काठमाडौं - प्रतिनिधि सभा विघटनको मुद्दा पूर्ण बृहत् इजलासमा सुनुवाइ गर्न सर्वोच्चले अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ जना न्यायाधीशहरूको संवैधानिक इजलासले यो मुद्दा बृहत् इजलासमा सुनुवाइ गर्न अस्वीकार गरेको हो।
शुक्रबार रिट निवेदक र सरकारी पक्षका वकिलहरूको बहस सकिएपछि सर्वोच्चको संवैधानिक इजलासमा नै छलफल निरन्तर हुने आदेश गरेको हो।
रिट निवेदकका तर्फबाट रमण श्रेष्ठलगातले बहस गर्दै विगतका नजिरका आधारमा पनि प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका थिए।
सरकारी पक्षका विजय मिश्र, पद्म पाण्डेयलगायत बृहत् पूर्ण इजलासको माग नै गैरसंवैधानिक भएको बताएका ...
काठमाडौं - अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ। दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी विहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए।
‘तत्कालै ठूलो पानी पर्ने सम्भावना भने छैन,’ मौसमविद् पोखरेलले भने। वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने ...
काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यतिबेला दिल्लीमा छन्। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन उनी बिहीबार भारतको नयाँ दिल्ली पुगेका हुन्।
उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्वर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए।
मन्त्री ज्ञवालीले शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्ने कार्यक्रम छ।
सिमाामा छलफल नगर्ने भारतीय संकेत
भारतले कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा गत वर्ष प्रकाशन गरेयता दुई देशबीच ...
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै छ । रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा विवाद कायमै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा १२ वटा रिट परेका थिए ।
ती रिटहरु वृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै अधिवक्ताहरुले संयुक्त निवेदन दिएका थिए । तर अघिल्लोपटकको सुनुवाइमा छलफल सकिएन र त्यसलाई हेर्दाहेर्दैमा राखेर आजसम्मलाई सारिएको थियो । आज पनि ...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक दिउँसो ११ बजे बस्ने भएको छ। पार्टीको कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्ने नेकपाका नेता सुरेन्द्र पाण्डेले बताए।
बैठक आज (शुक्रबार) नै सक्ने तयारी रहेको नेता पाण्डेले जानकारी दिएका छन्।
दुई भागमा विभाजन हुनुअघिको नेकपाका ४५ जना स्थायी कमिटी सदस्यमध्ये प्रचण्ड-नेपाल पक्षमा २८ जना छन्।
...काठमाडौं - प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएको भन्दै सर्वोच्चले अर्को पेसी शुक्रबारका लागि तोकेको हो।
बुधबार भएको सुनुवाइमा सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले बहस गरेका थिए।
रिट निवेदकतर्फका थापाले यो मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने बहस गरेका थिए। सरकारका तर्फबाट खरेलले मुद्दालाई संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने पक्षमा बहस गरेका थिए।
बुधबारको संवैधानिक इजलासमा सपना प्रधान मल्ल बाहेकका न्यायाधीश यसअघिकै दोहोरिएका थिए। हरिकृष्ण कार्कीको इजलास छाड्ने घोषणापछि उक्त ठाउँमा मल्ल आएकी ...
काठमाडौं - विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले बतायो ।
उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।
...काठमाडौँ - प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिट हेर्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले रिक्त स्थानमा सपना प्रधान मल्ललाई सहभागी गराएका छन् ।
न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै ईजलाश छाडेका थिए । अघिल्लो बुधबारको संवैधानिक इजलासबाट कार्कीले बाहिरिने निर्णय गरेपछि प्रधान न्यायाधीश राणाले कसलाई सहभागी गराउँलान् भन्ने चासो थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधवार कार्कीको ठाउँमा सपना मल्ललाई तोकेका हुन् । मल्ल पुर्व एमालेका तर्फबाट सांसद भैसकेकी हुन्।
संवैधानिक ईजलाशमा प्रधान न्यायाधीश जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा ...
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । यस सम्बन्धी रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । सो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने पनि आजै टुंगो लाग्ने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् ।
संसद विघटन असंवैधानिक भएको भन्दै परेका ...
काठमाडौं - रसियाले नेपाललाई २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको बताएको छ । रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको जनाएको छ।
केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका छन् । काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेको छ ।
नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत् खोप ल्याउने तयारीसमेत गरेको छ ...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको दावी भारतीय सञ्चार माध्यमसँग गरेका छन्। भारतका दुई टेलिभिजन जी न्युज डब्लुआइएओएनलाई दिएको अन्तर्वार्तामा उनले भारतसँग सार्वभौम देशको रुपमा सम्बन्ध अघि बढाउन नेपालले चाहेको अडान राखेका छन्। अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताए।
प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रष्ट पार्दै बढे भाइ वा छोटे भाइभन्दा दुई देशको स्वाभिमानको ...
काठमाडौं - कतारमा काम गरेर फर्किएका १४ जना नेपालीहरुले पाउन बाँकी पारिश्रमिक तथा सेवासुविधा बापतको रकम संकलन गरेर कतारस्थित नेपाली दूतावासले पठाएको छ।
विभिन्न कारणले स्वदेश फर्किएका १४ नेपालीले कम्पनीबाट पाउन बाँकी १ लाख ४४ हजार ६९ कतारि रियाल (करिब ४५ लाख नेपाली रुपैयाँ) रकम संकलन गरेर दूतावासले पठाएको हो।
दूतावासको समन्वयनमा उक्त रकम संकलन गरी कन्सुलर सेवा विभाग काठमाडौंमा पठाइसकेको दूतावासले जनाएको छ। कन्सुलर विभागले उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएपछि सम्बन्धित हकवालाले त्यहिँबाट रकम प्राप्त गर्न सकिन्छ।
काठमाडौं - सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को मापदण्ड परिमार्जनको तयारी गरेको छ। हालसम्म गोप्य रहँदै आएको प्रश्नपत्र सार्वजनिक रुपमै राख्ने प्रस्ताव गरिएको छ। त्यस्तै ट्रायलमा तोकिएअनुसार पुरै पास गर्नुपर्ने व्यवस्था छ। उक्त व्यवस्थालाई १ सय पूर्णांक मानेर ६० ल्याउनेलाई पास गर्ने व्यवस्थासहितको मापदण्ड ल्याउन लागिएको हो।
लाइसेन्स लिनका लागि लामो समय कुर्नुपर्ने र प्रयोगात्मक परीक्षा वैज्ञानिक नभएकाले धेरै परीक्षार्थी फेल हुने गरेको भन्दै भौतिक पूवार्धार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले छलफल गरिरहेका छन्। यसका लागि दुई निकायले बागमती प्रदेश सरकारसँग समेत छलफल गरेका छन्।
विभागले ...
काठमाडौं - यौन हिंसाको आरोपमा प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस प्राध्यापक विष्णु आचार्य पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी तथा प्रवक्ता प्रमेश विष्टले आचार्यलाई सामेबार साँझ पक्राउ गरिएको नेपाल लाइभलाई जानकारी दिए।
एक छात्राले यौन हिंसा गरेको भन्दै आचार्यविरुद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका आचार्यविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डिएसपी विष्टले जानकारी दिए।
...नेपालको वर्तमान संकट र यसको समाधानको निम्ति भनेर अब फेरिपनी उही मध्यावधी चुनाव गरेर देसको थप धनजनको क्षति गराउने वा पुरानै संसद् पुनर्थापना गरेर अझै भाँडभैलो, भ्रष्टाचार र भागबण्डा गरेर अर्थात् पद, पावर, पैसा, पहुँच र प्रसंसाको लेनदेन गरेर जनता र राष्ट्रलाई शोषण-उत्पीडन गरी-गराई मर्नु न बाँच्नु गराउने हुँदै होइन ! यदी साँच्चै यस्तो गर्ने-गराउने होइन भने आसन्न सदन/प्रतिनिधि सभाको विकल्पमा सर्वोच्च र सर्वशक्तिसम्पन्न अन्तरिम सदन/सभा, वर्तमान भ्रष्ट, दुष्ट र निकृष्ट ओली सरकारको विकल्पमा संयुक्त र स्वच्छ अन्तरिम सरकार र वर्तमान दलाल तथा नोकरशाही पुँजीवादीहरुको ...
देस अहिले संकट महासंकट झेल्दै र प्रतिक्रान्ती-प्रतिगमन हुँदै स्वत्व र अस्तित्वको समाप्तिको दिशातिर तीव्र गतिमा गैरहेको छ ! त्यसैले उक्त संकट मोचनको लागि यसअघि चर्चा गरिएका सर्वोच्च अन्तरिम राष्ट्रिय राजनीतिक सभा र संयुक्त अन्तरिम राष्ट्रिय सरकारका साथै एक अन्तरिम राष्ट्रिय व्यवस्था अत्यावश्यक छ । अग्रगमन र क्रान्तिलाई स्थापित र विकसित गर्ने सदन र सरकारसँग अनिवार्य रुपले जोडिएर आउने मुख्य विषय त झन् नयाँ र अग्रगामी व्यवस्था हो !
अहिलेको संकटको कारण ओली, ओली सरकार, ओली गुट वा उनको पार्टी नेकपा र त्यसको दुईतिहाई बहुमत भएको संसद ...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाँदैछन्। नेकपाको आफ्नो पक्षको सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन्।
प्रतिनिधि सभा विघटनपछि उनी पहिलोपटक काठमाडौंबाहिर जान लागेका हुन्।
ओली सहभागी हुने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्री ओली पार्टी विभाजनपछि आफ्नो पक्षको भेला र कार्यक्रममा सक्रिय छन्।
...काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध घोषित जनप्रदर्शन र विरोधका कार्यक्रमका प्रमुख वक्ता ताेकेकाे छ।
जसपाले देशका विभिन्न सहरमा जनप्रदर्शन तथा विरोधका चरणबद्ध कार्यक्रम घोषणा गरेको छ। जसअन्तर्गत पुस २५ मा विराटनगरमा डा बाबुराम भट्टराई, उपेन्द्र यादव र मृगेन्द्रसिंह यादव, धनगढीमा नवराज सुवेदी, गोविन्द चौधरी र दुर्गा सोव तथा भैरहवामा महन्थ ठाकुर, महेन्द्र राय यादव र सर्वेन्द्रनाथ शुक्लालाई प्रमुख वक्ता तोकिएको छ।
यस्तै, पुस २७ गते वीरगन्जमा उपेन्द्र यादव, लालबाबु राउत, लक्ष्मणलाल कर्ण र सुनील रोहित, नेपालगन्जमा अशोक राई, मोहम्मद इस्तियाक राई, अकवाल ...
काठमाडौं - प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएका ९ डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमकाबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
डिआइजीमा बढुवा भएका गणेश बहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
बढुवा भएका डिआइजीहरुलाई बधाई दिँदै आइजी थापा क्षेत्रीले नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए। उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुका ...
जनकपुर- जयनगरदेखि जनकपुरसम्म संचालन हुन लागेको रेलभाडा तय गरिएको छ। ३५ किलोमिटरमा दूरीका लागि जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३०० रुपैयाँ भाडा तोकिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए।
प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा ५ गुणा बढी भाडा तोकिएको उनको भनाइ छ। महाप्रबन्धक भट्टराईले एक स्टेशनबाट अर्को स्टेशनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्ने बताए। दुई वा दुईभन्दा बढी स्टेसनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनको भनाइ छ। कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र ...
बागलुङ - बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्।
बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, ...
काठमाडौं - नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला गरेको हो ।
सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यसैगरी अमल्दार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र ...
काठमाडौं - सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपानेलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले न्यौपानेलाई उदयपुर सिमेन्टको महाप्रबन्धमा नियुक्त गरेको हो।
उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै सो पद रिक्त थियो। पौडेल २०७५ पुस २४ गते निगमको प्रबन्ध निर्देशक भएका थिए।
त्यसयता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग सचिव चन्द्रकुमार घिमिरेको तेतृत्वमा एक कमिटी गठन गर्दै सो पदमा पदपूर्तिका लागि आवेदन माग गरेको थियो। उक्त कमिटीले महाप्रबन्धक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।
सोही आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई ...
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताको बाँकी काम पुरा गर्नका लागि गठित कार्यदललाई पूर्णता दिइएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले कार्यदललाई पूर्णता दिइएको हो । पार्टी संगठनको एकीकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा आइतबार कार्यदल बनेको थियो ।
कार्यदलमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भिम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले ...
काठमाडौं - संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) निकट अनेरास्ववियुले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मलेन गर्दै अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
घोषणा गरिएका कार्यक्रमहरुमा ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि, लालटिन जुलुस, लाठी जुलुस, प्रधानमन्त्रीको पुत्ला दहनलगायत रहेका छन् ।
त्यस्तै ज्ञापनपत्र बुझाउने, सडक बहस र बयलगाडा प्रदर्शन समेत आन्दोनलका कार्यक्रम तय गरिएको अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।
उनका अनुसार पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गते नै प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र ...
काठमाडौं - संवैधानिक परिषदसम्वन्धी अध्यादेश अस्वीकृत हुनुपर्ने जिकीरसहित नेकपाकै सांसद रामनारायण विडारीले राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश स्वीकार गर्न नमिल्ने भएकाले राष्ट्रिय सभाले अस्वीकार गर्नुपर्ने उनको जिकीर छ।
राष्ट्रिय सभा सदस्य विडारीले आइतबार उक्त अध्यादेश अस्वीकार गर्न प्रस्ताव दर्ता गरेको बताए। प्रस्तावमा विडारीले उक्त अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको र संसदको अधिवेशन छ महिनामा बोलाउनु पर्नेमा त्यसो नगरी अध्यादेश जारी गरी संसद छल्ने काम भएको उल्लेख जिकीर गरेका छन्।
संविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकका उच्चपदस्थ पदाधिकारीहरू ...
काठमाडाैं - गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिकाे चरित्र हत्या हुने गरी अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही गरिने जानकारी दिएका छन्।
अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति दिनेमाथि मन्त्रालयले छानबिन सुरु गरिसकेको बताए।
मन्त्री थापाले भने, 'राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छानबिन भइरहेको छ, कारबाही गर्न निर्देशन दिएको छु।' संघले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडक र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढंगका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारबाही गर्न माग गर्दै ...
काठमाडौं - प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि गर्न सरकारले आज सर्वोच्च अदालतलाई जवाफ पेश गर्ने भएको छ।
सर्वोच्च अदालतले पुस १९ भित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। प्रधानमन्त्री कार्यालयले लेखेको जवाफलाई महान्याधिवक्ता कार्यालयले पेश गर्नेछ।
सरकारलाई विपक्षी बनाई पेश भएका प्रतिनिधिसभा विघटनविरुद्धका रिटको संवैधानिक इजलासमा पुस २२ गते सुनुवाइ हुँदैछ।
...काठमाडौं - प्रतिनिधि सभा विघटनको सिफारिस अनुमोदन गर्ने निर्णयको बचाउ गर्दै राष्ट्रपति कार्यालय शितल निवासले आइतबार सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै छ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको सिफारिस केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन्। संविधानमा बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएपछि ओलीले मन्त्रिपरिषद बैठकमार्फत् सिफारिस गरेका थिए। उक्त सिफारिसमाथि विचार गर्न सक्ने अधिकार राष्ट्रपतिलाई भएपछि त्यसो नगरी भण्डारीले तत्काल जारी गरेकी थिइन् । भण्डारीले अनुमोदन गरेलगत्तै प्रतिनिधि सभा विघटन भएको थियो।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ र ८५ लाई टेकेर अनुमोदन गरेको दावी ...
काठमाडौं - नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीको भलवारीमा तेल लोड अनलोड गर्न अत्याधुनिक प्रविधि जडान गर्ने कार्य सुरु भएको छ । नयाँ प्रविधि जोडिएपछि ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ। प्रादेशिक कार्यालयले जनाएको छ ।
डिपो प्रमुख प्रलयांकर आचार्यले भने - 'यसअघि ८ घण्टामा ३/४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकोमा नयाँ प्रविधि जडानपछि ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ यानेकि डिपोको क्षमता तीन गुणाले बढ्ने छ ।'
पुरानो प्रविधि मार्फत कामगर्दा ...
काठमाडौं - बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।
हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । सहायक संरक्षण अधिकृत रमेश कुमार यादवका अनुसार मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही ...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताएका छन्। विभाजन भइनसकेकाले अझैपनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन्।
शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गौतमले अन्तिम विकल्प रहँदासम्म आफू पार्टीलाई एकताबद्ध बनाउन लागिपर्ने समेत बताएका छन्।
'प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना छ। संगठित रुपमै एकता अभियान अगाडि बढाउनेछ,' नेता गौतमले भने।
उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए। उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ ...
काठमाडौं - सरकारी संयन्त्रमार्फत् नेपाली श्रमिकहरु जापान रोजगारीमा पठाउने गरी नेपाल–जापानबीच श्रम समझदारी भएको पनि २ वर्ष बित्नै लागिसकेको छ। तर कामदार भर्ना प्रकृयाको टुंगो अझै लाग्न सकेको छैन।
समझदारी भएको लामो समयसम्म पनि कामदार भर्ना प्रकृयाकै टुंगो लाग्न नसक्दा काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले समेत नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मुलुक जापान रोजगारी ओझेलमा परेको छ।
अब छुट्टै कार्यविधि बनाएर सरकारले जापानबाट कामदारको माग ल्याउने सन्दर्भमा सरकारी संयन्त्रसँगसँगै तेस्रो संयन्त्रसमेत राख्ने तयारी गरेको छ। सरकारी संयन्त्रमार्फत् जापानबाट कामदारको मागपत्र ल्याउन असहज हुने देखिएसँगै त्यसको विकल्पमा ‘तेस्रो ...
काठमाडौं - सरकारले दक्षिण कोरियासँगको श्रम सम्झौता नवीकरणको तयारी थालेको छ। एक महिनाभित्रमा कोरियासँग श्रम सम्झौता नवीकरण गर्ने गरी तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
नेपाली युवाहरुको निकै आकर्षक श्रम गन्तव्य मुलक दक्षिण कोरियासँग नेपालले सन् २००७ मा रोजगार अनुमति प्रणाली (इम्प्लोइमेन्ट पर्मिट सिस्टम) मार्फत् कामदार लैजाने गरी श्रम सम्झौता गरेको थियो। सो श्रम सम्झौता दुई÷दुई वर्षको अन्तरालमा नवीकरण गरिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सम्झौता नवीकरण गर्न लागिएको मन्त्रालयका सचिव तोयम रायाले जानकारी दिए।
‘कोरियासँगको श्रम सम्झौता नवीकरण हुँदैछ। यसमा हामीले कोरिया भाषा ...
सप्तरी - नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारबाही गरेको छ। विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै प्राधिकरणले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो संख्यामा जफत गरेको छ।
प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ।
कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्राउ गरी कारबाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले ...
आज नेकाले सुरु गरेको राष्ट्रिय मेलमिलाप दिवस ! आजकै दिनमा वीपी कोइरालाले नेपाल, नेपालका राजनीतिक शक्ति, व्यक्ती र संघसंस्था वा नेपाली जनतामध्ये सबै वा कुनैलाई पनि सबल, सुदृढ, सुस्थीर, समृद्ध र सक्षम हुन नदिने वा भएको देख्न नचाहने भारतीय बिस्तारवादी शासकहरुसङ्गको चरम मतभेद र परम असन्तुष्टीका कारण बिरोध र बिद्रोहको परिणामस्वरुप देसभक्त नेपालीहरुको मोर्चा बनाई नेपाल राष्ट्र , राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको संरक्षण र सम्बर्द्धन गर्नु अत्यावश्यक छ भनेर लोकतन्त्रको लडाइ लडिरहेको कांग्रेसले राजा, राजावादी र राजतन्त्रवादीहरुलाई देसभक्त ठानेर आपसमा मेलमिलाप गर्नुपर्छ भनी एकतर्फी ...
काठमाडौं - काठमाडौंको गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा काठमाडौं आयल स्टोर नजिकै राती १० बजेतिर टिपरले ठक्कर दिएपछि दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा धादिङ गल्छीका २७ वर्षीय अभय लामा र चितवनका २५ वर्षीय सुभास गमाल छन्। बा ४ ख २५७७ नम्बरको टिपरले बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको र उनीहरुको घटनास्थलमा नै मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
टिपर र चालक रामचन्द्र थापालाई अहिले प्रहरीले नियन्त्रणमा ...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहले काठमाडौंमा कार्यकर्ता भेला गर्ने भएको छ। शनिबार काठमाडौंका कार्यकर्ताहरूको भेला राखिएको ओली पक्षले जानकारी दिएको छ।
भेला काठमाडौंको प्रज्ञा भवनमा तय गरिएको हो। काठमाडौं जिल्ला कमिटीको भेलालाई प्रधानमन्त्री एवं अध्यक्ष ओलीले समेत सम्बोधन गर्नेछन्। यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं कमिटीले जानकारी दिएको छ।
बुधबार मात्र ओली पक्षले कार्की ब्यांकेटमा सुदूरपश्चिमका नेता-कार्यकर्ताहरूको भेला गरेको थियो। भेलामा लेखराज भट्ट र प्रधानमन्त्री ओलीलगायतले सम्बोधन गरेका थिए।
प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजन भएको ...
मेरो एउटा ब्रिफकेस भरिएको छ प्रचण्डसँग सहमति गरेर। आज सम्झौता गर्यो। भोलि छैन। तपाईं नै सचिवालयमा प्रस्ताव राख्नुस् भनेँ उहाँले राख्नुभयो। गत वर्ष माघ १४ देखि १९सम्म भएको केन्द्रीय समिति बैठकले तीन महिनाभित्र टुङ्गाउने कुरा अढाई वर्षसम्म भएन। खाली सरकार सुस्त भयो। संवैधानिक परिषद्मा नियुक्त गर्ने कुरामा बैठक नै बस्न मान्नुभएन। अध्यादेश फिर्ता लिए बस्छु भन्नुभयो। फेरि फिर्ता लिएँ‚ फेरि ममाथी अविश्वास, राष्ट्रपतिलाई महाअभियोग र अन्य संवैधानिक अङ्गमा महाअभियोग हाल्ने तयारी गर्नुभयो।
यो लोकतन्त्रलाई समाप्त पार्न खोज्नुभयो। खसीको टाउको देखाएर अर्कैकै मासु बेच्न परेको छ। युवाहरुलाई ...
काठमाडौं - संवैधानिक परिषदसम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै पेश भएको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले उक्त दरपीठ गरिदिएको उक्त रिट बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दर्ता गर्न आदेश दिएको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मंसिर ३० गते संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ संशोधन गर्न अध्यादेश जारी गरेकी थिइन् ।
उक्त अध्यादेशले संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न अध्यक्षसहित ३ जना सदस्य भए पुग्ने व्यवस्था गरेको थियो । उक्त अध्यादेशअनुसार मंसिर ३० ...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
स्वास्थ्यमा समस्या आएपछि सीता दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। बुधबार सीतालाई अस्पताल भर्ना गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।
अस्पताल भर्ना गरिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। सीता दाहाल लामो समयदेखि पाकिन्ससलगायत रोगबाट पीडित छिन्।
...काठमाडौं - नेपालले कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई पत्र पठाएको छ ।
खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिए ।
भारतबाट खोप खरिदका लागि आवश्यक पर्ने खर्चसमेत सरकारले जुटाइसकेको छ ।
पहिलो चरणमा २० प्रतिशत खोप खरिद गरेर फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई लगाउने सरकारको तयारी छ ।
भारतबाहेक अन्य मुलुकबाट पनि खोप खरिदको तयारीमा सरकार लागेको छ ।
...काठमाडौं - केपी शर्मा ओली नेतृत्वको नेकपाको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज काठमाडौंमा हुँदै छ ।
आज दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित हुने चर्चा छ ।
यसअघि कार्की ब्यांक्वेटमै दुई दिनसम्म प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो । सो बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।
...काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उनले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त ...
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ।
आज बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकले आन्दोलनका थप कार्यक्रमको निर्णय गर्ने भएको हो। उक्त पक्षले आजै पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन घोषणा गरेको प्रचण्ड–नेपाल पक्षले मंगलबार काठमाडौंमा आमसभा गरेको थियो। सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको प्रदर्शन आन्दोलनको सुरुवातमात्रै भएको बताएका थिए।
...काठमाडौं - चिनी मिलले उखु खरिद गरेको रकम नदिएपछि आन्दोलनका लागि काठमाडौं आएका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको छ। काठमाडौंको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा यादवको निधन भएको हो।
यादव भगत अन्नपूर्ण सुगर मिलले बक्यौता नदिएपछि आन्दोलनका लागि काठमाडौं आएका थिए। मिलले उनलाई २४ लाख ६३ हजार रूपैयाँ तिर्न बाँकी थियो।
उखु किसानलाई चिनी उद्योगीले बक्यौता रकम २१ दिनभित्र दिने समझदारी गरेका थिए। सरकारको रोहवरमा भएको सम्झौताप्रति यादव सन्तुष्ट नरहेका उनीसँगै काठमाडौं आएका किसानले बताएका छन्।
चिनी उद्योगले पैसा नदिएपछि उनले सहकारीबाट समेत ...
एजेन्सी - पछिल्लो केही हप्तामा बेलायतबाट भारत फर्किएका ६ जनामा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ ।
कोरोनाको नयाँ प्रकार बढी संक्रामक भएको र यसका लागि पूरा संसार नै चिन्तामा परेका छन् । कोरोनाको नयाँ प्रकार देखिएपछि थुप्रै देशले आफ्नो सीमा सीलसमेत गर्नुपरेको छ ।
भारतमा हालसम्म ६ जना व्यक्तिमा कोरोनाको नयाँ प्रकार भेटिएको बताइएको छ । उनीहरु सबैलाई भिन्न राखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार एक बयान जारी गर्दै सँगै आएका यात्रीको पहिचान गर्ने कार्य भइरहेको बताएको छ ।
मन्त्रालयले भनेको छ, ...
काठमाडौं - आँगन स्विट्सको मिठाईमा नङ भेटिएपछि त्यसबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुसन्धान थालेको छ । प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)बाट डिआईजीमा बढुवा सिफारिस भएका डा. देवबहादुर बोहराले कमलपोखरी स्थित आँगनको शाखामा मंगलबार मिठाई किनेका थिए ।
डा. बोहराले किनेको मिठाईमा नङ भेटिएको सूचना पाएपछि महानगरीय वृत मालिगाउँका डिएसपी खुमलाल भुषाल कमलपोखरी पुगे । डा. बोहराले आँगनलाई कारवाही गर्न डिएसपी भुषाललाई निर्देशन दिएका थिए ।
तर, अखाद्य वस्तु मिसावटसम्बन्धी मुद्दाको अनुसन्धान प्रहरीको कार्यक्षेत्रमा नपर्ने भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्यसबारे अनुसन्धान थालेको छ ।
‘हामी ...
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षकाे आमसभा भृकुटीमण्डपमा सुरु भएकाे छ। आमसभाअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको जुलुस भृकुटीमण्डप पुगेकाे थियाे।
आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नेछन्।
आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने सो पक्षले जनाएको छ।
...काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज मंगलबार काठमाडौं उपत्यकामा आमसभा गर्दैछ।
आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नेछन्। आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने सो पक्षले जनाएको छ।
सभामा उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेता–कार्यकता सहभागी हुने अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले बताए। उपत्यका विभिन्न स्थानबाट निकालिएको जुलुस दिउँसो १२ बजे भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुने जनाइएको छ।
यी हुन् जुलुस निकालिने स्थान
टेकु र ...
काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन्।
उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन्। चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पूरा गरेपछि मात्रै जान दिइने व्यवस्था गरिएको छ।
सरकारी प्रावधान पूरा गरी चिनियाँ कामदार नेपाल आएका हुन्। उनीहरुले संक्रमणलाई ध्यान दिई पिपिई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दासम्म उच्च सुरक्षा ...
काठमाडौं - नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेट गर्दैछ। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझोउको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजे काठमाडौं आएको थियाे।
हिजो राष्ट्रपति भवन शीतल निवासमा पुगेर नेपालमा रहेको प्रतिनिधि मण्डलले राष्ट्रपति बिध्या देवी भण्डारीसँग साँझ ५ बजेदेखि ६ बजेसम्म भेट गरेको थियो । भेटमा भएको छलफलबारे भने राष्ट्रपतिको कार्यालयले खुलाएको छैन।
नेकपाभित्र विवाद चर्केकाे र ससद विघटन भएकाे अवस्थामा चिनियाँ पक्षकाे उच्चस्तरीय भ्रमण भएकाे हाे।
प्रधानमन्त्री र राष्ट्रपतिपछि दाहाल ...
काठमाडौं - नेपाली कांग्रेसले आज काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ। गत बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेसले आज काठमाडौंसहित देशका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो।
विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रमा सहभागी हुनेछन्। यद्यपि कांग्रेसले केन्द्रीय नेताहरुलाई विरोध प्रदर्शनमा सहभागी हुन निश्चित स्थान तोकेको छैन।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा कोटेश्वरको विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने भने प्रकाशमान सिंह क्षेत्र नम्बर १ को प्रदर्शनमा सहभागी हुनेछन्। सोमबारको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार ...
काठमाडौं - नेपालमा प्रतिनिधिसभा विघटन र सत्तारुढ नेकपामा विभाजनको नजिक पुगेको बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं आएको छ।
एयर चाइनाको जहाजबाट आइतबार दिउँसो साढे १ बजे उक्त टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। विमानस्थल उत्रिँदा चिनियाँ टोलीका सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पिपिई लगाएका थिए।
अर्कोतर्फ नेपालमा रहँदा उनीहरुलाई सुरक्षा दिन भनेर प्रहरी प्रधान कार्यालयकै निर्देशनमा प्रहरीको एक टोली नै परिचालन गरेको थियो। सोहीअनुसार नेपाल प्रहरीको एक टोली विमानस्थलसम्म पुगेको थियो।
तर चिनियाँ टोलीले भने नेपाल प्रहरीको सुरक्षा नलिई विमानस्थलबाट ...
काठमाडौं - संखुवासभामा गोली चलेको छ । चैनपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले बताए । चैनपुर–४ मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
डिएसपी मल्लकाअनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् । प्रहरीले करिब २० राउण्ड फायर गरेको छ । ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए ।
आईतबार सोही ठाउँमा गोली हानाहान भएको हो । ०७६ असार १६ ...
काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ। नेकपा अध्यक्ष केपी शर्मा ओली निकटकमा मुख्यमन्त्री राईविरुद्ध नेकपाकै अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको हो।
प्रचण्ड-नेपाल पक्षका नेतासमेत रहेका र मुख्यमन्त्री राईबाट बर्खास्तीमा परेका इन्द्र आङ्बोले आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिने जानकारी दिए। 'शनिबार मलाई आर्थिक मामिला मन्त्रीबाट मुख्यमन्त्रीले हटाउनु भएको छ। अब आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन्छ,' आङ्बोले भने।आफूविरुद्ध अविश्वासकाे प्रस्ताव ल्याउन हस्ताक्षर अभियान चलाएको भन्दै आङवाेलाई मुख्यमन्त्री राईले मन्त्रीबाट ...
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टीले मध्यान्ह १२ बजे प्रदर्शन गर्न लागेको हो।
विरोध प्रदर्शनअन्तर्गत रत्नपार्क शान्ति वाटिकाबाट सुरु हुने जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा पुगी सभामा परिणत हुनेछ । सभालाई नेताहरु डा बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राईले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ।
प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै नेकपाको प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दल, विद्यार्थी संगठन तथा युवा संगठनहरुले आन्दोलन सुरु गरेका ...
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज आइतबार ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ।
उक्त पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्नेछ। यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन्।
शनिबार बसेको उक्त पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिब्रता दिने निर्णय ...
काठमाडौँ - शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल थप तथा हेरफेर गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपतिको कार्यालयमा सपथ खुवाइयो । सो सपथग्रहण समारोहमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि पुगेका थिए ।
नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएको समारोहमा प्रधानमन्त्रीको ओलीको दायाँतर्फ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना उभिएका थिए भने बायाँतर्फ विघटन गरिएको प्रतिनिधि सभाका सभामुख ।
सपथ ग्रहण समारोहको सो तस्वीर बाहिरिएपछि संसद भंग गरिएपछि पनि अग्नि सापकोटा कसरी शीतल निवास पुगे भनेर धेरैलाई आश्र्चर्य लागेको छ ।
संविधानको धारा ९१ मा सभामुख र उपसभामुख सम्बन्धी ...
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन्।
आज ट्वीट गर्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यही नियति भोग्नु नपरोस् भनेका हुन्।
उनले भनेका छन्, ‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु। तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवावरप्रभावमा त्यसवेला विना सनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। ...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि यसको असर प्रदेश सरकारमा पनि देखा पर्न थालेको छ । सोही असरस्वरूप बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्द अविश्वास प्रस्ताव दर्ता भएपछि नयाँ सरकारका लागि निर्णायक कांग्रेस बनेको छ।
११० सदस्यीय प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता को पक्षमा ४६ जना छन्। नयाँ सरकार गठनका लागि ५६ मत आवश्यक पर्दछ। प्रधानमन्त्री केपी शर्मा ओली तथा मुख्यमन्त्री पौडेलका पक्षका प्रदेश सांसद ३४ जना छन्।
दुवै पक्षका लागि ...
अहिले देसमा संसद विघटन र पुनर्स्थापन अनि पार्टी विभाजन र पुनर्गठनका दुई भिन्न रुप तर सार समान बोकेका दुई व्यक्ती, शक्ति र प्रवृत्ती बीच अत्यन्त तीखो र तीतो संघर्ष जारी छ । यस्ले गर्दा नेपाललाई यो समय संक्रमण काल मात्र नभै संकटकाल समेत भएको छ र अझ यो संकटकालको पनि संकटकाल अर्थात् महासंकटकाल हुने देखिंदै छ !
यो एक निकै नै गम्भीर, खतरनाक र भयावह प्रसवपीडाको काल जस्तै हो ! जसरी प्रसवपीडाकालमा intensive care र cure पुगे विशाल बाल जन्मिने र जोगिने सम्भावना हुन्छ अन्यथा आमा ...
काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार १४२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ८ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ।
पछिल्लो २४ घण्टामा ८९२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै ...
काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित गरेको छ। अब पुस १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई जानकारी दिए।
गत मंगलबारदेखि केन्द्रीय कार्यसमिति बैठक आजसम्म चलेको थियो। कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ। पुस १६ गते मेलमिलाप दिवसमा जिल्ला कार्यसमितिहरूले कार्यक्रम गर्ने पनि कांग्रेसको तयारी छ।
गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेका थिए।
उक्त कदम असंवैधानिक भन्दै कांग्रेसले आन्दोलन गर्न लागेको छ। आन्दोलनका लागि अहिले केन्द्रीय समिति स्थगित गरिएको कांग्रेसले ...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
विस्तारित मन्त्रिपरिषदमा श्रममन्त्रीको जिम्मेवारी प्रभु साहलाई दिइएको छ। यस्तै पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिने तयारी गरिएको छ।
यस्तै टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तय भएको मणि थापाले जानकारी दिए। तर मन्त्रालयको जिम्मेवारी हेरफेर हुन सक्ने उनको भनाइ छ।
'प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। साँझ साढे ६ बजे सपथका लागि तयारी गर्न खबर आएको छ,' थापाले भने।
मन्त्री हुने सबै पूर्वमाओवादी हुन्।
यसैबीच प्रधानमन्त्री ओली साँझ ...
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासले पुस २२ गतेदेखि निरन्तर सुनुवाइ गर्ने भएको छ। शुक्रबार संवैधानिक इजलासले ५ बुँदामा आदेश जारी गर्दै निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको हो।
सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ मागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयसँग कारण पेस गर्न भनेको हो।
आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरिदिएपछि सर्वोच्चमा दायर भएका १२ निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण पेस गर्न भनेको हो।
राणासहितको संवेधानिक इजलासले यो मुद्दालाई अग्राधिकारमा राख्दै सर्वोच्चले चाँडो टुंग्याउनसमेत ...
जनकपुर - जनकपुरधामस्थित एक डिपार्टमेन्ट स्टोर र एउटा रेष्टुँरामा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ।
जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्ट स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भएको भीषण आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो । धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विद्युत तार सट भएर लागेको आगलागीबाट झण्डै दुई करोड ५० रुपैयाँको क्षति भएको हो । जनकपुरधाम उप–महानगरपालिका कर्यालयबाट १०० दूरीमा आगलागी भए पनि उप–महानगरले वारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुले आरोप लगाएका छन् ।
धनुषा तथा महोत्तरीबाट आएका छ वटा वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको ...
चितवन–नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ। कोरोना संक्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो।
सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ। एउटा पुल अन्तिम चरणमा पुगेको छ। बाँकी १५ पुलका लागि गएको चैतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सनले ठेक्का स्वीकार गरेको छ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर सविना रानाभाटका अनुसार ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ। प्याकेज–१ मा मुग्लिनबाट यताका ...
काठमाडौं - २०७२ सालको भूकम्पबाट पूर्णरुपमा क्षति भएको धरहराको २०औं तलाको निर्माणको काम सम्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २०औं तलाको निर्माणको काम सम्पन्न भएको बताएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशिल ज्ञवालीले २०औं तलामा बारदली बनाउने काम भइराखेको बताए। त्यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउने उनको भनाइ थियो।
धरहरामा कुल २३ तला रहने पनि ज्ञवालीले बताएका थिए। यस्तै धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङस्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको सिइओ ज्ञवालीले उल्लेख गरे। त्यसबाहेक टक्सार ...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको प्रतिनिधि सभाको विघटनप्रति भारतले औपचारिक प्रतिक्रिया जनाएकाे छ। भारतले त्यसलाई नेपालको आन्तरिक मामिला भनेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार यस्ताे प्रतिक्रिया जनाएका हुन्।
यसअघि कतिपय भारतीय विश्लेषकहरूले प्रतिनिधि सभा विघटनले नेपालमा 'एउटा बलियो वामपन्थी दललाई शक्तिमा रहेको देख्न चाहेको चीनलाई नोक्सान भएको भन्ने प्रतिक्रिया दिएका थिए।
तर दिल्लीले नेपालमा भएको जननिर्वाचित संस्थाको विघटनबारे कुनै प्रतिक्रिया भने जनाएको थिएन।
भारतीय विदेश मन्त्रालयद्वारा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता श्रीवास्तवले भने, ‘यी विषय नेपालले आफ्नै लोकतान्त्रिक प्रक्रियाबाट ...
काठमाडौं - संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ।
आज बस्ने केन्द्रीय कमिटीको बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ। बिहीबार घोषणा गरिने विरोधका कार्यक्रम छोटो रुपको हुने बताइएको छ। संसद विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने प्रचण्ड–नेपाल पक्ष नेकपाको तयारी छ।
गत मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भनिए पनि गृहकार्य नपुगेकाले बिहीबारका लागि सारिएको थियो।
मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले बुधबार आन्दोलनको प्रारुप तयार गरि बिहीबार बैठकमा पेश गरिने बताएका थिए।
...काठमाडौं - चिनिया राजदूत होऊ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन्। दुईबीच बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा भेट भएको हो। उनीहरुबीच बिहान ९ बजेदेखि करिब आधा घण्टा कुराकानी भएको बताइएको छ।
उनीहरुबीच भएको कुराकानीको विस्तृत विवरण प्राप्त हुन सकेको छैन। नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले दुई पक्षीय चासोका विषयमा छलफल भएको उल्लेख गरेका छन्।
नेकपामा विवाद हुँदा यान्छी भेटघाटमा सक्रिय हुने गरेकी थिइन्। तर यसपटक उनको सक्रियता कम देखिएको थियो।
नेकपा भने अनौपचारिक रुपमा विभाजन भइसकेको छ।
यस्तो छ, प्रचण्ड-यान्छीको पछिल्ला भेट शृंखला
वैशाख १९, २०७७: खुमलटारमा ...
काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जनवरी १ देखि जापानको नारितामा सातामा २ उडान गर्ने भएको छ।
कोरोनाका कारण चैतदेखि बन्द भएको नारिता उडान सरकारले अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णयसँगै सुरु भएको थियो। उडान सुरु भएसँगै पहिलो चरण जापानको नारितामा अहिलेसम्म सातामा एउटामात्रै उडान गर्दै आएको थियो। तर, जनवरीदेखि २ वटा उडान गर्ने भएको छ।
नेपाल एयरलाइन्समा महाप्रबन्धक डिमप्रकाश पौडलले जनवरीदेखि सातामा २ उडान गर्ने र फेब्रुअरीदेखि ३ वटा उडान गर्ने जानकारी दिए।
नेपाल एयरलाइन्सले जनवरीदेखि बुधबार र शुक्रबार २ वटा उडान गर्ने तालिका ...
काठमाडौं - बादलनिकट ३८ केन्द्रीय सदस्यमध्ये ३७ जना प्रचण्ड कित्तामा उभिएका छन् । बादल एक्लै ओलीतिर गएका छन्। ओलीले दोस्रो वरियता दिने भएपछि बादलले प्रचण्डलाई छाडेका हुन्। प्रचण्ड– नेपाल कित्तामा छैटौं पोजिसन हुने भएपछि बादल दोस्रो पोजिसनका लागि ओली कित्तामा उभिने भएका हुन।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा‘बादल’का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी‘पथिक’ पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कित्तामा उभिएका छन्। बादल अर्का अध्यक्ष केपी ओलीतिर गए पनि उनका राजनीतिक सल्लाहकार भने प्रचण्डतिर गएका हुन्।
‘पथिक कमरेड प्रचण्ड–नेपाल पक्षले बोलाएको केन्द्रीय ...
काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। आज सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताहरूको भेला बोलाएका हुन्।
भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने जनाइएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ।
...काठमाडौं- आइतबार नेपाली राजनीतिमा अनपेक्षित घटनाक्रम विकास भए। लामो समयदेखि चलिरहेको नेकपाको आन्तरिक विवाद संघीय संसद्सम्म पुग्यो। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्यो भने पार्टी स्थायी कमिटीको बैठकबाट अनुशासनको कारबाही गर्ने निर्णय। यी घटना एकाएक विकास भएका हुन्।
नेताहरुबीच कस्तो परिस्थितिमा के कदम चाल्ने अनौपचारिक छलफल भएपनि आइतबार नै कार्यान्वयन गर्नुपर्ला भन्नेमा निश्चिन्त थिएनन्। त्यसैले तल्लो तहमा आइतबारका घटनाक्रमको सुइँको थिएन।
आकस्मिक रुपमा आइतबार बिहान मन्त्रिपरिषद् बैठक बोलाइयो। ...
काठमाडौँ- नेकपा स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद् विघटनको निर्णय प्रधानमन्त्री केपी ओलीको बाध्यतात्मक कदम भएको टिप्पणी गरेका छन्। उनले ताजा जनादेशमा जानुपर्ने भन्दै प्रधानमन्त्रीले उक्त निर्णय लिएको समेत उल्लेख गरेका हुन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले दलबाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको बाध्यामक कदमको रुपमा ताजा जनादेशमा जाने निर्णय भएको बताएका हुन्।
‘पार्टी एकताको मर्म विपरीतको समीकरण,पार्टी विधानको व्यवस्था विपरीत पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगीन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको ...
काठमाडौं– संसद विघटनविरुद्ध तीन दलले संयुक्त धारणा तय गरी प्रतिवाद गर्ने भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा), कांग्रेस र जनता समाजवादीको आइतबार बसेको बैठकले सरकारको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको हो। ‘संसद विघटन गर्ने घटनाले मुलुकलाई गम्भीर संकटतिर धकेलेको छ।’ बैठकमा सहभागी कांग्रेस नेता रिजालले भने, ‘सशक्त रुपमा प्रतिवाद गर्न साझा धारणा बनाउने निर्णय भएको छ।’
बैठकमा सत्तारूढ दल नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी थिए।
कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, डा मिनेन्द्र रिजाल र बालकृष्ण खाँण सहभागी थिए। जनता ...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रवेश गर्ने व्यक्ति अनिवार्य रुपमा कम्तिमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सार्वजनिक गरेको छ ।
नेपाल प्रवेश गरेको वा संक्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तिमा १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम इन्सिडेन्ट कमाण्ड सिष्टमको बैठकले निर्णय गरेको हो ।
यस्तै, संक्रमण पुष्टि भए पछि संक्रमितलाई कम्तिमा १० दिन अनिवार्य आइसोलेसनमा बस्ने व्यवस्था गर्ने गराउने निर्णय भएको हुँदा सो अनुसार गर्न गराउन सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
...काठमाडौं- प्रशिक्षक तथा पूर्व कप्तान विनोद दास नेपाली क्रिकेटको म्यानेजरमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार क्रिकेट म्यानेजरमा विनोद दासलाई नियुक्त गरेको हो।
विनोद दास यसअघि महिला क्रिकेट टिमका तथा यु-१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक थिए। भदौमा क्यानले क्रिकेट म्यानेजरका लागि ५५ वर्ष ननाघेको नेपाली नागरिक जसले लेभल टु कोर्ष गरेको तथा व्यवस्थापनमा स्नातकोत्तर पास गरेको हुनु पर्ने भनी दरखास्त आह्वान गरेको थियो।
त्यस्तै, क्यानले महाप्रबन्धकमा रौनकबहादुर मल्ललाई नियुक्त गरेको छ। मुख्य वित्त प्रबन्धकमा भने क्यानले रमेशकुमार न्यौपानेलाई नियुक्त गरेको हो।
क्यानले आउँदो पुष १७ ...
काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ। गत २४ घण्टामा ७ सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा १५, ताप्लेजुङमा २, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा ३४, संखुवासभामा १ र सुनसरीमा ११ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा २, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सिरहामा १ र सर्लाहीमा १ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ७३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ...
काठमाडौँ- संवैधानिक परिषद् बैठकको कार्यविधिसम्बन्धी अध्यादेश फिर्ता गर्न सिफारिस गर्ने विषययमा बिहीबारको मन्त्रिपरिषद्मा छलफल नभएको एक मन्त्रीले बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यदेश फिर्ता गर्न सिफारिस गर्ने विषयमा छलफल नभएको ती मन्त्रीले बताएका हुन्।
‘मन्त्रालयहरूका सामान्य विषयमा निर्णय भएका छन्। तर, हिजो बसेको स्थायी कमिटीले सरकारले अध्यादेश फिर्ता गर्न सिफारिस गर्ने विषयमा आजको मन्त्रिपरिषद्मा छलफल भएन,' ती मन्त्रीले भने।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७' जारी गरेकी थिइन्।
अध्यादेश फिर्ता गर्नुपर्ने भन्दै ...
काठमाडौं- राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा देशभर प्रदर्शन गर्ने भएकाे छ। बिहीबार बसेकाे बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेकाे हाे।
भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवं उदासीनताको विरुद्धमा तथा सनातन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरिएकाे विज्ञप्तिमा उल्लेख छ।
२०७७ पौष १२ गते सम्पूर्ण ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि तय गरेकाे छ।
पौष १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा ...
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारबाट जनता दिक्क भएको बताएका छन् । उनले सरकारका गलत कार्यशैलीका कारण काँग्रेस आन्दोलनमा होमिनुपरेको बताए । उनले लोकतन्त्रको रक्षाका निम्ती काँग्रेसले देशभर प्रदर्शन गरेको पनि बताए । सोमबार मकवानपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अहिले कम्युनिस्ट सरकार र त्यसका प्रधानमन्त्री केपी ओलीको रवैयाका कारण सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागेको समेत बताए ।
‘अहिले राजा आउ देश बचाउ भन्दै सडकमा हिँडेको देखिन्छ । यो किन भयो ? यो पनि कम्युनिस्ट सरकार र ओलीकै कारण ...
काठमाडौँ - नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ भने विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।
कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो भने यसअघि नै विभिन्न ...
काठमाडौँ - नेपाल रेडक्रस सोसाइटीले पूर्वअध्यक्ष संजीव थापाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा मुद्दा दर्ता गरेको छ । चिनियाँ रेडक्रसको सहयोगमा भक्तपुरको दुधपाटीमा केन्द्रीय गोदाम घर निर्माण गर्न खरिद गरिएको ५ रोपनी १३ आना ३ पैसा (९३ आना ३ पैसा) जग्गामा ठूलो आर्थिक हिनामिना भएको छानविनको निष्कर्षपछि थापाविरुद्ध सिआइबीमा मुद्दा दायर भएको हो । थापासँगै जग्गा दलालीमा संलग्न भक्तपुर नगरपालिका वडा नम्बर ४ निवासी राजेश देशेमरु विरुद्ध समेत मुद्दा दर्ता गरेको छ ।
थापा नेतृत्वको कार्यसमिति भ्रष्टाचारमा संलग्न भएको देखिएपछि गत साउन १२ गते ...
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ ।
सरकार भ्रष्ट्राचार, कूशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । काँग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिबाटिकामा सम्बोधन गर्दै छन् ।
उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. ...
काठमाडौं - सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई चार दिनभित्र खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो ।
मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा बमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो।
मन्त्रालयले सरकारी शिक्षण संस्थामा चिकित्सक छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा ६ (१) को प्रावधानअनुसार मन्त्रालयसमक्ष कबुलियतनामा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महाबौद्ध काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) ...
काठमाडौं - लोकसेवा आयोगले ३६० शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ। आयोगले निजामति सेवातर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका खुला तथा समावेशी पदहरुमा पदपूर्तिका लागि सूचना निकालेको हो।
तोकिएको न्युनतम योग्यत पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको हो।
आयोगले न्याय, प्रशासन,परराष्ट्र, लेखापरीक्षण सेवामा शाखा अधिकृत माग गरेको हो।
...काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्न आग्रह गरेका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (९ डिसेम्बर) का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न’ भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको बताएका छन्।
उनले सन्देशमा भनेका छन्, ‘तर हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो। भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुँदैन । भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भर्त्सना गर्नु जरुरी हुन्छ।’
प्रधानमन्त्री ओलीले सेवाप्रवाहमा हुनसक्ने भ्रष्टाचारजन्य क्रियाकलाप ...
काठमाडौं - यस वर्षको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४६औँ दीक्षान्त समारोहमा करिब २ सय जना मात्र सहभागी हुन पाउने भएका छन्। पुस ६ गते हुने समारोहमा पदक विजेताका साथै दर्शनाचार्य र विद्यावारिधि उपाधि प्राप्त गर्ने र अन्य अतिथिसहित करिब २ सय जनाको मात्र सहभागिता हुने गरी दीक्षान्त समारोह गर्न लागिएको समारोह समितिका सदस्यसचिव डा घनश्याम ठाकुरले जानकारी दिए। कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कम विद्यार्थीको सहभागितामा समारोह गर्न लागिएको हो। गत वर्ष करिब १० हजार विद्यार्थी समारोहमा सहभागी भएका थिए।
डा ठाकुरका अनुसार समारोहमा यस वर्ष ...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेका छन् । देशभर राजावादीको आन्दोलन चकिएसँगै यसबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएका ओलीले यस्तो आह्वान गरेका हुन् ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट पारे ।
बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका ...
काठमाडौं - मोरङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले शिक्षकको गोली हानी हत्या गरेका हुन्।
मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको विप्लव समूहका कार्यकर्ताले गोली हानी हत्या गरेको प्रदेश–१ का डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिए।
श्रेष्ठकाे मंगलबार बिहान हत्या भएको हो। हत्याको कारण भने खुलिसकेको छैन। हत्या गरिएका शिक्षक सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। अहिले घटनास्थलतर्फ प्रहरी गइसकेको छ।
...काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन्। बैठक बिहान ११ बजे बालुवाटारमा बोलाइएको हो।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। स्रोतका अनुसार केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा बैठकमा छलफल हुनेछ।
कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।
...काठमाडौं - सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मंसिर २३ गते सार्वजनिक गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् ।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ ...
दार्चुला - दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका १ भर्तोलामा ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
शैलेशिखर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको ट्रक दुर्घटना हुँदा बैतडीका २४ वर्षीय शेरबहादुर कार्की र बैतडीको दोगडाकेदार–६ का २४ धनसिङ भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता पुष्कर सिंह ऐरिले बताए । अर्का एक जनाको सनाखत हुन सकेको छैन ।
ट्रक सडकबाट करिब १ सय मिटर ...
काठमाडौं - सरकारले परिवर्तनशील र तरल क्षेत्रीय परिवेशमा राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन परराष्ट्र नीतिको एक चुनौती रहेको बताएको छ ।
आइतबार सार्वजनिक गरिएको नीतिमा परराष्ट्र नीति सञ्चालनमा देखापर्न सक्ने विभिन्न चुनौतीहरुलाई सूत्रवद्ध गरिएको छ ।
सार्वजनिकरुपमा नै उपलब्ध हुने गरी एकीकृत रुपमा परराष्ट्र नीति तयार पारिएको यो पहिलो पटक हो । नयाँ नीतिमा क्षेत्रीय एवं विश्व शक्तिराष्ट्रहरुको सामरिक प्रतिस्पर्धाबाट नेपालको सार्वभौमिकता र राष्ट्रिय हितमा नकारात्मक प्रभाव पर्न नदिने कार्यलाई अर्काे चुनौतीका रुपमा लिइएको छ ।
विशेषतः अहिले शक्ति राष्ट्रहरु अमेरिका र चीनका बीचमा तीब्र प्रतिस्पर्धा छ ...
काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर १०९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १७ जनालृ ज्यान गुमाएका छन् भने १७५२ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ भने निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।यस्तै मृतकको संख्या १५९४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ जना रहेका छन् भने निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा ६ ...
काठमाडौं - नेकपा स्थायी कमिटीको बैठकले अर्को बैठक मंसिर २८ गते र केन्द्रीय समितिको बैठक पुस ५ गते बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिबिनै नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
अध्यक्ष ओली भने आइतबारको बैठकमा उपस्थित भएनन्। स्वास्थ्यका कारणले उपस्थित नभएको बताएपनि बैठकप्रति ओली सकारात्मक थिएनन्। अध्यक्ष ओलीको चाहना नभएपनि सचिवालयका अधिकांश सदस्यका कारण स्थायी कमिटी बैठक पूर्वानिर्धारित मितिमै बोलाइएको हो।
प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको सचिवालयको बैठकमै बताएका थिए।
...काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफू बैठकमा उपस्थित नभए पनि कमिटीलाई सम्बोधन गर्दै पठाएका छन्। उनको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा वाचन गरेर सुनाएका थिए।
'ओलीले आफ्नो पूर्वमान्यता अर्थात् अध्यक्ष प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसकारणले आफू बैठकमा नआएको उल्लेख गर्नुभएको छ', प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
ओलीले आइतबार स्थायी समितिलाई पठाएको पत्रमा प्रचण्डलगायतका आफूइतरका नेताहरुलाई संकेत गर्दै भनेका छन्, ‘एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले सहमतिलाई जोड दिँए । तर मलाई ...
रुपन्देही - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन्।
शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भने, ‘तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु। आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ।’
उनले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गरे। उनले भने, ‘विगतमा ‘ब्याक’ भएको आयोजना सम्पन्न हुँदैछ।’
उनले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका ...
डोटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भीरमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका बालकलाई गाउँपालिका उपाध्यक्ष भगवती बमले उपचारका लागि ल्याउँदै गर्दा उनकै काखमा मृत्यु भएको बताइएको छ।
दुर्घटनामा घाइते हुनेको संख्या चार रहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको टाउको र ...
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज तय गरिएको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी ओलीनिकटका नेताहरु सहभागी हुने भएका छन्। बैठकमा ओलीको उपस्थिति अनिश्चित भए पनि उनीनिकटका नेताहरुले भने सहभागी हुने बताएका हुन्।
‘बैठकमा जाने सूचना आइसकेको छ, जानु पर्ला,’ ओलीनिकट एक नेताले भने।
पार्टी कार्यालय श्रीराम ढकालले पनि बैठक १ बजे धुम्बाराहीमा बस्न सबै तयारी गरिसकिएको र सबैलाई खबर गरिसकिएको बताए।
तर अघिल्लो सचिवालय बैठक धुम्बाराहीमा गर्न नमिल्ने भनिएकोमा स्थायी कमिटी बैठक त्यही बस्न लागिएकोमा भने ओलीनिकट ती नेताले आश्चर्य व्यक्त गरेका छन्। ‘ओली कामरेड उपस्थिति ...
काठमाडौँ - बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो ।
महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान ग¥यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए ।
त्यस्तै यती एयरलाइन्सले एक एटिआर–७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान ...
काठमाडौँ - पछिल्लो समय रुपन्देहीमा गोरु तस्कर गर्ने समूह सक्रिय बनेको छ । तस्करहरुले दिनरात नभनी ट्रकमा गोरु लोड गरेर पश्चिम तर्फबाट पूर्वतर्फ गोरुहरु लैजाने गरेका छन् ।
शनिबार बिहान रुपन्देही बुटवल उपमहानगरपालिका–६ अस्पताल लाइनस्थित पूर्वपश्चिम राजमार्गमा गोरु लोड गरी पश्चिम तर्फबाट पूर्वतर्फ लैजाँदै गर्दा प्रहरीले गोरुसहित ५ जना तस्करलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
‘तस्करहरुले ६ वटा ट्रकमा १२१ वटा गोरु लोड गरेर लैजाँदै थियो,’ रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले भने, ‘तस्करहरुले निर्धक्क रूपमा गोरु तस्करी गर्दै ...
बागलुङ - सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ ।
तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारी साधनलाई कारवाही गरिने समितिले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ ।
समितिले सडकको अवस्था, यातायात व्यवसायीको लगानी र समस्या, उपभोक्ताको क्रमशक्ति आदिलाई मध्यनजर गरी साविककै भाडादर कायम गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवं यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारिसिङ्ग थापामगरले जानकारी दिए ।
‘सवारीसाधनमा भाडादर टाँस्नुपर्ने ...
नयाँदिल्ली - भारतमा आन्दोलनरत किसानहरुले आफ्नो मागबाट पछि नहट्ने बताएका छन्। आज सरकारसँग तय गरिएको पाँचौं बैठकअघि किसानहरुले आफ्नो अडान जारी रहेको बताएका हुन्।
उनीहरुले सरकारले जारी गरेको तीन वटै कानुन रद्ध गर्नुपर्ने बताइरहेका छन्। कीर्ति किसान युनियनका राज्य उपाध्यक्ष राजिन्दर सिंहले तीनवटै कानुन पूर्ण रुपले रद्ध हुनुपर्ने आफूहरुको माग रहेको र यसभन्दा तल ओर्लिएर वार्ता नगर्ने बताए।
पञ्जाब र हरियाणा किसान युनियनहरुले सरकारी कानुनको विरोधमा गत २६ देखि २७ नोभेम्बरमा ‘दिल्ली चलो’ आन्दोलनको आव्हान गरेका थिए।
किसानहरुले आफ्ना माग पूरा गर्न दबाब दिने उद्देश्यले ८ डिसेम्बरमा भारत ...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्ययोजना पारित गरेको छ।
विभिन्न देशले बनाएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी हुँदै गएको र प्रयोगमा आउने देखिएपछि मन्त्रालयले नेपालमा पनि खोप भित्र्याउन, भण्डारण गर्ने, प्रयोगमा ल्याउन तथा उचित व्यवस्थापनका लागि द्रुत कार्ययोजना पारित गरेको हो।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त योजना पारित गरेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए। उनका अनुसार उक्त द्रुत कार्ययोजना अनुसार कोरोना भाइरसविरुद्धको भ्याक्सिनको व्यवस्थापनका लागि विभिन्न आठवटा क्षेत्र पहिचान गरी समिति गठन गरिएको छ।
मन्त्रालयले खोप व्यवस्थापनका लागि छुट्टै ...
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पनि सहभागी भएका छन्।
बैठक बस्नुअघि २ अध्यक्षले बालुवाटारमा भेटेर एक्लाएक्लै छलफल गरेका थिए। ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कात्तिक २५ यता भएको यो पहिलो ‘वान टु वान’ भेट हो।
बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित नभएपछि बैठक आज शनिबारका लागि तय भएको थियो। पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित ...
काठमाडौं- नेपालमा एकै दिन १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ९ जना संक्रमितको मृत्यु भएको थियो।
एकै दिन १ हजार ३ सय ४३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ।
गत २४ घण्टामा ९ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ६३ हजार ९ सय १९ पुगेको छ। हाल ...
काठमाडौं- संघीय सरकारले आफ्नो अधिकार क्षेत्र मिचेको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्काे रिट दायर गरेको छ। यसअघि पनि पटकपटक संघीय सरकारविरुद्ध सर्वोच्च पुगेको प्रदेश २ पुनः एक पटक रिट दायर गरेको हो।
बिहीबार प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्रप्रसाद सोनलले संघीय सरकारका विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। मन्त्री सोनलले ‘समृद्ध तराई-मधेश सिंचाई विशेष कार्यक्रम’लाई प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने भएपनि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको विभागले ठेक्का प्रक्रिया अघि बढाएको जिकिर गरेका छन्।
प्रदेश २ मा सञ्चालन हुने केही आयोजनाका लागि ...
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२८७ पीसीआर परीक्षणमा १३४३ जना संक्रमित भेटिएका हुन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १७ लाख ६३ हजार ९१९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ...
सउल - कोरोना महामारीका कारण रोकिएको कोरिया जाने प्रक्रिया तत्काल सुरु हुने भएको छ। त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको अवधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ।
कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो।
बुधबार प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा इपिएसअन्तर्गत प्रवासी श्रमिकको प्रवेश तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गर्नेबारेमा ...
काठमाडौं - समुदायस्तरमा एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएकामध्ये ८ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ।
सरकारले काठमाडौं उपत्यकामा कोरोना हटस्पट मानिएका क्षेत्रका समुदायमा कोराना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिजेन विधिबाट परीक्षण गरेको थियो। दुई दिनमा १ हजार ५ सय ५ जनाको स्वाब सकलन गरी एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।
सोमबार ७ सय २० जनाको परीक्षण गरिएकामा ४३ जना र बुधबार ७ सय ८५ जनाको परीक्षण गर्दा ७२ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
...उदयपुर - जिल्ला अदालत उदयपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ।
बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए।
यस्तै सोही किशोरसँगै सामूहिकरुपमा चार वर्षीया बालिका बलात्कार गर्ने अर्का ११ वर्षीय बालकलाई अदालतले अनुसन्धानसम्मको जेल सजायपछि बाँकी सजाय स्थगन गरेर सजाय मुक्त गरेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ...
सिमकोट - हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ ।
आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत् आगलागी भएको हुनसक्ने आशंका गरिएको छ। कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागिरहेको छ। आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिक लागि परेका छन् ।
आगो बिहान ६ बज्दासम्म नियन्त्रणमा आउन सकेको छैन। सर्वसाधारण ...
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले लिएको नियन्त्रण विरुद्ध नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ।
संघका कार्यकर्ताले बुधबार साँझ माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। आकस्मिक रुपमा गरिएको विरोध प्रदर्शनमा संघका कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका छन्।
गृहजिल्ला पुगेका पौडेलले व्यास नगरपालिकामा बनेको पुल उदघाटन गर्ने कार्यक्रम तय भएपछि नेकपा कार्यकर्ताले अवरोध गरेका थिए। प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको थियो।
दुई पक्षको झडपको स्थिति आउने सम्भावना देखिएपछि प्रशासनले पुल आसपासको क्षेत्रमा निषधाज्ञा जारी गरेको थियो। पौडेललाई तीन घण्टापछि प्रहरीले रिहा गरेको छ। पौडेललाई प्रहरी प्रशासनले ...
काठमाडौं - त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि अन्तर्गतका क्याम्पसमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
स्थानीय निकायले तोकेको स्वास्थ्य मापदण्ड अवलम्बन गरि कक्षा सञ्चालन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिइएको छ। भौतिक उपस्थिति मार्फत कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधि अपनाउन सुझाइएको छ।
कोभिड-१९ संक्रमण बढेपछि लकडाउन सुरु भएसँगै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा कक्षा रोकिएको थियो। प्रत्यक्ष उपस्थित भएर कक्षा सञ्चालन हुन नसकेपछि पछिल्लो समय अनलाईन कक्षा हुँदै आएको थियो।
...काठमाडौं - नेपालमा एकैदिन २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमवार २९ जना संक्रमितको मृत्यु भएको थियो।
एकैदिन १ हजार ३ सय ४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ। गत २४ घण्टामा ८ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ।
योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ४६ हजार ३ सय ३० पुगेको छ। हाल ६ सय ...
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ।
आज देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ। उनलाई शुभकामना दिएर मंगलबारको बैठक सुरु गरिएको हो।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत अन्य नेताहरुले महासचिव पौडेललाई केक खुवाएर बधाई तथा स्वस्थ जीवनकाे शुभकामना व्यक्त गरेका हुन्।
उपाध्यक्ष वामदेव गाैतमले '१०० बर्ष बाँच्नुहाेस् र राम्राे काम गरेर जानुहाेला' भन्दै शब्दमा शुभकामना दिएका छन्।
पौडेल ६२ वर्षमा प्रवेश गरेका छन्।
आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।
...काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले 'टिकटक' मा अकाउन्ट खोलेका छन्। उनको अकाउन्ट 'भेरिफाइड' समेत भइसकेको छ।
टिकटकमा उनले केही दिनअघिको एउटा भाषणको अंश राखेका छन्। केहीबेर अघिसम्म त्यसलाई १ सय ३५ जनाले सेयर गरेका छन्। त्यस्तै, जना १ सय ८३ जनाले कमेन्ट र ८ हजारभन्दा बढीले लाइक गरेका छन्।
...काठमाडौं - चीनले छिट्टै १५ करोड चिनियाँ आरएमबी (दुई अर्ब ७० करोड १४ लाख रूपैयाँ) बराबरको सैन्य सामग्री नेपाली सेनालाई उपलब्ध गराउने भएको छ।
एक दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्केका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा उक्त प्रतिबद्धता जनाएका हुन्। प्रधानसेनापति थापा र चिनियाँ रक्षान्त्रीबीच आइतबार अपराह्न सैनिक मुख्यालय जंगीअड्डामा भेटवार्ता भएको थियो।
‘१५ करोड आरएमबी बराबरको सैन्य सामग्री छिट्टै नेपाली सेनालाई प्राप्त हुने जानकारी चिनियाँ रक्षामन्त्रीले दिएका छन्,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले भने।
गतवर्ष रक्षामन्त्रीले चीन भ्रमण गर्दा ...
काठमाडौं - नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १५ सयभन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा थप २९ जना संक्रमितको मृत्यु भएसँगै कुल संक्रमित मृतकको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म १७ लाख ३७ हजार ७४७ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३५ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल ...
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १७ लाख ३७ हजार ७४७ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३५ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १७ हजार ४२३ ...
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले हराए ।
वस्तुगततर्फको उपाध्यक्षमा चन्द्र ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट अन्जन श्रेष्ठ भिडेका थिए । अन्जनले ६२ मत ल्याउँदा उमेश ३७ मतमा सीमित भए ।
वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै प्यानलका ७–७ जना निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाल प्यानलबाट समान संख्यमा वस्तुगततर्फबाट सदस्य निर्वाचित भएका हुन् ।
...काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला-नगरतर्फको उपाध्यक्ष पदमा दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई ११ मतान्तरले हराए ।
वस्तुगततर्फको उपाध्यक्षमा तिवारी चन्द्र ढकाल समूहबाट र श्रेष्ठ किशोर प्रधान समूहबाट भिडेका थिए । दिनेशले ५८ मत ल्याउँदा गुणनिधि ४७ मतमा सीमित भए ।
श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनको कपि तथा स्टेसनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, प्रिन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेको छ ।
महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा पनि प्रधान समूहकै अन्जन ...
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयनको महाधिवेशन)बाट व्यवसायी शेखर गोल्छा स्वत: अध्यक्ष हुँदै गर्दा ६४ व्यवसायी विभिन्न पदमा निर्वाचित भएका छन्।
आइतबार बिहान सम्पन्न मतगणनामा वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल विजयी भएका हुन। उनले व्यवसायी किशोर प्रधानलाई पराजित गरेका हुन।
ढकालले ५५ प्रतिशत मतसहित निर्वाचन जितेका हुन्। ढकालले एसोसिएट र द्विराष्ट्रियतर्फ ८ सय ९७ मत खसेकाेमा ५ सय २२, जिल्ला-नगरतर्फ १ सय ५ मतमा ५३ र वस्तुगततर्फको १ सय १ मतमा ५९ मत ल्याएका छन्।
यसैगरी एसोसिएटतर्फ व्यवसायी रामचन्द्र संघाई विजयी भएका ...
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासघको ५४ औं साधारण सभा (नेतत्व चयनको महाधिवेशन) मा व्यवसायी चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्।
आफ्ना प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल ५७ औं साधारणसभापछि स्वतः अध्यक्ष हुने गरी गरी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्।
ढकाल झण्डै ५५ प्रतिशत मत ल्याएर वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धाी प्रधानले भने ४५ प्रतिशत मत प्राप्त गरे।
ढकालले जिल्ला–नगरतर्फ १०५ मतमा ५२, वस्तुगततर्फ १०१ मतमा ५९ तथा एशोसियसट र द्विराष्ट्रतर्फ ८९७ मतमा ५२२ मत ल्याएका हुन्। उनका प्रतिस्पर्धी प्रधानले भने जिल्ला–नगरतर्फ ५३, एशोसियसटतर्फ ...
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३८० जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा शनिबार थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १७ लाख १९ हजार ८२८ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६१८ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १८ हजार ...
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।
उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ कै सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरेका छन् ।
दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक ...
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ ।
पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो ।
गत कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिइसकेको छ ।
विद्यालय सञ्चालन गर्ने भन्दै हालसम्म कुनै पनि विद्यालयले अनुमति नमागेको पनि कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।
“अहिले कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको ...
काठमाडौं - भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न वेवमा आधारित सेमिनार (वेविनार) आयोजना गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव तथा टिप्पणी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनःनिर्माणका पाँच वर्षका अनुभव तथा सिकाइ समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ । यी विषयगत अध्यायलाई वृहत् छलफल ...
गुल्मी - गुल्मीको इस्मामा शुक्रबार बिहान जिप दुर्घटाना हुँदा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । इस्मा गाउँपालिका वडा नम्बर–४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछिल्लो मृतक हुला गाउँ कै १९ वर्षीय फर्सबहादुर थापा रहेको इस्मा प्रहरी चौकी इन्चार्ज असइ मोहनलाल अधिकारिले बताए । उनका अनुसार एकै परिवारका दुई दाजुभाइ वर्ष ३३ का शिव दर्लामी र भाइ वर्ष ३० का वसन्त दर्लामीको पनि ज्यान गएको छ । दाजु ...
काठमाडौँ - भारतका विदेश सचिव हर्षबर्द्धन शृङ्गला आज नेपाल आउँदैछन् । भारतको नयाँ दिल्लीबाट उनी विशेष विमानबाट ११ वजे नेपाल आइपुग्नेछन् । नेपालको औपचारिक भ्रमणमा आउन लागेका शृङ्गलाले काठमाडौँमा २ दिन बिताउनेछन् । बिहीबारबाट नै शृङ्गलाले औपचारिक भेट वार्ता शुरु गर्नेछन् ।
काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलबाट सिधै द्वारिका होटल जान्छन् । नेपाल रहँदासम्म उनी द्वाारिकामा बस्छन् । मध्यन्ह १२ बजेदेखि परराष्ट्र मन्त्रालयमै परराष्ट्र सचिव भरत पौड्यासँग भेटघाटको कार्यक्रम रहेको छ । पौडेलले आयोजना गरेको दिवाभोजमा होटल याक एण्ड यतिमा उनी सहभागी हुनेछन् ।
त्यसपछि ...
काठमाडौँ - अन्ततः नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा तथा महासंघको नयाँ कार्यसमितिको निर्वाचन हुने भएको छ । कोभिड–१९ का कारण गत चैतदेखि प्रभावित हुँदै आएको महासंघको साधारणसभा तथा नेतृत्व चयनको प्रक्रियाले अन्ततः ८ महिनापछि औपचारिकता पाउने भएको हो ।
महासंघको ५४ औँ साधारणसभा बिहीबारबाट राजधानीमा शुरु हुँदै छ । वार्षिक साधारणसभासहित महासंघको नयाँ कार्यसमिति समेत चयन गर्ने सो सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै उद्घाटन गर्दैछन् । भर्चुअल माध्यमबाट हुने सोसभाको उद्घाटन बिहान साढे ११ बजेलाई तोकिएको छ ।
महासंघको कार्यतालिका अनुसार बिहीबार अर्थात् मंसिर ...
काठमाडौं - सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो।
'निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ,' बैठकपछि रासससँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने, 'कोभिडका कारण अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको हो।'
त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मङ्सिरलाई सारिएको थियो। ट्रेड ...
जलेश्वर - स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ। बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एक जनाको मृत्यु घटनाले थप आन्दोलित भएको महोत्तरीमा सम्बद्ध पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था सामान्य बन्दै गएको हो।
बुधबार साँझ बर्दिबासमा नागरिकस्तरमा गठित वार्ता समिति र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालबीच पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानविन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई शहीद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकालाई उचित उपचार खर्चको ...
जनकपुर - नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुको धनुषाको जनकपुरधाममा प्रदर्शन गरेका छन् । बुधबार जनकपुरधाममा प्रदर्शनमा सहभागी हुनेहरुले राजतन्त्र नै चाहिने भन्दै राजा आउ देश बचाउको नारा लगाएका थिए ।
जनकपुरको रेल्वे स्टेशनबाट निस्केको राजावादी समूहहरुको र्यालीले भानू चोक, कदम चोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाइल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, ब्रह्मपुरी चोक, जचुकाली स्थित मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शन गर्दै मिल्स एरिया, भानू चोक, शिव चोक हुँदै जनक चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।
यसैबीच राजावादीहरुले पोखरामा पनि मोटरसाइकल र्याली ...
काठमाडौं - भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । उनलाई काठमाडौंको चण्डोलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरोका डिआईजी सहकुल थापाले जानकारी दिए ।
क्याम्पस संचालक समितीको अध्यक्ष हुँदा न्यौपानेले अनधिकृत रुपमा रकम हिनामिना गरेको र गाडी किनेर आफ्नो नाममा नामसारी गरेर ठगि गरेको आरोप लागेको छ ।
रामेछाप घर भएका न्यौपाने काठमाडौंको चण्डोल बस्थे ।
६४ वर्षीय लम्बोदरले संगठित रुपमा ठगी गरेर क्याम्पसलाई ८ करोड २१ लाख र बेरुजु सहित २३ करोड दश लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।
उनीविरुद्ध ...
काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ३१४० जना संक्रमणमुक्त रहेको पनि जानकारी दिए ।
यससँगै कोरोना निको हुनको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना रहेका छन् भने संक्रमण मुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ...
काठमाडौं - महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या विरोधमा भएको प्रर्दशनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ।
प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेलाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। न्यौपानेसँगै अफताब आलम र श्याम कार्की घाइते भएका थिए। दुई घाइतेको बर्दिबासमै उपचार भइरहेको छ।
बालिकाको हत्या आरोपमा महोत्तरीको गौशाला–५ का अरुणकुरमा साह पक्राउ परेका छन्। आइतबार साँझ हराएकी बालिका गुलाप्साको शव सोमबार राति घर नजिकैको एक झाडीमा फेला परेको थियो।
हत्याको बिरोधमा मंगलबार ...
काठमाडौं - प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले वार्ताबाट समस्या समाधान चाहे आफूहरू तयार रहेको बताएका छन्। पार्टी पुनर्गठनको मिति मंसिर ८ का सन्दर्भमा 'इरातोखबर डट कम' मा दिएको अन्तर्वार्तामा उनले वार्तालाई षड्यन्त्रको रुपमा नलिए आफूहरू तयार रहेको बताए।
‘हामीले वार्ताको विषयमा स्पष्ट भनिसकेका छौं। हामीले पहिले पनि भनेको हो। हाम्रो पार्टी बन्ने बेलामै हाम्रो कुरा सुन भनेर भनेको होइन र, रत्नपार्कमा? हाम्रो यो पार्टी पुनर्गठन गर्ने बेलामा पनि हामीले भनेको हो। प्रचण्डजीसँग विद्रोह गर्दाखेरी पनि हामीले भनेको हो। तपाईं जता जानुस्, राज्यले हाम्रा कुरा ...
काठमाडौं - सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाएको छ।
कोरोनाविरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए।
कोभिड–१९ विरुद्धको खोप नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो। राज्यको स्रोत र सामथ्र्यका आधारमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको बताउदैँ उनले भने, ‘ठूलो सङ्ख्यामा होम आइसोलेसनमा ...
एजेन्सी - विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ९६ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ करोड ९६ लाख २० हजार ५ सय २ पुगेको हो। हालसम्म संक्रमणका कारण १४ लाख ६ हजार २ सय ८३ पुगेको छ भने ३ करोड ८१ लाख ७ हजार २ सय ९१ जना निको भएका छन्।
संक्रमितको संख्या अमेरिकामा १ करोड २५ लाख ५५ हजार ७ सय २९, भारतमा ९१ लाख ७७ हजार ८ सय ४०, ब्राजिलमा ६० लाख ८७ हजार ६ सय ८, फ्रान्समा २२ लाख ...
इलाम- इलाम जिल्लाको सन्दकपुर गाउँपालिका-५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बिओपी) जौवारी स्थापना भएको छ।
नम्बर एक प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषिराज्य मन्त्री राम रानाले सोमबार आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गरेका हुन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध काम कारबाहीहरूमा परिचालित हुनेछ।
ईलाम जिल्लाको सदरमुकामदेखि करीब ३९ किलोमिटरको दूरीमा नेपाल-भारत सीमानाकाभन्दा करीब १ किलोमिटर वर स्थापना ...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ७४ वटा सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाबाट कोरोना संक्रमितको निःशुल्क उपचार हुन्छ।
कोरोना भाइरसको संक्रमण नेपालमा देखिएपछि सबै संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले गत कात्तिक ३ गतेदेखि भने शुल्क लिने निर्णय गरेको थियो। तर सरकारको उक्त निर्णयको चौतर्फी विवाद भएपछि सरकारले निःशुल्क उपचारको परिभाषालाई प्रष्ट पारेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ का लक्षण र चिह्न भएका संक्रमितले सूचीकृत अस्पतालबाट निःशुल्क उपचार पाउने छन्। विगतमा सरकारले कोरोना भाइरसको लक्षण तथा चिह्न नभएका संक्रमितको समेत निःशुल्क उपचार गर्दै आएको थियो।
तर, ...
काठमाडौं - प्याराग्लाइडिङ दुर्घटना परी पोखरामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर ३८ वर्षीय प्याराग्लाइडिङ चालक राजु गैरे नेपालीको मृत्यु भएको हो। सराङकोटबाट उडेको फिस्टेल कम्पनीको प्याराग्लाइडिङ दुर्घटनामा परेर नेपालीको मृत्यु भएको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिए।
प्याग्लाइडिङमा सवार काठमाडौं बुढानिलकण्ठकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन्। अवतरण गर्ने स्थानभन्दा पाँच सय मिटर पर दुर्घटना भएको बताइएको छ। प्याराग्लाइडिङ दुर्घटनामा परेपछि घाइते नेपालीलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।
अस्पतालमा पुर्याइएको उनलाई मृत घोषणा गरिएको थियो। घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी ...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली सोमबार इलाम र ताप्लेजुङ्गको भ्रमणमा गएका छन् । उनी हेलिकप्टर मार्फत त्यसतर्फ लागेका हुन् ।
उनले ताप्लेजुङ्गमा उनले चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्ने छन् । यस्तै इलाममा पनि उनी स्थानीय कार्यक्रममा सहभागी हुने छन् ।
ओलीसँग पूर्वसभामुख सुवास नेम्बाङ पनि साथमा रहेका छन् । केही दिनअघि उनी संखुवासभा पुगेका थिए ।
...काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत भएको बताएका छन्। आइतबार एक ट्वीट गर्दै थापाले यस्तो जनाएका हुन्।
‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं मनपाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगिनी राजा विरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन बिताइरहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ। निर्णय सच्याईयोस्‚’ थापाले ट्वीटरमा लेखेका छन्‚ ‘जबरजस्ती गर्न खोजिए अवरोध गर्न बाध्य हुनेछौं।’
नेपाल संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य स्थानमा स्थापना गरेर भव्य पार्क बनाइए आफ्नोतर्फबाट ...
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही मंसिर ९ गतेदेखि हुने कक्षा १२ को परीक्षामा आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरिएको हुँदा ढुक्क भएर परीक्षामा सहभागी हुन अनुरोध गरेका छन्।
एक अपिल जारी गर्दै पोखरेलले परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता कोभिड सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायतका परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षको व्यवस्थापन गरिएको जनाएका हुन्।
घरमा रहँदा होस् या परीक्षा केन्द आउँदा जाँदा आवश्यक सचेतना अपनाउन पनि उनले आग्रह गरेका छन्।
उनले परीक्षा केन्द्रवरपर भीडभाड नगरिदिन अभिभावकहरुलाई ...
काठमाडौं - सरकारको अनुमतिविना सरकारी कर्मचारीले लोकसेवाको तयारी कक्षा पढाउन नपाउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरबाट उक्त निर्णय गरेको हो।
यसअनुसार राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कार्यरत निजामती कर्मचारीेले नेपाल सरकार र अन्य कर्मचारीले सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई निजी इन्सिच्युटमा उपस्थित भई वा अनलाइन माध्यमबाट लोकसेवा आयोग वा अन्य निकायबाट सञ्चालन गरिने प्रतिस्पर्धात्मक परीक्षाका तयारी कक्षामा लिखित तथा मौखिक प्रशिक्षण दिन पाइनेछैन।
यसअघि कुनै मन्त्रालय वा निकायबाट कुनै कर्मचारीलाई स्वीकृति दिइएको भए पनि मंसिर ७ देखि नै निष्क्रिय हुने ...
सप्तरी - सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।
बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए । पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।
“नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो”, उनले भने, “हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ ।” उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै ...
काठमाडौं - स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको विषयले नेकपामा फेरि एकपटक विवाद चर्किएको छ। नेकपाभित्र यसअघि भएका कर्णाली विद्रोह, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियूक्ति र पर्साका मुकेश चौरसिया हत्यालगायतका घटनापछि पाण्डेमाथि भएको दुर्व्यवहारको घटना थपिएको हो।
पार्टीमा यसअघि भएका विवाद यथावतै छन्। विवाद सल्टिन नसक्दा पार्टी बैठक समेत सहज रुपमा बस्न सकेको छैन। अब बस्ने सचिवालय बैठकमा यसअघिका विवादसँगै पाण्डेमाथि भएको दुर्व्यवहारको घटना पनि थपिने भएको छ। पार्टी विवाद सल्टनेभन्दा एकपछि अर्को विवाद थपिँदै गएपछि पार्टीमा जटिलता थपिएको हो। यसै विषयलाई लिएर अब ...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका स्थायी कमिटीका सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको भर्त्सनायोग्य भएको उल्लेख गरेका छन्।
‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद कं. सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ‚’ शनिबार एक ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भने‚ ‘यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्।’
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै पाण्डेविरुद्ध नाराबाजी भएको थियो। नेकपा स्थायी कमिटी सदस्य पाण्डेको प्रमुख आतिथ्यतामा भएको ...
काठमाडौँ - नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बा भनेर ढोग्नेहरूले नै आफूमाथि दुर्व्यवहार गरेको बताएका छन्। शनिबार चितवनको राप्ती नगरपालिका कमिटीको कार्यक्रममा बोल्ने क्रममा दुर्व्यवहारमा परेपछि नेता पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘हुलहुज्जत गरेर आएकाले जबज आफैँले जोगाएको जस्तो गरे। तिनैले पार्टी जोगाए जस्तो गरे। त्यहाँ भएका कतिपयले केपी ओली कमरेडलाई भेट्दा बा भनेर हातमै ढोग्नेहरु थिए। मेरो निर्वाचन क्षेत्र भएकाले ती सबैलाई एकएक गरी चिन्छु,’पाण्डेले भने, ‘त्यहाँ भएकाहरू मन्त्रीका सल्लाहकार, पिएका छोरालगायत छन्। ओलीसँग कुनै ...
कैलाली - सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका ५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या ३६ पुगेको हो । उनलाई कात्तिक २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा शुक्रबार दिउँसो मृत्य भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि नै अछाममा २, बैतडीमा १, बझाङ्गमा ३, बाजुरामा २, डडेल्धुरामा २, दार्चुलामा २, डोटीमा १, कैलाली १८ र कञ्चनपुर ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा ...
एजेन्सी - भारतको दिल्लीमा कोरोना संक्रमण तीव्र हुँदै गएपछि आजदेखि थप कडा नियम लागू गरिएको छ। कोरोना गाइडलाइन्स पालना नगर्नेलाई २ हजार रुपैयाँ जरिवाना गरिने भएको छ।
सार्वजनिक स्थानमा मास्क नलगाउने, क्वारेन्टाइनको नियम नमान्ने, सामाजिक दूरी पालना नगर्ने र सार्वजनक स्थानमा थुकेमा २ हजार रुपैयाँ जरिवाना गरिने भएको छ।
यसअघि कोरोना गाइडलाइन्स पालना नगर्नेलाई ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो। दिल्लीमा २४ घण्टामा कोरोनाबाट १ सय १८ जनाको मृत्यु भएको छ भने २४ घण्टामा ६ हजार ६ सय ८ जना संक्रमित थपिएका छन्।
हालसम्म दिल्लीमा कोरोनाबाट ८ हजार ...
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि खेलाडी र प्रशिक्षकको कोरोना परीक्षण गर्ने भएको छ। मंसिर १० देखि बन्द प्रशिक्षण थाल्ने तयारी गरेको क्यानले मंसिर ८ मा खेलाडी र प्रशिक्षकहरूको स्वाब संकलन गरी परीक्षण गर्ने भएको हो।
शुक्रबार व्यवस्थापक विक्रम न्यौपानेलाई पत्र लेख्दै क्यानले पिसिआर नेगेटिभ रिपोर्ट नेगेटिभ आउनेहरूलाई मात्र बन्द प्रशिक्षणमा सहभागी गराइने समेत सूचित गरेको छ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि क्यानले बन्द प्रशिक्षण सुरु गर्ने भएको हो। बन्द प्रशिक्षणमा खेलाडी र प्रशिक्षक गरी २३ जनालाई सहभागी गराउने तयारी क्यानको छ।
पिसिआर रिपोर्ट नेगेटिभ नआएको ...
जनकपुर–आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्व समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।
व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र ...
काठमाडौं - प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो। उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। ...
काठमाडौं - नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ ।
गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो । तर, सरकारले एआईजीको दरबन्दीसमेत थप गरेर स्वीकृत गरेको हो ।
एआईजीको दरबन्दी थप्ने प्रयासका कारण लामो समयदेखि ओएण्डएम स्वीकृत हुन सकेको थिएन ।
दरबन्दी थपिएको सम्बन्धी पत्र बुधबार प्राप्त भएको गृह मन्त्रालयको प्रशासन महाशाखाका सह–सचिव थानेश्वर गौतमले बताए । दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा ...
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयन समेतको महाधिवेसन) मा ६४ पदमा लागि हुने निर्वाचनमा १ सय २७ जनाको उम्मेदवारी परेको छ।
महासंघको ५४ औं साधारण सभा यही मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।
महासंघको निवार्चनका लागि निर्वाचन कमिटिले बिहीबार राति उम्मेदवारी मनोनयन गरेकाहरुको पहिलो चरणको नामवाली प्रकाशन गरेको छ।
५४ औं साधरण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने छन् भने १ वरिष्ठ उपाक्ष्यक्ष, १ एसोसिएट उपाध्यक्ष, १ बस्तुगत उपाध्यक्ष, १ जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारिणी सदस्य गरी ६४ ...
काठमाडौं - तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे हिंसात्मक आन्दोलनलाई औपचारिक रुपमा अन्त्य गर्न विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १४ वर्ष पूरा भएको छ।
२०६३ मंसिर ५ गते सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा देशमा जारी हिंसात्मक आन्दोलन अन्त्य गर्दै मुलुकलाई शान्तिपूर्ण बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
सो सम्झौतामा सेना समायोजन तथा हतियार व्यवस्थापन, संविधानसभा चुनाव र संक्रमणकालीन न्याय टुंगोमा पु¥याउने विषयलाई प्राथमिकता दिइएको थियो। शान्ति सम्झौताले प्राथमिकतामा ...
काठमाडौं - सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । रोगको लक्षण वा चिह्न देखिएका विरामीले मात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पस्ट पारेको छ ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोना बिमा गरेकाहरुको हकमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोर्ने गरी व्यवस्था मिलाएको जनाएको छ । त्यस्तै सरकारले सक्षम, इच्छुक र योगदान गर्न चाहनेलाई कोरोना परीक्षण र उपचारमा सहयोग गर्न आह्वान पनि गरेको छ ।
...काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित सत्ता बाहिर रहेका २१ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहित उखु किसानको बक्यौतालाई लिएर विरोध प्रदर्शन गर्ने भएका छन्।
गत बिहीबार बसेको गठबन्धनको बैठकले मंसिर ७ गते काठमाडौंको माईतीघरमा प्रदर्शन गर्ने निर्णय गरेको हो।
उनीहरुले एमसिसी खारेज हुनुपर्ने, भारतले अतिक्रमित गरी कब्जा गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेक, महेशपुर क्षेत्र फिर्ता गर्नुपर्ने, कोरोना उपचार र परीक्षण निःशुल्क गर्नुपर्ने, तराईका उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गर्ने भएका हुन्। यी विषयलाई लिएर गठबन्धनले सातै प्रदेशका एक÷एक ठाउँमा ...
नुवाकोट - नुवाकोटको शिवपुरी गाउँपालिकामा डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको छ। कोरोना रोगबाट सङ्क्रमित भएका बिरामीलाई समेत सेवा दिने गरेर शिवपुरी गाउँपालिका–५ को शेराबगरमा रहेको स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टरमार्फत् गाउँपालिकाले स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो।
गाउँपालिकाबासीको स्वास्थ्य जाँच तथा परीक्षणको लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास स्वरुप सेवा सञ्चालनमा ल्याइएकाले त्यसको लाभ उठाउन गाउँपालिकाको अध्यक्ष रामकृष्ण थापाले आग्रह गरे। उनका अनुसार चिकित्सा सेवाको लागि गाउँपालिकामार्फत दरबन्दी सिर्जना र बजेट सुनिश्चित गराई डाक्टरसहित सेवा अबदेखि निरन्तर उपलब्ध गराइने भएको छ।
‘कोरोना सङ्क्रमण भएका व्यक्तिलाई समयमै स्वास्थ्य परामर्श ...
काठमाडौं - कोरोना महामारीका कारण बेरोजगार बनेका व्यक्तिलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिने भएको छ।
‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै महानगरपालिकाले रोजगारीका लागि सम्बन्धित व्यक्तिलाई आफू बसेको वडा कार्यालयमा सम्पर्क गर्न आह्वान गरेको हो।
‘कोभिड–१९ कारण रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने भएकाले आफू बसोबास गर्ने क्षेत्रको सम्पर्क गर्न सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।
काठमाडौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा उपप्रधानमन्त्री चित्रबहादुर केसी सम्पूर्ण उपचार खर्च बेहोर्ने सरकारले निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।'
केही दिन अघिबाट निमोनियाले ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । हाल ...
काठमाडौं - काठमाडौं जिल्लामा कोरोना संक्रमण लगातार बढिरहेको छ। यहाँ हालसम्म ७५ हजार ३ सय १७ जनामा संक्रमण पुष्टि भएको छ। यीमध्ये ४६ हजार ७ सय ८६ पुरुष र २८ हजार ५ सय ३१ जना महिला छन्।
काठमाडौँ महानगरपालिकामा मात्र करिब २९ हजारमा संक्रमण पुष्टि भएको छ। महानगरको कात्तिक २२ गतेसम्म तथ्यांकअनुसार २८ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुगेको छ। यहाँ १ सय ५ पहिचान नखुलेका संक्रमित छन्।
काठमाडौं महानगरमा हालसम्म १८२ संक्रमितले ज्यान गुमाएका छन्। महानगरका सबै वडामा संक्रमित संख्या २ सयमाथि पुगेका छ ...
काठमाडौं - सरकारले चालु आर्थिक वर्षमा आन्तरिक स्रोत वा बाह्य ऋण लिएर सवारी साधन खरिद नगर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको मंगलबारको बैठकले स्वीकृत गरेको मितव्ययिता सम्बन्धी मापदण्डमा यो वर्ष गाडी नकिन्ने उल्लेख छ।
त्यसैगरी सार्वजनिक निकायले सवारी साधन खरिद गर्नुपरेमा अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने पनि मापदण्डमा जनाइएको छ। एकजना सरकारी कर्मचारीलाई एउटा मात्रै सवारी साधन सुविधाका रूपमा उपलब्ध गराउने पनि मापदण्डमा उल्लेख छ। सरकारले वैदेशिक ऋणमा तालिम, सेमिनार र भ्रमण नगराउने पनि घोषणा गरेको छ।
मापदण्डअनुसार विशिष्ट पदाअधिकारी अर्थात् भिआइपीले हेलिकोप्टर प्रयोग गरे बापतको बिल सरकारले तिर्ने ...
काठमाडौं - अम्लेखगंज पेट्रोलियम डिपो पछिको नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण डिपो पोखरामा बन्ने भएको छ । नेपाल आयाम निगमले पोखरा महानगरपालिका २९ मा एक करोड लिटर अर्थात् १० हजार किलोलिटर भण्डारण क्षमताका दुई वटा ट्याङ्की निर्माण गर्ने भएको हो ।
कुल ७७ रोपनीमा बन्ने उक्त डिपोको आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सिलन्यास गर्दै छन् ।
कुल ७७ करोड (भ्याट बाहेक) अनुमानित लागतमा बन्ने उक्त डिपो दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने निगमले जनाएको छ । सो डिपो निर्माण कार्य सम्पन्न भई संचालनमा ...
काठमाडौं- पछिल्लो चार महिनामा मात्र कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चालु आवका पछिल्ला चार महिनामा यो रकम खर्च भएको जानकारी दिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यवस्थापन कट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको उल्लेख गरेको छ।
प्रयोगशाला परीक्षणका लागि हालसम्म १ अर्ब १२ करोड ४० लाख र आयसियू, भेन्टिलेटर र औषधि सुदृढीकरणका लागि १ अर्ब ...
काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ५ सय ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा ४, उदयपुरमा १७, खोटाङमा १, झापामा ९८, ताप्लेजुङमा ५, धनकुटामा १, पाँचथरमा २०, भोजपुरमा ३, मोरङमा १ सय ६८, संखुवासभामा ८, सोलुखुम्बुमा ३ र सुनसरीमा १ सय १८ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा १८, पर्सामा ५, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा १२, सर्लाहीमा ५ र ...
काठमाडौँ - नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टीमा विवाद हुँने बित्तिकै पार्टी नफुट्ने बताएका छन्। संखुवासभाको किमाथान्का नाकालगायत अरुण तेस्रोको बाँध अवलोकनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कसैले चाँहदैमा पार्टी विभाजन नहुने दाबी गरेका हुन्।
पूर्वी क्षेत्रको अवलोकनमा निस्किएका ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएपछि विकास निर्माणले गति लिएको बताएका छन्।
‘मेरो राजीनामा विषयमा निक्कै चर्चा भईरहेको छ। मैले राजीनामा दिन मिल्दैन,’ ओलीले जोड दिँदै भने, ‘अपार जनताको समर्थनमा प्रधानमन्त्री भएको हुँ। अहिले नै राजीनामा दिए जनताको अपमान हुन्छ।’
बुधबार बिहान संखुवासभामा विकास निर्माण अवलोकन गर्न गएका ओली ...
काठमाडौं - सर्वोच्च अदालतले नेकपाका नेता वामदेव गौतमको मुद्दामा अन्तरिम आदेश निरन्तर नगर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीशसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अन्तरिम आदेश निरन्तर नहुने आदेश गरेको हो।
यसअघि एकल इजलासले गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो। उक्त आदेशले उनलाई मन्त्री बन्न सक्ने बाटो रोकिएको थियो।
सर्वोच्चको यो आदेशपछि उनी मन्त्री बन्न सक्ने भएका हुन्।
...काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४२० जना संक्रमित थपिएका छन् । जसमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् ।
यस्तै देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमा १ हजार ५९ महिला र १ हजार ६७७ पुरुष रहेका छन् ।
यस्तै बितको २४ घण्टामा थप ८५३ जना निको भएको पनि ...
काठमाडौं - नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार १८ जनाको मृत्यु भएको थियो।
गत २४ घण्टामा २ हजार ७ सय ३६ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ३५ सक्रिय संक्रमित छन्।
नेपालमा हालसम्म १५ लाख ६४ हजार २ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। हाल १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको ...
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन्।
मंगलबार देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण ...
काठमाडौं - सरकारले लक्षण देखिएका कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।
‘निःशुल्क त थियो नै, परीक्षण तथा उपचार दुवै निःशुल्क गर्नेगरी मन्त्रिपरिषद्ले थप प्रष्ट पारेको हो,’ एक मन्त्रीले भने।
सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गर्दै कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्न भनेको थियो। तर सरकारले संक्रमितको परीक्षण तथा उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै सर्वोच्चमा नै पुनरावेदन दर्ता गराएको थियो। सरकारले दर्ता गराएको रिट सर्वोच्चले खारेज गरिदिएपछि लक्षणसहितका संक्रमितको सरकारी अस्पतालमा निःशुल्क ...
काठमाडौं - संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।
समिति सभापति शशी श्रेष्ठले सरकारले गरेको निर्णय र कानून मन्त्रालयले गरेको निर्णयमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्नुपर्ने अवश्यकता भए संसदबाट निर्णय गर्नुपर्ने तर नभएको अवस्थामा निर्णय फिर्ता गर्नुपर्ने भएकाले कार्यान्वनयन नगर्न निर्देशन दिइएको बताइन् ।
उनले भनिन्, ‘‘सरकारले गरेको निर्णयमा र कानून न्याय तथा संसदीय मामिला ...
काठमाडौं - नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार २१ जनाको मृत्यु भएको थियो।
गत २४ घण्टामा २ हजार ५ सय ७१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार १ सय ७४ सक्रिय संक्रमित छन्।
नेपालमा हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। हाल ९ सय ६७ ...
काठमाडौं - काठमाडौं उपत्यकामा थप १४२८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित भएका छन्।
गत २४ घण्टामा २ हजार ५ सय ७१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार १ सय ७४ सक्रिय संक्रमित छन्।
नेपालमा हालसम्म १५ लाख ५१ हजार २ सय ...
काठमाडौं - पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा १ लाख ५७ हजार ९ सय २६ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ८१ दशमलव १ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ४० हजार ७७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ...
काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ। मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ। कात्तिक २८ गते काग तिहार परेको छ। यसैगरी धनवन्तरि जयन्ती, धन ...
एजेन्सी - अमेरिकाको संविधान अनुसार नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० अगाडि सपथग्रहण र पदभार ग्रहण गर्न पाउँदैनन्। त्यतिबेलासम्म पुरानै राष्ट्रपति ह्वाइटहाउसमा रहन्छन्। जो बाइडेनले चुनाव जिते पनि डोनाल्ड ट्रम्प जनवरी २० सम्म अमेरिकाको राष्ट्रपति कायम रहने छन्।
जनवरी २० सम्म राष्ट्रपतिको शक्तिमा कुनै कटौती हुँदैन। त्यसैले उनले राष्ट्रपतिको हैसियतमा विगतमा जे–जे गर्ने अधिकार पाएका थिए, त्यो अधिकार जनवरी २० सम्म निरन्तर पाउनेछन् । उनी जनवरी २० सम्म कमाण्डर इन चिफ र अमेरिकाको प्रमुख कार्यकारी रहनेछन् ।
राष्ट्रपति ट्रम्पले त्यो अवधिसम्म कार्यकारी आदेश जारी गर्नेदेखि विभिन्न खाले नियुक्ति गर्न ...
काठमाडौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अबको नेतृत्व नयाँ पुस्तालाई दिन प्रस्ताव गरेका छन्।
उनले ७० पुगेका र आसपास रहेका सवैले नेतृत्वको लोभ त्यागेर पार्टीको अर्को पुस्तालाई नेतृत्व दिन तयार हुनुपर्ने एपी १ टिभीमा दिएको अन्तवार्तामा बताएका हुन्।
उनले भने, ‘अब नयाँ पुस्तालाई नेतृत्व दिउँ । जो ७० को आसपास छौं। केही पुगेका छौं, केही महाधिवेशनमा पुग्छौं र क्रस गर्छाैं। उनीहरुले दाबी छाडौं।’
उनले अर्को मापदण्डका पनि तय गर्न सुझाएका छन्। जो एकपल्ट प्रधानमन्त्री भइसकेको छ र महत्वपूर्ण ओहोदामा बसेको छ। उसले दाबी गर्न नपाउने ...
एजेन्सी - जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएपछि पहिलो पटक भाषण दिइरहेका छन् । उक्त भाषणमा उनले भने, ‘तपाईंहरुले ममा जति विश्वास देखाउनुभएको छ, त्यो देखेर म निकै खुसी छु । म यस्तो राष्ट्रपति बन्ने बचन दिनेछु जसले तोड्नुको साटो जोड्ने काम गर्नेछ । जसले रातो रङको राज्य र निलो रङको राज्य होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । तपाईंहरु सबैको विश्वास जित्नका लागि म मनैदेखि कोसिस गर्नेछु ।’
राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, ‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन्, यो ...
एजेन्सी - अफ्रिकी–दक्षिण एशियाली मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छिन् । उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् । यसअघि १९८४ मा डेमोक्रेटिकले गिरालडिन फेरारो र २००८ मा रिपब्लिकनले सारा पोलिनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो, तर उनीहरु दुुबै पराजित भएका थिए ।
डेमोक्रेटिकबाट जो बाइेडन राष्ट्रपति र कमला उपराष्ट्रपतिका उम्मेदवार हुन् । पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टी विजयी हुने तय भएसँगै राष्ट्रपति–उपराष्ट्रपति चयन हुनका लागि आवश्यक २ सय ७० मत उनीहरुको पक्षमा पुुग्ने पक्कापक्की भएको हो ।
क्यालिफोर्नियाकी सिनेटरको यो ऐतिहासिक विजयले अफ्रिकी–दक्षिण ...
एजेन्सी - डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भएका छन् । बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरेको छ ।
पेन्सिलभेनियामा विजयी हुनुको अर्थ बाइडेनको पक्षमा २ सय ७३ इलेक्टोरल मत आउनु हो । अमेरिकी राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत भए पुग्छ । बाइडेनका निकटतम प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति डोनाल्ड ...
काठमाडौं - कोरोना संक्रमितको संख्या हिसाबले नेपाल विश्वका १८७ मुलुकमध्ये ३४ आंै स्थानमा रहेको छ। सार्क मुलकमा नेपालभन्दा अगाडि अब भारत, बंगलादेश र पाकिस्तान छन्।
शुक्रबारसम्मको तथ्यांकअनुसार नेपालमा कूल संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ भने १ हजार ७० जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या ८४ लाख ११ हजार ७ सय २४ पुगेको छ भने १ लाख २४ हजार ९ सय ८५ को मृत्यु भएको छ।
यस्तै, २२ औं नम्बरमा रहेको बंगलादेशमा संक्रमितको संख्या ४ लाख १७ हजार ...
काठमाडौं- सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी प्रश्न साेधेकाे छ। सर्वाेच्चले फैसला कार्यान्वयनबारे लिखित जवाफ माग गर्दै आफूलाई कारबाही नगर्नुपर्ने कारणबारे लिखित जवाफ पेस गर्न एक साताको समय दिएको हो।
सबै नागरिकलाई कोरोनाको परीक्षण र संक्रमितलाई नि:शुल्क उपचार गर्ने व्यवस्था गर्न असोज १५ गते सर्वोच्च अदालतले आदेश दिएको थियो। सर्वोच्चको आदेशविरुद्ध सरकारले निश्चित वर्गबाहेक अरुका हकमा कोरोनाको परीक्षण तथा उपचार गर्दा शुल्क लिने निर्णय गरेको थियो। सरकारको सो निर्णयविरुद्ध अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीले सर्वोच्चमा अदालतको अवेहलना निवेदन दर्ता ...
नवलपरासी - कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका बन्द गरिएको छ।
नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए।
आगामी कात्तिक २६ गतेसम्म नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने पुरीले बताए। नगरपालिलकामा कार्यरत कुन तहका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको भन्नेबारे भने नगरपालिकाले खुलाएको छैन। नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भए पनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने ...
चितवन - चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा नेतृत्वका लागि दुई समूह प्रतिस्पर्धामा रहेका छन्।
आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि बिहान ९ वजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ। कार्यसमितिका लागि २७ जना र आठ जनाको केन्द्रीय पार्षदका लागि १६ जनाको उम्मेदवारी परेको छ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन (पिएलए) र नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डिएलए) निर्वाचनका लागि समूह बनाएर नै निर्वाचनमा लागेका हुन् । अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी र डिएलएका ...
काठमाडौं - बिमा समितिले कोरोना बिमा गर्ने २३ सय संक्रमितको दाबी भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको छ। बिमितले पेश गरेको पिसीआर रिपोर्ट प्रमाणीकरणका लागि कोरोना बिमा पुलमार्फत् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
कागजपत्र पेश गर्ने बिमितले क्रमशः दाबी भुक्तानी पाउने उनले बताए। कोरोना संक्रमित १४ हजार ८७७ जनाले एक अर्ब ४३ करोड रुपैयाँका लागि दाबी गरेका छन्। अहिलेसम्म बिमा कम्पनीहरुले एक हजार ७५० जनालाई दाबी भुक्तानी गरेका छन्। उनीहरुले जम्मा १६ करोड ७२ लाख रुपैयाँ प्राप्त गरेका ...
काठमाडौं- विगत २४ घण्टायता थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।
हाल देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख ७ हजार १९० जनाको पिसिआर परीक्षण भएको छ।
...काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित वरिष्ठ नेता माधवकुमार नेपालले कानुनविद्सँग छलफल गरेका छन्। बिहीबार बिहान ९ बजे नेकपा जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा एक घण्टा भन्दा बढी समयसम्म उनीहरूले छलफल गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
पार्टीभित्र विवाद अन्तर्विरोध बढिरहेकै बखत प्रचण्ड-नेपालले कानुन क्षेत्रका विज्ञसँग परामर्श गर्नलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपाल बार एसोसियसनका अध्यक्ष चण्डिश्वर श्रेष्ठ पार्टी केन्द्रीय सदस्य एवम् पूर्व न्यायाधिवक्ता मुक्ति प्रधानलगायत वरिष्ठ कानुनविद्हरू छलफल सहभागी थिए।
पार्टीेमा देखिएका विवादका कानुनी पाटोबारे छलफल भएको बुझिएको छ। तर, केन्द्रीय सदस्य एवम् पूर्वन्यायधिकवक्ता प्रधानले अहिलेको ...
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख ७ हजार १९० जनाको पिसिआर परीक्षण भएको छ।
...काठमाडौं- राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छन्। बिहीबार राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरणवेणलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्।
समारोहमा नरवणेलाई खड्ग तथा सनद–पत्र प्रदान गरिएको थियो। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारी सहभागी थिए।
विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो ...
ललितपुर - ललितपुर महानगरपालिका-२७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्। स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर नै विगत तीन दिनदेखि आन्दोलनरत रहेका छन्।
ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीयको आरोप छ। त्यहाँका स्थानीय एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एउटा सडक कालोपत्रे गर्नका लागि हड्ताल गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए।
सडक कालोपत्रे हुने आशामा रहेका जनताहरु धुलो खाएर विरामी हुने अवस्था सम्म पुग्दापनि काम नभएको उल्लेख गर्दै उनले भने, 'देश कहाँ ...
काठमाडौं - हिजोआज कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लर्को देखिन्छ । दशैंअघि यही नाकामा दशैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । दशैँ सकिएलगत्तै रोजगारीका लागि फेरी भारत जानेहरुको घुँइचो बढ्न थालको छ । कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जानेहरुको भिड लाग्ने गरेको छ ।
चाडपर्व मनाउन स्वदेश आएका मानिसहरु दशैं सकिए लगत्तै फेरी रोजगारीका लागि भारत फर्किएका हुन् । दशैँ सकिएर तिहार आउनै लाग्दा भारत जानु रहर नभई बाध्यता भइको उनीहरुले बताएका छन् । देशभित्रै काम नपाउने भएपछि दुई चार पैसा कमाउन ...
काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार ८४४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। योसँगै नेपालमा कोरोना संक्रमणपछि मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । त्रिविको रजिष्ट्रार डा.पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए ।
यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा ...
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने अडान दोहोर्याएका छन्। आफ्नो राजीनामाको हल्ला सञ्चारमाध्यमले सुरु गरिसकेको बताउँदै ओलीले भने,‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण मैले कुनै पनि हालतमा राजीनामा दिनेवाला छैन।’
प्रधानमन्त्री ओलीले वर्तमान परिस्थितिमा राजीनामा दिनै नमिल्ने बताए। आफ्नो राजीनामाले देश थप बर्बादीतिर जाने बताएका प्रधानमन्त्री ओलीले व्यापक जनसमर्थनमा आफू पदमा पुगेको बताए। उनले भने,‘प्रधानमन्त्रीको स्थानमा आएको मेराे रहरले होइन।जनताको आवश्यकता र समर्थनले हो। व्यापक जनसमर्थनबाट प्रधानमन्त्रीको पदमा पुगेको हुँ।’
पार्टीमा विवाद चुलिएपछि सरकार फेरिने आशंका रहेपछि प्रधानमन्त्रीले आश्वस्त पार्दै भने, ...
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८७८ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा देशभर ३ सय ३०९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८४४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४४ हजार ९११ पुगेको छ।
आज देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित छन्। आज देशभर ३० जना ...
काठमाडौं - नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो।
गत २४ घण्टामा ३ हजार ३ सय ९ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ९ सय ११ सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै पिसिआर परीक्षणको संख्या १४ लाख ९४ हजार १ ...
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पिसिआर परीक्षण भएको छ।
...कर्णाली (सुर्खेत) - खानी तथा भूर्गभ विभागले विसं २०६६ मा पश्चिम सुर्खेतको चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्री इण्डस्ट्रिज प्रालिलाई इजाजत दिँदा खुशी थिए, स्थानीयवासी ।
विकासले पिछडिएको क्षेत्रमा ठूलो सिमेन्ट उद्योग सञ्चालनमा आउने भएपछि सडक, विद्युत्को सुविधाका साथै स्थानीयलाई गाउँमै रोजगारी पाउने आशा थियो । कम्पनीले आयोजनास्थलमा सम्पर्क कार्यालय खोलेपछि काम सुरु हुनेमा स्थानीयवासी उत्साही थिए तर इजाजत पाएको एक दशक नाघिसक्दासमेत उद्योग सञ्चालन पूर्वका तयारी नहुँदा चौकुनेवासी खिन्न छन् ।
कम्पनीले काम सुरु गर्ने आश्वासन मात्रै दिएको स्थानीयवासीको आरोप छ । स्थानीय तहको निर्वाचनताका ...
काठमाडौं - पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका बिहीबारबाट पुनः संचालनमा आएको छ। तर चीनियाँ पक्षले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन्। चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकोले व्यवसायी चिन्तित देखिएका छन्।
कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ। नयाँ मापदण्ड अनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चिनीयाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ।
एक चीनियाँ कन्टेनर सामानले नेपाल तर्फको २ देखि ...
काठमाडौं - नेपालको हुम्ला जिल्लाको नाम्खा क्षेत्रमा चीनले नेपाली भूभाग मिचेको कुरा अनावश्यक र हल्ला मात्र भएको चिनियाँ विदेश मन्त्रालयले दाबी गरेको छ। मन्त्रालयका प्रवक्ता वाङ विइमिनले सञ्चारमाध्यममा आएका समाचार खारेज गर्दै यो चीनिया भूभागमै चीनले भवन निर्माण गरेको दाबी गरेका हुन्।
यसअघि दुई पटकसम्म चिनियाँ पक्षले हुम्ला सीमानामा नेपाली भूमि नमिचेको दाबी गरिसकेको छ। तेस्रो पटक विदेश मन्त्रालयले नै धारणा सार्वजनिक गरेको हो। चीनले हुम्लाको नाम्खामा पर्ने नेपाली भूभागमा ११ वटा अत्याधुनिक भवन बनाएको कुरा सार्वजनिक भएलगत्तै सीमा मिचिएको कुरा सार्वजनिक बताइएको थियो।
प्रमुख प्रतिपक्ष नेपाली ...
काठमाडौँ - हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको ओमबहालबाट पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले बताए । हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
...एजेन्सी - विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६८ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४ करोड ६८ लाख ४९ हजार २ सय ९२ पुगेको हो। कोरोना संक्रमणबाट हालसम्म १२ लाख ४ हजार २ सय २ जनाको मृत्यु भइसकेको छ भने ३ करोड १२ लाख २८ हजार ४ सय ५० जना निको भइसकेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९२ लाख ७७ हजार ९ सय ५५ जना संक्रमित भएका छन् भने २ लाख ३१ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ। ...
महोत्तरी - बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन्। सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाइएको हो।
भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए। सो दिन भट्टीमा मदिरा खाएर मातेका यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी महिलामाथि जाइलागेर बलात्कार गरेको उनीमाथि आरोप छ। जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबर्जस्ती करणी मुद्दाको सुनवाइमा अदालतले ...
काठमाडौं - देशका १३ जिल्लामा पाँच सयभन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित छन्। काठमाडौं, भक्तपुर, ललितपुरसहित १३ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा छ। काठमाडौं उपत्यकामा मात्रै १९५७१ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्र १६ हजार २ सय २९ जना, ललितपुरमा २ हजार ३ सय ४२ र भक्तपुरमा १ हजार हजार जना सक्रिय संक्रमित छन्। त्यस्तै, मोरङमा २ हजार ८ सय ९६, , सुनसरीमा २ हजार २५, चितवनमा १ हजार २ सय ...
काठमाडौं - नेपालमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ।
आज देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित छन्।
...काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ।
आज देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित छन्। आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९८४ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३० कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ३ सय २९, भक्तपुरमा १०८ र ललितपुरमा ...
काठमाडौं - संयुक्त राज्य अमेरिकासहित विभिन्न देशका लागि प्रस्तावित ३ जना राजदूतको संसदीय सुनुवाई कार्तिक २७ गते हुने भएको छ। प्रस्तावित राजदूतहरुविरुद्धका उजुरीकर्ता नै सम्पर्कमा नआएपछि २७ गतेका लागि सुनुवाइ तोकिएको हो।
अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई राजदूतमा सिफरिस गरिएकोमा सुनुवाई हुन बाँकी छ। प्रस्तावित राजदूतहरुविरुद्ध समितिमा ४ वटा उजुरी परेका छन्।
तर उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि सुनुवाई रोकिएको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। यसअघि कार्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी ...
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
प्रधानले सोमबार भिभान्त होटलमा आयोजित एक कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
प्रधान प्यानलबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा कार्यक्रममा प्रधानले आफूले महासंघलाई एक पवित्र मन्दिरका रुपमा लिएको र आफू त्यसको पुजारी बनेर सेवा गर्न तयार रहेको बताए। त्यस्तै उनले महासंघभित्रको खराब प्रवृत्ति अन्त्य गर्ने र भूमिकाविहीन रहेका व्यक्तिहरुलाई जिम्मेवारीमुक्त गर्न आफूले उम्मेवारवारी घोषणा ...
काठमाडौं - काठमाडौं महानगरले खुलामञ्चलगायत काठमाडौंका विभिन्न सार्वजनिक स्थलमा केही व्यक्ति र समूहले गर्दै आएको निःशुल्क खाना वितरणमा रोक लगाएको छ।
कोभिड-- १९ महामारीका कारण जागिर गुमाएका र बिहान बेलुका छाक टार्न समस्या भएका व्यक्तिहरुलाई हन्ड्रेट ग्रुपलगायत केही समूह र व्यक्तिहरुले समेत निःशुल्क रुपमा खाना वितरण गर्दै आएका थिए। तर काठमाडौं महानगरपालिको त्यसमा रोक लगाएपछि सोमबार खुलामन्चमा झडपको स्थितिसमेत पैदा भएको छ।
काठमाडौं महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीका अनुसार निःशुल्क रुपमा वितरण हुँदै आएका खानालाई थप व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो। ‘महानगरपालिकाले आफुले संचालन गरेको मानव सेवा ...
काठमाडौँ - विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ को सङ्क्रमणले काठमाडौँ उपत्यका थप जोखिममा परेकाले यहाँका स्थानीय तहका जनप्रतिनिधि चिन्तित बनेका छन् । चाडबाडका कारण मानिसको आवतजावत बढ्दा सङ्क्रमणले थप गति लिने जनप्रतिनिधिको आशङ्का छ ।
उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अवस्था थप जटिल बन्दै गएकाले स्वास्थ्य मापदण्डको पालना गरी दैनिक गतिविधि गर्न सर्वसाधारणसँग आग्रह गरे । स्थानीय तहले पनि सोहीअनुसार नियन्त्रणका उपाय अपनाएर कार्य सञ्चालन गर्नाको विकल्प नभएको श्रेष्ठले बताए ।
मुलुकका सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका छन् । आजको मात्रै विवरण हेर्ने ...
काठमाडौं - प्रस्तावित तीन राजदूतविरुद्ध परेका उजुरीमाथि आज बस्ने संसदीय सनुवाइ समितिको बैठकमा छलफल हुने भएको छ।
प्रस्तावित राजदूतहरु अमेरिकाका युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्माविरुद्ध चार उजुरी परेका छन्। ती उजुरीमाथि आज बिहान ११ बजे तय गरिएको बैठकमा छलफल हुने भएको हो।
यसअघि समितिले तीन राजदूतविरुद्धका उजुरीकर्तालाई कात्तिक १७ गते बस्ने समितिको बैठकमा उपस्थित हुन सूचना जारी गरेको थियो। उजुरीका लागि कात्तिक १ गतेसम्मको समय दिइएकोमा ४ उजुरी परेका थिए।
प्रस्तावित राजदूत खतिवडाविरुद्ध ३ उजुरी परेका छन् भने एक उजुरी रेग्मीविरुद्धको छ।
...काठमाडौं - मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ।
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफनो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरे पनि भारतले बेवास्ता गरिरहेको छ।
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासँग जोडिएर आएको प्रश्नसँगै नेपाल र भारतबीच देखिएको संवादहीनताकै अवस्थामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवाणेको बुधबारदेखि हुने भ्रमणले सम्बन्धलाई सुमधुर तुल्याउन र ...
बैतडी - केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ। विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो।
जनप्रतिनिधि र स्थानीय सङ्घर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला खुलेको गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टले जानकारी दिए। उनले भने, ‘गाउँपालिकामा लामो समयदेखि तालाबन्दी खुलेपछि सोमबारदेखि कामकाज सञ्चालन हुने भएका छन्।’ जनप्रतिनिधिका तर्फबाट उपाध्यक्ष बिष्ट, वडा नं ५ का कार्यवाहक वडाध्यक्ष धनबहादुर मडै र सङ्घर्ष समितिका तर्फबाट कृष्णबहादुर चन्द, प्रेम लुहारलगायतको सहभागितामा छलफल भएको थियो ।
तत्कालका लागि ...
काठमाडौं - र्यापर समीर घिसिङ (भिटेन)ले हालै युट्युबबाट सार्वजनिक गरेको र्याप 'पारा'मा आपत्तिजनक शब्द समावेश भएकोमा माफी मागेका छन्। उनले शनिबार एक विज्ञप्ति जारी गर्दै केही शब्द आपत्तिजनक परेमा माफी माग्दै संशोधनसहित सोही गीतको नयाँ म्यूजिक भिडिओ सार्वजनिक गरिने बताएका हुन्।
'पारा'मा समावेश शब्दले कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संसोधन गरिने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
'सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडिओमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'उक्त म्युजिक भिडिओलाई अनाधिकृत रुपमा कुनै ...
चितवन - पूर्वी नवलपरासीमा होम आइसोलसनमा बस्दै आएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार वहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए ।
उनकाअनुसार दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।
...कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो।
दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। ‘दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ’, प्रवक्ता थापाले भने, ‘घटनास्थल नजिकै सल्फास ...
काठमाडौं - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
गौरीगञ्ज झापाकी ७३ वर्षीया महिलाको आज बिहान पौने ७ बजे मृत्यु भएको हो।
ती महिलामा असोज ६ गते कोरोना पुष्टि भएको थियो। उनमा मुटु रोगको समस्यासमेत रहेको अस्पतालले जनाउको छ।
...भक्तपुर - भक्तपुरमा ६ जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ। हालसम्म ६ कोरोना संक्रमितको होम आइसोलेसनमा नै मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।
शुक्रबार सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना संक्रमितको होम आइसोलेसनमा मृत्यु भएपछि यो संख्या ६ पुगेको हो। मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा ८ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो।
होम आइसोलेसनमा नै मृत्यु भएकी ती महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ। भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु ...
एजेन्सी - अमेरिका कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको शनिबार बिहानसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ९० लाख ३४ हजार २ सय ९५ पुगेको छ। हालसम्म २ लाख २९ हजार ५ सय ४४ जनाको मृत्यु भइसकेको छ।
महामारी सुरु भएयता २ सातामै १० लाख संक्रमित थपिएका हुन्।
अमेरिकामा शुक्रबारमात्रै ८९ हजार ३ सय ६१ संक्रमित थपिएका छन्। यसअघि बिहीबार ८८ हजार ५ सय २१ जनामा संक्रमण पुष्टि भएको थियो।
फ्लोरिडामा शुक्रबार ५ हजार ५ सय संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ लाख नाघेको छ। यस्तै, ९ वटा ...
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ जना संक्रमित भएका छन्।
संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ८४६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ।
आज देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०१ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।
...काठमाडौँ - बडादशैँको टीकाको शुभ साइत कार्तिक १० गते सोमबार बिहान १०:१९ बजे उत्तम भनेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सो जानकारी दिएको हो ।
यसैगरी देवी विसर्जनको साइत बिहान १०.११ बजे भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।
यस वर्ष दशैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् । पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविदको पूर्वानुमान ...
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा उत्पन्न विवादको समाधान बिन्दु खोज्न असफल पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फरकफरक पत्र पठाएका छन्। सार्वजनिक भएको पत्रमा दुवैले फरकफरक व्यहोरा उल्लेख गरेका छन्।
ओलीले कात्तिक ५ गते मुख्यमन्त्री शाहीलाई पठाएको पत्रमा पूर्व प्रमुख सचेतक गुलाबजंग शाहलाई गरिएको कारबाही फिर्ता लिन भनेका छन्।
'अनुशासित तबरले प्रमुख सचेतको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सभा दल कर्णालीका प्रमुख सचेतक श्री ...
काठमाडौं - शुक्रबार मध्यरातपछि नेपालमा प्रशारण हुने विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) नियम लागू भएको छ। यससँगै अधिकांश विदेशी टिभीको प्रशारण तत्कालका लागि रोकिएको छ।
विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ को व्यवस्था अनुसार शुक्रबार मध्यरातिपछि अनिवार्य क्लिन फिड लागू भएको हो।
नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग छ। उनीहरुले च्यानल क्लिन फिडमा उपलब्ध गराएका छैनन्।
भारतीय टेलिभिजन नेटवर्कहरु 'जी' र 'सोनी' अन्तर्गतका च्यानलहरु मात्र विज्ञापनरहित कन्टेन्टमा आएकाले प्रशारण रोकिएको छैन।
शुक्रबार रातिदेखि स्टार, बीबीसी, सीएनएन, डिस्कभरीलगायतका च्यानलहरु नेपालमा बन्द छन्। यी ...
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।
पूर्वमन्त्री तथा भट्टराईकै पत्नी हिसिला यमी पनि संक्रमित भएको डा भट्टराईले ट्विटमार्फत जानकारी गराएका छन्।
'हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो', भट्टराईले ट्वविटमा लेखेका छन्।
उनले चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु 'होम आइसोलेसन'मा नै रहेको उल्लेख गरेका छन्। 'केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ', उनले लेखेका छन्।
...काठमाडौं - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व शनिबार नेपालीले बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन्।
बडादसैंको आठौं दिन शुक्रबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ।
आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म ...
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२४ घण्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ। एकै दिनमा यति धेरै कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।
हाल देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्
पछिल्लो २४ घण्टामा काठमाडौं ...
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा २३९१ जना, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
देशमा कुल संक्रमितमध्ये ६८.७ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६५ छ।
...काठमाडौं- २४ घण्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ। एकै दिनमा यति धेरै कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।
हाल देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
काठमाडौंमा २३९१ जना, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज २० हजार ११८ जनाको स्वाब परीक्षण भएको छ।
देशमा ...
पोखरा–म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको मंगलबार राति ८ः२५ बजे मृत्यु भएको हो।
गत असोज २९ गते कोरोना संक्रमण भएपछि केन्द्रको आइसीयूमा भर्ना भएर उपचार गराइरहेका उनको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।रासस
...डोटी–जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
पछिल्लो समय यहाँका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो ।
हिन्दू नेपालीहरुको महान चाड बडादसैं नजिकिएसँगै कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिले जिल्लाको शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए। उनले भने, ‘शक्तिपीठ र मन्दिरमा निश्चित पुजारीद्वारा सामान्य गरिने नित्यकर्मबाहेक अन्य सबै पूजा बन्द गरिएको ...
काठमाडौं- २४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।
हाल देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ५५९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १४३१ जना, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा ...
काठमाडौं–सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुसको डिल गरेको आरोप लागेका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद गोकुल बाँस्कोटामाथि थप छानविन गर्न प्रमाण प्राप्त नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
संसदको सार्वजनिक लेखा समितिलाई पठाएको पत्रमा अख्तियारले बाँस्कोटालाई उन्मुक्ति दिन लागेको संकेत गरेको छ । उक्त प्रकरणमा संलग्न भनिएका विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण प्राप्त नहुँदा थप अनुसन्धान हुन नसेकको भनिएको छ।
घुस डिल गरेकोबारे बाँस्कोटासँग बयान लिइएको र मिश्रलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरी सार्वजनिक सूचनासमेत जारी गरिएको जिकिर अख्तियारले गरेको छ। लेखा समितिले केही हप्ताअघि ...
काठमाडौं- सवारी व्यवस्थापनलाई म्यानुअलबाट प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन मंगलबारबाट त्रिपुरेश्वरमा समेत नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ। मंगलबार रोटरी क्लब अफ त्रिपुरेश्वरका अध्यक्ष भुवन श्रेष्ठले त्रिपुरेश्वरमा नयाँ जडान गरिएको ट्राफिक लाइट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन्।
रोटरी क्लब अफ त्रिपुरेश्वरले ‘ग्रिन त्रिपुरेश्वर’ कार्यक्रम अन्तर्गत कामनपासँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाइट, सिसिटिभी, विभिन्न अनलाइन सफ्टवेयरजस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन ...
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमित नागरिकको उपचार नगर्ने सरकारी निर्णयको नागरिक तहबाट प्रतिवाद हुनेतर्फ सरकारलाई सचेत बनाएका छन्।
सरकारले जनताको उपचार नगरे त्यसविरुद्ध कर नतिरेर प्रतिवाद हुन सक्ने संकेत गर्दै प्रधानमन्त्री केपी शर्मालाई उनको प्रश्न छ, ‘उपचार गर्दिन सरकारले भन्दा जवाफमा जनताले ‘कर तिर्दिन’ भने कसरी धान्ने सम्माननीय प्रम ज्यू।’
नागरिकले कर नतिर्दा आर्थिक अवस्था धान्न नसकिने अवस्थामा पुग्नेतर्फ शर्माले सरकारलाई सचेत बनाए। उनले उपचार निःशुल्क गर्ने घोषणा नगरे ‘नो ट्रिटमेन्ट नो ट्याक्स’को जनअभियान सामाना गर्न सरकारलाई चेतावनी दिए।
...काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ।
हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
हालसम्म १३ लाख ९१८ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं ...
काठमाडौ- नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा‚ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी‚ सिपी मैनाली नेतृत्वको नेकपा मालेलगायत २१ वामपन्थी दलहरुले कोरोना महामारी उपचारमा राज्य उपचार गर्नबाट पन्छिन नमिल्ने बताएका छन्।
सोमबार २१ दलका प्रतिनिधिले एक विज्ञप्ति प्रकाशित गर्दै संविधानको धारा १५को खुला उल्लंघन भएको ठहर गरेको छ। यसअघि सर्वोच्च अदालतले सबै नागरिकको निशुल्क उपचार गर्नुपर्छ भन्ने निर्णयको उपाहास भएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले आम नागरिकको बाँच्न पाउने अधिकारको अतिक्रमण गरेको बताउँदै सबै कोरोना संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ।
...काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा २००८ जना, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
देशमा कुल संक्रमितमध्ये ६९.५ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४७० छ।
...काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ।
हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
हालसम्म १३ लाख ९१८ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा २००८ जना, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर ...
काठमाडौं - उदयपुरको कटारी–१४ मा स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई प्रहरीले उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाएको छ ।
भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो गएराती १ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ घर भएका ४६ वर्षीय रामबहादुर सार्की र २७ वर्षीय कर्मे सार्कीको मृत्यु भएको छ । अन्यको सनाखत भएको छैन ।
सिद्धिचरण राजमार्गमा पर्ने भदौरे भिरबाट स्कोर्पियो खस्दा ३ जना घाइते भएका छन् । घाइते ...
एजेन्सी - प्राइभेट लिमिटेड र पब्लिक लिमिटेड कम्पनि दर्ता गर्ने एक मात्रै निकाय हो कम्पनि रजिस्ट्रारको कार्यालय। उद्योग बाणिज्य तथा तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको यो निकाय देश भर मै एउटा मात्रै छ। ७७ जिल्लाकै जनताले प्राइभेट लिमिटेड वा पब्लिक लिमिटेड कम्पनि दर्ता गर्न चाहे संघिय राजधानी काठमाडौँ नै धाउनु पर्ने बाध्यता छ।
यहाँ दर्ता हुने प्राइभेट लिमिटेड /पब्लिक लिमिटेड सबै कम्पनीले कम्पनि ऐनले निर्दिष्ट गरे बमोजिमका कागजातहरु तोकिएको समय भित्र त्यहि वेबसाइट मार्फत लगइन गरेर अनलाइन पठाउनु पर्ने हुन्छ तर बिडम्बना वेबसाइट (सर्भर) नै चल्दैन। ...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका सुरक्षाकर्मी र सवारी चालकमा कोरोना संक्रमण देखिएको छ। शनिबार चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको रिपोर्ट आएको जानकारी दिइएको हो।
सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पनि उपाध्यक्ष गौतम र उनका परिवारका सदस्यमा भने कोरोना संक्रमण देखिएको छैन। यसका साथै गौतमको निजी सचिवालयका सदस्यमा पनि कोरोना संक्रमण नदेखिएको बताइएको छ।
चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि नेता गौतम होम क्वारेन्टाइनमा बसेका छन्। उनले सबै भेटघाट समेत बन्द गरेको गौतमको निजी सचिवालयले जानकारी दिएको छ।
...काठमाडौं- आफ्नै सहकर्मीको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले जनाएको छ।
ब्युरोको टोलीले ती दुई जनालाई बाँकेको नेपालगञ्जस्थित भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो। उनीहरुलाई थप कारबाहीका लागि शनिबारै वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।
विसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईंटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको बिँडले हानी हत्या गरिएको थियो। ...
स्याङ्जा- स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
ग १ त ५६३७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो। ट्र्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ।
दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन्। उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
...काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १४५१ जना, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ छ।
पछिल्लो २४ घण्टामा १८ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८४० जना पुगेको छ।
...काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ जना पुगेको छ।
हाल देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्। आज १३ हजार २९९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हालसम्म १५ लाख ४३८ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १४५१ जना, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा ...
काठमाडौं - नेपाल बार एसोसिएसनको चुनावमा आफ्नो संगठनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनले (डिएलए) तीन वरिष्ठ अधिवक्तासहित ५ जनालाई कारबाही गरेको छ। डिएलएले बिहीबार नेपाल बारका दुई पूर्वअध्यक्षसहित ५ जनालाई कारबाही गरेको हो।
२०७५ चैतमा सम्पन्न निर्वाचनमा वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठसँग डिएलएका उम्मेदवार सुनीलकुमार पोखरेल पराजित भएका थिए। पराजयपछि चुनावको समीक्षा गरी सुझाव दिन डिएलएले समिति गठन गरेको थियो। सुझाव र प्राप्त उजुरीका आधारमा ५ जनालाई कारबाही गरिएको डिएलएले जनाएको छ।
डिएलएले कारबाही गरेका बारका पूर्वअध्यक्षमा हरिहर दाहाल ...
काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ताका विविध सन्दर्भमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ।
शनिबार बिहान ११ बजे बालुवाटारमा छलफल हुन लागेको नेकपाका कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले जानकारी दिए।
मुख्यमन्त्री शाही विरुद्ध विद्रोह प्रयास सुरु भएपछि सो प्रक्रियालाई थाती राख्न भन्दै शाही सहित नेकपाका प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाइएको थियो। उनीहरु बिहीबारै काठमाडौं आइपुगेका थिए।
कर्णालीबाट आएका कतिपय नेताहरुले पार्टी शीर्ष नेतृत्वसँग भेटवार्ता गरिसकेका छन्।
...काठमाडौं - यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य निर्देशिका र मापदण्ड पुरा गरेर यात्रु बोक्न व्यवसायीलाई निर्देशन दिएको छ। त्यस्तै विभागले यात्रुसँग तोकिएको भाडामात्र लिन भनेको छ।
दसैं सुरू भएसँगै यात्रुको चाप बढ्ने र व्यवसायीले बढी भाडा लिनसक्ने भएकाले विभागले सचेत गराएको हो। विभागले शुक्रबार एक सूचना जारी गर्दै यस्तो बताएको हो। कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द रहेको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज १ देखि खुलेका थिए।
त्यसअघि असार २६ देखि जिल्लाभित्र स्थानीय रूटका बस चल्न दिइएको थियो। त्यसरी बस चलाउँदा सिट क्षमताका ...
काठमाडौं- शुक्रबार देशमा ४ हजार ३९२ जनामा कोरोना सक्रमित भएको पुष्टि भयो। १६ हजार ५३१ जनाको स्वाब परीक्षण गर्दा ४ हजार ३९२ जना कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
शनिबार नेपालमा कुल परीक्षणको २६.५६ प्रतिशत कोरोना संक्रमित भएका छन्। यसको अर्थ १ सय जनाको परीक्षणमा झन्डै २७ जनामा कोरोना संक्रमण भएको भन्ने हो। यो दर निकै उच्च हो।
विश्व स्वास्थ्य संगठनका अनुसार कुल परीक्षण संख्याको १० देखि १२ प्रतिशतभन्दा बढीमा संक्रमण देखिए परीक्षणको अभाव भएको मानिन्छ। शुक्रबारको तथ्यांक हेर्दा नेपालमा पनि परीक्षणको अभाव ...
काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार ५२२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ। यो कुल संक्रमितको ६९.७९ प्रतिशत हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण ...
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ जना पुगेको छ।
हाल देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ५४ हजार १६४ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो ...
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ जना पुगेको छ।
हाल देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ५४ हजार १६४ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १७८४ जना, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ...
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १७८४ जना, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
...डडेल्धुरा - कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो ।
गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१ पुईलेक बजारको भाग भासिनुका साथै कालोपत्रे उप्किएको छ ।
सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो । यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीको मेलौली जोड्ने गरी निर्माण भएको छ ।
सडक कालोपत्रेको पहिलो चरणमा आठ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो । यस सडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः पर्खाल पनि भत्किएका ...
काठमाडौं - चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् ।
इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो । उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ ।
हेमन्ती बोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ...
बुटबल - बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।
कोरोना संक्रमण भएर असोज २१ देखि अस्पताल भर्ना भएका उनलाई २५ गतेदेखि अस्पतालको सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा थापाले बताए। उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा थापाले जानकारी दिए। योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ...
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन अनलाइनबाट हुने भएको छ। महासंघको सभा मंसिर ११ र १२ गते काठमाडौंमा तय भएको छ।
साधारण सभाको उद्घाटन ११ गते हुनेछ भने १२ गते बन्द सत्र र भ्याए सोही दिन निर्वाचन हुनेछ । नभए १३ गते निर्वाचन गर्ने तयारी गरिएको छ।
साधारणसभा उद्घाटनका लागि गृह मन्त्रालयले समेत स्वीकृति दिइसकेको छ। निर्वाचन कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की बैंकेट बबरमहल र महासंघको कार्यालय टेकु गरी ३ स्थानमा हुने भएको छ।
महासंघको ५४ औं साधारण सभामा नेतृत्व चयनसमेत हुने भएकाले चुनावी ...
काठमाडौँ - ६ वर्षदेखि राष्ट्रिय मानव अधिकार आयोगले गरिरहेको प्रयास अन्ततः सफल भएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले अवकाश पाउनु २ दिनअघि मात्र आयोग यो काममा सफल भएको हो। काम हो-गम्भीर मानव अधिकार उल्लंघनका घटनाका दोषीहरूको सूची सार्वजनिक गर्नू।
कात्तिक २ गते अवकाश पाउन तयार भएका अध्यक्ष शर्माले यो सूची बिहीबार सार्वजनिक गरेका हुन्। आयोग स्थापना भएदेखि कार्यान्वयन नभएका सिफारिसलाई मानव अधिकार उल्लंघनकर्ताको रूपमा आयोगले नाम सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको कालोसूचीमा उच्च राजनीतिक तहका व्यक्तिहरुको नाम नभएपछि घटनामा संलग्नहरुको नाम सार्वजनिक गरिएको हो।
आयोगले तत्कालीन ...
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन्। पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिइएको छ।
यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिलानाथ श्रेष्ठले पाएका छन्। सहरी विकासमा कृष्ण गाेपाल श्रेष्ठलाई ल्याइएको छ।
सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई दिइएको छ।
यसैगरी रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राखेका छन्। यसअघिका रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी उपप्रधानमन्त्री तोकिएको छ।
...
काठमाडौं- नेपालमा बुधबार ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित छन्। यीमध्ये ५९.२५ प्रतिशत अर्थात् २१ हजार ५ सय ४८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १४ हजार १५ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा २ हजार ७ सय ९५, प्रदेश २ मा ५ सय ७२, लुम्बिनी प्रदेशमा २ हजार ९७, सुदूरपश्चिम प्रदेशमा ६ सय २९, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदेशमा ५९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
देशमा कुल संक्रमितमध्ये ...
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको ...
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ।
हाल देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २१ हजार ५४८ जना होम आइसोलेसनमा छन्।
देशमा कुल ...
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ।
हाल देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २१ हजार ५४८ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
देशमा ...
चितवन - कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा जिल्लावासीलाई १४ बुँदे सुझाव दिइएको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ७६४ नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९७ पुगेको भन्दै अत्यन्तै सावधानी अपनाउन अनुरोध गरिएको छ ।
धार्मिकस्थलमा धर्म परम्परालाई निरन्तरता दिई ...
मोरङ - मोरङको बूढीगङ्गा गाउँपालिका-३ का कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ।
बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनील देवले जानकारी दिए।
मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो। उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए। रासस
...काठमाडौं - संवैधानिक इजलाशमा हेर्दाहेर्दै रहेको नेकपा नेता वामदेव गौतमको मुद्दाको सुनुवाइ आज बुधबार पनि स्थगित भएको छ। यो मुद्दाको सुनुवाइ अब दसैंपछि मात्र हुने सम्भावना रहेको छ।
बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि राष्ट्रिय सभा सदस्य भएका गौतमविरुद्ध दायर भएको रिटमा निवेदक, सरकारी वकिल र उनका केही कानुन व्यवसायीले बहस गरेपछि हेर्दाहेर्दै रहेको थियो। असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो। उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो।
गौतमको ...
काठमाडाैं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित पार्टीका प्रदेश कमिटीका पदाधिकारी बुधबार काठमाडौ आउने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीका विरुद्ध पेश भएको अविस्वास प्रस्तावलाई लिएर विवाद चर्किएपछि छलफलका लागि उनीहरु काठमाडौं आउन लागेका हुन्।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमा उनीहरुलाई काठमाडौं बोलाएर छलफल गर्ने सहमति गरेका थिए। त्यसपछि मुख्यमन्त्रीसहित सबै पदाधिकारी काठमाडौ आउन लागेका हुन्।
मुख्यमन्त्री सकेसम्म बुधबार बेलुकासम्म काठमाडौ आउने उनका प्रेस सल्लाहकार ध्रुव बिसीले बताए। ‘आज बिहानैदेखि मुख्यमन्त्री छलफलमा जुट्नु भएको छ ’ बिसीले भने, ‘मुख्यमन्त्रीज्यू ...
काठमाडौं–नेपाल विद्युत् प्राधिरकणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका झण्डै डेढ दर्जन बराबरका स्थानमा आज बिहान ६.३० बजेदेखि १० बजेसम्म विद्युत् काटिन लागेको हो ।
प्राधिरकणका अनुसार टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकुचोक, त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म विद्युत् काटिने छ । यस्तै टेकु वंशीमार्फत् सुकुम्बासी टोल जाने बाटोसम्म, कालीमाटी फिडरअन्तर्गत पर्ने टेकु नेशनल टे«डिङ हुँदै हनुमन्त भीसेनस्थान, परोपकार, रामघाट, शान्ति ...
काठमाडौं- प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले काठमाडौं उपत्यका बाहिर कोरोना केन्द्रित सतर्कता चिन्ताजनक भएको बताएको छ।
कोभिड– १९ सम्बन्धी सरकारले गरेको कामको विषयमा निरीक्षण गर्न गठित उपसमितिले देशैभरी गरेको अनुगमन र निरीक्षणपछि आज समितिमा प्रस्तुत निष्कर्षमा काठमाडौं उपत्यकाबाहिरका जिल्लामा भयावह स्थिति आउन सक्ने चेतावनी दिएको छ।
सोमबार बसेको समितिको भर्चुअल बैठकमा उपसमिति संयोजक जीवराम श्रेष्ठले ब्रिफिङ गरेका थिए।
‘उपत्यकाबाहिर गएपछि कोभिड –१९ छ भन्ने महसुस नै नहुने स्थिति छ', समिति बैठकमा श्रेष्ठले भने, 'मेलाबजार चलिरहेको छ। सरकारी कार्यालयमा भिडभाड छ। सिडिओ कार्यालयहरूमा मान्छेको चाप देखिन्छ।'
उनले जहीँतहीँ ...
काठमाडौं- लिलाम बढाबढ सम्बन्धि नयाँ सिद्धान्त पत्ता लगाउने संयुक्त राज्य अमेरिकास्थित स्टानफोर्ड विश्व विद्यालयका दुई जना प्रोफेसरलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ।
लिलाम बढाबढ (अक्सन) सम्बन्धी सिद्धान्तलाई नयाँ तरिकाले परिभाषित गर्न योगदान गरेको र यसको नयाँ फर्मुलासमेत पत्ता लगाएका दुईजना अर्थशास्त्रीहरू पउल मिलग्रोम र रोबर्स विल्सनले नोबेल पुरस्कार पाएका हुन्।
विभिन्न प्रकारका वस्तु र सेवाको लिलाम बढाबढमा मूल्य निर्धारणको स्थीतिले कसरी काम गर्छ ? र लिलाम प्रकृयामा विगतदेखि चलिआएको बढाबढको सिद्धान्तमा कसरी परिमार्जन गर्न सकिन्छ भनी यी दुई अर्थशास्त्रीले अनुसन्धान गरेका थिए।
उनीहरुले पत्ता लगाएको ...
काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ। गत २४ घण्टामा मात्र ४ हजार ४७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा ५, उदयपुरमा २, ओखलढुंगामा २, खोटाङमा २, झापामा ७१, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा १, मोरङमा २ सय २३, सुनसरीमा २ सय ४९, सोलुखुम्बुमा १ र संखुवासभामा १ जनामा कोरोना छ।
प्रदेश २ को धुनषामा २५, पर्सामा १७, बारामा ११, महोत्तरीमा ८, रौतहटमा १३, सप्तरीमा २१, सर्लाहीमा ८ र सिरहामा ११ ...
काठमाडौं - चितवन मेडिकल कलेज र धुलिखेल अस्पतालमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. १ निवासी ७५ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
उनी दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।
अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भइरहेको बेला आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै चितवन जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको ...
बुटवल - कोरोना संक्रमणबाट रुपन्देहीका थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् ।
बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मुटुका दीर्घरोगी थिए ।
यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल ...
काठमाडौं- नेपालमा शनिबार एकैदिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
१० वटा जिल्लाका २ महिला र १२ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा ४५, मोरङमा २० र ७२, सर्लाहीमा ७१ वर्षीय पुरुष, काठमाडौंमा ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ।
यस्तै, ललितपुरमा ४३ र ४९, भक्तपुरमा ६८, मकवानपुरमा ७७ वर्षीय पुरुष, धादिङमा ३१ वर्षीया महिला, नवलपरासी पूर्वमा ३६ र रुपन्देहीमा ५७ वर्षीय ...
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ।
हाल देशभर ३० हजार ८१८ जना सक्रिय संक्रमित छन्। हाल १३ ...
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ।
हाल देशभर ३० हजार ८१८ जना सक्रिय संक्रमित छन्। हाल १३ हजार ६५४ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हाल ४६८६ जना क्वारेन्टाइनमा रहेका छन्।
आज १९ हजार ३२० जनाको परीक्षण भएको छ। हाल ११ लाख ६४ हजार ५५७ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा ...
काठमाडौं - सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार डा.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन तोडिएको घोषणा गर्नेछन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।
...काठमाडौं - कोरोना संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ
चौधरीलाई शुक्रबार राति आइसीयुमा सारिएको हाे। वीर अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा सुधार नआएपछि आइसीयुमा सारिएको हो। श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन्।
‘स्वास प्रश्वासमा अलि कठिनाई भइरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रासमेत कम भएको महसूस हुन्छ।’ उनले अस्पतालबाटै तीन दिन अघि जानकारी गराएकी थिइन्। उनलाई पाँच दिनअघि लक्षण सहितको संक्रमण भएको पुष्टि भएको थियो।
२०६७ मा स्तन क्यान्सर देखिएकी चौधरीले लामो समयसम्म उपचार गराएकी ...
काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षरण विभागले वाणिज्य प्रशासन सम्बन्धी सेवा प्रवाह अनिश्चितकालका लागि स्थगन गरिएको सूचना गरेको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा स्वयम् विभागका कर्मचारीहरुमा समेत संक्रमण दर बढेर गएकाले सेवा प्रवाह रोक्नुपरेको विभागले जनाएको छ ।
यस्तो विषम परिस्थितिमा विभागका कर्मचारी तथा सेवाग्राही सर्वसाधारण नागरिकहरुको समेत स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै विभागबाट प्रवाह हुँदै आएको प्राइभेट तथा साझेदारी फर्म, एजेन्सी, नयाँ कम्पनी दर्ता, ठाउँ सारी, पूँजी बृद्धि, खारेजी, उद्धेश्य परिवर्तन (नविकरण बाहेकका) विवरण संशोधन सम्बन्धी सबै व्यापार प्रशासन ...
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै मुलुकभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापामा २ पुरुष, सुनसरीमा ३ पुरुष, काठमाडौंमा १ पुरुष र १ महिला, ललितपुरमा १ पुरुष, रुपन्देहीमा २ पुरुष गरी १० जनाको मृत्यु भएको हो । पछिल्ला दिन संक्रमणबाट निधन हुनेहरुको मृत्युदर ०.६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
...काठमाडौं- दानामा भएको चर्को मूल्यवृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन्।
दानामा भएको चर्को मूल्यवृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन्। दानामा भएको चर्को मूल्यवृद्धिले लकडाउनयता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ।
सङ्घका अनुसार लकडाउनअघि मुलुकभर दैनिक ५० लाखगोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ।
यो कूल उत्पादनको ४० प्रतिशत कमी हो। तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन बढ्दै आएकोमा लकडाउनपछि यसको उत्पादनमा ओरालो ...
काठमाडौं- धरहराको निर्माण सम्पन्न गर्न ९ महिना म्याद थपिएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणको ठेक्का लिएको कम्पनी रमन कन्स्ट्रक्सनलाई निर्माण सम्पन्न गर्न थप ९ महिना समय दिएको हो।
रमनले २०७७ असोज २० गतेभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। लगत्तै रमनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो। तर कोभिडका कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको हो।
रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले लकडाउनका ...
काठमाडौँ- लुम्बिनी प्रदेशको राजधानीमा निर्माण हुने सम्पूर्ण भौतिक संरचनाको निर्माण प्रदेश पूर्वाधार विकास प्राधिकरणले गर्ने भएको छ। मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहने प्राधिकरणले सम्पूर्ण प्रदेश राजधानीको भौतिक संरचनाको निर्माण गर्ने जानकारी दिइएको छ।
प्राधिकरण यसअघि नै स्थापना भइसकेकाले तत्कालै काम सुरु गर्ने तयारी गरिएको छ। राजधानीका भौतिक संरचना निर्माणका साथै प्राधिकरणले प्रदेशमा तीन मेगासिटी बनाउने कामसमेत गर्ने नेकपा सचेतक भूमिश्वर ढकालले बताए।
प्रदेश प्राधिकरणले प्रदेश राजधानीको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी ग्लोबल टेन्डर गर्ने तयारी गरेको छ। प्रदेश राजधानीको संरचनासहित ...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकले जनताले ज्यान गुमाउनु नपरोस् भनेर सरकारले काम गरिरहेको बताएका छन्। एनआरएनको विश्व ज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल सरकार दुईवटै पक्षबाट जनताको जीवनरक्षाका निम्ति प्रयासरत रहेको बताए।
'रोग र भोकले नेपालीले ज्यान गुमाउनु नपरोस् भनेर, जनताको जीवन सुरक्षित गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर मैले सुरु देखि नै अभिव्यक्ति दिँदै आएको छु', प्रधानमन्त्रीले भने, 'त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रुपमा प्रयास पनि गरेको छ।'
कोभिड–१९ को विश्वव्यव्यापी महामारीको असर नेपालमा पनि परेको र अहिलेसम्म यो बढिरहेको बताउँदै ...
काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५४० जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ जना पुगेको छ।
...काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहकारी विकासगरी तीन मन्त्री तत्काल नियुक्त गर्ने भएका छन्। तर, औपचारिक पुनर्गठन भने दशैं तिहारपछि मात्रै हुने भएको छ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच बिहीबार भएको छलफलमा रिक्त रहेका तीन मन्त्री तत्काल नियुक्त गर्ने समझदारी भएको प्रधानमन्त्री निकट एक स्थायी कमिटी सदस्यले बताए।
‘प्रधानमन्त्रीज्यूले रिक्त मन्त्रालयमा मन्त्री नहुँदा सारै गाह्रो भएको जनाउनुभएको छ। तीन मन्त्री तत्काल नियुक्त गरौं‚ अरु औपचारिक पुनर्गठन तिहारपछि गरौंला भन्ने छ‚’ ती स्थायी ...
काठमाडौं- नेपालमा २४ घण्टायता थप १२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म ५९० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
८ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा ३९, धनुषामा ७० वर्षीय पुरुष, काठमाडौंमा ७९ वर्षीया महिला, ५८ र ९१ वर्षीय पुरुष, ललितपुरमा ७३ वर्षीया महिलाको मृत्यु भएको छ।
यस्तै, चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुष, कास्कीमा ८३ वर्षीय पुरुष र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि ...
काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ। गत २४ घण्टामा मात्र ४ हजार ३ सय ६४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा २ सय ४९, संखुवासभामा ३, सोलुखुम्बुमा २ र सुनसरीमा २ सय १४ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा २८, पर्सामा ११, बारामा १४, महोत्तरीमा ७, रौतहटमा १८, सप्तरीमा २५, सर्लाहीमा ...
काठमाडौं- सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको आइतबारको बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो।
'जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्ने गरी प्रतिष्ठान, बोर्ड, विश्वविद्यालय र विद्यालयका सबै तह र विषयमा परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको छ,' सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने।
उनका अनुसार सरकारले २५ जनासम्म सहभागी भएर दिइने व्यावसायिक तालिम पनि खुला गर्ने र्णय गरेको छ।
...काठमाडौँ - जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा भएको जिप दुर्घटना परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । बुधबार भएको सो दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा परेका लालबहादुर बुढाको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो । दुर्घटना जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीको पनि मृत्यु भएको छ ।
दुर्घटनामा वडाअध्यक्ष शाहीसहित स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही, मालिका बस्नेत र बुढाको मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा १ जना बेपत्ता छन् । बेपत्ताको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । ...
काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा ६८ हजार ६ सय ६८ जना कोरोना संक्रमणपछि निको भएका छन्। यो कुल संक्रमितको ७२ दशमलव ९ प्रतिशत हो। नेपालमा हालसम्म ९४ हजार २५३ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार ११ हजार १३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ११ लाख १३ हजार ४ सय ८५ जनाको पिसिआर भएको ...
काठमाडौं- नेपालमा बुधबार एकैदिन १५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ...
काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६८४ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा १२९६ जना, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सँगै उपत्यकामा संक्रमित हुनेको संख्या ३३ हजार ७४९ पुगेको छ। मंगलबारसम्ममा काठमाडौं उपत्यकामा ३२ हजार ६५ जना संक्रमित पुगेका थिए।
पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ।
हाल देशभरमा २५ हजार ७ जना सक्रिय संक्रमित छन्। १० हजार ...
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
हाल २५ हजार ७ जना सक्रिय संक्रमित छन्। १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज १४ हजार २०९ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ६८ हजार ६६८ जना निको भएका ...
काठमाडौं - चिकित्सा शिक्षा सुधारका माग राख्दै २३ दिनयता अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नै कमजोर बनेको छ। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको रगतमा अक्सिजनको मात्रा निकै नै कम देखिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ।
डा केसीको उपचारमा संलग्न डा सुवास प्रसाद आचार्यका अनुसार उनको शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा ९० प्रतिशतसम्म घटेको छ। हाल उनलाई अक्सिजनको सहायता दिन थालिएको छ। डा आचार्यको टोलीले अनसनरत डा केसीको स्वास्थ्य अवस्था जुनसकै बेला पनि गम्भीर हुन सक्ने बताउँदै जुनसुकै बेला आइसियूमा राख्नुपर्ने बताएको छ।
यसका साथै ...
बुटवल - प्रदेशसभाको दुईतिहाई बहुमतले दाङ्गको देउखुरी उपत्यकालाई प्रदेश ५ को स्थायी राजधानी कायम गरेलगत्तै दाङ्गवासीहरुमा खुशीयाली छाएको छ ।
खुसीयालीसँगै दाङका बजार क्षेत्रका चोक–चोकमा दिपावली गरिएको छ । मङ्गलबार राती दिपावली निकालेका उनिहरुले बुधबार बिहान भालुवाङ्गसम्म विजयी र्याली निकाल्ने तयारी गरेका छन् । उक्त र्याली भालुबाङ्गमा पुगेर आमसभामा परिणत हुने जनाइएको छ ।
...
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
हाल २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित छन्। ९ हजार ११८ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज ११ हजार ४७ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा २३४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ६७ हजार ५४२ जना ...
काठमाडौँ- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक आग्रह भन्दापनि समग्र प्रदेशको साझा मनोविज्ञानको खोजी गर्ने क्रममा दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव गरिएको बताएका छन्।
प्रस्तावित प्रदेशको स्थायी राजधानी र नामका विषयमा छलफलको दोस्रो दिन प्रदेशसभामा सम्बोधन गर्दै पोखरेलले प्रदेश राजधानी लुम्बिनी अञ्चलभन्दा बाहिर लगियो भन्ने गरी नबुझ्न सबैमा आग्रह गरेका हुन्।
समग्र प्रदेशको प्रतिनिधित्व हुने गरी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सिरगंगा नगरपालिका तीन स्थानीय तहलाई छनोट गरिएको पोखरेलले बताए। प्रदेश सरकार कुनै एउटा क्षेत्र विशेषमा केन्द्रित नभई समग्र विकासका चिन्ता भई अगाडि ...
काठमाडौँ- रुपन्देही आसपास जिल्लाका सांसदहरुको प्रदेशको स्थायी राजधानी सार्न नदिने प्रयास असफल भएको छ।
नेकपालाई पार्टीले घोषित रुपमै दाङको देउखुरीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो। पार्टीको निर्णयलाई सत्तारुढ दल नेकपाका सांसदहरुले स्वीकारे। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले भने कांग्रेसको निर्णलाईलाई बेवास्ता गरिदिए।
प्रदेशसभामा १९ सांसद रहेको कांग्रेसका ५ जनाले दाङको देउखुरीको पक्षमा मतदान गरेका छन्। तीमध्ये ३ जना दाङकै थिए। दाङ ३ ‘क’बाट प्रत्यक्ष निर्वाचित सांसद डिल्लीबहादुर चौधरी, दाङकै अर्जुनकुमार श्रेष्ठ र शंकर गिरीले पक्षमा मत दिएका हुन्। श्रेष्ठ र गिरी समानुपातिक सांसद हुन्। प्युठानका ...
काठमाडौं- प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम भएको छ। प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव दुई तिहाइ भन्दा बढी मतले पारित भएको हो।
अब प्रदेशको ५ को राजधानी देउखुरी हुनेछ। दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको थियो।
त्यस्तै, शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयंगम गर्दै साझा चिनारीका रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण गरियोस् भन्ने ...
काठमाडौँ- नेपाली कांग्रेसका १० नेताले दाङ प्रदेश ५ को राजधानी उपयुक्त भएको बताएका छन्। दाङ र त्यसबाट पश्चिमबाट पार्टी केन्द्र र जिल्लामा नेतृत्व गर्ने १० जनाले संयुक्त वक्तव्य निकाल्दै सरकारी निर्णयको स्वागत गरेका छन्।
‘हामीले शुरुदेखि नै प्रदेशको केन्द्र भालुवाङ हुनुपर्दछ भनेको स्मरण गराउँदै आएकोमा सोही स्थानलाई नै प्रदेश केन्द्र प्रस्ताव गरेकोमा प्रदेश ५ सरकारप्रति आभार व्यक्त गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ।
१० नेताको काठमाडौँमा भएको भेलाले सबैलाई सुविधाजनक रहेको र सामरिक दृष्टिकोणले समेत उपयुक्त स्थान दाङको भालुवाङलाई नै रहेको ठहर गरेको छ। सरकारी विज्ञ टोलीको सिफारिस, ...
काठमाडौं- नेपालमा एकैदिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। एकैदिनमा १९ जना संक्रमितको मृत्यु भएको नेपालमा यो नै पहिलोपटक हो।योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८ जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा काठमाडौंमा मात्र ९ जनाको मृत्यु भएको छ। काठमाडौंमा ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ...
काठमाडौं- गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ३१ जना कोरोना संक्रमित भेटिएका छन्।
काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसँगै हालसम्म उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ। अब काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९१ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ८९ हजार २६३ ...
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
देशभर २३ हजार ५०७ जना सक्रिय संक्रमित छन्। ११ हजार १९१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ जना छन्। आज १३ हजार ७८१ जनाको परीक्षण भएको छ।
...काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार २ सय ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को उदयपुरमा २, खोटाङमा ३, झापामा १६, भोजपुरमा १, मोरङमा ८१, संखुवासभामा १ र सुनसरीमा ८ जनामा कोरोना छ।
प्रदेश २ को धुनषामा ९, पर्सामा ८, बारामा ७, महोत्तरीमा १, रौतहटमा ५, सप्तरीमा ३, सर्लाहीमा ६ र सिरहामा ७ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय ७३ जनामा कोरोना पुष्टि ...
लन्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोप संयोजक नारायण आचार्यले चिकित्सा शिक्षा प्रणालीमा सुधारको माग गर्दै १९ औं आमरण अनशन गरिरहेका डा गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल सरकारसँग माग गरेका छन्।
एनआरएनएको १३ औं युरोप बैठक तथा दोश्रो ज्ञान सम्मेलनको समापनका अवसरमा भर्चुएल माध्यमबाट आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले डा केसीको स्वास्थ्य लाभको कामना पनि गरे। उनले केसीका मागहरुप्रति प्रतिबध्दता पनि जनाए।
यसै गरी नेप्लिज डक्टर्स एशोसिएसन (एनडिए) यूकेले एक वक्तव्य जारी गर्दै डा केसीको स्वास्थ्य रक्षाको सुनिश्चितता गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।
एशोसिएसनले ...
प्रदेश ५ को प्रस्तावित राजधानीको विषय विवादित भइरहेका बेला मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार भएकाे छ। काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुईवटा गाडीमाथि ढुंगा प्रहार भएको हो।
भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्रीलाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा देखाएका थिए। कालो झण्डा छल्दै अघि बढेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि चौराहा नजिकै ढुंगा प्रहार भएको हो। ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा ...
एजेन्सी–कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ३ करोड ५० लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ३ करोड ५० लाख ५८ हजार २ सय ८२ पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट १० लाख ३५ हजार ४ सय ५२ जनाको मृत्यु भइसकेको छ भने २ करोड ४० लाख ८ हजार १ सय ७२ जना निको भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७४ लाख १८ हजार ५ सय ९६ छ भने २ लाख ९ हजार ८ सय ७ जनाको मृत्यु भएको छ। यस्तै, भारतमा ६५ ...
काठमाडौं - प्रधानमन्त्री सचिवालयमा प्रमुख सल्लाहकार विष्णु रिमालसहित ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको हो।
आफूलाई संक्रमण भएको जानकारी ट्वीटरमार्फत दिँदै प्रमुख सल्लाहकार रिमालले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन्।
त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि फेसबुकमा पोस्ट गर्दै शुक्रबार गरिएको पिसिआर परीक्षणको नतिजा पोजेटिभ आएको भन्दै आफ्नो सम्पर्कमा आएका ...
काठमाडौं - काठमाडौं उपत्यकामा एकै दिन १ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा भेटिएका २ हजार १ सय २२ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ७७ संक्रमित भेटिएका हुन्।
काठमाडौं, भक्तपुर र ललितपुरमा गरी १ हजार १ सय ७७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा मात्र १ हजार १ जना संक्रमित भेटिएका छन्। भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जनामा कोरोना पुष्टि भएको छ।
उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ। ...
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २१२० जना कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
२४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित छन्।
...काठमाडौं - अस्थायी राजधानी रहेको रुपन्देही जिल्लासँगै सिमाना जोडिएको नवलपरासी (पश्चिम) का सांसदले पनि भालुवाङ राजधानी बनाउने प्रस्तावको स्वागत गरेका छन् । जबकी नवलपरासीवासीका लागि दाङभन्दा बुटवल धेरै नजिक पर्छ ।
नवलपरासी पश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद देवेन्द्रराज कंडेल भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्तावमा सकारात्मक छन् । तर, पार्टीले के निर्णय गर्छ भन्ने उनी पर्खिरहेका छन् ।
‘पार्टीको केन्द्रीय समितिको बैठक पनि बस्दैछ । पार्टीले निर्णय गर्ला, पार्टीको निर्णय मैले मान्नु पनि पर्छ,’ कंडेल भन्छन्, ‘तर, व्यक्तिगत रुपमा पहिलेदेखि नै आफ्नो ठाउँमा हुनुपर्छ भन्नु भन्दा भौगोलिक ...
काठमाडौं - प्रदेश ५ को नाम र राजधानीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बहुमत प्रदेश सदस्यले समर्थन जनाउने भएका छन्।
भौगिलिक दृष्टिकोणले दाङको देउखुरी उपयुक्त स्थान भएको प्रदेश सदस्यहरुले बताएका छन्। अस्थायी राजधानी रहेको रुपन्देहीबाट दाङको भालुवाङ पुर्याउने प्रस्तावकाे रुपन्देही आसपासका प्रदेश सदस्यहरुले भने आपत्ति जनाएका छन्।
प्रदेश सभामा १९ जना रहेको कांग्रेसका बहुमत सदस्यले दाङको देउखुरीलाई उपयुक्त स्थान भएको जनाएका छन्। दाङका कांग्रेस प्रदेश सदस्य डिल्लीबहादुर चौधरीले पश्चिम प्रस्तावित स्थान सबैका लागि पायक पर्ने बताए। उनले भने, 'संसदीय दलको बैठक बस्न पाएका छैनौं। पश्चिमका सबै प्रदेश ...
काठमाडौं - प्रदेशको नाम र राजधानीका विषयमा छलफल गर्न प्रदेश ५ नेकपा संसदीय दलको बैठक बस्ने भएको छ। बैठक मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बिहान ८ बजे बैठक बस्न लागेको सांसद इन्द्रजित थारुले बताए।
प्रदेशको नाम र राजधानीका विषयमा एकरुपता ल्याउन नेकपा संसदीय दलले छलफल गर्न लागेको हो। यस विषयमा असोज १९ मा बस्ने प्रदेश सभा बैठकमा मतदान हुने भएको छ। नेकपा संसदीय दलले पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्ने बताइएको छ।
प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेसले भने विपक्षमा मतदान गर्ने बताइएको छ। प्रदेश सभामा कूल ८७ ...
काठमाडौं - प्रदेश ५ को राजधानी दाङको भालुवाङका लागि प्रस्ताव गरिएपछि वरपरका जग्गामा कित्ताकाट तथा किनबेचमा रोक लगाइएको छ। प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मालपोत कार्यालय दाङ र अर्घाखाँचीलाई पत्राचार गर्दै भालुवाङ वरपरका जग्गा किनबेच र कित्ताकाटमा रोक्का गरिएको जानकारी गराइएको हो।
दाङको राप्ती गाउँपालिकाका पूरै भाग, गढवा गाउँपालिकाका वडा नम्बर १,२ र ३ का साथै अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नम्बर ८ र ९ मा जग्गाको कित्ताकाट र किनबेचमा रोक्का लगाइएको जानकारी गराइएको हो।
दाङको भालुवाङलाई राजधानी र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा शुक्रबार पेस भएको ...
काठमाडौं - पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १६३८ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एक दिनको अवधिमा हालसम्मकै सबैभन्दा बढी हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल ४ हजार ८८५जना क्वारेन्टाइनमा ...
काठमाडौं - पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एक दिनको अवधिमा हालसम्मकै सबैभन्दा बढी हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल ४ हजार ८८५जना क्वारेन्टाइनमा छन्।
आजसम्म १० लाख ४८ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ३३०७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ६० हजार ६९६ जना संक्रमित उपचारपछि ...
काठमाडौं - प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएको छ। प्रदेशका ५ कानुनमन्त्री कुलप्रसाद केसीले सरकारका तर्फबाट सो प्रस्ताव प्रदेशसभामा पेस गरेका हुन्।
प्रस्तावमाथि अन्तिम टुंगो लगाउन १९ गते मतदान हुने प्रदेशसभा सचिवालयले कार्यसूची बनाएको छ। दिउँसो १२ बजे संसदमा मतदान हुने प्रदेशका सभामुख पूर्ण घर्तीको स्वकीय सचिवालयले जानकारी दिएको छ।
प्रदेशको राजधानी र नामको प्रस्तव संसदमा पेस गरेपछि शनिबार बिहान नेकपा संसदीय दलले बैठक बोलाएको छ। बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको हो। नेकपा प्रदेश कमिटीले आफ्ना सांसदरहरूलाई सरकारले ...
काठमाडौं - प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङको भालुवाङमा राजधानी राख्ने सहमति जुटेको हो ।
प्रदेश ५ का एक नेताले भने, ‘राजधानी दाङमा राख्ने सहमति जुटिसकेको छ, अबको केही दिनमा चालु अधिवेशनबाटै राजधानीको मुद्धा टुंगिन्छ ।’
राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो ।
पूर्वमाओवादीले भने पार्टी एकीकरण हुनुअघि नै प्रदेशको राजधानी ...
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)लाई खेलाडीको वर्गीकरण गरी केन्द्रीय सम्झौतामा आबद्ध गर्दाका आधार र वर्गीकरणमा नपर्नुको आधारसहित स्पष्टीकरण दिन राष्ट्रिय खेलकुद परिषद (राखेप)ले भनेको छ।
राखेपले खेलाडी वर्गीकरणको विषय सञ्चार माध्यममार्फत मात्र थाहा भएको र वर्गीकरण गर्ने काम राम्रो भएको भन्दै त्यसको आधार ७ दिनभित्र स्पष्ट पार्न भनेको हो।
खेलाडी वर्गीकरणमा पुनर्विचार गरिने जनाइसकेको क्यानलाई राखेपले पनि स्पष्टीकरण सोधेको हो। क्यानले यसअघि पुरुष तथा महिला खेलाडीको वर्गीकरण गर्दै केन्द्रीय सम्झौतामा आबद्ध गर्दा कतिपय खेलाडीको नाम छुटेको र कतिको वर्गीकरण नमिलेको भन्दै असन्तुष्टी आइरहेको थियो।
क्रिकेट खेलाडी संघ ...
काठमाडौं - पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले डा गोविन्द केसीका माग जनपक्षीय र सबैको भएकाले तिनलाई सम्वोधन गर्न कन्जुस्याइँ नगर्न सरकारलाई आग्रह गरेका छन्।
‘सोलाडारिटी फर गोविन्द केसी’ ले बिहीबार गरेको भर्चुअल छलफलमा श्रेष्ठले सरकारले हरहालतमा डा केसीको जीवनरक्षा गर्नुपर्ने बताए। ‘डा केसीभन्दा स्वार्थरहित मान्छे अर्को मैले देखेको छैन,’ उनले भने, ‘उहाँले जनताको मुद्दा उठाउनुभएको हो, स्वार्थरहित माग छन्। जनताको बिम्बका रूपमा उहाँ सत्याग्रहमा हुनुहुन्छ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले केसीको माग सम्वोधन गर्नु कसैको हारजितको विषय नभएको पनि बताए । ‘गोविन्द केसी एक्लो हुनुहुन्न, सत्य एक्लो र निर्धो हुँदैन, केसीले जित्दा ...
सुर्खेत - कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार उनमा संक्रमण पुष्टि भएको प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीले जानकारी दिए ।
प्रदेश प्रमुखको सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा प्रदेश प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव चुडामणि कलौनीले बताए । ‘हाल प्रदेश प्रमुख ज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ उनले भने, ‘उहाँ चिकित्सकको ...
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ५७ हजार ३ सय ८९ जना संक्रमित उपचारपछि निको भएका छन्।
आज मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै १० लाख ३३ हजार ९ सय ४७ सय ३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्।
कुन प्रदेशमा कति डिस्चार्ज ...
काठमाडौं - पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुर ६९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा २ हजार १८५ संक्रमित पुगेका छन्। योसँगै काठमाडौं उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १ सय ३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७९२८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता ...
काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७९२८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २१ हजार ८३० जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्।
आजसम्म १० लाख ३३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ९६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५७ हजार ३८९ जना संक्रमित उपचारपछि निको भएका छन्।
...काठमाडौं - नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए ।
मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए ।
३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए ।
रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ ...
देउखुरी - कोरोना सङक्रमणले लामो समय बन्द रहेका विद्यालय सञ्चालनमा आएका छन् । नीजि विद्यालयको छाता संङगठन प्यावसन र एनप्यावसनले विद्यालय संचालन गर्न माग गरेपछि दाङका पालिका स्तरका शिक्षा समितिले विद्यालय खोल्ने निर्णय गरेर विद्यालय संचालनमा आएका हुन ।
दाङमा रहेका सामुदायिक तथा नीजि विद्यालय संचालन आएपछि हालसम्म रोकिएको पठनपाठन शुरु गरिएको प्यासन दाङका अध्यक्ष रेशमवहादुर बुढाले जानकारी दिनुभयो । उहाँले विद्यालयलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्दै संचालन गर्न भनिएको छ, विद्यालयले नियमित सरसफाईसंग भौतिक दुरीलाई ख्याल गरेका छौ, भन्नुभयो ।
स्थानीय पालिकाले पनि विद्यालय संचालन गर्दा ...
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले आफ्नै निवास बालुवाटारमा बिहीबार १० बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आजको बैठकले मन्त्रालय फुटाउने निर्णय गर्न सक्ने बताइएको छ।
मन्त्रिपरिषद सचिवालयले बुधबार राति अबेर मात्र मन्त्रीहरुलाई बैठकबारे जानकारी दिएको थियो। ‘बैठकको जानकारी पठाउन भनियो तर एजेन्डाबारे मन्त्रीहरुलाई केही खबर गरिएको छैन’, प्रधानमन्त्री कार्यालयको सचिवालय स्रोतले भन्यो, ‘आजको बैठकमा मन्त्रालयहरु टुक्राउनेसहित नयाँ मुख्यसचिव नियुक्तिका विषयमा पनि निर्णय हुनसक्छ।’
नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा भएका पटक-पटकका छलफलमा मन्त्रालय टुक्राएर भए पनि अधिक नयाँ अनुहारहरुलाई मन्त्रिपरिषदमा समावेश गर्ने ...
काठमाडौं - काठमाडौँ महानगरपालिकाले २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार रुपैयाँ असुल गरेको छ।
कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो। यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत् कारबाही अघि बढाइएको छ।
उनीहरुले रु ४६ मा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० रुपैयाँमा बेचिरहेका थिए। उनीहरुबाट बरामद भएको ...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको तथा नेपालले जैविक विविधता संरक्षणको ११ औँ लक्ष्य हासिल गरिसकेको भन्दै सन् २०३० सम्ममा संरक्षित भूभाग ३० प्रतिशत पुर्याउने योजना रहेको बताएका छन् ।
संयुक्त राष्ट्संघको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले सोे कुरा बताएका हुन् । उनले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गर्न आवश्यक भएको पनि बताएका छन् ।
‘जैविक विविधताका स्रोतहरू हाम्रा ...
काठमाडौं - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीकाे इटहरी-६ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
बिराट मेडिकल कलेजबाट बुधाबार साँझ रेफर भएका ती संक्रमितको उपचारका क्रममा राती ९:४५ बजे प्रतिष्ठानमा मृत्यु भएको हो।
प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार गम्भीर अवस्थामा रहेका उनलाई ९:३० मा प्रतिष्ठानमा भर्ना गरिएको थियो। भर्ना भएको १५ मिनेटपछि उनको मृत्यु भएको हो।
उनलाई ज्वरो, खोकी र श्वासप्रस्वाशमा कठिन हुने समस्या थियो। उनको बुधबार कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।
...काठमाडौं - पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र काठमाडौंमा ११२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
पछिल्लो २४ घण्टामा १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित छन्। हाल १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ८०४ जना ...
काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित छन्। हाल १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ८०४ जना छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ४२८ जना क्वारेन्टाइनमा छन्।
आज १२ हजार २०५ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप १०५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै ...
काठमाडौं - विशेष अदालत काठमाडौंले घुस खुवाएर त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहका परीक्षामा गोल्ड मेडल लिएका विद्यार्थी र त्यसमा संलग्न पदाधिकारीलाई दोषी ठहर गरेको छ। विशेष अदालतले त्रिविको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत सुरेन्द्रप्रसाद कोइरालालाई एक वर्ष २ महिना कैद हुने फैसला सुनाएको छ।
कोइरालालाई बिगो र जरीवाना गरी चार लाख ५७ हजार रूपैयाँ जरिवाना गर्ने विशेषले फैसला गरेको छ। विशेषले मंगलबार उक्त मुद्दामा अन्तिम फैसला सुनाएको हो।
विशेषका न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले फैसला सुनाएको ...
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना गरी जम्मा ६३४ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा ...
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना गरी जम्मा ६३४ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २० हजार ३८९ जना सक्रिय संक्रमित छन्। हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ...
काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २० हजार ३८९ जना सक्रिय संक्रमित छन्। हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ७०७ जना छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ७७८ जना क्वारेन्टाइनमा छन्।
आज १० हजार ८९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सहित कुल परीक्षणको संख्या १० लाख ९ हजार २९८ पुगेको ...
दिक्तेल - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो ।
गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर–बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको जनाइएको छ । यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल ...
काठमाडौं - एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न सरकारले ल्याएको अध्यादेश राजपत्रमा प्रकाशित भएको छ। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपतिले जारी गरेको अध्यादेश मुद्रण विभागले राजपत्रमा प्रकाशन गरेको हो।
बढ्दो एसिड आक्रमण नियन्त्रण गर्न र यस्तो कार्यमा संलग्नलाई कडा कारबाही गर्न सरकारले तेजाब प्रहार गर्नेलाई जन्मकैद सम्मको सजाय गर्ने व्यवस्था गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश स्वीकृत गरेको थियो।
संसद अधिवेशन नभएकाले सरकारले अध्यादेशको रुपमा यो कानुन जारी गरेको हो। राजपत्रमा प्रकाशित भएकाले यो अध्यादेशले तत्काल कानुनको रुपमा लिने छ। उक्त ...
काठमाडौं - धरानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाका अनुसार ६८ वर्षीय ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या थियो । उनले डायलायसिससमेत गराउँदै आएका थिए ।
ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको ...
काठमाडौं - पर्वतारोहण तथा पदयात्रामा विदेशबाट नेपाल आउने पर्यटकले बढीमा ७२ घण्टाअगाडि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्ने भएको छ।
सरकारले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ मा उक्त व्यवस्था गरेको हो। उक्त मापदण्ड यही असोज ९ गते स्वीकृत भएको थियो।
मापदण्डअनुसार पर्यटकले कम्तिमा ७ दिन क्वारेन्टाइनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको कागजात पेश गर्नुपर्ने, कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तिमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर बराबरको बिमा गरिएको कागजात पेश गर्नुपर्ने र नेपाल प्रवेशपश्चात पर्यटकले न्युनतम ७ दिन होटल क्वारेन्टाइनमा ...
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा आबद्ध भएका खेलाडी र प्रशिक्षक तथा स्टाफहरुमध्ये १० जनामा कोरोना भाइरस (कोभिड–१९-संक्रमण देखिएको छ।
प्रिमियर लिग फुटबलमा पछिल्लो समय गरिएको परीक्षणमा नयाँ सिजन सुरुभएपछिकै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको हो। प्रिमियर लिगका कूल १ हजार ५ सय ९५ खेलाडी र क्लब स्टाफको सेप्टेम्बर २१ र २७ मा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १० खेलाडीमा कोरोना देखिएको हो।
प्रिमियर लिगले कोरोना संक्रमितको नाम भने खुलाएको छैन। त्यस्तै, कोरोना देखिएका खेलाडी र स्टाफ १० दिनको आइसोलेसनमा बसिसकेको पनि लिगले जानकारी दिएको छ।
गत ...
काठमाडौं - सर्वोच्च अदालतले स्वास्थ्य सामाग्रीमा अनियमितता र विवाद भएपछि सरकारले कालोसूचीमा राखेको ओबिसिआई लिमिटेड प्रालि (ओम्नि)को पक्षमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले पहिलो सुनुवाई गर्दै सर्वोच्चले ओम्निलाई कालोसूचीमा राख्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको हो।
सम्झौता अनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकेको र कमसल सामग्री उपलब्ध गराएको भन्दै कालोसूचीमा राख्ने सरकारको सरकारको निर्णय गैरकानुनी भएको जिकीरसहित ओम्नी सर्वोच्च पुगेको थियो। ओम्नीका तर्फवाट सञ्चालक पारस केसीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले ...
काठमाडौं - संघीय संसदका केही महिला सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिन माग गरेका छन्। दुवै सदनका महिला सांसदकाे जारी छलफलमा यस्ताे सुझाव आएको हाे। हालसालै बझाङको मस्टा गाउँपालिका-२ खिकलाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि भएको हत्याको विषयलाई लिएर गरिएको छलफलमा यस्तो सुझाव दिएका हुन्।
कानुन कमजाेर भएका कारण बलात्कारका घटना बढेकाे बताउँदै सांसदहरू लक्ष्मी चाैधरी, विमला विक, लक्ष्मी परियार, आशा विक, अनिता देवकाेटालगायतले यस्ताे धारणा राखेका हुन्।
हरेक दिन छाेरी कसरी जाेगाउने भन्ने चिन्ता रहेकाे बताउँदै सांसद चाैधरीले भनिन्, ‘बलात्कारीलाई मृत्युदण्ड वा नपुंसक बनाउने कानुन बनाउन सिफारिस गर्नुपर्छ।’ ...
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना गरी जम्मा ८१७ जनालाई कोरोना संक्रमण देखिएको छ।
अब काठमाडौंमा १८ हजार १सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ संक्रमित पुगेका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २२ हजार ३२४ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य ...
काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित छन्। हाल ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ९२९ जना छन्। मन्त्रालयका अनुसार हाल ६ हजार ३१० जना क्वारेन्टाइनमा छन्।
आज १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा थप ७४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै ...
काठमाडौं - ग्लोबल आइएमइका अध्यक्ष एबम व्यबसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी दिएका छन् ।
‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले एक सूचनामा लेखेका छन् ।
तर आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको उनले जानकारी दिए । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको बताए ।
केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता ...
काठमाडौं - नेपाली कांग्रेसका सांसद एवं लिटिल एन्जेल्स स्कुलका संस्थापक उमेश श्रेष्ठलाई कोरोना पुष्टि भएको छ।
उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पुष्टि भएको जानकारी सार्वजनिक गरेका हुन्। शनिबार गरिएको परीक्षणको प्राप्त रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको उनले ट्वीटरमार्फत् जानकारी दिएका छन्।
‘अहिले म होम आइसोलेसनमा बसेको छु’ उनले लेखेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ। मसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहनुभएका सबैले आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु।’
नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार समिति’का सहसंयोजक रहेका उनी प्रतिनिधि सभामा सांसद हुन्।
...काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा बालुवाटारमा छलफल चलिरहेको छ।
मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुवै अध्यक्षबीच निरन्तर छलफल चल्दै आएको छ। गत बिहीबार, शुक्रबार र आईतबार गरी तीन दिन यही विषयमा छलफल भईसकेको छ। सोमबार पनि सोही विषयमा दुई अध्यक्षबीच छलफल सुरु भएको हो।
आईतबार दुई अध्यक्षबीच पुनर्गठनका विषयमा छलफल चले पनि सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ। मन्त्री कसलाई बनाउनेभन्दा पनि कुन–कुन मन्त्रीलाई हटाउने विषयमा दुई अध्यक्षबीच कुरा नमिल्दा पुनर्गठनबारे सहमति हुन ...
काठमाडौं - सरकारले मदिराको आयात खोल्ने तयारी गरेको छ। करिब ७ महिनायता रोकिएको रक्सीको आयात खुला गर्ने तयारी अघि बढाइएको हो। कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेसँगै सरकारले विदेशी मुद्राको सञ्चिती कम हुने ५० हजार डलरभन्दा महँगा गाडी, सबै किसिमका रक्सी, छोकडा, केराउ र मरिचको आयात रोकेकाे थियो।
औद्योगिक प्रयोजनका लागि ल्याइने मरिचको आयात खुलिसकेको छ भने सरकारले निर्णय गर्नुअघि आयातको प्रक्रिया थालिएका केराउ र छोकडा पनि भित्रिन दिने निर्णय भइसकेको छ। 'अब मदिराको आयात पनि खुला गर्ने विषयमा केही दिनमा मन्त्रिपरिषदमा प्रस्ताव ...
काठमाडौं - विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट हालसम्म २६५ जना नेपालीको विभिन्न देशमा मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जानकारी दिएको छ। पछिल्लो पटक २१ जनाको मृत्यु भएसँगै विदेशमा २६५ जना संक्रमित नेपालीको मृत्यु भएको संघले जानकारी दिएको छ।
पछिल्लो पटक मृत्यु हुनेमा कुवेतमा ५, साउदी अरबमा १४, युएईमा १, युगान्डामा १ जना छन्। शनिबार साँझसम्म विभिन्न १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको कोभिड- उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शनिबार ...
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बारामा २०, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीमा ७२, बर्दियामा ६३ र ५०, अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ।
यसअघि शनिबार नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। ...
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना गरी जम्मा ८०९ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २१ हजार ५०७ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभरमा थप ८८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा ५३ हजार ८९८ जना संक्रमित उपचारपछि निको भएका छन्। यो ...
काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित छन्। हाल ८ हजार ३२१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ६९८ जना छन्।मन्त्रालयका अनुसार हाल ६ हजार २२१ जना क्वारेन्टाइनमा छन्।
आज १० हजार १२३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ९ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी ...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। मन्त्रिपरिषद्काे नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन भए पनि प्रधानमन्त्रीले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन्। बैठक मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने भएको छ।
आइतबार मन्त्रिपरिषद् बैठक बस्ने गरी शनिबार राति अबेर मन्त्रीहरुलाई सूचित गरिएको थियो।
...काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय ७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को उदयपुरमा १, झापामा ७, मोरङमा ७८, सुनसरीमा २३ र सोलुखुम्बुमा १ जनामा कोरोना छ।
प्रदेश २ को धुनषामा ४, पर्सामा २४, बारामा ४, महोत्तरीमा १, रौतहटमा ६, सप्तरीमा ११, सर्लाहीमा ४ र सिरहामा १ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ८३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १७, चितवनमा १२, ...
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
७ वटा जिल्लाका ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुने सबै पुरुष हुन्। सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यसअघि शुक्रबार नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ...
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना गरी जम्मा ७२४ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २० हजार ६९८ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको ...
काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्।
पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५३ हजार ...
झापा - झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को संक्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाइ छ। गत साता काठमाडौँ लैजान लागिएका एक कैदीमा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार सात जना थपिएपछि अब झापा कारागारमा संक्रमितको संख्या आठ पुगेको छ। उनीहरुको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार भइरहेको छ।
‘कोभिडको जस्तै लक्षण भएका बिरामीको संख्या दिनहुँ बढिरहेको छ’, झापा कारागारका ...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई नेपालको प्रतिवद्धता अनुरुप टुंगोमा पुर्याउन बताएका छन्। संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई भर्जुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले द्वन्द्वकालमा अन्यायमा परेका पीडितहरुलाई न्याय दिने प्रतिवक्तता व्यक्त गरेका हुन्।
संक्रमणकालीन न्यायका दुई निकाय सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले पहिलो कार्यकालमा केही गर्न नसकी विघटन भएको र हाल नियुक्त भएका पदाधिकारीसमेत राजनीतिक भागबन्डामा नियुक्त गरेको भनी अन्तराष्ट्रिय समुदायले आलोचना गरिरहेको समयमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा यस्तो प्रतिवक्ता व्यक्त गरेका हुन्।
पछिल्लो पटक सर्वोच्च अदालतले ऐन संशोधन गर्न भनेपछि सयुक्त राष्ट्रसंघलगायतले ...
पाल्पा - पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ।
गए राति थप दुई जनाको शव भेटिएको हो। शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए। घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए।
शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन ।
शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, ...
काठमाडौं - सोलिडारिटी फर डा केसी अलायन्सका अभियन्ताले स्वास्थ्य मन्त्रलयमा डा केसीका मागसहितको ज्ञापनपत्र बुझाएका छन्। डा केसीका मागसहित स्वास्थ्य मन्त्रीको सचिवालयलका प्रमुख सहयोगी गुरु खतिवडालाई ज्ञापनपत्र बुझाइएको अभियन्ता प्रितम सुवेदीले जानकारी दिएका हुन्।
ज्ञापनपत्रमा सत्याग्रहका मागहरू पूरा गरी डा गोविन्द केसीको जीवन रक्षा गर्ने सम्बन्धमा पहल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आग्रह गरिएको छ।
६ बुँदे माग राख्दै डा केसी १२ दिनयता अनसनमा छन्। जुम्लामा अनसन सुरु गरेका डा केसी काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेका छन्। तर सरकारले उनको अनसन तथा ...
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको छ।
यसअघि बिहीबार नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये ...
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना गरी जम्मा ६४५ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६४९ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको ...
काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ।
यीमध्ये हाल १० हजार ५२ होम आइसोलेसनमा छन् भने ८ हजार २३७ जना संस्थागत आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा १ हजार ४५५ निको भएका छन्। योसँगै ५१ हजार ८६६ जना निको भएको मन्त्रालयले जनाएको छ।
...काठमाडौं - सरकारले एसिड आक्रमणविरुद्धको कानुनका लागि अध्यादेश ल्याउने भएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमणविरुद्ध अध्यादेश ल्याउने निर्णय गरेको हो। फास्ट ट्रयाकबाट अध्यादेश ल्याउने सरकारको तयारी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २५ गते देशैभरबाट एसिड आक्रमणमा परेका १२ जना पीडितहरू सहभागी कार्यक्रममा बोल्दै एसिड आक्रमणका दोषीलाई कारबाही गर्न १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
यसअघि सरकारले एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको सबै उपचार सरकारले गर्ने निर्णय गरेको थियो। यस्तै एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा ...
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र चार जना संक्रमितको मृत्यु भएको छ।
काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ ...
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना गरी जम्मा ७५५ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १९ हजार ४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै निको हुने संक्रमितको संख्या ५० हजार ४११ पुगेको छ। यो ...
काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ९७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १२, झापामा ४, भोजपुरमा १, मोरङमा ७३, संखुवासभामा ३ र सुनसरीमा १३ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश २ को धुनषामा १०, पर्सामा २३, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा १ र सिरहामा २३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ६ ...
काठमाडौं - अविरल वर्षाका कारण बुटबलस्थित तिनाउ नदी र चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदीको जलसतहले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले तिनाउको जलसतह बिहान ६.२० बजे ५.५९ मिटर मापन गरेको छ। त्यहाँ ५.६ मिटर पुग्नुलाई खतरा तह मानिन्छ। तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकाले होचो स्थानमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ
यस्तै, बिहान ६.१५ बजे नारायणी पुलमा नारायणी नदीको जल सतह ११.१३ मिटर मापन गरिएको छ। त्यहाँ सतर्कता तह ११ मिटरलाई ...
स्याङ्जा - स्याङ्जाका छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय ...
काठमाडौं - पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन्।
बेलौजा स्वास्थ्य चौकीनजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो। हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।
उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्। हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन्।
यस्तै, पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन्। उनका श्रीमान् भने ...
काठमाडौं - सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभाको सांसद बनाउने निर्णयलाई गम्भीर संवैधानिक व्याख्याको प्रश्न भन्दै काम गर्न रोक लगाएको छ।
भावी मन्त्री समेतको रुपमा हेरिएका वामदेवलाई उक्त बाटोमा सर्वोच्चको यो आदेश तगारो हुने देखिएको छ। ‘संवैधानिक नैतिकताका सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम हुने गरी गरिनुपर्ने हुन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, 'तसर्थ विषयवस्तुको गाम्भीर्य एवम् संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो नलागेसम्म यो विषयलाई यथास्थितिमा राख्नू।’
सर्वोच्चले गौतमलाई थप संवैधानिक जिम्मेदारी दिने, लिने कार्य नगर्ने, नगराउनू ...
काठमाडौं - कोभिड-१९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन्। कोभिड १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जना सम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले बुधबार देखि प्लाज्मा दान अभियान शुरु गरेका हुन्।
काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर कोभिड-१९ संक्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेका हुन्। उनीहरुले ‘मैले जिते कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारा सहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन्।
कार्यक्रममा त्रि.वि.शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड संक्रमणबाट मृत्युसँग लडिरहेका बिरामीको ...
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६८ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार १८६ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्।
हालसम्म ९ लाख ४४ ...
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना गरी जम्मा ६३७ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६७४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६८ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
नेपालमा पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना ...
काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६८ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार १८६ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्।
हालसम्म ९ लाख ४४ हजार ४७४ जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ८९३ निको भएका छन्।
योसँगै ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल ...
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ ।
त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशैं अगाडि नै परीक्षाको कार्यतालिका ...
देउखुरी समाचारदाता
देउखुरी, ७ असोज
जन्मदिनमा गरिने भडकिलो खर्चलाई कटाएर दाङका एकजना विद्यार्थी नेताले जन्मदिनको अवसर पारेर सामाजिक सेवा अन्तरगर्त सेवा आश्रममा सहयोग गर्नुभएको छ । अनेरास्ववियूका नेता लमही नगरपालिका वडा नम्बर २ बनकट्टा निवासी कल्याण अधिकारीले आफ्नो जन्मदिनको अवसरमा निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवाकेन्द्र सिसँहनिया आश्रममा खाद्यान्न र फलफूल सहयोग गरेर २९ औँ जन्मदिन मनाउनु भएको हो ।
बुधबार अधिकारीले आश्रममै पुगेर पचास किलो आलु, पचास किलो पिठो र फलफूल गरि करिब पन्ध्र हजार बराबरको खाद्यान्न र फलफूल वितरण गरि २९ औ ...
काठमाडौं - खेलिरहेका बालबालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिलालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भएकी सन्दिपा खत्रीलाई जोरपाटीबाट पक्राउ गरेको हो ।
नेपालटार बस्ने खत्रिले बालाजु, सोह्रखुट्टे, कपन, काँडाघारी र कोटेश्वर क्षेत्रमा ‘मुन्द्रा लुटपाट आतंक’ मच्चाएकी थिइन् । पछिल्लो २ महिना यता काठमाडौं उपत्यकामा मुन्द्रा लुट्ने नयाँ शैलीको ‘अपराध ट्रेण्ड’ देखिएपछि अपराध महाशाखाले लुटपाटमा संलग्नलाई पक्राउ गर्न ‘एम्बुसिङ’ गरेको थियो ।
लुटेको मुन्द्रा किन्ने काभ्रे रोशी गाउँपालिका घर भएका ३० वर्षीय मुरली बिकलाई पनि प्रहरीले पक्राउ गरेको ...
काठमाडौं - साझा यातायातले आज (बुधबार)बाट लामो दूरीका बस चलाउने भएको छ। कोरोना भाइरसका कारण गत चैत ११ देखि बन्द रहेका साझाका लामो दूरीका बस चल्ने भएका हुन्।
सरकारले असोज १ देखि लामो तथा मध्यम दूरीका बस चलाउन दिने निर्णय गरेको थियो। त्यही अनुसार आवश्यक तयारी गरेर साझाले लामो दूरीमा सञ्चालित डिलक्स रात्री बससेवा सुरू गर्न लागेको हो।
साझाले दुई गन्तव्यमा बस चलाउने भएको छ। काठमाडौं-बाग्लुङ् र काठमाडौं-भैरहवा रूटमा बुधबारबाट बस चलाउँदै छ। बस सञ्चालनका क्रममा सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गरिने साझाले जनाएको छ। ...
काठमाडौं - विश्वकीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बौद्धस्थित शेर्पा गुम्बामा स्वर्गीय आङरिताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।
आङरिताको सोमबार विहान १० बजे जोरपाटीस्थित छोरीको घरमा ७२ वर्षको उमेरमा निधन भएको थियो। बौद्ध परम्परा अनुसार पुजापाठ सम्पन्न गरी स्वर्गीय शेर्पाको अन्त्येष्टि गरिँदैछ।
विनाअक्सिजन १० पटक सगरमाथा आरोहणको विश्वरेकर्ड राखेका आङरिता ‘हिमचितुवा’ उपनामले चिनिन्थे।
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सा र त्यसको क्षेत्रफल उल्लेख गरिएका विद्यालय तहका पाठ्यसामग्री बिक्री/वितरणमा रोक लगाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीले किताब रोक्न निर्देशन दिएको आफूहरूले त्यस्ता पाठ्यसामग्री रोकिसकेको जानकारी दिएका हुन्।
'किताब वितरणलाई प्रधानमन्त्रीले रोक्नुस् भन्नुभयो। हामीले रोकिसकेका छौं। परराष्ट्र, भूमि र शिक्षामन्त्रीले बैठक गरेर रिपोर्ट गर्न भन्नु भएको छ। हामी छलफल गरेर प्रधानमन्त्रीलाई रिपोर्ट गर्छौं,' मन्त्री पोखरेलले भने।
भारतले अतिक्रमण गरेका नेपाली भूभाग समेटेर सरकारले जेठ ७ गते नयाँ राजनीतिक नक्सा ...
काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लाग्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेपछि पार्टीले प्रतिरक्षा गर्ने भएको छ। गौतमलाई पार्टीले राष्ट्रियसभामा लग्ने निर्णय गरेपछि राष्ट्रपतिले मनोनित गरेलगतै सर्वोच्च अदालत मुद्दा दायर भएपछि नेकपाको यस्तो धारणा आएको हो।
गौतमलाई राष्ट्रियसभामा पठाउन सहयोग गर्ने राष्ट्रपति, मन्त्रिपरिषद, राष्ट्रियसभाका अध्यक्ष र नेकपालाई विपक्ष बनाई सोमबार मुद्दा दायर भएको थियो।
‘वामदेव कमरेडकै विषयलाई लिएर एक जना वकिलले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको रहेछ,’ एक सचिवालय सदस्यले भने, ‘पार्टीको निर्णयलाई विपक्षी बनाई दायर गरिएको मुद्दाविरुद्ध पार्टीले लड्नु नै पर्ने भयो।’
मंगलबारको सचिवालय बैठकमा ...
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा ४८ हजार ६१ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार आज ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ३४ हजार ९ सय ७७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
हाल ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार १ ...
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८९४९ होम आइसोलेसनमा छन् भने ९ हजार १९३ जना संस्थागत आइसोलेसनमा छन्।
हालसम्म ९ लाख ३४ हजार ९७७ ...
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५११ ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना गरी जम्मा ६४७ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३७ पुगेको छ।
पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८ हजार ९४९ ...
काठमाडौं - मंगलवार १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थपिएको यो संख्यासँगै नेपालमा कुल संक्रमित ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर१८ हजार १४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८९४९ होम आइसोलेसनमा छन् भने ९ हजार १९३ जना संस्थागत आइसोलेसनमा छन्।
हालसम्म ९ लाख ३४ हजार ९७७ जनाको परीक्षण भएको छ। हाल ७ हजार १७१ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ८२३ निको भएका छन्। यो सँगै ४८ हजार ०६१ जना निको भएको ...
काठमाडौं - नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित निवेदन दर्ता गराएका हुन्। सर्वोच्ले सो रिटमाथि सुनुवाइ गर्न बुधबारका लागि पेसी समेत तोकेको छ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई रिक्त रहेको एक कोटामा राष्ट्रिय सभामा मनोनयन गरेकी थिइन्। उनले राष्ट्रियसभा सदस्यका लागि सपथसमेत लिइसकेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए।
...काठमाडाै - प्रख्यात आरोही आङरिता शेर्पाको निधन भएको छ। आज बिहान १० बजे उनको जोरपाटीस्थित छाेरीकाे निवासमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए।
सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय आङरिताको पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ। बुधबार बौद्धधर्म अनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ।
उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए। सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो। सर्वोच्च शिखर सगरमाथामात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट के२ तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको ...
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ९० पुगेको छ।
पछिल्लो २४ घण्टामा १००५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४७ हजार २३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
नेपालमा पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको ...
काठमाडौं - पछिल्लो २४ घण्टायता १००५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४७ हजार २३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
नेपालमा पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ।
हाल ...
काठमाडौं - पछिल्लो २४ घण्टायता नेपालमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। यी मध्ये ८ हजार ९२१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८६९० जना होम आइसोलेसनमा छन्।
पछिल्लो ...
काठमाडौं - सोमवार देशभर १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पहिल्लो २४ घण्टामा देखिएको यो संख्यासँगै नेपालमा कुल संक्रमित ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। यी मध्ये ८ हजार ९२१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८६९० जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको परीक्षण भएको छ। हाल ७ हजार ४०३ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा १ हजार ५ जना निको भएका ...
देउखुरी समाचारदाता
देउखुरी, अशौज । नेपाल पत्रकार महासंघम दाङमा थप एकवटा पुरस्कार अक्षकोष थपिएको छ । गत बर्ष मोटर साइकल दुर्घटनाबाट मृत्यु भएका लमही नगरपालिका १ कौडीयाका दिपक भट्टराईको सम्झनामा परिवारको तर्फबाट एकलाख रुपियाँको अक्षयकोष स्थापना गरिएको स्वर्गिय भट्टराइको पिता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का सल्हाकार चन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
छोराको सडक दुर्घटनामा मृत्य्ु भएका कारण विशेषगरी सडक दुर्घटना न्युनिकरण सम्बन्धि कलम चलाउने पत्रकारलाई अक्षयकोषबाट प्राप्त व्याजबाट पुरस्कृत गर्ने उदेश्यले एकलाख रुपियाँको चेक महासंघकी उपाध्यक्ष लिला शाहालाई हस्तान्तरण गरिएको छ ।
पोखरा - पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्छन् तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गरेका छन् ।
उनी मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गरे, “बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्यो ।” आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले त्यहीअनुसारको मूल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिका–२६ भगडीमा १० बिघामा उनको पौलमी कृषि फार्म छ । त्यहाँको चार बिघामा चार हजार घरी ...
डडेल्धुरा - बझाङमा जेसीबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको बुंगल नगरपालिकाको १ दहबगरमा आइतबार राति लु १ क १२७८ नम्बरको जेसीवी दुर्घटना भएको हो। दुर्घटनामा तीन जना घाईते भएका छन्।
दुर्घटनामा परि बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षका मानबहादुर बोहराको मृत्यु भएको हो। बोहरा महेन्द्र मावि दहबगरको प्राथमिक तहका स्थायी शिक्षक हुन्। त्यस्तै बुंगल नगरपालिका ९ देउलीकोटका जेसीवी चालक २४ वर्षीय महेश खडायत, बुंगल नगरपालिका १ दहबगर बस्ने २७ वर्षका रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षीय प्रताप धामी घाइते भएका छन्। ...
मेलम्ची - मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङग्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी सुरु भएको छ।
पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डिबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो। डिबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो। यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको, बीचबीचमा निर्माण व्यवसायी भागेर नयाँ ठेक्का लगाउनुपर्दा समय लम्बिन गएकाले नयाँ प्रविधिबाट काम गर्ने तयारीमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति लागेको हो।
दोस्रो चरणको याङग्री र ...
काठमाडौं- चैत ११ गतेयता बन्द आन्तरिक हवाई उडान ६ महिनापछि आजदेखि पुनः सुरु हुँदैछ। सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न गत चैत ११ गते लकडाउन घोषणा गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएका थिए।
गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेबाट आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको थियो।
६ महिनापछि आजदेखि सञ्चालनमा आए पनि सबै गन्तव्यलाई समेटेर कोभिड महामारी सुरु हुनु अगाडि भएको उडान संख्याको २५ प्रतिशतमात्रै उडान हुने भएको छ। यस्तै यात्रुहरुले स्वस्थ भएको घोषणा गर्नुपर्ने र मास्क अनिवार्य लगाउनुपर्ने छ।
यस्तै, ...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ सय २६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ३६ जना भेन्टिलेटरमा र १९० जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२६ जना आइसियू र ३३ जना भेन्टिलेटर, प्रदेश ५ मा २३ जना आइसियू र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ९ जना आइसियू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश २ मा १६, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ११ ...
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
७ वटा जिल्लाका ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौंमा मात्र ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुषको मृत्यु भएको छ। धनुषामा ७६ वर्षीय पुरुष, ललितपुरमा ७५, भक्तपुरमा ७२ वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष, रुपन्देहीमा ६७ ...
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पहिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ...
काठमाडौं - आइतवार १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पहिल्लो २४ घण्टामा थपिएको यो संख्यासँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। यी मध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८४०७ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको परीक्षण भएको छ। हाल ७ हजार ४५१ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ९६६ जना निको भएका छन्। यो ...
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको बेला दोलखा घर भएकी बालिका खड्का कोटेश्वरस्थित पेरिसडाँडाबाट पक्राउ परेकी छन् ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।
केही दिनअघि प्रमाण पुर्याउन नसकेको भनी खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी छिन् । लामो समयदेखि राईले आफूमाथि दुर्व्यहार गरेको अरोप लगाउँदै आएकी थिइन् ।
बालिका खड्काले पेरिसडाँडामा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न ...
सर्लाही - जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ ।
लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो ।
लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करिब एक हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ ।
जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार १३५ किलो ...
बागलुङ - बागलुङको ढोरपाटनका बाढी प्रभावित परिवारका लागि ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ। युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो।
बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई रु १९ हजारका दरले किरिया खर्च र प्रतिमृतक रु पाँच हजारका दरले थप रकम दिइएको युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाले जानकारी दिए। ‘पाँच सदस्य गुमाएको परिवारले रु ४४ हजार राहत रकम पाएका छन्,’ उनले भने। ...
भक्तपुर - भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासमेत हुन्।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसीआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। उनी भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना भएका छन्।
भक्तपुरमा हालसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको छ भने १८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।रासस
...काठमाडौं - जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले असोज ६ गते रातिबाट देशैभरका नदीमा बहाव बढ्ने जनाएको छ। बहाव बढ्ने भएकाले असोज ६ गतेदेखि ५ दिनसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आगामी ३ दिन भने देशैभरका प्रमुख, मझौला र साना नदीमा बहाव सामान्य घटबढमात्रै हुने र सतर्कता तलै हुने जनाइएको छ।
आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घट्ने तथा सबैमा बहाव सतर्कताभन्दा तलै हुने महाशाखाले जनाएको छ।
हाल बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा ...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पेरिसडाँडामा बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाडामा बस्न लागेको हो।
बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा छलफल हुने भएको छ। विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा स्थायी कमिटीले संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरिसकेको छ। सोहीअनुसार एजेण्डाकै रुपमा मन्त्रिमण्डल पुनर्गठनबारे सचिवालय बैठकमा छलफल हुने ...
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै भएको प्रर्दशनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानविन गर्न नेपाल प्रहरीले समिति बनाएको छ ।
रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा ३ सदस्यीय समिति बनेको छ। समितिमा डीएसपी भवेश रिमाल र इन्स्पेक्टर विष्णुप्रदीप बस्याल रहेको प्रहरीले जानकारी दिएको छ । समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
१०० ग्रुपका गुप्तामाथि बिहीबार प्रहरीले निर्घाट कुटपिट गरेको थियो । प्रदर्शनका क्रममा नियन्त्रणमा लिइसकेपछि पनि प्रहरीले कुटेको थियो । यस्तै शुक्रबार विजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको ...
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका माग पूरा गर्न सरकारसँग अपिल गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै डा केसीका जायज माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गरेको हो।
'०७५ साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसंग सरकारले गरेको सम्झौता त्यही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’का लागि नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,' विज्ञप्तिमा उल्लेख छ। यसका साथै उनको जीवन रक्षाको मागसमेत कांग्रेसले अघि सारेको छ।
डा ...
काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय ४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को ओखलढुंगामा ३, खोटाङमा १, झापामा ६, मोरङमा ३३ र सुनसरीमा २३ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश २ को धुनषामा २, पर्सामा ६, बारामा १ सय ११, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १९, सर्लाहीमा १५ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ७० ...
काठमाडौं - शनिवार १४४७ जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४५ हजार २६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
नेपालमा पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ...
काठमाडौं - शनिवार काठमाडौं उपत्यकामा ७११ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७० ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी पछिल्लो २४ घण्टामा जम्मा ७११ जनालाई कोरोना संक्रमण देखिएको छ।
आज थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ। मोरङमा ६५ वर्षिया, रौतहटमा ५१ वर्षिया, सर्लाहीमा ५६ वर्षिया तथा ललितपुरमा ७६ र ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ।
यस्तै ...
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्. हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्।
आज १४४७ जना निको भएका छन्। हालसम्म ४५ हजार २६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको ...
काठमाडौं - शनिवार नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएको यो संख्यासँगै नेपालमा कुल ६२ हजार ७९७ संक्रमित पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्. हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्।
आज १४४७ जना निको भएका छन्। हालसम्म ४५ हजार २६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।
...काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८ ललितपुरमा ८२ र भक्तपुरमा ७९ जना गरी जम्मा ८५९ जनालाई कोरोना संक्रमण देखिएको छ। यो हालसम्मकै बढी हो।
योसहित उपत्यकामा कोराना संक्रमितको संख्या १५ हजार २ सय ३८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४३ हजार ८२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७१ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
नेपालमा पछिल्लो २४ घण्टामा ...
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा २०२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित छन् भने ९ हजार २९५ जना संस्थागत आइसोलेसन छन्। पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पिसिआर परीक्षण भएको छ।
हाल क्वारेन्टाइनमा ७ ...
काठमाडौं - पछिल्लो २४ घण्टामा २०२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित छन् भने ९ हजार २९५ जना संस्थागत आइसोलेसन छन्। पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पिसिआर परीक्षण भएको छ।
हाल क्वारेन्टाइनमा ७ हजार ७३६ जना छन्।
आज ८७१ निको भएका छन् भने निको हुनेको कुल संख्या ४३ हजार ८२० पुगेको छ। यो कुल संक्रमितको ७१ प्रतिशत हो।
...काठमाडौं - नेपाल टेलिकमले संविधान दिवसका अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ।
यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक ५५ रुपैयाँ प्रति प्याकमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ। यस्तो प्याक खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ।
साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ। यो प्याक पनि खरिद ...
काठमाडौं - सरकारले जनकपुर-जयनगर रूटमा सञ्चालन गर्न भारतसँग किनेको रेल जनकपुर आइपुगेको छ। बिहीबार साँझ उक्त रेल जयनगर स्टेसन आइपुगेको छ। शुक्रबार जनकपुर आइपुग्ने छ।
नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट किनेको थियो। गत वर्ष नै खरिद प्रक्रिया अघि बढाइएको रेल कम्पनीले तयार पारेको थियो। जनकपुर-जयनगर खण्डमा चलाउन लागिएको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो।
सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमाे ट्रेन खरिद गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले रेललाई आफ्नो ड्रिम प्रोजेक्टको रूपमा चित्रण गर्दै आएका छन्।
नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि केही ...
काठमाडौं - वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको रुपमा सपथ लिएका छन्। उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्।
गौतमलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने एक पद गत फागुनदेखि नै रिक्त छ।
गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए। त्यसयता नै उनी सांसद बन्ने प्रयत्नमा थिए।
गत फागुन १४ मा सम्पन्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो। सोही निर्णय ...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर २ सय २१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ३९ जना भेन्टिलेटरमा र १८२ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२९ जना आइसियू र ३७ जना भेन्टिलेटर, प्रदेश ५ मा २२ जना आइसियू, प्रदेश १ मा ७ जना आइसियू र १ जना भेन्टिलेटर, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा ...
काठमाडौं - बिहिवार थप १ हजार २४६ नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टायता यो संख्यासहित हालसम्म ५९ हजार ५७३ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
हाल देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित छन् भने ७ हजार ९०३ जना संस्थागत आइसोलेसनमा छन्। हाल ...
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७ ललितपुरमा ५० र भक्तपुरमा ६१ जना गरी जम्मा ६१८ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसहित उपत्यकामा कोराना संक्रमितको संख्या १४ हजार ३ सय ७९ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु ...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको सदस्य पदमा नियुक्त गरेकी छन्। बिहीबार राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका हुन्।
'बिहीबार राष्ट्रपतिले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरिसक्नु भएको छ। औपचारिक जानकारी भने केही बेरमा दिइने तयारी छ,' प्रमुख स्वकीय सचिव अधिकारीले भने।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
राष्ट्रियसभामा कम्तीमा एक जना महिलासहित तीन जना राष्ट्रपतिले मनोनित ...
काठमाडौं - बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ दिने निर्णय गरेको छ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो।
कोभिड-१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए।
बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन ...
काठमाडौं - कोरोना ‘हटस्पट’ बनेको काठमाडौं महानगरपालिकामा ५० संक्रमितले ज्यान गुमाएका छन्। देशभर ३ सय ७९ संक्रमितको मृत्यु भएकामा काठमाडौं महानगरमा मात्र ५० जनाको मृत्यु भएको हो।
काठमाडौं जिल्लामा मात्र ११ हजार २ सय ३९ जना संक्रमित रहेका छन् । भदौ ३० गतेसम्मको महानगरको तथ्यांक अनुसार महानगरमा ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ।
नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। त्यसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २ सय २४ छ।
आधा मानिस ...
काठमाडौं - संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि भागबण्डा गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुले आज बिहीबार छलफल गर्ने भएका छन्।
बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक सहभागी हुने जनाइएको छ।
लामो समय संवैधानिक निकायमा रिक्त भएकाले सत्ता पक्ष र प्रतिपक्ष बसेर छलफल गर्न लागेको नेकपा स्थायी कमिटी सदस्य नेम्वाङले जनाएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त ...
काठमाडौं - प्याजको मूल्य बढाएर बिक्री गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी कालाबजारी गर्न खोज्ने ४ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, काठमाडौं महानगरपालिका र वाणिज्य विभागका अधिकारीहरुले आज दिउँसो गरेको अुनगमनका क्रममा अस्वभाविक मूल्य लिएर प्याज बेचेको पाइएपछि उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौं–१४ बस्ने ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, काठमाडौं–२० का ४६ वर्षीय सर्दिप तण्डुकार र बारा घर ...
काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले ५० प्रतिशतमात्रै यात्रु राखेर उडान गर्न नसक्ने बताएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिवको संयोजकत्वमा भएको आन्तरिक उडान सञ्चालनको विषयमा भएको छलफलमा व्यवसायीहरुले यस्तो विचार राखेका हुन्।
व्यवसायीहरुले ५० प्रतिशत यात्रु राखेर हवाई उडान गर्ने नियम विश्वमा कहीँ पनि नरहेको र यसरी उडान गर्न नसक्ने तर्क राखेको छलफलमा सहभागी एक व्यवसायीले जानकारी दिए।
‘सरकारले भनेको सबै नियम हामी पालना गर्छौं,’ छलफलमा सहभागी एक व्यवसायीले भने, ‘तर, ५० प्रतिशत यात्रुमात्रै राखेर उडान गर्न सक्दैनौं।’
व्यवसायीलाई भने सचिव केदारबहादुर ...
काठमाडौं - बुधवार काठमाडौं उपत्यकामा ७३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ललितपुरमा र भक्तपुरमा ७३७ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा थपिएको यो संख्यासंगै उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७१.५ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
पछिल्लो २४ घण्टायता थप १ हजार ५३९ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ...
काठमाडौं - अब मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगरिने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।
यससम्बन्धी निर्देशिका पनि परिमार्जन गर्दै लगिने उनले बताए ।
यसअघि कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको थियो । यसरी परीक्षण गर्दा कोरोना ...
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टायता थप १ हजार ५३९ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५७ हजार ३२७ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १६ हजार २४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८ हजार ५४१ जना संस्थागत आइसोलेसनमा छन् भने ७ हजार ७०१ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा १० ...
काठमाडौं - बुधवार १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा निको भएका यो संख्यासँगै कुल ४१ हजार ७०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो कुल संक्रमितको ७१.५ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
पछिल्लो २४ घण्टायता थप १ हजार ५३९ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५७ हजार २३७ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको ...
काठमाडौं - बुधवार थप १ हजार ५३९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टायता थपिएको यो संख्यासहित हालसम्म ५७ हजार ३२७ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १६ हजार २४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८ हजार ५४१ जना संस्थागत आइसोलेसनमा छन् भने ७ हजार ७०१ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाको पिसिआर परीक्षण भएको छ। योसहित ८ लाख ७२ हजार २७४ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टायता १०६८ ...
काठमाडौं - असोज १ गते देखि अन्तर्राष्ट्रिय हवाई उडान खुला हुने भएका छन् । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले संस्कृति प्रर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नियमित तथा चार्टर उडानको विमानस्थलको अवस्था हेरेर अनुमति दिन सक्ने गरि निर्णय गरिएको सरकारका प्रबक्ता एवं परराष्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवालीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय उडानका लागि यात्रुहरुले ७२ घण्टाभित्र गरिएको पिसिआर परिक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै पर्यटकहरुका लागि ७२ घण्टाभित्रको पिसिआर रिर्पोट नेगेटिभका आधारमा कार्तिक १ देखि हिमाल आरोहण तथा पदयात्राका खुला गर्ने निर्णय भएको छ ।
...काठमाडौँ - पुर्वअर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले मन्त्री सरहको सेवा सुविधा पाउने गरी खतिवडालाई प्रधानमन्त्रीको आर्थिक विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
राष्ट्रियसभाको समयावधी सकिएपछि खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
...काठमाडौं - लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनको अनुमति दिने निर्णय गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण गएको चैत ११ देखि सञ्चालनमा रोक लागेको लामो दुरीको सवारी विभिन्न सर्तसहित सञ्चालनमा आउने भएको हो ।
लामो दुरीको बस सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने, बसमा आधा संख्यामा यात्रु राख्नुपर्ने र भाडादर ५० प्रतिशतसम्म बृद्धि गरेर लिन सक्ने सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी ...
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भएका छन् । सीमित कर्मचारीहरुबीच आयोजना गरिएको कार्यक्रमबीच घिसिङले लामो बिदाई मन्तव्य दिएर प्राधिकरणबाट बाहिरिएका हुन् । बिदाइ मन्तव्यमा उनले आफू प्राधिकरणमा रहँदा प्राधिकरणले हासिल गरेका उपलब्धि तथा प्रारम्भ गरिएका कामका साथै गर्न चाहेर पनि पूरा हुन नसकेको कामहरुको सम्बन्धमा चर्चा गरेका छन् ।
उनले योबीचमा उर्जा मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा हरेक वर्ष ८५ प्रतिशत भन्दा धेरै अंक ल्याउन सफल भएको, आव २०७२/७३ सम्म रु.३४ अर्ब ६१ करोड संचित घाटा रहेको प्राधिकरणलाई खुद नाफा र ...
काठमाडौं - नेपालमा मंगलवार कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार काठमाडौंमा ८६ वर्षीया महिला तथा ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
यस्तै सिराहामा ३५ वर्षीया, बारामा ५५ वर्षीया र रुपन्देहीमा ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ ...
काठमाडौं - मंगलवार काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ५५५ जना रहेका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।
मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर भने १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको बताए ।
...काठमाडौं - मंगलवार देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएको यो संख्या संगै देशभर ५६ हजार ७८८ संक्रमित पुगेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ ...
काठमाडौँ - काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ जना संक्रमित पुगेका छन् । काठमाडौंको महाराजगन्ज क्षेत्रमा ३ सय ३८, नक्साल क्षेत्रमा ...
काठमाडौँ - नेपाल बार एसोसिएसनले राष्ट्रिय भेलाले न्यायाधीश नियुक्ति, सरुवा तथा बर्खास्त गर्नका लागि अलग–अलग मापदण्ड बनाई सार्वजनिक गर्न माग गरेको छ ।
बारको यही भदौ २५ देखि २८ गतेसम्म देशभरका बार एकाइका पदाधिकारी, पूर्व पदाधिकारीसहितको एक हजार कानून व्यवसायीको भर्चुअल भेलाले न्यायपालिकालाई प्रभावकारी र पारदर्शी बनाउन सो माग गरेको हो ।
“न्याय परिषद्का सदस्य सेवानिवृत्त भइसकेपछि न्यायाधीश नियुक्त भएर जान नहुने कुराको सुनिश्चितताका लागि अब आइन्दा न्याय परिषद्को सदस्य सिफारिस गर्न पूर्व सिफारिस गरिने कानून व्यवसायीसँग न्यायिक नियुक्तिमा नजाने कुराको सो घोषणा गराई सोको अभिलेख राखेर ...
काठमाडौं - मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।
यसअघि तत्कालीन अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडा प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । उनले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
...काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पिसिआर परीक्षण गराउन निर्देशन दिएको हो ।
स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सबै कोभिड– १९ परीक्षण गर्ने प्रयोगशाला, सातैवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै पिसिआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन पत्राचार गरेका छन् ।
मन्त्रालयले आइतबार राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पिसिआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान ...
काठमाडौं - राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएको आरोपमा पक्राउ परेका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
सोही आरोपमा मुछिएका ३ जना भने १५ हजार धरौटीमा छुटेका छन् भने ५ जना साधारण तारिखमा छुटेका छन् । उनीहरुविरुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो ।
ग्याल्जेनलाई प्रहरीले स्वयम्भूको भगवान पाउबाट पक्राउ गरेको थियो । ग्याल्जेन तितुङ मंगोलिनय ग्रुपका सदस्य समेत हुन् । मकवानपुरमा ...
काठमाडौ - सोमवार काठमाडौमा मात्रै एक महिलासहित ६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौमा ६१ वर्षीया महिलासहित ५ जना पुरुषको ज्यान गएको हो ।
कोरोनाबाट ज्यान जाने पुरुषहरुमा ७७,६२,७३,८५ र ७० वर्षका छन् । यो सहित पछिल्लो २४ घण्टामा ज्यान जानेहरुको संख्या १५ रहेको छ । सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।
...काठमाडौं - स्वास्थ्य सामाग्रीको आपूर्ति गर्न नसकेको ओम्नी ग्रुप कालोसूचीमा परेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी ग्रुप अन्तर्गतको ओबीसीआई प्राइभेट लिमिटेडलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो । स्वास्थ्य सेवा विभागको सिफारिसमा सो कम्पनीलाई कारबाही गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेसँगै सो कम्पनीले २०२१ अगष्ट १३ सम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैन ।
ओम्नीसँगै अन्य ४ कम्पनीहरु पनि कालोसूचीमा परेका छन् । बत्तिसपुतलीको बिटी निर्माण सेवा, चाल्नाखेलको टौदह कन्स्ट्रक्सन, दोलखाको फस्कु निमार्ण सेवालाई संघीय सडक सुपरीवेक्षण तथा ...
काठमाडौं - सोमवार काठमाडौं उपत्यकामा ५११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५११ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बितेको २४ घण्टामा काठमाडौंसहित देशभर भने ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्रा डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको बताए ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ...
काठमाडौँ - सोमवार नेपालमा ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर यो संख्या थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हु्न् ।
यससँगै कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमुक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ ।
बितेको २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ...
एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आइतबार विश्वभर ३ लाख ७ हजार संक्रमित थपिएको जनाएको छ।
एकै दिनमा यतिधेरै संक्रमित थपिएको यो अहिलेसम्मकै रेकर्ड हो। यसअघि ६ सेप्टेम्बरका दिन ३ लाख ६ हजार ८ सय ५७ संक्रमितको रेकर्ड थियो।
भारत र ब्राजिलमा संक्रमण दर बढ्दो छ। भारतमा आइतबार ९४ हजार ३ सय संक्रमित थपिएका छन्। आइतबार एकै दिन भारतमा १ हजार १ सय १४ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा कूल संक्रमितको संख्या ४७ लाख ५४ हजार ३ सय ५७ पुगेको छ। यस्तै, युरोपमा पनि संक्रमण ...
काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङको पहिरोमा बेपत्ता २० जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार भीरखर्कका तीन जना, नागपुजेका १६ जना र नेवार टोलका १ जना बेपत्ताको पहिचान खुलेको हो।
वेपत्ता हुनेमा ४८ वर्षीय रामबहादुर नेवार, १८ वर्षीया दिलमाया श्रेष्ठ, ३७ वर्षीया रिता श्रेष्ठ, ५ वर्षीय दानियाल श्रेष्ठ, ४ वर्षीय नदान श्रेष्ठ, २५ वर्षीय अमृत श्रेष्ठ, २५ वर्षीया मनिता श्रेष्ठ, ३० वर्षीया रविना श्रेष्ठ, ८ वर्षीय रियाशु श्रेष्ठ (शिवभक्ति) छन्।
त्यस्तै ६० वर्षीया पदमकुमारी श्रेष्ठ, ४२ वर्षीय रामकुमार श्रेष्ठ, ५१ ...
काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आजबाट कार्यकाल सकिएको छ। २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।
घिसिङको कार्यकाल सकिन लागेसँगै उनलाई प्राधिकरणकै कार्यकारी प्रमुखमा दोहोर्याउनुपर्ने सार्वजनिक दबाब बढेको छ। अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक छन् । तर अहिलेसम्म सरकारले भने उनको पुनर्नियुक्तिको औपचारिक प्रस्ताव तयार गरेको छैन।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने बताए पनि औपचारिक प्रस्ताव भने ...
काठमाडौं - बाह्रबिसे नगरपालिका- ७ को पहिरोमा पुरिएका ११ को शव भेटिएको छ। जिल्ला प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षिया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक र नेवार टोलका ६० वर्षिया सर्किनी नेवार ,६५ वर्षका धनलाल विक रहेका छन्।
त्यसैगरी मृतकमा नेवार टोल र नागपुजेकी ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षकी कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरसस्वती विक रहेका छन्।
पहिरोमा ...
काठमाडौं - पछिल्लो २४ घन्टायता नेपालमा ९ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ।
४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ।
काठमाडौंमा मात्र ६५ वर्षीया दुई जना महिला तथा ५९, ७०, ६४ र ५९ वर्षीय चार पुरुषको मृत्यु भएको छ। यस्तै मोरङमा ६९ वर्षीय, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले ...
काठमाडौं - आइतवार काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टायता थपिएको यो संख्यासहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित ...
काठमाडौं - आइतवार नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ।
पछिल्लो २४ घन्टामा थप ११७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३८ हजार ६९७ उपचारपछि निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ। ९ हजार १६५ सय जनाको आज पिसिआर परीक्षण भएको छ।
...बर्दिया - बर्दिया जिल्ला गुलरिया नगरपालिका–५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिए । बबई नदीमा दिउँसो १२ बजे उनी नुहाउन गएका थिए । साँझ ६ बजेसम्म घर नफर्केपछि प्रहरीले खोजीकार्य तीव्र पारेको हो ।
...काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का तीन स्थानमा गएको पहिरोमा बेपत्ता भएकामध्ये ३ वटा शव फेला परेका छन् । २८ जना बेपत्ता छन् ।
पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र ...
काठमाडौं - सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजे र भीरखर्क गाउँ पहिरोले बगाएपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थलतर्फ गएको छ। उनी सडकमार्गबाटै त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनाएका छन्।
एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजेका र भीरखर्कमा गरि कम्तिमा १९ घर पुरेको अनुमान छ।
बाह्रबिसे नगरपालिका ७ घुम्थाङका वडासदस्य वीरबहादुर थापाका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए। ती घरका मान्छे बेपत्ता भएपछि सम्पर्क गर्ने प्रयास थालिएको छ। घटनास्थलमा पुगिसकेका इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेका ७ घरमा ...
काठमाडौं - अविरल वर्षासँगै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्कमा १८ घर पुरिएका छन्। नागपुजेमा कम्तिमा ८ घर र भीरखर्कमा १० घर पुरिएको स्थानीयले जनाएका छन्।
लगातारको वर्षाले बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे, भीरखर्क र चाङसारमा गएराति खसेको पहिरोले खसेको छ। यी तीनै क्षेत्रमा गरि १९ घर पुरिएको प्रारम्भिक जानकारी बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताए। नागपुजेमा कम्तिमा ८ घर, भीरखर्कमा कम्तिमा १० घर र चाङसारमा केही घर पुरिएको खबर आएको उनले बताए। नागपुजे पहिरोमा पुरिएकामध्ये एक महिलाको शव फेला परेको उनले बताए।
त्यहाँ कम्तिमा ...
काठमाडौं - शनिवार ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टायताको यो संख्यासँगै कुल निको हुने ३७ हजार ५२४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
हाल १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ हजार १ सय ७ जना छन्।
आज १० हजार १७६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा नयाँ १२०१ जना सक्रमित पुष्टि भएका छन्। हाल क्वारेन्टाइनमा ६ हजार ३५४ छन्।
पछिल्लो २४ घण्६ामा ८५२ जना निको भएका छन् भने ३७ ...
काठमाडौं - २४ घण्टायता देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३३६ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएका छन्।
हाल १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ हजार १ सय ७ जना छन्।
आज १० हजार १७६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा नयाँ १२०१ जना सक्रमित पुष्टि भएका छन्।
हाल क्वारेन्टाइनमा ६ हजार ३५४ छन्।
पछिल्लो २४ घण्टामा ८५२ जना निको भएका छन् ...
काठमाडौं - शनिवार काठमाडौं उपत्यकामा ४३१ जना कोरोना संक्रिमत थपिएका छन्। पछिल्लो २४ घण्टायता थपिएको यो संख्यासँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १३९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ संक्रमित थपिएका हुन्।
योसँगै काठमाडौंमा ९ हजार १ सय ३, ललितपुरमा १ हजार १ सय २९ र भक्तपुरमा ९०७ संक्रमित पुगेका छन्।
हाल देशभरमा १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ ...
काठमाडौं - शनिवार नेपालमा थप १ हजार २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा थपिएको यो संख्यासँगै कुल संक्रमित ५३ हजार १२० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ हजार १ सय ७ जना छन्।
आज १० हजार १७६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा नयाँ १२०१ जना सक्रमित पुष्टि भएका छन्। हाल क्वारेन्टाइनमा ६ हजार ३५४ ...
काठमाडौँ - विश्व हिन्दू महासङ्घले छ महिनादेखि बन्द मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल खुलाउन माग गरेको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ ।
महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो ।
बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले ...
बुटवल - बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको हो ।
भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १६ गते कोरोना अस्पतालमा भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा श्वासप्रश्वासमा समस्या आएर शुक्रबार राति साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
उनलाई २४ गतेदेखि स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा.गौतमले बताए । उनी ...
चितवन - चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७३ जना भरतपुर महानगरपालिकाका छन्।
शुक्रबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।
संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् । कालिका नगरपालिकाका ६ पुरुष र २ महिला गरी ८ जना छन् ।
खैरहनीका २ महिला र २ पुरुष गरी ४ जना तथा रत्ननगरका २ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै चितवनमा संक्रमितको संख्या ...
काठमाडौं - भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा एकै परिवारका तीन जनाकोे शव भेटिएको घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। शुक्रबार शव भेटिएको भन्दै प्रहरीकहाँ खबर आएसँगै केन्द्रीय अनुसन्धान ब्यूरोे (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले घटनाको अनुसन्धान सुरु गरेका छन्।
प्रहरी घटनास्थल पुग्दा घरका ढोका खुल्लै रहेको अवस्थामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव छुट्टाछुट्टै फेला परेको थियो।
पहिलो तलामा कुकुर र सम्झनाको शव भेटिएको छ। पहिलो तलाको कोठामा खाटमा ...
काठमाडौं - पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा हालसम्मकै बढी ६९६ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार ७०८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै ...
काठमाडौं - शुक्रवार नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टाको यो संख्यासँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ। ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन्।
१० हजार ७ सय जनाको आज पिसिआर परीक्षण भएको छ। ६ हजार ७८ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ९७२ जना निको भएका छन्। योसँगै कुल ...
काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आइतबार मध्यरातबाट पुरा