कालापानीमा बसेका भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन निर्देशन

2020-05-13

काठमाडौँ - प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतले कालापानीमा रहेका भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन सरकारलाई निर्देशन दिएको छ।

समितिले आइतबार र सोमबार परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालसँग छलफल गरेको थियो।

'भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन', लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न उच्च तहबाट राजनीतिक, कूटनीतिक र अन्य आवश्यक कार्य गर्न' समितिले सरकारलाई निर्देशन दिएको हो।

समितिले नेपाली भूमिमा अतिक्रमण गरी भारतले सडक निर्माण गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको जनाएको छ।

त्यस्तै, सरकारलाई तत्कालै अतिक्रमित नेपाली भू-भागलाई समेटेर नेपालको नक्सा अवलम्ब प्रकाशित गर्न समेत निर्देशन दिएको छ।

समिति बैठकमा अधिकांश सांसदहरूले नेपालले नक्सा प्रकाशित नगरेकोमा आपत्ति जनाएका थिए।

समितिले यसअघि नै नक्सा प्रकाशनदेखि सीमामा डुबान हुने गरी भारतले निर्माण गरेको भौतिक संरचना निर्माण रोक्न दिएको निर्देशन अनुसार काम नभएको उल्लेख गर्दै पुन: सरकारको ध्यानाकर्षण गराएको छ।

साथै भारतसँगको सीमा नियमन र व्यवस्थित गर्न निर्देशन दिएको छ।

समिति बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतसँगको सीमा नियमन गर्न आवश्यक परे काँडेतार र पर्खाल लगाउन समेत सुझाएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ