जनता समाजवादी पार्टीमा बाबुराम, महन्थ र उपेन्द्र अध्यक्ष

2020-06-07

काठमाडौँ - जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष रहने भएका छन्। वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता गर्ने सहमति भएको थियो ।

आइतबार दुबै पार्टीका शीर्ष नेताहरूबीच बालकुमारीस्थित पार्टी कार्यालयमा भएको छलफलमा तीन अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने सहमति जुटेको हो। सहमति अनुसार पार्टीमा एक जना संघीय परिषद अध्यक्ष र दुई जना केन्द्रीय परिषद अध्यक्ष रहनेछन्।

संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई तथा केन्द्रीय परिषद अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको छ ।

त्यस्तै पाँच जनाको पदाधिकारी बनाउने पनि सहमति भएको हो। जसमा ‘तीन जना अध्यक्ष र चौथो बरियतामा अशोक राई र पाँचौंमा राजेन्द्र महतो रहनुहुन्छ। राई र महतो वरिष्ठ नेता रहने सहमति छ,’ एक नेताले भने।

‘तीन अध्यक्षसहित पाँच पदाधिकारी र ५१ सदस्यीय केन्द्रीय समिति बनाउने गरी आयोगमा दल दर्ताका लागि जाने तयारी छ,’ ती नेताले भने, ‘अहिले पदाधिकारीको नाम मात्रै आयोगमा लैजाने तयारी छ।’

उक्त सहमतिलाई लिखित गर्न बाँकी रहेको ती नेताले बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ