कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

2020-06-29

काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक मंगलबारका लागि बोलाएको छ। १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो। कोभिड १९ ले महाधिवेशन कार्यतालिका प्रभावित भएपछि परिमार्जनका लागि केन्द्रीय समिति बैठक बोलाइएको जनाइएको छ।

आइतबार बसेको शीर्ष नेताको बैठकले मंगलबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो। माघ २९ को केन्द्रीय समितिले तय गरेको तल्लो कार्यसमितिको अधिवेशन कोरोना संक्रमणसँगै रोकिएको थियो।

आगामी फागुन ७ देखि १० का लागि तोकिएको महाधिवेशन समयमा नै हुनेगरी केन्द्रीय समितिले सदस्यता वितरण र नविकरणसहित तल्लो तहका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ।

केन्द्रीय समिति बैठकले वर्तमान सरकारका विरुद्धमा सडक आन्दोलनका विरोधका कार्यक्रम समेत ल्याउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए।

केन्द्रीय कार्यालय सानेपामा हुने केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ