बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस, शेयर बजारमा उत्साह

2020-07-07

काठमाडौं - बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने भएका छन् । संघीय संसदको अर्थ समिति बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठन गरेको समितिले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन हुने सुझावसहितको प्रतिवेदन मंगलबार समितिलाई बुझाएको हो । योसँगै एक वर्षअघिदेखि हुँदै आएको विवाद अन्त्य हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डको नीतिगत व्यवस्था अनुसार बैंकहरुले ब्रोकरको काम गर्ने सहायक कम्पनी खोलेर नेप्सेहुँदै नेपाल राष्ट्र बैंकसँग समेत स्वीकृति लिइसकेको अवस्थामा अर्थ समितिले तत्काल लाइसेन्स दिने प्रक्रिया अघि नबढाउन भन्दै नेप्सेलाई निर्देशन दिएको थियो । अर्थ समितिको निर्देशनसँगै नेप्सेले लाइसेन्स दिने प्रक्रिया स्थगित गरेको थियो ।

सो प्रक्रिया स्थगित भएसँगै समितिले अध्ययन गर्न उपसकिति गठन गरेको थियो । २ महिनाभित्र प्रतिवेदन बुझाउने म्यान्डेड दिएको उपसमितिले ११ महिनापछि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिए फरक नपर्ने आशयसहितको प्रतिवेदन बुुझाएको उपसमितिकी संयोजक रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

सुरुमा त्यसरी बैंकलाई लाइसेन्स दिँदा इन्साइडर कारोबार हुनसक्ने आशंका गरिएको थियो । उदाहरणका लागि कुनै बैंकले उच्च लाभांश घोषणा गर्दैछ, तर लाभांश घोषणाको त्यो जानकारी बाहिर नै नल्याइकनै बैंकका सञ्चालकहरुले बैंकको शेयर बजारबाट उठाउन थाले भने त्यस्तो गतिविधिले इन्साइडर ट्रेडिङ गर्नेलाई अनधिकृत लाभ हुने तर साधारण लगानीकर्तालाई भने घाटा हुने औंल्याइएको थियो । तर उपसमितिको अध्यनले त्यस्तो सम्भावना नरहने देखेको हो ।

लगानीकर्ताहरुले भने बजारको विकासका लागि तत्कालै त्यस्ता कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने बताएका थिए । ढिलै भए पनि उपसकितिले यस्तो प्रतिवेदन दिएपछि अब बजारमा नयाँ ब्रोकर थपिने र यसले पुँजीबजारको विकासमा तीव्रता आउने विश्वास लगानीकर्ताहरुले गरेका छन् ।

शेयर बजारमा उत्साह, १४९ कम्पनीको मूल्य बढ्यो
बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरिएसँगै शेयर बजारमा उत्साह देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब ३८ अंकले बढेर १३३६ अंकमा पुगेको हो । अघिल्लो दिन पनि करिब ३३ अंकले बढेको थियो । सो दिन कारोबार रकम समेत बढेर १ अर्ब २१ करोड रुपैंया पुगेको छ ।

मंगलबारको कारोबारमा सबै परिसूचक र उपसुचकसहित नेप्से परिसूचक २.९२ प्रतिशतले बढेको छ । उपसूचकमध्ये सबैभन्दा बढी होटल परिसूचक ८.८८ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बीमा ६.६२ प्रतिशतल बढ्दा अन्य परिसूचकको वृद्धिदर भने औसत नजिक नै देखिएको छ ।

सो दिन २३ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सो दिन १७८ शेयरको स्क्रिपको कारोबार हुँदा १९ वटाको मूल्य घटेको छ । १० वटा कम्पनीको मूल्य बराबर रहँदा बाँकी १४९ कम्पनीको शेयर मूल्य बढेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ