अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा दिवेश

2020-05-18

अमेरिका - विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ दोस्रो बनेका छन्। उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्।

नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो।

पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए। दिवेश सामसँग पछि परेका हुन्।

गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो। उनी सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौंबाट अमेरिका पाइला टेकेका थिए।

उनी संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भएको छ। काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए।

उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ