कोरोनाको 'हटस्पट' बनेको नरैनापुर गाउँपालिकामा सेना परिचालन

2020-05-24

नेपालगंज - पछिल्लो समय कोरोनाभाइरसको संक्रमण धेरै देखिएको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित छन्। जसमा एक जनाको मृत्यु भइसकेको छ। गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित छन्।

संक्रमित व्यक्तिहरू सबै भारतका विभिन्न ठाउँबाट आएका हुन्।

दैनिक संक्रमित संख्या बढेको भन्दै गाउँपालिकाले संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रदेश र केन्द्र सरकारसँग गुहार मागेको थियो।

सम्भावित संक्रमितहरूलाई क्वारेन्टिनको राम्रो व्यवस्था गर्न नसकेको, स्वास्थ्यकर्मीको अभाव रहेको र गाउँमा नकारात्मक हल्ला चलेको भन्दै गाउँपालिकाले सम्बन्धित माथिका निकायसँग सहयोग मागेको हो।

त्यसैअन्तर्गत आज सिडिओसहितको टोली छलफलमा बसेको हो। छलफलले नरैनापुरमा थप स्वास्थ्यकर्मीको टोली पठाउने र जारी सिल अवस्थालाई पनि थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ