सरकार ! जंगलबाट गाउँ छिरेको बाघ आफै नगएसम्म ढोका थुनेर भित्रै बस्ने हो ?

2020-05-31

काठमाडौँ - मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गर्यो । यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसको ३ दिन अघि नै १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए।

मन्त्रिपरिषदले अन्तर्राष्ट्रिय सीमा नाकाहरू असार १६ गतेसम्म बन्द राख्ने निर्णय पनि गरेको छ। आन्तरिक लकडाउनसँगै विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय पनि बैठकले गरेको छ।

कोरोना जोखिम व्यवस्थापन समितिले दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपाली ल्याउन सकिने निष्कर्ष निकालेको थियो। तर सुरु गर्न अझै ८/१० दिन लाग्ने बताइएको छ । भारतबाट फर्किनेका लागि पनि विभिन्न २० नाकाहरू तोकेको थियो।

शनिबार नै मन्त्रिपरिषद बैठकअघि बसेको सुरक्षा परिषद बैठकले कोरोना प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने निर्णय पनि गरेको छ। साथै, विदेशबाट आउने नेपालीहरूको व्यवस्थापनमा पनि सेना परिचालन हुनेछ।

यस बिचमा सरकारले आर्थिक गतिविधि गर्नका लागि पुर्व तयारि तर्फ ध्यान नदिंदा लक्डाउनको उचित प्रतिफल प्राप्त हुने सकेको छैन । कोरोनाले आक्रान्त यूरोपेली मुलुकहरु बेलायत, जर्मनी, इटालीलगायतले लकडाउनको बिचमा कोरोना जोखिम न्यूनीकरणका लागि आवश्यक संरचनाहरु निर्माण गरे । सामाजिक दुरी कायम गर्न जनचेतना फैलाए । र अन्ततः लक्डाउन खोले ।

त्यसको ठिक विपरित नेपाल सरकारले लकडाउनको समयलाई जनताको हिड्डुल रोक्न र बजार बन्द गर्ने कामको लागि मात्रै सदुपयोग गरेको देखिन्छ । आर्थिक गतिविधि गर्नका लागि पुर्व तयारि गर्नु त परको कुरा विदेशबाट फर्किने नेपालीको लागि उचित ब्यबस्थापन गर्नको लागि पुर्व तयारि समेत छैन ।

यसले जंगलबाट गाउँ छिरेको बाघ आफै नगएसम्म ढोका थुनेर भित्रै बस्ने तर अन्य विकल्पको लागि कुनै तयारि नगर्ने उखानको चरितार्थ भएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


बारामा चट्याङ लागेर खेतमा धान रोपिरहेका चार महिलाको मृत्यु

काठमाडौं - बारामा चट्याङ लागेर खेतमा धान रोपिरहेका चार महिलाको मृत्यु भएको छ । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको ज्यान लिएको

राष्ट्रपति र प्रचण्ड बीच भेटवार्ता

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शितल निवासमा राष्ट्रपति भण्डारी र प्रचण्डबीच झन्डै १ घन्टा कुराकानी

अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण सकारात्मक, तेस्रो चरण सुरु

एजेन्सी - बेलायतको एक संसदीय समितिले अक्सफोर्ड विश्वविद्यालयमा कोभिड–१९ को खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भएको जनाएको छ। संसदीय सुनुवाईका क्रममा समितिले उक्त जानकारी दिएको

एकाएक संसदको अधिवेशन अन्त्य गरिनु आपत्तिजनक : कांग्रेस

काठमाडौं - एकाएक संघीय संसदको अधिवेशन अन्त्य गरिएको भन्दै प्रमुख विपक्षी नेपलाी कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सत्तारुढ दलभित्रको

बोत्स्वानामा ३ महिनाको बिचमा ३ सय ५० भन्दा बढी हात्ती मरे, कारण अझै पत्ता लागेन

एजेन्सी - अफ्रिकी मुलुक बोत्स्वानामा एकपछि अर्को गर्दै सयौं हात्ती मर्न थालेपछि वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्। बोत्स्वानाको ओकाभांगो डेल्टामा गत मेयता ३ सय ५०

लकडाउनले चिया क्षेत्र थलियो : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

इलाम - मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर

नेपालमा बिहीबार थपिए ४ सय ७३ जना कोरोना संक्रमित

काठमाडौँ - बिहीबार कोरोनाका चार सय ७३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका २५ वटा प्रयोगशालामा पिसिआर विधिबाट गरिएको

गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ८ जना संक्रमित

पोखरा - गण्डकी प्रदेशका ४ जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ८ आना संक्रमित

टिचिङ्ग अस्पतालमा ४७ दिने कोरोना संक्रमित शिशुको मृत्यु

काठमाडौं - त्रिवि शिक्षण अस्पताल (टिचिङ्ग अस्पताल) मा कोरोना संक्रमित ४७ दिनको एक शिशुको मृत्यु भएको छ। मंगलबार कोरोना पुष्टि भएका ती शिशुको बुधबार गएराति मृत्यु

नेकपा स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित

काठमाडौँ - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दुई पटक बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी