प्रक्रिया नपुगेको भन्दै फर्काइयो जसपाको संविधान संशोधन प्रस्ताव

2020-05-30

काठमाडौं - संविधान संशोधनको माग सरकारले सम्बोधन नगरेपछि आफैं संशोधन प्रस्ताव लिएर संघीय संसद् सचिवालय पुगेको तराई मधेश केन्द्रित दल जनता समाजवादी पार्टीको प्रस्ताव दर्ता नगराइकन फर्किएको छ। संसद् सचिवालयले प्रक्रिया पूरा नगरेको भन्दै फर्काइदिएकाले जसपा प्रस्ताव दर्ता नगराइकनै सचिवालयबाट बाहिरिएको हो।

संशोधन प्रस्ताव दर्ता गराउन राष्ट्रिय जनता पार्टीका तर्फबाट नेताहरू महन्थ ठाकुर, महेन्द्र राययादव, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, राजेन्द्र महतो, केशव झालगायतका नेता तामझामसहित संसद् सचिवालय पुगेका थिए। उनीहरूलाई साथ दिन समाजवादी पार्टीका नेताहरू पनि सिंहदरवार पुगेका थिए। तर सचिवालयले प्रस्ताव दर्ता नगरिदिएपछि सबै नेताहरू बाहिरिएका छन्। जसपाले संविधानको भाषा, नागरिकता, राष्ट्रियसभाको प्रतिनिधित्व र प्रदेशको सिमांकनका विषयमा संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएको छ।

संसद् सचिवालयले पर्सि आउन भनेकाले आफूहरू बाहिरिएको नेता केशव झाले बताए। 'केही प्रक्रिया पूरा भएका छैनन्। सभामुखसँग छलफल गरेर यसलाई अघि बढाऔं। अब पर्सि आउनू,' संसद् सचिवालयका अधिकारीलाई उद्धृत गर्दै नेता केशव झाले नेपाल लाइभसँग भने।

सरकारले संविधानको अनुसूची ३ को निशाना छाप संशोधनका लागि संविधान संशोधन प्रस्ताव दर्ता नगराएपछि जनता समाजवादी पार्टीले नीजि विधेयकको रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको थियो।

नीजि विधेयक दर्ता गराउन पाउने अधिकार अन्तर्गत संविधान संशोधन प्रस्ताव दर्ता गराउन जसपाका नेताहरु शुक्रबार संघीय संसद सचिवालय पुगेका थिए। संविधानमा आफूहरुले चाहेको संशोधनको बुँदाहरुमा छलफल गराउनका लागि यस्तो प्रस्ताव दर्ता गराउन लागेको जसपाका एक नेताले बताएका थिए।

कुनै पनि विषयमा सांसदले संसदमा गैरसरकारी नीजि विधेयक दर्ता गराउन पाउने व्यवस्था नियमावलीमा छ। सोही व्यवस्थामा टेकेर उनीहरुले विधेयक दर्ता गराउने प्रयास गरेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ