टोटनह्यामको वेष्टह्याममाथि २-० को जित

2020-06-24

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले जित हात पारेको छ। मंगलबार राति भएको खेलमा टोटनह्यामले वेष्टह्यामलाई २–० गोलअन्तरले पराजित गरेको हो। टोटनह्यामको जितमा एक गोल ह्यारी केनले गरे। एक गोल भने टोटनह्यामले उपहार स्वरुप पाएको थियो।

खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा रोक्न सकेको वेष्टह्यामले खेलको ६४औं मिनेटमा आत्मघाती गोल गर्न पुग्यो। वेष्टह्यामका मिडफिल्डर टोमस सउसिकले बचाउन खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगे। योसँगै टोटनह्यामले १–० गोलको अग्रता बनाएको थियो।

खेलको ८२औं मिनेटमा केनले गोल गरेपछि टोटनह्यामले वेष्टह्याममाथि २–० गोलको जित निकालेको हो। यो जितसँगै लिगको सातौं स्थानमा उक्लिएको टोटनह्यामको ३१ खेलबाट ४५ अंक छ।

लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको ३० खेलबाट ८३ अंक हुँदा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान खेलबाट ६३ अंक छ। लिगको तेस्रो स्थानमा रहेको लेष्टर सिटीको भने ३१ खेलबाट ५५ अंक छ। मंगलबार राति नै भएको खेलमा लेष्टरले ब्राइटनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ