नेकपा लमहीका सचिव बसन्त शर्मा को अपिलः विकासभन्दा मानविय सुरक्षालाई ख्याल गरौ

2020-05-18

देउखुरी समाचारदाता
देउखुरी,जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ लमही नगर सचिव बसन्त शर्मा विक्रान्तले अहिलेको अवस्थामामा विकास भन्दा मानिविय सुरक्षामा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गर्नुभएको छ । उहाँले पहिले बाच्ने पाउने, खान पाउने व्यवस्थाको ग्यारेन्टी गर्दे विकासको कामलाई पछि निरन्तरता दिन सकिने उल्लेख गर्नुभएको छ । उहाँले उल्लेख सामाजिक संजाल मार्फत भन्न्ुभएको छ । भौतिक विकासभन्दा मानविय सुरक्षालाई प्रधानता प्रदान गरौं, खान पाउने र बाच्न पाउने आत्मनिर्भर शिक्षाको ज्योती बाल्ने योजना बनाऔं । प्रदान गरौं, खान पाउने र बाच्न पाउने आत्मनिर्भर शिक्षाको ज्योती बाल्ने योजना बनाऔं ।

यस्तै सचिव बिक्रान्तले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवारी चालकको मनोबल उठाउँदै उनिहरूको स्वास्थ्य सुरक्षा र खाने बस्ने लगाएतका संपूर्णतामा बिशेष व्यवस्थापन गर्न,थप दक्ष जनशक्तिको पहिचान र व्यवस्थापनको कार्यादेश बनाउन आग्रह गर्नुभएको छ । लमही नगरापलिका सहित अन्यपालीका भित्र पनि मापदण्ड पुग्ने सबै सार्बजनिक भवनहरूलाई क्वारेन्टीन घोषणा गर्दै आवस्यकताका आधारमा क्वारेन्टीन संरचना निर्माण र संपूर्ण वडालाई क्वारेन्टीनमा आत्मनिर्भर बनाअन सुझाव दिनुभएको छ । तत्काललाई लमही अस्पतालको अगुवाईमा पालीका भित्रका सबै स्वास्थ्य संरचनालाई आईसोलेसनको रूपमा परिणत गरौ १ नयाँ संरचनाको तयारीमा लाग्न समेत आग्रह गर्नुभएको छ । जनमुखी राजनीति गर्न रुचाउने शर्माले क्वारेन्टीनमा रहेकाहरूमध्ये खान पुग्नेलाई घरबाटै खानाको व्यवस्थापन गर्न अनुरोध गर्न सकेसम्म खान र बस्नमा कोष खर्च अनुरोध गर्नूृभएको छ ।

मुख्य सड़क केन्द्रीत कार्यक्रा हाईवयसंग जोडीएका बस्ती, पसल र सार्बजनिक स्थलहरूलाई स्वास्थ्य सतर्कताको बिशेष अपिल सहित निगरानिमा राख्न सङ्कटकाल मोडलकै कार्यबिधि निर्माण सुझाइएको छ । अपलिमा यो सङ्कटलाई अवसरको रूपमा उपयोग गर्दै आगामी दिनमा आम जनताको स्वास्थ्य सेवालाई निःशुल्क, व्यवस्थित र प्रभावकारी बनाउन नमुना–कोषको रूपमा विकास गरी यसलाई प्रभावकारी पारौँ । भनिएको छ । प्रशस्त खाध्य र मेडिकल सामग्रीहरु स्टोर आग्रह गर्दै भन्नुभएको छ,यो एक रोगका बिरूद्धको लडाइँ हो र स्वास्थ्य सामग्री हाम्रा हतियार हुन् त्यसैले स्वास्थ्य सामग्रीहरु जस्तै पीपीई, मास्क र औषधिलाई मुख्य स्वास्थ्य केन्द्रमा एक प्रभावकारी संयन्त्र बनाएर स्टोर गरौँ । हतियारको सदुपयोग गर्न नजान्ने टुकडीले कुनै लडाइँ जित्दैन । हतियारको प्रयोग लडाइँ सुरु भएपछि योजनाबद्ध तरिकाले हुन आवश्यक छ ।
यस्तै समस्या परेको छ भने अर्कै कुरा तर झोली थाप्ने प्रवृत्ति दरिद्र प्रवृत्ति हो भन्दै दरिद्रता अभावले भन्दा धेरै सोँचले पैदा गर्ने उल्लेख छ ।

जसले जेजति सक्छ सक्नेहरुलाई संस्थागत अनुरोध गर्न खाद्यान्नलाई कुनै सुरक्षित स्टोर निर्माण गरेर त्यहाँ भण्डारण गर्न आग्रह गरिएको छ । राजनीतिक पार्टीहरुको संयुक्त अनुशासित,स्वयंसेवक टीम बनाउन आग्रह गरिएको छ । स्थानीय सरकारको नेतृत्वमा ससाना टोलहरु विभाजन गरेर सानो सख्यामा सचेतना र जनसहयोगी भूमिका निर्वाह गर्ने संरचना तयार पार्न अपील् गरिएको छ । प्रत्येक टोलका गल्लीमा चालक सहित कम्तीमा एउटा गाडी एम्बुलेन्स आवश्यकता पर्ने हुँदा त्यतातिर पनि केन्द्रित हुन आग्रह गरिएको छ । आफु बच्ने र अरूलाई पनि बचाउने जुक्ति सहितको स्वास्थ्य शिक्षालाई आम जनताको जिवन व्यावहार बनाउन, मनोमानीपूर्ण आग्रह पूर्वाग्रह त्याग्न र कोरोना रोगको महामारीका बिरूद्धको बिश्वयुद्ध जित्न हातेमालो गर्न आग्रह गरिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ