भोलि बस्ने गरि उठ्यो ओली-प्रचण्ड बैठक, सहमति खोज्न चार सदस्यीय कार्यदल

2020-07-05

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीचकाे वार्ता भोलि फेरि बस्ने गरी सकिएको छ। दिउँसो साढे १२ बजेदेखि सुरु भएको बैठक साढे एक घण्टा चले पनि निष्कर्षमा पुग्न सकेन।

दुई नेताको छलफलमा सहमती ननिस्किएपछि सहमति खोज्न अघोषित रुपमा कार्यदल बनाई जिम्मेवारी दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। उक्त कार्यदलले पार्टीमा बढ्दै गएको विवाद समाधान हुनेगरी सहमतिको विन्दु खोज्नेछ।

कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् । प्रचण्डका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटि सदस्य जनार्दन शर्मा छन्। उनीहरु दुई अध्यक्षबीच आज भएको वार्तामा सँगै थिए। कार्यदलले सुझाव दिएपछि सोमबारको स्थायी कमिटी बैठकअघि फेरि दुवै अध्यक्षबीच सम्वाद हुनेछ ।

आजको बैठकमा दुवै पक्षले सशंकित तुल्याउने कुनै पनि गतिविधि नगर्ने पनि अनौपचारिक सहमति भएको छ। एक नेताले पार्टीमा विवाद यथावतै भएकाले सबै विवाद समाधान भयो भन्न नमिल्ने बताए।

‘पार्टीमा सबैको अडान यथावत छन् । कसैले अडान छोड्ने संकेत देखाएका छैनन् ’ बैठकमा सहभागी एक नेताले भने, ‘अघोषित रुपमा बनेको कार्यदलले सहमतिका लागि खाका तयार गर्नेछ । त्यस विषयमा दुवै अध्यक्षले छलफल गर्नुहुनेछ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ