नेपाली सेनाका कर्नेल भ्रष्टाचार अभियोगमा दोषी ठहर

2020-05-23

काठमाडौँ - नेपाली सेनाका महासेनानी (कर्नेल) भूपालमान अधिकारी भ्रष्टाचार अभियोगमा दोषी ठहर भएका छन्। सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्।

कर्नेल अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको नेपाली सेनाले जनाएको छ।

सैनिक अदालतले गरेको फैसलाअनुसार अधिकारीबाट एक करोड ८५ लाख ४० हजार एक सय ८ रुपैयाँ एघार पैसा असुल गरिनेछ।

त्यस्तै भ्रष्टाचार आरोप लागेका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) देवबहादुर क्षेत्रीको २ वर्ष बढुवा रोक्का हुने भएको छ। सैनिक अदालतले क्षेत्रीबाट ४ लाख ४० हजार रूपैयाँ असुल उपर गराउने फैसला गरेको छ।

त्यस्तै हुद्धा योग्यराज पोखरेललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाइएको छ भने सैनिक अदालतले उनीबाट ३ लाख ६० हजार रूपैयाँ असुल उपर गर्ने फैसला गरेको छ।

अर्का हुद्धा गणेशबहादुर अधिकारीलाई दुई वर्ष ग्रेड रोक्का गर्ने र उनीबाट दस हजार रूपैयाँ असुल उपर गर्ने फैसला भएको छ।

लेखातर्फका सह सेनानी सुरेन्द्र विक्रम भण्डारीलाई नसिहत दिने फैसला भएको छ। सैनिक अदालतले १३ जनालाई सफाइ दिएको छ।

सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित सैनिक आवासीय महाविद्यालय भक्तपुरमा भएको आर्थिक अनियमितता छानबिन गर्न सहायक रथीको अध्यक्षतामा 'कोर्ट अफ इन्क्वायरी' गठन भएको थियो।

उक्त कोर्ट अफ इन्क्वायरीको चैत २३ गतेको प्रतिवेदनका आधारमा महासेननी भूपालमान अधिकारीसहित १८ जनाको पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा चैत ६ गते समरी जनरल सैनिक अदालत गठन भएको थियो।

सो अदालतबाट वैशाख २ गते भएको फैसला शुक्रबार सुनाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ