दाङको नाकामा उच्च सुरक्षा सर्तकता

नौ वटा नाकामा सिमा सुरक्षा पोष्ट थपिदै

2020-05-13

दिवाकर पोख्रेल, देउखुरी - नेपाल भारत सिमा क्षेत्रबाट लुकीछिपी नागरिकहरु आवतजावत गरिरहेको खबर आइरहदा दाङको नाका क्षेत्रबाट लकडाउनको समयमा कोही पनि नेपाल नभित्रीएको पाइएको छ । खुला सिमाना र जंगली क्षेत्र भएका कारण रातीको समयमा भारतबाट लुकिछिपी नेपाल भित्रिएको आशंका गरिरहेको बेला सिमा क्षेत्रमा रहेका सुरक्षा निकायले दाङको नाका क्षेत्र पुर्ण रुपले सुरक्षित रहेको बताएका हुन । दाङका साना ठूला गरी जम्मा ३४ वटा नाका मध्ये प्रमुख नाकाहरुमा सुरक्षा पोस्ट राखेर नाका क्षेत्रलाई सिल गरिएको छ । कोरोना सङक्रमण संगै आनावश्यक रुपमा नेपाल भित्रन नदिनको लागि दाङको डगमारा, भैसही,भौवा ,पटौली र खबरी नाकामा सशस्त्र प्रहरी खटाइएको छ ।

भारतीय सिमा एस.एस.बि संग समन्वय गरेर नेपाल भित्रने नेपालबाट वाहिरिन सक्ने सम्भावित क्षेत्रमा कडा निगरानी राखिएको अस्थायी प्रहरी पोष्ट डगमारा असई भुपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो दाङको नाका क्षेत्रमा कुनै समस्या छैन, भारत आउन चाहने नेपालीहरु एकजना पनि यहाँ आएका छैनन, भारतीय सुरक्षाकर्मीसंग पनि समन्वय भइरहेको छ ।’ दाङको सबै नाकामा बोर्डर आउट पोष्ट स्थापना भएको र सुरक्षा उपस्थिति राम्रो भएकाले आफुहरुले पनि नाका क्षेत्रमा सुरक्षाअनुभुती गरेको राजपुर गाउँपालिका वडा नम्बर ७ डगमाराका भिमवहादुर घर्तिले बताउनुभयो । यसैबिच दाङको नाका क्षेत्रमा थप नौ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय भएकाले दाङको सबै नाकामा सुरक्षा उपस्थिती हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो‘दाङको नाका क्षेत्र भौगोलिक हिसावले पनि विकट, जंगली क्षेत्र भएकाले समस्या भएपनि सुरक्षाको दृष्टिकोणले नाका अहिले पुर्ण सुरक्षित रहेका छ, रातदिन सुरक्षाकर्मीले गस्ति गरिरहेका छन ।’ प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो ।

यसैविच दाङको पुर्बमा धानखोला र पश्चिम सिमाना शिव खोलामा सिल हुने भएको हो । एम्बुलेन्स, अत्याबस्यक समान र गौरब योजनाका सामान बाहेक अन्य सबै सवारी साधन आवत जावतमा रोक लगाइने भएको हो । दाङलार्ई कोरोना संक्रमण बाट बचाउन सकिने भन्दै लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले सबैको सहयोग आबश्यक रहेको बताउनुभयो ।

No description available.




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ