कोरोना महामारी अफ्रिकामा तिब्र, संक्रमितको संख्या एक लाख नाघ्यो

2020-05-23

काठमाडौं - अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या एक लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार अहिले अफ्रिकाका सबैजसो मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

अहिलेसम्म अफ्रिकामा कोरोना भाइरसबाट तीन हजार एक सय मानिसको मृत्यु भइसकेको छ । डब्ल्यूएचओका अफ्रिकाका निर्देशक मात्सिडिसो मोएटीले पछिल्लो समय अफ्रिकामा कोरोना भाइरसको महामारी बिस्तारै फैलिँदै गइरहेको बताए ।
डब्ल्यूएचओको इमर्जेन्सीज प्रोग्रामका कार्यकारी निर्देशक डाक्टर माइक रयानका अनुसार अहिले समग्र अफ्रिकामा तीव्र गतिमा कोरोना भाइरसको महामारी नफैलिएको भए पनि केही मुलुकमा भने केही मुलुकमा भने संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ ।

रयानले अफ्रिकाका केही समूह संकटमा रहेको र उनीहरुमा अझै कोरोना भाइरसको असर देखिन बाँकी रहेको बताए । आगामी दिनमा अफ्रिकामा कोरोना भाइरसको असर कस्तो पर्छ भन्नेबारे बुझ्न बाँकी रहेको उनको भनाइ छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ