँदै निर्णय नमान्ने बताएपछि नेकपाभित्र शीर्ष नेतादेखि दोस्रो पुस्ताका नेतासम्ममा पनि पक्ष÷विपक्षमा ‘वाक्युद्ध’ ...


नेकपा भित्र गुटै-गुट, कसका गुटमा को-को ? (नामसहित)

काठमाडौं - पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पदबाट राजीनामा नै दिनुपर्ने अवस्था आयो। उनको राजीनामा स्वीकृत हुने प्रक्रियामै पुगेन। अर्का वरिष्ठ नेता माधव नेपाल भन्दैछन्– पार्टीमा आफ्नो पक्षका नेतालाई अध्यक्ष ओलीकै कारण जिम्मेवारीमा भेदभाव गरिंदैछ।

उनी विदेशमा रहेका बेला यता सचिवालय बैठकले प्रदेशका पदाधिकारी र इन्चार्जको जिम्मेवारी बाँडेको छ। यो निर्णय प्रक्रियामा उनको प्रतिक्रिया सार्वजनिक भएको त छैन, तर उनी निकट नेताका असन्तुष्टि ...


अध्यक्षद्वय ओली-प्रचण्डद्वारा जारी विशेष ‘सर्कुलर’मा के छ ?

काठमाडौँ - नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन् ।

अध्यक्ष प्रचण्डको चीन भ्रमणबाट २ दिनपछि र अर्का अध्यक्ष ओली अमेरिका भ्रमणमा जानुभन्दा २ दिनअघि भएको केन्द्रीय सचिवालयको बैठकपछि सो सर्कुलर जारी गरिएको हो।

५ असोजमा भएको सो १३ औँ बैठकले सातै प्रदेशका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय गरेका थिए ।

सो बैठकले जिम्मेवारी पाएका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिवहरुले प्रदेश कमिटीले पूर्णता नपाउँदासम्म गर्नुपर्ने ७ जिम्मेवारी समेत तोकेका छन् ।

तोकिएका ...


पार्टीको नेतृत्व लिन तयार छु - शशांक काेइराला

नवलपरासी - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोेइराला पार्टी महाधिवेशनको लागि देश दौडाहामा छन् । यस क्रममा उनले पार्टीको नेतृत्व सम्हाल्न तयार रहेको बताएका छन् । तर घोषणा गर्न बाँकी रहेकाे छ।

नेपाल प्रेस युनियन नवलपुरको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्न शनिबार पूर्वी नवलपरासीको कावासोती पुगेका कोइरालाले महाधिवेशनको प्रसंग कोट्याउँदै आफू पार्टी नेतृ्त्वको लागि तयार भएको बताएका हुन् ।

कोइरालाले साथीहरुकै भावना अनुसार अघि बढ्ने बताएका छन् । ‘महाधिवेशन आउन केही सयम छ, अहिले नै सबै कुरा खुलस्त भनि नहालौं, म तपाईँहरुलाई समयमै सूचना दिएर आफ्ना कुरा ...


संविधानको बिरोध : असोज ३ गते राजपाको कुन नेताले कहाँ संबोधन गर्दैछन ?

काठमाडाैं - राष्ट्रिय जनता पार्टी नेपाल संविधानको विरोध गर्ने तयारीमा जुटेको छ। बिहीबार बसेको राजपा अध्यक्षमण्डल बैठकले संविधान जारी भएको दिन असोज ३ गतेमा पार्टीले गर्ने देशव्यपी विरोधसभालाई सम्बोधन गर्न पार्टीका नेताहरूको ठाउँ तोकेको छ।

सोअनुसार, संयोजक महन्थ ठाकुरले पर्सा र बारामा, राजेन्द्र महतो र अनिल कुमार झाले प्रदेश ५ का बाँके, बर्दिया तथा प्रदेश ७ का कैलाली र कञ्चनपुरमा सम्बोधन गर्ने भएका छन्। यसैगरी महेन्द्र राय यादवले प्रदेश ५ का नवलपरासी, रूपन्देही र कपिलवस्तुमा, शरत्सिंह भण्डारीले प्रदेश १ को झापामा र राजकिशोर यादव प्रदेश १ ...


देउवा र पौडेल बिचको विवादले कांग्रेस केन्द्रीय समिति बस्नै सकेन, के हो विवादको चुरो ?

काठमाडौं - नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच केन्द्रीय अनुशासन समिति संयोजकलाई लिएर विवाद हुँदा केन्द्रीय समितिको बैठक नबसी स्थगित भएको छ। दुवै पक्षले समिति संयोजकको दाबी नछाडेपछि अनुशासन र कार्यसम्पादन समिति गठनका लागि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक साँझ साढे छ बजे स्थगित गरिएको हो।

दुईपक्षीय नेताबीच सहमतिका लागि छ घन्टाभन्दा बढी समय खर्चे पनि कुनै दुवै पक्षले आफ्नो अडानमा कायमै राख्दा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ। ‘भोकप्यास नभनी बैठकको प्रतीक्षामा केन्द्रीय कार्यालयमा छ ...


कांग्रेस कार्यसमिति बैठक आज

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकले अनुशासन समिति र कार्य सम्पादन समिति गठनलाई टुंग्याउने बताइएको छ। यसअघि २१ गतेको लागि डाकिएको बैठक सारिएको थियो।

...

नेकपाको सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा !

काठमाडाैं - पार्टीका तल्ला कमिटीको एकीकरण टुंग्याउने गरी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीका प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकीकरण टुंग्याउने गरी नेकपाले सचिवालय बैठक बोलाएको हो।

नेकपाका तल्ला तहका कमिटीको एकीकरणमा सहमति नहुँदा भदौ पहिलो साता टुंग्याउने भनिएको एकीकरण अझै टुंगिएको छैन । नेकपाले प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकताका लागि गठित कार्यदलहरूलाई भदौ ७ गतेभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । आन्तरिक विवादका कारण कार्यदलहरूले प्रतिवेदन बुझाउन नसकेपछि नेकपाको भदौ ८ र ९ मा हुने भनिएको स्थायी समिति बैठक समेत बस्न सकेको थिएन।

कार्यदलले ...


नेकपाको सचिवालय बैठक बुधबार बस्ने

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पार्टी सचिवालय बैठक बोलाउने समझदारी भएको हो ।

‘उहाँहरूबीच बुधबार केन्द्रीय सचिवालय बैठक बोलाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ, त्यस दिन बैठक गर्ने समझदारी भएको छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नयाँ पत्रिकासँग भने । दुई अध्यक्षबीच प्रचण्डको भारत भ्रमण, एकीकरण कार्यदलहरूको गृहकार्यलगायतका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।


यसअघि २४ भदौमा सचिवालय बैठक बोलाउने समझदारी भए पनि गृहकार्य नपुगेको भन्दै औपचारिक आह्वान गरिएको थिएन । ...


कार्तिक १६ मा होला त नेविसंघको महाधिवेशन ?

काठमाडौं - नेपाल विद्यार्थी संघको संस्थापन र संस्थापन इतर समूह एक ठाउँ उभिएर १२औं महाधिवेशनका लागि संयुक्त रुपमा मिति प्रस्ताव गरेका छन ।

योसँगै लामो समयदेखि चल्दै आएको नेविसंघ भित्रको विवाद अन्त्यतर्फ अघि बढेको छ। संघको १२औँ महाधिवेशन १६, १७ र १८ कार्तिकमा गर्नका लागि अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले सहित नेविसंघ भित्रका सबै समूहहरु सहमत भएका हुन ।

१२ औं महाधिवेशनका लागि अध्यक्ष महरले कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार भएको बैठकमा मिति प्रस्ताव गरेका हुन ।

बैठकमा अध्यक्ष महरले महाधिवेशनको विकल्प नरहेको भन्दै मिति प्रस्ताव गरेका ...


राजपा प्रमुख सचेतकमा कर्ण

काठमाडौँ - राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता महन्थ ठाकुरले प्रमुख सचेतकमा लक्ष्मणलाल कर्णलाई नियुक्त गरेका छन् । राजपाले दलको नेता ठाकुरलाई उपनेतासहित प्रमुख सचेतक, सचेतकलगायतलाई नियुक्त गर्ने अधिकार दिएको छ । दलको बैठकले नै यस्तो अधिकार दिएका कारण ठाकुरले स्वविवेकमा उपनेता र सचेतक नियुक्त गर्ने प्रमुख सचेतक कर्णले जानकारी दिए ।

दलको उपनेता र सचेतक भने नियुक्त भएका छैनन् । उपनेता र सचेतकमा पार्टीभित्रको आन्तरिक तालमेल मिलाउनुपर्ने भएकाले ठाकुर मौन देखिएका हुन् । प्रमुख सचेतकमा राजेन्द्र महतो समूहका कर्णलाई चयन भएका छन् ।

अब उपनेता वा ...


नेकपामा जोडघटाउ नमिल्दा पार्टी एकतामा भद्रगोल !

काठमाडौं - केपी ओली र पुष्पकमल दाहालले पार्टी एकतासँगै आफूलाई ‘एउटै जेटको जोर पाइलट’ घोषणा गरेको तीन महिना नाघिसक्यो। तर मुख्य नेताकै जोडघटाउ नमिल्दा नेकपाको तल्लो तहमा एकता प्रक्रिया लम्बिएको छ।

पूर्वघटकभित्रैका समूह असन्तुष्ट भएपछि केन्द्रीय कार्यालयमा एकता कार्यदलका प्रतिवेदनसँगै नेतृत्वको दाबीसहित समानान्तर सिफारिसका कागज पनि चाङ लाग्न थालेका छन्। झन्डै दुई दर्जन जिल्लाबाट कार्यदलले भागबन्डा गरेर पठाएको नामावली एकलौटी भएको भन्दै महासचिव विष्णु पौडेललाई समानान्तर प्रतिवेदन पठाइएको हो।

केन्द्रीय कार्यालयको आन्तरिक सर्कुलरअनुसार भदौ दोस्रो सातासम्म प्रदेश तथा जिल्ला कमिटी र जनसंगठनको एकता भइसकेर पहिलो बैठकै बसिसक्नुपथ्र्यो। ...


एकीकरणको काम लत्याउँदै नेकपा नेता विदेशमा

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टी काम प्रभावित हुन थालेका छन् । पार्टी अध्यक्षदेखि सचिवालयका नेता विदेश यात्रामा रहँदा जनसंगठन तथा पार्टीका तल्लो कमिटी (प्रदेश तथा जिल्ला कमिटी) को एकीकरण प्रक्रिया प्रभावित भएको छ । ९ सदस्यीय सचिवालयमा अहिले दुईजना विदेशमा भने दुई नेता विदेश जाने तयारीमा छन् । वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका र ईश्वर पोखरेल लेवनानमा छन् ।

भारत सरकारको निमन्त्रणमा अध्यक्ष पुष्पकमल दाहाल २२ भदौमा भारतको ५ दिने भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ...


कांग्रेसमा सभापतिलाई थप शक्तिशाली बनाउनेबारे बहस

काठमाडौँ - देश संघीय संरचनामा गएपछि सोही संरचनाका आधारमा विधान संशोधन हुँदै गर्दा कांग्रेसमा केन्द्रीय सभापतिलाई अझै बलियो बनाउने कि सामूहिक नेतृत्व प्रणालीमा लाने भन्नेमा बहस सुरु भएको छ । विधान मस्यौदा समितिको बिहीबारको बैठकमा समितिकै सदस्यहरूले केन्द्रीय सभापतिदेखि सदस्यता वितरणको प्रक्रियासहितका विषयमा आ–आफ्ना तर्क राखेका छन् ।

सभापति शेरबहादुर देउवानिकट नेताहरू मानबहादुर विश्वकर्मा र फरमुल्लाह मन्सुरले यसअघि वितरण गरिएजस्तै साधारण र क्रियाशील सदस्यता वितरण गर्नुपर्ने, पार्टीलाई क्याडरबेसमा लानुपर्ने, सदस्यतामा अझै कडाइ गर्नुपर्ने र कडा अनुशासनमा पार्टी चलाउनुपर्ने बताए । उनीहरूले सभापतिलाई थप बलियो बनाउन केन्द्रमा सभापतिबाहेकका पदाधिकारी मनोनीत ...


खोटाङको अध्यक्षमा रामप्रसाद दंगाललाई सर्वसम्मत गर्न नेकपा कार्यकर्ताको दबाव

खोटाङ सम्बाददाता - नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को खोटाङ जिल्लाको नेतृत्व तत्कालिन एमालेले लिने कि तत्कालिन माओवादी केन्द्रले लिने भन्ने अझै टुंगो लागिसकेको छैन । तर जिल्ला अध्यक्षमा पूर्व एमालेका नेता रामप्रसाद दंगाललाई सर्वसम्मत बनाउन जीला नेता तथा कार्यकर्ताहरुबाट दवाब बढ्दै गएको छ ।

काठमाडौंमा बसेर नेताको पछि लागेर मात्र जिल्लाको समग्र नेता हुन नसक्ने बताउदै नेकपाको कार्यकर्ताहरु धर्ना दिने सुर समेत कसेका छन् । खोटाङमै बसेर जिल्लाको समग्र विकास निर्माणमा रचनात्मक भूमिका निर्वाह गर्नु सक्ने क्षमता भएका नेता खोटाङले चाहेको नेकपाका एक कार्यकर्ताले बताए ।

जिल्लाको ...


आन्तरिक विवादले कांग्रेस भ्रातृ संगठन लथालिंग

काठमाडौं - नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठनहरू आन्तरिक विवादले लथालिंग बन्न पुगेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माउ पार्टी पराजित भएसँगै संगठन निर्माणमा सक्रिय रहनुपर्ने नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघसहितका संगठनहरू आन्तरिक विवादले आफ्नै महाधिवेशन गर्न नसक्ने अवस्थामा पुगेका छन्।

दशकपछि ११औं महाधिवेशन गरेको नेपाल विद्यार्थी संघले दुई वर्षे कार्यकाल आन्तरिक विवादमै गुजारेको छ। भदौ १ गतेबाट विधानको व्यवस्थाअनुसार औपचारीक कार्यकाल सकिए पनि संघको महाधिवेशन कहिले र कसरी हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन।

दशकपछि ११औं महाधिवेशन गरेको नेपाल विद्यार्थी संघले दुई वर्षे ...


नेकपा : प्रदेश ३ का १३ जिल्लामा को-को बने अध्यक्ष ? [नामसहित]

काठमाडाै‌ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् । प्रदेश ३ बाट नेकपाकाका सर्वसम्मत अध्यक्ष बन्नेको नामावली यसप्रकार रहेको छ ।

काठमाडौंः रामशरण ढुंगाना (पूर्वएमाले)
मकवानपुरः बद्री लम्साल (पूर्वएमाले)

धादिङः नेत्रराज पौडेल (पूर्वएमाले)
रसुवाः कर्णेल लामा (पूर्वएमाले)

सिन्धुपाल्चोकः झम्क नेपाल (पूर्वएमाले)
दोलखाः भीम दाहाल (पूर्वएमाले)

ललितपुरः हरिकृष्ण व्यञ्जनकार (पूर्वएमाले)
भक्तपुरः बचन देउजा (पूर्वएमाले)
काभ्रेः सूर्यमान दोङ (पूर्वमाओवादी)

पेसागत विशेषः प्रेम पराजुली (पूर्वएमाले)
उद्योगी व्यवसायी विशेष- चित्रगुप्त साँवा (पूर्वएमाले)
चितवनः पूर्वमाओवादी (टुंगिन बाँकी)

सिन्धुलीः ...


नेकपा बाँडफाँड : टुङ्गिएका ६५ जिल्लामा कसको नेतृत्व ? [नामसहित]

काठमाडाै‌ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् ।

प्रदेश १
पूर्वएमालेः ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुर ।
पूर्वमाओवादीः संखुवासभा र खोटाङ ।

टुंगिन बाँकीः ओखलढुंगा, सोलुखुम्बु र उदयपुर ।

प्रदेश २

पूर्वएमालेः धनुषा, सर्लाही, सप्तरी र पर्सा ।

पूर्वमाओवादीः महोत्तरी, रौतहट र सिरहा ।
टुंगिन बाँकीः बारा ।

प्रदेश ३
पूर्वएमालेः मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेसागत जिल्ला कमिटी ।

पूर्वमाओवादीः चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुली, युवा ...


नेकपाका ६५ जिल्लाको नेतृत्व बाँडफाँड, कसले कति पाए ?

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् । ६५ मध्ये पूर्वएमालेले ३९ र पूर्वमाओवादीले २५ जिल्ला अध्यक्ष पाउने गरी कार्यदलहरूले प्रतिवेदन बुझाएका छन् ।

गण्डकी प्रदेशमा भने विनासहमति नेतृत्व सिफारिस भएको छ । ११ वटै जिल्ला अध्यक्ष र सचिवमा पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट छुट्टाछुट्टै नाम केन्द्रीय सचिवालयमा सिफारिस भएको हो । ३ नम्बर प्रदेशमा १३ भूगोल जिल्ला र ४ विशेष जिल्ला कमिटीको नाम एकीकरण कार्यदलले सर्वसम्मत सिफारिस गरेको छ ।

१७ जिल्लाको ...


राजपामा २९ जना महासचिव, पदाधिकारी बस्ने कुर्सी समेत पुग्दैन !

काठमाडौं - सामान्यतया एउटा पार्टीमा कति जना महासचिव जिम्मेवारीमा रहन्छन् । उत्तर स्वभाविक आउँछ १ वा बढीमा २-३ जना तर, राष्ट्रिय जनता पार्टी (राजपा) यो ममिलामा पृथक छ । इतिहासकै शक्तिशालि मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा १ जना मात्रै महासचिव रहेका बेला संसदको तस्रो ठूलो दल राजपाले साढे दुई दर्जन नेतालाई महासचिव बनाएको छ ।

सो पार्टीको केन्द्रीय समिति ८ सय १५ जनाको छ । अध्यक्ष मण्डलमा एक जना संयोजक रहने व्यवस्था छ, राजपामा अध्यक्ष मण्डलका ५ जना सदस्य छन् । पदाधिकारी संख्या धेरै भएपछि ...


नेकपाका स्वास्थ्यकर्मीहरूको संगठन एकीकरण अन्तिम चरणमा

काठमाडौं - पूर्वएमाले र माओवादी केन्द्रनिकट स्वास्थ्यकर्मीहरूका संगठन एकीकरण अन्तिम चरणमा पुगेका छन् । एकीकृत संगठनको अध्यक्षमा पूर्वएमालेनिकट स्वास्थ्य संगठनका अध्यक्ष भक्तिमान सुब्बाले दाबी गरेका छन् । यस्तै, पूर्वमाओवादीनिकट संगठनका अध्यक्ष कृष्णसागर शर्मा र महासचिव दलबहादुर जिसीले पनि एकीकृत संगठनको अध्यक्ष दाबी गरेका छन् ।

पार्टीमा निरन्तर सक्रिय भूमिका निभाएको तथा विगतमा विद्यार्थी राजनीतिमा समेत उल्लेख्य योगदान गरेकाले आफूले अध्यक्ष पाउनुपर्ने दाबी जिसीको छ । उनी अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघमा रहँदा तत्कालीन अवस्थाका ७५ वटै जिल्लामा पुगेर संगठन निर्माण गरेका कारण पनि आफ्नो सक्रियताको मूल्यांकन हुनुपर्ने उनले बताए । ...


विप्लव र गोपाल किराँतीबीच एकताको तयारी, वैद्य पनि छलफलमा

काठमाडौँ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र गोपाल किराँती नेतृत्वको पुनर्गठित नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको गृहकार्य शुरु भएको छ । दुबैपार्टीका नेताहरुले एकताका लागि विभिन्न चरणमा संवादसमेत गरेका छन् ।

पुनर्गठित माओवादीको नेतृत्व गरेका किराँतीले एकताको लागि वार्ता भएको र निकट भविष्यमा एकता हुन सक्ने बताए ।

‘हामी वैद्य कमरेड र विप्लव कमरेडसँग संवादमा छौँ । क्रान्तिकारी शक्तिहरुबीच एकता हुनुपर्छ भन्नेमा हाम्रो एकमत छ । सके सबैबीच एकैपटक, नभए विप्लव कमरेड र हामीबीच एकताको सम्भावना बलियो छ’, किराँतीले भने, ‘क्रान्तिकारी शक्तिहरुबीचको एकता निकट ...


यस्तो बन्यो नेकपाको प्रदेश र जिल्लाको एकीकरणको खाका !

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला तहमा धमाधम एकीकरणको प्रारम्भिक खाका तयार पारेको छ । सातमध्ये बुधबारसम्म पाँचवटा प्रदेशको अन्तिम खाका तयार भइसकेको छ ।

गण्डकी, कर्णाली तथा प्रदेश ४, ५ र ७ मा कार्यदलले खाका तयार पारेका छन् । कार्यदलले प्रदेश र जिल्ला कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीले पाउने संख्यात्मक हिस्साको टुंगो पनि लगाएका छन् । संख्या टुंग्याएर जिल्ला नेतृत्वको सम्भावित नाम केन्द्रीय सचिवालयलाई बुझाउने अन्तिम तयारी गरेका छन् । भदौ पहिलो साताभित्र एकीकरण टुंगो लगाइसक्ने नेकपाको तयारी छ ।

प्रदेश १ मा ३ जिल्ला टुंगियो
प्रदेश १ को २ ...


दुई बामपन्थी शिक्षक संगठन एकता गर्न छलफल शुरु

काठमाडौं - दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएसँगै वृहत बामपन्थी शिक्षक एकता अभियान पनि शुरु भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै ती दुईदल निकट शिक्षक संगठनहरुले पनि ऐतिहासिक एकता अभियान शुरु गरेका हुन् । तत्कालीन नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन र नेकपा माओवादी केन्द्रको भातृसंगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनबीच एकता अभियान शुरु भएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय कार्यालय बागबजारमा शनिवार पहिलोपटक दुईसंगठनहरुबीच एकताको लागि औपचारिक छलफल शुरु भएको ...


नेकपा निर्णय : राज्यको जिम्मेवारीमा रहेका नेतालाई पार्टीमा कार्यकारी पद नदिइने

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले राज्यको जिम्मेवारीमा रहेका नेतालाई पार्टीको कार्यकारी पद नदिने निर्णय गरेको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले मन्त्री, मेयर, उपमेयर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसम्मलाई कार्यकारी पदको जिम्मेवारी नदिने निर्णय गरेको हो ।

‘संघीय मन्त्री, प्रदेशका मन्त्री, प्रादेशिक दल नेता र उपनेता, संघीय र प्रदेशसभाका प्रमुख सचेत र मुख्य सचेतक र सचेतक, संसदीय समितिका सभापति र महानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, जिल्ला समन्वयन समितिका सभापति र उपसभापति सँगै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई कुनै पनि स्तरको कार्यकारी पद अर्थात् अध्यक्ष र ...


भदौ २ भित्र कार्ययोजना पेश नगरे नेविसंघ कार्यसमिति भंंग गर्ने कांग्रेसको चेतावनी

काठमाडौँ - कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनबाट निर्वाचित नैनसिंह महर नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल बुधबारबाट सकिएको छ । तर, विवादका कारण महाधिवेशन अनिश्चित बनेको छ । नेविसंघले विवाद सुल्झाउने नदेखेपछि पार्टीको निर्देशक समितिले २ भदौसम्म कार्यतालिकासहित महाधिवेशनको सर्वसम्मत योजना ल्याउन निर्देशन दिएको छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महत संयोजक रहेको समितिको बुधबार बसेको बैठकले अध्यक्ष महरलाई चित्तबुझ्दो आधारसहित महाधिवेशनको खाका पेस गर्न निर्देशन दिएको हो । केन्द्रीय कार्यसमितिको बैठकबाट सहमतिमा निर्णय गर्दैै पेस गरेको आधार र कार्यतालिका चित्तबुझ्दो नभए समिति भंग गर्ने चेतावनी पनि समितिले दिएको ...


पार्टी एकता : 'तन मिल्यो मन मिल्नै बाँकी'

काठमाडौ - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको दुई महिना बितिसक्दा पनि पार्टीका नेता कार्यकर्ताकाो मन भने एक हुन सकेको छैन। पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयलाई सचिवालय कार्यालय र कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयलाई जनवर्गीय संगठनको कार्यालयका रूपमा निर्धारण गरिए पनि अहिले पनि दुवै कार्यालयलाई पार्टीका नेता कार्यकर्ताले साझा भने मान्न सकिरहेको देखिँदैन।

पार्टीको धुम्बाराहीस्थित कार्यालय पुग्दा पूर्व एमाले निकट नेता कार्यकर्ताको उपस्थिति देखिन्छ भने पेरिसडाँडामा पूर्व माओवादी केन्द्र निकट नेता कार्यकर्ताको उपस्थिति बाक्लो देखिने गरेको छ। दुई पार्टी एक भएपछि नेकपाले साउन १ गते ...


जिल्ला अध्यक्ष बन्न सांसददेखि गाउँपालिका अध्यक्षसम्मको दौड !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश र जिल्ला तहको पदाधिकारी पदका लागि संघीय संसद्का सदस्यदेखि गाउँपालिका अध्यक्षसम्म दौडमा छन् । एकीकरण अन्तिम चरणमा पुग्दै गर्दा थुप्रै सांसद र स्थानीय तहका कार्यकारी (प्रमुख उपप्रमुख) अध्यक्ष र सचिवका दाबेदार देखिएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रमा जिल्ला अध्यक्ष र सचिव रहेका जनप्रतिनिधि पार्टीको पुरानै पदका लागि सक्रिय बनेका हुन् ।

उनीहरूलाई पार्टीमा दिइने जिम्मेवारीबारे नियमावली र केन्द्रीय सचिवालयको सर्कुलर मौन रहेकाले पुनः कार्यकारी पदका लागि सक्रिय रहेको एकीकरण कार्यदलका एक नेताले बताए ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ...


स्याङ्जाका कांग्रेस सभापति पंगेनीको निधन

काठमाडौं - पूर्व सभासद एवम् नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनीको निधन भएको छ । उनको स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा निधन भएको हो । पंगेनीको निधन हृदयाघातका कारण भएको पारिवारिक स्रोतले बताएको छ ।

गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पंगेनीका श्रीमती, एक छोरा, एक छोरी छन्।

...

नेकपाको सदस्यता शुल्कबाट मात्रै मासिक साढे तीन करोड उठ्ने !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मासिक आम्दानी करोडौं हुने भएको छ । नेकपाको पार्टी सदस्यता शुल्कबाट मात्रै मासिक साढे तीन करोड उठ्ने भएको छ । स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रुपैयाँ उठ्ने भएको हो । दुई पार्टी एकता भएको दिनदेखि नै पार्टीको सदस्य शुल्क बुझाउनुपर्ने नेकपा महासचिव विष्णु पौडेलले बताए ।

नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित सदस्यको मासिक शुल्क ५० रुपैयाँ राखिएको छ । सोहीअनुसार तत्कालीन एमालेको क्रियाशील सदस्यको संख्या चार लाख र तत्कालीन माओवादी केन्द्रले तीन लाख क्रियाशील ...


भाँडियो राप्रपा र राप्रपा प्रजातान्त्रिकबीचको एकता, यस्तो छ कारण !

काठमाडौं - पार्टी एकताका केहि समय अघिदेखि जुटिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा प्रजातान्त्रिकबीचको वार्ता स्थगित भएको छ ।

हिन्दु राष्ट्र र राजतन्त्रबारे राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील थापाले हालै सञ्चार माध्यमहरुमा राप्रपाले हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा छाडेमा मात्र एकता हुन सक्ने अभिव्यक्ति दिएपछि राप्रपा बिच्केको थियो । राप्रपा अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्थाबारे प्रजातान्त्रिकले आधिकारिक धारणा नदिएसम्म वार्ता नगर्ने बताए ।

पार्टी एकताबारे छलफल गर्न दुबै पार्टीले वार्ता टोलीसमेत बनाएका थिए । जसमा राप्रपाबाट वुद्धिमान तामाङ, टंक ढकाल र राजेन्द्र लिंदेन छन् भने राप्रपा ...


सार्वजनिक कार्यक्रममा प्रचण्ड र ओली एकअर्कालाई छलेर हिंडेपछि...

काठमाडौ - बिहीबार नेकपाका संस्थापक नेता तुल्सीलाल अमात्यको २१ आैं स्मृति दिवस थियो । कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अथिति थिए। प्रवक्ताबाट हालै राजीनामा दिएका नेता नारायणकाजी श्रेष्ठ पनि कार्यक्रममा उपस्थित थिए। नेता श्रेष्ठले स्टेजमा गएर बोल्दै गर्दा अध्यक्ष दाहाल ड्यासमा बसिरहेका थिए। प्रधानमन्त्री ओलीको भने आउने सुरसार नै थिएन। श्रे्रष्ठले तुल्सीलालको योगदानबारे चर्चा गरेपछि समयको महŒवबारे पनि चर्चा गरे। उनले समयको पालना सबैले गर्नुपर्ने भन्दै १५ मिनेटभन्दा बढी कसैलाई पनि कुर्न नहुने बताए।

पार्टीको सचिवालय बैठकमा समेत समयको ...


प्रेस सेन्टर र प्रेस चौतारीबीचको एकता हुँदै,  २२५ जनाको केन्द्रीय समिति बन्ने

काठमाडौं - तत्कालीन नेकपा माओवादी केन्द्र र एमाले निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालबीचको एकताको लागि गठन भएको कार्यदलको तेस्रो पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ ।

बैठकले प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका महासचिवद्वय प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा ‘जुगल’ र चौतारीका महासचिव राजेश राई तयार पारेको संगठनको अन्तरिम बिधान–२०७५ लाई पारित गरेको छ ।

दुबै संगठन एकतापछि बन्ने एकीकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ अग्रेजीमा Press organisation, Nepal (PON) राख्ने निर्णय भएको छ । अन्तरिम कालको लागि सबै तहमा कार्यालय, ...


नारायणकाजी श्रेष्ठले किन दिए प्रवक्ता पदबाट राजिनामा ?

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् ।

पार्टी नीतिविपरीत डा. गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए । ‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए । अर्का अध्यक्ष प्रचण्डले पनि ‘पार्टीको जानकारीविना भेटेर ...


सरकार बिरुद्ध आज कांग्रेसको प्रदर्शन, बाहिर ३० वटा देशमा समेत गर्ने तयारी

सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क समितिमार्फत कांग्रेसले सरकारको विरोध गर्न लागेको हो । कांग्रेस केन्द्रको तयारीअनुसार आगामी १ देखि ३ अगस्टभित्र सरकारविरोधी कार्यक्रम हुनेछन् ।

जनसम्पर्क समिति कांग्रेससँग आस्था राख्ने विदेशमा बस्नेहरूको समिति हो । जनसम्पर्क समितिहरूलाई महाधिवेशनमा भाग लिने अधिकार पनि कांग्रेसले दिँदै आएको छ । कांग्रेसका नेताहरू विदेश जाँदा जनसम्पर्क समितिमार्फत नै कार्यक्रम हुँदै आएका छन् ।

विदेशमा किन र कसरी विरोध कार्यक्रम ?
१५ साउनका ...


दुई राप्रपाबिच एकता गर्न सैद्धान्तिक सहमति

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको वार्ता टोलीले सोमबार राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलाई उनकै निवासमा पुगेर पार्टी एकीकरणको प्रस्ताव राखेको हो ।

सुकेधारास्थित लोहनी निवासमा राप्रपा वार्ता टोली संयोजक वरिष्ठ उपाध्यक्ष तामाङसहित उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देन तथा राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. लोहनी, उपाध्यक्ष ऋषिबाबु परियार तथा महामन्त्री श्याम तिमल्सिनाबीच पार्टी एकताका विषयमा छलफल भएको हो ।

छलफलमा दुई पार्टीका नेताबीच बृहत् राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण ...


हृदयेश त्रिपाठी सहित ४ सांसद नेकपामा प्रवेश गर्दै

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राति अबेरसम्म बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

‘नेकपा संसदीय दलमा रहेको हृदयेश त्रिपाठीको समूहसँग एकीकरण गर्नेबारे छलफल अघि बढाउने निर्णय भएको छ,’ नेकपा केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले नयाँ पत्रिकासँग भने, ‘छलफल चलिरहेको छ, तर कसरी, कहिलेसम्म भन्ने टुंगो लागिसकेको छैन ।’

स्वतन्त्र राजनीतिक समूहका नाममा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव लडेका त्रिपाठी र ब्रजेशकुमार गुप्ता संघीय संसद्मा निर्वाचित सांसद हुन् । ...


नेकपाका दुई इन्जिनियरिङ संगठन बिच आज एकता हुँदै

काठमाडौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट भ्रातृ सङ्गठन इन्जिनियरिङतर्फको एकता आज हुने भएको छ । नेकपाका २२ जनवर्गीय सङ्गठनमध्ये इन्जिनियरतर्फको एकता सबैभन्दा पहिला हुने भएको हो । तत्कालीन एमालेको पेसागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल र तत्कालीन माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियरिङ सङ्गठनलाई आज एकीकृत गर्न लागिएको हो ।

नयाँ सङ्गठनको नाम प्रगतिशील इन्जिनियरिङ एसोसियसन नेपाल बनाएको महासविच हरि पराजुलीले बताए। एकतापछि एसोसिएसन नेपालको अध्यक्षमा शम्भुबहादुर श्रेष्ठ र महासचिवमा पराजुली रहने सहमति भएको छ ।

एसोसिएसनमा २१ जना सचिवालय सदस्य र ९५ जना केन्द्रीय सदस्य रहनेछन् ...


कांग्रेस दुई पार्टी जस्तो भयो : सभापति देउवा

चितवन - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भएका कारण कमजोर बनेको बताए ।

डेमोक्र्याटिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनलाई आज गैंँडाकोटमा सम्बोधन गर्दै उहाँले अब फरक राजनीतिक विचारसँग लड्ने समय आएको भन्दै पार्टीभित्र एक ढिक्का हुन सबैलाई आह्वान गरे ।

उनले भने, “पार्टीभित्र अन्तरघातको समस्या व्याप्त छ, आफ्ना साथीप्रति दुश्मनी व्याप्त छ, यो रोगको निधान नभएसम्म पार्टी एक हुन सक्दैन । यो रोग निधान गर्न म प्रतिबद्ध छु ।”

नेपाली काँग्रेसको आन्दोलन गर्ने रहर नभएको भन्दै उनले भने, “हाम्रो ...


डा. केसीसंगको सहमतिबारे नेकपाको संसदीय दलमा जानकारी

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा. गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई आज जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराउनुभएको हो । बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले संसदीय प्रक्रिया तथा सर्वोच्चतालाई स्वीकार गरेको उहाँले बताउनुभयो ।

चिकित्सा शिक्षा विधेयकमा अहमति जनाउँदै प्रमुख प्रतिपक्षको सदन अवरोधको अवस्था रहेको स्थितिमा बैठक बोलाइएको र सहमतिपछि सदन खुल्ने अपेक्षा आफूहरुले गरेको नेता नेम्वाङले ...


कांग्रेसविरुद्ध सरकार कठोर, नयाँ रणनीति बनाउंदै कांग्रेस

काठमाडौं - सत्ता नेतृत्वको नेकपा तथा सरकारले प्रतिपक्षी कांग्रेसविरुद्ध कडा हुने संकेत गरेका छन् । प्रतिपक्षी कांग्रेसले नेकपाको सरकार गठन भएकै दिनदेखि सरकारविरुद्ध षडयन्त्रको तानावाना बुनेको र एजेण्डै बन्न नसक्ने विषयलाई पनि एजेण्डा बनाएर सरकारको काममा ब्यवधान खडा गर्न खोजेको भन्दै कांग्रेसविरुद्ध कठोर बन्ने संकेत गरेको हो ।

प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभाको सभामुख–उपसभामुख फरक दलबाट हुनुपर्ने, डा.गोविन्द केसीको अनशनको समर्थनमा सडक आन्दोलनमै उत्रन थालेपछि सरकार र नेकपाका अध्यक्षद्वयले केही दिनयता कांग्रेसविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन् ।

मंगलबार पार्टी निकट ‘अगुवा पत्रकार’सँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली ...


नेकपाको विधान र नियमावली तयार, पुरा पढ्नको लागि यहाँ क्लिक गर्नुहोस !

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान तथा नियमावली प्रकाशित भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएको लामो समयपश्चात प्रकाशित विधानमा सचिवालयलाई शक्तिशाली बनाइएको छ भने दुवै अध्यक्षलाई बराबरी अधिकार दियएको छ ।

पुरा पढ्नको लागि यहाँ क्लिक गर्नुहोस !

विधान 

http://www.khabardabali.com/wp-content/uploads/2018/07/NCP-Bidhan-2075-FINAL-2075-4-4.pdf

नियमावली

http://www.khabardabali.com/wp-content/uploads/2018/07/NCP-Niyamawali-2075-FINAL-2075-4-4.pdf

...

पञ्चायत र राणासँग लड्यौँ, अब कम्युनिस्टसँग लड्छौँ : देउवा

काठमाडौँ - कांग्रेसले पञ्चायत र राणासँग लडेर प्रजातन्त्र ल्याएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वसत्तावाद लाद्न उद्यत कम्युनिस्टसँग पनि लड्ने बताए । अहिले निषेधित क्षेत्र तोक्ने, शान्तिपूर्ण आन्दोलन गर्न नदिने कम्युनिस्टहरूले बोल्न, लेख्नसमेत नदिने दिन आउन सक्ने बताए ।

देउवाले शान्तिपूर्ण आन्दोलन गर्न नपाउने गरी हस्तक्षेप गर्दै निषेधित क्षेत्र तोक्ने कम्युनिस्ट सरकार कहिल्यै प्रजातन्त्रवादी बन्न नसक्ने आरोप लगाएका छन् । कांग्रेसका संस्थापक बिपी कोइरालाको ३६औँ स्मृति दिवसका अवसरमा आइतबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् ।

‘बिपी कम्युनिस्टसँग मिल्नै हुन्न भन्नुहुन्थ्यो । पहिलोपटक शान्तिपूर्ण प्रदर्शनसमेत गर्न नदिने ...


शक्तिशाली बनाइयो नेकपाको सचिवालय, यस्ता छन् अध्यक्षद्वयका सात अधिकार !

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दश अधिकारसहित केन्द्रीय सचिवालयलाई सबैभन्दा शक्तिशाली बनाएको छ । यसअघि स्थायी समितिलाई शक्तिशाली बनाउन प्रस्ताव गरिए पनि प्रकाशनमा आएको विधानले सचिवालयलाई नै बढी अधिकार दिएको छ ।

दुई अध्यक्ष, दुई वरिष्ठ नेता, प्रवक्ता, महासचिवसहित नेकपामा ९ सदस्यीय सचिवालय छ । स्थायी समितिभन्दा सचिवालयलाई दोब्बर अधिकारको व्यवस्था विधानले गरेको छ ।

सचिवालयलाई केन्द्रीय कार्यालय सञ्चालन गर्ने, केन्द्रीयस्तरका कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने अधिकार दिइएको छ ।

त्यस्तै, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको बैठकका लागि कार्यसूचीसम्बन्धी प्रस्ताव तयार गर्ने अधिकार केन्द्रीय विभाग, मातहत कमिटी, संसदीय दल, संयन्त्र, ...


बीपीले ‘कम्युनिष्टहरुसँग मिल्नु हुँदैन’ भनेको कुरा सत्य रहेछ : देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले ‘कम्युनिष्टहरुसँग मिल्नु हुँदैन’ भनेको कुरा प्रमाणित भएको बताएका छन् ।

बीपी स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ । तर, हामीले अहिले मात्रै चिन्यौं । उनीहरु जनताका लागि होइन रहेछन ।’ उनले आफुले कम्युनिष्टलाई बिश्वास गर्नु गलत भएको समेत बताए ।

देउवालले काठमाडौंको विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएकोप्रति लक्षित गर्दै कम्यूनिस्ट सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेको बताएका छन् ।

‘एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण बिरोध गर्ने ...


नेविसंघको महाधिवेशन विवाद, देउवाले बोलाए दुवै पक्ष

काठमाडौँ - कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले दुवै पक्षलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले शनिबार दिउँसो ४ बजे विवाद मिलाउन पार्टीका असन्तुष्ट पक्षका शीर्ष नेता र नेविसंघका अध्यक्ष, असन्तुष्ट विद्यार्थी नेतालाई बोलाएका हुन् ।नेविसंघ संस्थापन र असन्तुष्ट पक्षले छुट्टाछुट्टै महाधिवेशनको मिति घोषणा गरेपछि विवाद चर्किएको हो । दुवै पक्षले साउन अन्तिम साता महाधिवेशन तोकेका छन् ।

सभापति देउवाले शनिबारको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई बोलाएका छन् । देउवानिकट स्रोतले भन्यो, ‘एकताबद्ध रूपमा अधिवेशन गर्न सभापतिले दुवै पक्षका शीर्ष नेता ...


सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

काठमाडौं - प्रधानमन्त्री केपी ओली नेतृत्वलाई दिएको समर्थन फिर्ता हुन सक्ने चुनौती मधेसी नेताहरूले दिएका छन्। संविधान संशोधन गर्ने आफूहरूको मागप्रति प्रधानमन्त्रीको हचुवापूर्ण अभिव्यक्ति आएकोमा मधेसी नेताहरूले असन्तुष्टि जनाएका हुन्। बिहीबार राति मधेसी नेताहरूसँग भएको छलफलमा प्रधानमन्त्रीले आफू माइतीघर मण्डलको आन्दोलनको दबाबमा रहेकाले संविधान संशोधनबारे पछि छलफल गरौंला भनेकोमा मधेसी नेता क्रुद्ध भएका हुन्।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट मधेसी नेताहरूले प्रधानमन्त्री अहिलेकै शैलीले अगाडि बढे आफूहरूले दिएको समर्थन फिर्ता गर्न सकिने चुनौती दिएका छन्। ‘प्रधानमन्त्रीले राजपाको माग स्वीकार गर्दा र नगर्दा के हुन्छ भन्ने बुझ्नुपर्छ’, अन्नपूर्णसँग ...


सरकारविरुद्ध मोर्चा बनाउंदै कांग्रेस

काठमाडौँ - प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा.डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरूसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बालकृष्ण खाणले बताए ।

सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशको आसय नै तोडमोड गरेको र अध्यादेशका बुँदा हुबहु अघि बढाउने विषयमा दुवै पार्टीका नेतासँग देउवाले साथ मागेका छन् ।

दुर्गमका कमजोर आय भएका पनि डाक्टर र स्वास्थ्यकर्मी बन्न सकून्, मेडिकल क्षेत्र सुधार होस् भन्ने केसीको मागलाई सम्बोधन गर्नु र उनको जीवन रक्षा गर्नु आफूहरूको दायित्व ...


कांग्रेसद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमाडौँ - प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारविरुद्ध सडक र सदनमा आन्दोलन घोषणा गरेको छ । मंगलबार सडक आन्दोलनका कार्यक्रम घोषणा गरेको कांग्रेसले अब संघीय र प्रदेश संसद् पनि अवरुद्ध गर्ने निर्णय गरेको हो ।

चिकित्सा शिक्षा विधेयक दर्ताको विरोधमा प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको कांग्रेसले अब राष्ट्रिय सभा र सबै प्रदेश सभा बैठक पनि अवरुद्ध गर्ने घोषणा बुधबारको पदाधिकारी बैठकले गरेको हो । डा. गोविन्द केसीको माग तथा एउटै पार्टीका सभामुख र उपसभामुखको मुद्दालाई सदनमा चर्काउने कांग्रेसको निष्कर्ष छ ।

‘चिकित्सा शिक्षा विधेयक अध्यादेशबमोजिम ल्याउन, आमरण अनशनमा बसेका ...


बैठकमा ओली र प्रचण्डको संयुक्त अध्यक्षता, निर्णय र सर्कुलरमा संयुक्त हस्ताक्षर

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयुक्त अध्यक्षात्मक प्रणालीबाट सञ्चालन हुने भएको छ । आलोपालो अध्यक्षताबाट बैठक सञ्चालन गर्ने यसअघिको प्रस्तावित व्यवस्थाविपरीत अध्यक्षद्वय ओली र प्रचण्ड संयुक्त अध्यक्षताबाट पार्टी सञ्चालन गर्न सहमत भएका हुन् । अब केन्द्रीय सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी बैठक संयुक्त अध्यक्षात्मक प्रणालीबाट चल्नेछन् ।

दुई अध्यक्षबीचको सहमतिअनुसार नै पार्टी विधान पारित भएको छ । मंगलबारको सचिवालय बैठकले विधान र नियमावली पारित गरेपछि महासचिव विष्णु पौडेलले छपाइका लागि प्रेसमा पठाउनुअघि बुधबार अध्यक्षद्वयसँग अन्तिम परामर्श गरे । ‘विधान र नियमावली दुवै सम्पादनको क्रम सकिएको छ, बिहीबारसम्म छपाइका लागि प्रेसमा ...


सरकारमाथि कांग्रेसका यस्ता छन् १५ आरोप !

काठमाडौँ - कांग्रेसले वर्तमान सरकारलाई अधिनायकवादी र जनविरोधीको संज्ञा दिँदै १५ वटा आरोप लगाएको छ । लोकतान्त्रिक संविधानको भावना र मर्मअनुसार सरकार नचलेको आरोप लगाउँदै कांग्रेसले संसद्देखि सडकसम्म खरो उत्रिने तयारी गरेको छ । सरकारले कानुनी शासनको खिल्ली उडाएको भन्दै ७७ वटै जिल्लाका सदरमुकाममा कांग्रेसले आगामी १५ साउनमा विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।

केन्द्र एवं प्रदेश सरकारमा अधिनायकवादी र जनविरोधी क्रियाकलाप भएको भन्दै कांग्रेसले १५ साउनमा प्रत्येक जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने गरी तयारी गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ । सरकारका अधिनायकवादी र जनविरोधी क्रियाकलापविरुद्ध सक्रियताका साथ ...


महाधिवेशनमा भाग लिन प्रचण्ड र ओली समेत चुनिएर आउनुपर्ने

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन÷अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ ।

एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्यवस्थाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आगामी महाधिवेशनमा भाग लिन सदस्यता रहेको भूगोलबाट प्रतिनिधि निर्वाचित हुनुपर्ने भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भएपछि बनेको केन्द्रीय कमिटीका ४४१ सदस्य तथा मातहतका प्रदेश, जिल्ला कार्यसमितिका सदस्यले सम्बन्धित कमिटीमा रहेका संगठित सदस्यबीच प्रतिष्पर्धा गरी ...


राप्रपा एकता अन्योलमा

काठमाडौं - एक साताभित्रै दोस्रो चरणको वार्ता गर्ने निर्णय गर्दै पहिलो चरणको वार्ता सकिएको एक महिना बितिसक्दा पनि दुई राप्रपाद्वारा गठित वार्ता समितिको बैठक बस्न सकेको छैन। करिब एक वर्षअघि मात्र तीन चिरामा विभाजित राप्रपाबीच फेरि पार्टी एकताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा प्रजातान्त्रिकले वार्ता समिति गठन गरेका थिए भने डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकतामा सहभागी भएको छैन।

लामो समयसम्म दोस्रो चरणको वार्ता हुन नसक्दा दुवै पार्टीभित्र एकतालाई लिएर संशय उत्पन्न भइरहेका बेला वार्तामा सहभागी नेता भने आन्तरिक गृहकार्यमा जुट्दा ...


नेकपामा मर्यादाक्रम हेरफेर, भातृसंगठनका पदाधिकारी अन्य कमिटिमा समेत रहन पाउने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधानले भातृसंगठनमाथि खुकुलो नीति अपनाएको छ । यसअघि प्रस्तावित नीतिअनुसार भातृसंगठनका पदाधिकारीहरु जिल्ला समिति वा सो सरहको मर्यादाक्रममा राखिएको थियो भने पार्टी कमिटिको कुनै पनि निकायमा रहन नसक्ने व्यवस्था गरिएको थियो ।

अहिले भातृ संगठनका पदाधिकारी जुनसुकै कमिटिमा रहन पाउने र उसको मर्यादाक्रमको उसको कमिटि अनुसार हुने गरी नियमावली पारित भएको छ ।

यसअघि भातृ संगठनका नेताहरुले पार्टी कमिटिको हैसियत र जिल्ला समितिको स्ट्याटसप्रति विरोध गरेका थिए ।

यो सँगै भातृसंगठनका नेताहरुलाई पार्टीको जुनसुकै कमिटिमा समेत रहन पाउने अधिकार प्राप्त भएको छ ...


नेकपाको विधान : केन्द्रीय सदस्य दुई गाँउपालिकाको इन्चार्ज

काठमाडौं - पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्‍याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर ‘सहमति’ जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यले बताए ।

विगतमा एमालेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइन्थ्यो । पार्टी एकतापछि केन्द्रीय सदस्यलाई स्थानीय तहको इन्चार्ज बनाउने व्यवस्था विधानमा गरिएको उच्च स्रोतले बतायो ।

‘केन्द्रीय सदस्यलाई २ वटा स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिने व्यवस्था ...


कांग्रेस महासमिति बैठक पर सर्यो

काठमाडौँ - कांग्रेसले पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति बनाउन नसक्दा आगामी भदौमा हुने महासमिति बैठक प्रभावित हुने भएको छ । कांग्रेसले भदौ अन्तिम साता महासमिति बैठक गर्ने निर्णय लिएको थियो ।

विधान संशोधनका लागि मस्यौदा तयारी गर्न समय लाग्ने कारण देखाउँदै सभापति शेरबहादुर देउवा असोज दोस्रो साता महासमिति बैठक बोलाउनुपर्ने निचोडमा पुगेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए । पार्टी निकायलाई संघीय संरचनाअनुसार रूपान्तरण गर्न महासमिति बैठकको मुख्य एजेन्डा विधानको संशोधन र परिमार्जन छ । त्यसअघि नै मस्यौदा टुंग्याउन दुवै पक्षका नेताबीच महामन्त्रीको संयोजकत्वमा विधान मस्यौदा ...


राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर

काठमाडौँ - राष्ट्रिय जनता पार्टी संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले उनको नाम सर्वसम्मत चयन गरेको हो । राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको समर्थनमा ठाकुर दलको नेता चयन भएका हुन् । प्रतिनिधिसभामा १७ सांसद भएको राजपाले सात महिनासम्म दलको नेता चयन गर्न सकेको थिएन ।

दलको नेताका लागि राजपाभित्र ठाकुर र महतोबीच प्रतिस्पर्धा भइरहेको थियो । दुई नेताबीच कुरा नमिल्दा आगामी बुधबारपछि निर्वाचनबाटै नेता निर्वाचित गर्ने सहमति भएको थियो । तर, शनिबार बसेको बैठकमा एक्कासि सहमति जुटेको हो ।

निर्वाचनमा गएर भए पनि महतो दलको नेता ...


राप्रपा अध्यक्ष थापाले गठन गरे २० वटा विभाग

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रमा २० विभाग र समिति गठन गरेको छ । अध्यक्ष कमल थापाले पार्टी विधानबमोजिम बिहीबार २० समिति र विभाग गठन गर्दै संयोजकसमेत तोकेका छन् । संयोजक तोकिएकाहरू पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छन् ।

पार्टी प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिअनुसार अध्यक्ष थापा सूचना तथा प्रविधि विभागको संयोजक आफैँ भएका छन् । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग, उपाध्यक्ष राजीव पराजुली अनुशासन समिति र अर्का उपाध्यक्ष टंक ढकाललाई स्थानीय निकाय परिचालन विभागको संयोजक बनाइएको छ ।

त्यस्तै, महामन्त्री राजेन्द्र लिङ्देनलाई संगठन, दिलविकास राजभण्डारीलाई पर्यटन, महामन्त्री जयन्त चन्दलाई ...


नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि शुरु भएको छ । पार्टी एकतापछि अन्तरिम विधानबमोजिम नियमावली पारित गरेर मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालयको बैठक बसेको हो ।

स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, ...


नेकपाको सचिवालय बैठक सकियो, जनवर्गीय संगठनको एकता अझै टुंगो लागेन !

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान पार्टीको नियमावली र संगठनात्मक विषयमा टुंगो लगाउने भन्दै बैठक बसेको थियो ।

तर एकीकृत पार्टीको नियमावली, संगठनात्मक संरचना, पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहमा हुने एकताको ढाँचा र जनवर्गीय संगठनहरुको एकताबारे छलफल भए पनि कुनै निर्णय भने नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जानकारी दिए ।

सचिवालयको छिट्टै बस्ने सचिवालयको अर्को बैठकले यी सबै विषयमा टुंगो लगाउने तयारी रहेको बताए ।

‘धेरै विषयमा कुराकानी भयो, हामी छलफलमै छौं । सम्भव ...



नेविसंघमा लफडा : काफ्ले समुहले दियो यस्तो चेतावनी !

काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद फेरि सतहमा आएको छ । पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा अध्यक्षले एकलौटी ढंगले मनोनयन गरेको भन्दै महामन्त्री कुन्दनराज काफ्ले समूहले आपत्ति जनाउएसँगै विवाद सतहमा आएको हो ।

अध्यक्ष नैनसिंह महरले पदाधिकारी तथा केन्द्रीय सदस्यमा मनोनयन गर्दा एकलौटी ढंगले गरेको असन्तुष्ट पक्षको आरोप छ । अध्यक्ष नैनसिंह महरले उपाध्यक्षमा नीलकण्ठ रिजाल र कृष्ण बस्नेतलाई मनोनयन गरेका छन् भने सहमहामन्त्रीमा महेश्वरी कुँवर र बद्री मुडभरीलाई मनोनयन गर्दा अन्य पदमा पनि एकलौटी ढंगले मनोनयन गर्ने काम ...


लेबीबाटै मासिक  सात करोड उठाउने नेकपाको तयारी

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मासिक करोडौँ जम्मा हुने गरी पार्टी कोष सञ्चालन गर्ने तयारी गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भइसके पनि नवगठित पार्टीका नाममा कोष सञ्चालन भने भइसकेको छैन ।

महासचिव विष्णु पौडेलले नेकपाको नाममा छिट्टै पार्टी कोष सञ्चालन गर्ने तयारी भइरहेको बताए । ‘हामी छिट्टै नेकपाको नाममा पार्टी कोष सञ्चालन गर्दै छौँ, पौडेलले भने, ‘त्यसका लागि केही प्रक्रिया पूरा गर्न बाँकी छ ।’

लेबीबाटै मासिक सात करोड उठाउने तयारी

नेकपाले पार्टीका संगठित सदस्यहरूबाटै मासिक कम्तीमा ७ करोड रुपैयाँ लेबी उठाएर पार्टी ...


नेकपाको स्थायी समिति बैठकमा सरकारका कामको आलोचना

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका वेला नेकपाभित्रबाटै पहिलोपटक आलोचना भएको हो ।

केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सरकारको कामबारे प्रश्न उठेको बताए । ‘सरकारको कामबारे पनि छलफल भएको थियो,’ उनले भने, ‘केन्द्र र प्रदेश सरकारबीचको समन्वय, मन्त्रीहरूको कामका विषयमा अर्को बैठकमा छुट्टै छलफल गरिनेछ ।’ प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको स्थायी समिति बैठकमा चीन भ्रमणको ब्रिफिङ, सरकारको काम, पार्टी विधान र नियमावलीमा केन्द्रित रहेर छलफल भएको थियो ।

सरकारको समीक्षा र ...


सरकारले द्वन्द्वका लागि प्रतिपक्षलाई निम्तो गर्यो : कांग्रेस

काठमाडौं - नेपाली कांग्रेसले देउवा सरकारले गरेका नियुक्ति बदर गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयको चर्को विरोध गरेको छ।

पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्वको सरकारले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ती खारेज गर्ने निर्णयले विधिलाई उलंघन गर्दै मनोपोली गरेको आरोप लगाए।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार देउवा सरकारले ०७४ भदौ १४ पछि ...


नेकपा सचिवालय बैठकले गर्यो स्थायी समितिको लागि कार्यसूची तय

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले बिहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले स्थायी समिति बैठकको कार्यसूची र प्रस्ताव तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

भर्खरै सम्पन्न प्रधानमन्त्री ओलीको चीन भ्रमण, मुलुकमा विद्यमान राजनीतिक परिस्थितिको विकास, सरकारका काम कारबाही र पार्टीको सांगठनिक एकीकरणको प्रक्रियाका बारेमा दुवै अध्यक्षबाट स्थायी समितिको बैठकलाई जानकारी दिनुहुने कार्यसूची तय भएको उनले जानकारी दिए।

सचिवालयले पार्टीले तयार गरेको नियमावलीबारे छलफल गरी स्थायी ...


नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालयको बैठकमा संगठनहरुको एकताको बिषयमा छलफल हुने बताइएको छ ।
बुधबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको बैठक केहिपछि सुरु हुने भएको छ । नेकपाको तेस्रो बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा समसमायिक राजनीतिक बिषयमा छलफल हुने बताइएको । सांगठनिक मोर्चाको बिषयमा पनि छलफल हुने बताइएको छ । बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ । नौ सदस्यीय नेकपा सचिवालयको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

...

नेकपाको सम्पत्ति तीन अर्ब, कहाँ कति ?

काठमाडौं - सत्तारुढ दल नेकपासँग अचल सम्पत्ती मात्रै कम्तीमा तीन अर्ब रहेको देखिएको छ। तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको चलनचल्ती मूल्य तीन अर्बभन्दा बढी हुने देखिएको हो। नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका ५ ओटा भवन छन् भने भारतको उत्तमनगरमा समेत एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा रहेको छ।

पूर्ववत् दुवै पार्टीका नाममा रहेका चल-अचल सम्पत्ति एकीकृत पार्टीको नाममा ल्याउने नेकपाको पहिलो केन्द्रीय समितिको निर्णयका आधारमा अहिले दुवैतर्फका चल-अचल सम्पत्तिको तथ्यांक संकलन गर्ने काम भइरहेको नेकपा केन्द्रीय सदस्य तथा ७ नम्बर ...


कांग्रेसमा असन्तुष्टि, संगठन विभाजन गरेको देउवा माथि आरोप

काठमाडौं - पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल नै नगरी सोसलिस्ट इन्टरनेसनलविरुद्ध अर्को संगठन जन्माएको भन्दै नेपाली कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छन्। सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्षसमेत रहेका देउवाले उक्त संगठनलाई विभाजीत गरेर प्रोग्रेसीप एलाइन्स फोरम स्थापना गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

पार्टीभित्र कुनै छलफलसमेत नगरी असार १५ गते देखि एलाइन्सको भेला काठमाडौंमा गर्न लागेको भन्दै पार्टी नेता रामचन्द्र पौडेलसहितका नेताहरूले त्यसमा सहभागिता नजनाउने निर्णय गरेका छन्। पार्टी पूर्व महामन्त्री प्रकाशमान सिंहको निवासमा सभापति देउवा इतरका नेताहरूको बैठकले लामो इतिहास र संलग्नता रहेको संगठनसँगको आवद्धता पार्टीभित्रको छलफलबिनै तोड्ने ...


कांग्रेसले माग्यो चार समितिको सभापति

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय प्रतिनिधिसभामा तीन र राष्ट्रियसभामा एक गरी चारवटा समितिको सभापति पाउनुुपर्ने दाबी गरेको छ। संसद् नियमावली पारित भएपछि समिति गठनको तयारीसँगै कांग्रेसले यस्तो दाबी गरेको हो। प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी संसद्मा २३ प्रतिशत सांसद कांग्रेसका भएको भन्दै उसले चारवटा समितिको सभापति दाबी गरेको हो।

प्रमुख सचेतक बालकृष्ण खाँण र सचेतक पुष्पा भुसाालले केही दिनअघि संघीय प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग भेटी प्रतिनिधिसभा र राष्ट्रियसभाका चारवाट समितिको सभापतिमा कांग्रेसको दाबीसहितको प्रस्ताव राखेका छन्। कांग्रेसका प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ सांसद छन् ...


ओली ‘नयाँ राजाको अवतार’ : कांग्रेस नेता रिजाल

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. मिनेन्द्र रिजालले ‘नयाँ राजा’ को संज्ञा दिएको छ ।

कांग्रेस नेता डा. रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिभिन्न निकायहरुको व्यवस्था गरेर प्रधानमन्त्री ‘नयाँ राजाको अवतार’ को रुपमा देखिएको दावी गरेका हुन् ।

उनले मन्त्रीहरुले कानून मिचेर जथाभावी गर्ने गरेको भन्दै नियन्त्रण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानून मन्त्री शेरबहादुर तामाङले कानून मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित बनाएको भन्दै रिजालले मन्त्रीहरुलाई नियन्त्रणमा ...


राप्रपाले तोक्यो ७ प्रदेशका प्रमुख

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले सातवटा प्रदेश समितिको प्रमुखहरु छानेकाे छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश १ मा राम थापा, प्रदेश २ मा चन्देश्वर यादव, प्रदेश ३ मा विक्रम ब.थापा र प्रदेश ४ मा हेमजङ्ग गुरुङलाई प्रदेश समिति प्रमुखको जिम्मेवारी दिएको हो ।

बैठकले प्रदेश ५ मा डा. धवलशमशेर राणा, कर्णालीमा धनबहादुर बुढा र प्रदेश ७ मा श्याम ब.शाहीलाई प्रदेश समिति प्रमुखको जिम्मेवारी दिएको राप्रपाले विज्ञप्ति मार्फत जनाएको छ ।

...

नेकपा बिधान : तल्ला कमिटीमा दुई मात्र पदाधिकारी, जनसंगठनमा भने धेरै

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी राख्ने गरी एकताका लागि गठित कार्यदलले गृहकार्य अघि बढाइरहेको छ । नेकपाले प्रदेशका लागि सात र जनसंगठनका लागि २२ वटा तथा प्रवास कमिटीहरूको एकीकरणका लागि छुट्टै कार्यदल बनाएर एकताको गृहकार्य गरिरहेको छ ।

केन्द्रभन्दा तलका कमिटीमा दुईजना मात्र पदाधिकारी रहने गरी विधान बनेको छ । केन्द्रमातहत प्रदेश, जिल्ला, संघीय र प्रदेश निर्वाचन क्षेत्र, महानगर/उपमहानगर/नगर/गाउँपालिका, वडा र प्रारम्भिकसहित ६ तहका कमिटी बन्नेछन् ।

ती सबै तहका कमिटीमा अध्यक्ष र सचिव मात्र ...


देउवा र पौडेललाई एक ठाउँमा उभिन जिल्ला सभापतिकाे आग्रह

हेटौँडा - कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई एक ठाउँमा उभिन भनेका छन् । हेटौँडामा जारी राष्ट्रिय भेलामा उनीहरूले कम्युनिस्ट मिलेपछिको चुनौती सामना गर्न दुई नेता एक भएरै जानुपर्ने सुझाब दिएका हुन् ।

मंगलबार ३८ जिल्ला सभापतिले धारणा राखेका छन् । संस्थापन पक्षनिकटले नेतृत्वको बचाउमा तथा पौडेल र सिटौला पक्षले नेतृत्वको आलोचना गर्दै सुझाब राखेका थिए । गुटबन्दी मौलाउँदा पार्टीको तल्लो तहसम्मले राम्रोसँग काम गर्न नसकेको, संघीय संरचनाअनुसार पार्टीका संरचना नबन्दा निर्वाचनमा पराजय बेहोर्नुपरेको, पार्टी सरकारमा हुँदा प्रभावकारी काम गर्न नसकेको, ...


फेरी मिल्दै दुइ राप्रपा

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच पार्टी एकताका विषयमा आ–आफ्नो पक्षबाट मोडालिटी तय गर्ने सहमति भएको छ । पार्टी एकताका लागि दुवै पार्टीले गठन गरेका वार्ता समितिको मंगलबार बसेको पहिलो बैठकले आ–आफ्नो पक्षबाट एकताको मोडालिटी तयार पारी अर्को बैठकमा पेस गर्ने सहमति बनेको हो ।

बालुवाटारको एक होटेलमा भएको वार्तामा राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोली संयोजक बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देन तथा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष एवं वार्ता टोली संयोजक दीपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्मा सहभागी ...


नेकपाको तल्ला कमिटी एकताले गति लिएन

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे तल्ला पार्टी कमिटीहरूको एकता प्रक्रियाले गति लिन सकेको छैन । एकताका लागि भन्दै सातै प्रदेशसहित प्रवासको कार्यदल बनाए पनि कतिपय कार्यदलको बैठकसमेत बस्न सकेको छैन । तीनवटा प्रदेश र प्रवास कार्यदलको मात्रै बैठक बसेको छ । सबै कार्यदलमा चार–चार सदस्य छन् । प्रदेश कार्यदललाई पार्टी र जनवर्गीय संगठनको प्रदेश कमिटी, जिल्ला कमिटीको तथ्यांक संकलन गरी केन्द्रीय सचिवालयमा बुझाउनुपर्ने जिम्मा छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर नेकपा गठन भएपछि प्रदेश र जिल्लामा राख्ने नेता, पार्टी क्रियाशील सदस्य र पार्टी कार्यालयको व्यवस्था गर्नुपर्नेछ । नयाँ ...


सरकारमा सहभागी हुने राजपाको संकेत !

काठमाडाैं - राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) तत्काल सरकारमा जाने कि नजाने भन्नेबारे अन्यौलमा छ । तर, पार्टीका केही प्रभावशाली नेताहरुले सरकारमा सहभागी हुन अब ढिलाई गर्न नहुनेमा जोड दिएका छन् ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलकै सदस्य राजेन्द्र महतो सरकारमा जानुपर्नेमा उभिएका छन् । तर, अध्यक्ष मण्डलका अन्य सदस्यहरु राजकिशोर यादव, अनिल झा र महेन्द्र राय यादव लगायतका नेताहरु भने सरकारमा यथास्थितिमा जान नहुने पक्षमा देखिएका छन् ।

अध्यक्ष मण्डलका अर्का सदस्य शरदसिंह भण्डारी भने अहिले सरकारमा जाने वा नजाने भन्नेबारे प्रष्टसँग खुलेका ...


कांग्रेस जिल्ला सभापतिहरूको भेला आजदेखि हेटौँडामा, कसको पक्षमा कति सभापति ?

काठमाडौँ - कांग्रेस जिल्ला सभापतिहरूको भेला मंगलबारदेखि हेटौँडामा सुरु हुँदै छ । निर्वाचनमा पार्टीको हारबारे समीक्षा गर्न केही समयअघि बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार जिल्ला सभापतिहरूको भेला डाकिएको हो ।

समीक्षा बैठकले निर्वाचनमा हारको वास्तविक कारण खोतल्न र पार्टीलाई थप प्रभावकारी बनाएर अघि बढ्ने बाटो पहिल्याउन नसकेपछि थप सुझाबका लागि जिल्ला सभापतिहरूको भेला आह्वान गरेको थियो । आगामी भदौमा महासमिति बैठक पनि बोलाइएको छ ।

भेलामा जिल्ला सभापतिहरूले निर्वाचनमा पराजय भोग्नुको कारण, तल्ला तहका कार्यकर्ताको सुझाब र गुनासो, पार्टीको विधान संशोधनबारे धारणा राख्नेछन् । ७ असारसम्म चल्ने भेलामा केन्द्रीय कार्यसमितिका सदस्य, ७७ ...


राप्रपामा कार्यदिशाको अन्योलता, नेताहरु विभाजित

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) मा गणतन्त्र वा राजतन्त्रमध्ये कुन मुद्दा उठाउने भन्ने बहस सुरु भएको छ । दुवै राप्रपाका अधिकांश नेता पार्टीको कार्यदिशा संवैधानिक राजतन्त्र राखेर जानुपर्ने पक्षमा छन् । तर, केही नेता भने पार्टीको मुख्य कार्यदिशा गणतन्त्र बनाउनुपर्ने पक्षमा लबिङमा लागेका छन् ।

राप्रपा (प्रजातान्त्रिक)को हालै बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री सुनील थापासहितका केही केन्द्रीय सदस्यले बदलिँदो परिस्थितिमा पार्टीको कार्यदिशा परिवर्तन गरी गणतन्त्र बनाउनुपर्ने प्रस्ताव गरेका थिए । गणतन्त्रको कार्यदिशा तय गर्नुपर्ने धारणा राख्नेमा प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरू त्रिलोचन महतो, ताहिर अली, ...


ट्रेड युनियन काँग्रेसमा पनि हार्यो देउवा समूह, पुष्कर आचार्यको प्यानलै बिजयी

काठमाडौं - ट्रेड युनियन काँग्रेसमा सभापति शेरबहादुर देउवा पक्षधर प्यानल पराजित भएको छ । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुटको प्यानलले संस्थापन पक्षको प्यानललाई पराजित गरेको हो ।

अध्यक्षमा पुष्कर आचार्य बिजयी भएका छन् । देउवा समूहका उम्मेदवार खिलानाथ दाहाल पुष्कर आचार्यसंग २८५ मतले पराजित भए । आचार्यले ८१८ मत ल्याउँदा दाहालको पक्षमा ५३३ मतमात्रै खस्यो । १७ पदाधिकारीमा सबै १७ पदमै पौडल–सिटौला पक्ष बिजयी भएका छन् ।

निर्वाचित ४६ केन्द्रीय सदस्यमा देउवापक्षका एकजना मात्रै विजयी भएका छन् । ती भाग्यमानी हुन्, ध्रुवचन्द्र गौतम ।

भ्रातृ तथा सुभेक्षुक ...


बजेटको असन्तुष्टि संसदमा होइन पार्टीमा राख्नुस : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिए ।

नेकपाको संसदीय दलको आज प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका जनता र प्रतिनिधिका सबै आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक रहेको बताउँदै असन्तुष्टि भएमा संसद्मा नभई पार्टीमा राख्न आग्रह गरे।

प्रतिनिधिसभाका बैठकमा बजेटमाथिको छलफलका क्रममा कतिपय सत्तारुढ दलकै सांसदले बजेटको आलोचना गरेपछि अध्यक्ष ओलीले सो आग्रह ...


‘नेकपा ठूलो होइन, सुन्निएको हो’ : बाबुराम भट्टराई

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ठुलो नभइ सुन्निएको पार्टी भएको नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले बताएका छन् । नयाँ शक्ति नेपालको स्थापनाको दोस्रो वर्ष पुरा गरेको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष संघीय भेलामा भट्टराइले यस्तो बताएका हुन् ।

‘नेकपा हेर्दा मात्र ठुलो जस्तो देखिएको हो, वास्तविक रुपमा सुनिएको चाहीँ हो’ उनले भने । साथै उनले गाउँगाउँमा सिंहदरबार नभइ भ्रष्टचार मौलाएको समेत बताए । ‘अहिले गाउँगाउँमा सिंहदरबार हैन भ्रष्टचार गयो ।’ उनले भने, ‘अब भ्रष्टचार विरुद्ध नयाँ शक्ति पार्टीले काम गर्छ ।’

प्रचण्डले आन्दोलनबाट आफुलाई भागेको ...


२७ महिनापछि पार्टीका ४२ विभाग गठन गर्दै देउवा

काठमाडौँ - कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न विभाग गठनको तयारी थालेका छन् । सभापति भएको २७ महिनापछि उनले पार्टीका ४२ विभाग गठन गर्न लागेका हुन् । ५ देखि ७ असारसम्म जिल्ला सभापतिको भेला भएलगत्तै विभाग गठन गर्ने मनस्थिति बनाएका देउवाले रामचन्द्र पौडेललगायत नेताहरूसँग परामर्श गरिरहेका छन् ।

१२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले विभाग गठन गरे पनि आफूहरूसँग सल्लाह नगरी संयोजक तोकेको भन्दै तत्कालीन देउवा पक्षले राजीनामा दिएका थिए । त्यसपछि विभागले काम गर्न सकेको थिएन ।

तर, १३औँ महाधिवेशनबाट आफैँ सभापति बनेपछि पनि २७ महिनासम्म ...


नेकपाले एसिया महादेशीय मार्क्सवादी प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं - नेकपाले नेपालमा एसिया महादेशीय कम्युनिस्ट प्रशिक्षण (स्कुल) चलाउने भएको छ । नेकपाले मदन भण्डारी एसियन स्कुल अफ मार्क्सिजम नाममा स्कुल सञ्चालन गर्ने भएको हो ।

साम्राज्यवादविरोधी मार्क्सवादी कम्युनिस्ट पार्टीहरूले हरेक महादेशमा यस्तो स्कुल चलाउँदै आएका छन् । युरोपमा स्पेन, अफ्रिकामा टियुनिसिया र जाम्बियामा यस्तो स्कुल सञ्चालन हुँदै आएको छ । एसियामा भने नेपालले सञ्चालन तयारी थालेको हो ।

नेकपाका वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेपाली टोलीको ब्राजिल भ्रमणका क्रममा त्यस्तो निर्णय भएको भ्रमण दलमै रहेका नेकपा केन्द्रीय सदस्य बलराम बास्कोटाले बताए ।

ब्राजिल ...


राजपालाई महाधिवेशन गर्न  ६ महिना म्याद

काठमाडौँ - तत्काल महाधिवेशन गर्न नसकिने निष्कर्ष निकाल्दै राष्ट्रिय जनता पार्टी म्याद थपको विकल्पमा लागेको छ । गाउँ कमिटीदेखि जिल्ला कमिटीसम्म अधिवेशन गरेर ३० असारसम्म महाधिवेशन सम्भव नभएको नेताहरूले बताएका छन् । राजपाका करिब ३० वटा जिल्ला कमिटी छन् ।

‘जिल्लाभित्रका निर्वाचन क्षेत्रको पनि अधिवेशन गरेर महाधिवेशन प्रतिनिधि चयन गर्नुपर्ने हुन्छ । त्यसकारण ३० असारसम्म महाधिवेशन गर्न कठिन छ,’ महासचिव केशव झाले भने ।

राजपाको विधानमा पार्टी एकीकरण भएको एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख छ । महासचिव केशव झाका अनुसार निर्वाचन आयोगमा बुझाएको पार्टीको विधानको दफा २२ को उपदफा १० मा पार्टी एकीकरण ...


नेकपाको जिल्लास्तरिय एकता तीन महिनाभित्र

दाङ - नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का जिल्लास्तरिय पार्टी एकता अबको तीन महिनाभित्र हुने भएको छ ।

दाङको तुलसीपुरमा आइतबार बिहान आयोजित साक्षात्कारमा नेकपाका नेता टेकबहादुर बस्नेतलेो भने ‘जिल्लामा पार्टीको संरचना कस्तो बन्ने भन्ने कुराको टुंगो लागिसकेको छ, ‘अब त्यही अनुसार प्रदेश इञ्चार्ज र संयोजकले गृहकार्य अगाडि बढाउने बताएका छन् ।’

तत्कालीन एमाले र माओवादीबीच जेठ ३ गते एकीकरण घोषणा गरिएको थियो । केन्द्रमा एकता भए पनि तल्लो तहसम्म अझै एकता भइसकेको छैन ।

नयाँ संरचनाअनुसार तीनै तहको सरकार गठन भइसकेको र कम्युनिष्टको सरकार भएकाले देश अब ...


प्रचण्डलाई द्वन्द्वका घाइतेको प्रश्न : 'नयाँ पार्टीले के गर्छ?'


काठमाडौं - मकवानपुर बगैया -८ का जयबहादुर न्याचोर युद्धका घाइते हुन्। तात्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संर्घषका क्रममा उनी २०६१ चैत २८ गते मकवानपुरको हेटौंडामा घाइते हुन पुगे।

माओवादीले घोषणा गरेको आमहड्ताल सफल बनाउने योजनामा लाग्दा सुरक्षाकर्मीको बमको छर्रा लागेर उनी घाइते भए। त्यसपछि उनी प्रक्राउ परे। सुरक्षाकर्मीले चितवनस्थित भरतपुरस्थित मेडिकल कलेजमा ल्याएर उनको उपचार गराएको थियो।

त्यस घटनामा उनका दुवै हात गुमे, दुवै आँखा गुमे। अहिले उनी सहयोगीको सहारामा हिंड्ने, डुल्ने गर्नुपर्छ। शनिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा पनि छोरीको सहारामा पुगेका थिए।

नेकपा अध्यक्ष ...


प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जान फोरम तयार

पोखरा - उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सकिने बताएका छन् ।

नेकपा र फोरम नेपाल मिल्दा दुई तिहाई पुग्ने भन्दै उनले कम्युनिष्टले चाहे संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिने बताए ।

शनिबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले भने, ‘कम्युनिष्टको पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै हो, हामीले चाहेको पनि त्यहि हो । कम्युनिस्टले चाहेमा संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिन्छ, त्यसका लागि हामी तयार छौं ।’

विगतदेखि प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीको वकालत ...


‘जम्बो’ बन्दै नेकपाको तल्ला कमिटी

काठमाडौँ - केन्द्रीय तहको संरचना एकीकृत भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय विभाग, जनसंंगठनसहित तल्ला तहका कमिटीको एकीकरण प्रक्रियाको गृहकार्य अघि बढाएको छ । प्रदेश, जिल्ला र जनसंगठन एकीकरणका लागि केन्द्रीयस्तरमै कार्यदल बनाएर नेकपाले एकीकरणको गृहकार्य अघि बढाएको हो । नेकपाको अहिलेको प्रस्तावित विधानअनुसार प्रदेश, जिल्ला, वडा हुँदै प्रारम्भिक तहसम्म एकीकरण प्रक्रिया पूरा हुन्छ । यसरी प्रस्तावित सबै तहमा एकीकरण प्रक्रिया पूरा हुँदा तत्कालीन एमाले र माओवादी केन्द्रका कम्तीमा तीन लाख नेता कार्यकर्ताले विभिन्न कमिटी र विभागमा नयाँ जिम्मेवारी पाउनेछन् ।

सात लाख सदस्य, तीन लाखलाई जिम्मेवारी
पूर्वएमालेले गत चैत ...


देउवाको अढाई वर्ष बित्यो, केन्द्रीय समिति अझै अपूर्ण

काठमाडौँ -
तीन केन्द्रीय सदस्य थपिए, अझै एक मनोनीत गर्न बाँकी

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको २७ महिनापछि केन्द्रीय समितिलाई लगभग पूर्णता दिएका छन् । देउवाले बिहीबार तीन सदस्य मनोनीत गरेका छन् । विधानअनुसार २१ केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेमा अब एक सदस्य मात्र बाँकी छन् । सभापति देउवाले धारा २१ (ठ) अनुसार कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएका महाधिवेशन प्रतिनिधिमध्येबाट मनोनीत गर्नुपर्ने १६ सदस्यमध्येबाटै देउवाले तीन केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । मनोनीत गरिएका सदस्यमा लमजुङका दिलबहादुर घर्ती, काभ्रेका शिव हुमागाईं र दाङकी शिला शर्मा खड्का ...


असार ३०  भित्र महाधिवेशन नगरे राजपा बिघटन हुनसक्ने

काठमाडौँ - आगामी ३० असारभित्र महाधिवेशन नगरे राष्ट्रिय जनता पार्टीको वैधानिकतामा प्रश्न उठ्ने भएको छ । पार्टी एकीकरणपछि निर्वाचन आयोगमा दल दर्ता गराउँदा एक वर्षभित्र महाधिवेशन गरिनेछ भन्ने उल्लेख गरेको राजपालाई आयोगले बिहीबार ३० असारभित्रै महाधिवेशन गर्न पत्राचार गरेको हो ।

‘राजनीतिक दलको विधानको धारा २२ को उपधारा (१०)मा ‘राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय महाधिवेशन एक वर्षभित्र सम्पन्न गरिनेछ’ भनी उल्लेख भएकोमा’ महाधिवेशन सम्बन्धनमा आयोगले लेखेको पत्रमा उल्लेख छ, ‘आयोगको मिति २०७४ असार ३० को निर्णयले उक्त पार्टी एकीकरण भएको हुँदा एकीकरण भएको मितिले विधानमा उल्लेख भएबमोजिम एक ...


प्रदेश २ को सरकार नछाड्ने राजपाको निर्णय

काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ को सरकार नछाड्ने निर्णय गरेको छ । बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

उसले प्रदेश २ को सरकारप्रति कुनै टिप्पणी नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । बिहीबार बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रदेश २ मा संघीय समाजवादी फोरम नेतृत्वको सरकारलाई राजपाको समर्थन, सहयोग र सहभागिता जारी रहने भन्दै सरकार विरुद्ध नबोल्न सचेत गराएको हो ।

बुधबार पार्टी महासचिव मनिष सुमनले प्रदेश ...


खुमबहादुर खड्काकी पत्नीसहित ३ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

काठमाडाैं - नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । मनोनित हुनेमा लमजुङका दिलबहादुर घर्ती, काभ्रेका शिवप्रसाद हुमागाईं र दाङकी शीला शर्मा खड्का रहेका छन् । खड्का हालै निधन भएका कांग्रेसका नेता खुमबहादुर खड्काकी पत्नी हुन् ।

सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

यसैगरी, देउवाले पार्टी विधानको धारा ४९(१३) (क) र (ख) बमोजिम दमननाथ ...


नेकपाको दस्तावेज र विधान टुंगियो, यस्ता छन् मुलभूत कुराहरु !

काठमाडौं - नेकपाको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन सम्पादनसहित बुधबार टुंगिएको छ। मंगलबार दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा दुवै प्रतिवेदनको सम्पादन गर्नुपर्नेबारे भएको छलफलका आधारमा अध्यक्ष दाहालले बुधबार अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन सम्पादन गरेका हुन्।

‘अध्यक्षले प्रतिवेदन सम्पादन टुंग्याउनु भएको छ’, दाहालका प्रेस सल्लाहकार विष्ण्ुा सापकोटाले भने, ‘दुवै अध्यक्षबीचको छलफल र सहमतिका आधारमा उहाँले सम्पादन सक्नुभएको हो, अब एकपटक ओली कमरेडले हेरेपछि छाप्न पठाइन्छ।’ ३ चैतमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले निर्वाचन आयोगमा बुझाइएको घोषणापत्र, अन्तरिम ...


नयाँ कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता
नेकपाको अन्डरलाइन हटाएर ब्राकेटमा राखियो

काठमाडौं - एकीकरणपछि बनेको नयाँ कम्युनिस्ट पार्टी (नेकपा) बुधबार निर्वाचन आयोगमा दर्ता भएको छ।

जेठ ३ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भएको थियो। एकीकररणकै दिन नेपाल कम्युनिस्ट पार्टीको नामबाट दल दर्ताको लागि माग गरेको थियो। तर, उक्त पार्टी क्रषि कट्टेलको नेतृत्वमा पहिल्यै दर्ता भएपछि अन्डरलाइन राखेर पार्टी दर्ता गर्न माग गरेको थियो।

यद्यपी त्यो नाम अप्ठेरो भएको भन्दै केही दिन अगाडि मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्न माग गर्दै आयोगमा निवेदन दिइएको थियो। नेकपा दर्ता भएसँगै आयोगमा दर्ता दलको संख्या १२५ पुगेको छ। राष्ट्रिय पार्टीको ...


राजपाद्वारा पाण्डे सांसदका लागि सिफारिस

रुपन्देही - राष्ट्रिय जनता पार्टीले प्रदेश ५ को समानुपातिक सिटमा कल्पना पाण्डेलाई निर्वाचित गर्ने निर्णय गरेको छ । राजपाको प्रदेश ५ को समानुपातिकको बन्दसूचीको २ नम्बरमा रहेकी पाण्डेलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको हो ।

राजपाले समानुपातिकमा प्राप्त गरेको मतका आधारमा प्रदेश ५ मा विनु पन्तलाई निर्वाचित गर्ने निर्णय गरेको थियो । पन्तको नाममा राजपाभित्र व्यापक आलोचना भएपछि उनले राजीनामा दिएकी थिइन् । विवादकै कारण राजपाले प्रदेश सभा सदस्यका लागि पन्तको विकल्पमा नाम छनोट गर्न सकेको थिएन ।

नेकपासँग सम्झौता गर्दै संघीय समाजवादी फोरम संघीय सरकारमा सहभागी भए पनि ...


मुख्यमन्त्री राउतको जिकिर : 'राजपासँगको गठबन्धन टुट्ने हल्ला निराधार'

रौतहट - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश दुईमा राजपासँगको गठबन्धन नटुट्ने बताएका छन् ।

रौतहटको गौरमा पत्रकारसँग कुरा गर्दै उनले संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि मुख्यमन्त्री फेरिदैछ भनेर अफवाह मात्र फैलाइएको आरोप लगाए ।

उनले प्रदेश सरकारको म्याण्डेट भनेकै फोरम र राजपा गठबन्धन भएको बताएका छन् । मुख्यमन्त्री राउतले दुवै पार्टीले मिलेर चुनाव लडेकोले जनताले दिएको म्याण्डेटकै अनुसार भएको कारण सरकार ५ वर्षसम्म टिक्ने दावी समेत गरे ।

मुख्यमन्त्री राउत गरुडा नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमका लागि रौतहट आएका हुन् ।

...

नेकपाका तल्ला कमिटीमा यसरी हुँदैछ एकीकरण !

काठमाडौं - नेकपाले केन्द्रदेखि गाँउ तहसम्मका पार्टी कमिटी र जनवर्गीय संगठनको एकता तीन महिनाभित्र सक्ने कार्ययोजना बनाएको छ । केन्द्रमा केन्द्रीय विभाग, आयोगहरूको पूर्णताबाहेक अन्य सबै काम सकेको नेकपाले अब प्रदेश, जिल्ला हुँदै गाँउ तहसम्मका पार्टी कमिटी र जनसंगठनहरूको एकता प्रक्रिया अघि बढाएको हो ।

‘तीन महिनाभित्र जनसंगठनहरूको एकतादेखि पार्टीका प्रदेश, जिल्ला कमिटी एकीकरण गर्ने प्रक्रिया कार्यदल गठन गरेर सुरु गरिसकेका छौं’, नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । ३ चैतमा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि एकीकृत पार्टीको केन्द्रीय समिति, स्थायी समिति, स्थायी आमन्त्रित सदस्यदेखि ...


सुजाताको आक्रोश : बजेटमा गिरिजाबाबुको नाम किन छैन ?

काठमाडौं - नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बजेटमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम नभएकोमा आपत्ति जनाएकी छिन् । संसदमा बजेट माथिको अन्तिम छलफलको क्रममा उनले इतिहास बोकेको नेताहरुको सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

मदन भण्डारी र पुष्पलालको नाम राख्नु जायज भएको उल्लेख गर्दै उनले गिरिजाप्रसाद कोइरालाको नाम नराखिएकोमा प्रश्न गरिन् । ‘गिरिजाबाबुको नाम समेत छैन । कँही अत्तोपत्तो पनि छैन । किन यस्तो भएको हो । मैले बुझ्न सकिनँ’, कोइरालाले भनिन,‘यसले सहमति गरेर जाने, सहकार्य गरेर जाने तपाईँहरूको उद्देश्य छैन भन्ने स्पष्ट पार्छ ।’

उनले गिरिजाप्रसाद ...


फोरम र राजपाबीच दूरी बढ्दै, राजपा फोरमसँग यसकारण सशंकित !


काठमाडौं - संघीय समाजवादी फोरम नेपालको सत्तारोहणसँगै प्रदेश २ मा सहयात्रा गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय फोरमबीच दूरी बढेको छ। राजपाका नेताहरूले फोरम मधेसका मुद्दा छाडेर सरकारमा गएको आरोप लगाएका छन्।

राजपा भने तत्काल सरकारमा जाने सम्भावना छैन। सरकारमा जान राजपाले रेशम चौधरीको रिहाइ हुनुपर्ने र संविधान संशोधन हुनुपर्ने शर्त राखेको छ। सरकारले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकै आधारमा फोरम सरकारमा गएको राजपाका नेताहरूको भनाइ छ। आफूहरू त्यसरी सरकारमा नजाने पनि उनीहरूले बताएका छन्। राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले संघीय फोरमले संघर्षको मैदान छाडेको ...


फोरम संघीय सरकारमा सामेल भएसँगै प्रदेश २ सरकार ढलमलमा, यसबारेमा के भन्छ राजपा ?

काठमाडौँ - संघीय समाजवादी फोरम केपी ओली नेतृत्वको सरकारमा सामेल भएको छ । फोरमको संघीय सरकारमा सहभागितापछि प्रदेश नम्बर २ को सरकार के हुन्छ भन्ने चर्चा परिचर्चा सुरु भएको छ । प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धन सरकार छ ।

मुख्यमन्त्रीमा फोरमका लालबाबु राउत छन् । मुख्यमन्त्री राउतले शपथ लिने वेला पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणपछि अहिले नेपाल कम्युनिस्ट पार्टीले समर्थन गरेका थिए । तर, केही दिनअघि मात्र नेकपाले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

एकातिर नेकपाको समर्थन फिर्ता र अर्कोतिर फोरमको संघीय सरकारमा ...


नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा र धुम्बाराहीबाट चल्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो ।

नेकपा सचिवालय बैठकले पेरिडाँडामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय रहने टुंगो लगाएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । धुम्बाराहीमा अध्यक्षद्वयसहित सचिवालयका ९ सदस्यहरूको कार्यकक्ष व्यवस्थापन गरिने निर्णय भएको उनले बताए । सचिवालय सदस्यका लागि फरक–फरक कोठामा कार्यकक्ष तयार गरिनेछ ।

धुम्बाराही कार्यालय भाडाको भएको र पेरिसडाँडामा पर्याप्त खाली ठाउँ रहेकाले पार्टीका धेरै काम भने ...


नेकपाको अन्डरलाइन हट्ने, यस्तो हुने भयो नयाँ नाम !

नेपाल कम्युनिस्ट पार्टीले नाम फेर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको छ । नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ ।

पार्टी संसदीय दलको बुधबारको बैठकमा उपनेता सुवास नेम्वाङले आमजनता, बुद्धिजीवी, नागरिक समाजको सुझाब तथा पार्टी अध्यक्षद्वयसँगको परामर्शपछि पार्टीको नाम परिमार्जनका लागि बिहीबार आयोगमा निवेदन दिन लागिएको जानकारी गराएका थिए । नयाँ निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टीको नामको पछाडि (नेकपा) पनि रहनेछ ।

‘हामीले यसअघि अन्डरलाइन राखेरै दर्ता ...


दुई मन्त्रालयसहित फोरम सरकारमा जाँदै, राजपालाई तनाव

काठमाडौँ - संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ । सरकारसँग सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको दुईबुँदे सहमतिसँगै फोरम तीन मन्त्रीसहित सरकारमा सहभागी हुन तयार भएको हो । दुईबुँदे सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

लामो समयदेखि सरकार र फोरमबीच संवाद हुँदै आए पनि दुई पक्षबीच संविधान संशोधनमा कुरा मिलेको थिएन । तर, प्रधानमन्त्री ओलीले आइतबार संसद्मा आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउँदै फोरमलगायतका दलले उठाउँदै आएका विषयलाई नीति तथा कार्यक्रममा समेट्ने बताएको भोलिपल्ट ...


प्रदेश-२ मा राजपालाई आउट गर्दै नेकपा र फोरमबीच सरकार गठनको तयारी, मुख्यमन्त्रीबाट राउतलाई हटाइने !

काठमाडौं - उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हुन्छ भन्ने चासोको बिषय बनेको छ ।

यादव नेतृत्वको फोरम दुई मन्त्रालयसहित केन्द्रीय सरकारमा जान आज प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २ बुँदे सहमति भएको छ ।

ओली, प्रचण्ड र यादबबीच आज करिब दुई घण्टा वार्ता भएपछि सहमती भएको हो । सहमति अनुसार फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित बिषयहरु देश जनताको पक्षमा आपसी सहमतिका आधारमा ...


नेकपा र फोरमबीच संबिधान संसोधन गर्ने सहमति, सरकारमा सहभागी हुने फोरमको तयारी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुनेछ ।

सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ । ‘फोरमलेे आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ,’ सहमतिको पहिलो बुँदामा भनिएको छ ।

फोरम ...


 नेकपाले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं - नेकपाले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ । लगत्तै

साथै एक स्वतन्त्र सांसद फोरममा प्रवेश गरेका छन् भने एक सांसद भएको संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ ।

संसद अवरुद्ध
साथै, नेकपाले आइतबारको संसद समेत अवरुद्ध पारेको छ ।मुख्यमन्त्री लालबाबु राउतले बोल्नका लागि समय मागेका थिए । तर, नेकपाका सांसदहरुले उठेर विरोध गरे । लगत्तै तत्कालीन एमाले संसदीय दलका नेतासमेत ...


प्रधानमन्त्री ओली : ‘पानी जहाज दिउँसै देखेको सपना हो, राति होइन’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज जसरी पनि चलाउने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै केपी ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताए । उनले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’

ओलीले भने पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन’ पानी जहाजको योजनालाई विपक्षी सांसदहरुले दिवासप्ना भनेको उल्लेख गर्दै उनले भने, ठीकै भन्नुभयो । मैले दिउँसै देखेको सपना हो, राति होइन ।’

मंगोलियासँग २६५ वटा पानीजहाज रहेको उदारहण दिँदै प्रधानमन्त्री ओलीले ...


ओली सरकार माथि कांग्रेसको आरोप : सामान्य उपलब्धि र अनगिन्ती विसंगति

काठमाडौं - प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली सरकारको सयदिने कार्यकाल सामान्य उपलब्धि र अनगिन्ती विसंगति भएको आरोप लगाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो विज्ञप्तिमार्फत ओली सरकारको सय दिन उल्लेखनीय नरहेको बताएका छन् । गत वर्ष भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनताका मतदातासँग गरेका सयौं बाचाविपरीत ओली सरकार अघि बढेको भन्दै उनले विज्ञप्तिमा एक दर्जन आरोप लगाएका छन् ।

कांग्रेसले सांसदको शपथ नलिई प्रधानमन्त्रीको शपथ लिन हुन्थ्यो हुँदैनथ्यो भन्ने नैतिक र राजनीतिक प्रश्न फेरि उठाउँदै प्रधानमन्त्रीले शपथ लिँदा भगवान, ...


प्रधानमन्त्री ओलीको सय दिन, के भयो के भएन ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार प्रवेश गरेको सय दिन पूरा भएको छ। सय दिन अवधिमा भारतसँगको सम्बन्ध सुधार सरकारको पहिलो प्राथमिकतामा परेको छ।

फागुन ३ गते प्रधानमन्त्री चुनिएको दोस्रो महिनामा चैत २३ देखि २५ सम्म ओलीले पहिलो विदेश भ्रमण दक्षिण छिमेकबाट सुरु गरेका थिए। तेस्रो महिना वैशाख २८ र २९ मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गरे।

अन्तर्राष्ट्रिय प्रचलनमा ‘मधुमास’ भनिने सरकारको सय दिनलाई ‘बिहानीले गर्ने दिनको संकेत’का अर्थमा लिने गरिन्छ।

पूर्वराजदूत तथा राजनीतिक विश्लेषक नीलाम्बर आचार्य सरकारको पहिलो सय दिन अवधिका भनाइ र ...


४२ देशका वाम युवाको महासभा काठमाडौंमा, ओली र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौँ - विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा बुधबार देखि काठमाडौंमा हुने भएको छ । प्रत्येक वर्ष आयोजना हुने यो बैठक पहिलो पटक नेपालमा हुन लागेको हो ।

यसअघि क्युवामा बैठक बसेको थियो । तीन दिनसम्म चल्ने महासभामा विश्वमा रहेका युवाको शिक्षा र रोजगारका समस्याबारे वहस गरी समाधानको उपायबारे छलफल हुने युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले जानकारी दिए ।

युवा संघ नेपाल र अनेरास्ववियूको आतिथ्य तथा संगठनको आयोजनामा हुने सो महासभामा विश्वमा कम्युनिष्ट आन्दोलनको समीक्षा तथा प्रचारप्रसार गरी अबको कम्युनिष्ट आन्दोलनको बारेमा साझा धारणा निर्माण गर्ने ...


नेकपाले सार्वजनिक गर्यो केन्द्रीय सदस्यको नामावली (सुची सहित)

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । मंगलबार सार्वजनिक गरिएको सूचीमा नेताहरुको नाम बर्णानुक्रम अनुसार राखिएको छ । समितिमा ६ जना स्थायी आमन्त्रित केन्द्रीय सदस्य छन् ।

तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको एक नेताले बताए ।

४४१ सदस्यीय केन्द्रीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेका तर्फबाट २४१ जना र तत्कालीन माओवादीका तर्फबाट २०० जना छन् ।

 

 

 

...

प्रधानमन्त्री ओलीमाथि यसकारण खनिए बाबुराम भट्टरार्इ

काठमाडाैं - नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको विदेश भ्रमण रोकेर केन्द्र सरकारले गल्ती गरेको टिप्पणी गरेका छन् ।

यो परिघटनाले संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेशबीच शंका र दुरी बढाउने बताउँदै डा. भट्टराईले संघीय सरकारले तुरुन्त यो निर्णय सच्याउन आग्रह पनि गरेका छन् ।

डा. भट्टराईले लेखेका छन्, ‘प्रदेश-२ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ । कारण जेसुकै भए–दिए पनि यसले भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेश बीच शंका–दूरी ...


प्रचण्ड धुम्बाराहीमा, ओली पेरिसडाँडामा, कहाँ होला पार्टी मुख्यालय ?

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले शुक्रबार आफ्ना पूर्वपार्टीका मुख्यालयको अवलोकन भ्रमण गरेका छन् । नवनिर्मित पार्टीको मुख्यालय कहाँ राख्ने भन्ने निर्णयका लागि उनीहरूले दुवै मुख्यालय भ्रमण गरेका हुन् ।

ओलीले दाहाललाई धुम्बाराही र दाहालले ओलीलाई पेरिसडाँडामा स्वागतसमेत गरे । अध्यक्षद्वयले पेरिसडाँडामा अध्यक्ष पदको पदभार ग्रहणसमेत गरे । त्यसअघि ओलीले पेरिसडाँडामा रहेको सशस्त्र द्वन्द्वमा सहिद भएकाहरूको स्मृतिमा स्थापित स्तम्भमा माल्यार्पणका साथै पुष्पगुच्छा अर्पण गरेका थिए । ओलीलाई पूर्वमाओवादी लडाकूले सांकेतिक रूपमा लाल सलामका साथ खाता ओढाएर सम्मानसमेत गरे । ओली र ...


प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो : गोपाल किराँती

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् । उनले एमाले र माओवादीबीचको एकता गलत भएको आरोप लगाए । शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै किराँतीले आजको पत्रकार सम्मेलनलाई प्रचण्ड समूहको दाहसंस्कार कार्यक्रम भएको टिप्पणी गरे ।

पुजींवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका पुष्पकमल दाहाल (प्रचण्ड) समूह हाल आएर माक्र्सवाद–लेलिनवाद–माओवादको विचार, वल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादि कित्तामा पलायन भएको समेत किराँतीले आरोप ...


अध्यक्षको अधिकार कटौती गर्दै राप्रपा

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले विधान संशोधन गरी अध्यक्षको अधिकार कटौती गर्ने तयारी गरेको छ । आगामी ७, ८ र ९ जेठमा वीरगन्जमा बस्ने पार्टी केन्द्रीय परिषद् बैठकमा पेस गर्न केन्द्रीय सदस्य गोविन्द खनियाँको संयोजकत्वमा बनेकोे विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदामा अध्यक्षको अधिकार कटौती गर्ने प्रस्ताव गरिएको छ ।

पार्टी कार्यसम्पादन समिति बैठकले खनियाँ संयोजकत्वको समितिले पेस गरेको विधानको मस्यौदा केन्द्रीय परिषद् बैठकमा पेस गर्ने निर्णय गरिसकेको छ । विधानको मस्यौदामा केन्द्रीय कार्यसमिति ७५ प्रतिशत निर्वाचित र २५ प्रतिशत मनोनीत गर्ने व्यवस्था गरिएको छ । अहिलेको विधानमा ५० ...


एमाले-माओवादी एकताको घोषणा आज, यस्तो छ तयारी !

काठमाडौं - एमाले–माओवादीले दुवै पार्टी संरचना विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टीको नाममा एकीकृत पार्टीको औपचारिक घोषणा गर्ने भएका छन्। दुवै पार्टीका केन्द्रीय समिति बैठकले पार्टी एकता अनुमोदन गरेपछि बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी भएको हो। राष्ट्रिय सभा गृहमा संयुक्त पत्रकार सम्मेलन गरी एकीकृत पार्टीको औपचारिक घोषणा गर्ने तयारी छ।

एमाले अध्यक्ष तथा प्रधनमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलले एकताका लागि सहमति जुटाएपछि बिहीबार नै एकताको औपचारिक घोषणा गर्न दुवै दल तयार भएका हुन्।

बुधबार एमाले स्थायी ...


 एमाले र माओवादीको छुट्टाछुटै बैठक जारी, एकतालाई अनुमोदन गर्ने तयारी

काठमाडौ - बिहीबार नै पार्टी एकता घोषणा गर्ने तयारीमा लागेका नेकपा एमाले र माओवादी केन्द्रको बैठक छुट्टाछुटै बसिरहेको छ । एमालेको बैठक बालुवाटार र माओवादी केन्द्रको ललितपुरस्थित खुमलटारमा बसिरहेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यस्तै खुमलटारमा पार्टी कार्यालयको विस्तारित बैठक बसिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

बिहान प्रचण्ड र केपी ओली बीच भएको वान टु वान वार्तामा एकता गर्ने समझदारी भएसँगै एकतालाई अनुमोदन गर्ने विषयमा छलफल गर्न दुबै पार्टीको बैठक बसेको हो ...


आफ्नै विधान मान्दैनन् प्रमुख दल, सीमित नेताहरुको निर्णयबाट चल्छन

काठमाडौं - प्रमुख राजनीतिक दलहरु आफ्नो दलीय विधानबाट भन्दा सीमित नेताहरुको निर्णयबाट बढी चल्न थालेका छन् । प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले पार्टी सञ्चालनका लागि महाधिवेशनबाट पारित गरेको विधान पालना गर्दैनन् ।

जनतासामु विधिको शासन, सुशासन, समृद्धि र विकासको नारा दिइरहेका प्रमुख दलहरुले आफैद्वारा बनाइएको विधान बेवास्ता गरिरहेका छन् ।विधानमा दलले महत्वपूर्ण निर्णय केन्द्रीय समितिबाट लिनुपर्ने व्यवस्था गरेका भए पनि तीन वटै प्रमुख दलले सीमिति नेताहरुको घेराभित्रबाट मात्रै निर्णय लिने गरेका छन् । यसले पार्टीको संगठनात्मक संरचना र केन्द्रीय समितिको अधिकार ...


सांसद निलम्बन विवाद : सहमति नजुटेपछि मतदानमा उपस्थित हुन एमालेको ह्विप

काठमाडौं - फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहने सांसदको पद निलम्बन हुने कि नहुने विवाद पेचिलो बनेपछि संसद्मा मतदानबाट टुंगो लगाउने तयारी भएको छ। सत्तारुढ एमालेले तीन वर्षभन्दा बढी कैदको दाबीसहित फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहने सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था संसद्का दुवै सदनको नियमावलीमा राख्नुपर्ने अडान राख्दै आएको छ भने माओवादी केन्द्र, कांग्रेस र मधेसकेन्द्रित दल निलम्बनको विपक्षमा छन्।

एमाले सांसद कृष्णभक्त पोखरेल नेतृत्वको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले दागी सांसदको पद निलम्बन नहुने व्यवस्थासहित अघिल्लो साता आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो। दागी ...


किन ट-यो तत्काललाई एमाले-माओवादी एकता ?

काठमाडाैं - ८ महिना अघिदेखि एकताको बारेमा छलफल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता तत्काललाई टरेको छ । पछिल्लो समय एकता प्रक्रिया अघि बढाउनेबारे दुवै पार्टीका प्रमुख नेताहरुबीच कुनै छलफल हुन सकेका छैनन् ।

दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकताको विषयमा अहिले केही मतभिन्नताहरु रहेको स्रोतको दाबी छ । प्रचण्डले एमालेसँग सम्मानजनक र समानताको आधारमा एकता हुनुपर्ने अडान राखेका छन् । तर एमालेले उक्त कुरा स्वीकार गरेको छैन ।

केहि दिनअघि देखि माअोवादी र एमाले नेताहरूको घोचपेच पनि शुरू हुन ...


माओवादी नेता देव गुरुङको आरोप : ओलीले प्रचण्डलाई सेरोमोनियल अध्यक्ष बनाए

भक्तपुर - नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सेरोमोनियल अध्यक्ष बनाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले सरकारको क्याबिनेटबाट गरिने निर्णय बाहेक सत्ता साझेदार रहेको दल प्रचण्डसँग कुनै परामर्श नगरी जुन महत्वपूर्ण खालका निणर्यहरु भएका छन् यसले प्रचण्डलाई सेरोमोनियल बनाएको आरोप लगाएका हुन् ।

उनले पार्टी एकिकरणसँगै दुई अध्यक्ष रहने र एकले सकारकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भए पनि पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले ...


राप्रपा (प्रजातान्त्रिक) ले पार्टी एकताको पहल गर्ने

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले समान विचार भएका पार्टीसँग एकता गर्न सघन वार्ता र छलफललाई अघि बढाउने निर्णय गरेको छ ।

२५ देखि २७ वैशाखसम्म काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राप्रपा वृत्तलगायत एकताका पक्षधर अन्य पार्टीसँग भइरहेको सम्पर्क सम्बन्धलाई अझै गम्भीर ढंगले अगाडि बढाउने निर्णय गरेको हो ।

दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले प्रजातान्त्रिक विचारधारा अवलम्बन गर्ने राजनीतिक दलसँग एकताका लागि सक्दो प्रयास गरिने बताए ।

‘पछिल्लो प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनबाट प्रजातान्त्रिक विचारधारा राख्ने शक्ति खुम्चिएको छ,’ राणाले ...


महन्थ विरामी हुँदा राजपामा सुनसान

काठमाडाैं- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा सुनसान देखिएको छ । पार्टीका गतिविधि शून्य झै भएका छन्।

गत वैशाख ८ मा बस्ने भनिएको राजनीतिक समितिको बैठक अझैसम्म बस्न सकेको छैन भने पार्टीले संसदीय दलको नेता पनि चयन गरेको छैन । भारतको मेदान्त अस्पतालमा मुटुको एञ्जिग्राफीको अप्रेसन गरेपछि ठाकुर अहिले सानो ठिमीस्थित आफ्नो निवामसा स्वास्थ्य लाभ गरिरहेका छन् । उनले भेटघाट र छलफलका कार्यक्रम पूर्णरूपमा बन्द गरेका छन् । पार्टीका अन्य नेताहरूसँग पनि उनी सकेसम्म कम बोल्ने गर्छन् । ठाकुरका सहयोगीले उनको ...


​माओवादीबाट राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा

काठमाडौ - सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको आज बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । बैठकमा बजेट अधिवेशनबारे सरकारमा सहभागी दलबीच समान धारणा बनाएर सोहीअनुरुप सरकारको नीति तथा कार्यक्रम ल्याइनुपर्नेबारे छलफल भएको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

वाम गठबन्धनले जनतासमक्ष प्रस्तुत घोषणापत्रलाई कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम तयार पारिनुपर्ने बैठकले निष्कर्ष निकालेको छ । संघीयताको मूल्यमान्यतालाई सम्मान गर्दै अगाडि ...


पार्टी बिघटनको तयारीमा एमाले-माओवादी, अध्यक्षद्वयबिच यस्तो भयो समझदारी !

काठमाडौँ - जेठ पहिलो सातासम्म नयाँ पार्टी र नेतृत्व घोषणा गर्ने तयारी

एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने भएका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो छलफलमा दुवै पार्टी विघटन र नयाँ पार्टी घोषणाका लागि ‘संयुक्त अधिवेशन’ बोलाउने समझदारी गरेका हुन् ।

जेठको पहिलो साता संयुक्त अधिवेशन बोलाउने सहमति भइसके पनि पार्टी एकता संयोजन समितिको बैठकमार्फत मिति तोक्ने तयारी छ ।

बालुवाटारनिकट स्रोतले पनि केन्द्रीय कमिटीसहित दशवटै तहका कमिटीको आकार प्रतिशतमा नभएर दुवै पार्टीबाट योग्य ...


प्रचण्डको कार्यकर्तालाई प्रश्न : 'क्रमभंग गर्न तयार छौं ?

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी कार्यकर्तालाई पुरानो आग्रह पूर्वाग्रह त्याग्न आग्रह गरेका छन् ।

मार्क्सको जन्म द्विशतबाषिर्की कार्यक्रममा प्रचण्डले केही दिनमा पार्टी एकता घोषणा हुने बताए । एमाले र माओवादी भंग गरेर नयाँ पार्टी बनाउने तयारी भइरहेको भन्दै उनले कार्यकर्तालाई सोधे-क्रमभंग गर्न तयार छौं ?’

आग्रह पूर्वाग्रह त्याग्न र नयाँ आवश्यकताअनुसार रुपान्तरण गर्न सकेनौं भने एकता सफल नहुने उनले बताए ।

भूमिगत कालमा आफ्नो पुस्ताले धेरै दुःख गरेको स्मरण गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आजभोलि कताकता आफैं पनि विग्रियो कि भन्या जस्तो ...


विप्लवका सिरहा इञ्चार्ज पक्राउ

उदयपुर - उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ ।

विप्लवको नाममा उदयपुर तथा सिरहाका विभिन्न स्थानमा पटक–पटक बम विष्फोट गराउने घटनामा संलग्न र योजनाकारका रुपमा रहेको आरोपमा प्रहरीले राउतलाई खोजी र निगरानीमा राख्दै आएको थियो ।

बिहीबार विशेष गोप्य सूचनाको आधारमा राउत घरको एक छिमेकीकोमा आएर लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट गएको विशेष सुरक्षाबलले सिरहा इञ्चार्ज राउतलाई पक्राउ गरेको कुरा ...


ओली-प्रचण्ड ‘निर्णायक’ छलफल आज, यसरी हुँदैछ घोषणाको तयारी !

काठमाडौँ - एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । एकतासँग जोडिएका विषय करिब–करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए ।

गत ९ वैशाखमा हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिसकेका छन् । २० वैशाखमा निर्णायक छलफल गर्ने समझदारीपछि दुवै नेता आन्तरिक कार्यक्रममा व्यस्त बनेका थिए । बुधबारको सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतासम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिँदै बिहीबारको वार्ताबाटै ...


समन्वयकारी भूमिका खेल्दै शशांक, यसकारण सर्यो कांग्रेस बैठक !

काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा.रामशरण महतले मोर्चाबन्दी गरिरहेका बेला महामन्त्री डा.शशांक कोइरालाले समन्यवकारी भूमिका निर्वाह गर्न थालेका छन्। बिहीबारसम्म सोही मोर्चामा रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने शुक्रबारदेखि देउवाको पक्षमा उभिँदै पार्टीलाई वामपन्थीबीच धेरै बेइज्जत गर्न नहुने पक्षमा देखिएका छन्।

प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा कांग्रेस हारको जिम्मा पार्टी सभापतिले लिनुपर्ने अडानमा रहेका आफ्नै क्याम्पका नेता पौडेलले लिएको अडानलाई ‘आवेगको अभिव्यक्ति’ भन्दै शशांकले केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवालाई साथ दिएका छन्।

महामन्त्री कोइरालाको भूमिकालाई लिएर अहिले कतै उनले ...


एकता दस्तावेज लेख्दै प्रचण्ड

काठमाडौं - माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल पार्टी बैठकमा पेस गर्ने राजनीतिक दस्तावेज लेखनमा लागेका छन् । केही दिनयता दौडधुप बन्द गरेर उनी दस्तावेज लेखनमा लागेका हुन् ।

पार्टी केन्द्रीय सचिवालय बैठकमा दाहालले पार्टी एकताका सन्दर्भमा दस्तावेज प्रस्तुत गर्नेछन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग निर्णायक वार्तामा बस्नुअघि दाहालले पार्टी सचिवालय बैठक बोलाउने तयारीसमेत गरेका छन् ।

यसका लागि उनले वैशाख १९ गते सचिवालय बैठक बोलाउने तयारी गरिरहेका छन् । पार्टी बैठकको तयारीका लागि उनले सोमबार मात्र अलग अलग रूपमा पार्टी नेताहरू रामबहादुर थापा, जनार्दन शर्मा, ...


कांग्रेस निचोड : 'निर्वाचनमा हारको कारण वाम गठबन्धन'

काठमाडौं - निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णयसहित एक महिनाभन्दा बढी समयदेखि चलिरहेको कांग्रेस बैठक आइतबार टुंगिएको छ । बैठकले चुनावी हारको खास कारण वाम गठबन्धन रहेको निष्कर्ष निकाल्दै आगामी भदौमा पार्टी महासमिति र जेठ अन्तिमसम्म जिल्ला सभापति भेला गर्ने निर्णय पनि गरेको छ ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार विधानविपरीत गठन भएका समितिहरू भंग गरिएको छ । जसअनुरूप कार्यसम्पादन समिति र संसदीय समिति अब अस्तित्वमा रहने छैनन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने बैठकको निर्णय बहुमत निर्णय रहेको तर यसमा आफ्नो ...


पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा दुवै पार्टीका आन्तरिक काम ठप्प

काठमाडौं - एमाले-माओवादी केन्द्र दुवै पार्टीका आन्तरिक काम ‘ठप्पप्रायः' भएको छ। पार्टी सदस्यता नवीकरणबाहेक अन्य सबै आन्तरिक काम दुवै पार्टीले रोकेका छन्। पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा आन्तरिक काम प्रभावित भएको दुवै पार्टीका नेताले बताएका छन्। असोज १७ मा चुनावी तालमेल गर्दै चुनावलगत्तै पार्टी एकता गर्ने एमाले-माओवादीले घोषणा गरेयता यी दुवै पार्टीको आन्तरिक काम प्रभावित हुन थालेको हो।

दुवैले अहिले पार्टीका कुनै औपचारिक कार्यक्रम बनाएका छैनन्। अहिले दुवै पार्टीसँग संगठन मजबुत बनाउने, जनतासँग जोडिने जनमुखी कार्यक्रम र राजनीतिक अभियान निर्माण गर्नेलगायत कुनै पनि औपचारिक कार्यक्रम छैनन्। ...


डोल्पामा कांग्रेसले गठन गर्यो छायाँ सरकार

डोल्पा - डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली कांग्रेसको छाँया सरकार गठन गरिएको छ ।

नेपाली कांगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो । छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको पनि नेपाली काँग्रेस डोल्पाले जानकारी दिएको छ ।

छायाँ सरकारले त्रिपुरासुन्दरी नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्ने पनि जनाइएको छ ।

अबको ...


फोरमको केन्द्रीय समिति बैठक वैशाख १९ देखि

काठमाडौं - संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको बैठक वैशाख १९ गतेदेखि बस्ने भएको छ । देशको समसामयीक राजनीतिक अवस्था तथा पार्टीको सांगठनिक विषयमा छलफल गर्न बैठक डाकिएको फोरमले जनाएको छ ।

त्यसको तयारीका लागि हिजोदखि राजनीतिक समितिको बैठक बसिरहेको महासचिव रामसहाय यादवले जानकारी दिए । उनका अनुसार सरकारमा सहभागी हुनेविषयमा पनि पार्टी केन्द्रीय समितिको बैठकले निर्णय लिने छ । फोरमले सरकारमा सहभागि हुने निर्णय लिएपनि सत्तारुढ दलले सविधान संशोधनको विषयमा स्पष्ट नभएको यादवले बताए ।

देश संघीय संरचनामा गइसकेपछि पार्टी संगठनलाई पनि पार्टी र संगठनलाई सोही ...


पार्टी एकता : 'समस्या नेतृत्वबीच राखेर समाधान गर्नुपर्छ'

काठमाडौं - असोज १७ पछि एमाले–माओवादी केन्द्रको पार्टी एकताले दुवै दलसहित देशको राजनीति तरंगित रहँदै आएको छ । तीनै तहका चुनाव सम्पन्न भएको र वाम गठबन्धनले दुई तिहाइभन्दा बढी मतको संघीय सरकार गठन भएको करिब तीन महिनामा समेत पार्टी एकीकरणको मिति टुंगो लागेको छैन ।

एकीकरण मिति कहिले कम्युनिस्ट पार्टी स्थापना दिवस वैशाख ९ त कहिले माक्र्स जयन्ती र कहिले मजुदर दिवस मे १ तारिख भने पनि यथार्थमा नेतृत्व हौसिएको मात्र हो मिति तोकिएको होइन भन्ने धारणा जिम्मेवार नेतृत्व तहबाटै व्यक्त हुन थालेको छ ।

एमाले अध्यक्षसमेत ...


चार पटक प्रधानमन्त्री बने भनेर हिरो नबन्न देउवालाई पौडेलको चेतावनी

काठमाडौं - कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफूमाथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका हुन् ।

‘महादेव भोगी भएनन् त्यागी भए र पूजा हुन्छ,’ शुक्रबार बैठकमा डेढ घन्टा बोलेका पौडेलले भने, ‘तपाईं (शेरबहादुरजी) चारपटक प्रधानमन्त्री हुनुभयो । तर, त्यागमा लाग्नुभएन भोगी हुनुभयो । त्यसैले चारपटक प्रधानमन्त्री हुनुभयो भनेर तपाईंको पूजा गर्न सकिँदैन ।’ त्यागभन्दा भोगको राजनीतिमा लागेकाले आफूले गिनिज बुकमा नाम लेखाउन भनेको दलिल पेस गर्दै उनले आफूले ...


ओली र प्रचण्ड बीच के कुरा भयो दुई घण्टा लामो गोप्य वार्तामा ?

काठमाडौं - प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषयमा छलफल गर्न शुक्रबार साँझ भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बलुवाटारमा भएको भेटवार्तामा पार्टी एकताको विषयमा छलफल भए पनि एकताको मिति तय भएन । पार्टी एकतामा असमझदारी देखिएका बेला ओली र प्रचण्डबीच शुक्रवार साढे दुई घण्टा छलफल भएको हो । छलफलमा पार्टी एकतामा देखिएका समस्या र एकताको मितिबारे छलफल भएको बालुवाटार स्रोतले बतायो ।

वैशाख १४ गते एकताको घोषणा गर्ने सार्वजनिक घोषणा गरेका प्रचण्डले ओलीसँगको छलफलपछि पनि मिति ...


वाम एकता, केमा अड्कियो गाँठो ?

काठमाडौँ - दुई प्रमुख वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता मुख्य विषयमा सहमति भएर प्राविधिक कुरामा गएर अड्किएको छ । दुई कम्युनिस्ट पार्टीबीच सबैभन्दा जटिल विषय सैद्धान्तिक तथा वैचारिक विषयमा सहमति जुटे पनि नेतृत्व तथा सांगठनिक व्यवस्थापनमा गएर कुरो अड्किएको हो ।

गत ७ फागुनमा नै पार्टीको लक्ष्य समाजवाद रहने र विचार तथा मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद (माले) रहने सहमति गरेका दुई दल मुख्य गरेर पार्टी नेतृत्व र एकतापछिको एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने भन्ने विषयमा पुगेर अड्किएका छन् ।

दुई ...


काँग्रेस उपसभापतिमा दुई नेताकाे दावी


काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले विहीबार उपसभापतिमा दाबी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गरे। बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिएकाे जानकारी गराए।

गच्छदारअघि बोलेका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गरेका थिए। समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ। बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। रासस

...

माओवादीमा नेता व्यवस्थापन जटिल : यी नेतालाई के गर्लान् प्रचण्डले ?

काठमाडौं - एमालेसँग पार्टी एकता गर्दा माओवादी केन्द्रले भने जस्तो ‘सम्मानजनक र न्यायोचित’ एकता नहुने अवस्था आए नेता व्यवस्थापन माओवादीका लागि सबैभन्दा जटिल बन्ने देखिएको छ। दोस्रो तहका नेता व्यवस्थापन माओवादीका लागि सबैभन्दा जटिल बन्ने देखिएकाले नै अध्यक्ष पुष्पकमल दाहाल ‘चर्को प्रेसर’ मा छन्।

एकै समयमा केन्द्रीय समितिमा पुगेका र उस्तै–उस्तै प्रकृतिका जिम्मेवारी वहन गरेका नेताहरू माओवादीमा धेरै भएकाले उनीहरूको व्यवस्थापन माओवादी अध्यक्ष दाहाललाई पार्टी एकतामा चुनौति बन्न पुगेको छ। खासगरि एकीकृत पार्टीको दुई अध्यक्षपछिको स्थायी समितिमा व्यवस्थापन गर्नैपर्ने नेताहरू माओवादीमा धेरै देखिएका छन्। त्यसैले पनि ...


मोदीलार्इ जनकपुरमा भव्य स्वागत गर्छौं : राजपा नेता

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास दिलाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हुने भनिएको नेपाल भ्रमणबारे आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने,‘मोदीजीको नेपाल भ्रमणको तयारी सुरु भैसकेको छ, उहाँ यसपटक जनकपुर जाँदैहुनुहुन्छ, भारतीय प्रधानमन्त्री जनकपुर जाने सायद उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ, अहिलेसम्म कोहीपनि गएका छैनन्।’

मोदीलाई जनकपुरमा भव्य रुपमा नागरिक अभिनन्दन गरिने उनको विश्वास छ । उनले भने,‘हो, उहाँलाई भव्य रुपमा अभिनन्दन हुन्छ, ...


'वाम एकता मनमोहन अधिकारीकै सपना हो' : प्रधानमन्त्री ओली

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताएका छन् ।

नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा आज यहाँ मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सो कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताले स्वर्गीय अधिकारीको योगदानको स्मरण गर्दै उनको शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीले अधिकारीका नाममा निजी र सामुदायिक दुवैखालका संस्था खोलेर उहाँप्रति सम्मान गरिएको बताए । नेकपा ९एमाले०ले अधिकारीलाई कहिल्यै नभुलेको उनले बताए । उनले ...


पार्टी एकताबाट कोही भाग्न सक्दैन : पोखरेल

काठमाडौ - रक्षामन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा माओवादी केन्द्र उम्कन नसक्ने बताएका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह गरे । मिलाउन पर्ने सबै विषय मिलाएर निकट भविष्यमा औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने उनले बताए ।

“हामी शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्त र संगठनको संरचनामा आधारित पार्टी हौँ । यही आधारमा ...


पार्टी एकताबारे प्रचण्डले गरे यस्तो खुलासा

चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी बीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने बताएका छन् ।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मे १ वा मे ५ मा पार्टी एकता घोषणा गर्ने कोशिश भइरहेको जानकारी दिए ।

दुई पार्टीका अध्यक्षले पर्याप्त समय निकाल्न नसकेका कारण एकतामा ढिलाइ भएको स्वीकार्दै उनले भने, “प्रधानमन्त्रीजीको व्यस्तता हुने नै भयो । म पनि व्यस्त नै छु । यसले थोरै ढिलो भएको हो ।” समय निकालेर छलफलमा बसेमा कुरो ...


देउवालाई ओलीको काउन्टर : 'राष्ट्रवाद खोक्रो वा भरिलो हुँदैन'

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकासको नाममा अधिनायकवाद ल्याउन खोजेको भनेर हाँस्यास्पद तर्क गरिरहेको भन्दै व्यंग्य गरेका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओली देउवा र आफ्ना आलोचकहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका भए । कहिल्यै पनि राष्ट्रवाद खोक्रो वा भरिलो नहुने नहुने भन्दै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणलगत्तै देउवाले लम्पसारवादी भनेर टिप्पणी गरेकोमा आक्रोश पोखे।

‘नेपालमा यस्ता मान्छे पनि छन्, म भारतबाट फर्केपछि ओलीको भारत भ्रमण लम्पसारवाद हो भनेको सुनेँ, बिचरा कोही भारतमा लम्पसार पर्न गएको ...


एकतामा आशंका नगर्न संयुक्त अध्यक्षद्वयको अपिल

काठमाडौं - पार्टी स्थापना दिवसकै दिन दुई ठूला कम्युनिस्ट पार्टी एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी गरेको उद्घोष सम्भव नभए पनि दुवै पार्टीले संयुक्त कार्यक्रममार्फत पार्टी एकताको साझा प्रतिबद्धता जनाउने भएका छन्।

६९औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको सन्दर्भ पारेर आज दुवै पार्टीले पार्टी एकता संयोजन समितिको आयोजनामा संयुक्त कार्यक्रम गर्दै छन्। कार्यक्रममा दुवै पार्टीका अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले सम्बोधन गर्दै आफ्ना कार्यकर्तालाई पार्टी एकताप्रति आशंका नगर्न सन्देश प्रवाह गर्ने तयारी भएको माओवादी केन्द्रका वरिष्ठ नेता तथा एकता संयोजन समितिका सदस्य ...


‘जनयुद्ध’ र हिस्सेदारीले पार्टी एकतामा किचलो

काठमाडौं - एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्न माओवादीको दबाबलाई एमालेले ठाडै अस्वीकार गर्दा एकता प्रक्रिया अन्योल देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई एकीकृत पार्टीको विधानमा जनयुद्ध राख्न दबाब दिएका छन् ।

पार्टी संगठनमा ५०–५० को हिस्सेदारी र विधानमा जनयुद्ध शब्द राख्ने/नराख्ने विषयमा एमाले(माओवादीबीच तीव्र विवाद छ । शुक्रबारको बैठकमा जनयुद्धलाई एकीकृत पार्टीको विधानमा राख्न र केन्द्रीय नेतृत्वमा समान हिस्सेदारी सिद्धान्त अनुमोदन गर्न दाहालको आग्रहलाई ओलीले ठाडै अस्वीकार गरेको स्रोतको दाबी छ ।

ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘१० ...


फुट्यो राजपा नेपाल

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल स्थापना दिवसकै दिन फुटेको छ । राजपाका असन्तुष्ट समूहले अशोककुमार यादवको नेतृत्वमा नयाँ पार्टी घोषणा गरेको छ ।

उपाध्यक्ष रहेका अशोककुमारको नेतृत्वमा ३३ जना केन्द्रीय सदसस्यहरुले राजपाबाट छुट्टिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) को घोषणा गरेका हुन् । नयाँ पार्टीमा महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति गठन गरेको उनीहरुले घोषणा गरेका छन् ।

नयाँ पार्टीमा संयोजकमा अशोककुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना ...


किन टर्यो बैशाख ९ को एमाले–माओवादी एकता ?

काठमाडौं - पूर्वनिर्धारित ९ वैशाखमा एमाले–माओवादी एकता घोषणा नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयमा कुनै प्रगति गर्न नसकेपछि एकता प्रक्रिया लम्बिएको हो ।

बैठकले विवादका विषय टुंग्याउने जिम्मा दुई अध्यक्ष केपी ओली र प्रचण्डलाई दिएको छ । यसअघि २२ चैतमा बसेको एकता संयोजन समिति बैठकले ९ वैशाखमा पार्टी एकता घोषणासभा गर्ने निर्णय गरेको थियो । दुई अध्यक्ष बसेर सहमति निकालेपछि समितिको अर्को बैठक बसेर एकता घोषणा मिति सार्वजनिक गरिने बैठकपछि नेताहरूले बताए ।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि ...


युवा संघमा फुट, नेपाल पक्षको पत्रकार सम्मेलन गर्ने तयारी

काठमाडौं - दुई ठुला वामघटकबिच पार्टी एकताको अन्तिम तयारी भइरहँदा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालमा भने विभाजन आएको छ । युवा संघको नयाँ नेतृत्वको चर्चा चलिरहेका बेला नेता माधवकुमार नेपाल पक्षले युवा संघ विभाजन गर्दै समानान्तरु कमिटी घोषणा गरेका हुन् ।

मंगलबार मध्यान्ह पत्रकार सम्मेलन गरेर समानान्तर कमिटीको घोषणा गर्ने तयारी छ । अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह बामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्दत रहेको ठहर गर्दै समानान्तर कमिटि गठनको निर्णय युवासंघका एक समस्यले बताए । युवा संघलाई राजनीतिक संगठन ...


सत्ता पक्ष र प्रतिपक्ष मिल्नुको विकल्प छैन : कांग्रेस नेता विश्वकर्मा

काठमाडाैं - नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सत्ता पक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको बताएका छन् ।मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दैविश्वकर्माले ६ महिनाभित्र झण्डै तीन सय कानुन बनाउनुपर्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष संसदमा मिल्नुको विकल्प नभएको बताएका हुन् ।

संसदीय समिति १० वटा बनाउने तयारी भइरहेका बेला प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा कांग्रेस सदस्य विश्वकर्माले सातवटा कायम राख्न सुुझाव दिए । सातले नपुग्ने भए बढीमा नौवटासम्म बनाउन सकिने उनले बताए ।

१३ सदस्यीय समितिमा संयोजक पोखरेल र सदस्य विश्वकर्मासहित जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडु, देवप्रसाद गुरुङ, प्रेम ...


पार्टी एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच पार्टी एकताका लागी बनेको एकता संयोजन समितिको बैठक मंगलबार बस्दैछ ।

सोमबार माओवादी अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिच २ घण्टा लामो संवाद भएपनि विवादीत विषयमा सुहमति जुटेको छैन ।

एमाले चुनावी अभियानमा जस्तै ६०/४० को अवस्थामा पार्टी एकताको छलफल गर्ने तयारीमा रहेको छ भने माओवादी बराबरीको एजेण्डामा । अरु विषय मिले चुनाव चिन्हका बारेमा माओवादी लचक रुपमा प्रस्तुत हुने तयारीमा रहेको माओवादी नेताहरुले बताउने गरेका छन् ।

एमाले भने सुर्य चिन्ह नै ...


ओलीले आफ्ना कार्यकर्तालाई माओवादीका बारेमा खुसुक्क यसो भने...

काठमाडौँ - अहिले एकता गरेर जाँदा प्रचण्डजीमा कहीँ न कहीँ हामी (माओवादी) छायामा पर्छौँ कि भन्ने आशंका देखिन्छ । एकतापछि कतै एमाले नै हाबी हुने हो कि, माओवादीको हैसियत कमजोर हुने हो कि भन्ने पनि देखिन्छ ।

यस्तो आशंकाबीच कतिपय मान्छेहरूले भड्काउनका लागि शंका भरिदिएको पनि हुनसक्छ । सम्मानजनक भनेर ५०/५० अनुपातमा एकताको कुरा त्यतिकै आएको पनि छैन ।

तर, जे होस् उहाँसँग सकारात्मक दिशामा कुरा अघि बढेको छ, विश्वासको वातावरण बन्दै छ । संयोजन समितिमा पनि थप छलफल हुन्छ र ९ गते नै पार्टी एकता घोषणा ...


निर्णायक वार्ता आज, सहमति जुटे बैशाख ९ मा एकता

काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् । वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै एकतालाई अन्तिम रुप दिन गरी छलफल अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहेका ...


एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दै

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकाअनुसार आज साँझ ५ बजे बैठक बोलाइएको छ ।

बैठकमा पार्टी एकताबारेमा छलफल हुनेछ । पार्टी एकतामा एमालेले आधा हिस्सा नछाड्ने र जनयुद्ध शब्द पनि राख्न नहुने बताएपछि माओवादी नेताहरुले दुबै हुनुपर्ने भन्दै अडान राखेका छन् ।

बैशाख ९ गते हुने भनिएको पार्टी एकताबारे अन्यौल देखिएको छ । अहिले माओवादी अध्यक्ष प्रचण्ड र ओलीबीच छलफल भइरहेको छ ।

...

प्रचण्ड सुकुटे गएकै बेला नारायणकाजी र ओलीबिच  गोप्य छलफल

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ वाम एकताको बिषयमा छलफल भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘रेष्ट एण्ड रिफ्रेस’का लागि सिन्धुपाल्चोकको सुकुटे गएका बेला ओली र श्रेष्ठबीच बालुवाटारमा छलफल भएको हो ।

श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले फोन गरेर बोलाएपछि बालुवाटार गएको जानकारी दिए । ‘नमिलेको बिषयलाई चाँडै मिलाउने र पार्टी एकताको मिति टुंगोमा पुर्याउने कुरा भयो’ श्रेष्ठले भने ‘अध्यक्षद्वयको आज भेट भएर छलफल हुन्छ अनि एकता सयोजन समितिको बैठक ...


आफ्नैबाट  घेराबन्दीमा प्रचण्ड

काठमाडौं - भोटेकोसी किनारको ‘सुकुटे बीच’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ। राजनीतिक तनाव भयो कि, दाहाल ‘रिफ्रेस’ हुन हरेक पटक सुकुटे पुग्ने गर्छन्। यसपटक पनि दाहाल तनाव साम्य पार्न आइतबार सुकुटे पुगेका छन्।

पूर्वनिर्धारित सहमतिअनुसार राजनीतिक गतिविधि अघि बढे एमाले-माओवादी बीचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ। एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै पार्टीभित्रका नेताको ‘दबाब’ तीव्र छ। एकीकरण हुँदा सैद्धान्तिक रूपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष त छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिबेला सबैभन्दा ठूलो दबाब ...


आएपीएलको शीर्षस्थानमा हैदराबाद, को-को भिड्दैछन् आज ?

भारत - इन्डियन प्रीमियर लीग (आइपीएल)को ११ औं संस्करण अन्तर्गत आइतबार दुईवटा खेल हुदैछन् । अपरान्ह ४ बजे हुने पहिलो खेलमा बेंग्लोर र राजस्थान भिड्दै छन् भने राति सवा ८ बजेपछि सुरु हुने दोस्रो खेलमा चेन्नई र पञ्जाव भिड्ने छन् ।

शनिबार भएको खेलमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । कलकातामा गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सलाई पाँच विकेटले हराउँदै हैदराबादले तेस्रो जित निकालेको हो ।

घरेलु टोलीले दिएको १३९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । हैदराबादको जितमा केन विलियम्सनले ५०, सकिव ...


पहिला सरकारले गरेका निर्णय नउल्ट्याउन प्रधानमन्त्रीलाई कांग्रेस नेता खड्काको चेतावनी

काठमाडाैं - नेपाली कांग्रेसका नेता तथा सासंद डा. नारायण खड्काले अहिलेको सरकारले जोसिला र महत्वाकांक्षी योजना बनाएको भन्दै त्यसलाई पूरा गर्न सुझाब दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै खड्काले सरकारले राम्रा काम गर्नका लागि दुई तिहाई भएर मात्रै नहुने भन्दै हरेक क्षेत्रलाई सन्तुलित रुपमा राख्न सक्नुपर्ने बताए ।

“राजनीतिक स्थायित्व र दुई तिहाईले मात्रै हुँदैन । आर्थिक, सामाजिक, कुटनीतिक लगायतका पक्ष सन्तुलित हुनुपर्छ । दुई तिहाईको अभिमानले सन्तुलन विग्रेला ।” खड्काले सचेत गराए ।

प्रमुख प्रतिपक्ष दलमा ६३ जना मात्रै सासंद छन् भनेर नहेप्न ...


पार्टी एकतामा कुरा नमिलेपछि प्रचण्ड लागे 'सुकुटे' तिर

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक गएका छन् । खुमलटार स्रोतका अनुसार आराम गर्नका लागि प्रचण्ड सिन्धुपाल्चोक गएका हुन् । प्रचण्ड सिन्धुपाल्चोकको सुकेटस्थित इक्वेडर बिच रिर्सोटमा बस्नेछन् । प्रचण्ड आज आराम गरेर भोलि काठमाडौं फर्कनेछन् ।

यसअघि पनि प्रचण्ड तनाव हुँदा सुकुटेको सोहि रिर्सोटमा गएर आराम लिने गरेका थिए । महत्वपूर्ण राजनीतिक निर्णय लिँदा प्रचण्ड प्राय सुकुटे जाने गरेको उदाहरण छ ।

आज नेकपा एमालेका अध्यक्ष तथा प्रधनमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताबारे ‘वान टु वान’ वार्ता गर्ने बताइएको थियो । खुमलटार स्रोतका ...


बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै विप्लवका कार्यकर्ताद्वारा उज्जन श्रेष्ठको शालिक ताेडफाेड

रामेछाप - नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकको कार्यकर्ताहरुले उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका-४ स्थित अरुणदय माविको हाताभित्र निर्मित श्रेष्ठको शालिक बुधबार मध्यराति नेकपाका कार्यकर्ताहरुले तोडफोड गर्नुको साथै ढलाएका छन् ।

स्थानीयका अनुसार ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्‍‍दैनौं, उज्जन हत्यारा हो, बालकृष्ण ढुंगेललाई रिहाई गर’ जस्ता नारा लगाउँदै अाएका नेकपाका कार्यकर्ताहरुले शालिक तोडफोड गरेका हुन् ।

जनयुद्धकालिन मुद्दा व्युताएर बालकृष्ण ढुंगेललाई जेल हालेको, विद्यालय हाताभित्र मनोमानी ढङ्गले शालिक निर्माण गरेको र शालिक निर्माणको नाममा बिदेशी डलर ल्याएकोले तोडफोड गर्नु परेको नेकपाले जनाएको छ ...


खुमवहादुर खड्कालाई सम्झेर यसरी भाबुक बने कांग्रेस नेताहरु

देउखुरी समाचारदाता (दिवाकर पोख्रेल) - नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले स्वर्गीय खुमवहादुर खड्का सबैभन्दा शुरो नेता भएको बताएका छन् । पार्टी, कार्यकर्ता र जनताको लागि सोच्ने साहसी नेता खुमबहादुर जस्तो साहासी शुरो नेता आफूले अहिले सम्म नदेखेको भन्दै प्रशंसा गरे ।

नेपाली कांग्रेस दाङले आयोजना गरेको स्वर्गीय नेता खड्काको १३ औं दिनको श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै पार्टी सभापती देउवाले भने - “खुमवहादुर जी महान नेता हो,मैले भनिरहनु पर्दैन उहाँ शुरो नेता हो ।' पाटीले स्वर्गिय नेता खड्काको स्वस्थ्य उपचारको लागि हरदम प्रयास गरेको जानकारी दिदै पूर्व ...


'हिजो माओवादी पार्टीमा थिए तर अब छैन' : महरा

काठमाडौं - सभामुख कृष्णबहादुर महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको प्रष्ट पारेका छन् । सभामुख सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको उनले बताए ।

संसदीय मामिला पत्रकारसँग बुधबार सिंहदरबारमा कुरा गर्दै महराले भने, ‘सभामुख नहुदा पार्टीमा रहँदा पनि म सबैसग सन्तुलनमा रहने भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसग संवाद गर्नलाई पार्टीले खटाउथ्यो । अब सभामुखको पदमा रहुन्जेल निष्पक्ष भुमिकामा हुन्छु । हिजो माओवादी पार्टीमा थिए तर अब छैन ।’

अर्को एक प्रसंगमा सभामुख महराले दुई वर्षभित्रमा संसदको आफ्नै भवन हुने बताए । उनका अनुसार सिंहदरबारभित्र रहेको पुतली बगैंचामा ...


'कम्युनिष्ट सरकारले न्यायपालिका पनि सरकार मातहत ल्यायो' : शेखर कोइराला

चितवन - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालमा टिपिकल कम्युनिष्ट शासन सुरु भएको बताएका छन् ।

प्रेस युनियन चितवन शाखाले मंगलबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरलाले भने ‘न्ययालय कब्जामा लिन थालेको भन्दै देशमा ‘टिपिकल कम्युनिष्ट’ शासन सुरु भएको बताए।उनले प्रेसमाथि सेन्सरसिप हुने अवस्था आएको भन्दै यसले अधिनायकवाद जन्माउने बताए ।

महान्यायाधिवक्ताको कार्यालयलगायत अन्य संवैधानिक निकाय प्रधानमन्त्री मातहत राख्नु सरकारलाई लगामवीहिन बनाउने योजना भएको उनले बताए ।

‘अब न्यायाधीश बिदेश जाँदा कार्यकारीको अनुमति लिनुपर्ने व्यवस्था राखियो। यस्ता कारणले भन्न सकिन्छ न्यायपालिका पनि सरकार मातहत आइसकेको छ,’ ...


राजपाको बालहठ : 'रेशम चौधरीलाई शपथ नखुवाए सरकारमा जादैनौं'

काठमाडौं - राष्ट्रिय जनता पार्टीले कैलालीको क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीलाई शपथ गराए मात्र केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने अडान राखेको छ ।

ओली सरकारलाई विश्वासको मत दिएको राजपाले विगतमा संविधान संशोधनमा लिखित प्रतिबद्धता आएपछि मात्रै सरकारमा सहभागी हुने बताएको थियो । अहिले टिकापुर काण्डमा भएको हत्यासम्बन्धी अभियोग लागेका चौधरीलाई शपथ गराउन माग गरेपछि सत्तारुढ दल एमाले–माओवादीमा खैलाबैला मच्चिएको छ ।

यसअघि जेलमा नै अनशनमा बसेका चौधरीलाई गृहमन्त्री रामबहादुर थापा बादलले जुस खुवाएर अनसन तोडाएका थिए ।

चौधरी निर्वाचनमा विजय भएपनि सर्वोच्च अदालतको आदेशपछि ...


देउवामाथी कोइरालाको कटाक्ष : नेतृत्व चलायमान नहुँदा कांग्रेस ध्वस्त भयो

चितवन - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी नेतृत्वले संगठन चलायमान बनाउन नसक्दा कांग्रेस ध्वस्त भएको बताए।

कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताए । ‘दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन’ उनले भने, ‘पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ । जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन ।’

विधानसम्मत समयमै ...


पार्टी एकतामा चिह्न र संख्याको समस्या छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ‘ प्रकाशले एमाले–माओवादी एकतामा निर्वाचन चिह्न र संख्याले कुनै समस्या नभएको बताएका छन् ।

पार्टी एकता सम्मानजनक हुने बताउँदै नेता श्रेष्ठले निर्वाचन चिह्नका बिषयमा धेरै चिन्ता लिनु नपर्ने बताए । ‘चुनाव चिह्नमा चिन्ता लिनुपर्ने कुरा केही छैन, हामी समाधान गरिहाल्छौं,’ उनले भने, ‘पार्टी एकता सम्मानजनक ढंगबाट हुन्छ ।’

नेता श्रेष्ठले पार्टी एकता आगामी बैशाख ९ गते नै गर्ने गरी तयारी भएको जानकारी दिए । सम्मानजनक एकतामा संख्या नै प्रमुख हुने भन्दै नेता श्रष्ठले कसरी अघि जाने भन्नेबारेमा छलफल भइरहेको बताए ...


जालान त उपेन्द्र सरकारमा ?

काठमाडौं - उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल तत्काल केपी ओली सरकारमा सहभागी हुनेबारे छलफलमा जुट्दै छ ।

कार्यसम्पादन समितिको बैठकले संविधान संशोधन लगायतका विषयमा सत्तारुढ एमाले र माओवादी केन्द्रसँग लिखित सहमति भएपछि मन्त्री छनोट गर्ने पनि निर्णय गरेको छ ।

सविधान संशोधन भए सरकारमा जाने टाइमलाइन तोकेका छन् । र, यो टाइमलाइन सरकार र फोरम नेपालको ठ्याकै मिलेको छ ।

फोरम नेपालका सहमहासचिव अभिषेक प्रताप शाहले भने, जबसम्म संविधान संशोधन हुँदैन तबसम्म सरकारमा जाने विषयमा सोच्न पनि सकिदैन ।’

परिमार्जनसहित सविधान संशोधन भए पार्टीमा छलफल गरेर मात्र ...


ओलीको ‘उग्र राष्ट्रवाद’ भारत भ्रमणले छर्लङ्ग : प्रकाशमान सिंह

बुटवल - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘उग्र राष्ट्रवाद’ को छवि भारत भ्रमणले छर्लङग भएको बताएका छन् ।

प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले विगतमा ओली भारत विरोधीका रुपमा प्रस्तुत भएको तर प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमै गरेर आफ्नो ‘उग्र राष्ट्रवाद’ छर्लङ्ग पारेको तर्क गरे । ‘विगतमा उहाँको उग्र राष्ट्रवाद कसरी प्रस्तुत भएको थियो, आखिर भ्रमण त भारतकै गरेर देखाउनु भो नि,’ कांग्रेसका पूर्व महामन्त्री समेत रहेका सिंहले भने, ‘उहाँको राष्ट्रवादको विषय इतिहासले मूल्याङकन गर्नेछ ।’

नेता सिंहले प्रधानमन्त्रीको ...


एमाले-माअोवादी एकताः सूर्य चिह्न माअोवादीले नमान्ने

काठमाडाैं - नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच ५०–५० कै अनुपातमा पार्टी एकता हुनुपर्ने अडान पुनः दोहो¥याएका छन् । प्राविधिक रूपमा गरिने एकता ठूलो विषय नभएको भन्दै विचार, राजनीति र दर्शनको एकता हुनुपर्नेमा उनको जोड थियो । प्रेस सेन्टरका नेताहरुसँगको भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले को ठूलो, को सानो दल भन्ने विषय इतिहासका कालखण्डमा फरकफरक भएको भन्दै ५०–५० कै अनुपातमा अहिले एकता हुनुपर्नेमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी अोली शर्मा पनि सकरात्मक रहेको समेत उनले बताएका थिए । ‘२०६४ सालमा ...


दाङमा बिप्लव माओवादीद्वारा समानान्तर सरकार गठन, १७ वुंंदे माग राख्दै यस्तो बिज्ञप्ति निकाल्यो

दुनियाँखबर संवाददाता, देउखुरी - दाङमा नेत्रविक्रम चन्द 'बिप्लव' नेतृत्वको नेकपा माओवादीले समानान्तर सरकार गठन गरेको छ । बिप्लव माओवादीको दाङमा भएको जनप्रतिनिधीसभा अधिवेसनले गणेश चौधरी प्रमुख रहने गरी १९ सदस्यीय जिल्ला जनपरिषद (जनसत्ता/जनसरकार) गठन गरेको हो ।

त्यस्तै, बिप्लव माओवादीको जनप्रतिनिधि सभाको अधिवेशनले ५५ सदस्यीय जनप्रतिनिधि सभा समेत गठन गरेको छ ।

चौधरी प्रमुख रहेको जिल्ला जनपरिषद दाङले जिल्लामा भैरहेका विकास निर्माणका कार्य शुस्त गतिमा भइरहेको प्रति सरोकारवालालाई सचेत गराएको छ । थारुवान स्वायत्त प्रदेश अन्तरगत दाङ जिल्ला जनप्रतिनिधीसभाको दोस्रो अधिवेसन केन्द्रीय परिषदका प्रमुख सन्तोष वुढाको प्रमुख ...


सांसद फुलबाबु फोरममा प्रवेश

रौतहट - रौतहट क्षेत्र नम्बर ४ ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित अब्दुर कलाम अजाद (फुलबाबु) संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।

स्वतन्त्र सांसद अजादलाई फोरमका अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्मयन्त्री लालबाबु राउतले पार्टी प्रवेश गराए । उनी संगै राजपाका केन्द्रिय सदस्य राजकुमार दास पनि फोरम मा प्रवेश गरेका छन् ।

...

नयाँशक्तिका नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश

काठमाडाैं - नयाँशक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीका केन्द्रीय कार्यकारी सदस्य कृष्णकुमार गुप्ता नेकपा (एमाले )मा प्रवेश गरेका हुन् ।

उनीसँगै नयाँ शक्तिका के प स दिलिप कुमार कर्ण , दुखा साहलगायत मधेसका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । एमाले महासचिव तथा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेलले खादा लगाएर स्वागत गरेका हुन् ।

...

विप्लबका अतिवाद विरुद्ध सरकार कडा रुपले प्रस्तुत हुन्छ : गृहमन्त्री बादल

चितवन - गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका छन् ।

प्रेस सेन्टर र प्रेस चौतारीले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक भएको उनले बताए। उनले भने–“शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिदैछ त्यो सरकारलाई स्वीकार्य छैन ।” विप्लव नेतृत्वको माओवादीले संविधान र कानून विरोधी गतिविधि गरिरहेको भन्दै उनले यो गैरराजनीतिक गतिविधि सरकारले रोक्ने दृढता व्यक्त गरे ।

उनले भने–“यो राजनीतिक गतिविधि मानिदैन, गैरराजनीतिक गतिविधि हो । ...


वाम एकताले नबाँधेका नेताका ‘व्यथा’
भन्छन - 'पार्टी हैन, पाटी रहेछ'


बिबिसी - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुँदै गरेको एकताको कसरतले दुवैतर्फ सबैलाई उत्साहित तुल्याएको छैन । कतिपयका निम्ति एकता काँडा बनिदियो र उनीहरूले पार्टी छाडे। कतिपय पार्टीभित्रै छन् तर उनीहरूमा आफ्नो भूमिका खुम्चिने हो कि भन्ने शङ्का पाइन्छ ।

एकता प्रक्रिया अघि बढेसँगै विगतका कतिपय चर्चित नेता दृश्यमा छैनन् । तिनैमध्येकी एक हुन्, उर्मिला अर्याल ।

अर्यालले अहिलेको माओवादीको माउ मानिने ‘चौथो महाधिवेशन’मा गाँसिएर पञ्चायतकालमै कम्युनिस्ट राजनीतिको दैलो टेकेकी हुन् ।

२०४६ सालको परिवर्तनपछि एमाले बनेकी उनले करिब १५ वर्षपछि मन्त्री बन्ने अवसर पाइन् ।

तर ...


विप्लव, बैद्य, मोहन विक्रम र ऋषि कट्टेलको पार्टी एकता गर्ने तयारी, यस्तो छ संयुक्त आन्दोलनको कार्यक्रम


काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित अन्य चार राजनीतिक दल एकै मोर्चामा सामेल भएका छन् । उनीहरुले संयुक्त रुपमा आन्दोलनको घोषणा समेत गरेका छन् ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यगत एकता गरी आन्दोलनको घोषणा गरेका हुन् ।
संयुक्त विज्ञप्तिमा नेकपाबाट प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्ड सहित अन्य पार्टीका अध्यक्षले हस्ताक्षेर गरेका छन् ।
उनीहरुले पार्टी ...


पार्टी एकताबारे अन्तिम निर्णय बिहीबार


काठमाडौं - नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि अन्तरिम विधान र संगठनात्मक र वैचारिक राजनीतिक प्रतिवेदन बनाउन गठित कार्यदलले एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको पार्टी एकता संयोजन समितिको बैठकमा कार्यदलले आगामी वैशाख ९ गते पार्टी एकताका लागि उपयुक्त हुने सुझावसहित प्रतिवेदन बुझाएको हो ।

दुवै कार्यदलले पार्टी एकताको घोषणा कम्युनिष्ट पार्टी स्थापनाका दिन वैशाख ९ गतेका दिन गर्दा उपयुक्त हुन्छ भनी दिएको सुझावलाई पार्टी एकता संयोजन समितिले सकारात्मक लिएको एक नेताले बताए ।

दुवै कार्यदलले पार्टी एकता ...


ईयूको निर्वाचन प्रतिवेदनप्रति कांग्रेसको आपत्ति

काठमाडौ – नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेताहरुले ईयूको निर्वाचन प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । अघिल्ला दुई बैठकमा मौन बसेका नेताहरुले नेपालको निर्वाचन पद्दति युरोपियन देशहरूको भन्दा विशिष्ठ रहेको भन्दै इयुको प्रतिवेदनको विरोध गरेका थिए । बैठकमा इयूको विषयले बढी प्राथमिकता पाएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

शर्माले नेताहरुको मर्यादा क्रममा रहेको मतभेदलाई निराकरण गरिएको बताए । काँग्रेस प्रजातान्त्रिकसँग पार्टी एकीकरण गर्दा गोपालमान श्रेष्ठको हैसियत उपसभापतिको जिम्मेवारीमा रहेकोले श्रेष्ठलाई सोही अनुरूप मर्यादाक्रम निर्धारण गरिएको शर्माले बताए । तेश्रो दिन बैठकमा रमेश लेखक,गोविन्द भट्टराई ...


बराबर सदस्य नभए पार्टी एकता हुँदैन : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा दुवै पार्टीका समान सदस्य नरहे एमालेसँग एकता नहुने बताएका छन् । सोमबार अखिल क्रान्तिकारीको प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले एकतापछि पार्टीमा एमाले र माओवादीबाट बराबरी सदस्य रहने बताएका हुन् । उनले एक जना पनि घटबढ नहुने बताएका छन् ।

प्रचण्डले भने ‘संगठन बनाउँदा दुवैपक्षका बराबर हुन्छन् । एक जना पनि थोरै भएर एकता हुँदैन । बराबर नभए एकता नै हुँदैन ।’

अहिले दुबै पार्टीका एमाले र माओवादीका अध्यक्षद्वय नै अहिले अध्यक्ष हुने बताउँदै महाधिवेशनपछि एकिकृत ...


वाम एकताः एकीकृत पार्टीमा १० तहका कमिटी

काठमाडौं – एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठनिक संरचनामा सहमति गरेको हो ।

दुवै पार्टीका नेताको व्यवस्थापन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने सहमतिसमेत भएको छ । परिषद्लाई महाधिवेशनअगावै नेतृत्व फेर्नेदेखि विधान परिवर्तन गर्नेसम्मको अधिकार रहने छ । दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनअघिसम्म दुवै पार्टीका नेता व्यवस्थापनका लागि मात्र कार्यदलमा परिषद् बनाउने समझदारी भएको हो ।

‘कार्यदलमा एकीकृत पार्टीको तहगत सांगठनिक संरचनामा समझदारी भएको छ,’ एमाले सचिव गोकर्ण विष्टले भने, ...


पदाधिकारी मनोनयन गर्न देउवालाई अप्ठ्यारो

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई विधान संशोधन नगरी पदाधिकारी मनोनयन गर्न अप्ठ्यारो पर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले दुई वर्षपछि विभाग गठन र पदाधिकारी मनोनयन गर्न विधानले नदिने भन्दै आलोचना गरेपछि देउवालाई कठिनाइ पर्ने भएको हो ।

केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनु केही दिनअघि देउवाले आफूनिकट सदस्यहरूसँग पदाधिकारी मनोनयनको तयारी गरेको जानकारी गराएका थिए । कांग्रेस विधानको विविध खण्डको १९ नम्बरमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति तथा विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने’ व्यवस्था छ । ...


केन्द्रमा तालमेल जिल्लामा आफूखुशी उम्मेदवार

मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रमा वाम गठबन्धनका नाउँमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच तालमेल गर्ने तयारी भइरहेका बेला गोरखामा भने एमाले, माओवादी र नयाँ शक्तिले आफ्नो पार्टीबाट छुट्टाछुट्टै उम्मेदवार सिफारिश गरेका छन् । एमाले गोरखाले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट यादव बस्नेतको नाम सिफारिश गरेको छ । सोही क्षेत्रमा माओवादीले हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जाराको नाम सिफारिश गरिसकेको छ । प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले विकलकुमार श्रेष्ठ, बुद्धि दवाडी र मैती ...


२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने समयसीमा तोकेको छ । लोकतान्त्रिक गठबन्धनमा जोडिने भनिएका नेपाली कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक बन्दसूचीका उम्मेदवारको नाम टुङ्गो लगाउने तयारीमा जुटेका कारण घोषणा हुन नसकेको हो । ‘२९ पछि व्यग्रताका साथ गठबन्धन निर्माणका आधारमा छलफल गरी घोषणा हुनेछ । अहिले समानुपातिकको नाम छान्नुपर्ने कारणले अघि बढ्न नसकेको हो’, नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले ...


नैतिकताको आधारमा माओवादीले सरकार छाड्नु पर्छ : राणा

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमेशर जबराले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षातकार कार्यक्रममा बोल्दै जबराले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग समेत गठबन्धन गरी सरकारमै बसिराख्नु राजनैतिक बेइमानी भएको भन्दै तत्काल उसले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताए । उनले भने प्रतिनिधिसभा र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्था कमजोर रहेको उपत्यकाभित्रै निर्माण ब्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याले प्रष्टाएको बताउँदै गृह मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । उनले वाम गठबन्धन र प्रजातान्त्रिक शक्तिबीचको सामिप्यता संविधान ...


पुराना पार्टीहरु सच्चिन तयार भएनन् भने नयाँ शक्ति एक्लै चुनावमा जान्छ : डा. भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरु आफूले सार्वजनिकरुपमा जनाएको प्रतिवद्धताअनुरुप सच्चिन तयार भएनन् भने नयाँ शक्ति एक्लै चुनावी मैदानमा उत्रने बताएका छन् । राष्ट्रिय युवा अभियानको काठमाडौंमा बोलाइएको भेलामा बोल्दै संयोजक भट्टराई भने, ‘पुराना पार्टीहरुले आफूले प्रतिवद्धता व्यक्त गरेअनुसार सच्चिन तयार भएनन् भने नयाँ शक्ति पूराना पार्टीहरुको विकृति बोकेर गठबन्धनमा बस्दैन ।’ उनले सकेसम्म गठबन्धनमै रहेर उनीहरुलाई सच्याउँदै निर्वाचनमा सहभागी हुने प्रयास गरिने बताए । ‘उनीहरु सच्चिन तयार भएनन् र आफू विघटन भएर नयाँ बन्ने घोषित प्रतिवद्धता बोलीमा मात्र सीमित भयो ...





ट्रेन्डिङ