होटललाई क्वारेन्टाइन बनाउन दिन संचालक सहमत, प्रतिव्यक्ति ३ हजार देखि १६ हजारसम्मको दैनिक खर्च

2020-05-26

काठमाडौं- होटल संघ नेपाल (हान)ले होटलहरुलाई आवश्यकताअनुसार क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिनसक्ने बताएका छन्। तर, त्यसका लागि आवश्यक केही सर्तहरु भने सरकारले पूरा गर्नुपर्ने संघको भनाइ छ।

होटलका रुम क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने विषयमा होटल संघ नेपालको प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेससँग विस्तृत छलफल समेत गरेको छ। छलफलसँगै संघले तयार पारेको विस्तृत विवरण समेत बुझाएको छ।

संघकी अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले कोभिड–१९ बाट सृजित राष्ट्रिय संकटलाई प्रत्यक्ष रुपमा न्यूनीकरण गर्न गराउन सघाउ पुर्‍याउन बताइकी छन्। विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गराउने क्रममा सरकारले होटलहरुलाई क्वारेन्टाइनको रुपमा उपयोग गर्ने निर्णय गरेमा संघसँग आबद्ध सदस्य होटलहरूबाट आवश्यक सहयोग जुटाउन राज्यसँगको समन्वयमा पहल गर्नुपर्ने उनको तर्क छ।

स्वाथ्यकर्मी तथा अग्रपंक्तिमा रहेका कोरोना संक्रमणविरुद्ध खटिएका व्यक्तिहरुलाई समेत आवश्यकताअनुसार गर्न सकिने क्वारेन्टाइनको व्यवस्थाबारे पनि सो विवरणपत्रमा उल्लेख गरिएको छ।

खासगरी क्वारेन्टाइनको रुपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेक-इनपूर्व नै निर्धारित उपयुक्त स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको यकीन हुने प्रमाण हुनुपर्ने विषय पनि रिपोर्टमा उल्लेख गरिएको संघका वरिष्ठ उपाध्या विनायक शाहाले जनाकारी दिए।

रिर्पोटमा प्रत्येक दिन पटक पटक स्वास्थ्य जाँच हुनुका अतिरिक्त नेपाल सरकारले होटल संचालनका लागि कानुनी अनिवार्य शर्तका रुपमा तोकिएको अन्तर्रा्ष्ट्रियस्तरका मापदण्डहरुको कुनै क्षति नहुने, कामदार कर्मचारी तथा छिमेकका स्थानीय समुदायसमेत कोरोना संक्रमणबाट पूर्ण रुपमा बचाउन सरकारबाट खटाइने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल संचालन हुनुपर्ने पनि विवरणपत्रमा स्पष्ट उल्लेख गरिएको छ।

क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थवर्द्धक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवासुविधा, सञ्चार, पानी, बिजुलीलगायतका कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्चहरु नेपाल सरकारको वर्गीकरणअनुसार पर्यटकस्तरीयदेखि पाँच तारे होटलहरूमा लाग्ने अनुमानित खर्चहरुको शीर्षकअनुसार न्यूनतम आधारको रुपमा सबै सदस्य होटलहरुको जानकारी तथा प्रत्येक प्रतिष्ठानस्तरको सञ्चालन निर्णयका लागि सिफारिस गरिएको पनि विवरणपत्रमा उल्लेख गरिएको छ।

पछिल्लो २ महिनाभन्दा बढी अवधिदेखि बन्द होटल प्रतिष्ठानहरुमा कर्मचारीको उपलब्धता र भौतिक संरचना/उपकरणहरुको संचालनलाई ध्यानमा राखेर क्वारेन्टाइनको रुपमा होटल संचालन गर्ने नगर्ने निर्णय प्रत्येक सदस्य प्रतिष्ठानहरुले लिनसक्ने जनाइएको छ।

साथै क्वारेन्टाइनको रुपमा संचालन गर्न सकिने होटल प्रतिष्ठानहरुमा उपयुक्त स्वास्थ्य संरक्षण गर्ने विधि तथा व्यवस्था लगायत उपलब्ध पूर्वाधार, सेवा, सुविधा सरकारले तोकेको मापदण्ड पूरा गरी सरकारी नियमनकारी आधिकारिक निकायमा दर्ता भए नभएको पनि अद्यावधिक हुनुपर्ने पनि होटल संघ नेपालको विवरणपत्रमा उल्लेख छ।

यसरी होटललाई क्वारेन्टाइनको रुपमा उपयोग गरी संचालन गर्ने क्रममा व्यवस्थापन तथा समन्वयका लागि होटल संघ नेपालका प्रतिनिधिसमेत रहने गरी सम्बन्धित सरकारी निकाय संलग्न समिति गठन हुनुपर्ने आवश्यकतामाथि पनि संघले जोड दिएको छ।

विषम परिस्थितमा होटल उद्योग पहिलो र गहिरो मारबाट गुज्रिरहेको हालको अवस्थामा उद्योगधन्दा जिवित राख्नका लागि नै नेपाल सरकारको आगामी बजेटमार्फत उपयुक्त नीति तथा आर्थिक राहतका कार्यक्रमहरु अपेक्षा गरिएकोतर्फ इंगित गर्दै होटल संघ नेपालले होटल संचालनका लागि उपयुक्त वातावरण बन्न नसके आगामी ६ महिना कानुनी रुपमा नै बन्द गर्ने निर्णय गरेको पनि उल्लेख गरेको छ।

बजेटमार्फत होटल संघ नेपालले मूलरुपमा रोजगारी संरक्षण कोषको स्थापना, बैंकको ऋण तिर्ने म्याद पुनसंरचना गरी तीन वर्षपछि सार्ने, ब्याजदर घटाउने, घरभाडालगायतका खर्च धान्न सस्तो ब्याजदरमा सञ्चालन ऋणका साथै बजेटमार्फत २०३० सम्म पर्यटन सुदृढीकरण दशक घोषणा गरी उपयुक्त पूर्वाधार र विकासका कार्यक्रम संचालन हुनुपर्ने पनि होटल संघ नेपालले जोडदार माग गरेको छ। पर्यटन बिदाका कार्यक्रम घोषणा गरेर बजेटले आन्तरिक पर्यटनको उपयुक्त विकासमा जोड दिनसक्ने पनि संघले जनाएको छ।

होटल संघ नेपालको देशैभरि छरिएका रहेका साथै सातै प्रदेशमा रहेका १५ क्षेत्रीय संघहरुअन्तर्गत ३ हजार ५ सय होटलहरु सदस्य रहेका छन्। विभागमा बुझाएको रिपोर्टमा हानले ३ हजार रुपैयाँदेखि १६ हजार रुपैयाँसम्मको कोठा दिने सक्ने उल्लेखख गरको छ।

उपाध्यक्ष शाहले भने‚ ‘दैनिक लागत पर्यटकीय होटलमा प्रतिव्यक्ति ३ हजार र तारे होटलको हकमा १६ हजार लाग्न सक्छ। यसमा खाना र खाजा सबै पर्छ, तर, व्यवसायीलाई नाफा भने हुँदैन।’

हानले एउटा कोठामा दुई जना बस्दा ५ हजार देखि १६ हजार रुपैयाँ र सिंगल बस्दा ३ देखि १० हजार रुपैयाँसम्म लाग्ने प्रस्ताव गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ