दुई रूसी कुटनीतिज्ञलाई देश छोड्न चेक गणतन्त्रको उर्दी

2020-06-06

एजेन्सी - विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको भन्दै चेक गणतन्त्रले दुई रूसी कुटनीतिज्ञलाई देश स्वदेश फिर्ता जान उर्दी जारि गरेको छ।

चेक गणतन्त्रका लागि रूसी राजदूतावासका एक कर्मचारीले प्रागका तीन राजनीतिज्ञमाथि विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको आरोपमा रूसी कुटनीतिज्ञलाई आफ्नो भूमि छोड्न निर्देशन दिएको हो।

चेक प्रधानमन्त्री आन्द्रज बेबिसले घटनाबारे सञ्चारकर्मीसँगको कुराकानीमा भने, 'दूतावासका एक कर्मचारीले जानीजानी चेक राजनीतिज्ञमाथि आक्रमण गर्ने योजनाको जानकारी बीआइएस (गुप्तचर सेवा)लाई पठाएका थिए।'

'हामीले अन्तर्राष्ट्रिय कानून बमोजिम उचित एवम् सही उपाय अवलम्वन गर्दै रूसी दूतावासका दूई कुटनीतिज्ञलाई चेक गणतन्त्रमा बस्न योग्य नदेखेकोले निश्कासन गर्ने निर्णय गरेका छौँ।'




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ