आयल निगमले ५ वर्षमा सरकारलाई बुझायो २ खर्ब ५७ अर्ब ७६ करोड

2020-07-12

काठमाडौं - पेट्रोलियम पदार्थ बिक्री गर्ने सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमले पछिल्लो ५ वर्षकाे अवधिमा विभिन्न ६ र्शीषकबाट सरकारलाई २ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ बराबर राजस्व तिरेको छ। निगमले आर्थिक वर्ष २०७२/७३ मा २३ अर्ब ५४ करोड, २०७३/७४मा ४७ अर्ब ७ करोड, २०७४/७५ मा ५५ अर्ब १ करोड, २०७५/७६ मा ६५ अर्ब ९३ करोड र २०७६/७७ मा अनुमानित ६५ अर्ब रुपैयाँ कर संकलन गरेको हो।

निगमले उठाएको कर विभिन्न शीर्षकमा सरकारी कोषमा जान्छ। यो अवधिमा भन्सार शुल्कमार्फत् ५७ अर्ब ५६ करोड, सडक मर्मत शुल्कमार्फत् २२ अर्ब ६३ करोड र वातावरण खर्चतर्फ ६ अर्ब ९९ करोड रुपैयाँ राजश्व सरकारलाई तिरेको छ। त्यसैगरी पछिल्लो ५ वर्षमा मूल्य अभिवृद्धि करतर्फ १ खर्ब ८ अर्ब ७ करोड, पूर्वाधार विकास करतर्फ ४८ अर्ब ३ करोड र आयकरतर्फ १४ अर्ब ४८ करोड रुपैयाँ कर सरकारलाई बुझाएको छ।

निगमले कुन शीर्षकमा कति तिर्छ कर?
आयल निगमले पेट्रोलमा प्रतिलिटर भन्सार शुल्क (प्रज्ञापन शुल्कसहित) २५ रुपैयाँ २३ पैसा, सडक मर्मत सम्भार कर ४ रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ, प्रदूषण शुल्क १ रुपैयाँ ५० पैसा, मूल्य स्थिरिकरण कोषमा १ रुपैयाँ २ पैसा, र मूल्य अभिवृद्धि कर ११ रुपैयाँ ७३ पैसा तिर्छ।

यसरी सम्पूर्ण राजस्व र मूल्य अविवृद्धि कर जोड्दा पेट्रोलमा प्रतिलिटर ५३ रुपैयाँ ४८ पैसा पर्न जान्छ। त्यसमाथि ढुवानी खर्च, बिमा र प्रशासनिक खर्च पनि जोडिन्छ।

निगमले ढुवानी भाडा (रक्सौलदेखि काठमाडौंसम्म) पेट्रोलमा प्रतिलिटर औसत ४ रुपैयाँ ४८ पैसा, मौज्दातको ब्याज खर्च प्रतिलिटर १५ पैसा, प्रशासनिक एवं बिक्री खर्च ६७ पैसा, प्राविधिक नोक्सानी ६८ पैसा र ह्रास खर्च १२ पैसा गरी निगमको सम्पूर्ण खर्च ६ रुपैयाँ १० पैसा छ।

त्यस्तै डिजलमा प्रतिलिटर भन्सार शुल्क १२ रुपैयाँ ३ पैसा, सडक मर्मत सम्भार कर २ रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ, प्रदूषण शुल्क कर १ रुपैयाँ ५० पैसा, मूल्य स्थिरिकरण कोषमा ८८ पैसा र मूल्य अभिवृद्धि करमा १० रुपैयाँ १२ पैसा कर उठ्ने गरेको छ। त्यस्तै डिजलको ढुवानी भाडा प्रतिलिटर ३ रुपैयाँ ३७ पैसा, मौज्दातको ब्याज खर्च १५ पैसा, निगमको प्रशासनिक एवं बिक्री खर्च ६७ पैसा, प्राविधिक नोक्सानी ३९ पैसा र ह्रास खर्च १२ पैसा बराबर छ।

मट्टिलेलमा सम्पूर्ण सरकारी राजस्व र मूल्य अभिवृद्धि करबाट २१ रुपैयाँ १ पैसा र निगमको सम्पूर्ण खर्च ३ रुपैयाँ ७५ पैसा बराबर छ। हवाई इन्धनमा राजस्व र मूल्य अभिवृद्धि कर गरी १३ रुपैयाँ ८३ पैसा र कूल खर्च ३ रुपैयाँ ७४ पैसा छ। एलपी ग्यासमा प्रतिसिलिण्डर सम्पूर्ण सरकारी राजस्व र मूल्य अभिवृद्धि कर २ सय २५ रुपैयाँ ७२ पैसा र सरकारी खर्च १० रुपैयाँ ६८ पैसा बराबर छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ