विवाहमा सहभागी भएका ९५ जनामा कोरोना संक्रमण, दुलाहाको मृत्यु

2020-06-30

एजेन्सी - बिहारको राजधानी पटनामा सोमबार एकै पटक ९५ जनामा कोरोना संक्रमण पुष्टि भयो। यसको मुख्य कारण थियो, विवाह समारोह।

पटनाभन्दा करिब ५० किलोमिटर टाढाको पालीगञ्ज इलाकामा १५ जुनमा आयोजित एक विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये सोमबार ८० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। संक्रमितमध्ये ३० वर्षीय दुलाहाको मृत्यु भएको छ। सफ्टवेयर इन्जिनियरसमेत रहेका दुलाहा विवाहका लागि १२ मेमा पटनाबाट आफ्नो गाउँ डिहपाली पुगेका थिए।

सोही यात्राका क्रममा उनमा कोभिड–१९को लक्षण पाइएको थियो। तर परिवारले उनलाई क्वारेन्टाइनमा राख्नुको साटो विवाह गराए। विवाहको दुई दिनपछि उनको अवस्था बिग्रँदै गयो र पटनाको एम्स अस्पतालमा लैजादै गर्दा मृुत्यु भयो।

दुलाहाको निधनपछि परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो। यो घटनापछि जिल्ला प्रशासनले विवाहका सबै सहभागीको कोरोना परीक्षण गर्ने निर्णय ग¥यो । त्यसक्रममा पहिलो दिन १५ जनाको पोजेटिभ रिपोर्ट आयो भने दोस्रो दिन सोमबार ८० जनाको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म बेहुलीमा भने संक्रमण देखिएको छैन। प्रशासनले घटनामा कोभिड-१९ को संक्रमण रोक्न लागू गरिएको नियमको धज्जी उडाइएको टिप्पणी गरेको छ। प्रशासनले कुनै पनि विवाह समारोहमा ५० जनाभन्दा माथि उपस्थित हुन रोक लगाएको थियो । तर यो विवाहमा गाउँका सयौ मानिस सहभागी भएको पाइएको थियो।

यसअघि राजस्थानको भीलवाडामा भएको एक विवाह समारोहमा २५० मानिस बोलाइएको थियो। विवाहमा गएका १५ जनामा संक्रमण देखियो भने बेहुलाका हजुरबुबाको मृत्यु भयो। बेहुला र उनका बाबुसमेत गरी १५ जनालाई अस्पताल भर्ना गरियो । राजस्थान सरकारले विवाहमा गएका १२७ जनालाई क्वारेन्टाइनमा राख्यो। क्वारेन्टाइनमा बसेकाहरुको क्षतिपूर्ति बेहुलाका बाबुलाई तिर्न लगाइयो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ