कोरोना विरुद्ध लड्न डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

2020-05-19

एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ। सो रकम दुई वर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले सोमबार जानकारी दिए।

विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको छ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पुर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए।

'हामीले कोरोना भाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सबैलाई बाँड्न चाहन्छौँ, हामीले हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौँ,' उनले भने।

संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको हात फैलाएको हो।

अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गर्दा विश्वभरबाट आलोचना भएको थियो।

विश्वव्यापी महामारीका कारण संगठनलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ।




थप समाचार


संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको ...

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

काठमाडौं । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।  मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी ...

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

काठमाडौं - छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ ...




ट्रेन्डिङ