ईदको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रचण्ड र देउवाको शुभकामना

2020-05-25

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले ईदको अवसरमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेकी छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने पनि उल्लेख गरेकी छन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गरेका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व ईदको अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर चाडपर्व मनाउन आग्रह गरेका छन्। ईदको अवसरमा सोमबार शुभकामना सन्देश व्यक्त गर्दै उनले भनेका छन्- ‘विश्वव्यापी महामारीको प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईदुल फित्र मनाउन आग्रह गर्दछु।‘

विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस क्षेत्र (नेपाल) मा सम्मानित र संरक्षित भएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ। ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधिनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भावना र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो’, उनले भनेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले ईद पर्व मनाउनेक्रममा स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । ईदको शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले भनेका छन्, ‘यो वर्ष नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठ्यारो स्थिति सृजना भएको छ । त्यो स्थितिलाई मध्यनजर गरी घरमै बसेर मनाउने निर्णय भएकोमा खुशी व्यक्त गर्दछु । परिस्थिति प्रतिकुुल रहेकोले पर्व मनाउने क्रममा स्वास्थ्य सतर्कता अपनाउनु हुन सबैमा आग्रह पनि गर्दछु ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड ईदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गरेका छन् । सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोरोना भाइरस (कोभिड–१९) ले समानरुपले आक्रमण गरिरहेको उल्लेख गर्दै प्रचण्डले यस महामारीविरुद्धको संघर्षमा एकताबद्ध भएर प्रतिरोध गर्न सबैमा आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व ईदले सम्पूर्ण जातजाती र धर्मावलम्बीलाई एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गरेका छन् । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ ईद पर्व मनाउन देउवाले आग्रह पनि गरेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ