प्रस्तावित एमालेकी अध्यक्ष माेरङकी सन्ध्या तिवारी

2020-07-01

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा हलचल ल्याउने गरी निर्वाचन आयेगमा दर्ता भएको दल नेकपा एमालेकी अध्यक्ष मोरङकी भएको खुलेको छ। मंगलबार बसेको नेकपाको बैठकमा उनी झापाकी भएको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेकपा केन्द्रसँग एकिकरण भएको एमाले ब्युताउने प्रयास भएको भन्दै आलोचना भएको थियो।

तर दल दर्ताका लागि निर्वाचन आयोगमा पेश भएको विवरण अनुसार दलकी अध्यक्ष रहेकी सन्ध्या तिवारी मोरङको विराटनगर महानगरपालिका–६ की भएको खुलेको छ। असार १२ मा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले निवेदन दिएका थिए। दल दर्ताका लागि निवदेन दिने सूचीमा रामेछापको गेलु निवासी रेस्लर भगवती खड्का उपाध्यक्ष छिन्।

एमालेले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ। प्रस्तावित एमालेको केन्द्रीय कमिटीमा प्रायः युवा छन्। नयाँ दल दर्ताका लागि निवेदन दिइनुमा एमालेको डोमेन सुरक्षित गर्ने राजनीतिक ध्येय लुकेको हुन सक्ने नेकपाका नेताहरुको अनुमान छ। ओलीको विपक्षमा रहेका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बामदेव गौतम लगायतकाले पारिआए पार्टी विभाजन गर्ने प्रधानमन्त्रीको रणनीति अनुसार एमाले नाममा पार्टी दर्ताको प्रक्रिया शुरु गरिएको दावी गरेका थिए। गौतमले स्थायी कमिटीको बैठकमा ओलीले नै सो नाममा पार्टी दर्ता गर्न लगाएको प्रमाण आफुसँग रहेको दावी समेत गरेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ