महन्थ ठाकुरले आफु माथि राख्न नमानेपछि बाबुराम झरे नयाँ पार्टीको चौथो बरियतामा

2020-06-08

काठमाडौँ - जनता समाजवादी पार्टीले वरियता विवादको किचलोका बाबजुद् निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ।

पार्टी दर्ताको निवेदन दिन आइतबार साँझ पाँच बजेपछि जसपाका शीर्ष नेताहरू कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय पुगेका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बनेको नयाँ दल दर्ताका लागि सूचना दिएको ४५ दिन पुगिसकेकाले उनीहरूले आजै पार्टी दर्ताको निवेदन दिनुपर्ने बाध्यता थियो।

जनता समाजवादी पार्टीका नेता शिवजी यादवले दुई अध्यक्ष र तीन जना बरिष्ठ नेता रहने गरी पार्टी दर्ताको निवेदन दिएको जानकारी दिए। सुरूमा पार्टीमा एक जना संघीय परिषद् अध्यक्ष र दुई जना केन्द्रीय परिषद अध्यक्ष हुने छलफल भएको थियो।

त्यसो हुँदा समाजवादी पार्टीमा पनि संघीय परिषद् अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नयाँ पार्टीको पनि संघीय परिषद अध्यक्ष हुने थिए। समाजवादी पार्टीका नेता अशोक राईले पार्टी दर्ता गरिसकेपछि निर्वाचन आयोग परिसरमा संघीय परिषद् अध्यक्ष बरियतामा पहिलो नम्बरमा रहने प्रतिक्रिया दिएका थिए।

तर पछि सार्वजनिक भएका कागजातमा बाबुराम पहिलो होइन चौथौं नम्बरमा रहेका छन्। राजपा नेता महन्थ ठाकुरले बाबुरामलाई आफूभन्दा माथि राख्न अस्वीकार गरेपछि बाबुराम रिसाएका हुन्।

निर्वाचन आयोगमा दर्ता भएको कागजातमा सुरूमा उनको नाम ठाकुरभन्दा पछि दोस्रो नम्बरमा राखिएको थियो।

'तर उहाँले नै म दुई नम्बरमा बस्दिनँ बरू उपेन्द्र यादव र अशोक राईभन्दा पछि चौथौ नम्बरमा राखिदिनुस् भनेपछि टिपेक्स लगाएर उहाँको नाम मेटिएको हो,' जसपाका एक नेताले भने।

अन्तिम समयमा बाबुरामको नाममा टिपेक्स लगाएर अशोक राई र राजेन्द्र महतोको नामको बीचमा हातले लेखिएको छ।

जसपामा १ सय ५१ राजनीतिक समिति, ७०१ जनाको केन्द्रीय कमिटी हुने भएको छ भने पार्टी दुई अध्यक्षको सामूहिक निर्णयका आधारमा चल्ने नेता यादवले बताए।

स्रोतका अनुसार अहिले पार्टी दर्ता भए पनि पछि संघीय परिषदको अध्यक्ष बाबुराम भट्टराई हुने र संसदीय दलको नेता राजेन्द्र महतो हुने आन्तरिक सहमति भएको छ।

गत वैशाख १० गते मध्यरातमा समाजवादी र राजपा एकीकरणको सहमति भएको थियो। भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केन्द्रीय समितिका निर्णयलगायत काजगात नपुगेकोले दर्ता भएको थिएन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ