राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको उपचार शुरु, ओपीडी सेवा बन्द

2020-05-20

घोराही - दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहिरंग (ओपीडी) सेवा बन्द गरिएको छ । प्रतिष्ठानमा कोरोना संक्रमित व्यक्तिहरुको उपचार सुरु हुने भएपछि ओपीडी सेवा बन्द गरिएको हो।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित व्यक्तिलाई भर्ना गरी उपचार गर्न प्रतिष्ठानलाई निर्देशन दिएको थियो । मन्त्रालयको सोही निर्देशनअनुसार बहिरंग सेवा बन्द गरिएको प्रतिष्ठानका का.मु. रजिष्ट्रार कैलाश देवले जानकारी दिए ।

प्रतिष्ठानले सूचना जारी गरी बहिरंग सेवा बन्द गरिएकाले अन्य बिरामीहरुलाई तुलसीपुर प्रादेशिक अस्पताल वा अरु कुनै स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ । साथै आफ्नो आकस्मिक कक्ष तथा अन्य वार्डमा रहेका बिरामीहरुको व्यवस्थापन गरिदिन प्रतिष्ठानले तुलसीपुरस्थित प्रादेशिक अस्पताललाई भनेको छ ।

प्रतिष्ठानमा कोरोना परीक्षण ल्याबको समेत सुविधा छ । प्रतिष्ठानमा हाल १० वटा आईसीयू बेड छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ