यस्तो बन्यो कालपानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाल

2020-05-19

काठमाडौं - भारतद्वारा अतिक्रमित भूमि समेटेर भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई मन्त्रिपरिषद्ले स्विकृत गरेको छ । आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले प्रस्तुत गरेको नक्सा सोमबारको मन्त्रिपरिषद्‍ले पारित गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बताए ।

‘कालपानी, लिपुलेक र लिम्यिाधुरा समेटेर नयाँ नक्सा पारित भएको छ,’ खतिवडाले भने ।

नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।

नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानाअन्तर्गत प्रदेश र स्थानीय तह समेत समावेश गरेर नक्सा ल्याइएको छ। यो नक्साअनुसार निशान छाप र सरकारी काम काजमा प्रयोग गरिने नक्सा तथा विद्यालयमा पढाइने नक्सा यसैअनुसार अद्यावधिक हुने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ