बोत्स्वानामा ३ महिनाको बिचमा ३ सय ५० भन्दा बढी हात्ती मरे, कारण अझै पत्ता लागेन

2020-07-02

एजेन्सी - अफ्रिकी मुलुक बोत्स्वानामा एकपछि अर्को गर्दै सयौं हात्ती मर्न थालेपछि वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्। बोत्स्वानाको ओकाभांगो डेल्टामा गत मेयता ३ सय ५० भन्दा बढी हात्ती मरेका हुन्।

यति धेरै संख्यामा हात्ती किन मरिरहेका छन् भन्नेबारेमा अझैसम्म पत्ता लाग्न सकेको छैन। बोत्स्वाना सरकारले प्रयोगशाला परीक्षणको नतिजा आउन अझै केही साता लाग्ने जनाएको छ।

अफ्रिकामा धेरै हात्ती भएका देशहरुको सूचीमा बोत्स्वाना तेस्रोमा पर्छ । तर यहाँ तीव्र रुपमा हात्तीको जनसंख्या घटिरहेको छ। बेलायती संस्था नेशनल पार्क रेस्क्युका निल म्याककानले गत मे महिनाको सुरुमा बोत्स्वानाको डेल्टा क्षेत्रमा उडान भर्दा हात्तीहरु मरिरहेको देखेपछि त्यहाँको सरकारलाई सचेत गराइएको बताए। ‘त्यतिबेला ३–४ घण्टा उड्दा १६९ हात्ती मरेको गनेका थियौं, एक महिनापछि ३ सय ५० भन्दा बढी मरेको पाइए,’ उनले भने।

बोत्स्वाना सरकारले भने हात्तीका दाँत ननिकालिएकाले यस घटनामा तस्करहरुको संलग्नता रहेको कुरालाई अस्वीकार गरेको छ।

गत वर्ष एन्थ्रयाक्स ग्याँसका कारण बोत्स्वानामा १ सय हात्ती मरेका थिए। तर यसवर्ष विषाक्त पदार्थ या रोग के कारणले ती हात्ती मरेका हुन् भन्नेबारे भने स्पष्ट भइसकेको छैन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ