2020-05-19 |
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी लिम्पियाधुरा नेपालको भूभाग भएकाले भारतसँग वार्ता गरेर फिर्ता ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यहाँ हामीले तिरो उठाएका थियौं। १९६२मा भारतीय सेना बसेपछि हामीलाई जान दिइएको थिएन’ उनले भने‚ ‘यो यसअघिका सरकारले ओझेलमा पारेका थिए। यो सरकारले यसलाई सहेन। अब यसलाई सेलाउन दिनेछैन।’ यो हाम्रो भूभाग भएकाले फिर्ता लिएर छोड्ने उनले बताए।
‘भारतले ल्याएको नक्सा हामीले मानेका छैनौं, हामीले अर्गेल्याइ गरेका छैनौ’ उनले भने‚ ‘कुटनीतिक माध्यमबाट वार्ता गरेर अब फिर्ता ल्याइनेछ। नीति तथा कार्यक्रममा जसरी सम्बोधन भएको छ। त्यसलाई प्राप्त गर्न ठोस रुपमा कुटनीतिक प्रयास गर्नेछौं। नयाँ नक्सा सबै भाग समेटेर जारी हुने प्रक्रिया सुरु भइसकेको उनले बताए।
‘यो कुनै चलाखी वा तथाकथित राष्ट्रवाद होइन। यो विगतमा हुने गरेको थियो। यो कुनै तमासा वा देखावा गरिएको होइन’ उनले भने‚ ‘हाम्रो भूभाग हो‚ फिर्ता लिन्छौं। हिजोमात्र मन्त्रीपरिषदबाट पारित भएको छ‚ आज भोलीमा प्रकाशित हुन्छ।’
अनुसुची ३ संशोधन गर्न संसदमा प्रस्ताव आउने उनले बताए। ‘यो विषय तत्कालीन महत्वको विषय हो, यहाँ आउनेछ पारित हुने विश्वास गरेको छु’ उनले भने‚ ‘यो देशको हितमा सबै एकजुट हुने विश्वास गरेका छौं।’
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...