पाकिस्तानको विमान दुर्घटनामा परेका ९९ मध्ये ६६ जना यात्रुको मृत्यु पुष्टी

2020-05-23

एजेन्सी - पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका कम्तीमा पनि ६६ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। पाकिस्तानी समाचार संस्था डाउनका अनुसार हालसम्म ६६ जनाको मात्र मृत्यु पुष्टि भएको र थप विवरण आउने क्रममा छ। दुर्घटनामा परेको विमानमा रहेका ९१ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल ९९ जना रहेका थिए।

विमान खस्दा बस्तीमा खसेकाले कम्तीमा पनि ५, ६ घर ध्वस्त भएका छन्। कराचीका मेयर वासिम अख्तरका अनुसार क्षति भएका घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्विटरमा दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीको विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले जानकारी दिए। विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगावै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

विमान खसेको ठाउँमा बाक्लो बस्ती छ। मोडेल कोलोनीका नाममा रहेको सो बस्तीमा विशेष गरी गरीब समुदायका मानिसहरु बस्ने गर्दथे। प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नुअघि तीन पटक घुमेको थियो। विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताएका छन्। घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धार गर्न लागिरहेको दृश्य प्रसारण गरिरहेका छन्। पाकिस्तानमा कोरोना भाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो।




थप समाचार


संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको ...

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

काठमाडौं । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।  मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी ...

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

काठमाडौं - छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ ...




ट्रेन्डिङ