सबैभन्दा धेरै बजेट शिक्षा र गृहलाई, कुन मन्त्रालयलाई कति बजेट ? (हेर्नुहोस सूची)

2020-05-29

काठमाडौं - सबैभन्दा धेरै बजेट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा विनियोजन गरिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा सबैभन्दा धेरै शिक्षा मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब रुपैयाँ छुट्याएका हुन्। शिक्षा मन्त्रालयको बजेट गत वर्षको भन्दा ४.८५ प्रतिशतले बढेको छ।

त्यस्तै सबैभन्दा धेरै गृह मन्त्रालयका लागि एक खर्ब ३८ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्। तेस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लगि एक खर्ब ३८ अर्ब ३० करोड रुपैयाँ छुट्टाइएको छ। अर्थ मन्त्रायल वित्तीय व्यवस्थाका लागि एक खर्ब चार अर्ब रुपैयाँ बजेट रहेको छ।

बजेटको सबैभन्दा धेरै ध्यान स्वास्थ्य तर्फ रहेको छ। स्वास्थ्य मन्त्रालयका लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा स्वास्थ्यको बजेट ६८ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। कोरोना रोगको नियन्त्रण तथा रोकाथामका लागि आगामी आर्थिक वर्ष केन्द्रित रहनु पर्ने भएकाले ३१.८५ प्रतिशतले बजेट बढेको छ।

आगामी आर्थिक वर्षमा राष्ट्रपति कार्यालयको बजेट कटौती गरिएको छ। आगामी आर्थिक वर्षका लागि राष्ट्रपतिको लागि १६ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षको बजेटमा राष्ट्रपतिको लागि २५ करोड २८ लाख रुपैयाँ रहेको छ। त्यस्तै संघिय संसद तथा प्रदेश प्रमुखहरुको बजेट पनि घटाइएको छ। चालु आर्थिक वर्षका लागि संघिय संसदको बजेट एक अर्ब ३० करोड रुपैयाँ रहेको छ। आगामी आर्थिक वर्षका लागि भने एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षमा स्थानीय तहको वित्तीय समानीकरण अनुदान तर्फको बजेट बढाइएको छ। चालु आर्थिक वर्षमा ८९ अर्ब ९४ करोड रुपैया बजेट प्रदान गरिएकोमा आगामी आर्थिक वर्षका लागि एक खर्ब एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षमा अदालतको लागि ६ अर्ब ७८ करोड रुपैयाँ बजेट छुट्टाइएको छ। अदालतको लागि चालु आर्थिक वर्षको भन्दा बढाइएको छ।

यस्तो छ आगामी आर्थिक २०७७/७८ का लागि विनियोजन गरेको बजेट

निकाय

बजेट (रु. लाखमा)


राष्ट्रपति

1621

उपराष्ट्रपति

510

प्रदेश प्रमुखहरु

2289

संघिय संसद

12557

अदालत

67812

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

13304

महालेखा परिक्षकको कार्यालय

6232

लोक सेवा आयोग

9126

निर्वाचन आयोग

4801

राष्ट्रिय मानव अधिकार आयोग

2575

न्याय परिषद

469

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग

880

राष्ट्रिय महिला आयोग

1214

राष्ट्रिय दलित आयोग

328

राष्ट्रिय समावेशी आयोग

341

आदिवासी जनजाती आयोग

315

मधेसी आयोग

346

थारु आयोग

447

मुस्लिम आयोग

444

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय

42885

अर्थ मन्त्रालय

345570

उद्योग तथा बाणिज्य आयोग

124330

उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय

480305

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय

4787

कृषि तथा न्याय तथा संसदिय मामिला मन्त्रालय

374020

खानेपानी मन्त्रालय

324829

गृह मन्त्रालय

1386267

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय

61697

परराष्ट्र मन्त्रालय

62898

वन तथा वातावरण मन्त्रालय

144654

भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय

86881

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय

1383017

महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय

11400

युवा तथा खेलकुद मन्त्रालय

23660

रक्षा मन्त्रालय

502586

शहरी विकास मन्त्रालय

365125

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

1717122

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

71342

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

389123

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

906901

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

142074

राष्ट्रिय योजना आयोग

32570

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

550000

अर्थमन्त्रालय वित्तीय व्यवस्था

1044347

अर्थमन्त्रालय आन्तरिक ऋण भुक्तानी

723592

अर्थमन्त्रालय वैदेशिक ऋण भुक्तानी बहुपक्षीय

247417

अर्थमन्त्रालय वैदेशिक ऋण भुक्तानी द्धिपक्षीय

30574

अर्थमन्त्रालय कर्मचारी सुविधा तथा सेवानिवृत्त सुविधा

827000

अर्थमन्त्रालय विविध

561953

प्रदेश (समानीकरण विशेष र समपुरक अनुदान)

635162

स्थानीय तह (समानीकरण विशेष र समपुरक अनुदान)

1016755

जम्मा

14746454




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ