चुरोटमा बढाइयो जोखिम कर

2020-05-29

काठमाडौं - सरकारले चुरोट, बिँडी, सिगार तथा अन्य अम्मलजन्य पदार्थमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ । बिहीबार संघीय संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले यी वस्तुहरूमा कर वृद्धि गरेको हो ।

अर्थमन्त्रालयका अनुसार अब विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादन हुने बिँडीमा प्रतिखिल्ली २५ पैसा भाउ बढ्ने भएको छ । चुरोट र सिगारमा प्रतिखिल्ली ५० पैसा स्वास्थ्य जोखिम कर बढाइएको छ ।

खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलो ४० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाई असुल गरिने मन्त्रालयले जनाएको छ ।

यस्तो कर पैठारीका बखत भन्सारबिन्दु र स्वदेशी उत्पादनको हकमा प्रतिष्ठानबाट निष्काशन हुने बेला असुल हुने भएको छ । यसको नियमन भने आन्तरिक राजस्व विभागबाट हुने भएको छ ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ