निर्देशक राजोपाध्यायको 'हरर' फिल्म ‘आक्रान्त’ युट्युबमा (हेर्नुहोस फिल्म)

2020-05-18

काठमाडौँ - लकडाउनको परिवेश समेटीएको जितेन्द्र राजोपाध्यायद्वारा निर्देशित 'हरर' फिल्म ‘आक्रान्त’ युट्युब मार्फत सार्बजनिक भएको छ । १५ मिनेट लामो फिल्ममा हरि कृष्ण शाही, नेहा अवाले र कोहिनुर राजोपाध्यायले अभिनय गरेका छन् ।

एउटै घरभित्र फिल्मको सबै दृश्यहरु छायांकन गरिएको निर्देशक राजोपाध्यायले जानकारी दिए । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फिल्मको निर्माण कार्यमा सामाजिक दुरी कायम गरिएको उनले बताए ।

जयन कुमार मोक्तानको छायांकन रहेको फिल्ममा कथा र सम्पादन निर्देशक राजोपाध्यायकै रहेको छ । फिल्मलाई नेपाली, तामांग र नेवारी गरि ३ भाषामा फरक फरक युट्युब च्यानलबाट रिलिज गरिने राजोपाध्यायले जानकारी दिए ।

निर्देशक राजोपाध्यायद्वारा निर्देशित ठुलो पर्दाको फिल्म 'घनचक्कर' आउने क्रममा छ जसमा सौगात मल्ल, सलोन बस्नेतलगायतले अभिनय गरेका छन् । निर्देशकका दर्जनौं म्युजिक भिडियोहरु पनि युट्युबमा हेर्न पाइन्छ ।



 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ