सुन तोलामै साढे १० हजार महँगियो

2020-06-07

काठमाडौँ - साढे दुई महिनापछि नेपालमा सुनचाँदीको मूल्य तोकिएको छ। लकडाउन लागू भएपछि अर्थात चैत ११ गतेयता आज मात्रै सुनको मूल्य तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन (फाइन गुणस्तर)को मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपालमा यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो।

नेपालमा लकडाउन भइरहँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नेपालमा आइतबार एक्कासी ठूलो प्रभाव परेको महासंघले जनाएको छ। सुन मात्रै होइन, चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेको छ। चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ९२५ रुपैयाँ पुगेको छ।

अब दैनिक रुपमा अन्तर्राष्ट्रिय बजारअनुसार सुनचाँदीको मूल्य निर्धारण गरिने महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय ८४ अमेरिकी डलर आसपास छ। साढे २ महिनाअघि प्रतिऔंस १ हजार ४८४ अमेरिकी डलर आसपास थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ