धुलिखेल अस्पताल, सिन्धुपाल्चोकको राम्चे र प्राथमिक स्वास्थ्य केन्द्र सिल

2020-05-17

काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण पहिलो बिरामी मृत्यु भएको बाह्रबिसेको वडा नम्बर ९ राम्चे र उनी उपचारका लागि पुगेको बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्र सिल गरिएको छ। जिल्ला सुरक्षा समितिको आपत्कालीन बैठक बसेर बलेफी गाउँपालिकाको-७ नम्वर वडा पनि सिल गर्ने निर्णय गरिएको छ।

राम्चेकी एक महिलाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनका बाँकी परिवार, प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र उनको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरेर काठमाडौं पठाइएको ९ नम्बरका वडाध्यक्ष सानु लामाले बताए।

अहिले नगरपालिकामा सशस्त्र प्रहरी र नेपाली सेनाले सिल गरेर सुरक्षा दिइरहेको र सबैलाई जुन स्थानमा हो सोही ठाउँका क्वारेनटाइनमा बस्न भनिएको वडाध्यक्ष लामाले बताए। परिवार र उपचारमा संलग्नहरुका हकमा भने काठमाडौं ल्याउने वा त्यहीँ राख्नेबारेमा आइतबार मात्र निर्णय हुने बताइएको छ। वडाले सबैलाई सुरक्षित बस्न र आफ्नो घरबाट कसैलाई बाहिर ननिस्कन आग्रह गरेको उनले बताए। यसअघि जिल्लाको सुरक्षा समितिले सेनासमेत खटाउने निर्णय गरेकाले सोही अनुसार वडामा सिल भएको उनले बताए।

मृतकका ससुरा, श्रीमान् र नन्दको स्वाब संकलन
धुलिखेल अस्तपालमा मृत्यु भएकी महिलाको आफन्तको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ। स्वासप्रश्वासमा समस्या र ज्वरो पनि देखिएपछि धुलिखेल अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसिआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो यसलाई पुनः पुष्टि गरिएको थियो। पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो।

अस्पतालले शनिबार दिउँसो मृतकका श्रीमान, सासु र नन्दको स्वाब संकलन गरेको जानकारी आफूले पाएको वडाध्यक्ष लामाले बताए।

ती महिला २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएकी थिइन्। सुत्केरीको अवस्था सामान्य भएपछि २५ गते उनीहरु बाह्रबिसे गएका थिए। उनलाई काठमाडौँ स्वास्थ्य केन्द्रकै एम्बुलेन्समा लगिएकाले उक्त एम्बुलेन्सको चालक र उनको परिवारको पनि परिक्षण गर्ने तयारी भइरहेको उनले बताए। चालक र उनको परिबारलाई पनि क्वारेनटाइनमा राखेको लामाले बताए।

बलेफी गाउँपालिका ७ र ८ उनको माइती गाउँ भएकाले उक्त क्षेत्र पनि सिल गरिएको वडाध्यक्ष लामाले बताए। माइती गाउँबाट आफन्त ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ