भक्तपुर नगरपालिकाको महिला सदस्यमा कोरोना संक्रमण

2020-05-23

काठमाडौँ - शुक्रबार पुष्टि भएकी भक्तपुरकी कोरोना संक्रमित महिला नगरपालिकाकी सदस्य रहेको खुलेको छ। ४२ वर्षीया ती महिला नगर सदस्य रहेकी भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले जानकारी दिए।

उनले संक्रमितलाई भोलि अस्पताल पठाइने बताए। अहिले ती महिला आफ्नै घरमा छन्। मेयर प्रजापतिका अनुसार महिला मुटुको बिरामी पनि हुन्।

नगर सदस्य रहेकाले उनी राहत वितरण कार्यमा पनि खटिएको हुनसक्ने भन्दै थप विवरण लिने काम भइरहेको छ। साथै नगरका सदस्यहरू पनि सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सबैको विवरण लिएर परीक्षण गरिने मेयर प्रजापतिले बताए।

संक्रमित महिला नगरपालिका-९ की वासिन्दा हुन्। शुक्रबार साँझ उनीसँगै ९ जना संक्रमित थपिएका थिए। जसमा बाराका ६, सप्तरी र मकवानपुरका एक-एक जना छन्।

योसँगै देशभर संक्रमित संख्या ५ सय १६ पुगेको छ। जसमा तीन जनाको मृत्यु भएको छ भने ७० जना निको भएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ