शुक्रबार देशभर ५९ जना कोरोना संक्रमित थपिए, ५१६ पुग्यो संख्या

2020-05-23

काठमाडौँ - शुक्रबार देशभर ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले शुक्रबार थप ५९ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो। संक्रमितमध्ये सर्वाधिक १५ जना सर्लाही र १४ जना बाँकेका छन्।

यसैगरी कपिलवस्तुका ९, बाराका ६, कैलाली र नवलपरासी सुस्ताका तीन-तीन, चितवनका २ र डडेलधुरा, बैतडी, मकवानपुर, सप्तरी, नवलपरासी सुस्ता पूर्व, मोरङ र भक्तपुरका एक-एक जनामा पनि संक्रमण देखिएको हो।

भक्तपुरकी संक्रमण पुष्टि भएकी ४२ वर्षीया महिला नगरपालिकाकी सदस्य रहेको खुलेको छ। यस्तै चितवनका संक्रमित ७४ वर्षीय र ७३ वर्षीया वृद्धा दम्पत्ति हुन्। उनीहरू भारतको नयाँ-दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका थिए।

तीमध्ये ७४ वर्षीय श्रीमान क्यान्सर पीडित हुन्। अहिले उनीहरू दुवै भरतपुर अस्पतालको आइसोलेसनमा छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ। जसमा तीन जनाको मृत्यु भएको छ भने ७० जना निको भएका छन्।

हिजो बिहीबार ३० जना संक्रमित थपिएका थिए। आज संख्या बढेसँगै संक्रमित संख्या ५ सय नाघेको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ