दाङमा १५ जना संक्रमित थपिए

2020-05-27

काठमाडौं - दाङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा  १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमित व्यक्ति भारतकाे पाँच विभिन्न शहर र दार्जिलिङबाट अाएका थिए

दाङकाे लमहीमा काेराेना संक्रमण पुष्टि भएका अाठ जना मध्य ७ जना भारतबाट अाएकाे र एक जना दार्जिलिङ बाट अाएका व्यक्ति रहेका छन । यस्तै घाेराहीमा भारतबाट अाएका ७ जना गरि बुधबार मात्रै १५ जना संक्रमित भएको पुष्टि भएको छ ।

जेठ ९ गते कृष्णनगर नाका हुदै एम्बुलेन्स मार्फत लमही क्वारेन्टाइनमा अाएका मध्य ७ जना पुरुष व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएको हाे । 

घाेराही- १० मा काेराेना पाेजेटिभ देखिएका ३ जनाकाे ट्राभल हिस्ट्री दिल्लीबाट कृष्णनगर हुँदै सिधै सिद्ध रत्ननाथ मावि नारायणपुरकाे क्वारेन्टाइनमा बसेका मध्येबाट हुन । उनिहरूकाे समुदाय सँग कुनै सम्पर्क नरहेकाे देखिन्छ ।

अर्का एक जना महिला रहेकाे र ती महिला दार्जिलिङबाट बस चढेर लमही अाएकी थिइन् । उनी क्वारेन्टाइनमा बसेकि हुन । अाठ जनामा काेराना संक्रमण पुष्टि भएपछी उनिहरुकाे ट्राभल हिस्ट्री खाेज्न थालिएको लमही क्वारेन्टाइनका प्रमुख लाेकराज पाैडेलले जानकारी दिनुभयाे।`भारतकाे हैदरावाद, उत्तरप्रदेश, राजिस्थान, पञ्जाव, दिल्लीबाट अाएका व्यक्तिमा काेराेना संक्रमण भएको देखिन्छ । र अर्का एक जना भने दार्जिलिङबाट अाएकाे पाइएकाे छ´पाैडेलले भन्नुभयाे-`उतैबाट अाउदा काेराेना संक्रमित भएको देखिन्छ ।´ 

लमही नगरपालिकाले सहिद नेत्रलाल स्मृति प्रतिष्ठानमा बनाएकाे क्वारेन्टाइनमा ५१ जना छन । यहाँ बसेका मध्य अाठ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गरिएको पिसिअार जाँचमा अाठ जनामा काेराेना पुष्टि भएको छ । यश अघि दाङका तीन जनामा काेराेना संक्रमण देखिएको थियाे । जिल्लामा संक्रमितकाे संख्या १८ पुगेकाे छ । 

लमही नगरपालिका वडा नम्बर १ निवासी २६ बर्षिय पुरुष, वडा नम्बर २ निवासी १७ बर्षिय पुरुष र ३० बर्षिय पुरुष, वडा नम्बर ४ निवासी २६ बर्षिय पुरुष, वडा नम्बर ५ निवासी २० बर्षिय पुरुष र २० बर्षिया महिला गरि दुईजनामा काेराेना पुष्टि भएको छ । 

वडा नम्बर ६ निवासी १८ बर्षिय पुरुष र लमही नगरपालिका वडा नम्बर ८ निवासी २३ बर्षिय पुरुष गरि जम्मा ८ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे ।

यस्तै घोराही उपमहाननगरपालिका- १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना रहेका छन्। उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन्।

संक्रमित व्यक्तिलाई अाइसाेलेसन वार्डमा राख्न काेराेना विशेष अस्पताल वेल्झुण्डी लग्ने तयारी गरिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ